बालोन डोर अवार्ड केनलाई

विश्व फुटबलको सबैभन्दा फ्रतिष्ठित व्यक्तिगत अवार्डमा इंग्लिस खेलाडी विरलै मात्र विजेता बन्ने गरेका छन्, यो त्रम सोमबार तोडिएको छ । ह्यारी केनले सोमबार बालोन डोर अवार्ड जितेका छन् र उनी २५ वर्षयताका यो अवार्ड जित्ने पहिलो इंग्लिस खेलाडी भएका छन् ।
तर संयोग के पनि रह्यो भने उनले यो अवार्ड जित्दा उनको क्लब भने इंग्लिस नभएर जर्मन रह्यो, बायर्न म्युनिकका रूपमा । कम्तीमा अवार्ड भने लन्डनमै आयोजना भएको थियो । स्पेनका लामिने यामल र फ्रान्सका किलियन एमबापेलाई उछिनेर केनले अवार्ड हात पारेका हुन् ।
कार्यक्रमपछि केनले भने, ‘बायर्न म्युनिकका साथी खेलाडीको सहयोग विना यो अवार्ड सम्भव थिएन् । उनीहरूले मलाई राम्रो खेल्ने प्रेरित गरिरहे, त्यसैले उनीहरू धेरै धन्यवाद छ ।’
केनले गत सिजन आफ्नो देश र क्लबका लागि गरेर ६५ खेलमा ७३ गोल गरेका थिए । त्यसै प्रदर्शनको मदतले बायर्नले घरेलु लिग र कप दुवैको उपाधि जितेको थियो । विश्वकप २०२६ मा भने इंग्ल्यान्ड तेस्रो स्थानमा रह्यो र त्यसमा उनले छ गोल गरे ।
महिलातर्फ लगातार तेस्रो पल्ट स्पेनकी एलेक्सिया पुटेलास विजेना रहिन् ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |