सन्डरल्यान्ड र लिड्सको बराबरी

अंक तालिकाको पुछारमा रहेको सन्डरल्यान्ड र लिड्स युनाइटेडले आइतबार इंग्लिस प्रिमियर लिगमा आइतबार गोलरहित बराबरी खेलेका छन् । यो नतिजापछि लिड्स ११ अंकमा सातौं स्थानमा रह्यो । सन्डरल्यान्ड भने पाँच अंकमै सीमित रह्यो ।
यसअघि दुई महत्त्वपूर्ण खेलमा लिभरपुलले ब्राइटनलाई २–० ले हरायो भने म्यानचेस्टर युनाइटेड बर्नमाउथसँग ३–० ले पराजित रह्यो । एनफिल्डमा लिभरपुलले पास्कल ग्रोबको आत्मघाती गोलमा अग्रता लिएको थियो । त्यसपछि एलेकजान्डर इसाकले दोस्रो गोल थपे ।
यो जितपछि लिभरपुलको १५ अंक भएको छ र चौथो स्थानमा उक्लेको छ । ब्राइटन १६ अंकमा तेस्रो स्थानमा रह्यो । ओल्ड ट्राफोर्डमा भएको खेलमा बर्नमाउथका लागि रायन, मार्कस टाभेरनियर र इभानिल्सनले एक एक गोल गरे । हारले युनाइटेड सात अंकमा सीमित रहेर १६ औं स्थानमा रह्यो ।
अन्य खेलमा न्युकासल युनाइटेडले क्रिस्टल प्यालेसलाई २–० ले हरायो भने हल सिटी र ब्रेन्टफोर्डले १–१ को बराबरी खेले ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |