← समाचारमा फर्कनुस्
Football Jul 19, 2026 · Swadesh

उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै

उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै

फिफा विश्वकप २०२६ को फाइनल खेल आज  साविक विजेता अर्जेन्टिना  र युरोपेली च्याम्पियन स्पेन  उपाधिका लागि आमनेसामने हुँदैछन्।  न्यू जर्सीस्थित  मेटलाइफ स्टेडियममा हुँने यस खेल नेपाली समय अनुसार १२:४५ बजे सुरु हुनेछ। 

 यो फाइनल खेललाई फुटबल इतिहासकै एक रोचक भिडन्तका रूपमा हेरिएको छ. एकातिर आफ्नो करियरको सम्भवतः अन्तिम विश्वकप खेलिरहेका ३९ वर्षीय विश्वविजेता कप्तान लियोनेल मेसी छन् भने अर्कोतिर विश्व फुटबलमा तहल्का मच्चाइरहेका स्पेनका १९ वर्षीय अद्भुत प्रतिभा लामिन यामाल छन्, जसले मेसीलाई आफ्नो बाल्यकालको आदर्श मान्ने गर्दथे।

ऐतिहासिक हाफ-टाइम शो: फिफा विश्वकपको इतिहासमै पहिलो पटक अमेरिकी सुपर बोलको शैलीमा भब्य 'हाफ-टाइम शो' आयोजना गरिँदैछ। लगभग १८ मिनेट लामो हुने यस साङ्गीतिक प्रस्तुतिका लागि पप स्टार शाकिरा, मडोना, बीटीएस, र जस्टिन बिबर जस्ता विश्वप्रसिद्ध कलाकारहरूले मेटलाइफ स्टेडियमको मैदान तताउनेछन्।

यसअघि आजै बिहान भएको तेस्रो स्थानको खेलमा इङ्ल्यान्डले फ्रान्सलाई ६-४ को गोल अन्तरले पराजित गर्दै विश्वकपमा कांस्य पदक जितेको छ.

गोल्डेन बुटको होड

अर्जेन्टिनाका कप्तान लियोनेल मेसी हालसम्म ८ गोलसहित प्रतियोगिताको खेल नेपा गोल्डेन बुट रेसमा अग्रस्थानमा रहेका छन्, जसले गर्दा आजको खेल व्यक्तिगत अवार्डका दृष्टिकोणले पनि महत्त्वपूर्ण छ।

फाइनलसम्मको यात्रा

अर्जेन्टिना: सेमिफाइनलमा इंग्ल्यान्ड विरुद्ध १-० ले पछि परेको अवस्थालाई उल्टाउँदै इन्जो फर्नान्डेज र लाउटारो मार्टिनेजको गोल मद्दतले २-१ को रोमाञ्चक जित निकाल्दै अर्जेन्टिना फाइनल पुगेको हो,  कप्तान मेसीले दुवै गोलमा असिस्ट प्रदान गरेका थिए।

स्पेन: पहिलो पटक सन् २०१० पछि फाइनल पुग्ने क्रममा स्पेनले  फ्रान्सलाई २-० को स्पष्ट नतिजामा पाखा लगाएको थियो। प्रतियोगिताभर सन्तुलित र आक्रामक खेल पस्किएको स्पेन फाइनलमा बलियो दाबेदार मानिएको छ।


हेड-टु-हेड 

हालसम्म भएका १४ खेलहरूको हेड-टु-हेड तथ्याङ्क यस प्रकार छ:

कुल खेल: १४

स्पेनको जित: ६ खेल

अर्जेन्टिनाको जित: ६ खेल

बराबरी खेल: २ खेल


AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →