← समाचारमा फर्कनुस्
Football Oct 22, 2026 · Swadesh

कोमोसँग युनाइटेडको बिसर्नलायक हार

कोमोसँग युनाइटेडको बिसर्नलायक हार

म्यानचेस्टर युनाइटेडले युरोपेली च्याम्पियन्स लिगमा बुधबार कोमोको हातबाट ४–१ को त्यस्तो हार बेहोरको छ, जसले प्रशिक्षक माइकल क्यारेक मात्र होइन्, पूरा क्लब नै चर्को दबाबमा पारेको छ । प्रतियोगितामा डेब्यु गरिरहेको सेस फाब्रिगासको कोमोका लागि निको पाजले दुई गोल गरे ।

यस्तै टासोस डोभिकास र ज्याबो रामोनले पनि एक एक गोल गरे । युनाइटेडका लागि जोसुआ जिरकिजले एक गोल फर्काए पनि त्यसको अर्थ रहेन् । युनाइटेड पछिल्ला सात खेलमा जितविहीन रहेको छ । युनाइटेडको पछिल्ला ४० वर्ष नयाँ सिजनमा सबैभन्दा खराव सुरुआत हो ।  

अन्य खेलमा डेक्लेन राइसको गोलको मदतले आर्सनलले भने बायर्न म्युनिकलाई २–२ को बराबरीमा रोक्यो । म्युनिकमा इबेरची इजीको गोलले आर्सनलले अग्रता लिएपछि अल्फोन्सो डाभिससले बायर्नका लागि बराबरी गोल गरे । त्यससपछि ह्यारी केनले पेनाल्टीबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए ।

यो सिजन लयमा रहेका केनको यो दसौं व्यक्तिगत गोल हो । रियल म्याड्रिड भने आरबी लाइपजिगमाथि ४–१ ले विजयी रह्यो । जोसे मोउरिन्होको रियल बर्नाबाउमा प्राप्त गरेको सहज जितमा एक गोल किलियन एमबापेको पनि रह्यो ।

यससँग यो सिजन उनले सबै प्रतियोगितामा गरेको गोल संख्या १२ पुगेको छ । अन्य खेलमा गालातासारेले लिललाई ४–२, एस्टन भिल्लाले भाइकिङलाई ३–१, क्लब ब्रुगले लेन्सलाई ३–०, इन्टरले साख्तर डोनेस्कलाई १–०, रियल बेटिसले फायनउडलाई १–० र एलएएसकेले स्पोर्टिङ लिस्वनलाई ३–२ ले हरायो ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →