← समाचारमा फर्कनुस्
Top Headlines Nov 22, 2026 · Swadesh

नेपालले यूएई सँग खेल्दै

नेपालले यूएई सँग खेल्दै

एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगितामा आज नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) सँग खेल्दैछ। यो खेल कतारको दोहास्थित युनिभर्सिटी अफ दोहा फर साइन्स एन्ड टेक्नोलोजी मैदानमा नेपाली समय अनुसार बिहान ११:४५ बजे सुरु हुनेछ ।

 दुबै टोली पहिलो खेलमा पराजित भएकाले थियो र आजको खेलमा पहिलो जित निकाल्ने दबाबमा रहेको छ।


नेपाल पहिलो खेलमा भारत 'ए' सँग ३०६ रनले पराजित भयो भने यूएई पनि पाकिस्तान 'ए' सँग ६१ रनले पराजित भएको थियो ।

यूएईसँगको पछिल्लो तीन एकदिवसीय खेलमा नेपाल अपराजित छ। समग्रमा हेर्दा नेपालले यूएईसँगको २० खेलमा १२ जित निकालेको छ ।

समूह चरणमा प्रत्येक टोलीले आफ्नो समूहका अन्य तीन टोलीसँग एक-एक खेल खेल्नेछ, प्रत्येक समूहको शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछ। पूरै प्रतियोगितामा जम्मा १५ खेल हुनेछन्, जसमा १२ समूह चरणका खेल, २ सेमिफाइनल र १ फाइनल समावेश छ। सेमिफाइनल क्रमशः नोभेम्बर २६ र २७ मा, र फाइनल नोभेम्बर २९ मा खेलिनेछ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →