← समाचारमा फर्कनुस्
यूएईमाथि नेपालको प्रभावशाली जित

भारतविरुद्धको एकोहोरो हारपछि नेपालले आइतबार एसियाकप राइजिङ स्टार्समा प्रभावशाली जित आत्मसात् गरेको छ । दोहामा भएको खेलमा नेपालले यूएईलाई छ विकेटले हराएको हो ।
यूएईले पहिले ब्याटिङ गर्दै ३९.५ ओभरमा सबै विकेट गुमाएर १ सय २१ रन बनाएको थियो । यसमा मोहम्मद साहदादले सर्वाधिक ४० रन बनाए । यस्तै हरप्रित सिंहले ३२ रन थपे ।
नेपाली बलरमध्ये सन्दीप लामिछाने र कुशल भुर्तेलले तीन तीन विकेट लिए । जवाफमा नेपालले चार विकेट गुमाएर १ सय २३ रन बनायो । नेपाललाई जितसम्म पुग्न २२ ओभर मात्र आवश्यक परेको थियो ।
विजयी टिमका लागि ओपनरका रूपमा भुर्तेलले ५७ रन बनाए । उनले ५६ बलमा छ चौका र एक छक्का प्रहार गरे । यस्तै मयन यादवले २७ रन बनाए भने बसिर अहमद १८ रन बनाएर नटआउट रहे ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |