नेपाल पाकिस्तान ए सँग ९६ रनले पराजित

नेपाल एसियाकप राइजिङ स्टार्सको समूह बी को खेलमा मंगलबार पाकिस्तान ए को हातबाट ९६ रनले पराजित भएको छ । यो हारले नेपालको सेमिफाइनल प्रवेशको सम्भावना पनि समाप्त भएको छ । अब भारत र पाकिस्तानको ए टिमले अन्तिम चारमा खेल्नेछ ।
लिग चरणका तीन खेलमा नेपाल एक जित निकाल्न सफल रह्यो । डोहामा भएको आफ्नो तेस्रो खेलमा जितका लागि १ सय ६९ रनको लक्ष्य पाएको नेपालले १७.३ ओभरमा सबै विकेट गुमाएर ७२ रन मात्र बनाउन सक्यो ।
नेपालका लागि ओपनर मयान यादवले सर्वाधिक ४१ रन बनाए । उनले ५० बलमा चार चौका र दुई छक्का प्रहार गरे । यस्तै बासिर अहमदले ११ रन बनाए । त्यस बाहेक अरु कसैले गतिलो ब्याटिङ गरेनन् । पाकिस्तान ए का लागि मोहमद हसनन र सुफयान मोक्विमले तीन तीन विकेट लिए।
पहिले ब्याटिङ गरेको पाकिस्तान ए ४२ ओभरमा १ सय ६८ रन बनाएर अलआउट भयो । रोहिइल नाजिरले त्यसमा सर्वाधिक ६४ रन बनाए । उनले ८३ बल सामना गरेर चार चौका र तीन छक्का प्रहार गरे । नेपाली बलर रसिद खानले घातक बलिङ गर्दै ३९ रनमा पाँच विकेट लिए ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |