← समाचारमा फर्कनुस्
भिल्लाको जितमा ज्याक्सन नायक

निकोलस ज्याक्सनको दुई गोलको मदतले एस्टन भिल्लाले इंग्लिस प्रिमियर लिगमा शनिबार म्यानचेस्टर सिटीलाई २–१ ले पराजित गरेको छ र नयाँ सिजनमा आफ्नो खराव सुरुआतलाई ओझेलमा पारेको छ । यो जितपछि भिल्लाको आठ खेलबाट ११ अंक भएको छ र छैटौं स्थानमा उक्लेको छ ।
यो नतिजाले सिटीको नयाँ सिजन लिगमा लगातार जितको यात्रा टुंगेको छ । सिटी सात खेल लगातार जितेयता अहिले पहिलो पटक पराजित भएको हो । भिल्ला पार्कमा भएको खेलमा छैटौं मिनेटमा पहिलो गोल गरे । इर्लिङ हालान्डले ५२ औं मिनेटमा सिटीका लागि एक गोल फर्काए ।
खेलको ६० औं मिनेटमा ज्याक्सनले दोस्रो गोल गरे र यो नै निर्णायक सावित भयो । हारका बावजुत सिटी आठ खेलबाट २१ अंकमा शीर्ष स्थानमै रह्यो ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |