← समाचारमा फर्कनुस्
Football Jul 17, 2026 · Swadesh

सुपर ओभरमा नेपाललाई हराउँदै युएई फाइनलमा, अब नेपालले इन्डोनेसियासँग तेस्रो स्थानका लागि खेल्ने

सुपर ओभरमा नेपाललाई हराउँदै युएई फाइनलमा, अब नेपालले इन्डोनेसियासँग तेस्रो स्थानका लागि खेल्ने

काठमाडौं। एसीसी यू–१९ महिला प्रिमियर कप २०२६ को सेमिफाइनलमा नेपाल सुपर ओभरमा संयुक्त अरब इमिरेट्स (युएई)सँग पराजित हुँदै फाइनल पुग्न असफल भएको छ। युएईले अब उपाधिका लागि थाइल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ भने नेपालले तेस्रो स्थानका लागि इन्डोनेसियासँग खेल्नेछ।

भोलि बिहान तेस्रो स्थानको लागि खेल्ने छ।

पहिले ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १०० रन बनायो। उसका लागि मेहुल प्रणव कुलकर्णीले सर्वाधिक ३० रन बनाइन् भने लवान्या केनीले २५ तथा नेहा कुमारीले अविजित १९ रन जोडिन्।

नेपालका लागि अनु कँडायत र रिया शर्माले समान ३–३ विकेट लिए। तिर्सना विश्वकर्माले २ तथा मनिषा उपाध्यायले १ विकेट हात पारिन्।

१०१ रनको लक्ष्य पछ्याएको नेपाल पनि अन्तिम बलमा १०० रनमै समेटिएपछि खेल बराबरीमा सकिएको थियो। नेपालका लागि अनु कँडायतले १५ बलमा २० रन बनाइन् भने सना प्रवीणले १७, अलिशा कुमारी यादवले १७ र सबित्री धामीले ८ रन जोडिन्।

युएईका लागि वैश्नवी महेशले ३ विकेट लिइन्। साई निखिल थिटेले २ तथा जननी थिरुक्कुमरण र मेहक ठाकुरले समान १–१ विकेट लिए।

सुपर ओभरमा पहिले ब्याटिङ गरेको नेपालले दुई विकेट गुमाउँदै ६ रन मात्र बनाउन सक्यो। कप्तान सोनी पाख्रिन २ तथा अनु कँडायत २ रनमा आउट हुँदा सबित्री धामी १ रनमा अविजित रहिन्।

७ रनको लक्ष्य पछ्याएको युएईले तीन बलमै बिना कुनै विकेट गुमाई लक्ष्य पूरा गर्दै फाइनलमा स्थान सुरक्षित गर्‍यो। कप्तान समाइरा धर्निधर्काले ३ बलमा अविजित ७ रन बनाएर टोलीलाई रोमाञ्चक जित दिलाइन्।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →