← समाचारमा फर्कनुस्
Football Oct 25, 2026 · Swadesh

टोटनहम ऐतिहासिक जितले उत्साहित

टोटनहम ऐतिहासिक जितले उत्साहित

टोटनहमले इंग्लिस फुटबलमा शनिबार त्यस्तो जित निकालेको छ, जुन दुर्लभ ढंगले ऐतिहासिक मात्र छैन्, समर्थनले पनि यस्तो नतिजा चिताएकै थिएन् । टोटनहमले चेल्सीलाई उसकै घरमा चेल्सीमाथि २–० को जित हात पारेको हो । यो जितले धेरै कीर्तिमान पनि बनेका छन् ।

पछिल्लो ३६ वर्षमा चेल्सीविरुद्ध टोटनहम विजयी रहेको यो दोस्रो पटक मात्र हो । टोटनहमको यो चेल्सीविरुद्ध दोस्रो लिग जित मात्रै हो र सन् २०२३ यता पहिलो हो । यस्तै सन् २०१८ यता टोटनहमले चेल्सीलाई उसकै घरमा हराएको यो पहिलो पटक हो ।

त्यति मात्र होइन्, सन् १९९० यता टोटनहम आफ्ना लन्डन प्रतिद्वन्द्वीविरुद्ध सबै खाले प्रतियोगिता गरेर समग्रमै अवे गेमा एकै पल्ट मात्र विजयी भएको छ । स्टायनफोर्ड ब्रिजमा भएको खेलमा चेल्सी कोल पाल्मारलाई रातो कार्डमा गुमाएर दस खेलाडीमा सीमित भएको थियो ।

त्यसपछि गोलरक्षक माइक पेन्डर्सले दुर्भाग्यपूर्ण आत्मघाती गोल गरे । रोबर्ट डे जेब्रीको टोटनकमका लागि म्याथेस टेलले दोस्रो गोल थपे । यो जितपछि टोटनहम नौ अंकमा १२ औं स्थानमा उक्लेको छ । चेल्सी भने १२ अंकमा चौथो स्थानमा रह्यो ।

यसअघि आर्सनलले एभरटनलाई २–० ले हराएको थियो र त्यसमा इजरी कोन्सा र ग्याब्रिएल मेगलहेसले एक एक गोल गरे । एभरटन भने १० अंकमा नवौं स्थानमा रह्यो । अर्को खेलमा फुलहमले कभेन्ट्रीमाथि १–० को महत्त्वपूर्ण जित हात पार्न सफल रह्यो ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →