शुभको स्थानमा शिवमले खेल्ने

काठमाडौं । कर्णाली याक्सले शुभ कंसकारको स्थानमा शिवम तिवारीलाई परिवर्तन गरेको छ ।
आगामी नेपाल प्रिमियर लिग (एनपिएल) तेस्रो संस्करणको लागि ब्याटर शुभ कंसकार कर्णाली याक्समा अनुबन्ध भएका थिए । तर, उनको हातको चोट लागेपछि शिवमलाई परिवर्तन गरिएको कर्णाली याक्सले जनाएको छ ।
शिवमले गत प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशबाट खेलेका थिए । उनी भक्तपुरका खेलाडी समेत हुन्।
योसँगै कर्णाली याक्सको घरेलु खेलाडीमा मार्की सोमपाल कामी, गुल्शन झा, नन्दन यादव, विपिन शर्मा, युनिस विक्रम सिंह, दीपेन्द्र रावत, पवन सरार्फ, युवराज खत्री, दीपक डुम्रे, सुर्य तामाङ, दिवान पुन, शिवम तिवारी र सचिन शर्मा रहेका छन् ।
यता, विदेशी खेलाडीमा दक्षिण अफ्रिकाका स्टार क्रिकेटर डेविड मिलर, पाकिस्तान ट्वान्टी २० क्रिकेट टिमका कप्तान साहिवजादा फर्हान, पाकिस्तानकै अलराउन्डर हुसैन तलात, स्कटल्यान्डका अलराउन्डर मार्क वाट, बंगलादेशका खेलाडीद्वय अरिफुल इस्लाम र अकबर अली अनुबन्ध भएका छन् ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |