← समाचारमा फर्कनुस्
Top Headlines Oct 23, 2026 · Swadesh

चीनमा र भारतमा नेपाल यू–१९ महिला क्रिकेट टोलीले दुई तयारी प्रतियोगिता खेल्ने

चीनमा र भारतमा नेपाल यू–१९ महिला क्रिकेट टोलीले दुई तयारी प्रतियोगिता खेल्ने

काठमाडौं। नेपाल यू–१९ महिला क्रिकेट टोलीले आगामी आईसीसी महिला यू–१९ टी–२० विश्वकपको तयारीका क्रममा दुई अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दैछ।

नेपाल क्रिकेट संघ (क्यान)ले जारी गरेको प्रेस विज्ञप्तिअनुसार नेपाली टोलीले आगामी नोभेम्बर ३ देखि ८, २०२६ सम्म चीनमा आयोजना हुने ‘बेल्ट एन्ड रोड यू–१९ गर्ल्स टी–२०आई’ प्रतियोगितामा सहभागिता जनाउनेछ। उक्त प्रतियोगितामा आयोजक चीनसहित नेपाल, हङकङ र थाइल्यान्डका टोलीहरू खेल्नेछन्।



त्यसैगरी, नेपाल यू–१९ महिला टोलीले भारतको बैङ्गलोरमा नोभेम्बर १० देखि २२, २०२६ सम्म आयोजना हुने त्रिदेशीय शृङ्खलामा पनि भाग लिनेछ। उक्त शृङ्खलामा नेपाल यू–१९ महिला टोली, भारत यू–१९ महिला ‘ए’ टोली र भारत यू–१९ महिला ‘बी’ टोलीबीच प्रतिस्पर्धा हुनेछ।


AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →