← समाचारमा फर्कनुस्
Top Headlines Jul 18, 2026 · Swadesh

इन्डोनेसियालाई हराउँदै नेपाल तेस्रो

इन्डोनेसियालाई हराउँदै नेपाल तेस्रो

काठमाडौं । नेपालले एसीसी यू–१९ महिला प्रिमियर कपअन्तर्गत तेस्रो स्थानको लागि भएको खेलमा इन्डोनेसियालाई ९ विकेटले पराजित गर्दै तेस्रो स्थान हासिल गरेको छ।

इन्डोनेसियाले दिएको ६९ रनको सामान्य लक्ष्य नेपालले १४.२ ओभरमा १ विकेट गुमाएर पूरा गर्‍यो।

नेपालको जितमा सना प्रविण ३९ बलमा २५ रन बनाएर अविजित रहिन्। सावित्री धामीले २३ बलमा २४ रन बनाउँदै उत्कृष्ट सुरुआत दिलाइन्। उनी रनआउट भएपछि क्रिजमा आएकी करुणा बिष्ट २४ बलमा १६ रन जोड्दै अविजित रहिन्।

यसअघि टस जितेर ब्याटिङ गरेको इन्डोनेसिया २० ओभरमा ९ विकेट गुमाउँदै ६८ रनमा सीमित भयो।

इन्डोनेसियाका लागि डेर्नी राम्बु बाङ्गीले अविजित ३४ रन बनाए पनि अन्य ब्याटरले दोहोरो अंक छुन सकेनन्। कप्तान हिल्भा नुराउलिया सियामी लुकमानले ४ रन जोड्दा विकेटकिपर नी पुतु एलिन नोभिता देवीले ११ रन बनाइन्।

नेपालकी मनिषा उपाध्यायले ४ ओभरमा मात्र ७ रन खर्चेर ४ विकेट लिइन्। अनु कडायतले २ विकेट हात पारिन् भने रचना कुमारी चौधरी, तिर्सना विश्वकर्मा र कप्तान सोनी पाख्रिनले समान १–१ विकेट लिए।

यसअघि नेपाल सेमिफाइनलमा युएईसँग सुपर ओभरमा पराजित भएको थियो भने इन्डोनेसिया थाइल्यान्डसँग पराजित भएको थियो।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →