← समाचारमा फर्कनुस्
Cricket Jul 21, 2026 · Swadesh

विश्वकप क्रिकेट लिग–२ : नेपालले आज नामिबियासँग खेल्दै

विश्वकप क्रिकेट लिग–२ : नेपालले आज नामिबियासँग खेल्दै

काठमाडौं। आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज नामिबियाको सामना गर्दैछ। नेदरल्यान्ड्समा हुने नेपाल र नामिबियाबीचको खेल नेपाली समयअनुसार दिउँसो २:४५ बजे सुरु हुनेछ।

त्रिदेशीय शृङ्खलामा आयोजक नेदरल्यान्ड्ससँगै नेपाल र नामिबिया सहभागी छन्। नेपालले आफ्नो दोस्रो खेल साउन ७ गते आयोजक नेदरल्यान्ड्ससँग खेल्नेछ। त्यसपछि साउन ११ गते पुनः नामिबियासँग र साउन १३ गते नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्ने तालिका रहेको छ।

हाल लिग–२ को अङ्कतालिकामा नेपाल २४ अङ्कसहित पाँचौँ स्थानमा छ। नेदरल्यान्ड्स ३२ अङ्कसहित तेस्रो, ओमान चौथो, नेपाल पाँचौँ तथा नामिबिया २२ अङ्कसहित सातौँ स्थानमा छन्। अङ्कतालिकाको शीर्ष स्थानमा अमेरिका रहेको छ भने स्कटल्यान्ड दोस्रो स्थानमा छ।

नेपालका लागि लिग–२ को शीर्ष चारभित्र उक्लने लक्ष्यलाई जीवित राख्न नामिबियाविरुद्धको खेल महत्वपूर्ण मानिएको छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →