← समाचारमा फर्कनुस्
Cricket Oct 25, 2026 · Swadesh

जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार बन्यो मुक्तिनाथ विकास बैंक

जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार बन्यो मुक्तिनाथ विकास बैंक

काठमाडौं, ८ कात्तिक २०८३। मुक्तिनाथ विकास बैंक लिमिटेडले नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ मा जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदारका रूपमा सहकार्य गर्न सम्झौतापत्रमा हस्ताक्षर गरेको छ। २०८३ कात्तिक ८ गतेदेखि सुरु हुने एनपीएलको तेस्रो संस्करणका सबै खेललाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले आधिकारिक List A T-20 मान्यता दिएको छ।

यो मान्यतासँगै प्रतियोगितामा खेलाडीहरूले बनाउने रन, लिने विकेट तथा व्यक्तिगत प्रदर्शन आधिकारिक टी-२० तथ्याङ्कमा समावेश हुनेछन्। यसले नेपाली खेलाडीहरूलाई अन्तर्राष्ट्रिय रूपमा आफ्नो क्षमता प्रदर्शन गर्न र आधिकारिक तथ्याङ्कमा आधारित खेल जीवनको अभिलेख निर्माण गर्न थप अवसर प्रदान गर्ने बैंकले जनाएको छ।

एनपीएलको पहिलो संस्करणको उपाधि जित्न सफल जनकपुर बोल्ट्स नेपाली क्रिकेटमा विशिष्ट पहिचान स्थापित गरेको टोली हो। पहिलो संस्करणको च्याम्पियनका रूपमा प्राप्त सफलताले टोलीलाई नेपाली क्रिकेटप्रेमीमाझ लोकप्रिय बनाउनुका साथै मधेश प्रदेशको खेलकुद पहिचानलाई थप उजागर गरेको छ।

बैंकका प्रमुख कार्यकारी अधिकृत तारा मानन्धरका अनुसार यस सहकार्यमार्फत मुक्तिनाथ विकास बैंकले जनकपुर बोल्ट्सको जर्सीमा आफ्नो लोगो मात्र राखेको छैन, नेपालमा क्रिकेटमार्फत समुदायसँग जोडिने, स्थानीय प्रतिभालाई प्रोत्साहन गर्ने तथा युवा सशक्तिकरणका लागि पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। एनपीएलको तेस्रो सिजनमा जनकपुर बोल्ट्सले उत्कृष्टता हासिल गर्ने लक्ष्य राखेको अवस्थामा उहाँहरूसँग सहकार्य गर्न पाउँदा बैंकले गर्व महसुस गरेको जनाएको छ।

जनकपुर बोल्ट्सको सञ्चालक कम्पनी इरिम स्पोर्ट्स प्रा. लि. का प्रमुख कार्यकारी अधिकृत निरोज खतिवडाले यस साझेदारीलाई स्वागत गर्दै भने, “मुक्तिनाथ विकास बैंकजस्तो समुदायसँग गहिरो सम्बन्ध भएको संस्थालाई आधिकारिक बैंकिङ साझेदारका रूपमा पाउँदा हामी अत्यन्त खुसी छौं। जनता बैंकमा होइन, बैंक जनतामा जानुपर्छ भन्ने बैंकको सोच र मधेशका जनतासँग जोडिने जनकपुर बोल्ट्सको यात्रा एउटै दिशामा अघि बढेका छन्।”

उनले थपे, “एनपीएलको पहिलो संस्करणको विजेता टोलीका रूपमा यस सिजन फेरि उपाधि जित्ने हाम्रो लक्ष्य छ। आईसीसीको आधिकारिक मान्यतासँगै हाम्रा खेलाडीहरूका लागि यो सिजन महत्त्वपूर्ण बनेको छ, र मुक्तिनाथ विकास बैंकको साथले मैदानभित्र र बाहिर दुवैतर्फ हामीलाई थप ऊर्जा दिनेछ। मधेशका युवा प्रतिभालाई प्रोत्साहन गर्ने हाम्रो प्रतिबद्धतालाई यो सहकार्यले अझ कमजोर होइन, थप मजबुत बनाउनेछ।”

नेपाली बैंकिङ क्षेत्रमा ग्राहककेन्द्रित सेवा, नवीनता तथा वित्तीय समावेशीकरणलाई प्राथमिकता दिँदै आएको मुक्तिनाथ विकास बैंकले यस साझेदारीलाई खेलकुदमार्फत समुदायसँग जोडिने र नेपाली क्रिकेटको विकासमा सहयोग पुर्याउने अवसरका रूपमा लिएको छ। बैंकले आगामी दिनमा पनि ग्राहक, समुदाय तथा सरोकारवालाहरूसँगको सम्बन्धलाई थप मजबुत बनाउँदै आर्थिक तथा सामाजिक विकासमा योगदान पुर्याउने प्रतिबद्धता व्यक्त गरेको छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →