← समाचारमा फर्कनुस्
Football Aug 29, 2026 · Swadesh

मिलानको शतप्रतिशत प्रदर्शन

मिलानको शतप्रतिशत प्रदर्शन

एसी मिलानले इटालीको सिरी ए मा आइतबार आफ्नो शतप्रतिशत सुरुआत कायम राख्ने क्रममा भेनेजिआलाई २–० ले पराजित गरेको छ । यो जितपछि मिलानको छ अंक भएको छ र अंक तालिकाको शीर्षमा उक्लेको छ ।

गोन्जालो रामोसले ६९ औं मिनेटमा पहिलो गोल गरेपछि खेलको अन्त्यतिर रेडोने हलहलले आत्मघाती गोल गरे र मिलानको जितको औपचारिकता पूरा भएको हो ।

पोर्चुगाली खेलाडी रामोस सात करोड ४० युरोमा पेरिस सेन्ट जर्मेनबाट मिलान आएका हुन् र उनी आफ्नो नयाँ क्लबका लागि कठिन कोणबाट गोल गर्न सफल रहे । भेनेजिआको भने यो लगातार दोस्रो हार हो र शून्य अंकमा पुछारतर्फ रह्यो ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →