← समाचारमा फर्कनुस्
इन्टरले जित्यो लगातार दोस्रो खेल

इन्टर मिलानले इटालीको सिरी ए मा आइतबार कागलिरीलाई १–० ले पराजित गरेको छ र शतप्रतिशत सुरुआत लिएको छ । यो जितपछि डिफेन्डिङ च्याम्पियन इन्टरको छ अंक भएको छ र शीर्ष स्थानमा छ ।
उसका लागि एक मात्र गोल हाकान चालहानोग्लुले नवौं मिनेटमा गरे । अर्को खेलमा लाजियोले जेनोआलाई १–० ले नै हराएको छ । यसअघि कोमोले नेपोलीलाई २–१ ले हरायो र आफू इटालीको फुटबलको पारम्परिक टिमलाई चुनौती दिन सक्ने क्लबका रूपमा प्रस्तुत गर्न सफल रह्यो ।
कोमोका लागि एनासटासिओस डोभिकासले ३४ औं मिनेटमा निर्णायक गोल गरे । कोमो गत सिजन पनि शर्षि चारमा पर्न सफल रहेको थियो ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |