फरेस्टले छाड्यो रेलिगेसन क्षेत्र

नटिंघम फरेस्टले इंग्लिस प्रिमियर लिगमा शुक्रबार इपस्विच टाउनसँग १–१ को बराबरीमा चित्त बुझाएको छ, तर खेलमाथि अत्याधिक नियन्त्रण राखेर पनि तीन अंक जित्न नसकेकोमा उसलाई गुनासो भने रहनेछ ।
पोर्टमन रोडमा भएको खेलको यस नतिजापछि फरेस्टले कम्तीमा रेलिगेसन क्षेत्र छाडेको छ, तर यो केही घण्टाका लागि मात्र हुन सक्ने छ । नेको विलियम्सले १३ औं मिनेटमा फरेस्टका लागि गोलको खाता खोलेको थियो, तर त्यसलाई कायम राख्न सकेन् ।
पहिलो हाफको अन्त्यतिर जुलिओ इकिसोले घरेलु टिमका लािग बराबरी गोल फर्काए । फरेस्टले आक्रामक खेल खेल्दै धेरै अवसर बनाए पनि त्यसको फाइदा भने उठाउन सकेन् । त्यसपछि दुवै टिमले गोल गर्न सकेनन्, यद्यपि फरेस्टले लगातार आक्रामण बुनेको थियो ।
यो खेलपछि इपस्विच १० अंकमा नवौं स्थानमा रह्यो । फरेस्ट भने छ अंकमा १६ औं स्थानमा उक्लेको छ । रेलिगेसन क्षेत्रमा कभेन्ट्री, फुलहम र सन्डरल्यान्ड रहेका छन् ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |