TODAY
All Scores →
← समाचारमा फर्कनुस्
Football Jun 13, 2026 · Swadesh

क्यानाडालाई पहिलो ऐतिहासिक अंक

क्यानाडालाई पहिलो ऐतिहासिक अंक

सह–आयोजक रहेको क्यानाडाले दोस्रो हाफमा निस्केको गोलको मदतले विश्वकप २०२६ मा शनिबार बोस्निया एन्ड हर्जगोभिनालाई १–१ को बराबरीमा रोकेको छ । टोरन्टोमा भएको खेलका यो नतिजापछि क्यानाडा विश्वकप इतिहासमा पहिलो अंक हात पार्न सफल रह्यो ।

बोस्नियाले पहिलो हाफको मध्यमा जोभो लुकिचको गोलमा अग्रता लिएको थियो । खेलको ७८ औं मिनेटमा केली लारिनले क्यानाडाका लागि बराबरी गोल फर्काए । यो नै क्यानाडाली भूमिमा भएको विश्वकपको पहिलो ऐतिहासिक खेल पनि रह्यो ।

सन् १९८६ र २०२२ को विश्वकपका सबै छ खेलमा क्यानाडा पराजित रहेको थियो । त्यसैले यो बराबरी नतिजा उसका लागि राहत रहनेछ । यो नतिजापछि समूह बी मा क्यानाडा र बोस्निया दुवै समान एक एक अंकमा रहे । अब समूहर्कै अर्को खेलमा कतार र स्विटजरल्यान्ड भिड्ने छन् ।

विश्वकप समूह चरणको तालिका


AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA World Cup — Group B
1 Bosnia-Herzegovina 1 1
1 Canada 1 1
3 Qatar 0 0
3 Switzerland 0 0
सबै समूह →