← समाचारमा फर्कनुस्
Top Headlines Oct 26, 2026 · Swadesh

डर्टमुन्डलाई उछिनेर बायर्न फेरि शीर्षमा

डर्टमुन्डलाई उछिनेर बायर्न फेरि शीर्षमा

बायर्न म्युनिकले जर्मन बुंडेसलिगामा आइतबार फ्रेबर्गलाई ३–१ ले हराएको छ र बोरुसिया डर्टमुन्डलाई उछिनेर शीर्ष स्थानमा उक्लेको छ । जर्मन घरेलु फुटबलका दुई ठूला प्रतिद्वन्द्वी समान १७ अंकमा छन् र अहिलेसम्म अपराजित पनि छन् ।

गोल अन्तरले मात्र बायर्न अगाडि रहेको हो । पहिलो हाफमा डयोट उपामेरकानो र सर्जियो जेनाब्रेले गोल गरेपछि बायर्न जित निकाल्न सफल रहेको हो । हारका बावजुत पनि फ्रेबर्ग भने १३ अंकमा तेस्रो स्थानमा छ ।

बायर्नका लागि यो जितको धेरै अर्थ रहनेछ, किनभने दुई दिन अगाडि मात्रै प्रशिक्षक भिन्सेन्ट कोम्पनी प्रशिक्षणकै क्रममा विरामी भएर मैदानमा ढलेका थिए । अहिले उनको स्वास्थ्य स्थिति सामान्य बताइएको छ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →