← समाचारमा फर्कनुस्
बार्सिलोनाको जितमा चम्के राफिन्हा र यामल

बार्सिलोनाले स्पेनी ला लिगामा सोमबार लगातार तेस्रो जित निकाल्ने क्रममा रायो भालेकानोलाई रोमाञ्चक खेलमा ५–२ ले हराएको छ । यससँगै क्याटलान क्लबको आफ्नो शतप्रतिशत सुरुआत कायम रह्यो । लिगमा यस्तै सुरुआत लिन सफल एक मात्र अर्को क्लब रियल म्याड्रिड रहेको छ ।
दुवै टिम सुरुआती तीन खेल जित्न दुई टिम रहेका छन् र उनीहरू शीर्ष दुई स्थानमा छन् । यसले उपाधि होडका लागि यिनै दुई टिमबीच प्रतिस्पर्धा चल्ने तय जस्तै देखिएको छ । बार्सिलोनाको अहिलेको जितमा राफिन्हा र लामिन यामलले दुई दुई गोल गरे ।
राफिन्होले १९ र १७ औं मिनेटमा गोल गरे भने यामलले २१ र ९० औं मिनेटमा गोल थपे । अर्को गोल भने फ्लोरिन लेजेनेको नाममा आत्मघाती रह्यो । भालेकानोको दुई गोल भने सर्जिओ कमेलोले गरे ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |