← समाचारमा फर्कनुस्
Football Aug 30, 2026 · Swadesh

एटलेटिकोको उत्कृष्ट सुरुआत कायम

एटलेटिकोको उत्कृष्ट सुरुआत कायम

जुलियन एल्भारेजको सम्भावित स्थानान्तरको तनावलाई ओझेलमा पार्दै एटलेटिको म्याड्रिडले स्पेनी ला लिगामा आफ्नो उत्कृष्ट सुरुआतलाई शनिबार कायम राखेको छ र यसक्रममा सेभियालाई सजिलै ३–१ ले पराजित  गरेको छ ।  

यो जितपछि तीन खेलबाट सात अंक भएको छ र एटलेटिको सुरुआती अंक तालिकाको पहिलो स्थानमा रह्यो । उसका लागि पहिलो हाफमा एलेक्स बाएनाले दुई गोल गरे । एडेमोला लुकमनले पनि एक गोल थपे ।सेभियाका लागि म्यागुएल सिएराले दोस्रो हाफमा एक गोल फर्काए ।

शनिबारका अन्य खेलमा लेभान्टेले रियल बेटिसमाथि ५–२ को फराकिलो जित निकाल्यो । रोजर ब्रुगले दुई गोल गरे । यस्तै रियल सोसिडाडले इस्पनयोललाई २–१ हरायो ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →