← समाचारमा फर्कनुस्
अल क्लासिको अगाडि एटलेटिको विजयी

बहुप्रतीक्षित अल क्लासिको अगाडि एटलेटिको म्याड्रिडले शनिबार स्पेनी ला लिगामा डेपोर्टिभो लाकुरुनालाई १–० ले हराएर आफ्नो स्थिति बलियो बनाएको छ । खेलको एक मात्र गोल जुलियन अल्भारेजले ४८ औं मिनेटमा गरे ।
एटलेटिकोको १० खेलबाट २५ अंक भएको छ । बार्सिलोना २७ अंकमा पहिलो र रियल म्याड्रिड २१ अंकमा तेस्रो स्थानमा छन् । बार्सिलोना र रियलबीच नै अब अल क्लासिको खेल रहेको छ ।
बार्सिलोना शतप्रतिशत जितको यात्रामा रहेको छ । यसैबीच आइतबारका अन्य खेलमा भिल्लारियलले भ्यालेन्सियालाई २–१, रेसिङ सान्टेन्डरले इस्पनयोगललाई २–१ र एल्चेले रायो भालेकानोलाई ३–० ले हरायो ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |