← समाचारमा फर्कनुस्
Volleyball Jul 23, 2026 · Swadesh

एसियन गेम्स : नेपालले जापान र इन्डोनेसियासँग खेल्ने

एसियन गेम्स : नेपालले जापान र इन्डोनेसियासँग खेल्ने

काठमाडौं। जापानमा आयोजना हुने एसियन गेम्स २०२६ अन्तर्गत महिला भलिबलको समूह चरणमा नेपालले आयोजक जापान र इन्डोनेसियासँग प्रतिस्पर्धा गर्ने भएको छ।

बिहीबार सार्वजनिक गरिएको ड्रअनुसार नेपाल समूह ‘ए’ मा जापान र इन्डोनेसियासँग परेको हो।

नेपाली महिला टोली लगातार दोस्रो पटक एसियन गेम्समा सहभागी हुन लागेको हो। विश्व वरियताका आधारमा एसियाका शीर्ष १६ टोलीभित्र पर्दै नेपालले प्रतियोगितामा स्थान सुरक्षित गरेको हो। हाल नेपाल विश्व वरियताको ६८औं स्थानमा रहेको छ।

नेपालसँगै समूहमा रहेको जापान एसियाकै बलियो टोलीमध्ये एक हो भने इन्डोनेसिया पनि दक्षिणपूर्वी एसियाको प्रतिस्पर्धी टोलीका रूपमा परिचित छ। विश्व वरियतामा जापान छैटौं तथा इन्डोनेसिया ६०औं स्थानमा रहेका छन्।



AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →