← समाचारमा फर्कनुस्
Other Sports Oct 22, 2026 · Swadesh

एशियाली चेसमा सहभागी हुने टोली भारत प्रस्थान

एशियाली चेसमा सहभागी हुने टोली भारत प्रस्थान

भारतको गुजरातस्थित अहमदाबादमा अक्टोबर २२ देखि ३१ तारिखसम्म आयोजना हुने पश्चिम एसियाली युवा चेस च्याम्पियनसिप २०२६ मा सहभागी हुन त्यसतर्फ प्रस्थान गरेका छन्।

नेपाल बुद्धिचाल महासंघका प्रवक्ता राजु ताम्राकारले बिहिवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १८ जनाको खेल टोलीलाई बिदाइ गरेका छन्।

नेपाल बुद्धिचाल महासंघले केन्द्रीय सदस्य नीता सैंजुको नेतृवमा विभिन्न उमेर समूहका ११खेलाडी, ५जना अभिभावक र निर्णायक गरी १८ सदस्यीय नेपाली टोली सहभागी गराएका छन्।

प्रतियोगितामा नेपाली खेलाडी छात्रतर्फ युवा ८ सुनव ओझा, युवा १० शुभाङ्ग प्रधान, युवा १२ अग्रिम सैंजू, युवा १४ आयुष भण्डारी र प्रबिर के.सी.ले प्रतिस्पर्धा गर्नेछन्।

यसैगरी छात्रातर्फ युवा १० अग्रता आचार्य, युवा १२ निहाना श्रेष्ठ, युवा १४ उज्जिवनी कँडेल, युवा १६ नेलिसा ओझाले प्रतिस्पर्धा गर्नेछन्।

नेपाली टोलीमा अभिभावक भावना अमात्य, सरस्वती पौडेल, सिन्दिरा जोशी, बन्दना खड्का र नबिना कुटुवाल तथा प्रबिश प्रजापति निर्णायकको भूमिकामा रहनेछन्।

नेपाल बुद्धिचाल महासंघका अध्यक्ष हेराकाजी महर्जनद्वारा हस्ताक्षरित पत्रमा सहभागी हुने खेलाडी तथा टोलीका सदस्यहरूको यात्रा र सहभागिता सहज बनाउन सम्बन्धित निकाय तथा संस्थाहरूलाई आवश्यक सहयोगका लागि अनुरोध गरिएको छ।

पश्चिम एसियाली युवा चेस च्याम्पियनसिप नेपाली युवा खेलाडीहरूका लागि अन्तर्राष्ट्रिय स्तरमा आफ्नो प्रतिभा प्रदर्शन गर्ने तथा क्षेत्रीय प्रतिस्पर्धाबाट अनुभव हासिल गर्ने अवसरका रूपमा रहेको प्रवक्ता ताम्राकारले बताए।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →