अमेरिकाको उत्कृष्ट विजयी सुरुआत

अमेरिकाले विश्वकप २०२६ को लस एन्जलस स्टेडियममा भएको समूह डी को खेलमा पाराग्वेमाथि शनिबार ४–१ को प्रभावशाली जित दर्ता गरेको छ । अमेरिकाका लागि फ्लोरिन बालोगनले दुई गोल गरे । डामिन बोबाडिलाको आत्मघाती गोलमा अमेरिकाले सातौं मिनेटमै अग्रता लिन सफल भएको थियो ।
अमेरिकाले रचेको आक्रमणमा पाराग्वे दबाबमा आएको थियो र यसैक्रममा बोबाडिलाले बललाई आफ्नै पोस्टको दिशा दिएका थिए । खेलको ३१ औं मिनेटमा बालोगनले दोस्रो गोल गरे । त्यस अगाडि उनको प्रहारले पोस्टका दिशा
लिए पनि त्यसले मान्यता पाएन् र यसलाई अफ साइड घोषणा गरिएको थियो ।
पहिलो हाफको इन्ज्युरी समयको पाँचौं मिनेटमा बालोगनले तेस्रो गोल थपे । पाराग्वेले दोस्रो हाफको ७३ औं मिनेटमा एक गोल फर्काएको थियो र यो मउरिसो मागाल्हासको नाममा रह्यो । पाराग्वेले बुनेको पहिलो उल्लेखनीय आक्रमणमै गोल निकालेको हो । अमेरिकाले दोस्रो हाफमा पहिलेको जस्तो आक्रामक खेल दोहराउन सकेन् ।
दोस्रो हाफको इन्ज्युरी समयको आठौं मिनेटमा जियोभानी रेयेनाले अमेरिकाका लागि चौथो गोल गर्न सफल रहे । यो प्रभावशाली जितपछि तीन अंकसहित अमेरिकाको अर्को चरण प्रवेशको सम्भावना बलियो भएको छ । पाराग्वे भने शून्य अंकमै सीमित रह्यो । यो समूहका अन्य दुई टिममा टर्की र अस्ट्रेलिया रहेका छन् ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 |
Laos Women |
1 | 0 | 0 |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |
Laos Women