← समाचारमा फर्कनुस्
Football Oct 24, 2026 · Swadesh

आहा! रारा पोखरा गोल्ड कप माघ हुने

आहा! रारा पोखरा गोल्ड कप माघ हुने

२६औँ संस्करणको आहा! रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिता यहि आउदो माघ ५ देखि १६ गतेसम्म पोखरा रंगशालामा सञ्चालन हुने भएको छ। आयोजक सहारा क्लब पोखराले यस प्रतियोगिता बारे शुक्रबार जानकारी दिएको हो।

पोखरा महानगरपालिकाको संरक्षकत्वमा हुने प्रतियोगितालाई राष्ट्रिय खेलकुद परिषद्, गण्डकी प्रदेश खेलकुद परिषद्, अखिल नेपाल फुटबल संघ, नेपाल पर्यटन बोर्ड, कास्की जिल्ला खेलकुद विकास समिति र कास्की जिल्ला फुटबल संघलगायतका संस्थाले सहयोग गर्दै आएका छन्।

प्रतियोगितामा सहभागी हुने टोली, खेल तालिका, पुरस्कार राशि तथा अन्य विवरण पछि सार्वजनिक गरिने आयोजक सहारा क्लबका अध्यक्ष केशबबहादुर थापाले बताए। उनका अनुसार प्रतियोगितालाई व्यवस्थित र भव्य रूपमा सम्पन्न गर्न आवश्यक तयारी अघि बढाइएको छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →