HTTP 200 OK
Allow: GET, HEAD, OPTIONS
Content-Type: application/json
Vary: Accept
"count": 5165,
"next": "https://app.nepalsportz.com/news/?format=api&page=10",
"previous": "https://app.nepalsportz.com/news/?format=api&page=8",
"results": [
"id": 5059,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "गुजरातलाई हराएर राजस्थान शीर्षमा",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_1270.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_1270.jpeg",
"category": [
"id": 3,
"created": "2023-02-08T17:13:09.647250+05:45",
"modified": "2023-02-08T17:13:09.647269+05:45",
"created_np": "2079-10-25T17:13:09.647282+05:45",
"modified_np": "2079-10-25T17:13:09.647504+05:45",
"name": "Cricket",
"slug": "Cricket-nepal"
"season": null,
"content": "
अहमदावादमा भएको खेलमा राजस्थानले पहिले ब्याटिङ गर्दै छ विकेटमा २ सय १० रन बनाएको थियो । त्यसमा ध्रुव जुरेलले सर्वाधिक ७५ रन बनाए । यस्तै ओपनर यशस्वी जयसवालले ५५ रन बनाए । जवाफमा गुजरातले साइ शुदर्शनको ७३ रनको बावजुत आठ विकेटमा २ सय ४ रन मात्र बनाउन सक्यो ।
रवि विश्नोइले ४१ रनमा चार विकेट लिएर राजस्थानलाई जित दिलाउने ठोस भुमिका खेले । गुजरातको यो लगातार दोस्रो हार हो र टिम शून्य अंकमा रहेको छ ।
"created": "2026-04-05T07:45:47.138955+05:45",
"news_slug": "Rajasthan-on-the-top-ipl"
"id": 5058,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "बायर्नले रच्यो पुर्नआगमन जित",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_1269.webp",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_1269.webp",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
यस्तो बायर्न हार निश्चित देखिएको थियो । तर टम बिसचोफले खेलको अन्त्यतिर दुई गोल गरेपछि बायर्नले खेल बराबरीमा ल्याएको थियो भने लगतै इन्ज्युरी समयको नवौं मिनेटमा लेनार्ट कार्लले निर्णायक विजयी गोल गरे ।
यो जितपछि बायर्नको २८ खेलबाट ७३ अंक भएको छ र उसलाई शीर्षमा नौ अंकको अग्रता प्राप्त छ । बोरुसिया डर्टमुन्ड समान खेलबाट ६४ अंकमा दोस्रो स्थानमा छ । डर्टमुन्डले शनिबारकै अर्को खेलमा स्टुटगार्टलाई २–० ले हरायो ।
"created": "2026-04-05T07:21:07.682671+05:45",
"news_slug": "Bayern-come-back-win"
"id": 5057,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "बार्सिलोना जित्दा रियल पराजित",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_1267.webp",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_1267.webp",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
यो जितपछि बार्सिलोना शीर्ष स्थानमा सात अंकको अग्रता लिएको छ । बार्सिलोनाको ३० खेलबाट ७६ अंक भएको छ । रियल ६९ अंकमा दोस्रो स्थानमा छ । एटलेटिकोले जिलिनो सिमोनीको गोलले पहिलो हाफमा अग्रता लिएको थियो । तर पहिलो हाफमै बार्सिलोनाका लागि मार्कस रसफोर्डले बराबरी गोल फर्काए ।
त्यस अगाडि रियललाई मार्लोकाले २–१ ले पराजित गरेको थियो । त्यसमा मार्लोकाका लागि भेडाट मुरिकीले दोस्रो हाफको इन्ज्युरी समयमा निर्णायक गोल गरे । लिग तालिकाको शीर्ष चारमा भिल्लारियल ५८ र एटलेटिको ५७ अंकमा छन् ।
"created": "2026-04-05T07:09:16.103070+05:45",
"news_slug": "BarcelonaAWin-real-Madrid-lost"
"id": 5056,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "अर्जुनको शतकमा गण्डकीको दोस्रो जित",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_1266.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_1266.jpeg",
"category": [
"id": 3,
"created": "2023-02-08T17:13:09.647250+05:45",
"modified": "2023-02-08T17:13:09.647269+05:45",
"created_np": "2079-10-25T17:13:09.647282+05:45",
"modified_np": "2079-10-25T17:13:09.647504+05:45",
"name": "Cricket",
"slug": "Cricket-nepal"
"season": null,
"content": "
बिरगञ्जमा शनिबार सम्पन्न खेलमा गण्डकीले कोशी प्रदेशलाई ३९ रनले पराजित गर्यो।
गण्डकीले दिएको २२८ रनको लक्ष्य पछ्याएको कोशीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै १८८ रन मात्र बनाउन सक्यो।
कोशीका दीपेश कँडेलले अविजित रहँदै सर्वाधिक ५२ रनको अर्धशतकीय पारी खेले। उनले ७३ बलको सामना गर्दै ३ चौका र १ छक्का प्रहार गरे। आशिष थापा मगरले ३०, सुमन श्रेष्ठले २०, शाकिब हकले १७, शिवान्स बजगाईंले १५ तथा सोनु अन्सारीले १८ रन बनाए।
गण्डकीका सिव्रिन श्रेष्ठले ३ विकेट लिए भने अपराजित पौडेल र सुवास भण्डारीले समान २–२ विकेट हात पारे। कमल परियार र कप्तान विपिन खत्रीले समान १–१ विकेट लिए।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको गण्डकीले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २२७ रन बनाएको थियो।
अर्जुन कुमालले सर्वाधिक १०२ रन बनाए। उनले १४१ बलमा ८ चौका प्रहार गर्दै पारीको अन्तिम बलमा रनआउट भए। यो शतक यस संस्करणको प्रधानमन्त्री कपमा उनको पहिलो तथा प्रतियोगिताको इतिहासमा दोस्रो शतक हो।
यस संस्करणमा मधेश प्रदेशका दुवै मैदानमा बनेको यो पहिलो शतकसमेत हो। यही शतकको सहयोगमा अर्जुनले प्रधानमन्त्री कपको इतिहासमा सबैभन्दा कम खेलमा एक हजार रन पूरा गर्ने कीर्तिमान कायम गरे। उनले २५ खेलमै एक हजार रन पूरा गरेका हुन्।
गण्डकीका कप्तान विपिन खत्रीले ८६ बलमा ६ चौका र २ छक्काको सहयोगमा अविजित ७६ रन बनाए। दीपक डुम्रेले १५ तथा मुस्कान थापाले १० रन जोडे।
कोशीका लागि दीपेश कँडेलले ४ विकेट लिए भने राकेश शाह र कप्तान सुजन थपलियाले समान १–१ विकेट लिए।
"created": "2026-04-04T19:48:47.259348+05:45",
"news_slug": "Arjun-century-Gandaki-win"
"id": 5055,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "कर्णालीविरुद्ध एपिएफको एकतर्फी जित",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_1260.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_1260.jpeg",
"category": [
"id": 3,
"created": "2023-02-08T17:13:09.647250+05:45",
"modified": "2023-02-08T17:13:09.647269+05:45",
"created_np": "2079-10-25T17:13:09.647282+05:45",
"modified_np": "2079-10-25T17:13:09.647504+05:45",
"name": "Cricket",
"slug": "Cricket-nepal"
"season": null,
"content": "
जनकपुरमा सम्पन्न खेलमा कर्णालीले दिएको १०८ रनको सामान्य लक्ष्य सशस्त्र प्रहरी क्लबले मात्र १२ ओभरमा बिना विकेटको क्षतिमा पूरा गर्यो। टोलीका लागि दीपक बोहोराले अविजित ४२ रन बनाउँदा आसिफ शेखले अविजित ६५ रनको आक्रामक पारी खेले।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कर्णाली ३६ ओभरमै अलआउट हुँदै १०७ रनमा सीमित भयो। कर्णालीका अर्जुन घर्तीले अविजित ३८ रन बनाए भने दीपेन्द्र रावतले २५ रनको योगदान दिए। अन्य ब्याट्सम्यानले अपेक्षाअनुसार प्रदर्शन गर्न नसक्दा टोली सस्तो स्कोरमै समेटियो।
सशस्त्र प्रहरी क्लबका बलरमध्ये कमल ऐरी र अभिषेक गौतम चम्किए। दुवैले समान ४–४ विकेट लिँदै कर्णालीको ब्याटिङ लाइनअप ध्वस्त पारे।
यस जितसँगै सशस्त्र प्रहरी क्लबले पछिल्ला पाँच खेलपछि पहिलो जित निकाल्दै प्रतियोगितामा पुनरागमनको संकेत दिएको छ। यता कर्णाली प्रदेशले भने लगातार तेस्रो हार व्यहोरेको छ। जारी सिजनमा ६ खेल खेलेको सशस्त्र प्रहरी क्लबले ५ अंक जोडेको छ।
"created": "2026-04-04T13:36:46.111835+05:45",
"news_slug": "APF-won-pm-cup"
"id": 5054,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "भारतलाई हराउँदै बंगलादेश च्याम्पियन",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_1258.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_1258.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
शनिबार राति माल्दिभ्समा सम्पन्न फाइनल खेलमा बंगलादेश पेनाल्टीमा ४–३ ले विजयी भयो। निर्धारित समयसम्म दुवै टोलीले गोल गर्न नसक्दा खेल गोलरहित बराबरीमा टुंगिएको थियो।
सेमिफाइनलमा बंगलादेशले नेपाललाई तथा भारतले भुटानलाई पराजित गर्दै फाइनल यात्रा तय गरेका थिए।
साफको यो उमेर समूहको प्रतियोगिता अहिलेसम्म १८ वर्षमुनि, १९ वर्षमुनि र २० वर्षमुनि गरी तीन श्रेणीमा जम्मा सात पटक आयोजना भइसकेको छ। भारतले सबैभन्दा बढी चार पटक उपाधि जितेको छ भने नेपालले दुई पटक जितेको छ।
लामो प्रतीक्षापछि बंगलादेशले सन् २०२४ मा पहिलो पटक उपाधि जितेको थियो। उक्त फाइनलमा बंगलादेशले नेपाललाई ४–१ ले पराजित गरेको थियो।
"created": "2026-04-04T11:05:57.312109+05:45",
"news_slug": "Bangladesh-Saff-u-20-champions"
"id": 5053,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "रोनाल्डो र माने चम्किँदा नासरको शानदार जित",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_1257.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_1257.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
शनिबार राति सम्पन्न खेलमा नासरले नाजमालाई ५–२ गोल अन्तरले पराजित गर्यो। चोटपछि मैदानमा फर्किएका रोनाल्डोले दुई गोल गर्दै टिमको जितमा महत्वपूर्ण योगदान दिए।
त्यस्तै मानेले पनि दुई गोल गरे भने अब्दुल्लाह अल हमदानले एक गोल थपे। यस खेलमा दुई गोल गरेसँगै रोनाल्डोको करियर गोल संख्या ९६७ पुगेको छ, जुन उनको अद्भुत निरन्तरताको प्रमाण हो।
अर्कोतर्फ, नाजमाका लागि राकान राजेह अल तुलायही र फेलिपे कार्डोसोले एक–एक गोल फर्काए पनि टोलीलाई हारबाट जोगाउन सकेनन्।
यस जितसँगै नासर २७ खेलबाट ७० अंकसहित शीर्ष स्थानमा उक्लिएको छ भने पराजित नाजम समान खेलबाट मात्र ८ अंकसहित पुछारमा रहेको छ।
"created": "2026-04-04T09:29:34.349837+05:45",
"news_slug": "Ronaldo-mane-scores-alnassr-win"
"id": 5052,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "डेम्बेले जिताए पीएसजीलाई",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_1255.webp",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_1255.webp",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
यो जितपछि पीएसजीको २७ खेलबाट ६३ अंक भएको छ । उसको पछाडि लेन्स समान खेलबाट ५९ अंकमा दोस्रो स्थानमा छ । टुलोज भने ३७ अंकमा नवौं स्थानमा रह्यो ।
डेम्बेलेले २३ र ३३ मिनेटमा गोल गरे । त्यसमध्ये पहिलो गोल उत्कृष्ट रहेको थियो । त्यसबीच टुलोजका लागि रसमस निकोलसेनले २७ औं मिनेटमा एक गोल फर्काए ।
दोस्रो हाफको इन्ज्युरी समयमा गोन्जालो रामोसले तेस्रो गोल गरे र पीएसजीको तीन अंक निश्चित भएको थियो ।
"created": "2026-04-04T07:24:29.589202+05:45",
"news_slug": "Dembele-psg-win"
"id": 5051,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "भालेकानाको जितमा एटेके निर्णायक",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_1254.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_1254.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
एल्चेले पहिलो हाफमै पेड्रो बिगासलाई रातो कार्डमा गुमाएपछि दस खेलाडीमा सीमित रहेर पनि भालेकानोलाई कडा चुनौती पेस गरेको थियो । यो जितले भालेकानाको अर्को सिजन युरोपमा खेल्ने सम्भावना जीवन्त रह्यो ।
यो जितपछि भालेकानोको ३५ अंक भएको छ र १२ औं स्थानमा उक्लेको छ । एल्चे भने २९ अंकमा १७ औं स्थानमा छ र उसमाथि रेलिगेसनको दबाब छ ।
"created": "2026-04-04T06:59:33.512831+05:45",
"news_slug": "Valicano-win-"
"id": 5050,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "दोस्रो खेल जितेर पंजाव शीर्षमा",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_1253.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_1253.jpeg",
"category": [
"id": 3,
"created": "2023-02-08T17:13:09.647250+05:45",
"modified": "2023-02-08T17:13:09.647269+05:45",
"created_np": "2079-10-25T17:13:09.647282+05:45",
"modified_np": "2079-10-25T17:13:09.647504+05:45",
"name": "Cricket",
"slug": "Cricket-nepal"
"season": null,
"content": "
चेन्नाईमा भएको खेलमा पंजावले चेन्नाइ सुपर किंगसलाई पाँच विकेटले पराजित गरेको हो । चेन्नाइको यो लगातार दोस्रो हार हो र शून्य अंकमा १० टिममध्ये सबैभन्दा पुछारमा छ ।
पहिले ब्याटिङ गर्दै क्रममा चेन्नाइले पाँच विकेटमा २ सय ९ रन बनाएको थियो । त्यसमा आयुष म्हात्रेले सर्वाधिक ७३ रन बनाए । यस्तै शुभम डुबेले नटआउट रहेर ४५ रन जोडे ।
पंजावले जवाफमा १८.४ ओभरमा पाँच विकेट गुमाएर २ सय १० रन बनायो । यसमा सबैभन्दा ठूलो योगदान कप्तान श्रेयस अयरको रह्यो । उनले नटआउट रहेर ५० रन बनाए ।
"created": "2026-04-04T06:53:31.821633+05:45",
"news_slug": "Punjab-won-second-game-"
"id": 5049,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "श्यान्टु र एरिका वर्ष सर्वोत्कृष्ट खेलाडी",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_1252.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_1252.jpeg",
"category": [
"id": 6,
"created": "2023-02-25T05:35:16.095163+05:45",
"modified": "2023-02-25T05:43:41.832025+05:45",
"created_np": "2079-11-13T05:43:41.832036+05:45",
"modified_np": "2079-11-13T05:43:41.832254+05:45",
"name": "Other Sports",
"slug": "other-sports"
"id": 7,
"created": "2023-02-25T05:44:03.143831+05:45",
"modified": "2023-02-25T05:44:03.143852+05:45",
"created_np": "2079-11-13T05:44:03.143865+05:45",
"modified_np": "2079-11-13T05:44:03.144117+05:45",
"name": "Martial Arts",
"slug": "martial-arts"
"season": null,
"content": "
नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघको आयोजनामा काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका स्थित चन्डेश्वरी मन्दिर परिसरमा भएको अवार्डमा टेबल टेनिसका स्यान्टुले ओलम्पिकको दक्षिण एसियाली छनोट जितेका थिए । उनी नेपालबाट टेबल टेनिसबाट ओलम्पिकमा छनोट हुने पहिलो नेपाली खेलाडी बन्दै इतिहास रचेका थिए। उनले पेरिस ओल्मपिक्समा नेपालको प्रतिनिधित्व गरेका थिए। यही सफलताको आधारमा सर्वोत्कृष्ट खेलाडीको अवार्ड जिते।
स्टार कराते खेलाडी एरिका वल्र्ड कराते वान युथ लिगमा ऐतिहासिक रजत पदक जितेकी थिइन्। साथै अष्ट्रेलिन ओपन करातेमा पनि ऐतिहासिक स्वर्ण जितिन्। करातेमा अन्तराष्ट्रिय पदक जित्न सिपालु ऐरिका लगातार दोस्रो वर्ष सर्वोत्कृष्ट खेलाडी सफल भइन्। ऐरिका र स्यान्टुले सर्वोत्कृष्ट खेलाडी अवार्डसँगै एक लाख रुपैयाँ प्राप्त गरेका छन्।
प्रतिभावान पुरूषको अवार्ड तेक्वेन्दोका अभिषेक बराल र महिलाको अवार्ड बक्सिङकी स्वस्तिका तिरूवाले जिते। अभिषेकले छैटौं कासाद एसियन तेक्वान्दो च्याम्पियनसिपमा रजत पदक जितेका थिए। उनले ८० केजीमुनि तौल समूहमा स्वर्ण जितेका हुन्। स्वस्तिकाले आइएसएफ जिम्नासाइड समर गेम्समा स्वर्ण पदक जितेकी थिइन्। यसअघि उनले सन् २०२१ मा दुबईमा सम्पन्न एसियाली जुनियर बक्सिङमा पनि कास्य पदक पनि जितेकी थिइन्।
पारा खेलाडी सम्मानबाट एथलेटिक्सकी प्रभा आङ्गदाम्बे सम्मानित भएकी छिन्। प्रतिस्पर्धात्मक खेलमा प्रवेश गरेको एक वर्ष नपुग्दै उनले उल्लेखनीय उचाइ हासिल गरिन्। राष्ट्रिय खेलकुद परिषदद्वारा आयोजित विश्वविद्यालय खेलकुदमा १५ सय मिटर दौडपछि उनी पारा खेलतर्फ आकर्षित भएकी थिइन्।
दुबई ग्रान्ड प्रिक्सबाट अन्तर्राष्ट्रिय डेब्यु गरेकी उनले नयाँदिल्लीमा ३ दशमलव ९६ मिटर जम्प गर्दै टी–४७ लङजम्पमा रजत जितिन्। जुन नेपाली पारा एथलेटिक्सकै सबैभन्दा ठूलो पदक हो।
भलिबल प्रशिक्षक कुमार राईलाई गजराज जोशी आदर्श खेल व्यक्तित्वबाट सम्मानित गरिएको छ। उनले सम्मान पत्रसहित ३५ हजार रुपैयाँ प्राप्त गरे।
एनएनआइपिए पत्रकारिता पुरस्कारबाट सिनियर फोटो पत्रकार उदिप्त सिंह क्षेत्री सम्मानित भए। उनलाई नगद ३५ हजार रुपैयाँ र सम्मान पत्र सहित सम्मान गरियो। उनीसँग दुई दशक लामो खेलकुद फोटो पत्रकारिताको अनुभव रहेको छ।
त्यसअघि विभिन्न २६ खेलका खेलाडीलाई वर्ष उत्कृष्ट खेलाडी– २०८२ बाट पुरस्कृत गरिएको थियो। पुरस्कृत हुनेमा एरिका गुरुङ (कराते), मीन कार्की (फेन्सिङ), तिलक पुन (आर्चरी), मौलिक महर्जन (ट्रायथलन), एर्विन श्रेष्ठ (पौडी), सुनिरा थापा (टेनिस), रशिला महर्जन (ब्याडमिन्टन), रविना चौधरी (कबड्डी), दीक्षा मगर (जुडो), प्रीति राई (फुटबल), अच्युटकृष्ण खरेल (साइक्लिङ),, सन्तोषी श्रेष्ठ (एथलेटिक्स), अमरेशकुमार यादव (कुस्ती), अभिषेक बराल (तेक्वान्दो), स्वस्तिका तिरुवा (बक्सिङ), शिवजी सिलवाल (उसु), सुमित्रा रेग्मी (भलिबल), निकेश रखाल मगर (बास्केटबल), सद्भाव आचार्य (गल्फ), दिलिप यादव (भारोत्तोलन), रविन चेपाङ (¥याफ्टिङ एन्ड क्यानोइङ), निलिमा पाण्डे (हक्की), निशा राई (ह्यान्डबल), सुमित तमखु (जिम्न्याष्टिक), श्यान्टु श्रेष्ठ (टेबलटेनिस) र लक्ष्मी राई (स्की) रहेका छन्। उत्कृष्ट सबैले जनही १५ हजार नगद पुरस्कार पाए। यिनै २६ खेलाडी मध्येबाट सर्वोत्कृष्ट र प्रतिभाशाली खेलाडी छनोट गरिएको हो।
विजेतालाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव रामचरित्र मेहता, राखेप कार्यकारी समितिका सदस्य कमलबहादुर भट्टराई, सुवर्ण श्रेष्ठ र भानबहादुर चन्द, राखेपका सदस्य जगतसिंह धामी र जगत टमटा, बनेपा नगरपालिकाका मेयर शान्तिरत्न शाक्य र उपमेयर विमला सापकोटा दाहाल, खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ, खेलाडी संघका मानार्थ अध्यक्ष दीपक विष्टलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे। कार्यक्रमलाई सम्बोधन गर्दै सदस्य–सचिव मेहताले विभिन्न खेलका उत्कृष्ट खेलाडीलाई एउटै मञ्चमा उपस्थित गराएर पुरस्कृत गर्ने कार्य प्रशंसनीय रहेको बताए। काठमाडौं उपत्यकाबाहिर पहिलोपटक अवार्ड आयोजना गरिएको हो।
"created": "2026-04-03T19:37:51.032230+05:45",
"news_slug": "Santo-Erika-best-player"
"id": 5048,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "नेपाल कबड्डी लिगसँग सहकार्य गर्दै नेपहपको श्रीपेच",
"news_image_url": "https://app.nepalsportz.com/media/att.bTwSLwerTL_oyOK3ftP5cR6eijEkk0y8XDP9THWelog.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/att.bTwSLwerTL_oyOK3ftP5cR6eijEkk0y8XDP9THWelog.jpeg",
"category": [
"id": 6,
"created": "2023-02-25T05:35:16.095163+05:45",
"modified": "2023-02-25T05:43:41.832025+05:45",
"created_np": "2079-11-13T05:43:41.832036+05:45",
"modified_np": "2079-11-13T05:43:41.832254+05:45",
"name": "Other Sports",
"slug": "other-sports"
"season": null,
"content": "
जेन्जी पुस्तामा निक्कै लोकप्रिय रियालिटी शो नेपहपको श्रीपेचसँग एनकेएल आयोजक एस्ट्रोनिक्स म्यानेजमेन्टले शुक्रबार साझेदारी गर्ने घोषणा गरेको हो । रोयल सिंगी होटलमा आयोजित कार्यक्रममा एस्ट्रोनिक्सका सीईओ विकास अग्रवाल र नेपहपको श्रीपेचका संस्थापक सुदीप पोखरेलले साझेदारी पत्रमा हस्ताक्षर गरे । एनकेएल सिजन २ र नेपलहपको श्रीपेच सिजन ३ को लागि सहकार्यको सम्झौता भएको हो ।
सीईओ अग्रवालले भने, “एनकेएल र नेपहपको सहकार्यले नेपालमा एउटा नयाँ युगको सुरुआत गर्दै स्पोट्र्स र इन्टरटेन्मेन्टलाई हेर्ने तरिका नै परिवर्तन गर्दैछ । हामी एउटा मुभमेन्ट निर्माण गरिरहेका छौं । जहाँ कबड्डीको शक्ति र हिपहपको आवाज मिलेर नयाँ कथा लेख्नेछ । अब कबड्डी केवल खेल होइन, यो युवाको आवाज हो, संस्कृतिको ऊर्जा हो र यो देशको नयाँ पहिचान बन्नेछ ।”
नेपहपका संस्थापक पोखरेलले भने, “रियालिटी शो र स्पोट्र्स लिगवीच पहिलोपल्ट सहकार्यको सम्झौता भएको छ । हामी धेरै खुशी छौं कि हाम्रा ¥यापरहरूले एनकेएलमा एस्पोजर पाउने भएको छ भने एउटा उदाउँदो खेलको रुपमा अगाडि बढेको कबड्डीसँगै हिपहप म्युजिकको सहयात्राको थालनी भएको छ ।”
एनकेएल सिजन २ आगामी जेठ २२ गतेदेखि (जुन ५ तारिख) देखि दशरथ रंगशालास्थित राखेप कभर्डहल, त्रिपुरेश्वरमा सुरु हुँदैछ, जसमा ६ सहरका ६ फ्रेन्चाइज टिमले प्रतिस्पर्धा गर्नेछन् । सम्झौता अनुसार नेपहपको श्रीपेचका ¥यापरले प्रतिस्पर्धाको आधारमा एनकेएलका ६ टिमका लागि फरक एन्थम सिर्जना गर्नेछन् । प्रत्येक विजेताले जनही ५० हजार रुपिया पाउने छन् । नेपहपको श्रीपेचले शीर्ष ३० को छनोटपछि दुई एपिसोड एनकेएल थिममा तयार गर्नेछ ।
कार्यक्रममा नेपहपको श्रीपेचका निर्णायकद्वय भियोमा र मानस घले पनि उपस्थित थिए । उनीहरूले ¥याप र एनकेएलको सहकार्यले खेल र संगीत दुवैलाई फाइदा पुग्ने बताए । एनएकेएल सिजन २ को एन्थम पनि भियोमा तयार गरेका हुन् ।
एस्ट्रोनिक्स म्यानेजमेन्टका प्रमुख अमितकमार बेगानीले विश्वकै उत्कृष्ट खेलाडीहरू एनकेएल सिजन २ खेल्नका लागि नेपाल आउन लालयित रहेको बताएका छन् । १६ देशका १ सय बढी बिदेशी खेलाडीले नाम दर्ता गरेका छन् । प्लेयर्स ड्राफ्टबाट टिमहरूले खेलाडी छनोट गर्नेछन् । एनकेएल सिजन २ को ब्रोडकास्ट पार्टनर कान्तिपुर म्याक्स टीभी एचडी रहेको छ ।
सिजन २ मा विराटनगर बाहुबली (कोशी प्रदेश), डिफेन्डिङ च्याम्पियन जनकपुर नाइट्स (मधेश प्रदेश), काठमाडौं माभरिक्स (बाग्मती प्रदेश), पोखरा लेकर्स (गण्डकी प्रदेश), बुटवल बुल्स (लुम्बिनी प्रदेश) र धनगढी वाइल्डक्याट्स (सुदूरपश्चिम प्रदेश) ले प्रतिस्पर्धा गर्दै छन् ।
"created": "2026-04-03T19:33:38.332604+05:45",
"news_slug": "Nepal-kabbadi-league-Nep-hop-shrepej"
"id": 5047,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "कोलकाताको लगातार दोस्रो हार",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_1249.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_1249.jpeg",
"category": [
"id": 3,
"created": "2023-02-08T17:13:09.647250+05:45",
"modified": "2023-02-08T17:13:09.647269+05:45",
"created_np": "2079-10-25T17:13:09.647282+05:45",
"modified_np": "2079-10-25T17:13:09.647504+05:45",
"name": "Cricket",
"slug": "Cricket-nepal"
"season": null,
"content": "
इडेन गार्डेनमा हैदरावादले पहिले ब्याटिङ गर्दै आठ विकेटमा २ सय २६ रन बनाएको थियो । त्यसमा हेनरिक क्लासेनले सर्वाधिक ५२ रन बनाए । यस्तै ट्रेभिस हेडले ४६ र अभिषेक शर्माले ४८ रन बनाए ।
कोलकाताका लागि ब्लेसिङ मजराबानीले ४१ रनमा चार विकेट लिए । त्यसको जवाफमा कोलकाता १६ ओभरमा १ सय ६१ रन मात्र बनाएर अलआउट भयो । अंगकृश रधुवंशीको ५२ र रिन्कु सिंहको ३५ रन बाहेक अरुले गतिलो योगदान गर्न सकेनन् ।
"created": "2026-04-03T06:57:10.860961+05:45",
"news_slug": "Kolkatta-second-defeat"
"id": 5046,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "इटालीको फुटबल संघ अध्यक्षको राजीनामा",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_1248.webp",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_1248.webp",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
यसअघि मंगलबारको युरोपेली प्ले अफमा इटाली पेनाल्टी सुटआउटमा बोस्निया एन्ड हर्जगोभिनासँग पराजित भएको थियो । संघमा अब नयाँ नेतृत्वका लाग जुन २२ मा चुनाव हुनेछ । ग्राभिनाले राजीनामा दिएपछि इटालीका प्रमुख प्रशिक्षक गेनारो गटुसोले पनि आफ्नो पद छाड्ने सम्भावना बनेको छ ।
कुनै समय विश्व फुटबलको महाशक्ति रहेको इटालीको प्रदर्शन पछिल्लो समय लगातार खराव रहेको छ । यसै कारण इटालीमा फुटबल कम लोकप्रिय हुन थालेको पनि बताइएको छ ।
"created": "2026-04-03T06:47:40.024152+05:45",
"news_slug": "Italy-football-President-Gabriele-Gravina-resigns"
"id": 5045,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "गण्डकीमाथि सुदूर दुई विकेटले विजयी",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_1246.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_1246.jpeg",
"category": [
"id": 3,
"created": "2023-02-08T17:13:09.647250+05:45",
"modified": "2023-02-08T17:13:09.647269+05:45",
"created_np": "2079-10-25T17:13:09.647282+05:45",
"modified_np": "2079-10-25T17:13:09.647504+05:45",
"name": "Cricket",
"slug": "Cricket-nepal"
"season": null,
"content": "
नारायणी क्रिकेट रंगशालामा बिहिबार सम्पन्न खेलमा सुदूरले गण्डकीलाई २ विकेटले पराजित गरेको हो। यो जितसँगै पाँच खेलबाट सुदूरले ८ अंक जोडेको छ। पराजित गण्डकी भने समान खेलबाट तीन अंकसहित पूछारबाट दोस्रो स्थानमा छ।
कर्णालीले दिएको १९१ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले ३९.२ ओभरमा ८ विकेट गुमाउँदै १९१ रन बनायो।
सुदूरका अभिषेक पालले सर्वाधिक ६६ रन बनाए। उनले ९३ बलमा ६ चौका र २ छक्का प्रहार गरे। दीपक बोहराले ३५ रन तथा नारायण जोशीले अविजित ४५ रन जोड्दै टोलीलाई सम्मानजनक स्कोरसम्म पुर्याए। मिलन बोहराले १५ रनको योगदान दिए।
बलिङतर्फ गण्डकीका बिपिन खत्रीले घातक प्रदर्शन गर्दै १० ओभरमा ३६ रन खर्चेर ५ विकेट लिए। कृष्ण पौडेल, सुभाष भण्डारी र बिश्व कार्कीले समान १/१ विकेट लिए।
"created": "2026-04-02T20:28:21.213908+05:45",
"news_slug": "Sudurpaschim-win-Gandaki-lost"
"id": 5044,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "आर्मीको सहज जित",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_1245.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_1245.jpeg",
"category": [
"id": 3,
"created": "2023-02-08T17:13:09.647250+05:45",
"modified": "2023-02-08T17:13:09.647269+05:45",
"created_np": "2079-10-25T17:13:09.647282+05:45",
"modified_np": "2079-10-25T17:13:09.647504+05:45",
"name": "Cricket",
"slug": "Cricket-nepal"
"season": null,
"content": "
बिहिबार जनकपुरमा सम्पन्न खेलमा आर्मीले घरेलु टोली मधेस प्रदेशलाई ६ विकेटले पराजित गरेको हो। जितसँगै अपराजित आर्मीले पाँच खेलबाट ९ अंक जोडेको छ।
आर्मीको जितमा त्रितराज दासले शानदार अर्धशतक प्रहार गरे। उनले ७२ बलमा ७ चौका र ३ छक्काको मद्दतले ६९ रन बनाए। कप्तान बिनोद भण्डारीले २९ बलमा ३२ रन जोड्दै टोलीलाई राम्रो सुरुआत दिलाए।
मध्यक्रममा कुशल मल्लाले २४ रन तथा भिम शार्कीले ८ रनको योगदान दिए। अन्त्यतिर बसिर अहमद ३९ बलमा ४१ रनमा अविजित रहँदा आर्मी सहज जिततर्फ अग्रसर भयो। अर्जुन साउद १ रनमा नटआउट रहे।
बलिङतर्फ मोहम्मद आदिल आलमले २ विकेट लिए भने पवन सर्राफ र बिशाल शुस्लिङले समान १र१ विकेट लिए पनि टोलीलाई जितबाट रोक्न सकेनन्।
त्यसअघि टस हरेर पहिले ब्याटिङ थालेको मधेसले ४८.३ मा सबै विकेट गुमाएर १८४ रन बनाएको थियो।
"created": "2026-04-02T20:22:55.430865+05:45",
"news_slug": "Army-win"
"id": 5043,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "स्वदेश आइपुग्यो नेपाली टोली",
"news_image_url": "https://app.nepalsportz.com/media/att.PBJzs1xElY9Llvk4n9_pptyIPcjg2MxdbRcsgu7IQlA.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/att.PBJzs1xElY9Llvk4n9_pptyIPcjg2MxdbRcsgu7IQlA.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
छनोटअन्तर्गतको खेलमा नेपाल १–० ले पराजित भएको थियो। टोली स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निलम्बित अखिल नेपाल फुटबल संघ (एन्फा)का प्रवक्ता सुरेश शाहले स्वागत गरेका थिए।
समग्र छनोट यात्रामा नेपाल समूह ‘एफ’ को पुछारमा रह्यो। नेपालले एक खेलमा मात्र जित दर्ता गर्दा बाँकी पाँच खेलमा पराजय व्यहोर्नुपर्यो।
"created": "2026-04-02T14:17:21.242672+05:45",
"news_slug": "Nepal-National-team-back"
"id": 5042,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "मधेसले आर्मीलाई दियो १८५ रनको लक्ष्य",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_1241.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_1241.jpeg",
"category": [
"id": 3,
"created": "2023-02-08T17:13:09.647250+05:45",
"modified": "2023-02-08T17:13:09.647269+05:45",
"created_np": "2079-10-25T17:13:09.647282+05:45",
"modified_np": "2079-10-25T17:13:09.647504+05:45",
"name": "Cricket",
"slug": "Cricket-nepal"
"season": null,
"content": "
जनकपुरस्थित रामजानकी बहुउद्देश्यीय रंगशालामा टस हारेर पहिले ब्याटिङमा उत्रिएको मधेश ४८.३ ओभरमा अलआउट हुँदै १८४ रनमा समेटिएको हो।
मधेशका विशाल शुस्लिङले सर्वाधिक ५१ रनको अर्धशतकीय इनिङ्ग खेले। कप्तान तथा विकेटकिपर अनिल साहले ४२ रन बनाउँदा पवन सर्राफले २२ रनको योगदान दिए।
मधेशको सुरुवात भने कमजोर रह्यो। मयन यादव ५ रनमा आउट हुँदा निरज यादव ९ रनमै पवेलियन फर्किए। त्यसपछि अनिल साह र पवन सर्राफले इनिङ्स सम्हाल्ने प्रयास गरे पनि नियमित अन्तरालमा विकेट झर्दा मधेश दबाबमा रह्यो। अरनिको यादव ९ रनमा आउट भए भने मोहम्मद आदिल आलम ४, रुपेश सिंह ८ र विशाल पटेल १६ ले सानो योगदान दिए। अन्त्यतिर रणजीत कुमार ४ रनमा अविजित रहँदा आशिक बैठा खाता नै नखोली आउट भए।
आर्मीका बसिर अहमदले ३ विकेट लिए। नरेन साउद र शहाब आलमले समान २र२ विकेट लिए भने कुशल मल्ल, आकाश चन्द र पवन कार्कीले १र१ विकेट लिए।
"created": "2026-04-02T12:44:00.227287+05:45",
"news_slug": "Mahesh-gave-187-target-to-army"
"id": 5041,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "एनएनआईपीए स्पोर्ट्स अवार्डको तयारी पूरा",
"news_image_url": "https://app.nepalsportz.com/media/att.2Vb3aK2CmVqlN-ljYu0fe6VzpgjsMbw8CcqCzwbeBSs.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/att.2Vb3aK2CmVqlN-ljYu0fe6VzpgjsMbw8CcqCzwbeBSs.jpeg",
"category": [
"id": 6,
"created": "2023-02-25T05:35:16.095163+05:45",
"modified": "2023-02-25T05:43:41.832025+05:45",
"created_np": "2079-11-13T05:43:41.832036+05:45",
"modified_np": "2079-11-13T05:43:41.832254+05:45",
"name": "Other Sports",
"slug": "other-sports"
"season": null,
"content": "
स्थानिय आयोजक बनेपा नगरपालिकाका मेयर शान्तिरत्न शाक्यले अवर्डामा सहभागी हुने सबैको स्वागतका लागि तयार रहेको बताउदै अवार्ड आयोजना गर्न अवसर दिएकोमा खेलाडी संघलाई धन्यवाद दिए ।
विभिन्न २६ खेलका त्यत्तिनै संख्यामा खेलाडीलाई पुरस्कृत गरिने महासचिव गोथेले बताए । फुटबल, एथलेटिक्स, ह्यान्डबल, गल्फ, उसु, भारोत्तोलन, जुडो, ब्याडमिन्टन, आर्चरी, फेन्सिङ, ट्रायथलन, पौडी, कुस्ती, बास्केटबल, कबड्डी, कराते, भलिबल, तेक्वान्दो, जिम्न्याष्टिक, लनटेनिस, हक्की, टेबलटेनिस, बक्सिङ, स्की, क्यानोइङ र साइक्लिङ खेलका खेलाडीलाई जनही १५ हजार नगदसहित पुरस्कृत गरिने छ ।
त्यसबाहेक समान १–१ पुरुष÷महिला सर्वोत्कृष्ट खेलाडीलाई जनही १ लाख र प्रतिभाशाली खेलाडीलाई जनही ५० हजार, एक पाका खेल व्यक्तित्वलाई गजराज जोशी आदर्श खेल व्यक्तित्व र एक खेल पत्रकारलाई एनएनआईपीए खेल पत्रकारिता पुरस्कारसहित जनही ३५ हजार तथा एक वर्ष उत्कृष्ट पारा खेलाडीलाई १५ हजार नगद पुरस्कारसहित सम्मान गरिने छ ।
अवार्ड कार्यक्रम बनेपा नगरपालिकाको चण्डेश्वरी मन्दिर परिसरमा हुनेछ । अवार्ड कार्यक्रम काठमाडौं उपत्यका बाहिर पहिलोपटक हुन लागेको हो ।
"created": "2026-04-02T06:31:59.501766+05:45",
"news_slug": "NNIP-sports-award"
"id": 5040,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "नेपाल सेमिफाइनलबाट बाहिरियो",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_1239.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_1239.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
माल्दिभ्समा बुधबार सम्पन्न सेमिफाइनलमा बंगलादेशसँग १-० ले पराजित हुँदै नेपाल फाइनल पुग्न असफल भएकाे हाे।
सेमिफाइनलमा बंगलादेशको जितमा १०औं मिनेटमा एमडी मानिकले गरेको गोल निर्णायक बन्यो।
नेपालले गोल गर्ने अवसरहरू सिर्जना गरे पनि गोल गर्न सकेन। बंगलादेशले अब उपाधिका लागि भारत र भुटानबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। उमेर समूहमा नेपालले दुई र बंगलादेशले एक-एक पटक उपाधि जितेका छन्।
"created": "2026-04-02T06:29:54.628518+05:45",
"news_slug": "Nepal-out-of-Saff-u20"