GET /news/?format=api&page=7
HTTP 200 OK
Allow: GET, HEAD, OPTIONS
Content-Type: application/json
Vary: Accept
"count": 5165,
"next": "https://app.nepalsportz.com/news/?format=api&page=8",
"previous": "https://app.nepalsportz.com/news/?format=api&page=6",
"results": [
"id": 5099,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "बर्नमाउथको हातबाट आर्सनल पराजित",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_1496.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_1496.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
इमिरेट्समा बर्नमाउथले जुनियर क्रोउपीको गोलले १७ औं मिनेटमा अग्रता लिएको थियो । । लगतै पहिलो हाफको ३५ औं मिनेटमा पेनाल्टीको माध्यमबाट आर्सनलका लागि भिक्टर ग्योकुरेसले बराबरी गोल फर्काए । खेलको ७४ औं मिनेटमा एलेक्स स्कटले बर्नमाउथका लागि निर्णायक गोल गरे ।
लिगमा छ चरणको खेल बाँकी छँदा आर्सनलको ३२ खेलबाट ७० अंक छ । सिटी भने ३० खेलबाट ६१ अंक रहेको छ । बर्नमाउथ भने ४५ अंकमा दसौं स्थानमा रह्यो ।
"created": "2026-04-11T21:16:53.347124+05:45",
"news_slug": "Bournmount-beats-Arsenal"
"id": 5098,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "राष्ट्रिय रग्बी सेभेन्स च्याम्पियनसिप : पुरुषतर्फ सेमिफाइनल समीकरण पूरा",
"news_image_url": "https://app.nepalsportz.com/media/att.KNqOilvdRxihmROBaVxp9lhP3Fnhgl6wbhe9nvP5_zk.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/att.KNqOilvdRxihmROBaVxp9lhP3Fnhgl6wbhe9nvP5_zk.jpeg",
"category": [
"id": 6,
"created": "2023-02-25T05:35:16.095163+05:45",
"modified": "2023-02-25T05:43:41.832025+05:45",
"created_np": "2079-11-13T05:43:41.832036+05:45",
"modified_np": "2079-11-13T05:43:41.832254+05:45",
"name": "Other Sports",
"slug": "other-sports"
"season": null,
"content": "
नेपाल रग्बी संघको आयोजनामा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबारदेखि सुरु भएको प्रतियोगिताको पहिलो दिन लिग चरणका खेल सकिएसँगै पुरुषतर्फ अन्तिम चार टोलीको टुंगो लागेको हो।
पुरुषतर्फ समूह ‘ए’ बाट त्रिभुवन आर्मी क्लब विजेता तथा गण्डकी प्रदेश उपविजेता बन्दै सेमिफाइनलमा पुगेका छन्। आर्मीले लिग चरणमा कर्णाली प्रदेशलाई ३७–०, गण्डकी प्रदेशलाई १७–५ तथा मधेस प्रदेशलाई ७४–० ले हराउँदै अपराजित रहँदै समूह विजेता बन्न सफल भयो।
गण्डकी प्रदेशले मधेसलाई ३६–० र कर्णालीलाई १२–५ ले पराजित गरे पनि आर्मीसँग १७–५ ले हार व्यहोर्दै उपविजेताको रूपमा अन्तिम चारमा स्थान सुरक्षित गर्‍यो।
यस्तै, समूह ‘बी’ बाट एपीएफ क्लब विजेता तथा कोशी प्रदेश उपविजेता बनेका छन्। एपीएफले कोशीलाई २४–० र बागमतीलाई ३४–० ले हराउँदै सेमिफाइनलमा स्थान बनायो। कोशीले सुरुआती हारपछि बागमतीलाई २९–५ ले पराजित गर्दै उपविजेताका रूपमा अघिल्लो चरणमा प्रवेश गर्‍यो।
महिलातर्फ समूह ‘ए’ को समीकरण पनि टुंगिएको छ। बागमती प्रदेश विजेता तथा कर्णाली प्रदेश उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेका छन्। बागमतीले मधेसलाई ३५–० ले हराउनुका साथै कर्णालीसँग १०–१० को बराबरी खेल्दै लुम्बिनीलाई २०–० ले पराजित गरी समूह विजेता बन्यो।
कर्णालीले बागमतीसँग बराबरी खेल्नुका साथै लुम्बिनीलाई २४–० र मधेसलाई २७–० ले हराउँदै उपविजेता बन्यो।
महिलातर्फ समूह ‘बी’ को भने एक खेल बाँकी रहेको छ। यस समूहबाट त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा पुगिसकेको छ। आर्मीले एपीएफलाई १४–५ र सुदूरपश्चिम प्रदेशलाई ४४–० ले पराजित गर्दै समूह विजेता बनेको हो। अब सुदूरपश्चिम र एपीएफबीच हुने खेलपछि समूह ‘बी’ बाट सेमिफाइनल पुग्ने अर्को टोलीको टुंगो लाग्नेछ।
राष्ट्रिय खेलकुद परिषद् ९राखेप० का सदस्य–सचिव रामचन्द्र मेहताले उद्घाटन गरेको प्रतियोगिताको सेमफाइनल फाइनल तथा समापन आइतबार हुनेछ। प्रतियोगितामा महिला तथा पुरुष दुवै विधाका विजेताले समान ५० हजार रुपैयाँ तथा उपविजेताले ३० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। साथै उत्कृष्ट महिला र पुरुष खेलाडीले समान ५–५ हजार रुपैयाँ पाउनेछन्।
प्रतियोगितामा विभागीय टोलीहरू एपीएफ क्लब र त्रिभुवन आर्मी क्लबसँगै बागमती, कर्णाली र मधेस प्रदेशका महिला तथा पुरुष टोली सहभागी छन्। कोशी, सुदूरपश्चिम र लुम्बिनीबाट महिला टोली मात्र सहभागी हुँदा गण्डकी प्रदेशबाट भने पुरुष टोलीले मात्र प्रतिस्पर्धा गरिरहेको छ।
"created": "2026-04-11T20:48:31.016305+05:45",
"news_slug": "APF-army-Gandaki-koshi"
"id": 5097,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "रियलको उपाधि चुनौती अझ कमजोर",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_1492.png",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_1492.png",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
बर्नाबाउमा भएको खेलमा रियलले फेड भाल्भेरडेको गोलले ५१ औं मिनेटमा अग्रता लिएको थियो । तर थोसम लामेरले जिरोनाका लागि ६२ औं मिनेटमा बराबरी गोल फर्काए । त्यसपछि थप गोल हुन सकेन् र दुवै टिमले एक एक अंकमा चित्त बुझाए ।
यो नतिजापछि रियल ३१ खेलबाट ७० अंकमा दोस्रो स्थानमा कायम रह्यो । यो शीर्षमा रहेको बार्सिलोनासँग छ अंकको दूरी हो । जिरोना भने ३८ अंकमा १२ औं स्थानमा छ । अब आइतबार बार्सिलोनाले इस्पनयोलको आथित्य गर्नेछ र त्यसमा जित निकाल्न सके नौ अंकको ठोस निर्णायक सावित हुन सक्ने अग्रता लिन सक्नेछ ।
"created": "2026-04-11T07:11:15.853640+05:45",
"news_slug": "Real-Madrid-draw-girona"
"id": 5096,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "वेस्ट ह्याम जितेपछि टोटनहमलाई दबाब",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_1491.png",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_1491.png",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
यो जितपछि ३२ खेलबाट वेस्ट ह्यामको ३२ अंक भएको छ । एक खेल कम खेलेको टोटनहम भने ३० अंकमा रह्यो । उल्भ्स भने १७ अंकमा सीमित रहेर सबैभन्दा अन्तिम स्थानमा छ । यो सिजन उसको रेलिगेसन तय जस्तै छ ।
टोटनहम सन् २०१५ यता पहिलो पटक रेलिगेनस क्षेत्रमा पुगेको हो । अब आइतबार हुने खेलमा टोटनहमले सन्डरल्यान्डको सामना गर्नेछ र यो खेल जितेमा फेरि माथि उक्लने अवसर हुनेछ ।
"created": "2026-04-11T07:08:16.332909+05:45",
"news_slug": "West-ham-win"
"id": 5095,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "टियुमा पहिलो पटक फ्लडलाइटमुनि अन्तर्राष्ट्रिय क्रिकेट हुँदै",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_1490.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_1490.jpeg",
"category": [
"id": 3,
"created": "2023-02-08T17:13:09.647250+05:45",
"modified": "2023-02-08T17:13:09.647269+05:45",
"created_np": "2079-10-25T17:13:09.647282+05:45",
"modified_np": "2079-10-25T17:13:09.647504+05:45",
"name": "Cricket",
"slug": "Cricket-nepal"
"season": null,
"content": "
नेपाल क्रिकेट संघ (क्यान) का अनुसार नेपाल र संयुक्त अरब इमिरेट्स (युएई) बीच हुने दुई टी–२० अन्तर्राष्ट्रिय सिरिज रात्रीकालीन रूपमा सञ्चालन गरिनेछ।
बैशाख ७ र ८ गते हुने उक्त टी–२० सिरिज आगामी आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गतको सिरिजअघि तयारीका रूपमा आयोजना हुन लागेको हो।
नेपालले बैशाख १२ बाट सुरु हुने लिग–२ सिरिजमा पहिलो चरणमा युएई र ओमान सँग प्रतिस्पर्धा गर्नेछ। त्यसपछि नेपालले स्कटल्याण्ड र संयुक्त राज्य अमेरिका सँग खेल्ने तालिका रहेको छ।
टियु मैदानमा फ्लडलाइटमुनि अन्तर्राष्ट्रिय खेल आयोजना हुनु नेपाली क्रिकेटका लागि ऐतिहासिक उपलब्धिका रूपमा हेरिएको छ, जसले भविष्यमा अझ ठूला प्रतियोगिता आयोजना गर्ने सम्भावना बढाएको छ।
"created": "2026-04-11T07:04:50.834066+05:45",
"news_slug": "Nepal-uae-playing-in-flood-light-in-tu"
"id": 5094,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "राजस्थानको लगातार चौथो जित",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_1489.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_1489_rA6HzK4.jpeg",
"category": [
"id": 3,
"created": "2023-02-08T17:13:09.647250+05:45",
"modified": "2023-02-08T17:13:09.647269+05:45",
"created_np": "2079-10-25T17:13:09.647282+05:45",
"modified_np": "2079-10-25T17:13:09.647504+05:45",
"name": "Cricket",
"slug": "Cricket-nepal"
"season": null,
"content": "
बेंगलुरु भने चार अंकमा तेस्रो स्थानमा छ । पहिले ब्याटिङ गरेको बेंगलोरले आठ विकेटमा २ सय १ रन बनाएको थियो । त्यसमा कप्तान रजत पाटिदारले सर्वाधिक ६३ रन बनाए । त्यस्तै विराट कोहलीको ३२ रनको योगदान रह्यो ।
जावफमा राजस्थानले १८ ओभरमा चार विकेट गुमाएर २ सय २ रन बनायो । विजयी टिमका लागि ध्रुव जुरेलले ४३ बलमा ८१ रन बनाए । यस्तै ओपनर वैभव सूर्यवंशीले २६ बलमै ७८ रनको आक्रामक प्रदर्शन गरे ।
"created": "2026-04-11T06:54:54.057978+05:45",
"news_slug": "rajasthan-win"
"id": 5093,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "राष्ट्रिय रग्बी सेभेन्स च्याम्पियनसिप शनिबारदेखि",
"news_image_url": "https://app.nepalsportz.com/media/att.axkKMsuguPkkuQm8eIa4L2tOTIxt4OHj5hQWRoDzzZo.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/att.axkKMsuguPkkuQm8eIa4L2tOTIxt4OHj5hQWRoDzzZo.jpeg",
"category": [
"id": 6,
"created": "2023-02-25T05:35:16.095163+05:45",
"modified": "2023-02-25T05:43:41.832025+05:45",
"created_np": "2079-11-13T05:43:41.832036+05:45",
"modified_np": "2079-11-13T05:43:41.832254+05:45",
"name": "Other Sports",
"slug": "other-sports"
"season": null,
"content": "
संघले त्रिपुरेश्वरस्थित नेपाल खेलकुद पत्रकार मञ्चकाे कार्यलमा शुक्रबार पत्रकार सम्मेलनकाे आयाेजना गर्दै प्रतियोगिता चैत २८ र २९ गते दशरथ रंगशालामा सञ्चालन हुने जनाएकाे हाे।
प्रतियोगिताको विजेता टोलीले ५० हजार रुपैयाँ नगदसहित ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले ३० हजार रुपैयाँसहित पदक र प्रमाणपत्र पाउनेछ। त्यस्तै, उत्कृष्ट एक पुरुष र एक महिला खेलाडीलाई जनही ५ हजार रुपैयाँ प्रदान गरिनेछ।
प्रतियोगितामा दुई विभागीय टाेली एपीएफ र त्रिभुवन आर्मी, बागमती प्रदेश, कर्णाली र मधेसका महिला तथा पुरुष दुवै टाेलीकाे सहभागीता रहँदा काेशी, सुदूरपश्चिम र लुम्बिनीमा महिला टिमकाे मात्रै सहभागी हुँदा गण्डकीकाे पुरुष मात्रै सहभागी रहने छन्। टोलीहरूलाई दुई समूहमा विभाजन गरी लिग कम नकआउट प्रणालीअनुसार खेल सञ्चालन गरिनेछ।
आयोजकका अनुसार प्रतियोगिता सञ्चालनका लागि करिब ३० लाख रुपैयाँ खर्च अनुमान गरिएको छ। सहभागी खेलाडीहरूको सुरक्षालाई ध्यानमा राख्दै करिब १ लाख २५ हजार रुपैयाँ बराबरको खेल दुर्घटना बीमा गरिएको छ भने स्वास्थ्य सेवाका लागि भक्तपुर इन्टरनेशनल अस्पतालको सहयोग रहनेछ। साथै, सहभागी टोलीहरूका लागि होटल बसोबास र एकपटकको यातायात खर्चको व्यवस्था पनि गरिएको छ।
संघले यस प्रतियोगिताबाट उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई राष्ट्रिय टोलीमा छनोट गरी आगामी अन्तर्राष्ट्रिय तथा एसियाली स्तरका प्रतियोगितामा सहभागी गराउने लक्ष्य राखेको जनाएको छ।
"created": "2026-04-10T15:16:40.702706+05:45",
"news_slug": "Rugby-7-champions"
"id": 5092,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "जय ट्रफीमा अब ६ टिम सहभागी हुने",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_1486.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_1486.jpeg",
"category": [
"id": 3,
"created": "2023-02-08T17:13:09.647250+05:45",
"modified": "2023-02-08T17:13:09.647269+05:45",
"created_np": "2079-10-25T17:13:09.647282+05:45",
"modified_np": "2079-10-25T17:13:09.647504+05:45",
"name": "Cricket",
"slug": "Cricket-nepal"
"season": null,
"content": "
यसअघि प्रधानन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताका उत्कृष्ट ४ टोली मात्र जय ट्रफीमा सहभागी हुँदै आएका थिए। तर अब प्रतियोगितालाई थप प्रतिस्पर्धात्मक र व्यापक बनाउन टोली संख्या बढाएर ६ पुर्‍याइएको क्यानले स्पष्ट पारेको छ।
क्यानले जारी गरेको प्रेस विज्ञप्तिअनुसार यस परिवर्तनले घरेलु क्रिकेटको स्तर उकास्न र खेलाडीहरूलाई थप अवसर प्रदान गर्न सहयोग पुग्ने विश्वास लिइएको छ।
क्यानका प्रवक्ता छुम्बी लामाले हस्ताक्षर गरेको उक्त विज्ञप्तिमा आगामी सिजनदेखि नयाँ ढाँचाअनुसार प्रतियोगिता सञ्चालन गरिने उल्लेख गरिएको छ।
"created": "2026-04-10T14:18:43.811137+05:45",
"news_slug": "Jay-trophy-6-teams-from-next-year"
"id": 5091,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "रोबटर्सनले सिजनको अन्त्यमा लिभरपुल छाड्ने",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_1480.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_1480.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
मर्सिसाइड क्लबमा रहने क्रममा उनले दुई पल्ट इंग्लिस प्रिमियर लिग र एक पल्ट युरोपेली च्याम्पियन्स लिगको उपाधि जिते । नौ सिजन लिभरपुलमा बिताएको क्षणलाई डिफेन्डरले सुखद भनेका छन् ।
सिजनको अन्त्यमा क्लब र रोबर्टसनबीचको अनुबन्ध सकिनेछ । अहिलेका लागि उनले लिभरपुलको तर्फबाट ३ सय ७३ खेल खेले र एनफिल्डमा रहने क्रममा कुल नौ उपाधि जिते ।
"created": "2026-04-10T07:17:44.672733+05:45",
"news_slug": "Andy-Robert-leave-Liverpool"
"id": 5090,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "भिल्ला र फ्रेबर्ग सेमिफाइनलतर्फ उन्मुख",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_1478.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_1478.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
बोलोग्नाका तर्फबाट जोनाथन रोले एक गोल फर्काए । लयमा रहेको फ्रेबर्गले भने आफ्नो घरमा सेल्टा भिगोलाई ३–० ले पराजित गर्‍यो । युरोपा लिगमा फ्रेबर्गले घरमा जितेको यो लगातार दसौं खेल हो । यो हारले सेल्टा भिगोलाई तीन गोलले पछाडि रहेको स्थिति उल्टाउन कठिन मिहिनेत गर्नु पर्नेछ ।
अर्को खेलमा एफसी पोर्टो र नटिंघम फरेस्टले भने १–१ को बराबरी खेले ।
"created": "2026-04-10T07:13:19.369577+05:45",
"news_slug": "Villa-Freiburg"
"id": 5089,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "पुलिसको सहज जित, कर्णाली ४८ रनले पराजित",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_1476.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_1476.jpeg",
"category": [
"id": 3,
"created": "2023-02-08T17:13:09.647250+05:45",
"modified": "2023-02-08T17:13:09.647269+05:45",
"created_np": "2079-10-25T17:13:09.647282+05:45",
"modified_np": "2079-10-25T17:13:09.647504+05:45",
"name": "Cricket",
"slug": "Cricket-nepal"
"season": null,
"content": "
पुलिसले दिएको २६२ रनको लक्ष्य पछ्याएको कर्णाली ४५.२ ओभरमा २१३ रनमै समेटियो।
पहिले ब्याटिङ गरेको नेपाल पुलिस क्लबले ५० ओभरमा ८ विकेट गुमाउँदै २६१ रन बनाएको थियो। टोलीका लागि दिनेश खरेलले शानदार ८२ रनको इनिङ्स खेले भने अमित श्रेष्ठले ३० रन योगदान दिए। आरिफ शेखले २७ रन जोड्दा करण केसीले अविजित २१ रन बनाए। अतिरिक्तबाट मात्रै ३५ रन प्राप्त हुनु पुलिसको स्कोर उकास्ने मुख्य आधार बन्यो।
कर्णालीका बलरमध्ये प्रकाश जैशीले ३ विकेट लिए भने अनुज चनारा र दिनेश अधिकारीले समान २–२ विकेट हात पारे।
२६२ रनको लक्ष्यसहित मैदान उत्रिएको कर्णालीको सुरुआत राम्रो हुन सकेन। प्रारम्भिक विकेट चाँडै गुमाएको टोलीका लागि अर्जुन घर्तीले सर्वाधिक ४६ रन बनाए भने सुनील धमलाले ३४ रन जोडे। अन्य ब्याट्सम्यानले अपेक्षित प्रदर्शन गर्न सकेनन्।
पुलिसका बलरमध्ये ललित राजवंशीले उत्कृष्ट बलिङ गर्दै ५ विकेट लिए। करण केसीले ३ विकेट झारे भने दीपक चन्द र आरिफ शेखले समान १–१ विकेट लिए।
"created": "2026-04-10T06:43:44.313299+05:45",
"news_slug": "Npc-win-Karnali-lost-PM-cup"
"id": 5088,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "लखनउ अन्तिम बलमा विजयी",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_1475.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_1475.jpeg",
"category": [
"id": 3,
"created": "2023-02-08T17:13:09.647250+05:45",
"modified": "2023-02-08T17:13:09.647269+05:45",
"created_np": "2079-10-25T17:13:09.647282+05:45",
"modified_np": "2079-10-25T17:13:09.647504+05:45",
"name": "Cricket",
"slug": "Cricket-nepal"
"season": null,
"content": "
मुकुलले दुई चौका र सात छक्का प्रहार गरे । उनकै शानदार प्रदर्शनले लखनउ जितसम्म पुगेको हो । यस्तै आयुष बडोनीले ३४ बलमा ५४ रन बनाए । लखनउको यो दोस्रो जित हो र यससँगै उसको तीन खेलबाट चार अंक भएको छ । कोलकाता भने चार खेलबाट एकै अंकमा सीमित छ ।
इडेन गार्डेनमा कोलकाताले पहिले ब्याटिङ गर्दै चार विकेटमा १ सय ८१ रन बनाएको थियो । त्यसमा कप्तान अजिन्के रहानेले ४१ र अंगकृश रघुवंशीले ४५ रन बनाए ।
"created": "2026-04-10T06:38:56.109681+05:45",
"news_slug": "Lakhanow-win-in-last-ball"
"id": 5087,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "नेपालमा आईटीएफ दक्षिण एसियाली छनोट हुँदै",
"news_image_url": "https://app.nepalsportz.com/media/att.TMYihYERCW7pM7uy3BG9jkDLSdH4rp_SdjydvXuBQaQ.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/att.TMYihYERCW7pM7uy3BG9jkDLSdH4rp_SdjydvXuBQaQ.jpeg",
"category": [
"id": 6,
"created": "2023-02-25T05:35:16.095163+05:45",
"modified": "2023-02-25T05:43:41.832025+05:45",
"created_np": "2079-11-13T05:43:41.832036+05:45",
"modified_np": "2079-11-13T05:43:41.832254+05:45",
"name": "Other Sports",
"slug": "other-sports"
"season": null,
"content": "
बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत संघले दक्षिण एसियाका ६ राष्ट्र—नेपाल, भुटान, भारत, मालदिभ्स, पाकिस्तान र श्रीलंका—का खेलाडीहरूले प्रतिस्पर्धा गर्ने जानकारी दिएको हो। प्रतियोगिता ललितपुरको सातदोबाटो टेनिस कम्प्लेक्स मा चैत ३० देखि वैशाख ४ गतेसम्म सञ्चालन हुनेछ।
नेपालले यो क्षेत्रीय छनोट प्रतियोगिता पाँचौँ पटक आयोजना गर्न लागेको हो। टिम स्पर्धाअन्तर्गत प्रत्येक खेलमा दुई सिंगल्स र एक डबल्स विधा समावेश रहनेछ। प्रतियोगितामा ६ देशका कुल ३३ खेलाडीले सहभागिता जनाउनेछन्।
नेपालको तर्फबाट ब्वाइजतर्फ आरित मल्ल, सभ्यजंग कार्की र सहंश बस्नेतले प्रतिस्पर्धा गर्नेछन् भने गल्र्सतर्फ सारा पन्त, आर्या पौडेल र नायरा सिंह घलेले प्रतिनिधित्व गर्नेछन्।
यस क्षेत्रीय छनोटबाट ब्वाइज र गल्र्सतर्फ पहिलो र दोस्रो स्थान हासिल गर्ने दुई–दुई टिमले सन् २०२६ मा सिंगापुरमा आयोजना हुने एसियाली फाइनलमा स्थान बनाउनेछन्। उक्त फाइनल प्रतियोगिता सेप्टेम्बर १६ देखि २० सम्म सञ्चालन हुनेछ।
"created": "2026-04-09T20:17:33.870147+05:45",
"news_slug": "ITF-south-Asia-qualifier"
"id": 5086,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "केसीएका क्रिकेटरलाई हिमालयन व्हाइट हाउसको छात्रवृत्ति",
"news_image_url": "https://app.nepalsportz.com/media/att.FQ7cvKO9jl95zyyBXNTTDq7a5zulx2LO7eMkF2Fmt_0.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/att.FQ7cvKO9jl95zyyBXNTTDq7a5zulx2LO7eMkF2Fmt_0.jpeg",
"category": [
"id": 3,
"created": "2023-02-08T17:13:09.647250+05:45",
"modified": "2023-02-08T17:13:09.647269+05:45",
"created_np": "2079-10-25T17:13:09.647282+05:45",
"modified_np": "2079-10-25T17:13:09.647504+05:45",
"name": "Cricket",
"slug": "Cricket-nepal"
"season": null,
"content": "
बुढानीलकण्ठ नगरपालिकास्थित चुनिखेलमा रहेको काठमाडौँ क्रिकेट एकेडेमीमा बिहीबार आयोजित एक कार्यक्रममा एकेडेमी र हिमालयन ह्वाइट हाउसबीच छातृवत्तिका लागि सम्झौता भएको हो । उक्त सम्झौतामा केसिएका संचालकद्वय मदन कार्की र कुन्दन खड्का तथा हिमालयन व्हाइट हाउसका अध्यक्ष युवराज शर्माले हस्ताक्षर गरेका थिए । सम्झौता अवधि पाँच वर्षको रहेको छ।
कार्यक्रममा नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वप्रमुख प्रशिक्षक केसिएका निर्देशक तथा प्रमुख प्रशिक्षक जगत टमाटा पनि उपस्थित थिए।
यस सहकार्यको मुख्य उद्देश्य युवा क्रिकेट खेलाडीहरूको शैक्षिक तथा खेलकुद विकासलाई सुदृढ बनाउनु रहेको छ। सम्झौताअनुसार केसिएले प्रतिभाशाली तथा योग्य युवा क्रिकेटरहरू पहिचान, प्रशिक्षण र सिफारिस गर्नेछ भने हिमालयन व्हाइट हाउसले उनीहरूलाई छात्रवृत्ति प्रदान गर्ने उल्लेख छ । खेलाडीहरूले कक्षा १० सम्म छात्रवृत्ति पाउनेछन्। सम्झौतामा छात्रवृत्ति प्लस टु सम्म निरन्तर हुने पनि उल्लेख छ।
सम्झौताअनुसार काठमाडौं क्रिकेट एकेडेमीले खेलाडीहरूको प्रगति, अनुशासन र प्रशिक्षणको नियमित अनुगमन गर्दै विद्यालयलाई जानकारी गराउनेछ। हिमालयन व्हाइट हाउसले एकेडेमीद्वारा सिफारिस गरिएका खेलाडीहरूलाई प्राथमिकता दिँदै छात्रवृत्ति प्रदान गर्ने, आवश्यक परे अतिरिक्त कक्षा तथा वैकल्पिक मूल्यांकनको व्यवस्था गर्ने र केसिएलाई आफ्नो आधिकारिक क्रिकेट साझेदारको रूपमा प्रवर्द्धन गर्ने भएको छ ।
कार्यक्रममा बोल्दै एकेडेमीका निर्देशक तथा प्रमुख प्रशिक्षक जगत टमाटाले खेलाडीका लागि शिक्षा अपरिहार्य रहेको उल्लेख गरे। उनले भने, “खेलाडीले खेल मात्र खेरेर हुँदैन, शिक्षाको पनि उत्तिकै आवश्यकता हुन्छ। यो सहकार्य अत्यन्त राम्रो पहल हो।”
त्यस्तै हिमालयन व्हाइट हाउसका अध्यक्ष युवराज शर्माले यसलाई नयाँ सुरुवातको रूपमा लिँदै ग्रासरुटबाट क्रिकेट विकासमा जोड दिनुपर्ने बताए। “हामीले दुई दशकभन्दा बढी समयदेखि खेलकुद प्रवर्द्धन गर्दै आएका छौं। धेरै राष्ट्रिय क्रिकेटर उत्पादनमा हाम्रो योगदान छ। अब विद्यालय तहबाटै खेलाडी तयार पार्ने लक्ष्यका साथ यो पहल सुरु गरेका हौं,” उनले भने।
एकेडेमीका संचालक मदन कार्कीले यो सहकार्यले क्रिकेटमा भविष्य खोजिरहेका खेलाडीहरुलाई ठूलो उत्प्रेरणा मिल्ने र उनीहरुको क्षमता अभिवृद्धिमा कोशेढुंगा सावित हुने विश्वास व्यक्त गरे।
यस्तै अभिभावकका तर्फबाट गणेश कुमार खड्काले दुबै संस्थालाई धन्यवाद दिँदै यस कार्यक्रमले भविष्यमा उत्कृष्ट क्रिकेटर उत्पादनमा ठूलो योगदान दिने विश्वास व्यक्त गरे।
यो सहकार्यलाई नेपालमा विद्यालय तहबाटै व्यवस्थित रूपमा क्रिकेट प्रतिभा उत्पादन गर्ने महत्वपूर्ण कदमका रूपमा हेरिएको छ। खेलाडीहरूको उज्ज्वल भविष्य निर्माण गर्दै खेल र शिक्षाबीच सन्तुलन कायम गर्ने लक्ष्यसहित सुरु गरिएको यो कार्यक्रमले आगामी दिनमा नेपाली क्रिकेटमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।
"created": "2026-04-09T12:14:52.562733+05:45",
"news_slug": "KCA-cricketer-scolar-Himalayan"
"id": 5085,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "पीएसीलाई सजिलो बार्सिलोनालाई गाह्रो",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_1466.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_1466.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
अब दोस्रो लेगको खेल एनफिल्डमा हुनेछ र लिभरपुलसामु त्यसलाई उल्टाउने अवसर हुनेछ । बार्सिलोना भने आफ्नै घरमा एटलेटिको म्याड्रिडको हातबाट २–० ले पराजित भयो । बार्सिलोनाले पहिलो हाफ आफ्नो नियन्त्रणमा राखे पनि रातो कार्डमा ४४ औं मिनेटमा पउ कुबार्सीलाई रातो कार्डमा गुमाएपछि एटलेटिको खेलमा फर्केको हो ।
उसका लागि लागि जुलियन एल्भारेजले ४५ र एलेक्जान्डर सोरलोथले ७० औं मिनेटमा गोल गरे । यो जितपछि अब एटलेटिकोको सेमिफाइनल प्रवेशको सम्भावना बलियो भएको छ र उसले आफ्नै घरमा हुने दोस्रो लेगको खेलमा दुई गोलको अग्रता रक्षा गर्ने प्रयास गर्नेछ ।
"created": "2026-04-09T07:15:25.596568+05:45",
"news_slug": "PSG-win-Barcelona-lost"
"id": 5084,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "गुजरातको जितमा एक रनको अन्तर",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_1465.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_1465.jpeg",
"category": [
"id": 3,
"created": "2023-02-08T17:13:09.647250+05:45",
"modified": "2023-02-08T17:13:09.647269+05:45",
"created_np": "2079-10-25T17:13:09.647282+05:45",
"modified_np": "2079-10-25T17:13:09.647504+05:45",
"name": "Cricket",
"slug": "Cricket-nepal"
"season": null,
"content": "
डेविड मिलर २० बलमा ४१ रन बनाएर दिल्लीलाई जितको संघारसम्म पुर्‍याएका थिए । तर जितका लागि २ सय ११ रनको लक्ष्य पछ्याएको दिल्लीले आठ विकेट गुमाएर २ सय ९ रन मात्र बनाउन सक्यो । त्यसमा ओपनर पथुम निसान्काले २४ बलमा ४१ रन बनाए भने केएल राहुलले ९२ रनको योगदान गरे । उनले ५२ बलमा ११ चौका र चार छक्का प्रहार गरे । तर यी सबै निर्णायक हुन सकेनन् ।
त्यस अगाडि पहिला ब्याटिङको निम्तो पाएको गुजरातले चार विकेटमा २ सय १० रन बनाएको थियो । त्यसमा कप्तान शुभमन गिलले ४५ बलमा ७० रन बनाए । त्यस्तै जस बटलरले २७ बलमा ५२ रन जोडे ।वासिंटन सुन्दरले पनि ३२ बलमा ५५ रन बनाए ।
"created": "2026-04-09T07:04:16.103409+05:45",
"news_slug": "Gujrat-win-1-run-ipl"
"id": 5083,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "बागमती प्रदेश ७ विकेटले विजयी",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_1462.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_1462.jpeg",
"category": [
"id": 3,
"created": "2023-02-08T17:13:09.647250+05:45",
"modified": "2023-02-08T17:13:09.647269+05:45",
"created_np": "2079-10-25T17:13:09.647282+05:45",
"modified_np": "2079-10-25T17:13:09.647504+05:45",
"name": "Cricket",
"slug": "Cricket-nepal"
"season": null,
"content": "
पहिले ब्याटिङ गरेको कोशी प्रदेश २८।२ ओभरमा मात्र ९९ रनमा समेटियो। कोशीका लागि कप्तान सुजन थपलियाले २१ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले उल्लेखनीय प्रदर्शन गर्न सकेनन्। रोहन शाहले १८ र अंकित सुबेदीले १९ रन जोडे पनि टोलीलाई ठूलो योगफलतर्फ लैजान सकेनन्।
बागमतीका बलरमध्ये सन्दीप लामिछानेले ७।२ ओभरमा ३३ रन खर्चेर ५ विकेट लिए। त्यस्तै ऋजन ढकालले २ तथा प्रतिश जिसी र ईशान पाण्डेले समान १–१ विकेट लिए।
१०० रनको सामान्य लक्ष्य पछ्याएको बागमती प्रदेशले मात्र ९ ओभरमा ३ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो। विवेक मगरले आक्रामक ब्याटिङ गर्दै २८ बलमा अविजित ६१ रन बनाए, जसमा १० चौका र २ छक्का समावेश थिए। प्रतिश जिसीले ५ बलमा १७ रन बनाएर टोलीलाई जितसम्म पुर्‍याए।
यसअघि रिङजिन लामाले १७ रन जोडे भने अन्य ब्याट्सम्यानले ठूलो योगदान दिन सकेनन्।
कोशीका लागि बिपिन महतोले २ विकेट लिए पनि त्यो जितका लागि पर्याप्त हुन सकेन।
यो जितसँगै बागमती प्रदेश प्रतियोगितामा तेस्रो जित दर्ता गरेको छ।
"created": "2026-04-08T12:53:08.963183+05:45",
"news_slug": "Bagmati-win-by-7-wickets"
"id": 5082,
"author": {
"id": 2,
"first_name": "Nepalsports",
"last_name": ""
"title": "नेपालले घरेलु मैदानमा दुई ओडिआई सिरिज खेल्ने",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_1461.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_1461.jpeg",
"category": [
"id": 3,
"created": "2023-02-08T17:13:09.647250+05:45",
"modified": "2023-02-08T17:13:09.647269+05:45",
"created_np": "2079-10-25T17:13:09.647282+05:45",
"modified_np": "2079-10-25T17:13:09.647504+05:45",
"name": "Cricket",
"slug": "Cricket-nepal"
"season": null,
"content": "
नेपाल क्रिकेट संघ ९क्यान० ले जारी गरेको प्रेस विज्ञप्तिअनुसार प्रतियोगिताको पहिलो चरण वैशाख २५ देखि जेठ ५ गतेसम्म नेपाल, ओमान र संयुक्त अरब इमिरेट्सबीच हुनेछ। त्यसपछि दोस्रो चरणका खेलहरू बैशाख २९ देखि जेठ ८ गतेसम्म नेपाल, संयुक्त राज्य अमेरिका र स्कटल्यान्डबीच सञ्चालन गरिनेछ।
प्रतियोगिताका सम्पूर्ण खेलहरू कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजना गरिनेछ।
लिग टु-२ मा ८ टोलीको सहभागिता रहेकोमा २० खेलमा १२ अंकसहित नेपाल सातौं स्थानमा छ। २४ खेलमा ३६ अंकसहित अमेरिका शीर्ष स्थानमा छ।
"created": "2026-04-08T12:00:07.103172+05:45",
"news_slug": "Nepal-play-in-tu-cwc2"
"id": 5081,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "बायर्न र आर्सनलको जित",
"news_image_url": "https://app.nepalsportz.com/media/F13C69B9-15AB-4D75-B87A-E6555A22386E.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/F13C69B9-15AB-4D75-B87A-E6555A22386E.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
बर्नाबाउमा भएको खेलमा डियाजले ४१ औं मिनेटमा गोलको खाता खोलेपछि केनले ४६ औं मिनेटमा अर्को गोल थपे । रियलका लागि केयलिन एमबापले ७४ औं मिनेटमा एक गोल फर्काए । आर्सनलले भने पोर्चुगाली भूमिमा स्पोर्टिङ लिस्वनलाई १–० ले हराएको हो ।
त्यसमा काई हाभरटेजलले निर्णायक गोल गरे । खेल गोलरहित बराबरीतर्फ अग्रसर रहेको बेला हाभरटेजले दोस्रो हाफको इन्ज्युरी समयको पहिलो मिनेटमा गोल गरेका हुन् । घर बाहिर प्राप्त यो जितपछि बायर्न र आर्सनल दुवैको सेमिफाइनल प्रवेशको सम्भावना बलियो बनेको छ ।
"created": "2026-04-08T07:29:27.131368+05:45",
"news_slug": "Bayern-arsenal-win-champions-league-semifinal"
"id": 5080,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "राजस्थानको लगातार तेस्रो जित",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_1452.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_1452.jpeg",
"category": [
"id": 3,
"created": "2023-02-08T17:13:09.647250+05:45",
"modified": "2023-02-08T17:13:09.647269+05:45",
"created_np": "2079-10-25T17:13:09.647282+05:45",
"modified_np": "2079-10-25T17:13:09.647504+05:45",
"name": "Cricket",
"slug": "Cricket-nepal"
"season": null,
"content": "
जितका लागि १ सय ५१ रनको लक्ष्य पछ्याएको मुम्बई ११ ओभर मात्र टिकेर १ सय २३ रनमा अलआउट भएको थियो । त्यसमा नमन धीर र सेरफन रडरफोर्डले समान २५ रन बनाए । राजस्थानका बलरमध्ये नन्द्रे बर्गर, सन्दीप शर्मा र रवि विश्नोईले दुई दुई विकेट लिए ।
त्यस अगाडि राजस्थानले ओपनर यशस्वी जयसवालको ३२ बलमा ७७ रनको मदतले तीन विकेटमा १ सय ५० रन बनाएको थियो । उनलाई अर्का ओपनर वैभव सूर्यवंशीले बलियो साथ दिए र उनले ३९ रन बनाए ।
"created": "2026-04-08T07:17:19.994298+05:45",
"news_slug": "Rajasthan-win-third-"