GET /news/?format=api&page=61
HTTP 200 OK
Allow: GET, HEAD, OPTIONS
Content-Type: application/json
Vary: Accept
"count": 5179,
"next": "https://app.nepalsportz.com/news/?format=api&page=62",
"previous": "https://app.nepalsportz.com/news/?format=api&page=60",
"results": [
"id": 4031,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "बार्सिलोनाको प्रभावशाली जित",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_4234.webp",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_4234.webp",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
यस्तै डानी ओल्मोले पनि एक गोल गरे । रियलको पाँच खेलबाट १५ अंक छ भने बार्सिलोना १३ अंकमा दोस्रो स्थानमा रहेको छ । शीर्ष चारका अन्य दुई टिममध्ये भिल्लारियल र इस्पनयोललको समान दस अंक छ ।
अर्को खेलमा एटलेटिको म्याड्रिडको सिजनमा खराव फेरि एकपल्ट कायम रह्यो । उसले रियल मार्लोकासँग निराशाजनक १–१ को बराबरी खेल्यो । एटलेटिकोको पाँच खेलबाट छ अंक मात्र रहेको छ र लिग तालिकाको १२ औं स्थानमा रहेको छ ।
"created": "2025-09-22T07:22:10.618582+05:45",
"news_slug": "Barcelona-win-laliga"
"id": 4030,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "दुवै खेल बराबरी समाप्त",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_4233.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_4233.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
बर्नमाउथ १० अंकमा तेस्रो स्थानमा छ भने न्युकासलको छ अंक भएको छ र १३ औं स्थानमा छ । यस्तै अर्को खेलमा दस खेलडीमा सीमित सन्डरल्यान्डले एस्टन भिल्लालाई १–१ को बराबरी रोक्यो ।
भिल्लाले म्याटी क्यासको गोलले अग्रता लिएपछि सन्डरल्यान्डका लागि विल्सन इसिडोरले बराबरी गोल फर्काए । सन्डरल्यान्डको आठ अंक भएको छ र सातौं स्थानमा छ । यस्तै भिल्ला भने तीन अंकमा १८ औं स्थानमा छ ।
"created": "2025-09-21T21:01:19.879383+05:45",
"news_slug": "Two-games-draw"
"id": 4029,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "एन्फाले बोलायो ए डिभिजनका क्लबलाई बैठकमा",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_4232.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_4232.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
आइतबार एन्फाले पत्रमार्फत शीर्ष डिभिजनका १४ क्लबलाई असोज २६ गते दिउँसो १ का लागि बैठकमा बोलाएको हो। बैठक सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुनेछ।
पछिल्लाे समय नेपालमा भएकाे जेनजी प्रदर्शनकाे कारण चलिरहेकाे यु–१६ लिग लगायत अन्य प्रतियाेगिताहरु राेकिएकाे थियाे। यस्तै एन्फाले दुई वर्षभन्दा बढी समयदेखि हुन नसकेको शीर्ष डिभिजन लिग पुसमा गर्ने योजना अगाडि सारेको छ। तर, एन्फा र शीर्ष डिभिजन क्लबबीच बैठक हुन सकिरहेको छैन। जसकाे कारण र लिग संचालकाे लागि छलफल गर्न बाेलाएकाे एन्फाले जनाएकाे छ।
गत मंगलबार मात्र एन्फाले सबै क्लबहरूलाई पत्र पठाउँदै प्राविधिक कारण देखाएर बैठक अनिश्चितकालका लागि स्थगित गरिएको जानकारी गराएको थियो। देशका विभिन्न जिल्लामा १४ मैदान प्रयोग गरेर ‘होम एन्ड अवे’का आधारमा लिग आयोजना गर्ने प्रस्ताव एन्फाले अघि सारेको थियो।
"created": "2025-09-21T20:47:39.025603+05:45",
"news_slug": "ANFA-calls-A-division-club"
"id": 4028,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "एसियन कप छनोट: नेपालको प्रारम्भिक टोली घोषणा",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_4231.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_4231.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
अखिल नेपाल फुटबल संघ (एन्फा)ले आइतबार भियतनामविरुद्ध हुने खेलकाे लागि ३३ सदस्यीय प्रारम्भिक टिमको घोषणा गरेको हाे।
नेपालले आगामी अक्टोबर ९ र १४ मा भियतनामविरुद्ध खेल्ने तालिका रहेको छ। एन्फाले क्लोज क्याम्प सेप्टेम्बर २३ देखि सुरु हुने जानकारी दिएको छ।
नेपाली प्रारम्भक टाेली
अभिषेक लिम्बू, आदित्य शाक्य, अमित लामा, अनन्त तामाङ, अञ्जन विष्ट, अन्जल श्रेष्ठ, अरिक विष्ट, आयुष घलान, बिमल पाण्डे, विशाल सुनार, दिपेन्द्र विक, दिपेस गुरुङ, जिलेस्पी जंग कार्की, किरण चेम्जोङ, कृतिश छुञ्जु, कुशल देउवा, लाखेन लिम्बु, मणि लामा, मनिष डाँगी, निरजन धामी, रोहित चन्द, रोहन कार्की, समीर तामाङ, समित श्रेष्ठ, सनिश श्रेष्ठ सन्तोष खत्रिसुबास बम सुमन श्रेष्ठ, सुमित श्रेष्ठ, टेकेन्द्र थापा र योगेश गुरुङ
"created": "2025-09-21T20:23:58.767470+05:45",
"news_slug": "Initial-squad-for-asia-cup-qualifier"
"id": 4027,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "क्रिकेट टोलीको युएईको भिसा लाग्यो",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_4228.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_4228.jpeg",
"category": [
"id": 3,
"created": "2023-02-08T17:13:09.647250+05:45",
"modified": "2023-02-08T17:13:09.647269+05:45",
"created_np": "2079-10-25T17:13:09.647282+05:45",
"modified_np": "2079-10-25T17:13:09.647504+05:45",
"name": "Cricket",
"slug": "Cricket-nepal"
"season": null,
"content": "
नेपाल क्रिकेट संघ(क्यान) ले सबै खेलाडीको युएईको भिसा लागिसकेकाले सोमबार नेपाली क्रिकेट टिम त्यसतर्फ प्रस्थान गर्ने जानकारी दिएको हाे।
यसअघि युएईले नेपालीका लागि भिसा रोकेपछि क्रिकेट टाेली प्रभावित भएका थिए। भिसा नलागेपछि शुक्रबार नै युएई प्रस्थान गर्नुपर्ने नेपाली क्रिकेट टिम रोकिएको थियो।
युएईको शारजहामा हुने वेस्ट इन्डिजविरुद्धको टी–२० सिरिज खेल्न त्यसतर्फ जादै छ। नेपालले सेप्टेम्बर २७ देखि वेस्ट इन्डिजसँग खेल्ने तालिका छ।
नेपालमा जेनजी आन्दोलनपछि युएईले कुनै सुचना जारी नगरेर नेपाली नागरिकलाई भिजिट भिसा बन्द गरेको छ।
"created": "2025-09-21T17:19:03.107149+05:45",
"news_slug": "Cricket-team-visa-issued"
"id": 4026,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "रोनाल्डो र फेलिक्सको गोलमा अल नासर विजयी",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_4225.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_4225.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
शुक्रबार राति सम्पन्न खेलमा नासरले अल रियादलाई ५-१ गोल अन्तरले पराजित गरेको हो। यो सँगै नासरले नयाँ सिजनको लगातार तेस्रो जित हासिल गरेको छ।
अल नासरको जितमा रोनाल्डो र फेलिक्सले २-२ गोल गरे भने किंग्सले कोम्यानले एक गोल थपे। त्यस्तै मामाडाउ सियाल्लाले एक गोल गरेका थिए।
जारी लिगमा नासरको ३ खेलबाट ९ अंक जोडेर शीर्ष स्थानमा छ। रियादको भने यो दोस्रो हार हो।
"created": "2025-09-21T07:59:23.921673+05:45",
"news_slug": "Ronaldo-Felix-won-alnassr"
"id": 4025,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "लयमा रहेका केनको अर्को ह्याट्रिक",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_4224.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_4224.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
इंग्लिस कप्तान केनले ४४, ४८ र ७७ औं मिनेटमा गोल गरे । त्यसमध्ये अन्तिम दुई गोल पेनाल्टीमा गरेका हुन् । उनले यो सिजन १३ गोल गरिसकेका छन् । सन् २०२३ मा बायर्न आएयता उनले १ सय ३ खेलमा ९८ गोल गरिसकेका छन् ।
उनले बायर्नका लागि गरेको ह्याट्रिकको संख्या पनि नौ पुगेको छ । यो जितपछि बायर्नको चार खेलबाट १२ अंक भएको छ । अर्को खेलमा ह्याम्बर्गले हेडेनहेमलाई २–१ ले पराजित गर्‍यो र यो माथिल्लो डिभिजनमा उसको सात वर्षयताको पहिलो जित रह्यो ।
"created": "2025-09-21T07:50:01.546043+05:45",
"news_slug": "Kane-harttrik"
"id": 4024,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "युभेन्ट्सको जित यात्रामा पूर्ण विराम",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_4223.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_4223.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
गिफ्ट ओरबनले ४४ औं मिनेटमा पेनाल्टीबाट भेरोनाका लागि बराबरी गोल फर्काए । युभेन्ट्स १० अंकसहित अझै शीर्ष स्थानमा छ । एसी मिलानले भने अर्को खेलमा युनिडेजीलाई सजिलै ३–० ले पराजित गर्‍यो र लिग तालिकको तेस्रो स्थानमा उक्लेको छ ।
मिलानका लागि क्रिस्टियन पुलिसिचले ३९ र ५३ औं मिनेटमा दुई गोल गरे । यस्तै योसुफ फोफानाले ४६ औं मिनेटमा एक गोल थपे । यो जितपछि मिलानको नौ अंक भएको छ ।
"created": "2025-09-21T07:35:12.664797+05:45",
"news_slug": "Juventus-draw-Verona"
"id": 4023,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "रियलको लगातार पाँचौं जित",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_4222.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_4222.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
रियलका लागि इडेर मिलिटाओले पहिलो गोल गरे भने लयमा रहेका केयलिन एमबापेले दोस्रो गोल थपे । हारपछि इस्पनयोल १० अंकमा चौथो स्थानमा कायम रह्यो । एमबापले यो सिजन लिगमा गरेको गोल संख्या पाँच पुगिसकेको छ ।
शनिबारका अन्य खेलमा लेभान्टेले जिरोनालाई ४–०, सेभियाले डेपार्टिभो एलाभेसलाई २–१, भिल्लारियलले ओसाुनालाई २–१ तथा भ्यालेन्सिायले एथलेटिको बिलबाओलाई २–० ले पराजित गरेको छ ।
"created": "2025-09-21T07:28:55.770003+05:45",
"news_slug": "Real-madrid-win-5-in-row"
"id": 4022,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "श्रीलंकामाथि बंगलादेशको जित",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_4221.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_4221.jpeg",
"category": [
"id": 3,
"created": "2023-02-08T17:13:09.647250+05:45",
"modified": "2023-02-08T17:13:09.647269+05:45",
"created_np": "2079-10-25T17:13:09.647282+05:45",
"modified_np": "2079-10-25T17:13:09.647504+05:45",
"name": "Cricket",
"slug": "Cricket-nepal"
"season": null,
"content": "
शनिबार राति सम्पन्न खेलमा बंगलादेशले श्रीलंकालाई ४ विकेटले पराजित गरेको हो।
श्रीलंकाले दिएको १६९ रनको लक्ष्य पछाएको बंगलादेशले १९.५ ओभरमा ६ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो।
बंगलादेशको जितमा सैफ हसनले सर्वाधिक ६१ रन बनाए भने टोवहिड हृदोयले ५८ रन बनाएका थिए। यसअघि टस हारेर पहिला ब्याटिङ गरेको श्रीलंकाले २० ओभरमा ७ विकेट गुमाउँदै १६८ रन बनाएको थियो।
श्रीलंकाका लागि दासुन शानकाले ६४ रन बनाए भने कुसल मेन्डिसले ३४ रन बनाएका थिए। यो जितपछि बंगलादेशले सुपर फोरमा २ अंक हासिल गरेको छ। सुपर फोर अन्तर्गत आज भारत र पाकिस्तानबीच खेल हुँदैछ।
"created": "2025-09-21T07:06:32.319331+05:45",
"news_slug": "Srilanka-lost-Bangladesh-win"
"id": 4021,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "चेल्सीमाथि युनाइटेडको उत्साह बढाउने जित",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_4220.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_4220.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
ओल्ड ट्रायफोर्डमा भएको खेलमा युनाइटेडले ब्रुनो फर्नान्डेज र कासेमिरोको गोलले पहिलो हाफमा सहज अग्रता लिएको थयिो । ट्रेभोह चालोबहले चेल्सीका लागि एक गोल फर्काए । खेलको अन्त्यमा दुवै टिम दस खेलाडीमा सीमित रहेका थिए । यो जितपछि युनाइटेडको सात अंक भएको छ र दसौं स्थानमा उक्लेका छ ।
चेल्सी भने आठ अंकमा छैटौं स्थानमा छ । शनिबारका अन्य खेलमा फुलहमले ब्रेन्टफोर्डलाई ३–१, लिड्स युनाइटेडले उल्भ्सलाई ३–१ र क्रिस्टल प्यालेसले वेस्ट ह्यामलाई २–१ ले हरायो । यस्तै ब्रायटन र टोटनहमले २–२ र बर्नली र नटिङ फरेस्टले १–१ को बराबरी खेले ।
"created": "2025-09-21T06:52:20.219394+05:45",
"news_slug": "United-won-over-Chelsea"
"id": 4020,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "मर्सिसाइड डर्बीमा लिभरपुल विजयी",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_4218.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_4218.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
लिभरपुलले रायन ग्राभेनबाखको गोलले १० औं मिनेटमा अग्रता लिएको थियो । त्यसपछि ह्युगो एकिटिकेले २९ औं मिनेटमा दोस्रो गोल थपे । एभरटनका तर्फबाट इड्रिस गुएयले ५८ औं मिनेटमा एक गोल फर्काए ।
यससँग खेल थप रोमाञ्चक बनेको थियो, तर थप गोल हुन सकेन् । एभरटनका डेविड मोयसले प्रशिक्षकका रूपमा अहिलेसम्म एनफिल्डमा कुनै खेल जित्न सकेका छैनन् । प्रशिक्षकका रूपमा एनफिल्डमा उनको यो २३ औं खेल हो ।
अर्कोतर्फ यस खेलसँगै एलेक्जान्डर इसाकले लिगमा डेब्यु गरेका छन् । उनी ब्रिटिस कीर्तिमान रकममा न्युकासल युनाइटेडबाट लिरभपुल आएका थिए ।
"created": "2025-09-20T19:21:26.044061+05:45",
"news_slug": "Mercyside-derby-Liverpool-win"
"id": 4019,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "मलेसिया जाने क्रिकेट टिमको घोषणा",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_4214.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_4214.jpeg",
"category": [
"id": 3,
"created": "2023-02-08T17:13:09.647250+05:45",
"modified": "2023-02-08T17:13:09.647269+05:45",
"created_np": "2079-10-25T17:13:09.647282+05:45",
"modified_np": "2079-10-25T17:13:09.647504+05:45",
"name": "Cricket",
"slug": "Cricket-nepal"
"season": null,
"content": "
क्यानले शनिबार नेपाली क्रिकेट टिमक खेलाडीहरुले फरक फरक पाँच टिमबाट सेप्टेम्बर २४ देखि ३० सम्म हुने मलेसियन सुपर वुमन सिरिजमा खेल्ने जानकारी दिएको हो।
त्यस्तै नेपाली महिला टिमले अक्टोबर २ देखि ८ सम्म मलेसियाको राष्ट्रिय महिला क्रिकेट टिमसँग ५ वटा टी-२० सिरिज खेल्नेसमेत कार्यक्रम रहेको छ।
क्यानले मलेसिया टूरलाई नेपालको विश्वकपको ग्लोबल क्वालिफायरको तयारी स्वरूप लिएको जनाएको छ।
मलेसिया जाने नेपाली महिला टिम:
कप्तान इन्दु बर्मा, उपकप्तान पुजा महतो, राजमती ऐरी, सम्झना खड्का, कविता जोशी, रिया शर्मा, सोमु विष्ट, रचना चौधरी, रुबी पोद्दार, यशोदा विष्ट, सावित्री धामी, कविता कुँवर, रुबिना क्षेत्री र सीताराना मगर
"created": "2025-09-20T13:07:43.695270+05:45",
"news_slug": "Women-cricket-team-play-in-Malaysia"
"id": 4018,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "पुरुषोत्तमले आईएमलाई हराए, जिएम सँग हारे",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_4213.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_4213.jpeg",
"category": [
"id": 6,
"created": "2023-02-25T05:35:16.095163+05:45",
"modified": "2023-02-25T05:43:41.832025+05:45",
"created_np": "2079-11-13T05:43:41.832036+05:45",
"modified_np": "2079-11-13T05:43:41.832254+05:45",
"name": "Other Sports",
"slug": "other-sports"
"season": null,
"content": "
‘स्पिरिट अफ धर्म’ नारा दिएको अन्तर्राष्ट्रिय चेस स्पर्धाको तेस्रो चरणमा नेपालका पुरुषोत्तम सिलवाल शीर्ष वरियताका हंगेरियन २५५० रेटेड खेलाडी ग्रायण्ड मास्टर स्जुजिरोभ सनन सँग कालोगोटी बाट खेल्दै हार ब्यहोरेका छन्।
२१९८ रेटेड सिएम सिलवालले यसअघि पहिलो र दोस्रो चरणमा जीत दर्ता गर्दै क्रमशः थाइल्याण्डका १७०२ रेटेड नात्रादा काइववात्था तथा फिलिपिन्सका २४२३ रेटेड आईएम नाभा रोडेरिकलाई पराजित गरेका छन्।
प्रथम बौद्ध राष्ट्रहरूबीच आमन्त्रित चेस प्रतियोगितामा एमेच्योर शैलेन्द्र न्यौपानेले फिलिपिन्सका खेलाडी नाभा रोमेलिन माथि जित, रसियन खेलाडी इर्गित अरिना सँग हार र थाइल्याण्डका नात्रादालाई पराजित गरेका छन्।
काल्मिक सरकार, काल्मिक चेस फेडरेसन तथा मस्को क्षेत्रिय चेस फेडरेसनको संयुक्त आयोजनामा सञ्चालित प्रतिस्पर्धामा नेपाली महिला खेलाडी सिन्दिरा जोशीले सन्तोषजनक खेल प्रदर्शन गरेका छन्।
१६३९ रेटेड जोशीले शुरुमा थाइल्याण्डका २२०० रेटेड एफएम कुलप्रोए थानोन सित हार बेहोरिन् । लगत्तै दोस्रो चरणमा १८५० रेटेड फिलिपिन्सका नाभा मार्क एन्थोनि र तेस्रो खेलमा थान्त हेनलाई हराइन।
नेपाली टोलीले ६ अंक जोडेर एभरेज रेटिङका आधारमा दोस्रो स्थानमा उभिन सफल भएका छन्। प्रतिस्पर्धामा पुरुषोत्तमले २२२५ , सिन्दिराले १८३२ र शैलेन्द्रले १६७८ रेटिङ पर्फमेन्स गरि समान २-२ अंक बनाएर खेललाई जारी राखेका छन्।
१० हजार युएस डलर पुरस्कार रहेको प्रतिस्पर्धा अन्तर्गत चौथो चरणमा तिनै जना नेपालीले प्रतिद्वन्दीका रुपमा रुसका खेलाडीहरू सँग खेल्नेछन्।
जहाँ छैठौँ वोर्डमा सिन्दिराले क्याल्मेकियाका २३०९ रेटेड उत्नासुनोभ अलेक्जेन्डर, सातौं वोर्डमा शैलेन्द्रले टाइभाका २२७९ रेटेड एफएम छ्याङदिगर तामेरियन र आठौं वोर्डमा पुरुषोत्तमले बुर्याटियाका २०२२ रेटेड डब्लू एफएम कोमिस्रोभा सोइगिना सित जीतका लागि प्रयास गर्नेछ।
"created": "2025-09-20T11:59:43.623635+05:45",
"news_slug": "Chess-pursotam"
"id": 4017,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "जापानका पूर्व फुटबल खेलाडी ताडा टिपटो नेपालमा",
"news_image_url": "https://app.nepalsportz.com/media/att.7qDoLIBASJ_sxDGOCxy7PlyMWBCB9P6CLVw1dnYd460.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/att.7qDoLIBASJ_sxDGOCxy7PlyMWBCB9P6CLVw1dnYd460.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
काठमाडौं । जापानका पूर्व फुटबल खेलाडी ताडा टिपटो स्पोर्ट हबको उद्घाटनका लागि नेपालमा आएका छन् । हबको उद्घाटन सोमबार (घटस्थापना) का दिन हुनेछ ।
शुक्रबार साँझ त्रिभुवन विमानस्थलमा अवतरण गरेका ताडालाई टिपटो स्पोर्टस एकेडेमीका सिइओ सुवार न्यौपानले र अबध्यक्ष गौरव बस्नेतले स्वागत गरेका थिए ।
साेही अवसरमा ताडाले टिपटो स्पोर्टस एकेडेमीसँगको सहकार्यका लागि सम्झौता गर्नेछन् ।
ताडाले हाल थाइल्यान्डमा सिली स्पोर्टस क्लब सञ्चालन गरिरहेका छन् । गोलकिपर ताडाले जापानको यु-१५ देखि २३ सम्मको राष्ट्रिय टिमकाे प्रतिनिधत्व गरेका छन् । यसैगरी उनले जापानी टाेलीबाट ओलम्पिकमा पनि सहभािगता जनाइसकेका छन्र ।
उनको भ्रमणले नेपाल र अन्तर्राष्ट्रिय एकेडेमीबीच खेलकुद कूटनीतिक सम्बन्ध विस्तार गर्ने लक्ष्य राखेको छ । सम्झौतामा नेपाल र अन्तर्राष्ट्रिय एकेडेमीबीच खेलाडी आदान-प्रदान कार्यक्रम, प्रशिक्षक शिक्षा कार्यक्रममार्फत आधुनिक प्रशिक्षण विधि आदान-प्रदान, एकेडेमी खेलाडीका लागि फुटबल क्लिनिक सञ्चालन, एकेडेमिका लागि  खेल सामग्री तथा आवश्यक सहयोग प्रदान, हरेक वर्ष थाइल्यान्डमा हुने एसियन च्याम्पियनसिपमा सहभागी हुने अवसर लगायतका बुँदा समावेश हुनेछन् ।
उनले नेपाल बसाइको क्रममा टिपटो स्पोर्टस एकेडेमी हब अवलोकन गर्ने, प्रशिक्षण सत्र हेर्ने र खेलाडी तथा प्रशिक्षकसँग प्रत्यक्ष अन्तरक्रिया गर्ने कार्यक्रम छ  ।
ताडाको आगमनसँगै टिपटपले अन्तर्राष्ट्रिय सञ्जाल विस्तार गर्ने, नेपाली युवा खेलाडीलाई थप अवसर दिलाउने तथा  ग्रुरुट फुटबललाई बलियो बनाउने आपेक्षा राखेको छ ।
गत जनवरीमा टिपटो स्पोर्टस एकेडेमीले थाइल्यान्डमा भएको एसियन च्याम्पियनसिपको यु-१२ र १४ उमेर समूहमा सहभागिता जनाइ फेयर प्ले ट्रफी जितेको थियो ।
"created": "2025-09-20T10:58:00.472908+05:45",
"news_slug": "Japan-player-tada-tipoto"
"id": 4016,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "भारत २१ रनले विजयी",
"news_image_url": "https://app.nepalsportz.com/media/att.Fb48LEnnhkAEKRRi_eA1KU77XCV27-aUtSU5ubGOXeU.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/att.Fb48LEnnhkAEKRRi_eA1KU77XCV27-aUtSU5ubGOXeU.jpeg",
"category": [
"id": 3,
"created": "2023-02-08T17:13:09.647250+05:45",
"modified": "2023-02-08T17:13:09.647269+05:45",
"created_np": "2079-10-25T17:13:09.647282+05:45",
"modified_np": "2079-10-25T17:13:09.647504+05:45",
"name": "Cricket",
"slug": "Cricket-nepal"
"season": null,
"content": "
शुक्रबार राति सम्पन्न खेलमा भारतले ओमानलाई २१ रनले पराजित गरेको हो। भारतले दिएको १८९ रनको लक्ष्य पछाएको ओमानले २० ओभरमा ४ विकेट गुमाएर १६७ रन बनाएको थियो।
ओमानका लागि आमिर कालिमले ६४, हमाद मिर्जाले ५१ र कप्तान जतिन्दर सिंहले ३२ रन बनाए।
यसअघि टस जितेर पहिला ब्याटिङ गरेको भारतले सन्जु सामसनको ५६ रनको मद्दतले २० ओभरमा ८ विकेट गुमाएर १८८ रन बनाएको थियो।
याेसँगै एसिया कपको समुह चरणका खेल सकिएका छन्। समुह ए बाट भारत र पाकिस्तान तथा समुह बी बाट श्रीलंका र बंगलादेशले सुपर फोरमा स्थान बनाएका छन्। अब सुपर फोरका खेल आजदेखि शुरु हुँदैछन्।
"created": "2025-09-20T09:16:17.623671+05:45",
"news_slug": "India-wonby-21-runs"
"id": 4015,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "सोसिडाडलाई हराएर बेटिस शीर्ष चारमा",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_4208.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_4208.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
यो शीर्ष स्थानमा रहेको रियल म्याड्रिडसँग तीन अंकको दूरी हो र उसले चार खेल मात्र खेलेको छ । कुचो हर्नान्डेज र पाब्लो फोर्नल्सले बेटिसका लागि गोल गरे । अर्को गोल एलेक्स रेमिरोको नाममा आत्मघाती रह्यो ।
सोसिडाडका लागि भने ब्राइस मेन्डिजले एक गोल गरे । सोसिडाडको पाँच खेलबाट दुई अंक मात्र छ र यो रेलिगेसन क्षेत्रबाट ठीक माथि हो ।
युरोपेली घरेलु लिगका शुक्रबार राति अन्य खेलमध्ये जर्मन बुंडेसलिगामा स्टुटगार्टले सेन्ट पउलीलाई २–०, इटालीको सिरी ए मा कागलिरीले लेसेलाई २–१ तथा फ्रान्सेली लिग वानमा लियोनले एन्गेर्सलाई १–० ले हरायो ।
"created": "2025-09-20T07:46:06.732786+05:45",
"news_slug": "Sociedad-lost-betis-win"
"id": 4014,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "भिसा नलागेपछि क्रिकेट टोलीको युएई यात्रा प्रभावित",
"news_image_url": "https://app.nepalsportz.com/media/att.Z8uNxKeJZNzKzRsxMVziuOmCF8tKKmNmAc0rIaTHNzE.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/att.Z8uNxKeJZNzKzRsxMVziuOmCF8tKKmNmAc0rIaTHNzE.jpeg",
"category": [
"id": 3,
"created": "2023-02-08T17:13:09.647250+05:45",
"modified": "2023-02-08T17:13:09.647269+05:45",
"created_np": "2079-10-25T17:13:09.647282+05:45",
"modified_np": "2079-10-25T17:13:09.647504+05:45",
"name": "Cricket",
"slug": "Cricket-nepal"
"season": null,
"content": "
ओमानमा हुने टी–२० विश्वकप छनोटको तयारीका लागि नेपाल वेस्ट इन्डिजसँग युनिटी कप सिरिज खेल्न युएई जाने तयारीमा थियो। टोलीलाई नेपाल क्रिकेट संघ (क्यान)ले बिहीबार नै बिदाइ गरेको थियो।
टोली शुक्रबार त्यसतर्फ जाने तयारीमा थियो। तर, भिसाको कारण अलपत्र परेको क्यान प्रवक्ता छुम्बी लामाले बताएका छन्।
नेपालले शारजाह क्रिकेट स्टेडियममा सेप्टेम्बर २७ देखि ३० सम्म तीन खेलको सिरिज खेल्ने तय छ। तर, युएईले भिसा दिन अस्वीकार गरेपछि सिरिज अन्योलमा परेको छ। यद्यपि, क्यानले युएईको सरकार, त्यहाँको क्रिकेट बोर्ड र अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)सँग समन्वय भइरहेको लामाले बताए।
"created": "2025-09-19T20:41:54.120565+05:45",
"news_slug": "Nepal-cricket-team-visa-issue-"
"id": 4013,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "राखेप सदस्य-सचिव घिसिङद्वारा भलिबल टिमको प्रशिक्षण अवलोकन",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_4206.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_4206.jpeg",
"category": [
"id": 4,
"created": "2023-02-08T17:13:28.632012+05:45",
"modified": "2023-02-08T17:13:28.632034+05:45",
"created_np": "2079-10-25T17:13:28.632047+05:45",
"modified_np": "2079-10-25T17:13:28.632269+05:45",
"name": "Volleyball",
"slug": "volley-ball"
"season": null,
"content": "
शुक्रबार त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा भइरहेको प्रशिक्षणको अवलोकन गर्दै सदस्य–सचिव टंकलाल घिसिङले उच्च मनोबलका साथ प्रशिक्षण गर्न खेलाडीको हौसला बढाएका थिए।
सोही अवसरमा सदस्य–सचिव टंकलाल घिसिङले श्रीलंकामा हुने काभा यु–१९ भलिबल प्रतियोगिताको तयारीमा रहेका खेलाडीलाई पनि सफलताका लागि शुभकामना दिएका छन्।
यस्तै, गत भदौ २३/२४ गते काठमाडौं भएको जेनजी प्रदर्शनको कारण काभा महिला भलिबल लिग स्थगित भएको थियो।
"created": "2025-09-19T15:41:02.325063+05:45",
"news_slug": "Sports-council-volleyball"
"id": 4012,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "धारा नेपालगन्ज म्याराथनको एयरलाइन्स पार्टनर बन्यो यती एयर",
"news_image_url": "https://app.nepalsportz.com/media/att.PqIwIOSRdHS5idJtJgQB2GUF0z39nX2m4Cshap8GDQU.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/att.PqIwIOSRdHS5idJtJgQB2GUF0z39nX2m4Cshap8GDQU.jpeg",
"category": [
"id": 6,
"created": "2023-02-25T05:35:16.095163+05:45",
"modified": "2023-02-25T05:43:41.832025+05:45",
"created_np": "2079-11-13T05:43:41.832036+05:45",
"modified_np": "2079-11-13T05:43:41.832254+05:45",
"name": "Other Sports",
"slug": "other-sports"
"season": null,
"content": "
यही मंसिर ६ गते शनिवार हुने ११औं संस्करणको धारा नेपालगन्ज म्याराथन र यसका अन्य भगिनी इभेन्टहरुमा यति एयरलाइन्सले सघाउनेगरी सम्झौता भएको हो ।
यति एयरलाइन्सका बिजनेस डेभलपमेन्ट अफिसर युवराज बिष्ट र धारा नेपालगन्ज म्याराथनका प्रोगाम म्यानेजर कपिल थापाले सम्झौतापत्र आदानप्रदान गरे ।
यो सम्झौतासँगै यति एयरलाइन्स धारा नेपालगन्ज म्याराथनको अफिसियल एयरलाइन्स पार्टनर हुनेछ ।
"created": "2025-09-19T14:16:15.191179+05:45",
"news_slug": "Dharma-Nepalgunj-marathon"