HTTP 200 OK
Allow: GET, HEAD, OPTIONS
Content-Type: application/json
Vary: Accept
"count": 5164,
"next": "https://app.nepalsportz.com/news/?format=api&page=7",
"previous": "https://app.nepalsportz.com/news/?format=api&page=5",
"results": [
"id": 5118,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "आईसीसी वुमेन्स च्यालेन्ज ट्रफीका लागि नेपाली महिला टोली घोषणा",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_1529.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_1529.jpeg",
"category": [
"id": 3,
"created": "2023-02-08T17:13:09.647250+05:45",
"modified": "2023-02-08T17:13:09.647269+05:45",
"created_np": "2079-10-25T17:13:09.647282+05:45",
"modified_np": "2079-10-25T17:13:09.647504+05:45",
"name": "Cricket",
"slug": "Cricket-nepal"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं। आगामी अप्रिल २०२६ मा रुवान्डामा आयोजना हुने आईसीसी वुमेन्स च्यालेन्ज ट्रफीका लागि नेपाली महिला राष्ट्रिय क्रिकेट टोली घोषणा गरिएको छ। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">नेपाल क्रिकेट संघले साेमबार प्रेस विज्ञप्तिमार्फत टोली सार्वजनिक गरेको हो। घोषित टोलीको कप्तानी इन्दु बर्माले गर्नेछिन् भने उपकप्तानको जिम्मेवारी पूजा महतोलाई दिइएको छ। अनुभवी र युवा खेलाडीको समिश्रण रहेको टोलीले अन्तर्राष्ट्रिय प्रतियोगितामा राम्रो प्रदर्शन गर्ने अपेक्षा गरिएको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">घोषित टोली
१. इन्दु बर्मा (कप्तान)
२. पूजा महतो (उपकप्तान)
३. बिन्दु रावल
४. सम्झना खड्का
५. रुबी पोखरेल
६. कविता जोशी
७. रिया शर्मा
८. रोमा थापा
९. कविता कुँवर
१०. सुमन बिष्ट
११. अनु कडायत
१२. मनिषा उपाध्याय
१३. रचना चौधरी
१४. रबिना क्षेत्री
"created": "2026-04-14T10:52:00.512380+05:45",
"news_slug": "ICC-Womens-challenge-cup-Nepal-squad"
"id": 5117,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "एनभिए अवार्ड : सुमित्रा र पहल वर्षका उत्कृष्ट खेलाडी घोषित",
"news_image_url": "https://app.nepalsportz.com/media/att.6JQD1b_lsDOgHREosEkBJBtosnqShopc1chNO6mXmzQ.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/att.6JQD1b_lsDOgHREosEkBJBtosnqShopc1chNO6mXmzQ.jpeg",
"category": [
"id": 4,
"created": "2023-02-08T17:13:28.632012+05:45",
"modified": "2023-02-08T17:13:28.632034+05:45",
"created_np": "2079-10-25T17:13:28.632047+05:45",
"modified_np": "2079-10-25T17:13:28.632269+05:45",
"name": "Volleyball",
"slug": "volley-ball"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं। छैटौं संस्करणको एनभिए अवार्डमा महिलातर्फ न्यू डायमण्ड स्पोर्ट्स क्लबकी सुमित्रा रेग्मी र पुरुषतर्फ नेपाल पुलिस क्लबका पहल गहतराज वर्षका उत्कृष्ट खेलाडी घोषित भएका छन्। दुवै खेलाडीले जनही ५० हजार रुपैयाँसहित सम्मान प्राप्त गरे।
नेपाल भलिबल संघद्वारा प्रत्येक वर्ष उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी तथा व्यक्तित्वलाई सम्मान गर्ने उद्देश्यले आयोजना गरिने अवार्ड कार्यक्रम सोमबार काठमाडौंमा सम्पन्न भएको हो।
अवार्डमा विभिन्न विधागत सम्मान पनि प्रदान गरिएको थियो। उदियमान खेलाडी पुरुषतर्फ नेपाल पुलिस क्लबका विवश थापा तथा महिलातर्फ एभरेष्ट भलिबल क्लबकी मिना सुनार उत्कृष्ट घोषित भए। त्यस्तै, उत्कृष्ट प्रशिक्षक पुरुषतर्फ पुलिसका चन्द्र कुँवर र महिलातर्फ कुमार राई घोषित भए। विधागत विजेताहरूले ५० हजार रुपैयाँका दरले पुरस्कार पाए।
टिमतर्फ पुरुषमा नेपाल पुलिस क्लब र महिलातर्फ न्यू डायमण्ड स्पोर्ट्स क्लब उत्कृष्ट घोषित हुँदै २ लाख रुपैयाँ प्राप्त गरे। 
यसैबीच, काभा यू–१९ च्याम्पियनसिपमा रजत पदक जितेको नेपाली महिला टोलीका खेलाडीलाई जनही ४० हजार रुपैयाँ प्रदान गरी सम्मान गरिएको थियो।
कार्यक्रममा खेलकुद पत्रकारितातर्फ ‘मेरो खेल टडकम’का सम्पादक श्री विक्रम भण्डारीलाई ५० हजार रुपैयाँसहित सम्मान गरिएको थियो। साथै, भरत यादव र राष्ट्रिय महिला भलिबल टिमका प्रशिक्षक जगदीश भट्टलगायत व्यक्तित्वलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो।
नेपालमा भलिबलले राष्ट्रिय खेलको मान्यता पाएपछि नेपाल भलिबल संघ ले पहिलो पटक २०७४ साल माघ ८ गते एनभिए अवार्ड आयोजना गरेको थियो। त्यसअघि पुष्पकमल दाहाल नेतृत्वको सरकारले २०७४ साल जेठ ८ गते भलिबललाई नेपालको राष्ट्रिय खेलको मान्यता दिएको थियो।
"created": "2026-04-14T06:54:40.519948+05:45",
"news_slug": "NVA-award-Sumitra-pahal-best-player"
"id": 5116,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "युनाइटेडमाथि लिड्सको ऐतिहासिक जित",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_1525.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_1525.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">नोआ ओकाफोरले निर्णायक गोलको मदतले लिड्स युनाइटेडले इंग्लिस प्रिमियर लिगमा सोमबार म्यानचेस्टर युनाइटेडलाई २–१ ले हराएर दुर्लभ र ऐतिहासिक जित निकालेको छ । युनाइटेडमाथि लिगमा लिड्स विजयी रहेको यो सन् २००२ यता पहिलो हो ।
यस्तै ओल्ड ट्रायफोर्डमा लिड्स विजयी रहेको यो ४५ वर्षयता पहिलो पटक हो । ओकाफोरले नै लिड्सलाई अग्रता दिलाएयता कासेमेरोले युनाइटेडका लागि बराबरी गोल फर्काए । लिसान्ड्रो मार्टिनेजले दोस्रो हातमा रातो कार्ड खाएर मैदान छाडेपछि युनाइटेड दस खेलाडीमा सीमित रहेको थियो । 
लिड्सको ३६ अंक भएको छ र यो रेलिगेसन क्षेत्रबाट छ अंकको अग्रता हो । लिड्स अब लगभग सुरक्षित देखिएको छ । युनाइटेड भने ५५ अंकमा तेस्रो स्थानमा रह्यो । यो हारले शीर्ष चारमा रहन युनाइटेडले संघर्ष गर्नु पर्ने भएको छ ।
"created": "2026-04-14T06:50:51.098146+05:45",
"news_slug": "Leeds-beats-Manchester-united"
"id": 5115,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "राजस्थानको पहिलो हार",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_1524.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_1524.jpeg",
"category": [
"id": 3,
"created": "2023-02-08T17:13:09.647250+05:45",
"modified": "2023-02-08T17:13:09.647269+05:45",
"created_np": "2079-10-25T17:13:09.647282+05:45",
"modified_np": "2079-10-25T17:13:09.647504+05:45",
"name": "Cricket",
"slug": "Cricket-nepal"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">अंक तालिकाको शीर्ष स्थानमा रहेको राजस्थान रोयल्सले सोमबार इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ मा पहिलो हार बेहोरेको छ । उसलाई सनराइज हैदरावादले ५७ रनले पराजित गरेको हो । हारका बावजुत राजस्थान आठ अंक पहिलो स्थानमै छ ।
हैदरावाद भने चार अंकमा चौथो स्थानमा उक्लेको छ । हैदरावादमा भएको खेलमा घरेलु टिमले पहिले ब्याटिङ गर्दै छ विकेटमा २ सय १६ रन बनाएको थियो । त्यसमा कप्तान इसान किसनले ९१ रनको योगदान गरे । उनले आठ चौका र छ छक्का प्रहार गरे ।
जवाफमा राजस्थानले १९ ओभरमा अलआउट हुन अगाडि १ सय ५९ रन मात्र बनाउन सक्यो । डोनाभन फेरेराको यसमा ६९ रनको योगदनन रह्यो । हैदरावादका लागि प्रभुल हिंगे र सकिब हुसेनले चार चार विकेट लिए ।
"created": "2026-04-14T06:46:37.206181+05:45",
"news_slug": "Rajsthan-first-lost"
"id": 5114,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "सात गोलको थ्रिलरमा इन्टर विजयी",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_1518.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_1518.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">इन्टर मिलानले इटालीको सिरी ए मा आइतबार सात गोलको थ्रिलरमा कोमोमाथि ४–३ को जित आत्मसात् गरेको छ । यो नतिजापछि उसले एक हात उपाधिमाथि राखेको छ ।
इन्टर ७५ अंकमा शीर्ष स्थानमा रह्यो भने नेपोली ६६ अंकमा दोस्रोमा छ । नेपोलीले पार्मासँग १–१ को बराबरीमा रोकिएपछि इन्टरका लागि स्थिति अझ अनुकुल बनेको हो । इन्टरले दुई गोलले पछाडि रहेको स्थितिबाट यो जित आत्मसात् गरेको हो ।
त्यसमा मार्कस थुराम डेनजेल डुमफ्रेसले इन्टरका लागि दुई दुई गोल गरे । त्यस अगाडि कोमोले एलेक्स भाले र निको पाजको गोलले कोमोले दुई गोलको अग्रता लिएको थियो ।
"created": "2026-04-13T07:49:57.842069+05:45",
"news_slug": "Inter-win-seria-A"
"id": 5113,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "चेल्सीलाई हराएपछि सिटी बलियो",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_1517.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_1517.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले आइतबार चेल्सीलाई ३–० ले हराएको छ । यो जितपछि सिटी शीर्षमा रहेको आर्सनलमाथि दबाब सिर्जना गर्ने बलियो स्थितिमा पुगेको छ ।
सिटीको ३१ खेलबाट ६४ अंक भएको छ । आर्सनल ७० अंकमा शीर्ष स्थानमा रहेको छ । उसले एक खेल बढी खेलेको पनि छ । स्टायनफोर्ड ब्रिजमा भएको खेलमा सिटीका लागि निको ओरेली, मार्क गुएही र जेरेमी डुकुले गोल गरेका हुन् ।
तीन गोल दोस्रो हाफमा १७ मिनेटको अन्तरमा सम्भव भएको थियो । हारले चेल्सीको अर्को सिजन युरोपेली च्याम्पियन्स लिगमा खेल्ने सम्भावना कमजोर बनेको छ । चेल्सी ४८ अंकमा छैटौं स्थानमा रह्यो । यो पाँचौ स्थानमा रहेको लिभरपुलसँग चार अंकको दूरी हो ।
"created": "2026-04-13T07:47:29.469005+05:45",
"news_slug": "Mancity-beats-Chelsea-"
"id": 5112,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "मुम्बईमाथि बेंगलुरु हाबी",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_1515.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_1515.jpeg",
"category": [
"id": 3,
"created": "2023-02-08T17:13:09.647250+05:45",
"modified": "2023-02-08T17:13:09.647269+05:45",
"created_np": "2079-10-25T17:13:09.647282+05:45",
"modified_np": "2079-10-25T17:13:09.647504+05:45",
"name": "Cricket",
"slug": "Cricket-nepal"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">रोयल च्यालेन्जर्स बेंगलुरुले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ मा आइतबार मुम्बई इन्डियन्समाथि १८ रनको जित निकालेको छ । यस जितपछि उसका छ अंक भएको छ र तेस्रो स्थानमा रह्यो । मुम्बई भने दुई अंकमा आठौं स्थानमा छ ।
जितका लागि २ सय ४१ रन पछ्याएको मुम्बईले वानखेडेमा पाँच विकेट गुमाएर २ सय २२ रन मात्र बनाउन सक्यो । मुम्बईका लागि सेरफान रडरफोर्डले सर्वाधिक ७१ रन बनाए । यस्तै हार्द्धिका पान्ड्याले ४० रन जोडे ।
त्यस अगाडि तीन अर्धशतकीय इनिङ्सको मदतले बेंगलुरुले चार विकेटमा २ सय ४० रन बनाएको थियो । त्यसमा फिल साल्टले ७८, विराट कोहलीले ५० र रजत पाटिदारले ५३ रन बनाए ।
"created": "2026-04-13T06:57:18.892645+05:45",
"news_slug": "Bengluru-win-Mumbai-lost"
"id": 5111,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "टोटनहमाथि रेलिगेसन दबाब बढ्दै",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_1513.webp",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_1513.webp",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">नोरडी मुखिलेले ६१ औं मिनेटमा गरेको निर्णायक गोलको मदतले सन्डरल्यान्डले इंग्लिस प्रिमियर लिगमा आइतबार टोटनहमलाई १–० ले पराजित गरेको छ । हारले टोटनहममाथि रेलिगेसनको दबाब अझ बढेको छ । अहिले टोटनहम ३० अंकमा सीमित रहेर १८ औं स्थानमा छ ।
उसको अगाडि वेस्ट ह्याम ३२ अंकमा रहेको छ । सन्डरल्यान्ड भने ४६ अंकमा दसौं स्थानमा उक्लेको छ । नटिंघम फरेस्ट र एस्टन भिल्लाबीचको खेल भने १–१ को बराबरीमा समाप्त भएको छ । भिल्ला ५५ अंकमा चौथो स्थानमा कायम छ ।
यस्तै क्रिस्टल प्यालेसले भने न्युकासल युनाइटेडमाथि २–१ को पुर्नआगमन जित हात पारेको छ । त्यसमा जियान फिलिपेले दुई गोल गरे । उनको निर्णायक गोल दोस्रो हाफको इन्ज्युरी समयको चौथो मिनेटमा पेनाल्टीबाट भएको थियो ।
"created": "2026-04-12T21:14:49.002946+05:45",
"news_slug": "Tottenham-relegation-danger-Sunderland-win"
"id": 5110,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "लखनउमाथि गुजरात सजिलै विजयी",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_1512.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_1512.jpeg",
"category": [
"id": 3,
"created": "2023-02-08T17:13:09.647250+05:45",
"modified": "2023-02-08T17:13:09.647269+05:45",
"created_np": "2079-10-25T17:13:09.647282+05:45",
"modified_np": "2079-10-25T17:13:09.647504+05:45",
"name": "Cricket",
"slug": "Cricket-nepal"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">प्रसिद्ध कृष्णले उत्कृष्ट बलिङ गरेपछि गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ मा आइतबार लखनउ सुपर जायन्ट्सलाई सजिलै सात विकेटले हराएको छ । पहिले ब्याटिङ गरेको लखनउले आठ विकेट गुमाएर १ सय ६४ रन मात्र बनाउन सकेको थियो ।
प्रसिद्धले २८ रनमा चार विकेट लिए र उनी नै निर्विवाद प्लेयर अफ द म्याच रहे । लखनउका लागि ओफनर एडेन मारक्रमले बनाएको ३१ रन नै सर्वाधिक ठूलो व्यत्तिगत स्कोर रह्यो र उनलाई छाडेर अरुले गतिलो योगदान गर्न सकेनन् ।
जवाफमा गुजरातले १८.४ ओभरमा तीन विकेट गुमाएर १ सय ६५ रन बनाउन सफल रह्यो । उसका लागि कप्तान शुभमन गिलले ५६ र जस बटलरले ६० रन बनाए । यो जितपछि गुजरात चार अंकमा पाँचौं स्थान पुगेको छ । लखनउ चार अंकमै रहेर छैटौं स्थानमा रह्यो ।
"created": "2026-04-12T21:07:58.203184+05:45",
"news_slug": "Lakhanow-lost-gujrat-win"
"id": 5109,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "राष्ट्रिय रग्बी सेभेन्स च्याम्पियनसिप : पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन",
"news_image_url": "https://app.nepalsportz.com/media/att.qFjapl29SeiVj2JmKNbgIycm12cBBCzTXDI0AacKS58.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/att.qFjapl29SeiVj2JmKNbgIycm12cBBCzTXDI0AacKS58.jpeg",
"category": [
"id": 6,
"created": "2023-02-25T05:35:16.095163+05:45",
"modified": "2023-02-25T05:43:41.832025+05:45",
"created_np": "2079-11-13T05:43:41.832036+05:45",
"modified_np": "2079-11-13T05:43:41.832254+05:45",
"name": "Other Sports",
"slug": "other-sports"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं। राष्ट्रिय रग्बी सेभेन्स महिला तथा पुरुष च्याम्पियनसिप–२०२६ मा पुरुषतर्फ एपीएफ क्लब र महिलातर्फ त्रिभुवन आर्मी क्लब च्याम्पियन बनेका छन्।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार सम्पन्न फाइनल खेलमा महिलातर्फ आर्मीले एपीएफलाई २२–१२ ले पराजित गर्दै उपाधि जित्यो।
पुरुषतर्फ एपीएफले आर्मीमाथि १०–५ को प्रतिस्पर्धात्मक जित निकाल्दै च्याम्पियन बन्न सफल भयो।
यस्तै, तेस्रो स्थानका लागि भएको खेलमा पुरुषतर्फ गण्डकीले कर्णाली प्रदेशलाई १२–७ ले हरायो। महिलातर्फ बागमतीले कर्णाली प्रदेशलाई ५–० ले पराजित गर्दै तेस्रो स्थान हासिल गर्यो।
व्यक्तिगततर्फ पुरुषमा एपीएफका रोहन ढंगोल उत्कृष्ट खेलाडी घोषित हुँदै ट्रफीसहित ५ हजार रुपैयाँ प्राप्त गरे। महिलातर्फ आर्मीकी कुमारी श्रेष्ठ उत्कृष्ट खेलाडी घोषित हुँदै ५ हजार रुपैयाँ र ट्रफी हात पारिन्।
सेमिफाइनलमा पुरुषतर्फ आर्मीले कोशी प्रदेशलाई ४१–५ को फराकिलो अन्तरले हराएको थियो भने एपीएफले गण्डकी प्रदेशलाई २४–० ले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो। महिलातर्फ एपीएफले बागमती प्रदेशलाई र आर्मीले कर्णाली प्रदेशलाई हराउँदै उपाधि भिडन्त तय गरेका थिए।
प्रतियोगितामा विजेता टोलीले ५० हजार रुपैयाँ तथा उपविजेताले ३० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे। 
नेपाल रग्बी संघको आयोजनामा दुई दिनसम्म सञ्चालन भएको प्रतियोगितामा महिला र पुरुष गरी कुल १४ टोलीको सहभागिता रहेको थियो।
समापन समारोहमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का निवर्तमान सदस्य सचिव तथा एसिया रग्बी संघका उपाध्यक्ष टंकलाल घिसिङलगायत विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
"created": "2026-04-12T18:30:15.301754+05:45",
"news_slug": "Mens-APF-women-army-win-rugby-champion"
"id": 5108,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "राष्ट्रिय रग्बी सेभेन्स च्याम्पियनसिप : महिलातर्फ पनि उपाधिका लागि आर्मी र एपीएफ भिड्ने",
"news_image_url": "https://app.nepalsportz.com/media/att.8HFj6_W9OU8k8N6VfrC8pCr_yT_KaNgged7_OV9MeT4.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/att.8HFj6_W9OU8k8N6VfrC8pCr_yT_KaNgged7_OV9MeT4.jpeg",
"category": [
"id": 6,
"created": "2023-02-25T05:35:16.095163+05:45",
"modified": "2023-02-25T05:43:41.832025+05:45",
"created_np": "2079-11-13T05:43:41.832036+05:45",
"modified_np": "2079-11-13T05:43:41.832254+05:45",
"name": "Other Sports",
"slug": "other-sports"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं। राष्ट्रिय रग्बी सेभेन्स महिला तथा पुरुष च्याम्पियनसिप–२०२६ अन्तर्गत महिलातर्फको फाइनल समीकरण पनि पूरा भएको छ। उपाधिका लागि विभागीय दुई बलिया टोली त्रिभुवन आर्मी क्लब र एपीएफ क्लब आमनेसामने हुने भएका छन्।
नेपाल रग्बी संघको आयोजनामा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी प्रतियोगितामा दुवै टोलीले सेमिफाइनलमा एकतर्फी प्रदर्शन गर्दै फाइनल यात्रा तय गरेका हुन्।
पहिलो सेमिफाइनलमा एपीएफ क्लबले बागमती प्रदेशमाथि ३९–० को शानदार जित दर्ता गर्यो। दोस्रो सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबले कर्णाली प्रदेशलाई ३६–० ले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गर्यो। 
अब उपाधिका लागि आर्मी र एपीएफबीचको रोमाञ्चक फाइनल खेल दिउँसो २स्३० बजे सुरु हुनेछ।
समूह चरणमा बागमती प्रदेश समूह ‘ए’ को विजेता तथा कर्णाली प्रदेश उपविजेता बन्दै सेमिफाइनलमा पुगेका थिए। यता समूह ‘बी’ बाट आर्मी विजेता र एपीएफ उपविजेता बनेका थिए।
यसअघि पुरुषतर्फ पनि उपाधिका लागि त्रिभुवन आर्मी क्लब र एपीएफ क्लब नै भिड्ने भएका छन्।
तेस्रो स्थानका लागि पुरुषतर्फ कोशी प्रदेश र गण्डकी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ भने महिलातर्फ बागमती प्रदेश र कर्णाली प्रदेश आमनेसामने हुनेछन्।
प्रतियोगितामा महिला तथा पुरुष दुवै विधाका विजेताले ५० हजार रुपैयाँ तथा उपविजेताले ३० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। साथै उत्कृष्ट महिला र पुरुष खेलाडीले समान ५–५ हजार रुपैयाँ पुरस्कार पाउनेछन्।
"created": "2026-04-12T13:20:53.203981+05:45",
"news_slug": "APF-army-playing-for-rugby-women-championship"
"id": 5107,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "राष्ट्रिय रग्बी सेभेन्स च्याम्पियनसिप : पुरुषतर्फ उपाधिका लागि आर्मी र एपीएफ भिड्ने",
"news_image_url": "https://app.nepalsportz.com/media/att.UnBNUo_MOgRHyxwLNy8Muy9Q_FhceA4f6jvuxPeQimo.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/att.UnBNUo_MOgRHyxwLNy8Muy9Q_FhceA4f6jvuxPeQimo.jpeg",
"category": [
"id": 6,
"created": "2023-02-25T05:35:16.095163+05:45",
"modified": "2023-02-25T05:43:41.832025+05:45",
"created_np": "2079-11-13T05:43:41.832036+05:45",
"modified_np": "2079-11-13T05:43:41.832254+05:45",
"name": "Other Sports",
"slug": "other-sports"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं। राष्ट्रिय रग्बी सेभेन्स महिला तथा पुरुष च्याम्पियनसिप–२०२६ अन्तर्गत पुरुषतर्फको फाइनल समीकरण पूरा भएको छ। दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब र एपीएफ क्लब उपाधिका लागि आमनेसामने हुने भएका छन्।
नेपाल रग्बी संघको आयोजनामा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी प्रतियोगितामा दुवै टोलीले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनल यात्रा तय गरेका हुन्।
पहिलो सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबले कोशी प्रदेशमाथि ४१–५ को फराकिलो जित निकाल्यो। आर्मीको जितमा दिनेश ढकालले दुई ट्राइसहित १० अंक जोड्दै टोलीलाई एकतर्फी जित दिलाए। 
दोस्रो सेमिफाइनलमा एपीएफ क्लबले गण्डकी प्रदेशलाई २४–० ले पराजित गर्यो।
अब उपाधिका लागि यी दुई विभागीय टोलीबीचको फाइनल खेल दिउँसो २ बजे हुनेछ। समूह चरणमा आर्मी समूह ‘ए’ को विजेता र गण्डकी प्रदेश उपविजेता बन्दै अन्तिम चारमा पुगेको थियो। यता एपीएफ समूह ‘बी’ को विजेता रहँदा कोशी प्रदेश उपविजेताका रूपमा सेमिफाइनलमा पुगेको थियो।
यस्तै, महिलातर्फ पहिलो सेमिफाइनलमा एपीएफ क्लबले बागमती प्रदेशसँग प्रतिस्पर्धा गर्नेछ भने दोस्रो सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबले कर्णाली प्रदेशसँग खेल्नेछ।
"created": "2026-04-12T11:53:29.829962+05:45",
"news_slug": "Army-APF-final-of-rugby"
"id": 5106,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "एचजेएनबीएलको उपाधि गोल्डेनगेटलाई",
"news_image_url": "https://app.nepalsportz.com/media/att.rsNJG8Ybfe2soLkcv5P0b2inXB0Bie5PA9gUKjs-AH4.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/att.rsNJG8Ybfe2soLkcv5P0b2inXB0Bie5PA9gUKjs-AH4.jpeg",
"category": [
"id": 5,
"created": "2023-02-08T17:13:44.783701+05:45",
"modified": "2023-02-08T17:13:44.783720+05:45",
"created_np": "2079-10-25T17:13:44.783733+05:45",
"modified_np": "2079-10-25T17:13:44.783977+05:45",
"name": "Basketball",
"slug": "Basket-ball"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । गोल्डेनगेट बास्केटबल क्लबले हिमालयन जाभा बास्केटबल लिग (एचजेएनबीएल) २०२६ को उपाधि जितेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा शनिबार भएको फाईनलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ९५-७४ ले पराजित गर्दै गोल्डेनगेट च्याम्पियन बनेको हो । 
यसअघि लिग चरणमा दुई र पहिलो क्वालिफायरमा गरि आर्मीले तीनपटक गोल्डेनटलाई पराजित गरेको थियो ।
तर फाईनलमा भने गोल्डेनगेटले आर्मी विरुद्ध बदला लियो 
गोल्डेनगेटले पहिलो क्वाटरमा २४-१४ को अग्रता बनाएको थियो । दोस्रो क्वाटर पनि गोल्डेनगेटले १७-१२ ले आफ्नो पक्षमा पार्दै हाफटाईमसम्म ४१-२६ को अग्रता बनायो ।
तेस्रो क्वाटर गोल्डेनगेटले २७-२५ ले आफ्नो पक्षमा पार्दै अग्रता बढायो ।
गोल्डेनगेटले चाैथो क्वाटर २७-२३ ले आफ्नो पक्षमा पार्दै ९५-७४ ले खेल जितेको हो 
म्यान अफ दि म्याच गोल्डेनगेटका जाईन खान घोषित भए ।
नेपाल बास्केटबल संघ (नेबा) को आयोजना तथा हिमालयन जाभाको मुख्य प्रायोजनमा भएको प्रतियोगितामा कुल ८ टोलीको सहभागिता थियो ।
डबल राउण्ड रोविन प्रणालीमा सञ्चाल भएको लिगमा शीर्ष चार टोलीले प्लेअफ खेलेका थिए ।
प्रतियोगिताको विजेता गोल्डेनगेटले ट्रफीसँगै नगद ४ लाख प्राप्त गरेको छ भने उपविजेताले २ लाख र तेस्रो हुनेले १ लाख हात पार्यो ।
यसअघि पहिलो संस्करणमा विजेता बनेको टाईम्स बास्केटबल क्लब यसपटक तेस्रो स्थानमा सिमित भयो ।
यस्तै प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेका गोल्डेनगेटका निकेश रख्याल मगर लिगकै मोस्ट भ्यालुएबल प्लेअर (एमभिपी) घोषित भए ।
"created": "2026-04-12T11:32:28.321092+05:45",
"news_slug": "Golden-gate-champions-HJNBA"
"id": 5105,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "अन्तर्राष्ट्रिय चेसका निहाना श्रेष्ठलाई रजत पदक",
"news_image_url": "https://app.nepalsportz.com/media/1000090156.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/1000090156.jpeg",
"category": [
"id": 6,
"created": "2023-02-25T05:35:16.095163+05:45",
"modified": "2023-02-25T05:43:41.832025+05:45",
"created_np": "2079-11-13T05:43:41.832036+05:45",
"modified_np": "2079-11-13T05:43:41.832254+05:45",
"name": "Other Sports",
"slug": "other-sports"
"season": null,
"content": "<div dir=\"auto\" style=\"font-size: 16px; -webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: UICTFontTextStyleBody;\"><div dir=\"auto\">नेपालका उदियमान खेलाडी निहाना श्रेष्ठले ७ खेलबाट ५.५ अंक जोडेर आफ्नो व्यक्तिगत चौथो वोर्ड समूह स्पर्धामा नेपालको लागि रजत पदक जित्न सफल भएका छन्।
<div dir=\"auto\">उनले अष्ट्रेलिया, भारत, हङकङ, उज्बेकिस्तानत, सिङ्गापुरका खेलाडी माथि सानदार जीत दर्ता गरेका छन् भने चिन विरुद्ध बराबरी तथा पाकिस्तानसँग एक मात्र हारको नतिजा निकाले सँगै देशको लागि रजत पदक जितेकी छिन्।
<div dir=\"auto\">फिडे वर्ड स्कूल टिम चेस च्याम्पियनसिप अन्तर्गत एशियन कन्टिनेन्टल स्टेजको अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा नेपाली टोलीले भने मिश्रित खेल प्रस्तुत गरेका छन्।
<div dir=\"auto\">काजकिस्तानको अल्माटिमा सम्पन्न आठ चरणको टिम प्रतिस्पर्धामा नेपाली टोलीले तीन जीत, एक बराबरी तथा चार खेलमा पराजित हुँदै ७ अंक स्कोर गरेका छन्।
<div dir=\"auto\">नेपालका लागि गत संस्करणका राष्ट्रिय विजेता मार्भलस इङ्गलिस बोर्डिङ्ग स्कूलका ब्रिजनन्दन दास, कृष्टि रिजाल, आकाश शरन कुँवर, निहाना श्रेष्ठ र सुहानी सिंहले सहभागी जनाएका हुन्।
<div dir=\"auto\">नेपाली टोलीको व्यवस्थापकमा महासंघका सदस्य निरञ्जन प्रजापति तथा प्रशिक्षकका रुपमा रिजेन्द्र राजभण्डारीले उक्त प्रतियोगितामा सहभागी भएका छन्।
<div dir=\"auto\">नेपाली चेस टोलीले प्रतियोगितामा अष्ट्रेलियाको कार्लटोन गार्डेनस् स्कुल सँग २-२ स्कोरको बराबरी, भारतको डोलिङ्गो ड्रिमर्स स्कुललाई <span dir=\"ltr\">३-१ स्कोर, उज्बेकिस्तानको एम एल् ख्वारिज्मि स्कूललाई <span dir=\"ltr\">३-१, सिङ्गापुरको राफलेस् गर्ल्स प्राइमरी स्कुल विरुद्ध ३.५ - .५ को स्कोरमा जीत दर्ता गरेका छन्। 
<div dir=\"auto\">यस्तै चाइना, पाकिस्तान, हङकङ र ताजकिस्तानको टोलीसँग कडा प्रतिस्पर्धात्मक खेलहरूमा हार व्यहोर्नु परेको छ।
<div dir=\"auto\">एशिया, अफ्रिका, अमेरिका र युरोप गरी चार महादेशीय छनोट चरण पश्चात् प्रत्येक चरणको विजेता चार राष्ट्रिय टोलीले टोली डिसेम्बरमा ग्रान्ड फाइनलमा खेल्ने छ। जसमा एशियावाट उज्बेकिस्तानको विज्डम स्कूलले शीर्ष स्थानमा कब्जा जमाई छनौट हुन सफल भएको छ।
<div dir=\"auto\">काजकिस्तान चेस फेडेरेशनको निमन्त्रणामा पुगेका महासचिव धरमबहादुर लामाले फिडे तथा अन्तर्राष्ट्रिय स्कूल चेस महासंघले सन् २०२६ लाई “यर अफ चेस इन स्कूल” घोषणा गरेर विश्वभरका विद्यालयस्तरमा चेस खेलको विकासलाई अझ विशेष महत्व दिएको बताएका छन्।
<div dir=\"auto\">प्रतियोगितामा एशियन १९ राष्ट्रका २६ टोलीले सहभागी जनाएको अन्तर्राष्ट्रिय चेस खेलमा नेपालले २० औं स्थानमा रहँदै खेल अन्त्य गरेको नेपाल बुद्धिचाल महासंघका प्रवक्ता राजु ताम्राकारले जानकारी गराएका छन्।
<div dir=\"auto\">ताम्राकारले निहाना श्रेष्ठ जस्ता प्रतिभावान युवा खेलाडीको उदयले आगामी संस्करणको अन्तर्राष्ट्रिय विद्यालय चेसमा अझ सशक्त उपस्थिति जनाउन पाब्सन मार्फत नेपालका विद्यालयहरुमा चेस खेललाई समावेश गाराउन अपील समेत गरेका छन् ।
"created": "2026-04-12T11:23:41.129642+05:45",
"news_slug": "International-chess-nihana-shrestha-won-silver"
"id": 5104,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "मिलानको उपाधि सम्भावना कमजोर",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_1502.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_1502.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">एसी मिलानले यो सिजन इटालीको सिरी ए उपाधि जित्ने सम्भावनामा शनिबार गम्भीर धक्का लागेको छ । घरमै युडिनेजीको हातबाट ३–० ले पराजित भएपछि मिलानको उपाधि सम्भावना अझ कमजोर बनेको हो ।
सानसिरोमा डाभिड बारटेसघीको आत्मघाती गोलले अग्रता लिएको युडिनेजीका लागि योर्गन एकेलेक्याम्प र आर्थर आटाले एक एक गोल थपे । अर्को प्रमुख खेलमा युभेनट्सले एटलान्टालाई १–० ले हरायो र अर्को सिजन युरोपेली च्याम्पियन्स लिग खेल्ने सम्भावना कायम राख्यो ।
त्यसमा जेरेमी बोगाले निर्णायक गोल गरे । लिग तालिकामा मिलान ६३ अंकमा तेस्रो स्थानमा रह्यो । युभेन्ट्स भने ६० अंकमा चौथो स्थानमा उक्लिन सफल रह्यो ।
"created": "2026-04-12T06:38:58.098632+05:45",
"news_slug": "Ac-Milan-low-chance-to-win-seria-A"
"id": 5103,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "बायर्नले बनायो गोलको कीर्तिमान",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_1501.webp",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_1501.webp",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">बायर्न म्युनिकले जर्मन बुंडेसलिगामा शनिबार सेन्ट पउलीलाई ५–० ले पराजित गरेको छ र यससँगै ३५ औं लिग उपाधिको नजिक पुगेको छ । यसक्रममा बायर्नले ५४ वर्ष लामो गोलको कीर्तिमान तोड्दै नयाँ इतिहास पनि बनाएको छ ।
लियोन गोरेट्ज्काले ५३ आं मिनेटमा गरेको बायर्नको दोस्रो गोलपछि टिमले यो सिजन लिगमा गरेको गोल संख्या १ सय २ पुगेको थियो । यससँगै उसले आफ्नै नाममा सन् १९७१–१९७२ मा गरेको कीर्तिमानी गोलको कीर्तिमानलाई उछिनेको हो ।
लिगमा अब पाँच चरणको खेलमा मात्र बाँकी छ र बायर्नले अर्को साता स्टुटगार्टविरुद्धको खेल जितेर उपाधि जित्न सक्नेछ । त्यो खेल बायर्नको घरेलु मैदानमै हुनेछ ।
"created": "2026-04-12T06:25:43.811943+05:45",
"news_slug": "Bayern-won-new-record"
"id": 5102,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "बार्सिलोनालाई नौ अंकको अग्रता",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_1500.webp",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_1500.webp",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">बार्सिलोनाले स्पेनी ला लिगामा शनिबार इस्पनयोललाई सजिलै ४–१ ले पराजित गर्दै शीर्ष स्थानमा नौ अंकको ठोस अग्रता लिएको छ । क्याम्प नुमा भएको खेलमा लामिन यामलले एक गोल गर्दै अन्य दुईमा सहयोगी भूमिका निभाए ।
फेरान टोरेसले दुई गोल गरेपछि अर्को गोल मार्कस रसफोर्डको नाममा रह्यो । बार्सिलोनाको ३१ खेलबाट ७९ अंक छ । लिगमा सात चरणमा खेल मात्र बाँकी रहेको स्थितिमा बार्सिलोनाको यो अग्रता उपाधिका लागि पर्याप्त हुन सक्छ ।
चौथो स्थानमा रहेको एटलेटिको म्याड्रिड भने अर्को खेलमा सेभियाको हातबाट २–१ ले पराजित रह्यो । एटलेटिको ५७ अंकमै सीमित रह्यो । सेभिया ३४ अंकमा १५ औं स्थानमा छ ।
"created": "2026-04-12T06:22:24.446023+05:45",
"news_slug": "Barcelona-9-points-ahead"
"id": 5101,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "लिभरपुललाई जितको राहत",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_1499.webp",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_1499.webp",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">रियो एनगुमोहा र मोहमद सलाहको एक एक गोलको मदतले इंग्लिस प्रिमियर लिगमा लिभरपुलले शनिबार फुलहमलाई २–० ले पराजित गरेको छ । खराव लयबाट गुज्रिरहेको लिभरपुलको यो तीन हारपछि पहिलो जित हो ।
एनगुमोहले ३६ औं मिनेटमा उत्कृष्ट पहिलो गोल गरे लगतै सलाहले ४० औं मिनेटमा अर्को गोल थपे । यो जितपछि लिभरपुल ५२ अंकमा पाँचौं स्थानमा रह्यो । यो चौथो स्थानमा रहेको एस्टन भिल्लासँग चार अंकको दूरी हो । फुलहम भने ४४ अंकमा ११ औं स्थानमा रह्यो ।
शनिबारका अन्य खेलमा ब्राइटनले बर्नलीलाई २–० ले हराएको थियो भने ब्रेन्टफोर्ड र एभरटनले भने २–२ को बराबरी खेले । त्यस अगाडि दिनको पहिलो खेलमा शीर्ष स्थानको आर्सनल बर्नमाउथको हातबाट घरमै २–१ ले स्तब्ध भएको थियो ।
"created": "2026-04-12T06:17:35.534053+05:45",
"news_slug": "Liverpool-win-EPL"
"id": 5100,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "चेन्नाईको पहिलो जित",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_1498.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_1498.jpeg",
"category": [
"id": 3,
"created": "2023-02-08T17:13:09.647250+05:45",
"modified": "2023-02-08T17:13:09.647269+05:45",
"created_np": "2079-10-25T17:13:09.647282+05:45",
"modified_np": "2079-10-25T17:13:09.647504+05:45",
"name": "Cricket",
"slug": "Cricket-nepal"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">चेन्नाइ सुपर किंग्सले इन्डियन प्रिमियर लिगमा शनिबार पहिलो जित आत्मसात् गरेको छ । चेन्नाईमा भएको खेलमा उसले दिल्ली क्यापिटल्सलाई २३ रनले हराएको हो । पहिले ब्याटिङ गर्दै चेन्नाइले दुई विकेटमा २ सय १२ रन बनाएपछि जितको आधार तयार भएको हो ।
त्यसमा सन्जु साम्सनले नटआउट रहेर शानदार १ सय १५ रन बनाए । उनले ५६ बल मात्र सामना गरेर १५ चौका र चार छक्का प्रहार गरे । यस्तै आयुष मिश्रले पनि ५९ रन बनाए । जवाफमा दिल्ली क्यापिटल्सले २० ओभरमा १ सय ८९ रन मात्र बनाउन सक्यो ।
उसका लागि पाथुम निसान्काले ४१ र ट्रिस्टन स्टब्सले ६० रन बनाए । अन्य ब्याटरले भने गतिलो योगदान दिन सकेनन् । यो जितका बावजुत चेन्नाइ दुई अंकमा दस टिममध्ये नवौं स्थानमा छ । दिल्ली भने चार अंकमा चौथो स्थानमा छ ।
"created": "2026-04-12T05:55:25.315710+05:45",
"news_slug": "Chennai-first-win"
"id": 5099,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "बर्नमाउथको हातबाट आर्सनल पराजित",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_1496.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_1496.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">इंग्लिस प्रिमियर लिगको उपाधि होडमा रहेको आर्सनल शनिबार बर्नमाउथको हातबाट २–१ ले पराजित भएको छ । आर्सनलका लागि यो ठूलो धक्का रहेको छ । यो नतिजाले दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको उपाधिका लागि चुनौती फेरि नवीकरण भएको छ ।
इमिरेट्समा बर्नमाउथले जुनियर क्रोउपीको गोलले १७ औं मिनेटमा अग्रता लिएको थियो । । लगतै पहिलो हाफको ३५ औं मिनेटमा पेनाल्टीको माध्यमबाट आर्सनलका लागि भिक्टर ग्योकुरेसले बराबरी गोल फर्काए । खेलको ७४ औं मिनेटमा एलेक्स स्कटले बर्नमाउथका लागि निर्णायक गोल गरे ।
लिगमा छ चरणको खेल बाँकी छँदा आर्सनलको ३२ खेलबाट ७० अंक छ । सिटी भने ३० खेलबाट ६१ अंक रहेको छ । बर्नमाउथ भने ४५ अंकमा दसौं स्थानमा रह्यो ।
"created": "2026-04-11T21:16:53.347124+05:45",
"news_slug": "Bournmount-beats-Arsenal"