GET /news/?format=api&page=47
HTTP 200 OK
Allow: GET, HEAD, OPTIONS
Content-Type: application/json
Vary: Accept
"count": 5176,
"next": "https://app.nepalsportz.com/news/?format=api&page=48",
"previous": "https://app.nepalsportz.com/news/?format=api&page=46",
"results": [
"id": 4309,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "जनकपुरलाई उपाधि जोगाउने चुनौती",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_6402.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_6402.jpeg",
"category": [
"id": 3,
"created": "2023-02-08T17:13:09.647250+05:45",
"modified": "2023-02-08T17:13:09.647269+05:45",
"created_np": "2079-10-25T17:13:09.647282+05:45",
"modified_np": "2079-10-25T17:13:09.647504+05:45",
"name": "Cricket",
"slug": "Cricket-nepal"
"season": null,
"content": "
डिफेन्डिङ च्याम्पियनका रूपमा चुनौती पेस गर्दैछ, जनकपुर बोल्ट्सले । यो जनकपुरको सान पनि हो, अनि उत्तिकै चुनौती पनि । एनपीएलको पहिलो सिजन उसले जसरी जितेको थियो, त्यो च्याम्पियनकै शैलीमा थियो । त्यस जितका मुख्य रणनीतिकार थिए, प्रशिक्षक पुबुदु दसानायेके । तर यसपल्ट उनी टिममा हुने छैनन्, उनी लागेका छन्, विराटनगर किंग्समा । अनि पुबुदुको ठाउँमा आएका छन्, वेस्ट इन्डिजका शिवनारान चन्द्रपउल ।
त्यति मात्र होइन्, न्युजिल्यान्डका जिम्मी निसम पनि पोखरा एभेन्जर्स पुगेका छन् । पुबुदु र निसम नहुनु टिमका लागि पक्कै पनि घाटा नै हो । तर यसबीच चन्द्रपउल जत्तिको प्रशिक्षक भने टिममा भित्रिएका छन् । आखिरमा सबैलाई थाहा छ, यी चन्द्रपउल विश्व क्रिकेटकै ठूला नाममध्ये एक हुन् । उनको खेल जीवनको तथ्यांक मात्र हेर्नु पर्छ, यो धेरैका लागि आश्चर्यजन पार्न सक्ने खालकै छ ।
जनकपुरका सहायक प्रशिक्षक हुन्, मनोज कटुवाल । चन्द्रपउलले स्वंय आफूले भने जस्तै टिम र खेलाडीबारे धेरै जानकारी छैन्, त्यसैले यहाँनिर मनोजको भूमिका र महत्त्व एकाएक बढेको छ ।
निसमको अनुपस्थितिमा जनकपुरले वानय पार्नेल र इमरान ताहिर जस्ता खेलाडी टिममा ल्याएको छ । उनीहरूमा अनुभवको कुनै कमी छैन् । त्यसमाथि लाहिरु मिलान्था त टिममा छँदै छन् ।
टिमका कप्तान रहेका छन्, अनिल साह । अनि मार्की खेलाडीमा आसिफ सेख । उनीहरूकै कारण टिमको सुरुआती ब्याटिङ क्रम साँच्चै बलियो देखिन्छ । मिलान्था गत सिजन प्रतियोगितामै सबैभन्दा बढी रन बनाउने खेलाडी थिए । त्यति मात्र होइन्, गत सिजननै सबैभन्दा बढी विकेट लिएका ललित राजवंशी पनि जनकपुरकै खेलाडी हुन् । यस्तोमा तय छ, जनकपुरले पेस गर्ने प्रतिद्वन्द्वीता बलियो नै रहनेछ ।
"created": "2025-11-16T07:37:44.129947+05:45",
"news_slug": "Janakpur-facing-hard-time-saving-trophy"
"id": 4308,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "ललितपुरलाई हराउँदै कर्णाली च्याम्पियन",
"news_image_url": "https://app.nepalsportz.com/media/B994A283-92A7-47E8-9429-CF8D5978FC8C.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/B994A283-92A7-47E8-9429-CF8D5978FC8C.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
निकै रोमाञ्च बनेको फाइनल खेल पाँचौं सेटमा पुगेर कर्णालीले १५-८ ले जितेको हो।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कर्भड हलमा शनिबार सम्पन्न फाइनल खेलमा कर्णाली ३-२ को सेटमा विजयी भयो।
पहिलो सेट, २६-२४, दोस्रो सेट २५-17 ले आफ्नो पक्षमा पारेको कर्णालीले तेस्रो सेट १३-२४ र चौथो सेट १७-२५ ले गुमाएको थियो। तर, पाँचौं सेटमा कर्णालीले १५-८ ले बाजि मर्यो।
पाँचौं सेटमा पहिलो अंक जोडेको ललितपुर त्यसपछि खेलमा सम्हालिन सकेन। त्यसपछि कर्णालीले लगातार खेलमा ७ अंक जोड्न सफल भयो। ८-२ को अबस्थामा पाँचौं सेटको खेलमा कर्णालीले कोर्ट परिवर्तन गर्न सफल भयो। कोर्ट परिवर्तन गरेपछि पनि पहिलो अंक जोडेको ललितपुर पुन: सम्हालिन सकेन।
कर्णाली लिगका सबै खेलमा जित हासिल गर्दै फाइनलमा पुगेको हो। कुमार राईको प्रशिक्षणमा रहेको कर्णालीले यो सिजन पनि शानदार प्रदर्शन काय राख्यो।
यता, उत्सव खड्काको प्रशिक्षणमा रहेको ललितपुरले लिगको अन्तिम खेलमा कर्णालीसँगै ३-२ को सेटमा पराजित भएको थियो। उनकै नेतृत्वमा रहेको टिम दोस्रो सिजन पनि फाइनलमा कुमार राईको टिमसँग पराजित भयो।
"created": "2025-11-15T20:10:23.531878+05:45",
"news_slug": "Karnali-champion-of-Everest-women-volleyball-league"
"id": 4307,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "एनपीएल २०२५ को तयारी पूरा",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_6356.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_6356.jpeg",
"category": [
"id": 3,
"created": "2023-02-08T17:13:09.647250+05:45",
"modified": "2023-02-08T17:13:09.647269+05:45",
"created_np": "2079-10-25T17:13:09.647282+05:45",
"modified_np": "2079-10-25T17:13:09.647504+05:45",
"name": "Cricket",
"slug": "Cricket-nepal"
"season": null,
"content": "
शनिबार पत्रकार सम्मेलन गर्दै कुल २४ दिन सञ्चालन हुने प्रतियोगिताका लागि आवश्वयक सबै तयारी पूरा भएको र सक्दो राम्रो माहोल सिर्जना गर्ने प्रयास हुने क्यानले जनाएको हो । त्यस अवसरमा सचिव पारस खड्काले नेपालमा पहिलो पटक डे नाइट क्रिकेट हुन लागेको र यो ऐतिहासिक रहेको बताए ।
उनले त्यसका लागि क्यानले लामो समयदेखि तयारी गरिरहेको पनि दाबी गरे । ‘एनपीएल एउटा प्रतियोगिता मात्र नभएर उद्योगको रूप लिने क्रममा रहेको छ,’ खड्काले भने । प्रतियोगितको विजेताले यसपल्ट पनि एक करोड १० लाख रुपैंया प्राप्त गर्नेछ ।
क्यानले यसपल्टको प्रतियोगिताकै क्रममा ३० करोड रुपैंया देखि माथि नै आन्दानी हुने पनि विश्वास राखेको छ । त्यसमधये टिम मालिकबाट नौ करोड, ओटीटी प्रशारण अधिकारबाट पाँच करोड र टिकट विक्रीबाट आठदेखि १२ करोड रुपैंया भित्रिने मानिएको छ ।
"created": "2025-11-15T19:35:43.296456+05:45",
"news_slug": "NPL-preparation-for-match"
"id": 4306,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "वडा १३ प्रयागराज सिंह सुवाल स्मृति अन्तर वडा फुटसल च्याम्पियन",
"news_image_url": "https://app.nepalsportz.com/media/att.CIfMLMZf2C1bpBEb7Z7BPozwkK7RK0Z3gH09b6D0LUY.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/att_xyLs75d.CIfMLMZf2C1bpBEb7Z7BPozwkK7RK0Z3gH09b6D0LUY.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
वडा २३ को आयोजनामा लैनचौर फुटसल मैदानमा आयोजना भएको प्रतियोगिताको फाइनलमा वडा १३ ले वडा नं ४ लाई पेनाल्टि सुटआउटमा २-० ले पराजित गर्यो । निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएको थियो ।
पेनाल्टि सुटआउटमा विजयी टिमका लागि अभय राना  र आसिस कपालीले गोल गरे । वडा नं ४ बाट पेनाल्टि सुटआउटमा गोल हुन सकेन ।
अभय फाइनलका म्यान अफ दि म्याच बने । यसैगरी वडा १३ का विकेश शाही सर्वाधिक गोलकर्ता बने । उनले कूल ७ गोल गरे । यसैगरी वडा ४ का विक्रान्त नरसिंह राना सर्वश्रेष्ठ खेलाडी र वडा १३ का विशाल शाही सर्वश्रेष्ठ गोलकपर चुनिए ।
विजेता वडा १३ ले ट्रफीसहित दुई लाख रुपियाँ प्राप्त गर्यो । उपविजेता वडा ४ टिमले एक लाख रुपियाँ प्राप्त गर्यो । यसैगरी, विधागततर्फ उत्कृष्ट हुने सर्वश्रेष्ठ खेलाडी, सर्वाधिक गोलकर्ता र सर्वश्रेष्ठ गोलरक्षकलाई जनही दस-दस हजार रुपियाँले पुरस्कृत गरियो ।
पहिलो संस्करणमा वडा नं १४ र दोस्रो संस्करणमा १६ ले उपाधि जितेका थिए ।
समापन कार्यक्रममा आयोजक वडा १३ का अध्यक्ष  मचाराजा महर्जनले यस्ता प्रतियोगिता विगतमा केन्दीय स्तरबाट मात्र भइहेको बेला आफूहरूले धेरै मिहिनेतकासाथ बजेट निकासा गरेर यति ठुलो प्रतियोगिता गर्न सफल भएको बताउनुभयो ।
"created": "2025-11-15T17:02:29.238758+05:45",
"news_slug": "Ward-13-winner"
"id": 4305,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "टाइगर कप भलिबल माघ दोस्रो साताबाट",
"news_image_url": "https://app.nepalsportz.com/media/att.RWFB33zRyVwCSDv6ZQ-R17IxQkwQOYqE1ro1ewMge9g.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/att.RWFB33zRyVwCSDv6ZQ-R17IxQkwQOYqE1ro1ewMge9g.jpeg",
"category": [
"id": 4,
"created": "2023-02-08T17:13:28.632012+05:45",
"modified": "2023-02-08T17:13:28.632034+05:45",
"created_np": "2079-10-25T17:13:28.632047+05:45",
"modified_np": "2079-10-25T17:13:28.632269+05:45",
"name": "Volleyball",
"slug": "volley-ball"
"season": null,
"content": "
आयोजक टाइगर ग्रुप अफ पोखराले शनिबार खेलकुद पत्रकार मञ्च त्रिपुरेश्वरमा पत्रकार सम्मेलन गरी माघ ९ गते देखि १८ गतेसम्म प्रतियोगिता आयोजना गर्ने जानकारी गराएका हो। प्रतियोगिताका खेलहरु पोखरा रंगशालाको भलिबल कोर्टमा हुने छ।
प्रतियोगिताको पुरस्कार राशी यस पटक पनि बढाइएको छ। गत संस्करणको विजेताले ५ लाख ८५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गरेकोमा यस पटकको विजेताले ६ लाख ६६ हजार ६ सय ६६ रुपैयाँ प्राप्त गर्ने छन्। यसैगरी दोस्रो हुनेले ३ लाख ६६ हजार ६ सय ६६ प्राप्त गर्दा तेस्रो हुने टिमले १ लाख ६६ हजार ६ सय ६६ रुपैयाँ पुरस्कार प्राप्त गर्ने टाइगर ग्रुप अफ पोखराका अध्यक्ष नारायण प्रसाद शर्माले जानकारी दिए।
"created": "2025-11-15T14:44:37.145546+05:45",
"news_slug": "Tiger-cup-started-magh"
"id": 4304,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "फाइनलमा कर्णाली याश्विज र ललितपुर क्विन्स खेल्दै",
"news_image_url": "https://app.nepalsportz.com/media/A04A8C6E-201A-4182-A0EC-AA2AA86FBE1B.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/A04A8C6E-201A-4182-A0EC-AA2AA86FBE1B.jpeg",
"category": [
"id": 4,
"created": "2023-02-08T17:13:28.632012+05:45",
"modified": "2023-02-08T17:13:28.632034+05:45",
"created_np": "2079-10-25T17:13:28.632047+05:45",
"modified_np": "2079-10-25T17:13:28.632269+05:45",
"name": "Volleyball",
"slug": "volley-ball"
"season": null,
"content": "
लिगमा शप्रतिशत जितसँगै कर्णाली उपाधि रक्षा गर्ने अभियानमा छ। लिग चरणका सबै खेलमा जित हासिल गरेकाे कर्णाली दाेस्राे पटक पनि च्याम्पियन बन्ने दाउमा छ। यता, ललितपुरले गत सिजन फाइनलको बदला लिन चाहन्छ।
लिग चरणको अन्तिम खेलमा शुक्रबार कर्णालीले पुनरागमन गर्दै ललितपुरलाई ३–१ ले पराजित गरेकाे थियाे।
"created": "2025-11-15T09:47:00.524870+05:45",
"news_slug": "Karnali-lalitpur-final"
"id": 4303,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "क्रोएसिया भयो विश्वकपमा छनोट",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_6341.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_6341.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
सन् २०१८ विश्वकप उप–विजेतालाई अब समूह ‘एल’ मा कसैले उछिन्न सक्ने छैन् । यसै समूहका मोन्टेनेग्रोले जिब्राल्टरलाई ३–१ ले हरायो । यस्तै नेदरल्यान्ड्स पनि छनोटको नजिक पुगेको छ । समूह ‘जी’ मा पोल्यान्डले नेदरल्यान्ड्सलाई १–१ को बराबरीमा रोकेको हो ।
जर्मनीले आफ्नो छनोटका लागि अन्तिम खेल कुर्नु पर्नेछ । निक वाल्टेमोडको दुई गोलका मदतले जर्मनीले लक्जेम्बर्गलाई २–० ले हरायो । जर्मनीको समूह ‘ए’ अर्को खेलमा स्लोभाकियाले उत्तरी आयरल्यान्डलाई १–० ले पराजित गर्‍यो ।
अन्य खेलमा फ्रान्सले युक्रेनलाई ४–०, आयरल्यान्डले पोर्चुगललाई २–०, माल्टाले फिनल्यान्डलाई १–०, इटालीले मोल्डोभालाई २–०, इंग्ल्यान्डले सर्बियालाई २–० र अल्बानियाले एन्डोरालाई १–० ले हरायो ।
"created": "2025-11-15T07:30:48.634600+05:45",
"news_slug": "Croatia-quality-world-cup"
"id": 4302,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "रोमाञ्चक जितसँगै काठमाडौँ तेस्रो स्थानमा",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_6339.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_6339.jpeg",
"category": [
"id": 4,
"created": "2023-02-08T17:13:28.632012+05:45",
"modified": "2023-02-08T17:13:28.632034+05:45",
"created_np": "2079-10-25T17:13:28.632047+05:45",
"modified_np": "2079-10-25T17:13:28.632269+05:45",
"name": "Volleyball",
"slug": "volley-ball"
"season": null,
"content": "
त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद् राखेपको कभर्ड हलमा शुक्रबार उषा भण्डारीको कप्तानीमा रहेको काठमाडौंले अरुना शाहीको कप्तानीमा रहेको लुम्बिनी लाभालाई ३–२ को सेटमा पराजित गरेको हो।
पहिलो २३–२५ र दोस्रो सेट २४–२६ ले पराजय व्यहोरेको काठमाडौंले बाँकी तीन खेलमा २५–१७, २५–१६, १५–६ ले रोमाञ्चक जित हासिल गर्यो।
जितसँगै काठमाडौंको ९ अंक पुगेको छ। पराजित लुम्बिनीको समान खेलबाट ६ अंकसहित प्रतियोगिता सकायो।
"created": "2025-11-14T19:43:50.814761+05:45",
"news_slug": "Kathmandu-in-third-positio"
"id": 4301,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "गाईघाटलाई हराउँदै काँक्रेविहार सेमिफाइनलमा",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_6338.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_6338.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
समूह ए बाट काँक्रेविहार १० अङ्क सहित दोस्रो भयो। काक्रेबिहारले गाईघाट फुटबल क्लबलाई ५–३ ले हरायो। सेमिफाइनलमा नव जनजागृतिले चित्लाङ एफसी तथा काक्रेबिहारले लालीगुराँस एसोसिएसन क्लबसँग खेल्ने छन्।
काँक्रेविहारका लागि अनीश घर्ती क्षेत्रीले ह्याट्रिक गरे। आशिष चापागाईँ र गणेश पुलामी मगरले थप गोल गरे। गाईघाटका पविन राईले दुई गोल गरे भने विवश श्रेष्ठले एक गोल गरे।
२ मङ्सिरसम्म हेटौडामा आयोजना हुने लिगमा शीर्ष ४ स्थान पाउने टोली राष्ट्रिय लिगमा प्रवेश पाएका छन्। प्रेसिडेन्ट लिगको विजेता टोलीले १० लाख रुपैयाँ पुरस्कार पाउने छ। उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार पाउने छ।
"created": "2025-11-14T19:17:22.548685+05:45",
"news_slug": "Ghai-ghat-defeated-by-kakrebihar"
"id": 4300,
"author": {
"id": 16,
"first_name": "Shishir",
"last_name": "Jung"
"title": "वडा ४ र १३ बिच प्रयागराज सिंह सुवाल स्मृति फुटसलको उपाधि भिडन्त",
"news_image_url": "https://app.nepalsportz.com/media/att.QgOm1vPWSAdrokH4mnlRUHCi5hTyXtYKncfhlk1Wsr0.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/att.QgOm1vPWSAdrokH4mnlRUHCi5hTyXtYKncfhlk1Wsr0.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
वडा २३ को आयोजनामा लैनचौर फुटसल मैदानमा भइरहेको प्रतियोगिताअन्तर्गत शुक्रबार भएको सेमिफाइनलमा वडा ४ ले वडा ११ लाई सडन डेढमा ६–५ र पराजित गर्यो । निर्धारीत समयको खेल २–२ ले बराबरीमा सकिएको थियो । निर्धारीत समयमा वडा ४ का लागि दुवै गोल प्रसिद्ध थापा मगरले गरे । वडा ११ का लागि धने श्रेष्ठ र शंकर ध्वजले गोल गरेका थिए । सो खेलमा प्रसिद्ध म्यान अफ दि म्याच बने ।
अर्को सेमिफाइनलमा वडा १३ ले वडा ६ लाई पेनाल्टी सुटआउटमै २–१ ले पराजित गर्यो ।  निर्धारति समयको खेल १–१ ले बराबरीमा सकिएपछि निर्णय टाइब्रेकरमा भएको हो । निर्धारीत समयमा वडा १३ का लागि विकेश शाही र वडा ६ का लागि संयम घिमिरेले गोल गरेका थिए ।
प्रतियोगितामा विजेता टिमलाई ट्रफीसहित दुई लाख रुपियाँ प्रदान गरिनेछ । उपविजेता टिमले एक लाख रुपियाँ प्राप्त गर्नेछ । यसैगरी, विधागततर्फ उत्कृष्ट हुने सर्वश्रेष्ठ खेलाडी, सर्वाधिक गोलकर्ता र सर्वश्रेष्ठ गोलरक्षकलाई जनही दस हजार रुपियाँले पुरस्कृत गरिनेछ ।
पहिलो संस्करणमा वडा नं १४ र दोस्रो संस्करणमा १६ ले उपाधि जितेका थिए ।
"created": "2025-11-14T18:59:57.932139+05:45",
"news_slug": "Ward-4-13"
"id": 4299,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "बंगलादेशसँग नेपालको बराबरी",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_6235.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_6235.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
नेपालले रोहित चन्दको गोलले २९ औं मिनेटमा अग्रता लिएको थियो । नेपालका लागि यो रोहितका दोस्रो व्यक्तिगत गोल मात्रै हो । हाम्जाले दोस्रो हाफ सुरु हुने वित्तिकै चार मिनेटको अन्तरमा दुई गोल गरे । उनले ४६ औं मिनेटमा ‘ओभर हेड बाइसाइकल किक’ को मदतले सुन्दर र उच्च दर्जाको गोल गरे ।
हाम्जाले ५० औं मिनेटमा पेनल्टीबाट दोस्रो गोल थपे । रोहितले यसअघि सन् २०२४ मा अफगानिस्तानविरुद्ध अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पहिलो गोल गरेका थिए । यस खेलबाट हरि खड्काले प्रशिक्षकका रूपमा नेपालका लागि डेब्यु गरेका छन् ।
"created": "2025-11-13T21:52:59.412730+05:45",
"news_slug": "Nepal-draw-with-Bangladesh-2-2"
"id": 4298,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "प्रयागराज सिंह सुवाल स्मृति अन्तर वडा फुटसलमा सेमिफाइनलको समीकरण पूरा",
"news_image_url": "https://app.nepalsportz.com/media/att.cXlQ4lFUiHNYcbj2Ipbq--63rOPR_JENBlkki7ai04s.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/att.cXlQ4lFUiHNYcbj2Ipbq--63rOPR_JENBlkki7ai04s.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
वडा २३ को आयोजनामा लैनचौर फुटसल मैदानमा भइरकेको प्रतियोगिताअन्तर्गत बिहीबार भएको पहिलो क्वाटरफाइनलमा वडा नं १३ ले वडा न. २४ लाई सजिलै ५–० ले हरायो । सो खेलमा विकेश शाहीले ह्याट्रिक गरे । अन्य गोल अभय राना र आसिस कपालीको नाममा रह्यो । तीन गोल गर्ने विकेश म्यान अफ दि म्याच घोषित भए ।
दोस्रो क्वाटरफाइनलमा वडा ६ ले वडा १४ लाई १–० ले पराजित गर्यो । सो खेलमा केशव भण्डारीको गोल निर्णायक बनेको हो । केशव नै म्यान अफ दि म्याच चुनिए । तेस्रो क्वाटरफाइन वडा नं ४ ले वडा नं ३ विरुद्ध कठिन १–० को जित हात पार्यो । विक्रान्त नरसिंह रानाको गोलले वडा नं ४ विजयी भएको हो । विक्रान्तले म्यान अफ दि म्याचको पुरस्कार पाए ।
चौथो तथा अन्तिम क्वाटरफाइनलमा वडा ११ ले गत विजेता वडा १६ को चुनौती १–० ले नै समाप्त पार्यो । सो खेलमा म्यान अफ दि म्याच बनेका विराज महर्जनले गोल गरेका थिए ।
शुक्रबार पहिलो सेमिफाइनल वडा १३ र वडा १४ बिच बिहान ८ बजे र दोस्रो सेमिफाइनल वडा ४ र वडा ११ बिच बिहान ९ बजे हुनेछन् । प्रतियोगिताको समापन शनिबार हुनेछ । विजेता टिमलाई ट्रफीसहित दुई लाख रुपियाँ प्रदान गरिनेछ । उपविजेता टिमले एक लाख रुपियाँ प्राप्त गर्नेछ । यसैगरी, विधागततर्फ उत्कृष्ट हुने सर्वश्रेष्ठ खेलाडी, सर्वाधिक गोलकर्ता र सर्वश्रेष्ठ गोलरक्षकलाई जनही दस हजार रुपियाँले पुरस्कृत गरिनेछ । पहिलो संस्करणमा वडा नं १४ र दोस्रो संस्करणमा १६ ले उपाधि जितेका थिए ।
"created": "2025-11-13T17:07:33.967189+05:45",
"news_slug": "Futsal-prayag-singh"
"id": 4297,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "चित्लाङ एफसी राष्ट्रिय लिगमा छनोट",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_6223.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_6223.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
मकवानपुरको हेटौँडास्थित गौरिटार रंगशालामा सम्पन्न समूह ‘ए’को खेलमा चित्लाङले जन जागृतिलाई २–० ले पराजित गरेको हो।
चित्लाङको जितमा विज्ञान खड्का र मदन स्याङतानले गोल गरे। विज्ञानले खेलको १३औँ र मदनले ७०औँ मिनेटमा गोल गरेका हुन्।
जितसँगै चित्लाङ यही पुस ९ बाट हुने भनिएको राष्ट्रिय लिगका लागि छनोट भएको छ। चित्लाङ राष्ट्रिय लिगमा छनोट हुने दोस्रो टिम हो। यसअघि लालिगुँरा एसोसिएसन छनोट भइसकेको छ। जारी प्रतियोगितामा चार खेलबाट सात अंक जोड्दै चित्लाङ दोस्रो स्थानमा उक्लिएको छ। सात अंक नै रहेको लालिगुँरास शीर्ष स्थानमा यथावत् छ। समान खेलबाट एक अंक रहेको जन जागृति पूछारमा छ। समान खेलबाट ६ अंकसहित विजय स्पोर्ट्स क्लब तेस्रो स्थानमा झरेको छ।
"created": "2025-11-13T15:06:29.019094+05:45",
"news_slug": "Chitlang-fc-National-league"
"id": 4296,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "नेपाल र बंगलादेश खेल्दै",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_6219.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_6219.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
बिहिबार ढाकामा हुने खेल नेपाली समय अनुसार राति ७ः४५ बजेबाट सुरु हुनेछ।
नेपाल र बंगलादेश यसअघि भदाैमा दशरथ रंगशालामा खेलेका थिए। उक्त भेट् गाेलरहित बराबरीमा सकिएकाे थियाे। दुई खेल हुने तय भएपनि जेन्जी आन्दोलनका कारण दोस्रो खेल रद्द भएको थियो।
हरि खड्काको प्रशिक्षणमा रहेकाे नेपाली टिम बंगलादेशलाई उसैकाे मैदानमा हराउन चहान्छ। मुख्य म्याट रसले राजीनामा दिएपछि एन्फाले खड्कालाई प्रशिक्षक बनाएको हो।
यता बंगलादेश पनि घरेलु मैदानको फाइदा उठाउँदै नेपाललाई निसार बनाउने लक्ष्यमा छ। बंगलादेशले यस खेलमा भने हम्जा चौधरीलाई खेलाउँदै छ।
"created": "2025-11-13T10:31:28.872734+05:45",
"news_slug": "Nepal-Bangladesh-playing-friendly"
"id": 4295,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "पोखराको पहिलो जित",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_6211.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_6211.jpeg",
"category": [
"id": 4,
"created": "2023-02-08T17:13:28.632012+05:45",
"modified": "2023-02-08T17:13:28.632034+05:45",
"created_np": "2079-10-25T17:13:28.632047+05:45",
"modified_np": "2079-10-25T17:13:28.632269+05:45",
"name": "Volleyball",
"slug": "volley-ball"
"season": null,
"content": "
त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद् राखेपको कभर्ड हलमा बुधवार सम्पन्न दिनको दोस्रो खेलमा पोखराले ललितपुर क्विन्सलाई ३-० को सोझो सेटमा पराजित गरेको हो।
पहिलो सेटमा पोखरा २५-२३, दोस्रो सेट २५-१३ ले आफ्नो पक्षमा पारेको पोखराले तेस्रो सेटमा पनि २५- ले जित्यो।
जितसँगै पहिलो जित हासिल गरेको पोखराको चार खेलबाट चार अंक छ। यता समान खेलबाट ९ अंक रहेको ललितपुरले भने फाईनल प्रवेशको लागि अर्को खेल कुर्नुपर्ने भएको छ। पोखरामा भएको यसअघिका तीनै खेलमा पोखरा पराजित भएको थियो।
जेनजी आन्दोलनका कारण प्रभावित भएको फ्रेन्चाइच महिला भलिबल लिग बुधबारबाट काठमाडौंमा पुन: सुचारू भएको हो ।
"created": "2025-11-12T19:22:24.740385+05:45",
"news_slug": "Pokhara-first-win-volleyball-league"
"id": 4294,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "चौथो खेलमा अपराजित रहँदै कर्णाली फाइनलमा",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_6210.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_6210.jpeg",
"category": [
"id": 4,
"created": "2023-02-08T17:13:28.632012+05:45",
"modified": "2023-02-08T17:13:28.632034+05:45",
"created_np": "2079-10-25T17:13:28.632047+05:45",
"modified_np": "2079-10-25T17:13:28.632269+05:45",
"name": "Volleyball",
"slug": "volley-ball"
"season": null,
"content": "
त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा बुधबार सम्पन्न खेलमा कर्णालीले मधेशमाथि २५-१५, २५-१२ र २५-१७ ले सहज जित निकाल्यो र चौथो खेलमा पनि अपराजित यात्रा कायमै राखेको हो।
जेनजी आन्दोलनका कारण प्रभावित भएको फ्रेन्चाइच महिला भलिबल लिग बुधबारबाट काठमाडौंमा सुचारू भएको हो।
यसअघि पोखरामा लिग भए पनि आन्दोलनपछि आयोजक इनफिनिटी ड्रिम्स प्रालीले आयोजना काठमाडौंमा सार्ने निर्णय गरेको थियो।
विदेशी खेलाडीबिना नै सुचारू भएको लिगमा पनि कर्णालीले आफ्नो लय जारी राख्दै जित निकाल्यो र फाइनलमा पनि पुग्यो। सुमित्रा रेग्मीको कप्तानीमा रहेको कर्णालीले निरूता ठगुन्नाको कप्तानीमा रहेको मधेश युनाइटेडमाथि ३-० सोझो सेटमा सहज जित निकाल्यो।
६ वटा फ्रेन्चाइज टोली रहेको लिगमा कर्णालीले चार खेलबाट १२ अंक बटुल्यो।
"created": "2025-11-12T19:02:38.641724+05:45",
"news_slug": "Karnali-in-final"
"id": 4293,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "सुविलको ह्याट्रिकले वडा १६ क्वाटरफाइनलमा",
"news_image_url": "https://app.nepalsportz.com/media/att.SfHbS0ezqaEtZD0toPYo_jY6t_ABBs88KxCRmCdonaE.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/att.SfHbS0ezqaEtZD0toPYo_jY6t_ABBs88KxCRmCdonaE.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
वडा २३ को आयोजनामा लैनचौर फुटसल मैदानमा भइसकेको प्रतियोगिताअन्तर्गत बुधबार वडा १६ ले वडा २० लाई ३–० ले हरायो । सो खेलमा सुबिल श्रेष्ठले ह्याट्रिक गरे । सुबिल नै म्यान अफ दि म्याच घोषित भए ।
यसैगरी वडा ११ ले वडा ५ लाई ३–१ ले पराजित गर्यो । विजयी टिमका लागि विराज महर्जनले दुई तथा शंख आलेले एक गोल गरे । विराज म्यान अफ दि म्याच चुनिए । वडा ४ ले क्वाटरफाइनलमा स्थान बनाउन वडा ८ लाई २–० ले निराश पार्यो । वडा ४ का लागि प्रसिद्ध मगर र म्यान अफ दि म्याच सुविन थापा मगरले गोल गरे । यसैगरी वडा ३ ले वडा २६ को चुनौती ३–२ ले पन्छायो । वडा ३ का लागि रोसिस्की शाही, अमृत र आर्यन शर्माले गोल गरे । अमृतले आत्मघाती गोल पनि गरेका थिए । वडा २६ का लागि नितेशले गोल गरे ।
बिहिबार पहिलो क्वाटरफाइनलमा वडा १३ ले वडा २४ को सामना गर्नेछ  । सोही दिन वडा १४ ले वडा ६, वडा ४ ले वडा ३ तथा वडा ११ ले वडा १६ विरुद्ध प्रतिस्पर्धा गर्नेछन् ।
"created": "2025-11-12T18:51:28.684038+05:45",
"news_slug": "Subil-hattrick-"
"id": 4292,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "ए डिभिजन लिग १२० दिनभित्र गर्ने सहमति",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_6201.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_6201.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
यसअघि एन्फाले लिग अर्को वर्ष सार्ने निर्णय गरेपछि खेलाडीहरूले धर्ना दिएर विरोध गरेका थिए। खेलाडी संघले ‘पहिले ए डिभिजन, पछि राष्ट्रिय लिग’ माग गर्दै राष्ट्रिय लिगको प्रस्ताव अस्वीकार गरेको थियो।
एन्फा अध्यक्ष पंकज नेम्वाङले राष्ट्रिय लिग १० टिममा गर्ने तयारी भइरहेको बताए। तर खेलाडी संघका अध्यक्ष विक्रम लामाले ८८४ दिन लिग नहुँदा खेलाडी बेरोजगार भएको र राष्ट्रिय लिगमा धेरै खेलाडी वञ्चित हुने तर्क गर्दै पहिले ए डिभिजन अनिवार्य भएको बताए।
मन्त्री बब्लु गुप्ताले एन्फाले स्पष्ट मिति निर्धारित गर्नैपर्ने र क्लबसँग पनि सहमतिमा लिग टुंग्याउने बताउँदै ‘अब लम्ब्याउने स्थिति छैन’ भने।
"created": "2025-11-12T07:06:12.972109+05:45",
"news_slug": "A-division-Leage-happen-within-120-days"
"id": 4291,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "रोनाल्डोले अब आफ्नो अन्तिम विश्वकप खेल्ने",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_6200.webp",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_6200.webp",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
उनी अहिले नै ४० वर्षका भइसके । त्यसैले उनको सन्यास र अबको विश्वकप उनका लागि अन्तिम हुने अपेक्षित थियो । रोनाल्डोले क्लब र आफ्नो देशका लागि ९ सय ५३ गोल गरिसकेका छन् । त्यसैले सन्यास लिंदासम्म उनले आफ्नो हजार गोल पनि पूरा गरिसक्ने अपेक्षा छ ।
रोनाल्डोले त्यस अन्तर्वार्तामा भनेका छन्, ‘अब त म ४१ वर्ष पुग्नै लागें । त्यसैले अबको विश्वकप मेरो लागि अन्तिम हुनेछ ।’ अहिले उनी साउदी अरेबियामा अल नासरका लागि खेलिरहेका छन् । अन्तर्राष्ट्रिय फुटबलमा उनको गोल संख्या कीर्तिमान १ सय ४३ रहेको छ ।
म्यान्चेस्टर युनाइटेड, रियल म्याड्रिड र युभेन्ट्सका लागि पनि खेलेका रोनाल्डोले पोर्चुगलका लागि सन् २०१६ को युरो जितेका थिए । तर उनले विश्वकपमा भने कुनै ठूलो सफलता हात पारेका छैनन् ।
"created": "2025-11-12T07:00:31.550709+05:45",
"news_slug": "Ronaldo-play-last-World-Cup"
"id": 4290,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "जन जागृतिलाई पहिलो अंक",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_6198.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_6198.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
बागमती प्रदेशको राजधानी हेटौँडामा मंगलबार सम्पन्न खेलमा विजय र जन जागृतिले १–१ गोलको बराबरीमा रोकिएका हुन्।
खेलमा जिततर्फ अग्रसर बनेको विजय अन्तिम समयमा सम्हालिन सकेन। ४१औँ एरोन थापाको गोलमा सुरुआती अग्रता बनाएको विजयले इन्जुरी समयको अन्तिम मिनेटमा गोल खान पुग्यो।
जन जागृितको लागि हरिहर बुढा मागरले इन्जुरी समयको चौथो मिनेटमा गोल गर्दै एक अंक दिलाउन सफल भए।
यो नतिजासँगै चार खेलबाट ६ अंक जोडेको विजय समूह ए को शीर्ष स्थानमा यथावत् छ। यता एक खेल कम खेलेको जन जागृितले पहिलो अंक जोडको छ। यसअघिका दुई खेलमा पराजय ब्यहोरेको जन जागृितले यो पहिलो अंक हासिल गरेको हो।
"created": "2025-11-11T16:29:27.158643+05:45",
"news_slug": "Jana-jagriti-first-point"