HTTP 200 OK
Allow: GET, HEAD, OPTIONS
Content-Type: application/json
Vary: Accept
"count": 5176,
"next": "https://app.nepalsportz.com/news/?format=api&page=47",
"previous": "https://app.nepalsportz.com/news/?format=api&page=45",
"results": [
"id": 4329,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "विराटनगरको शानदार सुरुआत",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_6552.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_6552.jpeg",
"category": [
"id": 3,
"created": "2023-02-08T17:13:09.647250+05:45",
"modified": "2023-02-08T17:13:09.647269+05:45",
"created_np": "2079-10-25T17:13:09.647282+05:45",
"modified_np": "2079-10-25T17:13:09.647504+05:45",
"name": "Cricket",
"slug": "Cricket-nepal"
"season": null,
"content": "
विराटनगरले दिएको २२१ रनको लक्ष्य पछ्याएको पाखराले निर्धारित १८.५ ओभरमा सबै विकेट गुमाएर १६७ रन मात्रै बनाउन सक्यो।
पोखराको लागि कप्तान तथा ओपनर कुशल भुर्तेलले ५९ रनको अर्धशतकीय पारी खेले। उनले ३१ बलमा ५ चौका र ४ छक्का प्रहार गर्दै शानदार सुरुआत गराएका थिए। कुनै समय २–८८ को अवस्थामा रहेको पोखरा सम्हलिन सकेन।
यस्तै, एडम रोसिंगटनले ३९ रन बनाउँदा डेनियल अलेक्जेन्डर डोथवेटले २९ तथा अविशेक तिवारीले ११ रन बनाए।
विराटनगरको लागि कप्तान सन्दीप लामिछने, शुभम रञ्जने, प्रतिश जिसी र मर्चेन्ट डे लाङ्गेले समान २ विकेट हात पारे। सुर्य तामाङ, र अबसिर अहमदले सामान एक विकेट हात पारे।
त्यसअघि त्रिवि क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरका लागि लोकश बम र मार्टीन गप्टीले १३२ रनको शानदार साँझेदारी गर्दै विशाल योगफल तर्फ अघि लगे।
विराटनगरले निर्धारित २० औभरमा ६ विकेट गुमाएर २२० बनाएपछि पोखराले २२१ रनको लक्ष्य पाएको हो।
लोकेशले ४८ बलमा ७ चौका र एक छक्काको सहयोगमा ७२ रन बनाएर आउट भए। यस्तै, मार्टीनले ३५ बलमा ६ छक्का र ३ चौकाको सहयोगमा ६१ रन प्रहार गरे।
यस्तै, जर्ज मुन्से १०, बसिर अहमदले २३, सुभवा रन्जनि ३८ र नारायन जोशी ११ रनमा अविजित रहे।
यता, पोखराको लागि म्याथ्यू टेलरले दुई विकेट लिँदा कप्तान कुशल भुर्तेल र सागर ढकालले एक विकेट हात पारे।
योसँगै सोमबारबाट सुरु भएको प्रतियोगितामा तीन खेल सम्पन्न भएको छ। जसमा काठमान्डु गोर्खाज र चितवन राईनोजले विजयी हासिल गरेका छन्।
आगामी मंसिर २७ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा आठ फ्रेन्चाइज टोलीको सहभागिता रहेको छ।
"created": "2025-11-18T21:24:58.952428+05:45",
"news_slug": "Biratnagar-win-against-pokhara"
"id": 4328,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "नेपालको लगातार पाँचौं हार",
"news_image_url": "https://app.nepalsportz.com/media/att.fr7ktmHUddmuai9CvDPoY8MA78VpY8RsnvGSrJfLH8U.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/att.fr7ktmHUddmuai9CvDPoY8MA78VpY8RsnvGSrJfLH8U.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
पूरा खेल अवधिमा मलेसियाले एकपछि अर्को शृंखलाबद्ध आक्रमण बुने पनि एकै गोल मात्र गर्न सक्यो र यो फैसल हमिलको नाममा रह्यो । उनले ५६ औं मिनेटमा निर्णायक गोल गरे ।
यो जितपछि मलेसिया अर्को वर्ष हुने एसियाकपको छनोट नजिक पुगेको छ । लगातार पाँचौं जितपछि मलेसियाको १५ अंक भएको छ र चार टिममध्ये शीर्षमा छ । नेपाल भने शून्य अंकमा पुछारमा छ ।
नेपालको साँघुरो हारमा गोलरक्षक तथा कप्तान किरण लिम्बूले लगातार बचाउ गरिरहे र उनी नै खेलमा सबैभन्दा ब्यस्त खेलाडी रहे ।
खेलको अन्त्यतिर लाकेन लिम्बू रातो कार्ड खाएर मैदान छाड्न बाध्य रहे । त्यसमै मलेसियाले पेनाल्टीको अवसर पनि पाएको थियो । तर पाओलो गोल गर्न असफल रहे र उनको प्रहार बाहिरिएको थियो ।
"created": "2025-11-18T21:11:23.833840+05:45",
"news_slug": "Five-in-row-Nepal-lost-with-malaysia"
"id": 4327,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "चितवनको विजयी सुरुआत",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_6522.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_6522.jpeg",
"category": [
"id": 3,
"created": "2023-02-08T17:13:09.647250+05:45",
"modified": "2023-02-08T17:13:09.647269+05:45",
"created_np": "2079-10-25T17:13:09.647282+05:45",
"modified_np": "2079-10-25T17:13:09.647504+05:45",
"name": "Cricket",
"slug": "Cricket-nepal"
"season": null,
"content": "
मंगलबार सम्पन्न खेलमा चितवनले कर्णाली याक्सलाई ४ विकेटले पराजित गरेको हो। कर्णालीले दिएको १६७ रनको लक्ष्य चितवनले ५ बल बाँकी रहँदा १७१ रन बनायो। योसँगै चितवनले २ अंक जोडेको छ।
चितवनका रवी बोपाराले सर्वाधिक ५२ रन बनाए। ३६ बल खेलेका उनले ३ चौका र ३ छक्का प्रहार गरे।
ओपनर दीपक बोहराले ३६ बलमा ६ चौका र १ छक्कासहित ४२ रनको योगदान दिए। सैफ जैब ३८ र कप्तान कुशल मल्ल २० रनमा आउट हुँदा अर्जुन साउद ८ रनमा अविजित रहे।
कर्णालीका सोमपाल कामीले सर्वाधिक २ विकेट लिए। ४ ओभर बलिङ गरेका उनले ३३ रन खर्चिए। युनिस सिंह, मार्क वार्ट र युवराज खत्रीले समान एक १ विकेट लिए।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको कर्णालीले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १६६ रन बनाएको थियो।
कर्णालीका प्रियांक पाञ्चलाले सर्वाधिक ९० रन बनाए। डेब्यु खेल खेलिरहेका उनी शतकबाट १० रनले चुके। उनले ४८ बलमा ७ चौका र ६ छक्का प्रहार गरे।
म्याक्स ओ’ डाउड २० र मार्क वार्ट १६ रनमा आउट भए। पवन सर्राफले २७ र नजिबुल्लाह जद्रानले अविजित रहँदै ४ रन थपेपछि कर्णालीले खातामा १६६ रन पुर्याएको हो।
चितवनका सैफ जैब, सोहेल तान्भिर र रवी बोपाराले समान १ विकेट लिए।
"created": "2025-11-18T15:56:55.025568+05:45",
"news_slug": "Chitwan-beats-karnali"
"id": 4326,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "कर्णालीले चितवनलाई दियो १६७ रनको लक्ष्य",
"news_image_url": "https://app.nepalsportz.com/media/9013459e-fa44-4ad4-aab0-d5b2e461e531.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/9013459e-fa44-4ad4-aab0-d5b2e461e531.jpeg",
"category": [
"id": 3,
"created": "2023-02-08T17:13:09.647250+05:45",
"modified": "2023-02-08T17:13:09.647269+05:45",
"created_np": "2079-10-25T17:13:09.647282+05:45",
"modified_np": "2079-10-25T17:13:09.647504+05:45",
"name": "Cricket",
"slug": "Cricket-nepal"
"season": null,
"content": "
त्रिवि क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङ थालेकाे कर्णालीले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १६६ रन बनायाे।
कर्णालीका लागि प्रियांक पञ्चालले आक्रमक पारी खेले उनले ४८ बलमा ९० रन बनाए। यस्तै, म्याक्सवेल ओडाउडले २० रन बनाएका छन्। यस्तै, मार्क वाटले १६ रन बनाए।
पवन सराफले १६ बलमा २७ रनकाे पारी खेले उनले एक चाैका र तीन छक्का प्रहार गरे।
यता, चितवनका लागि रबि बाेपरा, साेहिल तनविर सेभ जेवले समान एक विकेट लिए।
"created": "2025-11-18T13:30:34.262858+05:45",
"news_slug": "Karnali-gave-Chitwan-167"
"id": 4325,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "नेपाल पहिलोपटक एशियन डजबल च्याम्पियनसिपमा सहभागी हुने",
"news_image_url": "https://app.nepalsportz.com/media/d73b5f12-9f3c-4a81-83b4-4450870d1dc4.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/d73b5f12-9f3c-4a81-83b4-4450870d1dc4.jpeg",
"category": [
"id": 6,
"created": "2023-02-25T05:35:16.095163+05:45",
"modified": "2023-02-25T05:43:41.832025+05:45",
"created_np": "2079-11-13T05:43:41.832036+05:45",
"modified_np": "2079-11-13T05:43:41.832254+05:45",
"name": "Other Sports",
"slug": "other-sports"
"season": null,
"content": "
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंक लाल घिसिङले एक कार्यक्रममार्फत टोलीलाई बिदाइ गरेका छन्।
टोलीलाई जर्सी पुलले मुख्य प्रायोजन गरेको छ भने इम्पाएर ट्राभल्स एन्ड टुर्स ट्राभल पार्टनर रहेको छ। त्यस्तै, जी स्पोर्ट्स होम किट पार्टनर र डिजिटल ल्याब ब्ल्याक आइ जर्नी प्रालि डिजिटल पार्टनर रहेका छन्।
खेलाडीहरू:
विराज दाहाल (कप्तान), प्रकाश सिंह ऐर, कृष्ण हरि बुढाथोकी, रबिन शाक्य, कृष्ण कुमार साह, अनिल कुमार तिखत्री, अनिल गुरुङ, विवेक उप्रेती, अच्युत नेपाल, रोशन अधिकारी, रामचन्द्र गौतम, विनोद कोईराला
टिम अफिसियलहरू:
टोली प्रमुख: राजन गौतम
व्यवस्थापक: कौशल ज्ञवाली
सहायक व्यवस्थापक: हिरामणी नेपाल
प्रशिक्षक/खेलाडी: अरुण तिमल्सिना
ट्रेनर: बेनु कुमार राई
मिडिया अफिसर: सन्दीप रिजाल
"created": "2025-11-18T13:16:50.556367+05:45",
"news_slug": "Nepal-playing-dochball"
"id": 4324,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "पोहोरको खराव प्रदर्शन बिर्सने प्रयासमा पोखरा",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_6518.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_6518.jpeg",
"category": [
"id": 3,
"created": "2023-02-08T17:13:09.647250+05:45",
"modified": "2023-02-08T17:13:09.647269+05:45",
"created_np": "2079-10-25T17:13:09.647282+05:45",
"modified_np": "2079-10-25T17:13:09.647504+05:45",
"name": "Cricket",
"slug": "Cricket-nepal"
"season": null,
"content": "
गत सिजन पनि पोखराले प्रशिक्षक राजीव कुमारको नेतृत्वमा खेलेका थियो र यसपल्ट पनि उनी नै प्रशिक्षक छन् । खासमा पोहोर पोखराको प्रदर्शन निकै उतारचढावपूर्ण रह्यो, कहिले निकै तल्लो स्तरको प्रदर्शन । कहिले अविश्वनीय ढंगले उच्च प्रदर्शन । क्रिकेटमा के राम्रो मानिन्छ, त्यही टिम अब्बल हो, जसले एकै प्रकारले खेल्छ । तर पोखराको यस्तो प्रदर्शन गर्न सकेन्, प्रशिक्षक कुमार एक प्रकारले असफल रहे ।
त्यस अर्थमा यसपल्ट पोखराको प्रदर्शन के हुनेछ, त्यसको अनुमान गर्न गाह्रै छ । तर टिमको कर्तब्य हुनेछ, राम्रो प्रदर्शनका लागि प्रयास । त्यसका लागि सबैभन्दा बढी जिम्मेवार भएर खेल्नु पर्ने टिम हुनेछ, कप्तान कुशल भुर्तेल । खासमा पोहोर ब्याटबाट उनको प्रदर्शन असाध्यै खराव रह्यो । उनी प्रत्येक खेलमा संघर्ष गर्न बाध्य रहे । कम्तीमा यस्तो यसपल्ट नहोला ।
यस्तै प्रदर्शन सागर ढकालबाट पनि अपेक्षा गरिनेछ । यसपल्ट पोखरेली टिमका समर्थकका लागि सबैभन्दा उत्साहको कुरा रहेको छ, जिम्मी निसमको आगमन । उनले गत सिजन जनकपुर बोल्ट्सबाट खेलेका थिए । यसपल्ट पोखरा आएका छन् । तर उनले यसपल्ट भने पूरा प्रतियोगिता खेल्नेमा शंका छ । तर उनको उपस्थितिले पोखरालाई पक्कै पनि राम्रो प्रदर्शनका लागि प्रेरित गर्नेछ ।
"created": "2025-11-18T10:05:15.648803+05:45",
"news_slug": "Pokhara-wants-good-start"
"id": 4323,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "श्री एयरलाइन्स सुदूरपश्चिम रोयल्सको ‘डोमेस्टिक एयरलाइन्स’ पार्टनर",
"news_image_url": "https://app.nepalsportz.com/media/2320C7F9-2AB4-4808-BFA5-D930C6A4A0BB.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/2320C7F9-2AB4-4808-BFA5-D930C6A4A0BB.jpeg",
"category": [
"id": 3,
"created": "2023-02-08T17:13:09.647250+05:45",
"modified": "2023-02-08T17:13:09.647269+05:45",
"created_np": "2079-10-25T17:13:09.647282+05:45",
"modified_np": "2079-10-25T17:13:09.647504+05:45",
"name": "Cricket",
"slug": "Cricket-nepal"
"season": null,
"content": "
"created": "2025-11-18T09:56:45.864512+05:45",
"news_slug": "Agree-airlines-sudurpaschhim-domestic-flight"
"id": 4322,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "पुबुदु आएयता खुसी विराटनगर",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_6515.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_6515.jpeg",
"category": [
"id": 3,
"created": "2023-02-08T17:13:09.647250+05:45",
"modified": "2023-02-08T17:13:09.647269+05:45",
"created_np": "2079-10-25T17:13:09.647282+05:45",
"modified_np": "2079-10-25T17:13:09.647504+05:45",
"name": "Cricket",
"slug": "Cricket-nepal"
"season": null,
"created": "2025-11-18T09:50:54.328200+05:45",
"news_slug": "Pubudu-Biratnagar-kings"
"id": 4321,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "एसियन कप छनोटमा आज नेपाल–मलेसिया भिडन्त",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_6511.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_6511.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
नेपाल र मलेसियाले हालसम्म आठ खेल खेलेका छन्। तीमध्ये ७ खेलमा मलेसिया विजयी भएको छ भने १ खेल बराबरीमा समाप्त भएको छ।
दुवैको पछिल्लो भेट गत मार्चमा भएको एसियन कप छनोटमै भएको थियो, जसमा मलेसियाले नेपाललाई २–० ले पराजित गरेको थियो।
प्रशिक्षक हरि खड्काको नेतृत्वमा रहेको नेपाली २३ सदस्यीय टोली यसअघि नै मलेसिया पुगेको छ।
"created": "2025-11-18T08:03:28.108532+05:45",
"news_slug": "Nepal-Malaysia-playing"
"id": 4320,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "एनपिएलमा आज दुई खेल हुँदै",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_6510.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_6510.jpeg",
"category": [
"id": 3,
"created": "2023-02-08T17:13:09.647250+05:45",
"modified": "2023-02-08T17:13:09.647269+05:45",
"created_np": "2079-10-25T17:13:09.647282+05:45",
"modified_np": "2079-10-25T17:13:09.647504+05:45",
"name": "Cricket",
"slug": "Cricket-nepal"
"season": null,
"content": "
पहिलो खेल चितवन राइनोज र कर्णाली याक्सबीच हुनेछ। खेल बिहान ११:४५ बजे सुरु हुनेछ।
कुशल मल्लको कप्तानीमा रहेको चितवनमा रिजन ढकाल, कलमसिंह ऐरी, देव खनालसहित रवि भोपारा, सोहेल तनवीर, सैफ जैब, डेविड मलान र अल्पेस रामजानी जस्ता विदेशी खेलाडी छन्।
त्यस्तै सोमपाल कामीको नेतृत्वमा रहेको कर्णाली याक्समा गुलशन झा, नन्दन यादव, पवन सराफसहित जयकिशन कोलसावाला, म्याक्स ओ'डाउड, प्रियांक पञ्चाल, मार्क वाट र नाजिबउल्लाह जद्रान जस्ता विदेशी खेलाडी समावेश छन्।
दोस्रो खेल विराटनगर किंग्स र पोखरा एभेन्जर्सबीच दिउँसो ४ बजे सुरु हुनेछ। सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगरमा लोकेश बम, प्रतिश जिसीसहित जर्ज मुन्सी, मार्टिन गप्टिल, शुभम सुब्रहमण्यन, मर्चेन्ट डी लंगे, फाफ डु प्लेसिस र साम्युएल डाली हीजलेट जस्ता विदेशी स्टार खेलाडी रहेका छन्।
कुशल भुर्तेलको नेतृत्वमा रहेको पोखरा एभेन्जर्समा सागर ढकाल, आकाश चन्दसहित डान डाउथवेट, जिम्मी निशाम, रेमन राइफर, एडम रोसिङ्टन र जेसन रोय जस्ता विदेशी खेलाडी छन्।
यसअघि सोमबार भएको उद्घाटन खेलमा काठमाडौँ गोर्खाजले जनकपुर बोल्ट्सलाई ५ विकेटले पराजित गर्दै विजयी सुरुआत गरेको थियो।
"created": "2025-11-18T07:52:11.867734+05:45",
"news_slug": "Npl-two-games-Chitwan-Karnali"
"id": 4319,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "विश्वकपमा थपिए जर्मनी र नेदरल्यान्ड्स",
"news_image_url": "https://app.nepalsportz.com/media/A5E0B7C1-DC3A-4FCF-986F-59672641F07C.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/A5E0B7C1-DC3A-4FCF-986F-59672641F07C.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
अब स्लोभाकियाले प्ले–अफ खेल्नेछ । नेदरल्यान्ड्सले भने समूह ‘जी’ मा लिथुवानियालाई ४–० ले पराजित गर्यो र उसको २० अंक भएको छ । त्यस समूहमा पोल्यान्ड १७ अंमा रह्यो र दोस्रोमा रहेर उसले पनि प्ले अफ खेल्नेछ । दुवै टिमलाई छनोटका लागि बराबरी नै पर्याप्त थियो ।
अब १६ टिम सम्मलित प्ले–अफका खेल मार्चमा हुनेछन् । अहिलेसम्म ३४ देश विश्वकपका लागि छनोट भइसकेका छन् र १४ टिमको निर्णय हुन बाँकी छ ।
"created": "2025-11-18T07:28:39.092581+05:45",
"news_slug": "Germany-Netherlands-qualified"
"id": 4318,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "काठमाडौंको विजयी सुरुआत",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_6506.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_6506.jpeg",
"category": [
"id": 3,
"created": "2023-02-08T17:13:09.647250+05:45",
"modified": "2023-02-08T17:13:09.647269+05:45",
"created_np": "2079-10-25T17:13:09.647282+05:45",
"modified_np": "2079-10-25T17:13:09.647504+05:45",
"name": "Cricket",
"slug": "Cricket-nepal"
"season": null,
"content": "
त्रिवि क्रिकेट रंगशालामा सोमबार भएको उद्घाटन खेलमा काठमाडौंले साविक विजेता जनकपुर वोल्टसाई ५ विकेटले पराजित गरेको हो।
जनकपुरले दिएको १३१ रनको मध्यम लक्ष्य पछ्याएको काठमाडौंले १८ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो।
काठमाडौंका लागि आकाश त्रिपाठी र बेन चार्ल्सवर्थको विशाल साझेदारीसँगै गरे। बेनले सर्वाधिक ४६ रन बनाए। २३ बल खेलेका उनले ५ चौका र ३ छक्का प्रहार गरे। आकाशले ४५ बलमा ५ चौकासहित ३९ रन बनाए। मिलिन्दा कुमार १९ र भीम सार्की ३ रनमा आउट भए।
किशोर महतो, ललितनारायण राजवंशी, जोन निकोल लोफ्टी–इटन र सञ्जय कृष्णमुर्तिले समान १ विकेट लिए।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको जनकपुरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १३० रन बनाएको थियो।
ओपनर आसिफ शेखले सर्वाधिक ५४ रन बनाए। उनी दोस्रो संस्करणमा अर्धशतक प्रहार गर्ने पहिलो ब्याटर बनेका छन्।
उनले ४१ बलमा ६ चौका र १ छक्का प्रहार गरे। मध्यक्रम नचल्दा जनकपुर दबाबमा देखिएको थियो। तर,मयन यादवले बलमा रनको इनिङ्स खेल्दै जनकपुरलाई उकासे।
काठमान्डौंका मिलन्दाले सर्वाधिक ३ विकेट लिएर ४ ओभर बलिङ गरेका उनले १५ रन खर्चिए। शहाब आलम र सन्तोष यादवले समान एक विकेट थपे।
"created": "2025-11-17T19:34:07.067580+05:45",
"news_slug": "Kathmandu-win-Npl-s2"
"id": 4317,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "कर्णालीको पहिलो ध्यान प्ले–अफ",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_6467.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_6467.jpeg",
"category": [
"id": 3,
"created": "2023-02-08T17:13:09.647250+05:45",
"modified": "2023-02-08T17:13:09.647269+05:45",
"created_np": "2079-10-25T17:13:09.647282+05:45",
"modified_np": "2079-10-25T17:13:09.647504+05:45",
"name": "Cricket",
"slug": "Cricket-nepal"
"season": null,
"content": "
फेरि लिग चरणको समाप्तीमा शीर्ष चार स्थानका लागि कर्णाली योग्य पनि छ र यसको आधार हो, बलियो बलिङ पक्ष । राष्ट्रिय टिममा चार त्यस्ता अलराउन्डर खेलाडी छन्, जसको ब्याट त चल्छ नै, तर तिनीहरूको खास बलियो पक्ष भनेको फास्ट बलिङ नै हो । तिनीहरूमध्ये तीन जना सोमपाल कामी, गुल्सन झा र नन्दन यादव एउटै टिममा छन् र त्यो भनेको कर्णाली नै भयो ।
त्यसमध्ये सोमपाल त कप्तान नै भए । उनीसँग जोडिएको एउटा बलियो पक्ष के भने उनले नेतृत्व गरेको टिमले यसअघि धनगढी प्रिमियर लिग र एभरेस्ट प्रिमियर लिग दुवै जितेको छ । यस्तोमा प्रश्न हो, के उनी यसपल्ट एनपीएल पनि जित्ने छन् त ? इच्छा त पक्कै हुँदै हो । तर यहाँनिर एउटा महत्त्वपूर्ण प्रश्न छ र यसको उत्तर प्रतियोगिता अगाडि बढ्दै जाँदा प्राप्त हुनेछ ।
प्रतियोगिता डे एन्ड नाइटको आधारमा हुँदैछ, फ्लड लाइट्समा । यस्तोमा फास्ट बलरको प्रदर्शन कस्तो हुने हो, त्यो हेर्न लायक नै रहनेछ । टिमका विदेशी खेलाडी पनि उत्कृष्ट छन् र त्यसमध्ये सबैभन्दा अगाडि आउने नाम हो, विलियम बोसिस्टो । उनले नै गत सिजन कर्णालीलाइ प्ले–अफमा पुग्न महत्त्वपूर्ण भूमिका खेलेका थिए । अनि सबैको ध्यान एउटा आफ्नै खेलाडी हुनु पर्छ र उनी हुन्, लेग स्पिनर युवराज खत्री ।
"created": "2025-11-17T12:04:01.942634+05:45",
"news_slug": "Karnali-focus-on-play-off"
"id": 4316,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "उपाधिकै दावेदार चितवन",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_6466.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_6466.jpeg",
"category": [
"id": 3,
"created": "2023-02-08T17:13:09.647250+05:45",
"modified": "2023-02-08T17:13:09.647269+05:45",
"created_np": "2079-10-25T17:13:09.647282+05:45",
"modified_np": "2079-10-25T17:13:09.647504+05:45",
"name": "Cricket",
"slug": "Cricket-nepal"
"season": null,
"content": "
तर चितवन पहिलो इलिमिनेटर भन्दा माथि पुग्न सकेन् । चिटवनले यसपल्ट सिजन–टुका लागि तयार पारिएको टिम भने फरक छ । अझ यसलाई उपाधिकै दावेदार जस्तो मान्न सकिन्छ । यस्तोमा प्रश्न हो, के यो टिमले फेरि एकपल्ट प्ले–अफ पुग्ने उपलब्धी दोहराउन सक्छ त ? गत सिजन टिमका दुई खेलाडी थिए, अनुभवी र भेट्रान रवि वोपारा र सोहेल तनवीर ।
उनीहरूले नै उत्कृष्ट प्रदर्शन गर्दै टिमलाई लिग चरणको समाप्तीमा शीर्ष चारमा राखेका थिए । यसपल्टको टिमका दुई प्रमुख खेलाडी हुनेछन्, देव खनाल र अर्जुन साउद । देव गत सिजन कर्णाली याक्समा थिए, उनले अपेक्षा अनुसार खेल्नै सकेनन् । अर्जुन पनि लुम्बिनी लायन्सबाट आएका हुन् । लुम्बिनी त त्यो सिजन सबैभन्दा खराव टिम थियो, त्यसैले अर्जुनको खेल पनि राम्रो रहेको थिएन् ।
यसपल्ट दुवैले नयाँ टिम पाएका छन् र आफूलाई स्थापित गर्ने उनीहरूलाई चुनौती हुनेछ । यति भन्दा भन्दै चितवन साँच्चे बलियो भएको भनेको इंग्लिस ब्याटर डेविड मलान आएपछि हो । अनि सैफ जैब पनि । सँगै वोपारा र तनवीर त हुने नै छन् । चितवन टिमका प्रशिक्षक हुन्, कलाम अलि । सम्भवतः उनी पूरा प्रतियोगिताकै सबैभन्दा लो–प्रोफाइल प्रशिक्षक हुन्, तर उनको योग्यतामा कसलाई शंका हुन सक्छ र ? गत सिजन उनी चिवतनकै सहायक प्रशिक्षक थिए ।
"created": "2025-11-17T11:54:05.651797+05:45",
"news_slug": "Chitwan-Npl"
"id": 4315,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "जनकपुर र काठमाडौं भिड्दै",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_6462.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_6462.jpeg",
"category": [
"id": 3,
"created": "2023-02-08T17:13:09.647250+05:45",
"modified": "2023-02-08T17:13:09.647269+05:45",
"created_np": "2079-10-25T17:13:09.647282+05:45",
"modified_np": "2079-10-25T17:13:09.647504+05:45",
"name": "Cricket",
"slug": "Cricket-nepal"
"season": null,
"content": "
र्कीतिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आजबाट सुरु हुने प्रतियाेगिताकाे उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्सले काठमाडौं गोर्खाजको चुनौती सामना गर्नेछ। याे खेल साँझ ४ बजे हुनेछ। यस सिजनको एनपिएलका धेरै जसो खेल नवनिर्मित टियु क्रिकेट मदानको फ्लडलाइटमा हुनेछ।
गत सिजन जनकपुरले काठमाडौंलाई सहजै हराएको थियो। जनकपुर लिग चरणको अंकतालिकामा दोस्रो भएको थियो। काठमाडौंबाहेक, अन्य खेलमा जनकपुरले विराटनगर किंग्स र कर्णाली याक्सविरुद्ध समान ८ विकेट, पोखरा एभेन्जर्सविरुद्ध ७ विकेट र लुम्बिनी लायन्सविरुद्ध एक रनको रोमाञ्चक जित हासिल गरेको थियो। सुदूरपश्चिम रोयल्स र चितवन राइनोजसँग भने टोलीले क्रमशः ७२ र ३२ रनको हार बेहोर्यो।
"created": "2025-11-17T07:21:07.586819+05:45",
"news_slug": "Janakpur-and-Kathmandu-playing-NPL-2"
"id": 4314,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "पोर्चुगल र नर्वेले काट्यो विश्वकपको टिकट",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_6460.webp",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_6460.webp",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
पोर्चुगलले समूह ‘एफ’ को खेलमा आर्मेनियालाई ९–१ ले पराजित गर्यो । यससँगै पोर्चुगल समूह विजेता बन्यो । यसमा ब्रुनो फर्नान्डेज तथा जाओ नेभेसले ह्याट्रिक गरे । अब पोर्चुगलले लगातार सातौं पल्ट विश्वकप खेल्नेछ ।
यो उपलब्धीमा खुसी मनाउन क्रिस्टियानो रोनाल्डो भने टिमसँग थिएनन् । उनी प्रतिबन्धबाट गुज्रिरहेका छन् । समूह ‘ई’ मा भने इर्लिङ हालान्डको दुई गोलको मदतले नर्वेले इटालीलाई ४–१ ले हरायो ।
समूह विजेता भन्दै नर्वे सन् १९९८ यता पहिलो पटक विश्वकप पुगेको छ । हालान्डले यो छनोट यात्रामा एक्लैले १६ गोल गरे र लगभग एक्लैले आफ्नो देशलाई यो उपलब्धी चुमाए ।
"created": "2025-11-17T07:12:18.220016+05:45",
"news_slug": "Portugal-Norway-in-World-Cup"
"id": 4313,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "एक्टेरा नेपालको दोस्रो संस्करण मंसिर १३ मा",
"news_image_url": "https://app.nepalsportz.com/media/att.l68_DVJgt9gBhhiyc_UVV5cKfsPs5WrKuYRBsuvNpXg.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/att.l68_DVJgt9gBhhiyc_UVV5cKfsPs5WrKuYRBsuvNpXg.jpeg",
"category": [
"id": 6,
"created": "2023-02-25T05:35:16.095163+05:45",
"modified": "2023-02-25T05:43:41.832025+05:45",
"created_np": "2079-11-13T05:43:41.832036+05:45",
"modified_np": "2079-11-13T05:43:41.832254+05:45",
"name": "Other Sports",
"slug": "other-sports"
"season": null,
"content": "
मंसिर १३ गते हुने यो आयोजनालाई पेरिविङ्कल्स सर्भिस प्रालिले अन्तर्राष्ट्रिय एक्सटेरा प्लानेट ब्रान्डसँगको सहकार्यमा अघि बढाएको हो। एक्सटेरा विश्वभरै अफ–रोड ट्रायथलन र ट्रेल–रनिङको पहिचान बनाइएकै कारण यो आयोजनाले नेपालमा साहसिक पर्यटन र खेल दुवैलाई जोड्ने अपेक्षा गरिएको छ।
आयोजकले आइतबार गरेकाे पत्रकार सम्मेलनमा पूर्ण दूरी ट्रायथलनदेखि लिएर स्प्रिन्ट ट्रायथलन, डुआथलन, मिश्रित रिले र छुट्टाछुट्टै ट्रेल रनसम्मका विकल्प समावेश गरिएको जानकारी दियो।
पूर्ण दूरी ट्रायथलनमा १.५ किलोमिटर पौडी, बेगनास वरपरको टेकाडी हुँदै २८ किलोमिटर माउन्टेन बाइक (१४/१४ किलोमिटरका दुई ल्याप) र अन्त्यमा १२ किलोमिटर ट्रेल रन रहनेछ। छोटो दूरी रोज्नेका लागि स्प्रिन्ट ट्रायथलनमा ७५० मिटर पौडी, १४ किलोमिटर बाइकिङ र ६ किलोमिटर ट्रेल रन समावेश छ। डुआथलनमा ‘रन–बाइक–रन’ ढाँचामा ६–१४–६ किलोमिटरको दूरी रहनेछ भने मिश्रित रिलेमार्फत टोलीगत प्रतिस्पर्धाको स्वाद पनि सहभागीले लिन सक्नेछन्।
ट्रेल रनमा १२ र ६ किलोमिटरका दुई छुट्टाछुट्टै कोर्स रहनेछ।
यो संस्करणप्रति अन्तर्राष्ट्रिय खेलाडीको चासो उल्लेख्य देखिएको आयोजकले बताएको छ। हालसम्म ३० विदेशी खेलाडीले नाम दर्ता गराइसकेका छन् भने करिब १०० नेपालीलाई प्रतिस्पर्धामा सहभागी हुने अनुमान गरिएको छ। पूर्ण दूरी ट्रायथलन र १२ किलोमिटर ट्रेल रनमा नगद पुरस्कारसमेत राखिएको छ। दुवै विधाका महिला र पुरुष विजेताले ३० हजार, उपविजेताले २० हजार र तेस्रो स्थान प्राप्तकर्ताले १० हजार रुपैयाँ प्राप्त गर्नेछन्।
साहसिक खेल पर्यटनलाई नयाँ उचाइमा पुर्याउने उद्देश्यसहित एक्टेराले बेगनासलाई फेरि एकपटक आफ्ना प्रतिस्पर्धीहरूको मुख्य रंगमञ्च बनाएको छ।
"created": "2025-11-16T20:18:36.082961+05:45",
"news_slug": "Xterra-Nepal-2-edition"
"id": 4312,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "मोन्टी निर्णायक हुने विश्वास",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_6407.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_6407.jpeg",
"category": [
"id": 3,
"created": "2023-02-08T17:13:09.647250+05:45",
"modified": "2023-02-08T17:13:09.647269+05:45",
"created_np": "2079-10-25T17:13:09.647282+05:45",
"modified_np": "2079-10-25T17:13:09.647504+05:45",
"name": "Cricket",
"slug": "Cricket-nepal"
"season": null,
"content": "
अनि काठमाडौं आफैमा उत्साहित छ, यसपल्टको प्रतियोगिता मोन्टी ‘फ्याक्टर’ निर्णायक हुन सक्नेछ । प्रतियोगिताको सोमबार पहिलो पहिलो खेलमा काठमाडौंले नै डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्ट्सको सामना गर्नेछ । फेरि मोन्टी के आए, काठमाडौंसँग भाग्य पनि फर्केको छ । गत वर्ष अक्सनका अभाग्यशाली रहेको काठमाडौंलाई यसपल्ट भने भाग्यले साथ दिएको छ ।
त्यसैले त अक्सनबाटै आदिल आलाम अन्सारी जस्ता खेलाडी भित्रिएका छन् । फेरि एकपल्ट टिमको कप्तानी करण केसीले गर्नेछन् भने टिममा रसिद खान पनि छन् । काठमाडौंलाई लिएर सबैभन्दा ठूलो प्रश्न हो, के यसपल्ट काठमडौं प्ले–अफका लागि छनोट हुने छ त ? काठमाडौं टिम नजिक रहेकालाई विश्वास गर्ने हो भने यसपल्ट टिम लिग चरणको समाप्तीमा शीर्ष चारमा रहन सक्षम छ ।
गत सिजन काठमाडौं लिग चरणको समाप्तीमा पाँचौं चरणमा रहेको थियो र यसै कारण प्ले–अफ पुग्न सफल रहेको छैन् । त्यसैले यही कारण सबैभन्दा पहिले टिमको एउटै लक्ष्य मात्र हुनेछ, शीर्ष चारमा रहेर प्ले–अफमा प्रवेश । त्यसपछि मात्र टिमले अन्य अवस्थाबारे सोच्नेछ । अनि एउटा तथ्य के पनि हो भने यही एक उद्देश्यका लागि काठमाडौंले मोन्टीलाई प्रशिक्षक बनाएको पनि हो ।
"created": "2025-11-16T11:55:56.261043+05:45",
"news_slug": "Montey-desai-Kathmandu"
"id": 4311,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "कर्णालीकी सुमित्रा सर्वोत्कृष्ट खेलाडी",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_6405.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_6405.jpeg",
"category": [
"id": 4,
"created": "2023-02-08T17:13:28.632012+05:45",
"modified": "2023-02-08T17:13:28.632034+05:45",
"created_np": "2079-10-25T17:13:28.632047+05:45",
"modified_np": "2079-10-25T17:13:28.632269+05:45",
"name": "Volleyball",
"slug": "volley-ball"
"season": null,
"content": "
यो सँगै उनले ५० हजार पाइन्। यस्तै, कर्णालीकै प्रशिक्षक कुमार राई उत्कृष्ट प्रशिक्षक हुँदै २५ हजार प्राप्त गरेका छन्।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कर्भड हलमा शनिबार सम्पन्न फाइनल खेलमा कर्णालीले ललितपुर क्वियन्सलाई ३–२ को सेटमा पराजित गर्दै प्रतियोगिताका सबै खेलमा जित दर्ता गर्दै च्याम्पियन बन्न सफल भएको थियो।
निकै रोमाञ्चक बनेको फाइनल खेलमा पाँचौँ सेटमा पुगेर कर्णालीले ललितपुरलाई हरायो। उपाधिसँगै कर्णालीले १० लाख पाउँदा ललितपुरले ५ लाखमा चित्तबुझायो।
व्यक्तिगत अवार्डतर्फ कस्ले के जिते
उत्कृष्ट प्रशिक्षक : कुमार राई (कर्णाली यशविस)
सर्वोत्कृष्ट खेलाडी : सुमित्रा रेग्मी (कर्णाली यशविस)
उत्कृष्ट सर्भर : साफिया पुन (कर्णाली यशविस)
उत्कृष्ट सेटर : जसना महतो (कर्णाली यशविस)
उत्कृष्ट डिफेन्डर : सलिना श्रेष्ठ (ललितपुर क्विन्स)
उत्कृष्ट ब्लकर : संगम महतो (ललितपुर क्विन्स)
उत्कृष्ट स्पाइकर : उषा भण्डारी (काठमाडौं स्पाइकर्स)
"created": "2025-11-16T08:49:15.851625+05:45",
"news_slug": "Sumitra-best-Player-of-EWVL"
"id": 4310,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "विश्वकप छनोट : स्पेनको फराकिलो जित",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_6404.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_6404.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
समूह ई को खेलमा स्पेनले जर्जियालाई उसैको मैदानमा ४–० ले पराजित गरेको हो। यो जितसँगै स्पेनले पाँच खेलमा पाँच जितसँगै १५ अंक जोडेको छ। सोहि समूहमा १२ अंकसहित टर्की दोस्रो स्थानमा छ।
"created": "2025-11-16T08:27:55.520805+05:45",
"news_slug": "Spain-win-world-cup-qualifier"