HTTP 200 OK
Allow: GET, HEAD, OPTIONS
Content-Type: application/json
Vary: Accept
"count": 5170,
"next": "https://app.nepalsportz.com/news/?format=api&page=26",
"previous": "https://app.nepalsportz.com/news/?format=api&page=24",
"results": [
"id": 4743,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "शीर्ष आठमा पाँच इंग्लिस टिम",
"news_image_url": "https://app.nepalsportz.com/media/FBA8A674-EE02-4AB3-98F8-84418A246BB2.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/FBA8A674-EE02-4AB3-98F8-84418A246BB2.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
यस्तै बायर्न म्युनिक २१ अंकमा दोस्रोमा रह्यो । उनीहरू यसअघि नै सिधै अर्को चरण पुगिसकेका हुन् । त्यसपछि लिभरपुल, टोटनहम, बार्सिलोना, चेल्सी, स्पोर्टिङ लिस्वन र म्यानचेस्टर सिटी रहे । डिफेन्डिङ च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) र रियल म्याड्रिड भने शीर्ष आठमा रहेनन् ।
लिग तालिकाको नौदेखि २४ औं स्थानमा रहनेले अब प्ले अफ खेल्नेछ । तेस्रो स्थानमा रहन लिभरपुलले कोराबागलाई एनफिल्डमा भएको खेलमा ६–० ले हरायो ।
यस्तै बार्सिलोनाले कोपनहेगनलाई ४–१, टोटनहमले फ्रायन्कफर्टलाई २–०, सिटीले गालातासारेलाई २–०, चेल्सीले नेपोलीलाई ३–२ र लिस्वनले एथलेटिको बिलबाओलाई ३–२ ले पराजित गरे ।
रयल भने बेनफिकासँग ४–२ ले पराजित रह्यो भने पीएसजीले न्युकासल युनाइटेडसँग १–१ को बराबरी खेले । यस्तै आर्सनलले किराट आल्मातीलाई ३–२ र बायर्नले आयनहोभनलाई २–१ ले हराएको हो ।
"created": "2026-01-29T08:13:24.801764+05:45",
"news_slug": "Top-eight-5-English-team"
"id": 4742,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "वानखडेको इतिहाससँग आत्मसात् हुँदै नेपाल",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_9697.webp",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_9697.webp",
"category": [
"id": 3,
"created": "2023-02-08T17:13:09.647250+05:45",
"modified": "2023-02-08T17:13:09.647269+05:45",
"created_np": "2079-10-25T17:13:09.647282+05:45",
"modified_np": "2079-10-25T17:13:09.647504+05:45",
"name": "Cricket",
"slug": "Cricket-nepal"
"season": null,
"content": "
मुम्बईको मेरिन ड्राइभको छेउमै रहेको यस रंगशालामा अरेबियन महासागरको हावा मस्त अनुभव गर्न सकिन्छ । खासमा यो कुनै आम क्रिकेट मैदान होइन्, यो समग्रमा भारतीय क्रिकेटकै इतिहासको एक भाग हो । सन् १९७४ मा यसका निर्माण भएको हो र यसको नाम जुरेको हो, सेसराव वानखडेको नामबाट । उनी मुम्बई क्रिकेट संघका पूर्व अध्यक्ष थिए ।
यो रगशाला निर्माणको सुरुआती एउटै कारण थियो, मुम्बईको टिमले ढंगले पहिलो श्रेणीको क्रिकेट खेल्न सकोस । यसको निर्माण के एकपल्ट सकियो, यसले भारतीय क्रिकेटसँग जोडिएका अनेक उपलब्धी आफ्नै आँखाले देख्न पाएको छ । भर्खरै मात्र भन्दा हुन्छ, यसले आफ्नो स्थापनाको ५० वर्ष मनाएको । यसक्रममा यस मैदानमा धेरै ठूला महत्त्वका खेल भएका छन् ।
त्यसमध्ये सबैभन्दा पहिले मनमा आउने खेल हो, सन् २०११ को अप्रिल २ मा भएको वान डे विश्वकपको फाइनल । भारतले श्रीलंकालाई हराएर यो विश्वकप जितेको थियो । भारतले वान डे विश्वकप जितेको यो २८ वर्षयता पहिलो पटक थियो । अनि यो त्यही मैदान हो, जहाँ सचिन तेन्दुलकरले आफ्नो खेल जीवनको अन्तिम अन्तर्राष्ट्रिय खेल खेले । अनि यो त्यही मैदान हो, जहाँ उनले आफ्नो खेल जीवन सुरु गरेको थियो भन्दा हुन्छ ।
त्यही सन् २०११ को विश्वकपका लागि यो रंगशालाको पुर्ननिर्माण पनि गरिएको थियो । अहिले यो मुम्बई इन्डियन्सको घरेलु मैदान हो, त्यसैले यहाँ इन्डियन प्रिमियर लिग (आईपीएल) का पनि धेरै खेल भएका छन् । यस क्रममा अधिकांस समय रंगशाला भरिभराउ भएको पाइन्छ । यति धेरै इतिहास बोकेको रंगशालामै नेपालले साँच्चै अबको ट्वान्टी ट्वान्टी विश्वकप खेल्दैछ ।
"created": "2026-01-28T06:52:59.523055+05:45",
"news_slug": "Wangkhade-stadium-Nepal-playing"
"id": 4741,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "पुलिसविरुद्ध गण्डकीको सहज जित",
"news_image_url": "https://app.nepalsportz.com/media/att.dImeuHfl1L-zfThh-28_OJb9bjI8c9z8CIopfX7AZJY.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/att.dImeuHfl1L-zfThh-28_OJb9bjI8c9z8CIopfX7AZJY.jpeg",
"category": [
"id": 4,
"created": "2023-02-08T17:13:28.632012+05:45",
"modified": "2023-02-08T17:13:28.632034+05:45",
"created_np": "2079-10-25T17:13:28.632047+05:45",
"modified_np": "2079-10-25T17:13:28.632269+05:45",
"name": "Volleyball",
"slug": "volley-ball"
"season": null,
"content": "
पोखरा रंगशालास्थित भलिबल कोर्टमा जारी च्याम्पियनसिपअन्तर्गत आजको चौथो तथा अन्तिम खेलमा पुरुषतर्फ गण्डकीले पुलिसलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । गण्डकीले पहिलो सेट २५–२२, दोस्रो सेट २५–२० र तेस्रो सेट २५–१४ ले आफ्नो पक्षमा पा¥यो ।
यसअघि आजै भएको खेलमा पुरुषतर्फ पर्वत जिल्ला भलिबल संघले माल्दिभ्स भलिबल एसोसियसनलाई ३–० को सोझो सेटले पराजित गरेको थियो । पर्वतले पहिलो सेट २५–१७, दोस्रो सेट २५–१८ र तेस्रो सेट २५–१६ ले जित निकालेको थियो ।
यसअघिका महिलातर्फका खेलमा न्यू डायमण्ड स्पोट्स क्लब र थाइल्याण्ड क्विन्सले जित निकालेका थिए । न्यू डायमण्डले नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा हराउँदै फाइनलमा स्थान पक्का गरेको हो । यस्तै थाइल्याण्डले आर्मीलाई ३–० को सोझो सेटमा हराउँदै फाइनलको सम्भावना जिवित राखेको छ । थाइल्याण्डले पहिलो सेट २५–११, दोस्रो सेट २५–२१ र तेस्रा सेट २५–१६ ले सहज जित निकालेको हो ।
च्याम्पियनसिपअन्तर्गत भोलि बुधबार ४ खेल हुनेछन् । पहिलो खेल महिलातर्फ एपीएफ र पुलिसबिच हुनेछ । उक्त खेल बिहान साढे ८ बजेबाट सुरु हुनेछ । त्यसपछि महिलातर्फ नै न्यू डायमण्ड र थाइल्याण्ड क्विन्स भिड्नेछन् । भोलिको तेस्रो खेल पुरुषतर्फ पुलिस र माल्दिभ्सबिच हुनेछ । त्यसपछि भोलिको अन्तिम खेल एपीएफ र आर्मीबिच हुने तालिका छ ।
टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा माघ १७ गतेसम्म चल्ने च्याम्पियनसिपमा पुरुषतर्फ ६ र महिलातर्फ ५ टोली सहभागी छन् । सिंगल राउण्ड रोविनको आधारमा भएको प्रतियोगितामा शीर्ष दुईमा रहने टोली उपाधिका लागि भिड्ने छन् । महिलातर्फको फाइनल खेल माघ १६ गते र पुरुषतर्फको फाइनल खेल माघ १७ गते हुनेछ ।
"created": "2026-01-27T16:29:49.988313+05:45",
"news_slug": "Police-lost-Gandaki-win"
"id": 4740,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "टाइगर कपमा पर्वत भलिबल संघको लगातार तेस्रो जित",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_9693.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_9693.jpeg",
"category": [
"id": 4,
"created": "2023-02-08T17:13:28.632012+05:45",
"modified": "2023-02-08T17:13:28.632034+05:45",
"created_np": "2079-10-25T17:13:28.632047+05:45",
"modified_np": "2079-10-25T17:13:28.632269+05:45",
"name": "Volleyball",
"slug": "volley-ball"
"season": null,
"content": "
पोखरा रंगशालास्थित भलिबल कोर्टमा जारी च्याम्पियनसिपअन्तर्गत आजको तेस्रो खेलमा पुरुषतर्फ पर्वत भलिबलले माल्दिभ्स भलिबल एसोसियसनलाई ३–० को सोझो सेटमा पराजित ग¥यो ।
पर्वत भलिबलले पहिलो सेट २५–१७, दोस्रो सेट २५–१८ र तेस्रो सेट २५–१६ ले जित निकाल्यो । यसअघि पर्वतले नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बल एपीएफलाई पराजित गरेको थियो । माल्दिभ्स भलिबलले भने लगातार चौथो हार बेहोरेको छ ।
अब पुरुषतर्फ गण्डकी प्रदेश र नेपाल पुलिस क्लबबिच खेल हुनेछ । यसअघि आजै भएको खेलमा महिलातर्फ नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा हराउँदै न्यू डायमण्ड स्पोट्स क्लबले फाइनलमा स्थान पक्का गरेको थियो । आजको पहिलो खेलमा थाइल्याण्डले आर्मी ३–० को सोझो सेटमा पराजित गरेको थियो । थाइल्याण्डले पहिलो सेट २५–११, दोस्रो सेट २५–२१ र तेस्रा सेट २५–१६ ले सहज जित निकालेको हो ।
टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा माघ १७ गतेसम्म चल्ने च्याम्पियनसिपमा पुरुषतर्फ ६ र महिलातर्फ ५ टोली सहभागी छन् । सिंगल राउण्ड रोविनको आधारमा भएको प्रतियोगितामा शीर्ष दुईमा रहने टोली उपाधिका लागि भिड्ने छन् । महिलातर्फको फाइनल खेल माघ १६ गते र पुरुषतर्फको फाइनल खेल माघ १७ गते हुनेछ ।
"created": "2026-01-27T14:18:33.862747+05:45",
"news_slug": "Tiger-cup-Parbat-beats-Maldives"
"id": 4739,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "टाइगर कप : आर्मीविरुद्ध थाइल्याण्ड क्विन्सको सहज जित",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_9652.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_9652.jpeg",
"category": [
"id": 4,
"created": "2023-02-08T17:13:28.632012+05:45",
"modified": "2023-02-08T17:13:28.632034+05:45",
"created_np": "2079-10-25T17:13:28.632047+05:45",
"modified_np": "2079-10-25T17:13:28.632269+05:45",
"name": "Volleyball",
"slug": "volley-ball"
"season": null,
"content": "
पोखरा रंगशालास्थित भलिबल कोर्टमा जारी च्याम्पियनसिपअन्तर्गत आजको पहिलो खेलमा थाइल्याण्डले आर्मी ३–० को सोझो सेटमा पराजित ग¥यो ।
थाइल्याण्डले पहिलो सेट २५–११, दोस्रो सेट २५–२१ र तेस्रा सेट २५–१६ ले सहज जित निकालेको हो । पहिलो खेलमा सशस्त्र प्रहरी बल एपीएफसँग पाँचौं सेटमा पराजित भएको थाइल्याण्डले दोस्रो खेलमा नेपाल पुलिस क्लबलाई पराजित गरेको थियो । आर्मी भने जितविहिन रहँदै च्याम्पियनसिप सकाएको छ । आर्मी ४ वटै खेलमा पराजित भयो ।
आजको दोस्रो खेल महिलातर्फ न्यू डायमण्ड स्पोट्र्स क्लब र पुलिसबिच हुनेछ । त्यसपछि पुरुषतर्फका २ खेल हुनेछ । पुरुषतर्फको पहिलो खेलमा पर्वत जिल्ला भलिबल संघ र माल्दिभ्स भिड्नेछन् । पुरुषतर्फको दोस्रो खेल गण्डकी र पुलिसबिच हुने तालिका छ ।
टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा माघ १७ गतेसम्म चल्ने च्याम्पियनसिपमा पुरुषतर्फ ६ र महिलातर्फ ५ टोली सहभागी छन् । सिंगल राउण्ड रोविनको आधारमा भएको प्रतियोगितामा शीर्ष दुईमा रहने टोली उपाधिका लागि भिड्ने छन् । महिलातर्फको फाइनल खेल माघ १६ गते र पुरुषतर्फको फाइनल खेल माघ १७ गते हुनेछ।
"created": "2026-01-27T12:04:00.557527+05:45",
"news_slug": "Army-lost-Thailand-club-win"
"id": 4738,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "पाकिस्तानले भारतविरुद्धको खेल बहिस्कार गर्न सक्ने",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_9620.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_9620.jpeg",
"category": [
"id": 3,
"created": "2023-02-08T17:13:09.647250+05:45",
"modified": "2023-02-08T17:13:09.647269+05:45",
"created_np": "2079-10-25T17:13:09.647282+05:45",
"modified_np": "2079-10-25T17:13:09.647504+05:45",
"name": "Cricket",
"slug": "Cricket-nepal"
"season": null,
"content": "
बंगलादेशले सुरक्षाको कारण देखाएर भारत जान अस्विकार गरेको छ । बंगलादेशको चाहना थियो, उसका खेल श्रीलंकामा होस । तर आईसीसीले त्यसलाई मानेन् । पछिल्लो समय भारत र बंगलादेशबीचको सम्बन्ध राम्रो रहेको छैन् र यसको सिधा सिधा असर क्रिकेटमा परिरहेको छ । यी दुई छिमेकी देशबीचको सम्बन्ध पछिल्लो समय पानी बाराबारकै स्थितिमा पुगेको छ । अब नयाँ घटना, पाकिस्तानले पनि यो विश्वकप बहिस्कार गर्ने धम्की दिइरहेको छ ।
पाकिस्तानले साँच्चै के गर्नेछ, त्यसबारे ठोस निर्णय अबको केही दिनमा आउने नै छ, सम्भवतः यही साता । पाकिस्तानी क्रिकेट बोर्डका अध्यक्ष मोहसिन नक्भी अहिले आफ्नो सरकारसँग यसबारे कुराकानी गर्ने क्रममा रहेको बताइएको छ । पाकिस्तानको तर्क हो, बंगलादेशमाथि अन्याय भएको छ, त्यसकै विरोधमा उसले पनि विश्वकप खेल्ने छैन् । तर पाकिस्तानी मिडियालाई आधार मान्ने हो भने यो
बहिस्कार पूरा विश्वकपको हुने छैन् ।
बरु भारतविरुद्ध तय लिग चरणको खेल मात्र बहिस्कार गर्ने निर्णय हुन सक्नेछ । बंगलादेश र पाकिस्तान आफैमा कुनै समय एक आपसमा विरोधी देश हुन् । तर पछिल्लो समय दुई देशबीच सम्बन्ध नजिकिएको छ र यसैक्रममा उनीहरू भारतको विरोध गर्नका लागि एक हुन थालेका छन् । यसबीच एउटा तथ्य के पनि निश्चित छ भने यही राजनीतिक समीकरणले गर्दा अबको विश्व क्रिकेट विथोलिरहनेछ ।
"created": "2026-01-27T08:36:59.835884+05:45",
"news_slug": "Pakistan-India-may-affect"
"id": 4737,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "लिड्स र एभरटनले अंक बाँडे",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_9619.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_9619.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
खेलको ७६ औं मिनेटमा लयमा रहेका फ्रान्सेली खेलाडी थिएर्नो बारीले एभरटनाका लागि बराबरी गोल फर्काए र दुवै टिम एक एक अंक बटुल्न सफल रहे । पछिल्ला पाँच खेलमा बारीको यो चौथो गोल हो ।
यो नतिजाले एभरटन ३३ अंकमा दसौं स्थानमा रह्यो भने लिड्स भने २६ अंकमा १६ औं स्थानमा छ । लिड्स रेलिगेसन क्षेत्रबाट छ अंक मात्र अगाडि छ ।
"created": "2026-01-27T08:08:27.087217+05:45",
"news_slug": "Leeds-Everton-draw"
"id": 4736,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "श्री भगवतीमाथि पुलिसकाे कठिन जित",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_9618.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_9618.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार सम्पन्न खेलमा पुलिस १–० ले विजयी भयो। पुलिसको जितमा उपहार गोल नै निर्णायक बन्यो।
खेलको ३७औँ मिनेटमा श्री भगवतीका विवश चौधरीले गरेको आत्माघाती गोलका कारण पुलिसले अग्रता लिएको थियो, जुन अन्तिमसम्म कायम रह्यो।
यस जितसँगै नेपाल पुलिस क्लबले महत्वपूर्ण तीन अंक जोड्न सफल भएको छ।
"created": "2026-01-26T18:23:30.036783+05:45",
"news_slug": "Npc-win-National-league"
"id": 4735,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "चेस पजल सोल्भिङमा २१ जनाको होड",
"news_image_url": "https://app.nepalsportz.com/media/7e818807-f0a7-4d28-8146-fc3a6d13acf6.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/7e818807-f0a7-4d28-8146-fc3a6d13acf6.jpeg",
"category": [
"id": 6,
"created": "2023-02-25T05:35:16.095163+05:45",
"modified": "2023-02-25T05:43:41.832025+05:45",
"created_np": "2079-11-13T05:43:41.832036+05:45",
"modified_np": "2079-11-13T05:43:41.832254+05:45",
"name": "Other Sports",
"slug": "other-sports"
"season": null,
"content": "
एकेडेमीले वल्र्ड फेडेरेसन फर चेस कम्पोजिसन (डब्लुएफसीसी) सँगको सहकार्यमा आयोजित रेटेड प्रतियोगितामा निक्कै अनुभवी खेलाडीले मात्रै अवसर पाउने क्याटगोरी १ मा कसैले नाम दर्ता गरेन । कम अनुभवीको क्याटगोरी २ तथा १३ वर्षमुनिका खेलाडीको क्याटगोरी ३ मा चार घन्टा बसेर डब्लुएफसीसीले पठाएका पजल सोल्भ गरेका थिए । क्याटगोरी २ मा १२ र क्याटगोरी ३ मा ६ वटा पजल सोल्भ गर्न दिइएको थियो ।
क्याटगोरी २ मा ११ र क्याटगोरी ३ मा १० खेलाडीले पजल सोल्भ गरे । ६ देखि २४ वर्ष उमेरका उनीहरू ११ वटा स्कुल र कलेजबाट सहभागि भएका हुन् । क्याटगोरी २ का पजल सोल्भरले डब्लुएफसीसीको रेटिङ पाउनेछन् । एकेडेमीका निर्देशक याईशाष यासिर खम्बूका अनुसार सोल्भ गरेको पेपर पठाएपछि डब्लुएफसीसीले जाँच गरेपछि यही हप्ता नतिजा सार्वजनिक गरिनेछ । चेस पजल सोल्भिङले खेलाडीको विश्लेषणलाई सहज बनाउँदै क्षमता अभिबृद्धि हुने गर्दछ ।
डब्लुएफसीसीसँग सहकार्य गर्दै इन्टरनेसनल सोल्भिङ कन्टेस्ट (आईएससी) २०२६ को एउटा प्रतियोगिताको रुपमा हिमालयन चेस एकेडेमीले देशमै पहिलोपल्ट काठमाडौंमा पजल सोल्भिङ कन्टेस्ट आयोजना गरेको हो । आईएससीको २२ औं संस्करणमा २७ देशका काठमाडौंसहित ६५ सहरमा एकसाथ आइतबार (२५ जनवरी) नौ सय बढीले प्रतिस्पर्धा गर्दैछन् । हरेक सहरमा उत्कृष्ट नतिजा ल्याउने खेलाडीले जर्मनीको मगडेबर्गमा २०२६ अगस्ट ८ देखि १५ सम्म हुने ४९ औं वल्र्ड चेस सोल्भिङ च्याम्पियनसिपमा सहभागि हुन पाउने छन् ।
२०८० साल चैत १ गते औपचारिक उद्घाटनसँगै व्यवस्थित रुपमा सञ्चालित हिमालयन चेस एकेडेमीले आयोजना गर्न लागेको १२ औं प्रतियोगिता पनि हो– पजल सोल्भिङ कन्टेस्ट । उसले यसअघि ब्ल्ट्जि, र्यापिड, क्लासिकल र फ्रिस्टाइल चेसका ११ प्रतियोगिता सफलतापूर्वक आयोजना गरिसकेको छ । एकेडेमीले थापाथली कौशलटारमा नियमित प्रशिक्षण गराउँदै आएको छ । उसले अनलाइन, स्कुल र समुदायमा पनि वर्कशप र प्रशिक्षण सञ्चालन गरिरहेको छ ।
"created": "2026-01-26T17:21:28.469337+05:45",
"news_slug": "Chess-puzzle"
"id": 4734,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "टाइगर कपः आर्मीमाथि गण्डकीको रोमाञ्चक जित",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_9615.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_9615.jpeg",
"category": [
"id": 4,
"created": "2023-02-08T17:13:28.632012+05:45",
"modified": "2023-02-08T17:13:28.632034+05:45",
"created_np": "2079-10-25T17:13:28.632047+05:45",
"modified_np": "2079-10-25T17:13:28.632269+05:45",
"name": "Volleyball",
"slug": "volley-ball"
"season": null,
"content": "
पोखरा रंगशालास्थित भलिबल कोर्टमा जारी च्याम्पियनसिपअन्तर्गत आजको तेस्रो तथा अन्तिम खेलमा गण्डकीले आर्मीमाथि ३–१ को रोमाञ्चक जित निकालेको हो । निकै प्रतिष्पर्धात्मक भएको पहिलो र तेस्रो सेट गण्डकीले समान ३३–३१ ले आफ्नो पक्षमा पार्दा दोस्रो सेटमा आर्मी हाबी हुँदै २५–१५ को जित निकाल्यो । चौथो सेटमा गण्डकीले २५–१९ ले जित निकाल्दै खेलमा आफ्नो पक्षमा पा¥यो ।
च्याम्पियनसिपमा गण्डकीले दोस्रो जित दर्ता गराएको छ । पहिलो खेलमा सशस्त्र प्रहरी बल एपीएफसँग पराजित भएको गण्डकीले दोस्रो खेलमा माल्दिभ्स भलिबल एसोसियसनलाई पराजित गरेको थियो । आर्मीले भने लगातार दोस्रो हार बेहोरेको छ । पहिलो खेलमा माल्दिभ्सलाई हराएको आर्मी दोस्रो खेलमा नेपाल पुलिस क्लबसँग पराजित भएको थियो ।
यसअघि आजै भएका खेलमा महिला र पुरुष दुवैतर्फ एपीएफले जित निकाल्यो । पुरुषतर्फ एपीएफले माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । एपीएफले पहिलो सेट २५–२०, दोस्रो सेट २५–१८ र तेस्रो सेट २५–२० ले आफ्नो पक्षमा पा¥यो । महिलातर्फ एपीएफले त्रिभुवन आर्मी क्लबलार्य पराजित गरेको थियो । आर्मीविरुद्ध एपीएफले पहिलो सेट २५–११, दोस्रो सेट २५–१८ र तेस्रो सेट २५–१९ ले आफ्नो पक्षमा पार्दै च्याम्पियनसिपमा दोस्रो जित दर्ता ग¥यो ।
च्याम्पियनसिपअन्तर्गत भोलि मंगलबार ४ खेल हुनेछन् । पहिलो खेल महिलातर्फ आर्मी र थाइल्याण्ड क्विन्सबिच बिहान साढे ८ बजेबाट सुरु हुनेछ । दोस्रो खेल महिलातर्फ नै न्यू डायमण्ड स्पोट्र्स क्लब र पुलिसबिच हुनेछ । त्यसपछि पुरुषतर्फका २ खेल हुनेछ । पुरुषतर्फको पहिलो खेलमा पर्वत जिल्ला भलिबल संघ र माल्दिभ्स भिड्नेछन् । पुरुषतर्फको दोस्रो खेल गण्डकी र पुलिसबिच हुने तालिका छ ।
"created": "2026-01-26T16:56:28.667478+05:45",
"news_slug": "Tiger-cup-Gandaki-win"
"id": 4733,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "माल्दिभ्समाथि एपीएफको सहज जित",
"news_image_url": "https://app.nepalsportz.com/media/att.HkgKq0qKsLW9RZgmD9ii3Pt4kQRZ6Jw-KbhKzboSsa8.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/att.HkgKq0qKsLW9RZgmD9ii3Pt4kQRZ6Jw-KbhKzboSsa8.jpeg",
"category": [
"id": 4,
"created": "2023-02-08T17:13:28.632012+05:45",
"modified": "2023-02-08T17:13:28.632034+05:45",
"created_np": "2079-10-25T17:13:28.632047+05:45",
"modified_np": "2079-10-25T17:13:28.632269+05:45",
"name": "Volleyball",
"slug": "volley-ball"
"season": null,
"content": "
पोखरा रंगशालास्थित भलिबल कोर्टमा जारी च्याम्पियनसिपअन्तर्गत आजको दोस्रो खेलमा पुरुषतर्फ एपीएफले माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । एपीएफले पहिलो सेट २५–२०, दोस्रो सेट २५–१८ र तेस्रो सेट २५–२० ले आफ्नो पक्षमा पा¥यो । च्याम्पियनसिपमा एपीएफले दोस्रो जित निकाल्दा माल्दिभ्सले भने लगातार तेस्रो हार बेहोरेको छ ।
अब आजको अन्तिम खेलमा त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेश प्रतिष्पर्धा गर्नेछन् । यसअघि आजै भएको पहिलो खेलमा महिलातर्फ सशस्त्र प्रहरी बल एपीएफले त्रिभुवन आर्मी क्लबलार्य पराजित गरेको थियो । आर्मीविरुद्ध एपीएफले पहिलो सेट २५–११, दोस्रो सेट २५–१८ र तेस्रो सेट २५–१९ ले आफ्नो पक्षमा पार्दै च्याम्पियनसिपमा दोस्रो जित दर्ता ग¥यो । आर्मीले लगातार तेस्रो हार बेहोर्दै फाइनल दौडबाट बाहिरियो ।
टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा माघ १७ गतेसम्म चल्ने च्याम्पियनसिपमा पुरुषतर्फ ६ र महिलातर्फ ५ टोली सहभागी छन् ।
"created": "2026-01-26T13:38:08.500891+05:45",
"news_slug": "APF-win-against-Maldives-volleyball"
"id": 4732,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "राष्ट्रिय लिगमा मनाङको पहिलो जित",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_9519.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_9519.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
यस जितसँगै मनाङले चार खेलबाट ३ अंक जोडेको छ। समान खेल खेलेको काँक्रेविहार भने अझै अंकविहीन रहेको छ।
मनाङले खेलको १६औँ मिनेटमा सुरेश कुमालको गोलमार्फत अग्रता लिएको थियो। तर २०औँ मिनेटमा सन्दीप देउवाले गोल गर्दै काँक्रेविहारलाई खेलमा फर्काए र स्कोर १–१ को बराबरीमा पुर्याए।
त्यसपछि २५औँ मिनेटमा अनिल कुमारले गोल गर्दै मनाङलाई पुनः अग्रता दिलाए। पहिलो हाफमै लय समातेको मनाङले दोस्रो हाफमा पनि आक्रामक खेल जारी राख्यो।
दोस्रो हाफको ५४औँ र ८५औँ मिनेटमा गिडियन नाहले दुई गोल गर्दै टोलीको अग्रता फराकिलो बनाए। ८०औँ मिनेटमा नवराज गुरुङले अर्को गोल थपेपछि मनाङले ५–१ को एकपक्षीय जित सुनिश्चित गर्यो।
"created": "2026-01-26T13:32:43.063974+05:45",
"news_slug": "MMC-first-win"
"id": 4731,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "स्कटल्यान्डसँग ७२ रनको हारसँगै नेपाल विश्वकप छनोटबाट बाहिरियो",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_9517.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_9517.jpeg",
"category": [
"id": 3,
"created": "2023-02-08T17:13:09.647250+05:45",
"modified": "2023-02-08T17:13:09.647269+05:45",
"created_np": "2079-10-25T17:13:09.647282+05:45",
"modified_np": "2079-10-25T17:13:09.647504+05:45",
"name": "Cricket",
"slug": "Cricket-nepal"
"season": null,
"content": "
स्कटल्यान्डले दिएको १४१ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको नेपाल १३.५ ओभरमै सबै विकेट गुमाउँदै ६८ रनमै सीमित भयो। नेपालको ब्याटिङ अत्यन्तै कमजोर रहँदा विन्दु रावल र रोम थापाले समान १४–१४ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्।
यस हारसँगै नेपाल चार खेलबाट २ अंक मात्र जोड्दै समूह ‘बी’ को चौथो स्थानमा रह्यो र प्रतियोगिताबाट बाहिरियो। समूह चरणमा नेपालले जिम्बाब्वेलाई पराजित गरे पनि थाइल्यान्ड, नेदरल्यान्ड्स र स्कटल्यान्डसँग हार बेहोर्नु पर्यो।
"created": "2026-01-26T12:26:16.795365+05:45",
"news_slug": "Scotland-defeats-Nepal-"
"id": 4730,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "तेस्रो हारसँगै उपाधि दौडबाट बाहिरियो आर्मी, एपीएफको दोस्रो जित",
"news_image_url": "https://app.nepalsportz.com/media/att.cPwDuZFXoxpmeAz4RP-lvK8dB7-VhXNRQqXnpa31IME.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/att.cPwDuZFXoxpmeAz4RP-lvK8dB7-VhXNRQqXnpa31IME.jpeg",
"category": [
"id": 4,
"created": "2023-02-08T17:13:28.632012+05:45",
"modified": "2023-02-08T17:13:28.632034+05:45",
"created_np": "2079-10-25T17:13:28.632047+05:45",
"modified_np": "2079-10-25T17:13:28.632269+05:45",
"name": "Volleyball",
"slug": "volley-ball"
"season": null,
"content": "
पोखरा रंगशालास्थित भलिबल कोर्टमा जारी च्याम्पियनसिपअन्तर्गत आफ्नो तेस्रो खेलमा आर्मी सशस्त्र प्रहरी बल एपीएफसँग ३–० को सोझो सेटमा पराजित भयो । आर्मी पहिलो खेलमा न्यू डायमण्ड स्पोट्र्स क्लब र दोस्रो खेलमा नेपाल पुलिस क्लबसँग पराजित भएको थियो । अब आर्मीले अन्तिम खेल भोलि थाइल्याण्ड क्विन्ससँग भिड्नेछ ।
सोमबार बिहान भएको खेलमा आर्मीविरुद्ध एपीएफले पहिलो सेट २५–११, दोस्रो सेट २५–१८ र तेस्रो सेट २५–१९ ले आफ्नो पक्षमा पार्दै च्याम्पियनसिपमा दोस्रो जित दर्ता ग¥यो । पहिलो खेलमा थाइल्याण्ड क्विन्सलाई पाँचौं सेटमा हराएको एपीएफ दोस्रो खेलमा न्यू डायमण्ड स्पोट्र्स क्लबसँग पराजित भएको थियो ।
आजको दोस्रो खेल पुरुषतर्फ एपीएफ र माल्दिभ्स भलिबल एसोसिएनबिच हुनेछ । त्यसपछि आजको अन्तिम खेलमा गण्डकी प्रदेश र आर्मी भिड्नेछन् ।
टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा माघ १७ गतेसम्म चल्ने च्याम्पियनसिपमा पुरुषतर्फ ६ र महिलातर्फ ५ टोली सहभागी छन् । सिंगल राउण्ड रोविनको आधारमा भएको प्रतियोगितामा शीर्ष दुईमा रहने टोली उपाधिका लागि भिड्ने छन् ।
"created": "2026-01-26T11:56:23.365224+05:45",
"news_slug": "Army-out-of-trophy-race"
"id": 4729,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "नेपोलीमाथि युभेन्ट्सको शानदार जित",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_9504.webp",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_9504.webp",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
"created": "2026-01-26T07:47:46.513209+05:45",
"news_slug": "Napoli-lost-juventus-win"
"id": 4728,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "बार्सिलोना फेरि शीर्ष स्थानमा",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_9503.png",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_9503.png",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
त्यसमा डानी ओल्मो, राफिन्हा र लामिन यामलले गोल गरे । अघिल्लो दिन रियलले भिल्लारियललाई हराएर पहिलो स्थान उक्लेको थियो । अब बार्सिलोना ५२ र रियल ५१ अंक भएको छ । लिगमा कुनै पनि बेला यी दुई टिमको स्थान तलमाथि हुन सक्नेछ ।
तर उपाधि होडमा यिनै दुई टिम मात्र रहनेछन् । तेस्रोमा रहेका एटलेटिको म्याड्रिडले रियल मार्लोकालाई ३–० ले पराजित गर्यो । तर उसको ४४ अंक मात्रै छ ।
"created": "2026-01-26T07:36:59.862010+05:45",
"news_slug": "Barcelona-on-the-top"
"id": 4727,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "युनाइटेडको जितले उपाधि होड खुल्ला",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_9502.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_9502.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
खेलको ८७ औं मिनेटमा युनाइटेडका लागि ब्राजिली खेलाडी म्याथ्येस कुन्हाले निर्णायक गोल गरे । यो नतिजाले शीर्षमा आर्सनलको अग्रता चार अंक मात्रै कायम रह्यो । उसको ५० अंक छ । म्यानचेस्टर सिटी र एस्टन भिल्लाको समान ४६ अंक रहेको छ ।
युनाइटेडको यो जितपछि ३८ अंक भएको छ र चौथो स्थानमा उक्लेको छ । त्यस अगाडि भिल्लाले न्युकासल युनाइटेडलाई २–० ले पराजित गरेको थियो । यस्तै चेल्सी क्रिस्टल प्यालेसलाई ३–१ ले पन्छाएको थियो ।
"created": "2026-01-26T07:13:35.238239+05:45",
"news_slug": "United-win-over-arsenal"
"id": 4726,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "टाइगर कपः विभागीय डर्बीमा आर्मीमाथि पुलिसको सहज जित",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_9500.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_9500.jpeg",
"category": [
"id": 4,
"created": "2023-02-08T17:13:28.632012+05:45",
"modified": "2023-02-08T17:13:28.632034+05:45",
"created_np": "2079-10-25T17:13:28.632047+05:45",
"modified_np": "2079-10-25T17:13:28.632269+05:45",
"name": "Volleyball",
"slug": "volley-ball"
"season": null,
"content": "
पोखरा रंगशालास्थित भलिबल कोर्टमा जारी च्याम्पियनसिपअन्तर्गत आजको अन्तिम खेलमा पुलिसले आर्मीलाई ३–१ को सेटमा पराजित गरेको हो । पहिलो सेट २२–२५ र दोस्रो सेट १६–२५ ले गुमाएको आर्मीेले तेस्रो सेटमा २५–२१ ले जित निकाल्दै खेलमा फर्किने कोसिस गरेपनि सफल हुन सकेन । चौथो सेटमा पुलिसले २५–१५ ले जित निकाल्दै आर्मीलाई पहिलो हार चखायो ।
यसअघि भएको खेलमा पुरुषतर्फ पर्वत जिल्ला भलिबल संघले सशस्त्र प्रहरी बल (एपीएफ) लाई ३–१ को सेटमा पराजित गर्दै दोस्रो जित दर्ता गरेको थियो । पहिलो सेट २५–१८ ले आफ्नो पक्षमा पारेको पर्वतले दोस्रो सेट २१–२५ ले एपीएफलाई सुम्पिएको थियो । त्यसपछिका दुई सेटमा पुनरागमन जित निकाल्दै पर्वतले जित सुनिश्चित ग¥यो । पर्वतले तेस्रो सेट २५–१९ र चौथो सेट २५–१५ ले जित निकालेको हो ।
आजै भएको खेलमा महिलातर्फ न्यू डायमण्ड स्पोट्र्स क्लब र थाइल्याण्ड क्विन्स विजयी भए । न्यू डायमण्डले विभागीय टोली सशस्त्र प्रहरी बल (एपीएफ) माथि ३–० को सोझो सेटमा पराजित गर्दा थाइल्याण्ड क्विन्सले नेपाल पुलिस क्लबमाथि पाँचौं सेटमा पुनरागमन जित निकालेको थियो ।
च्याम्पियनसिपअन्तर्गत चौथो दिन भोलि ३ खेल हुनेछन् । पहिलो खेल महिलातर्फ बिहान १० बजे एपीएफ र आर्मीबिच हुनेछ । त्यसपछि पुरुषतर्फ एपीएफ र माल्दिभ्स भलिबल एसोसिएन भिड्ने छन् । भोलिको अन्तिम खेल गण्डकी प्रदेश र आर्मीबिच हुनेछ ।
टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा माघ १७ गतेसम्म चल्ने च्याम्पियनसिपमा पुरुषतर्फ ६ र महिलातर्फ ५ टोली सहभागी छन् । सिंगल राउण्ड रोविनको आधारमा भएको प्रतियोगितामा शीर्ष दुईमा रहने टोली उपाधिका लागि भिड्ने छन् ।
"created": "2026-01-25T17:47:01.274930+05:45",
"news_slug": "Npc-beats-army"
"id": 4725,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "यमप्रसाद गुरुङ यु–२० महिला टोलीको मुख्य प्रशिक्षक",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_9469.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_9469.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
अखिल नेपाल फुटबल संघ (एन्फा) ले चीनको युनान युथ महिला टोलीसँग हुने मैत्रीपूर्ण खेलका लागि गुरुङलाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको हो। उक्त मैत्रीपूर्ण खेल जनवरी ३१ गते त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने तय गरिएको छ।
यसअघि पनि गुरुङकै प्रशिक्षणमा नेपाली महिला टोलीले बंगलादेशमा सम्पन्न साफ यु–२० महिला च्याम्पियनसिपमा सहभागिता जनाएको थियो। सो प्रतियोगितामा नेपाल उपविजेता बनेको थियो।
गुरुङको प्रशिक्षण टोलीमा सहायक प्रशिक्षकका रूपमा सन्देशकुमार श्रेष्ठ, गोलकिपिङ प्रशिक्षक सञ्जीव जोशी तथा टोली व्यवस्थापकका रूपमा दीपा क्षेत्री रहेका छन्।
"created": "2026-01-25T16:04:34.508822+05:45",
"news_slug": "Yam-bahadur-coach"
"id": 4724,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "टाइगर कपः पर्वत भलिबल संघको लगातार दोस्रो जित, एपीएफ पराजित",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_9468.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_9468.jpeg",
"category": [
"id": 4,
"created": "2023-02-08T17:13:28.632012+05:45",
"modified": "2023-02-08T17:13:28.632034+05:45",
"created_np": "2079-10-25T17:13:28.632047+05:45",
"modified_np": "2079-10-25T17:13:28.632269+05:45",
"name": "Volleyball",
"slug": "volley-ball"
"season": null,
"content": "
पोखरा रंगशालास्थित भलिबल कोर्टमा जारी च्याम्पियनसिपअन्तर्गत आजको तेस्रो खेलमा पुरुषतर्फ पर्वत भलिबलले सशस्त्र प्रहरी बल (एपीएफ) लाई ३–१ को सेटमा पराजित गर्दै दोस्रो जित दर्ता गरेको हो । पहिलो सेट २५–१८ ले आफ्नो पक्षमा पारेको पर्वतले दोस्रो सेट २१–२५ ले एपीएफलाई सुम्पिएको थियो । त्यसपछिका दुई सेटमा पुनरागमन जित निकाल्दै पर्वतले जित सुनिश्चित ग¥यो । पर्वतले तेस्रो सेट २५–१९ र चौथो सेट २५–१५ ले जित निकालेको हो ।
यसअघि पर्वतले आफ्नो पहिलो खेलमा नेपाल पुलिस क्लबलाई पाँचौं सेटमा पराजित गरेका थियो । एपीएफले भने पहिलो खेलमा गण्डकी प्रदेशलाई ३–१ को सेटमा पराजित गर्दै सुखद सुरुआत गरेको थियो । अब आजको अन्तिम खेल पुरुषतर्फ नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबिच हुनेछ ।
यसअघि आजै भएको पहिलो खेलमा महिलातर्फ न्यू डायमण्ड स्पोट्र्स क्लबले विभागीय टोली सशस्त्र प्रहरी बल (एपीएफ) माथि ३–० को सोझो सेटमा पराजित गरेको थियो । यस्तै आजको दोस्रो खेलमा महिलातर्फ थाइल्याण्ड क्विन्सले नेपाल पुलिस क्लबलाई पाँचौं सेटमा पुनरागमन जित निकालेको थियो ।
टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा माघ १७ गतेसम्म चल्ने च्याम्पियनसिपमा पुरुषतर्फ ६ र महिलातर्फ ५ टोली सहभागी छन् । सिंगल राउण्ड रोविनको आधारमा भएको प्रतियोगितामा शीर्ष दुईमा रहने टोली उपाधिका लागि भिड्ने छन् ।
"created": "2026-01-25T15:59:52.740484+05:45",
"news_slug": "Parbat-beats-npc"