HTTP 200 OK
Allow: GET, HEAD, OPTIONS
Content-Type: application/json
Vary: Accept
"count": 4863,
"next": "https://app.nepalsportz.com/news/?format=api&page=23",
"previous": "https://app.nepalsportz.com/news/?format=api&page=21",
"results": [
"id": 4496,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "नेपाल राष्ट्रिय माउन्टेन बाइक च्याम्पियनसिप पुष ४ देखि",
"news_image_url": "https://app.nepalsportz.com/media/eb678fbe-58de-46ea-9af9-a1732f88894e.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/eb678fbe-58de-46ea-9af9-a1732f88894e.jpeg",
"category": [
"id": 6,
"created": "2023-02-25T05:35:16.095163+05:45",
"modified": "2023-02-25T05:43:41.832025+05:45",
"created_np": "2079-11-13T05:43:41.832036+05:45",
"modified_np": "2079-11-13T05:43:41.832254+05:45",
"name": "Other Sports",
"slug": "other-sports"
"season": null,
"content": "
नेपाल साइक्लिङ संघको आयोजनामा काठमाडौंमा नेपाल नेसनल माउन्टेन बाइक च्याम्पियनसिप हुन लागेको हो। संघले पत्रकार सम्मेलन आयोजना गर्दै प्रतियोगिता बारे जानकारी दियो। सो अवसरमा गोकर्ण नगरपालिकाका मेयर दीपककुमार रिसाल, राष्ट्रिय शहिद तथा शान्ति पार्क निजामति स्मारक बिस्तारित बोर्डका अध्यक्ष सुदर्शन सिग्देल र साइक्लिङ संघका अध्यक्ष सुदीप पौडेल र संघका वरिष्ठ उपाध्यक्ष तथा नेपाली चुलोका प्रबन्ध निर्देशक संघर्ष बिष्टलगायत उपस्थित थिए।
कार्यक्रममा मेयर रिसालले धेरै युवाले रूचाएको खेललाई नगरपालिकाले सहयोग गरेको र नगरले सम्पूर्ण खेलकुद विकासमा काम गरिरहेको बताए । साथै मेयर रिसालले ट्रयाक बनाउन नगरले सहयोग गरेको उल्लेख गरे।
काठमाडौंको गोकर्णेश्वर नगरपालिका–४ मा रहेको सहिद स्मारक पार्कमा आगामी पुष ४ र ५ गते प्रतियोगिता हुने आयोजकले जनाएको छ । यो कोर्षमा १३औं दक्षिण एसियाली खेलकुद पनि भएको थियो । डाउनहिल र क्रस कन्ट्री गरी दुई विधामा प्रतिस्पर्धा हुने रेस डाइरेक्टर देवेन्द्र बस्नेतले जानकारी दिए । पुरूष इलिट (१९ देखि ३० वर्ष) र महिला इलिट, जुनियर (१७ र १८ वर्ष उमेरसमूह) , मास्टर्स (३० वर्षमाथि) र युथ (१४ देखि १६ वर्ष उमेरसमूह) गरी पाँच इभेन्टमा गरी कुल ३० पदकका लागि प्रतिस्पर्धा गरिने बस्नेले उल्लेख गरेका छन् ।
डाउनहिल र क्रस कन्ट्रीमा समान ५० जना खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । दुवै विधामा मास्टर्स र जुनियरमा महिला तथा पुरूषमा गरी चार विधामा प्रतिस्पर्धा हुनेछन् । यस प्रतियोगिताका लागि कोर्ष बनाउन गोकर्ण नगरपालिकाले सहयोग गरेको संघले जनाएको छ । बाइकिङ एन्ड हाइकिङ गर्ने हिसाबले पहिलेदेखि ट्रयाक तयार पारिएको संघका अध्यक्ष सुदीप पौडेलले बताए । साथै उनले हरेक खेलाडीको बिमा पनि गरिएको उल्लेख गरे । यस प्रतियोगिताका लागि स्रामका सन्चालक तथा साइक्लिङका प्रमुख प्रशिक्षक प्रयास तामाङले एक लाख रूपैयाँ सहयोग गरेको संघले जनाएको छ ।
"created": "2025-12-15T18:41:28.829540+05:45",
"news_slug": "Nepal-nationa-Mountain-bike"
"id": 4495,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "मेन्जसँग बायर्नको बराबरी",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_7986.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_7986.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
एलिनाज एरेनामा ह्यारी केनले पेनाल्टीबाट ८७ औं मिनेटमा गोल गरेपछि बायर्न संघर्ष गर्दै एक अंक बटुल्न सफल रहेको हो । यससँगै बायर्न र डर्टमुन्ड दुवै टिम यसअघिको लाइपजिगको हारको फाइदा लिन चुके ।
लिग तालिकामा बायर्न ३८, लाइपजिग २९ र डर्टमुन्ड २९ अंकमै शीर्ष तीन स्थान भित्र रहेका छन् । बायर्नको अग्रता भने नौ अंक रहेको छ र उसलाई उपाधि होडमा रोक्ने काम कठिन मानिएको छ ।
"created": "2025-12-15T08:28:13.057825+05:45",
"news_slug": "Bayern-draws-with-Mainz-05"
"id": 4494,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "सिटीको लगातार चौथो जित",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_7985.webp",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_7985.webp",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
त्यसमा इर्लिङ हालान्डले दुई र फिल फोडेनले एक गोल गरे । यो जितपछि पेप ग्वार्डिओलाको सिटीको १६ खेलबाट ३४ अंक भएको छ । शीर्षमा आर्सनलको ३६ अंक रहेको छ ।
अन्य खेलमा नटिंघम फरेस्टले टोटनहमलाई ३–०, सन्डरल्यान्डले न्युकासल युनाइटेडलाई १–० र एस्टन भिल्लाले वेस्ट ह्यामलाई ३–२ ले हरायो । यस्तै ब्रेन्टफोर्ड र लिड्स युनाइटेडले १–१ को बराबरी खेले ।
भिल्ला ३३ अंकमा दोस्रोमा छ भने सन्डरल्यान्ड २६ अंकमा सातौं स्थानमा छ ।
"created": "2025-12-15T08:22:13.365419+05:45",
"news_slug": "Man-city-win-against-crystal-palace"
"id": 4493,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "इन्टर उक्लियो पहिलो स्थानमा",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_7984.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_7984.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
इन्टरको जितमा यान बिसेक र लउटारो मार्टिनेजले एक एक गोल गरे । जेनोआका तर्फबाट ओलिभेराले एक गोल फर्काए, तर त्यो नतिजा फेर्न पर्याप्त रहेन् ।
त्यस अगाडि एसी मिलान ससुलोको हातबाट २–२ को बराबरीमा चित्त बुझाउन बाध्य रह्यो भने डिफेन्डिङ च्याम्पियन नेपोली युडिनेजीसँग १–० ले पराजित नै रह्यो ।
इन्टरको ३३ अंक भएको छ । उसको पछाडि दोस्रोमा मिलानको ३२ र तेस्रोमा नेपोलीको ३१ अंक छ ।
"created": "2025-12-15T08:14:25.683483+05:45",
"news_slug": "Inter-in-top-of-league-table"
"id": 4492,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "रियल जितेपछि एलोन्सोलाई राहत",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_7983.webp",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_7983.webp",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
आफ्ना पछिल्ला नौ खेलमा रियलको यो तेस्रो जित मात्र हो । रियलका लागि केयलिन एमबापे र रोड्रिगोको गोल । एलाभेसका लागि कार्लोस भिन्सेन्टले एक गोल फर्काए ।
यो जितले रियलको १७ खेलबाट ३९ अंक भएको छ र दोस्रोमा छ । यो शीर्षमा रहेको बार्सिलोनासँग चार अंकको दूरी हो । अन्य खेलमा सेभियाले रियल ओभिएडोलाई ४–० र सेल्टा भिगोले एथलेटिको बिलबाओलाई २–० ले हराएको छ ।
"created": "2025-12-15T07:59:02.467369+05:45",
"news_slug": "Real-madrid-win"
"id": 4491,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "एपीएफ फाइनलनजिक",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_7980.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_7980.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार सम्पन्न खेलमा एपीएफले १–० को जित निकालेको हो। एपीएफको जितका रश्मिकुमारी घिसिङले गरेको गोल नै निर्णायक रह्यो।
उनले खेलको ५२औं मिनेटमा हेडरबाट गोल गरेकी हुन्। पेनाल्टी बक्स बाहिरबाट मिडफिल्डर रेनुका नगरकोटेले दिएको हाइ बललाई उनले सिक्स यार्ड बक्सबाट सहजै हेडर गर्दै गोलमा परिणत गर्दिइन्।
एपीएफको यो दोस्रो जित हो। जितसँगै एपीएफले ३ खेलबाट ७ अंक पुर्याएको एपीएफ अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। एपीएफले पहिलो खेलम बंगलादेशको नासरिन स्पोर्ट्स एकेडेमीलाई ४–० ले हराएको थियो। तर, दोस्रो खेलमा भने भुटानको ट्रान्सपर्ट युनाइटेड एफसीसँग गोलरहित बराबरी खेल्दै अंक बाँढ्यो।
लगातार दुई हार बेहोरको कराँची भने प्रतियोगिताबाट बाहिरिएको छ।
"created": "2025-12-14T18:11:40.845054+05:45",
"news_slug": "APF-beats-karachi-city"
"id": 4490,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "नेपालगन्ज ११ स्पोर्ट्सले जित्यो 'सी' डिभिजन छनोटको उपाधि",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_7948.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_7948.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतबार सम्पन्न फाइनल खेलमा नेपालगञ्ज ११ स्पोर्ट्स क्लबले सिन्धुपाल्चोक एफसीलाई २-० गोलले पराजित गर्दै उपाधि जितेको हो।
३७औँ मिनेटमा नेपालगञ्ज ११ स्पोर्ट्स क्लबका लागि सबिन राईले पहिलो गोल गर्दै सुरुआती अग्रता दिलाएका थिए। त्यसपछि दोस्रो हाफमा ६४औँ मिनेटमा रोशेस श्रेष्ठले दोस्रो गोल थपे।
फाइनल प्रवेश गरेका दुवै टोलिले 'सी' डिभिजन लिगमा बढुवा भइसकेका छन्। सेमिफाइनलमा सिन्धुपाल्चोकले शिव शक्ति युवा क्लबलाई ४-२ गोलले हराएपछि छनोट भएको थियो भने मसुरिया फुटबल एकाडेमिविरुद्ध १-० गोलको जित निकाल्दै नेपालगञ्जपनि छनोट भएको हो।
नेपालगन्ज समूह ‘ए’ बाट फाइनलसम्म पुगेको हो भने सिन्धुपाल्चोक समूह ‘जे’ मा रहेको थियो।
"created": "2025-12-14T16:26:33.125986+05:45",
"news_slug": "Nepalgunj-11-sports-champions"
"id": 4489,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "मेट्जसँग पीएसजको कठिन जित",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_7893.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_7893.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
यो जितपछि पीएसजीको १६ खेलबाट ३६ अंक भएको छ । लेन्स एक खेल कम खेलेर ३४ अंकमा दोस्रो स्थानमा छ ।
मेन्जको घरेलु मैदानमा भएको खेलमा पीएसजीका लागि गोन्जालो रामोस, क्वेन्टिन एडिजाटोउ र डसायर डोले एक एक गोल गरे । मेट्जका तर्फबाट जेसमी डेमिग्वेट र हेरही सिटासभिलीले गोल फर्काए ।
मेट्ज १६ खेलबाट ११ अंकमा सीमित रहेर १८ टिममध्ये सबैभन्दा पुछारमा छ र रेलिगेसनबाट बच्न संघर्षरत छ ।
"created": "2025-12-14T07:36:11.655028+05:45",
"news_slug": "PSG-win-hardly"
"id": 4488,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "बार्सिलानाको जितमा राफिन्हाको दुई गोल",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_7892.webp",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_7892.webp",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
रियल म्याड्रिड एक खेल कम खेलेर ३६ अंकमा दोस्रोमा रहेको छ । रियलले आइतबार एलाभेसको सामना गर्नेछ र उसको सामु दुई टिमबीचको अन्तर घटाउने अवसर हुनेछ ।
एटलेटिको म्याड्रिडले अर्को खेलमा भ्यालेन्सियालाई २–१ ले हरायो र ३४ अंकमा चौथो स्थानमा रह्यो । यस्तै पाँचौमा रहेको इस्पनयोलले गेटाफेलाई १–० ले हरायो र उसको ३० अंकमा छ ।
"created": "2025-12-14T07:28:33.910195+05:45",
"news_slug": "Barcelona-win"
"id": 4487,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "आत्मघाती गोलमा आर्सनलको उद्धार",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_7891.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_7891.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
खेलको ७० औं मिनेटमा साम जोनस्टोनले पनि आत्मघाती गोल गरेपछि आर्सनल अगाडि रह्यो । त्यसबीच उल्भ्सका लागि टोलु आरोकोडारेले ९० औं मिनेटमा एक गोल फर्काए ।
यो जितपछि आर्सनल १६ खेलबाट ३६ अंक भएको छ र शीर्षमा रह्यो । उसको पछाडि म्यानचेस्टर सिटीको ३१ अंक छ ।
शनिबारका अन्य खेलमा प्रमुख खेलमा लिभरपुलले ब्राइटनलाई २–० र चेल्सीले एभरटनलाई २–० ले पराजित गरेको थियो । यस्तै फुलहमले बर्नलीलाई ३–२ ले हरायो ।
"created": "2025-12-14T07:21:51.890418+05:45",
"news_slug": "Owngaol-save-arsenal"
"id": 4486,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "प्लेअर अफ दी टुर्नामेन्ट लुम्बिनीका कप्तान रोहितले पाए कार",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_7882.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_7882.jpeg",
"category": [
"id": 3,
"created": "2023-02-08T17:13:09.647250+05:45",
"modified": "2023-02-08T17:13:09.647269+05:45",
"created_np": "2079-10-25T17:13:09.647282+05:45",
"modified_np": "2079-10-25T17:13:09.647504+05:45",
"name": "Cricket",
"slug": "Cricket-nepal"
"season": null,
"content": "
लुम्बिनीले फाइनलमा सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले हराउँदै पहिलोपल्ट एनपिएलको उपाधि उचाल्यो। लुम्बिनीको सफलता रोहितको प्रदर्शन अलराउन्ड रह्यो। उनी सिजनमा सर्वाधिक २७६ रनकर्ताको सूचीमा दोस्रो स्थानमा रहे।
नेपालको तर्फबाट उनी सर्वाधिक रनकर्ता पनि हुन्। विनोद भण्डारी २६४ रनसहित नेपालका लागि दोस्रो स्थानमा रहे। रोहितले बलिङतर्पm पनि १० विकेट पनि लिए। रोहित उत्कृष्ट ब्याटर पनि भए। प्रतियोगिताको इमर्जिङ प्लेअर अफ दी टुर्नामेन्ट हुँदै पल्सर बाइक पाए।
उनले १७ विकेट लिँदै सर्वाधिक विकेटकर्ताको सूचीमा संयुक्त ९सन्दीप लामिछाने र अविनाश बोहोरा० शीर्ष स्थानमा रहे। प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी रुबेन ट्रम्पलमेन, सर्वोत्कृष्ट बलर सन्दीप लामिछाने, रेडबुल प्लेअर अफ दी टुर्नामेन्ट अविनाश बोहरा र सन्दीपले सर्वोत्कृष्ट बलर पुरस्कार पाए।
"created": "2025-12-13T21:03:08.736347+05:45",
"news_slug": "Rohit-paudel-player-of-tournament"
"id": 4485,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "सन्देश स्याङ्वो पहिलो दृष्टिविहिन चेस च्याम्पियन",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_7879.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_7879.jpeg",
"category": [
"id": 6,
"created": "2023-02-25T05:35:16.095163+05:45",
"modified": "2023-02-25T05:43:41.832025+05:45",
"created_np": "2079-11-13T05:43:41.832036+05:45",
"modified_np": "2079-11-13T05:43:41.832254+05:45",
"name": "Other Sports",
"slug": "other-sports"
"season": null,
"content": "
दृष्टिविहिन खेलाडी सन्देश स्याङ्बोले चेस उपाधि उचाले सँगै नेपालमा पहिलो पटक \"पभिलियन दृष्टिविहिन चेस प्रतियोगिता सम्पन्न भएको छ।
राष्ट्रिय सहकारी महासंघ हरिहरभवनको सभाहलमा सञ्चालन भएको दुई दिने दृष्टिविहिन बुद्धिचाल प्रतियोगिता पभिलियन चेस एकेडेमी र नेपाल त्रिवासा संस्थाको संयुक्त आयोजनामा सम्पन्न भएको हो।
दृष्टिविहिन चेस प्रतियोगितामा आदर्श सेकेण्डरी स्कुल सानो ठिमीका सन्देश स्याङ्वोले उपाधि उचालेका छन्। उपाधि सँगै सन्देशले नगद रु १० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्न सफल भएका छन्।
यस्तै नमुना मछिन्द्र उच्च मा. वि. लगनखेलका निमेश महतो थारू दोश्रो स्थानमा रहँदै नगद रु ६ हजार, मेडल, प्रमाणपत्र प्राप्त गरे। आदर्श सेकेण्डरी स्कुलका अजय बर्देवाले तृतीय स्थान प्राप्त गर्दै नगद रु ४ हजार, मेडल र प्रमाणपत्र हात पारेका छन्।
यसैगरी सञ्जीवनी उच्च मा. वि. धुलिखेलका सहदेव के.सि. चौथो, आदर्श सेकेण्डरी स्कुल, सानो ठिमीका अजय नेपाल पाँचौं, पृथ्वीनारायण उच्च मा. वि., तारकेश्वरका दिपेश उपाध्याय छैंटौं, अमन थारू ल्यावोटरी स्कूल, किर्तिपुरका अमन थारु सातौं स्थानमा रहेका छन्।
स्पर्धामा पृथ्वीनारायण उच्च मा.वि. तारकेश्वरका खेलाडीहरु संयोग के.सी., सुजित तामाङ्ग, सोफिक तामाङ क्रमश: आठौँ देखि दशौ स्थान ओगट्न सफल भएको छन्।
महिलातर्फ ल्यावोटरी स्कूल, किर्तिपुरका ऋतिका घिमिरे प्रथम बन्दै नगद रु ५ हजार, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्।
खेलमा आरोही सुवेदी द्वितीय बन्दै नगद रु ३ हजार, मेडल र प्रमाणपत्र पाइन् भने पृथ्वीनारायण उच्च मा. वि., तारकेश्वरका कोपिला तामाङ तृतिय बन्दै नगद रु २ हजार, मेडल र प्रमाणपत्र पाउन सफल भएका छन् ।
यसैबिच एक समारोहमा प्रमुख अतिथि ललितपुर महानगर पालिकाका मेयर चिरिबाबु महर्जनले विजेता खेलाडीहरूलाई पुरस्कृत गरेका छन् ।
समापन तथा पुरस्कार वितरण कार्यक्रममा मेयर चिरिबाबु महर्जनले नगद ३० हजार पुरस्कार हस्तान्तरण गर्दै प्रतियोगिताको प्रशंसा गरेका छन्।
मेयर चिरिबाबु महर्जनले ललितपुर महानगरपालिका आफ्नो योजना अनुसार सानो ठूलो परियोजनाहरु क्रमिक रूपमा सम्पन्न गर्दै अगाडि बढिरहेको जानकारी दिदै बुद्धिचाल खेलको धेरै अंश अनुशरण गरेको बताएका छन्।
उनले महानगरपालिकाको सानो गल्ली देखि ठूला ठूला पुरातात्विक पोखरी पुनःनिर्माण कार्य मार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कारवाट सम्मान पाउन सफल भएको जिकिर गरे।
नेपाल बुद्धिचाल महासंघका कोषाध्यक्ष ताराबहादुर रानाभाटको समेत उपस्थिति रहेको कार्यक्रममा ल्यावोटरी स्कूल(किर्तिपुर), नमुना मछिन्द्र उच्च मा.वि.(लगनखेल), सञ्जीवनी उच्च मा. वि.(धुलिखेल), पृथ्वीनारायण उच्च मा. वि.(तारकेश्वर), आदर्श सेकेण्डरी स्कुल (सानो ठिमी) र अपाङ्ग सेवा संघ (बुङ्ममति) का ५० जना दृष्टिविहिन खेलाडी सहभागिता रहेको थियो ।
प्रतियोगितामा नेपाल त्रिविसा संस्थाका संस्थापक रमिला पोखरेल र पभेलियन चेस एकेडेमीका संस्थापक सुशील चौधरीले दोश्रो संस्करण छिटै हुने जानकारी गराएका छन्।
"created": "2025-12-13T20:38:05.894831+05:45",
"news_slug": "Sandesh-syanbo"
"id": 4484,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "सुदूरपश्चिमलाई हराउँदै लुम्बिनी एनपिएल च्याम्पियन",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_7827.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_7827.jpeg",
"category": [
"id": 3,
"created": "2023-02-08T17:13:09.647250+05:45",
"modified": "2023-02-08T17:13:09.647269+05:45",
"created_np": "2079-10-25T17:13:09.647282+05:45",
"modified_np": "2079-10-25T17:13:09.647504+05:45",
"name": "Cricket",
"slug": "Cricket-nepal"
"season": null,
"content": "
सुदूरले दिएको ८६ रनको विजयी लक्ष्य लुम्बिनीले ९ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो।
यो सँगै सुदूर लगातार दोस्रोपल्ट एनपिएलको फाइनमा पराजित भएको छ।
"created": "2025-12-13T18:04:13.772354+05:45",
"news_slug": "Lions-winner-of-Nepal-premier-league"
"id": 4483,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "लुम्बिनीलाई एनपिएको उपाधि जित्न ८६ रनको विजयी लक्ष्य",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_7844.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_7844.jpeg",
"category": [
"id": 3,
"created": "2023-02-08T17:13:09.647250+05:45",
"modified": "2023-02-08T17:13:09.647269+05:45",
"created_np": "2079-10-25T17:13:09.647282+05:45",
"modified_np": "2079-10-25T17:13:09.647504+05:45",
"name": "Cricket",
"slug": "Cricket-nepal"
"season": null,
"content": "
त्रिवि क्रिकेट रंगशालामा टस जितेर पहिले ब्याटिङ थालेको सुदूरले १९.१ ओभरमै सबै विकेट गुमाए ८५ रन मात्रै पायो।
यो सँगै लुम्बिनी लायन्सले उपाधि जित्न ८६ रनको विजयी लक्ष्य पाएको हो।
"created": "2025-12-13T17:15:28.146772+05:45",
"news_slug": "Lumbini-lions-got-87"
"id": 4482,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "लाइजिगको हारले बायर्नलाई फाइदा",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_7807.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_7807.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
लाइपलिग भने एक खेल बढी खेलेर २९ अंकमा दोस्रोमा रह्यो । अब तेस्रोमा रहेको बोरुसिया डर्टमुन्डसामु लाइपजिगलाई उछिनेर दोस्रोमा उक्लने अवसर हुनेछ । डर्टमुन्डको १३ खेलबाट २८ अंक छ ।
एल्टेन फोरटेरेइमा भएको खेलमा बर्लिनका लागि ओलिभर बुरके, इलायस एनसाह रर टिम सारकेले गोल गरे । उसको १८ अंकमा भएको छ र १८ औं स्थानमा छ । लाइपजिगका लागि एक गोल टिडाम गोमिसले फर्काए ।
"created": "2025-12-13T07:17:08.481952+05:45",
"news_slug": "Leipzing-lost-Bayern-benefits"
"id": 4481,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "जिरोनाको पुर्नआगमन जित",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_7806.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_7806.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
सोसिडाड भने १६ अंकमा १४ औं स्थानमा रह्यो र यो हारले उसमाथि पनि रेलिगेसनको दबाब सिर्जना गरेको छ । रियल सोसिडाडले गोन्साले गुडेसको गोलले पहिलो हाफको ३५ औं मिनेटमा अग्रता लिएको थियो ।
तर त्यसलाई त्यसलाई कायम राख्न सकेन् । यस्तोमा भिक्टर सेन्कोभले दोस्रो हाफको ७६ र ८४ औं मिनेटमा दुई गोल गरे र जिरोना विजयी रह्यो ।
"created": "2025-12-13T07:12:27.192838+05:45",
"news_slug": "Girona-win"
"id": 4480,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "सिन्धुपाल्चोक एफसी र नेपालगञ्ज ‘सी’ डिभिजनमा बढुवा",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_7804.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_7804.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
सातदोबाटोस्थित एन्फा कम्लेक्समा शुक्रबार सम्पन्न सेमिफाइनलमा सिन्धुपाल्चोकले नव शिवशक्ति युवा क्लब र नेपालगञ्ज ११ ले मसुरिया फुटबल एकेडेमीलाई पराजित गर्दै फाइनलमा पुगेका हुन्। फाइनलमा पुग्ने क्लब नै ‘सी’ डिभिजनमा बढुवा हुने प्रावधान छ।
पहिलो सेमिफाइनलमा नेपालगञ्ज ११ ले मिसुरियालाई १–० ले पराजित गर्यो। नेपालगञ्ज ११ को जितमा खेलको ११औं मिनेटमा रोशन भुजेलले गरेक गोल नै निर्णायक बन्यो।
अर्को सेमिफाइनलमा भने सिन्धुपाल्चोकले शिवशक्तिलाई ४–२ ले पाखा लगायो। सिन्धुपाल्चोकको जितम अलिक श्रेष्ठ र निशान राईले समान २ गोल गरे।
शिवशक्तिका सुजनविक्रम लिम्बू र अभिषेक कुमारले समान १ गोल गरे। तर, टोलीलाई पर्याप्त रहेन।
"created": "2025-12-12T20:49:48.725084+05:45",
"news_slug": "Sindhupalchwok-nepalgunj-promoted-c-division"
"id": 4479,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "जनकपुर बोल्ट्स एकेडेमी खोल्ने",
"news_image_url": "https://app.nepalsportz.com/media/att.0HAlA2jzPVUAAbdVCAZaB32eKCT9HR0zatiri6prvrA.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/att.0HAlA2jzPVUAAbdVCAZaB32eKCT9HR0zatiri6prvrA.jpeg",
"category": [
"id": 3,
"created": "2023-02-08T17:13:09.647250+05:45",
"modified": "2023-02-08T17:13:09.647269+05:45",
"created_np": "2079-10-25T17:13:09.647282+05:45",
"modified_np": "2079-10-25T17:13:09.647504+05:45",
"name": "Cricket",
"slug": "Cricket-nepal"
"season": null,
"content": "
एकेडेमीको प्रमुख उद्देश्य रहनेछ, ग्रास रुट स्तरमा खेलाडी उत्पादनमा केन्द्रित हुने र भविष्यका स्टार खेलाडी जन्माउने । बोल्ट्सको प्रेस विज्ञप्तीमा भनेको छ, ‘एकेडेमीमा व्यवसायिक प्रशिक्षकसँगै आधुनिक प्रशिक्षण सुविधा हुने छ । यस्तै क्रिकेटमा आफ्नो भविष्य देख्नेलाई सही मार्गनिर्देशन दिने प्रयास हुनेछ ।’
यस एकेडेमीमा बोल्ट्सका मुख्य प्रशिक्षक शिवनारायण चन्द्रपउल पनि आवद्ध हुनेछन् । एकेडेमी खोल्ने घोषणा कार्यक्रममै अर्को सिजनका लागि नि उनी नै मुख्य प्रशिक्षक रहने बताएको थियो । चन्द्रपउलले त्यस अवसरमा एकेडेमी नै कुनै पनि देशको क्रिकेट विकासको आधार हुने बताए ।
"created": "2025-12-12T20:22:48.546462+05:45",
"news_slug": "Janakpur-Bolt-open-academy"
"id": 4478,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "भिल्लाको जित्ने क्रम जारी",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_7751.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_7751.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
अंक तालिकाको शीर्षमा रहेको लियोनले गो अहेड इगल्सलाई २–१ ले पराजित गर्यो । लियोनको पनि १५ अंक रहेको छ । सबै प्रतियोगितामा गरेर भिल्लाको यो लगातार आठौं जित हो ।
सिजनको सुरुमा खराव प्रदर्शन गरेको भिल्ला अहिले सबै प्रतियोगिताका १६ खेलमध्ये भिल्ला १४ मा जित निकाल्न सफल रहेको छ । बासेलविरुद्ध योरी टेलेमन्सले निर्णायक गोल गरे ।
अर्को प्रिमियर लिग क्लब नटिङघम फरेस्टले पनि एफसी उतरेट्चलाई २–१ ले हरायो । सेल्टिक भने एएस रोमाको हातबाट ३–० ले पराजित रह्यो ।
"created": "2025-12-12T07:15:44.700433+05:45",
"news_slug": "Villa-win-continues"
"id": 4477,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "ट्रान्सपोर्टसँग एपीएफको बराबरी",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_7745.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_7745.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
खेलमाथि पूर्ण प्रभुत्व राखे पनि एपीएफले निर्णायक आक्रमण बुन्न सकेन् । ट्रान्सपोर्टकी गोलरक्षक संगीता मोन्गरले उत्कृष्ट प्रदर्शन गरिन् र लगातार बचाउ गरिन् । यो नतिजापछि एपीएफ चार अंकमा दोस्रो स्थानमा रह्यो भने ट्रान्सपोर्ट दुई अंकमा चौथो स्थानमा रहिन् ।
इस्ट बंगाल छ अंकसहित शीर्ष स्थानमा छ । उसले दिनको पहिलो खेलमा कराँची एफसीलाई २–० ले पराजित गरेको थियो । कराँचीको भने तीन खेलबाट दुई अंक छ र तेस्रो स्थानमा छ ।
"created": "2025-12-11T20:20:40.858180+05:45",
"news_slug": "Transport-club-draw-with-APF"