HTTP 200 OK
Allow: GET, HEAD, OPTIONS
Content-Type: application/json
Vary: Accept
"count": 5189,
"next": "https://app.nepalsportz.com/news/?format=api&page=131",
"previous": "https://app.nepalsportz.com/news/?format=api&page=129",
"results": [
"id": 2642,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "जिरोनामाथि पिएसजीको जित",
"news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_1468.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_1468.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । पेरिस सेन्ट जर्मेन (पिएसजी)ले युईएफए च्याम्पियन्स लिगमा जिरोनालाई पराजित गरेको छ। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">बुधबार राति भएको खेलमा जिरोनाबाट अन्तिम मिनेटमा आत्माघाति गोल हुँदा पिएसजीले महत्वपूर्ण तीन अंक जोड्यो। बराबरीतर्फ उन्मुख खेलमा ९०औं मिनेटमा गोल भएको हो। पौलो गाजानिगाले आफ्नै पोष्टमा गोल गरेका हुन्।
<span style=\"-webkit-text-size-adjust: 100%;\">च्याम्पियन्स लिगमा डेब्यु गरेको जिरोना ला लिगा सिजन २०२३–०२४ मा सानदार प्रदर्शन पछि च्याम्पियन्स लिगको लागि छनोट भएको हो।
"created": "2024-09-19T08:37:50.408321+05:45",
"news_slug": "PSG-win-over-girona"
"id": 2641,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "म्यानचेष्टर सिटी बराबरीमा रोकियो",
"news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_1467.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_1467.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । इंग्लिस क्लब म्यानचेष्टर सिटी युइएफए च्याम्पियन्स लिगको पहिलो खेलमै इन्टर मिलानसँग बराबरीमा रोकिएको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">घरेलु मैदान इत्तिहादमा बुधबार राति भएको खेलमा सिटी गोलरहित बराबरीमा रोकिएको हो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">यो नजितासँगै सिटी पाँच वर्षपछि घरेलु मैदानमा इन्टर मिलानसँग गोलरहित बराबरीमा रोकिन बाध्य भयो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">पहिलो खेलमै बराबरी खेलेपछि सिटी ३६ टोली सहभागी लिगको १४औं स्थानमा छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">इन्टरका गोलकिपर यान समरले आधा दर्जन भन्दा बढी प्रहार रोक्दै इन्टरको संकट टारेका थिए।
"created": "2024-09-19T08:31:14.866314+05:45",
"news_slug": "City-draw-with-inter"
"id": 2640,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "गुलसनको अलराउन्ड प्रदर्शनका बाबजुत नेपाल ओमानसँग पराजित",
"news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_1466.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_1466.jpeg",
"category": [
"id": 3,
"created": "2023-02-08T17:13:09.647250+05:45",
"modified": "2023-02-08T17:13:09.647269+05:45",
"created_np": "2079-10-25T17:13:09.647282+05:45",
"modified_np": "2079-10-25T17:13:09.647504+05:45",
"name": "Cricket",
"slug": "Cricket-nepal"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । युवा अलराउन्ड गुलसन झाको उच्च प्रदर्शनको बाबजुत नेपाल आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजमा ओमानसँग पराजित भएको छ। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">क्यानडाको किङ्ग सिटीमा बिहीवार बिहान सम्पन्न खेलमा नेपाल ओमानसँग १ विकेटले पराजित भएको हो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">नेपालले दिएको २२१ रनको लक्ष्य ओमानले ४९.५ ओभरमा ९ विकेट गुमाएर पूरा गर्यो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">ओमानका लागि ओपनर जतिन्दर सिंहले ४९ बलमा सर्वाधिक ४१ रन बनाएका थिए। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">ओमानका अर्का ओपनर कश्यप प्रजापतीले ५२ बलमा ३६ रन जोडे। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">कप्तान अकिब इल्यमसलाई ओमानले तेस्रो विकेटका रुपमा गुमाएको थियो। इल्यास ३३ बलमा २९ रन बनाउदै आउट भएका हुन्। प्रतिक अथाभाले र सोयब खानले समान २६ तथा खलिद कैलले १७ रन जोडे। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">नेपालका लागि गुलसन झाले १० ओभरमा ४७ रन खर्चिएर ५ विकेट लिए। करण केसीले २ तथा आरिफ शेख र सन्दीप लामिछानेले समान १ विकेट लिए।
<span style=\"-webkit-text-size-adjust: 100%;\">त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले रोहित पौडेल र गुलसन झाको अर्धशतकमा ५० ओभरमा ९ विकेट गुमाएर २२० रन बनाएको थियो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">नेपालका लागि कप्तान रोहितले ७२ बलमा २ चौका र ४ छक्काको सहयोगमा ६० रन जोडे। झाले ३५ बलमा ३ चौका र ५ छक्काको सहयोगमा ५३ रन बनाएका थिए।
<span style=\"-webkit-text-size-adjust: 100%;\">३१ बनाउदा ३ विकेट गुमाएर संकटमा परेको नेपालका लागि कप्तान रोहित र आरिफ शेख मिलेर चौथो विकेटका लागि ८३ रनको महत्वपुर्ण साझेदारी गरे। आरिफले ८८ बलमा ३५ रन बनाउँदै आउट भए।
<span style=\"-webkit-text-size-adjust: 100%;\">सोमपाल कामी ८ बलमा २० रनमा आउट हुँदा सन्दीप लामिछाने ११ रनमा नट आउट रहे। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">ओमानका लागि फैयज बट, अकिब इल्यास र कलिमुल्लाहले समान २ तथा सोयब खान र सकिल अहमदले समान १ विकेट लिए। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">जितसँगै ओमान ५ खेलमा ५ अंकका साथ छटौं स्थानमा छ। पराजित नेपालको ६ खेलमा २ अंकका साथ सातौं स्थानमा छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">जारी त्रिकोणात्मक सिरिजमा नेपाल र ओमानको साथै क्यानडाको पनि सहभागिता छ। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">यसअघि गत मंगलवार भएको पहिलो खेलमा पनि नेपाल घरेलु टोली क्यानडासँग पराजित भएको थियो। नेपाल क्यानडासँग १०३ रनको फराकिलो अन्तरले पराजित भएको थियो।
"created": "2024-09-19T07:52:20.231052+05:45",
"news_slug": "Nepal-lost-with-oman"
"id": 2639,
"author": {
"id": 164,
"first_name": "Abhinav",
"last_name": "Joshi"
"title": "गत विजेता वडा १४ को विजयी सुरुआत",
"news_image_url": "https://cdn.nepalsportz.com/media/459047496_1091991069283936_4562672976625635229_n.jpg",
"news_image_file": "https://app.nepalsportz.com/media/459047496_1091991069283936_4562672976625635229_n.jpg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
<span style=\"background-color: rgb(240, 240, 240);\"><font color=\"#080809\" face=\"Placeholder Font, system-ui, -apple-system, BlinkMacSystemFont, .SFNSText-Regular, sans-serif\"><span style=\"font-size: 15px; white-space: pre-wrap;\">दोस्रो प्रयागराज सिंह सुवाल स्मृति अन्तर वडा फुटसल प्रतियोगितामा उपाधि रक्षा अभियानमा रहेको वडा नं १४ ले बुधबार विजयी सुरुआत गरेको छ । सोही दिन भएको अन्य खेलमा वडा नं ३, वडा नं २० र वडा नं १० ले पनि आआफ्नो खेलमा जित हात पारेर प्रिक्वाटरफाइनलमा स्थान बनाउन सफल भए ।\r\nलैनचौर फुटसल मैदानमा वडा १४ ले वडा १५ लाई १–० ले हरायो । सो खेलमा रुपक हमालको गोल निर्णायक बनेको हो । रुपकनै म्यान अफ दि म्याच घोषित हुनुभयो । यसैगरी वडा ३ ले वडा ३0 लाई ७–० को फराकिलो अन्तरले हरायो । विजयी टिमका सुजन महर्जनले चार, प्रज्वल भट्टले दुई तथा अनुराग श्रेष्ठले एक गोल गर्नुभयो । ह्याट्रिकसहित चार गोल गर्ने सुजन म्यान अफ दि म्याच बन्नुभयो ।\r\nवडा २० ले वडा २९ लाई २–० ले पराजित गर्यो । वडा २० का लागि दुवै गोल युनिक मान डङ्गोलले गर्नुभयो । युनिकनै उत्कृष्ट खेलाडी चुनिनुभयो । बुधबारको अन्तिम खेलमा इम्रोज श्रेष्ठको गोलको सहयागमा वडा नं १० ले लडा नं २ लाई १–० ले निराश बनायो । सो खेलमा इम्रोजले उत्कृष्ट खेलाडीको पुरस्कार पाउनुभयो ।
"created": "2024-09-18T20:33:02.984273+05:45",
"news_slug": "PRAYAGRAJSINGHSUWAL"
"id": 2638,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "दशरथ रंगशालामा एसिया रग्बी हुने",
"news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_1453.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_1453.jpeg",
"category": [
"id": 6,
"created": "2023-02-25T05:35:16.095163+05:45",
"modified": "2023-02-25T05:43:41.832025+05:45",
"created_np": "2079-11-13T05:43:41.832036+05:45",
"modified_np": "2079-11-13T05:43:41.832254+05:45",
"name": "Other Sports",
"slug": "other-sports"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । आगामी असोजको तेस्रो साता काठमाडौंमा आयोजना हुने महिला तथा पुरुष एसिया रग्बी सेभेन्स ट्रफीमा १७ राष्ट्रले प्रतिस्पर्धा गर्ने भएको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">एसिया रग्बीको आयोजना तथा नेपाल रग्बी संघको व्यवस्थापनमा असोज १८ र १९ गते नेपालमा एसिया रग्बीको ठूलो प्रतियोगिता हुन लागेको हो। यसअघि नेपाल रग्बी संघले यसअघि सन् २०२२ मा एसिया रग्बी यु–१८ सेभेन्स र सन् २०२३ मा एसिया रग्बी यु–२० सेभेन्सको आयोजना गरिसकेको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">नेपाल रग्बी संघले त्रिपुरेश्वरस्थित नेपाल खेलकुद पत्रकार मञ्चमा पत्रकार पत्रकार सम्मेलन गर्दै एसिया रग्बी सेभेन्स ट्रफीको बारेमा जानकारी दिएको हो। यसपल्ट एसिया रग्बी सेभेन्स ट्रफीका खेलहरू त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछन्।
<span style=\"-webkit-text-size-adjust: 100%;\">ट्रफीमा पुरुषतर्फ १४ र महिलामा आठ राष्ट्रले प्रतिस्पर्धा गर्दैछन्। यसअघि १८ देशले नेपालमा हुने एसियाली रग्बीको आयोजनामा चुनौती प्रस्तुत गर्ने पक्का भए पनि अन्तिम समयमा भिसा प्राप्त गर्न नसक्दा इरान सहभागी नहुने भएको छ। यद्यपि, ट्रफीमा विभिन्न देशका गरी कुल ४५० भन्दा धेरै खेलाडी तथा अफिसियलले सहभागिता जनाउने संघका अध्यक्ष दीपक देवकोटाले जानकारी दिए। दुवै तर्फत विजेताले ट्रफी र मेडल प्राप्त गर्नेछन्। दोस्रो र तेस्रो स्थान हासिल गर्ने टोलीले पनि पदक पाउनेछन्।
<span style=\"-webkit-text-size-adjust: 100%;\">रग्बी संघका महासचिव गोविन्दबहादुर घिमिरेले यो प्रतियोगिता ओलम्पिक छनोटको माध्यमसमेत रहेको उल्लेख गरे। साथै उनले एसियन गेम्स खेल्न एसिया रग्बी सेभेन्स खेल्नै पर्ने प्रावधान रहेको बताएका छन्। संघले एसिया रग्बी सेभेन्सको तयारीका लागि न्युजिल्यान्डका अनुभवी प्रशिक्षक मुरे पउल स्टुर्टलाई नियुक्त गरेको थियो। मुरेको प्रशिक्षणमा नेपालका दुवै टोलीले भक्तपुरमा दुई महिना प्रारम्भिक प्रशिक्षण र पोखरामा बन्द प्रशिक्षण गरी पछिल्लो दुई महिनादेखि तयारी गरिरहेको संघका महासचिव घिमिरेले जानकारी दिए।
<span style=\"-webkit-text-size-adjust: 100%;\">यसै प्रतिस्पर्धाका लागि नेपालका दुवै टोलीतर्फ १६ सदस्यीय खेलाडी घोषणा भैसकेको छ। नेपालले यस प्रतियोगितामा बल च्याम्पियनसिपको उपाधिसँगै एसियाली वरीयतामा पनि सुधार गर्ने लक्ष्य राखेको छ। यसअघि एसिया रग्बीका खेल दशरथ रंगशालामा आयोजना नगर्न प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशन भएको चर्चा चलेको थियो। यद्यपि, पत्रकार सम्मेलनमा संघका अध्यक्ष देवकोटाले यसअघि गलत सूचना पुगेको र अहिले नेपाल रग्बी संघसहित खेलाडीसँगको भेटपछि प्रधानमन्त्री सकरात्मक रहेको बताए।
<span style=\"-webkit-text-size-adjust: 100%;\">उनले विश्वकप फुटबल नै हुने मैदानमा रग्बीको विश्वकपलगायत अन्य प्रतियोगिता हुने गरेको प्रष्ट्याएका छन्। प्रतियोगिताको अनुमानित बजेट करिब २ करोड २० लाख रुपैयाँ रहेको नेपाल रग्बी संघले जानकारी दियो।
"created": "2024-09-18T20:08:54.139647+05:45",
"news_slug": "Dasharath-stadium-rugby"
"id": 2637,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "कर्णालीको पहिलो जित, पुलिस हारबाट जोगियो",
"news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_1452.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_1452.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । कर्णाली प्रदेशले जारी एन्फा महिला लिगमा पहिलो जित हासिल गरेको छ भने विभागीय टोली नेपाल पुलिस क्लब बराबरीमा रोकिएको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार भएको खेलमा कर्णालीले सुदूरपश्चिम प्रदेशलाई ३–० ले पराजित गरेको हो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">कर्णालीको जितमा भूमिका बुढाथोकी, गरिमा राई र वर्षा ओलीले गोल गरिन्।
<span style=\"-webkit-text-size-adjust: 100%;\">जितसँगै ६ खेलमा चार अंक जोडेको कर्णाली नवौं तथा ६ खेलमा पराजित सुदूरपश्चिम विना अंक पुछारमा छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">खेलको २४औं मिनेटमा भूमिकाको गोलमार्फत कर्णालीले अग्रता लिएको थियो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">बुधबारै सम्पन्न पहिलो खेलमा खेलमा विभागीय टोली नेपाल पुलिस क्लब चन्द्रपुर नगरपालिकासँग गोलरहित बराबरीमा रोकियो छ। गोलकिपर उषा नाथले पेनाल्टी बचाउँदा पुलिस चन्द्रपुर नगरपालिकासँग हार जेगिएको हो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">६ खेल सकिँदा पुलिस १२ अंकका साथ तेस्रो र चन्द्रपुर समान खेलबाट सात अंक जोड्दै छैटौं स्थानमा यथावत छन्।
"created": "2024-09-18T19:03:36.024153+05:45",
"news_slug": "Karnali-first-win"
"id": 2636,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "१२औं एनएसए कप पौडी प्रतियोगिता हुने",
"news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_1428_Om7kRJQ.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_1428_Om7kRJQ.jpeg",
"category": [
"id": 6,
"created": "2023-02-25T05:35:16.095163+05:45",
"modified": "2023-02-25T05:43:41.832025+05:45",
"created_np": "2079-11-13T05:43:41.832036+05:45",
"modified_np": "2079-11-13T05:43:41.832254+05:45",
"name": "Other Sports",
"slug": "other-sports"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । आगामी असोजको तेस्रो सातामा १२औं एनएसए कप पौडी प्रतियोगिता हुने भएको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">नेपाल पौडी संघको आयोजनामा आगामी असोज १३ र १४ गते सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरको आउटडोर पौडी पोखरीमा प्रतियोगिता सञ्चालन हुन लागेको हो। यो प्रतियोगिता २०३८ सालदेखि नियमित (कोभिड महामारीबाहेक) हुँदै आएको छ। बुधबार संघले पत्रकार सम्मेलन आयोजना गर्दै प्रतियोगिताबारे जानकारी दिएको हो। प्रतियोगितामा विभिन्न विद्यालय, पौडी क्लब र प्रदेशबाट कुल तीन सय ५० खेलाडीले प्रतिस्पर्धा गर्ने संघले जानकारी दिएको छ। खुला (महिला÷पुरुष) र विभिन्न उमेरसमूह (महिला÷पुरुष) गरी कुल ७२ वटा स्पर्धामा प्रतिस्पर्धा हुनेछन्।
<span style=\"-webkit-text-size-adjust: 100%;\">संघले यस प्रतियोगिताबाट नेपाली पौडी खेलाडीको वृत्ति विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुका साथै अन्तर्राष्ट्रिय प्रतिस्पर्धाअगाडि आफूलाई प्रमाणित गर्ने अवसरसमेत रहेको विश्वास लिएको छ। यस प्रतियोगितामार्फत नयाँ प्रतिभाको प्रस्फुटन, उत्कृष्ट खेलाडीको मनोबल र उमेरसमूहमा पौडी खेलको पहुँचलगायत अपेक्षा गरिएको छ। उत्कृष्ट प्रदर्शनसँगै खेलाडीको नयाँ राष्ट्रिय कीर्तिमान पनि बन्ने आशा संघले लिएको छ। राष्ट्रिय कीर्तिमान कायम गर्ने खेलाडीलाई नयाँ कायम समयका आधारमा पुरस्कृत गरिने भएको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">एक सेकेन्डभन्दा कम समय भएमा पाँच हजार र एक सेकेन्डदेखि तीन सेकेन्ड समय सुधार गर्ने खेलाडीले १० हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन्। तीन सेकेन्डभन्दा माथि राष्ट्रिय कीर्तिमान कायम गर्ने खेलाडीले २०,००० हजार नगद पुरस्कार प्रदान गरिने संघले उल्लेख गरेको छ। प्रत्येक उमेरसमूह र खुलामा सहभागी खेलाडीमध्ये उत्कृष्ट महिला र पुरुष खेलाडीले जनही पाँच हजार नगद पुरस्कारको पाउनेछन्। वर्ष उत्कृष्ट एक खेलाडीलाई विशेष पुरुस्कारबाट सम्मानित गरिनेछ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">नेपाल पौडी संघले आयोजना गर्ने प्रत्येक प्रतियोगितामा एक जना ओलम्पियनलाई क्रमशः नगदसहित सम्मान गर्ने सुरुआत गरिने भएको छ। यो प्रतियोगिताबाट हंगेरीको बुढापेस्टमा आयोजना हुने वल्र्ड एक्वेटिक्स स्विमिङ च्याम्पियनसिपमा खेल्ने नेपाली खेलाडीको छनोटसमेत गरिने संघका अध्यक्ष जगतमान श्रेष्ठले जानकारी दिए।
"created": "2024-09-18T16:36:26.773523+05:45",
"news_slug": "NSJF-Swimming-contest"
"id": 2635,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "चितवन शक्तिले ट्यालेन्ट हन्टबाट खेलाडी ल्याउने",
"news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_1427.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_1427.jpeg",
"category": [
"id": 4,
"created": "2023-02-08T17:13:28.632012+05:45",
"modified": "2023-02-08T17:13:28.632034+05:45",
"created_np": "2079-10-25T17:13:28.632047+05:45",
"modified_np": "2079-10-25T17:13:28.632269+05:45",
"name": "Volleyball",
"slug": "volley-ball"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । एभ्रेष्ट महिला भलिबल लिग(इडब्ल्युभीएल)को टिम चितवन शक्तिले असोज ७ गते चितवनमा ट्यालेन्ट हन्ट गर्ने भएको छ। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">चितवन शक्तिले चीतवन वडा नम्बर २२ पटहिनी कर्भड हलमा बिहान १० देखि ५ बजेसम्म छनोट कार्यक्रम गर्नेछ। छनोटका लागि चितवन शक्तिका प्रमुख प्रशिक्षक रहेका अर्जुन घिमिरे र चितवन शक्तिकी मार्की प्लेअर तथा राष्ट्रिय महिला भलिबल टिमकी कप्तान अरुणा शाहीले निर्णायकको भूमिका खेल्नेछन्। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">खेलाडीले चितवन शक्तिले गर्न लागेको छनोट कार्यक्रमका लागि दर्ता गर्न चितवनको स्थानीय बासिन्दा हुनुपर्नेछ। कुनै पनि उमेरको हदबन्दी नभएको महिला खेलाडी हुनु पर्नेछ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">खेलाडीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी नभएको हुनु पर्नेछ। खेलाडीले असोज १४ देखि १९ सम्म चितवन शक्तिको टिममा रही पहिलो संस्करणको वात्सल्य एभ्रेष्ट महिला भलिबल लिग खेल्ने अवसर प्राप्त गर्नेछ।
"created": "2024-09-18T16:22:53.482165+05:45",
"news_slug": "Chitwan-Shakti"
"id": 2634,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "पलेशालाई काठमाडौं जिल्ला तेक्वान्दोसहित ३ संस्थाको सम्मान",
"news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_1426.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_1426.jpeg",
"category": [
"id": 7,
"created": "2023-02-25T05:44:03.143831+05:45",
"modified": "2023-02-25T05:44:03.143852+05:45",
"created_np": "2079-11-13T05:44:03.143865+05:45",
"modified_np": "2079-11-13T05:44:03.144117+05:45",
"name": "Martial Arts",
"slug": "martial-arts"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । काठमाडौं जिल्ला तेक्वान्दो संघले पेरिस २०२४ पारालिम्पिककी ऐतिहासिक कांस्य विजेता तेक्वान्दोकी पलेशा गोवर्धनलाई बुधबार नगदसहित सम्मान गरेको छ ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">पलेशालाई १ लाख ३८ हजार नगदसहित प्रशंसा पत्रबाट सम्मान गरिएको काठमाडौं जिल्ला तेक्वान्दो संघका सचिव गौरव रजकले जनाएका छन् । प्रशिक्षक कविराज नेगी लामालाई ५८ हजार तथा पेरिस पारालिम्पिकमै सहभागी तेक्वान्दो खेलाडी भरतसिंह महतालाई १० हजार नगदसहित प्रशंसा पत्र प्रदान गरियो । व्यवस्थापक रामचन्द्र श्रेष्ठ प्रशंसा पत्रबाट सम्मानित भए । पलेशाका पिता प्रदिपलाई मायाको चिनो प्रदान गरिएको थियो ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">बनस्थलीस्थित सिद्धार्थ बनस्थली इन्टिच्युतमा भएको कार्यक्रममा नेपाल च्याम्बर अफ कमर्सका सदस्य एवं च्याम्बरअन्तर्गत शिक्षा तथा खेलकुद उपसमितिका अध्यक्ष रुपकराज बन्सी, काठमाडौं जिल्ला तेक्वान्दो संघका अध्यक्ष विक्रम खड्गीलगायतले एक कार्यक्रमबीच सम्मान गरे । 
<span style=\"-webkit-text-size-adjust: 100%;\">सोही अवसरमा सिद्धार्थ बनस्थली इन्टिच्युतले पनि पलेशालाई छुट्टै नगदसहित सम्मान गरेको थियो । प्रिन्सिपल बन्सीले पलेशालाई ५० हजार नगदसहित सम्मान गरे । बुधबारै काठमाडौं महानगरपालिका वडा ८ ले पनि पलेशा र प्रशिक्षक लामालाई नगदसहित सम्मान ग¥यो । वडा अध्यक्ष आसामान संगतले दुवैलाई जनही ५१ हजार प्रदान गरी सम्मान गरे।
"created": "2024-09-18T16:00:03.655258+05:45",
"news_slug": "Palesha-honoured-by-Kathmandu-district"
"id": 2633,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "विश्वकप लिग–२ : नेपाल र ओमान भिड्दै",
"news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_1365.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_1365.jpeg",
"category": [
"id": 3,
"created": "2023-02-08T17:13:09.647250+05:45",
"modified": "2023-02-08T17:13:09.647269+05:45",
"created_np": "2079-10-25T17:13:09.647282+05:45",
"modified_np": "2079-10-25T17:13:09.647504+05:45",
"name": "Cricket",
"slug": "Cricket-nepal"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ को त्रिकोणत्मक सिरिज अन्तर्गत नेपालले आज ओमानसँग खेल्दैछ। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">क्यानडाको किङ्ग सीटीमा हुने यो खेल नेपाली समयअनुसार आज राति पौने ९ बजे शुरू हुनेछ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">यसअघि नेपाल आइतबार आफ्नो पहिलो खेलमा घरेलु टोली क्यानडासँग १०३ रनले पराजित भएको थियो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">क्यानडा नौ खेलमा पाँच जित र चार हारका साथ १० अंकसहित तालिकाको दोस्रो स्थानमा छ। नेपाल पाँच खेलमा एक जीत र चार हारका साथ २ अंकसहित तालिकाको सातौँ स्थानमा छ। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">ओमान ४ खेलमा १ जीत र २ हारका साथ ३ अङ्कसहित छैटौँ स्थानमा छ। नेदरल्यान्ड्स आठ खेलमा १२ अङ्कका साथ शीर्ष स्थानमा छ।
विश्वकप सन् २०२७ को छनोटको रुपमा रहेको लिग–२ मा आठ टोलीको सहभागीता छ। नेपालले तेस्रो खेलमा असोज ६ गते क्यानडासँग र चौथो खेलमा असोज ८ गते ओमानसँग खेल्नेछ।
"created": "2024-09-18T11:39:39.295871+05:45",
"news_slug": "Nepal-vs-Oman-cecL2"
"id": 2632,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "एसी मिलान पराजित",
"news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_1364.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_1364.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । एसी मिलान युइएफए च्याम्पियन्स लिगमा पराजित भएको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">घरेलु मैदान सान सिएरो रंगशालामा मंगलबार भएको खेलमा लिभरपुलसँग ३–१ ले पराजित भएको हो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">पाहुना टोली लिभरपुलको जितमा इब्राहिमा कोनाटे, कप्तान भर्गिल भान डाइक र डोमिनिक स्जोबोस्जलाइले गोल गरे। यता, मिलानका लागि क्रिस्टियन पुलिसिकले गरेको सन्त्वना बन्यो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">खेलको तेस्रो मिनेटमै पुलिसिकको गोलमार्फत मिलानले अग्रता लिएको थियो। तर उसले त्यसलाई जोगाउन भने सकेन।
"created": "2024-09-18T10:30:28.730203+05:45",
"news_slug": "Ac-Milan-defeated-by-Liverpool"
"id": 2631,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "जाग्रेबको पोस्टमा बायर्नले गर्यो ९ गोल",
"news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_1363.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_1363.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । बायर्न म्युनिखले डिनामो जाग्रेबमाथि ९–२ गोलको फराकिलो जित हासिल गरेको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">युइएफए च्याम्पियन्स लिगको पहिलो खेलमा घरेलु मैदान एलियान्ज रंगशालामा मंगलबार बायर्नको जितमा ह्यारी केनले चार, माइकल ओलीसेले दुई तथा राफेल गुरेरो, लिरोय साने र लियोन गोरेट्जकाले समान एक गोल गरे। यता, जाग्रेबका लागि ब्रुनो पेट्कोभिच र टाकिया ओगिवाराले गरेको गोल सान्त्वना बन्यो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">खेलको १९औं मिनेटमा केनको गोलमार्फत बायर्नले अग्रता लिएको थियो। ३३औं मिनेटमा गुरेरोले टोलीको अग्रता दोब्बर बनाएका थिए।
"created": "2024-09-18T10:26:05.696844+05:45",
"news_slug": "Bayern-9-goals-uefa"
"id": 2630,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "च्याम्पियन्स लिगमा रियलको विजयी सुरुआत",
"news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_1362.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_1362.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । साविक विजेता रियाल मड्रिडले युइएफए च्याम्पियन्स लिगमा विजयी सुरुआत गरेको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">घरेलु मैदान सान्टियागो बर्नाबेउमा मंगलबार राति सम्पन्न खेलमा रियालले स्टुटगार्टलाई ३–१ गोलले पराजित गरेको हो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">रियालको जितमा किलियन एमबाप्पे, एन्टोनियो रुडिगर र एन्ड्रिकले गोल गरे। स्टुटगार्टका लागि डेनिज युन्डेभले गोल फर्काए।
<span style=\"-webkit-text-size-adjust: 100%;\">दोस्रो हाफको सुरुआतमै एमबाप्पेको गोलमार्फत रियालले अग्रता लिएको थियो। ६८औं मिनेटमा युन्डेभले स्टुटगार्टका लागि बराबरी गोल गरे।
<span style=\"-webkit-text-size-adjust: 100%;\">निर्धारित समय सकिन सात मिनेट बाँकी रहँदा रुडिगरले गोल गर्दा रियाल २–१ ले अगाडि बढाए। इन्जुरी समयमा एन्ड्रिकले गोल गर्दै रियाललाई सुखद सुरुआत दिलाए।
<span style=\"-webkit-text-size-adjust: 100%;\">लिग अन्तर्गतकै अन्य खेलमा बायर्न म्युनिखले डिनामो जाग्रेबलाई ९–२, स्पोर्टिङ सिपी लिस्बनले लिललाई २–०, एस्टन भिल्लाले योङ ब्वाइजलाई ३–० तथा लिभरपुलले एसी मिलान र युभेन्टसले पिएसभीलाई समान ३–१ ले पराजित गरे ।
"created": "2024-09-18T10:23:04.306338+05:45",
"news_slug": "Real-Madrid-champions-league-win"
"id": 2629,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "टोखा मेयर कप मनमैजु टिम च्याम्पियन",
"news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_1345.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_1345.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । मनमैजु डोजो प्रथम टोखा मेयर कप वादोरियो कराते प्रतियोगितामा मंगलबार टिम च्याम्पियन बनेको छ। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">गोंगबुस्थित काठमाडौं युरो स्कुलमा भएको प्रतियोगितामा ५ स्वर्ण, १ रजत र ३ कांस्यसाथ मनमैजु टिम च्याम्पियन बन्यो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">नेपाल वादोरियो कराते डो संघको प्राविधिक सहयोग तथा नेपाल वादोरियो कराते डो संघ, टोखा डोजोद्वारा आयोजित प्रतियोगितामा गोदावरी डोजो दोश्रो भयो। गोदावरीले ३ स्वर्ण, ५ रजत र ४ कांस्य जित्यो। तेश्रो स्थानको गोंगबु डोजोले ३ स्वर्ण, ३ रजत र २ कांस्य हात पा¥यो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">पुरुषमा टोखा भैरवका सुजिt तामाङ तथा महिलामा योङ हार्ट्सकी प्राश्ना केसी उत्कृष्ट खेलाडी घोषित भए। पशुपति डोजो अनुशासित टिम ठहरियो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">विजेतालाई प्रदेश खेलकुद विकास बोर्ड, कोशी प्रदेशका सदस्य–सचिव कृष्ण बस्नेत, नेपाल वादोरियो कराते डो संघका अध्यक्ष एवं नेपाल कराते महासंघका वरिष्ठ उपाध्यक्ष हरिशरण केसीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे।
<span style=\"-webkit-text-size-adjust: 100%;\">टोखा नगरपालिकाको सहयोगमा भएको प्रतियोगितामा २५ टिमका ३ सय ५० खेलाडीले २१ स्पर्धामा प्रतिस्पर्धा गरेको नेपाल वादोरियो कराते डो संघका कोषाध्यक्ष पुरुषोत्तम पोखरेलले जनाएका छन्।
"created": "2024-09-17T22:10:38.322703+05:45",
"news_slug": "Tokha-mayor-cup"
"id": 2628,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "स्केट बोर्ड र रोलर स्केट असोज ४ र ५ गते",
"news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_1344.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_1344.jpeg",
"category": [
"id": 6,
"created": "2023-02-25T05:35:16.095163+05:45",
"modified": "2023-02-25T05:43:41.832025+05:45",
"created_np": "2079-11-13T05:43:41.832036+05:45",
"modified_np": "2079-11-13T05:43:41.832254+05:45",
"name": "Other Sports",
"slug": "other-sports"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । बाग्मती प्रदेश स्केटिङ एन्ड स्केट बोर्डिङ संघको आयोजनामा यहि असोज ४ र ५ गते काठमाडौंमा ‘जाम जाम स्केट जाम’ स्केटबोर्ड प्रतियोगिताको आयोजना हुने भएको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">प्रतियोगितामा स्केट बोर्ड र रोलर स्केट गरी दुई विधामा आयोजना हुने र त्यसमा सातै प्रदेशका १ सय ७० खेलाडीहरुले प्रतिस्पर्धा गर्ने मंगलवार आयोजित पत्रकार सम्मेलनमा बागमति प्रदेश स्केटबोर्डका अध्यक्ष प्रकाश श्रेष्ठले जानकारी दिए।
<span style=\"-webkit-text-size-adjust: 100%;\">थापाथली स्थित इन्जिनियरिङ कलेजमा हुने रोलर स्केटमा १०० प्रतिस्पर्धी हुनेछन् भने स्केट बोर्ड पुल्चोक क्याम्पसको कोर्टमा हुनेछ। जसमा ७० खेलाडीहरु सहभागी हुनेछन्।
<span style=\"-webkit-text-size-adjust: 100%;\">प्रतियोगिता खुल्ला रुपमा हुने र त्यसमा पुरुष र महिला दुबैले एउटै इभेन्टसमा बराबरी रुपमा तिस्पर्धा गर्नुपर्ने पनि आयोजकले जनाएको छ।
 <span style=\"-webkit-text-size-adjust: 100%;\">खेलको शीर्ष चार स्थानमा आउने खेलाडीले क्रमश: ३० हजार, १५ हजार, १० हजार र ५ हजार रुपैया पुरस्कार प्राप्त गर्नेछन्। प्रतियोगिताको कुल अनुमानित वजेट ८ लाख रुपैंया रहेको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">पत्रकार सम्मेलनमा संघका केन्द्रीय अध्यक्ष अच्युत खनालले स्थानीय पालिकाहरुसंग खेलको बिकासका लागि समन्वय गर्दै अघि वढ्ने नीति अनुरुप काठमाडौं महानगरपालिकाबाट स्केट बोर्डको पुर्वाधार बनाउन जग्गा प्राप्त भइसकेको बताए। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">संघले आवश्यक खेल पुर्वाधार निर्माण गर्न पहल थालिसकेको पनि अध्यक्ष खनालले बताए।
"created": "2024-09-17T22:07:38.858354+05:45",
"news_slug": "Skateboarding"
"id": 2627,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "कोशीविरुद्ध आर्मीको सहज जित",
"news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_1343.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_1343.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । एन्फा महिला लिगमा विभागीय त्रिभुवन आर्मी क्लबले सहज जित हासिल गरेका छन्।
<span style=\"-webkit-text-size-adjust: 100%;\">सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको दिनको दोस्रो खेलमा आर्मीले कोशी प्रदेशविरुद्ध ५–० को सहज जित हासिल गरेको थियो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">आर्मीको जितमा विमला चौधरी र अनिता लम्जेलले समान दुई तथा हिमा चौधरीले एक गोल गरे।
<span style=\"-webkit-text-size-adjust: 100%;\">खेलको आठौं मिनेटमा विमलाको गोलमार्फत आर्मीले अग्रता लिएको थियो। दुई मिनेटपछि उनैले टोलीको अग्रता दोब्बर बनाइन्।
<span style=\"-webkit-text-size-adjust: 100%;\">हिमाले २१औं मिनेटमा गोल गर्दा आर्मी ३–० ले अगाडि बढ्यो। ३८औं मिनेटमा अनिताले टोलीका लागि चौथो गोल गरिन्। अतिनाले ६०औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै आर्मीलाई सहज जित दिलाइन्। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">जितसँगै ६ खेलमा १३ अंक जोडेको आर्मी दोस्रो स्थानमा उक्लिएको छ। दोस्रो पराजय ब्यहोरेको कोशी समान खेलबाट १० अंकका साथ चौथो स्थानामा कायम छ।
"created": "2024-09-17T22:05:06.730498+05:45",
"news_slug": "Army-beats-koshi"
"id": 2626,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "पुलिस लगातार तेस्रो जित",
"news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_1307.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_1307.jpeg",
"category": [
"id": 4,
"created": "2023-02-08T17:13:28.632012+05:45",
"modified": "2023-02-08T17:13:28.632034+05:45",
"created_np": "2079-10-25T17:13:28.632047+05:45",
"modified_np": "2079-10-25T17:13:28.632269+05:45",
"name": "Volleyball",
"slug": "volley-ball"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लबलले काभा महिला क्लब च्याम्पियसिपमा लगातार तेस्रो जित हासिल गरेको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">माल्दिभ्सको मालेमा जारी प्रतियोगितामा मंगलबार पुलिसले ताजकिस्तानको डाइमेड भलिबल क्लबमाथि ३–० को सोझो सेटमा जित हासिल गरेको हो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">पुलिसले पहिलो सेट २५–१५, दोस्रो सेट २५–१२, तेस्रो २५–१४ ले आफ्नो पक्षमा पार्यो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">यसअघि पुलिसले उज्वेकिस्तानको हुमो भलिबल क्लब र श्रीलंकाको श्रीलंका एयर फोर्सलाई समान ३(० को सेटमा पराजित गरेको थियो ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">पुलिसले चौथो खेलमा बुधबार माल्दिभ्सको क्लब वाम्कोको सामना गर्नेछ ।
"created": "2024-09-17T17:11:37.735322+05:45",
"news_slug": "Police-win-third-cava"
"id": 2625,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "संकटाविरुद्ध एपीएफको सहज जित",
"news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_1305.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_1305.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । विभागीय टोली नेपाल एपिएफ क्लबले एन्फा महिला लिगमा छैटौं खेलमा पनि सहज जित हासिल गरेको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा एपिएफले संकटा क्लबमाथि ३-० को जित हासिल गरेको हो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">एपिएफको जितमा सरु लिम्बु, अनिता केसी र सविता रानामगरले गोल गरे।
<span style=\"-webkit-text-size-adjust: 100%;\">यो जितसँगै ६ खेलमा १६ अंक जोडेको एपिएफ शीर्षस्थानमा छ। तेस्रो हार ब्यहोरेको संकटा समान खेलबाट पाँच अंकका साथ सातौं स्थानमा छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">खेलको १३औं मिनेटमा सरुको गोलमार्फत एपिएफले अग्रता लिएको थियो। पहिलो हाफमा १-० को अग्रता बनाएको एपीएफका लागि अनिताले ५०औं मिनेटमा टोलीको अग्रता दोब्बर बनाइन्। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">सविताले ६४औं मिनेटमा गोल गर्दै एपिएफलाई सहज जित दिलाइन्।
"created": "2024-09-17T15:52:19.215825+05:45",
"news_slug": "APF-defeats-Sankata"
"id": 2624,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "अन्नपूर्ण (आरसीटी) सङग्रहालयको स्तरोन्नति",
"news_image_url": "https://cdn.nepalsportz.com/media/1EB82BEB-1CDB-4A24-AC5F-1FC63F9A9106.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/1EB82BEB-1CDB-4A24-AC5F-1FC63F9A9106.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौँ, असोज १ गते
नेपालमा क्लबद्वारा स्थापित एकमात्र सङ्ग्रहालयको रुपमा रहेको अन्नपूर्ण (आरसीटी) सङग्रहालय स्तरोन्नति गरी हस्तान्तर गरिएको छ । २०७३ सालमा अन्नपूर्ण (आरसीटी) सङग्रहालयको उद्घाटन भएको थियो । कामनपा वडा नं २७ को आर्थिक सहयोगमा सोही सङ्ग्रहालयको मङ्गलबार स्तरोन्नति गरी हस्तान्तरण गरिएको हो । 
नेपाली फुटबलकै सर्वाधिक पुरानो तथा सफल क्लबमध्ये एक रानीपोखरी कर्नर टिम (आरसीटी) सङ्ग्रहालयको ग्यालरीमा ऐतिहासक ट्रफी, पदक, तस्बिर, जर्सीलगायत सयौँ सामाग्री प्रदर्शनमा राखिएको छ । आरसीटी विशेषत फुटबलमा कहलिएको क्लब हो यद्यपि यस क्लबले एथलेटिक्स, भलिबल, पौडीलगायतका खेलमा हासिल गरेका पदक पनि सङ्ग्राहलयमा थपिएका छन् । 
आरसीटीका अध्यक्ष सुरेशकाजी शाक्यले यो सङ्ग्रहालय नेपाली खेलकुदमै नौलो अवधारणा हो भन्नुहुँदै यस सङ्ग्रहालयलाई अझ बिस्तार गर्ने योजना रहेको बताए । उनले सङ्ग्रहालयको स्तरोन्नतिमा करीब १२ लाख रुपियाँ खर्च भएको जानकारी पनि गराए । यसैगरी वडा नं २७ का अध्यक्ष तथा आरसीटीका संरक्षया योगेशकुमार खड्गीले वडाले आरसीटीसँग सहकार्य गर्ने गरी खेलाडीहरुको स्तरोन्नति गर्न मात्र १५ लाख रुपियाँ र स्थानीय खेलाडी उत्पादनका लागि ३० लाख बजेट विनियोजन गरेको जानकारी दिए । उनले विशेषरुपमा आरसीटीलाई फुटबलमा जिवित राख्न र स्थानीय खेलाडीको सहभागिता होस् भन्ने उद्देश्य वडाको रहेको जानकारी दिए ।
अन्नपूर्ण (आरसीटी) सङग्रहालयका संष्योजक नरेश वैद्यले यस सङ्ग्रहालयको क्षेत्रफल सानो भएपनि यहाँ रहेका बहुमूल्य र गौरवशाली सामाग्री अन्य कतै नहुने दावी गरे । उनले १९८९ सालमा स्थापना भएको यस क्लबले राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा प्राप्त गरेका ऐतिहासिक र गौरवशाली पृष्ठभूमिका जीवन्तता दिने हेतुले तथा यसले प्राप्त गरेका सफलताको संरक्षण सम्वर्धन तथा सुरक्षित गर्ने अभियास्वरुप सङ्ग्रहालय खोलिएको हो, भने ।
छ पटकको शीर्ष लिग च्याम्पियन क्लब हो । मनाङ मस्र्याङ्दी क्लबले मात्र आरसीटीले भन्दा बढी ए डिभिजन लिग उपाधि जितेको छ ।
"created": "2024-09-17T13:55:27.017332+05:45",
"news_slug": "Rct-museum"
"id": 2623,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "यु–१७ र यु–२० नेपाली टोलीको विदाई",
"news_image_url": "https://cdn.nepalsportz.com/media/0D893AEA-53B6-45EB-ABC8-8E27A2F596BD.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/0D893AEA-53B6-45EB-ABC8-8E27A2F596BD.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । साफ यु–१७ च्याम्पियनसिप २०२४ का लागि भुटान जाँदै गरेको राष्ट्रिय यु–१७ टोली र एसियन कप यु–२० छनोटका लागि ताइपेइ जाँदै गरेको राष्ट्रिय यु–२० टोलीको विदाई गरिएको छ। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">मंगलबार अखिल नेपाल फुटबल संघ ९एन्फा० मुख्यालयमा आयोजित एक कार्यक्राबाट राष्ट्रिय यु–१७ र अन्डर–२० टोलीलाई बिदाइ गरिएको हो। सोही समारोहमा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, एफा अध्यक्ष पंकजविक्रम राई लगायत अन्य एन्फा पदाधिकारिको सहभागिता रहेको थियो।
"created": "2024-09-17T13:46:20.676767+05:45",
"news_slug": "National-team-Nepal-u17-u20-farewell"