HTTP 200 OK
Allow: GET, HEAD, OPTIONS
Content-Type: application/json
Vary: Accept
"count": 5165,
"next": "https://app.nepalsportz.com/news/?format=api&page=13",
"previous": "https://app.nepalsportz.com/news/?format=api&page=11",
"results": [
"id": 4999,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "रियलले हरायो एटलेटिकोलाई",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_1085.webp",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_1085.webp",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
लिग तालिकामा रियलको ६९ भएको छ । बार्सिलोना ७३ अंकमा छ । हारले एटलेटिको ५७ अंकमा चौथो स्थानमा कायम रह्यो । भिल्लारियल भने ५८ अंकमा तेस्रो स्थानमै कायम रह्यो ।
बर्नाबाउमा भएको खेलमा रियलका लागि फेडरिको भाल्भारडेले पनि एक गोल थपे । तर उनले रातो कार्ड खाएर मैदान छाडे र रियल दस खेलाडीमा सीमित रह्यो । एटलेटिकोका तर्फबाट एडेमोला लुकमन र नहुल मोलिनाले एक एक गोल गरे ।
"created": "2026-03-23T08:02:06.862801+05:45",
"news_slug": "Real-Madrid-beats-atlethico"
"id": 4998,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "आर्सनललाई हराएर सिटी लिगकप च्याम्पियन",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_1083.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_1083.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
इंग्लिस प्रिमियर लिगको शीर्षमा रहेको आर्सनल खेल अगाडि जितका लागि बलिया प्रत्यासी रहेको थियो । तर दोस्रो स्थानमा रहेको सिटीले उपाधि जितेपछि प्रिमियर लिगको उपाधि होड पनि रोमाञ्चक बनेको छ ।
आर्सनलसामु सन् २०२० यता पहिलो उपाधि जित्ने अवसर थियो र उसले सन् १९९३ यता लिगकप जित्न सकेको थिएन् । लिग तालिकामा आर्सनलको ७० अंक छ भने एक खेल कम खेलेको सिटीको ६१ अंक छ ।
"created": "2026-03-23T07:42:55.775730+05:45",
"news_slug": "City-won-league-cup-beating-arsenal"
"id": 4997,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "बसिर अहमदको शतकमा आर्मीको जित",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_1081.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_1081.jpeg",
"category": [
"id": 3,
"created": "2023-02-08T17:13:09.647250+05:45",
"modified": "2023-02-08T17:13:09.647269+05:45",
"created_np": "2079-10-25T17:13:09.647282+05:45",
"modified_np": "2079-10-25T17:13:09.647504+05:45",
"name": "Cricket",
"slug": "Cricket-nepal"
"season": null,
"content": "
४७ ओभरको खेलमा आर्मीले बसिर अहमदको शतकीय इनिङ्समा ८ विकेट गुमाएर २४३ रनको प्रतिस्पर्धात्मक योगफल खडा गरेको थियो। जवाफी ब्याटिङमा उत्रिएको पुलिस क्लब ४५।३ ओभरमा २२१ रनमै समेटियो।
२२४ रनको लक्ष्य पछ्याएको पुलिसको सुरुआत खराब रह्यो। पहिलो बलमै विकेट गुमाएको टोलीका लागि राशिद खानले ६० रन बनाउँदै केही संघर्ष गरे। शंकर राणाले ४६ रन जोड्दा आरिफ शेखले ३८ रन बनाए।
तर, आर्मीका बलरहरूले नियमित अन्तरालमा विकेट झार्दै खेल आफ्नो नियन्त्रणमा राखे। नरेन साउदले उत्कृष्ट बलिङ गर्दै ३ विकेट लिए भने आकाश चन्दले २ विकेट हात पारे। शाहब आलम, बसिर अहमद, कुशल मल्ल र पवन कार्कीले समान १–१ विकेट लिए।
मध्यक्रममा विकेट गुमाउँदै गएको पुलिस अन्ततः लक्ष्यभन्दा २२ रन टाढा रहँदै अलआउट भयो।
त्यसअघि पहिले ब्याटिङ गरेको आर्मीका लागि बसिर अहमदले ८६ बलमा ८ चौका र २ छक्कासहित शानदार १०० रन बनाए। भीम शर्कीले ६२ रनको महत्वपूर्ण योगदान दिँदा दुवैबीचको साझेदारीले टोलीलाई मजबुत स्थितिमा पुर्याएको थियो। नरेन साउद २१ रनमा अविजित रहे।
पुलिसका लागि सर्वन यादवले ३ विकेट लिए भने सागर ढकाल र राशिद खानले समान २–२ विकेट झारे। ललित राजवंशीले १ विकेट लिए।
"created": "2026-03-22T19:04:17.874636+05:45",
"news_slug": "Army-beats-npc"
"id": 4996,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "बागमती २०० रनमै समेटियो, एपीएफको सहज जित",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_1080.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_1080.jpeg",
"category": [
"id": 3,
"created": "2023-02-08T17:13:09.647250+05:45",
"modified": "2023-02-08T17:13:09.647269+05:45",
"created_np": "2079-10-25T17:13:09.647282+05:45",
"modified_np": "2079-10-25T17:13:09.647504+05:45",
"name": "Cricket",
"slug": "Cricket-nepal"
"season": null,
"content": "
४५।१ ओभरमा अलआउट भएको बागमतीका लागि विवेक मगरले सर्वाधिक ३४ रन बनाए भने उत्तम मगरले २६ रनको योगदान दिए। सुवास खत्रीले २७ रन जोड्दा रिजन ढकाल २० रनमा अविजित रहे। अन्य ब्याटरले राम्रो सुरुआत गरे पनि ठूलो इनिङ्स खेल्न नसक्दा टोली दबाबमा परेको थियो।
बागमतीको सुरुआत भने खराब रह्यो। पहिलो विकेट ९ रनमै गुमाएको टोलीले लगातार अन्तरालमा विकेट गुमाउँदै खेलमा पकड बनाउन सकेन। ७१ रनसम्म पुग्दा चार विकेट गुमाइसकेको बागमती मध्यक्रममा पनि सम्हालिन सकेन।
एपीएफका लागि रोहित पौडेल र अविशेक गौतमले उत्कृष्ट बलिङ गर्दै समान ३–३ विकेट लिए। रोहितले १० ओभरमा मात्र २२ रन खर्चेर ३ विकेट लिएर किफायती प्रदर्शन गरे। गौतमले पनि १० ओभरमा ४३ रन दिँदै ३ विकेट झारे। कमल ऐरी, नन्दन यादव र युवराज खत्रीले समान १–१ विकेट लिए भने अमर रौतेलाले अन्तिम विकेट हात पारे।
यसअघि एपीएफले ५० ओभरमा २७१ रन बनाउँदै बागमतीसामु प्रतिस्पर्धात्मक लक्ष्य प्रस्तुत गरेको थियो।
"created": "2026-03-22T19:00:52.368841+05:45",
"news_slug": "Bagmati-lost-with-apf"
"id": 4995,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "आसिफको शतकमा एपीएफद्वारा बागमतीलाई २७२ रनको लक्ष्य",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_1075.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_1075.jpeg",
"category": [
"id": 3,
"created": "2023-02-08T17:13:09.647250+05:45",
"modified": "2023-02-08T17:13:09.647269+05:45",
"created_np": "2079-10-25T17:13:09.647282+05:45",
"modified_np": "2079-10-25T17:13:09.647504+05:45",
"name": "Cricket",
"slug": "Cricket-nepal"
"season": null,
"content": "
माथिल्लो मुलपानी क्रिकेट मैदानमा टस हारे पहिले ब्याटिङ थालेको एपीएफका लागि आसिफ शेखले उत्कृष्ट ब्याटिङ प्रदर्शन गर्दै १०५ बलमा १४ चौका र ३ छक्कासहित सर्वाधिक ११४ रन बनाए। कप्तान रोहित पौडेल भने १० बलमा ९ रनमै आउट हुँदा टोलीलाई सुरुवाती दबाब परेको थियो।
त्यसपछि सन्दीप जोरा र आसिफबीच राम्रो साझेदारी बन्यो। जोराले ५३ बलमा ५ चौका र ३ छक्कासहित ५२ रन बनाएर टोलीको इनिङ्स सम्हाले। मध्यक्रममा सुमित महर्जनले १८ रन योगदान गरे भने लोकेश बमले ३६ बलमा २९ रन जोडे।
अन्त्यतिर युवराज खत्री २६ रनमा अविजित रहँदा कमल ऐरी ३ रनमा नटआउट रहे। एपीएफले निर्धारित ५० ओभरमा २७१ रन बनाउँदा ८ विकेट गुमायो।
बलिङतर्फ बागमतीका रिजान ढकालले उत्कृष्ट प्रदर्शन गर्दै १० ओभरमा ४ विकेट लिए। ईशन पाण्डेले २ विकेट लिँदा कप्तान सन्दीप लामिछाने र सोनु देवकोटाले समान १र१ विकेट हात पारे।
"created": "2026-03-22T13:31:58.146927+05:45",
"news_slug": "Asif-century-apf"
"id": 4994,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "इन्टरमाथि मिलानको दबाब",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_1074.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_1074.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
एक खेल कम खेलेको इन्टर ६८ अंकमा शीर्क्ष स्थानमा छ । अब आइतबारको खेलमा इन्टरले फियोरेन्टिनाको सामना गर्नेछ । मिलानका लागि एडरिन राबोट तथा युसुफ फाफोनाले दोस्रो हाफमा गोल गरे र यो नै जितको आधार बन्यो ।
अर्को खेलमा युभेन्ट्स र ससुलोले १–१ को बराबरी खेलेका छन् र यो नतिजापछि युभेन्ट्स ५४ अंकमा पाँचौं स्थानमा पुगेको छ ।
"created": "2026-03-22T07:28:11.740650+05:45",
"news_slug": "Milan-pressure-on-inter"
"id": 4993,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "बायर्न उपाधिको नजिक",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_1073.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_1073.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
उसका लागि सर्गे जियानब्रेले दुई गोल गरे । यस्तै माइकल ओलिस र ह्यारी केनले एक एक गोल गरे । लयमा रहेको केनले यो सिजन बायर्नका लागि ३१ गोल गरिसकेका छन् ।
यो जितपछि बायर्नको ७० अंक भएको छ र यो दोस्रो स्थानमा रहेको बोरुसिया डर्टमुन्डमाथि नौ अंकको अग्रता हो । डर्टमुन्डको ६१ अंक रहेको छ । उसले अर्को खेलमा ह्याम्बर्गमाथि ३–२ को जित हात पार्यो ।
"created": "2026-03-22T07:22:41.235253+05:45",
"news_slug": "Bayern-near-champions"
"id": 4992,
"author": {
"id": 2,
"first_name": "Nepalsports",
"last_name": ""
"title": "चेल्सीलाई हराएर एभरटन अगाडि बढ्दै",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_1072.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_1072.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
अन्य खेलमा लिड्स युनाइटेड र ब्रेन्टफोर्डले गोलरहित बराबरी खेले भने फुलहमले बर्नलीलाई ३–१ ले पराजित गर्यो । ब्रेन्टफोर्ड ४६ अंकमा सातौं तथा फुलहम ४४ अंकमा नवौं स्थानमा छन् ।
"created": "2026-03-22T07:10:04.273669+05:45",
"news_slug": "Everton-beats-chelsea"
"id": 4991,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "जापान एसियन कप च्याम्पियन",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_1071.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_1071.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
खेलको सुरुआतदेखि नै अस्ट्रेलियाले आक्रामक खेल प्रस्तुत गर्दै दबाब बनाएको थियो। तर १७औँ मिनेटमा जापानकी मिडफिल्डर युई हासेगावाले दिएको पासमा माइका हमानोले उत्कृष्ट प्रहार गर्दै टोलीलाई अग्रता दिलाइन्।
त्यसपछि अस्ट्रेलियाले खेलमा फर्किने प्रयास जारी राख्यो। दोस्रो हाफभरि घरेलु टोलीले लगातार आक्रमण गर्दै जापानको पोस्ट समस्या गर्यो। क्याटलिन फोर्ड, साम केर र मेरी फाउलरले अवसर पाए पनि त्यसलाई गोलमा परिणत गर्न सकेनन्। खेलको अन्तिम समयमा एलाना केनेडीको हेडर समेत जापानकी गोलकिपर आयाका यामाशिताले उत्कृष्ट बचाउ गर्दै टोलीलाई अग्रता जोगाइन्।
जापानले पनि केही अवसर गुमाएको थियो। रिको उएकीले दोस्रो हाफमा पाएका दुई अवसर सदुपयोग गर्न नसक्दा खेल अझ प्रतिस्पर्धात्मक बनेको थियो।
यस जितसँगै जापानले आफ्नो तेस्रो एसियन कप उपाधि जित्दै पछिल्ला चार संस्करणमध्ये तीन पटक उपाधि हात पारेको छ। प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेको जापानले ६ खेलमा २९ गोल गर्दै केवल एक गोल मात्र बेहोरेको थियो।
"created": "2026-03-21T21:26:18.149547+05:45",
"news_slug": "Japan-champions-of-Asia-cup"
"id": 4990,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "ब्राइटनसँग लिभरपुल स्तब्ध",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_1069.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_1069.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
खराव लयमा रहेको लिभरपुलका लागि मिलोस केरकेजले एक गोल फर्काए । यो नतिजापछि लिभरपुल ४९ अंकमा पाँचौ स्थानमा रह्यो र उसको अर्को सिजन युरोपेली च्याम्पियन्स लिग खेल्ने सम्भावना कमजोर बन्यो ।
ब्राइटन भने ४३ अंकमा आठौं स्थानमा उक्लेर आफ्नो स्थिति बलियो बनाएको छ र अर्को सिजन युरोपमा खेल्ने सम्भावना जीवन्त बनाएको छ ।
"created": "2026-03-21T20:53:33.207503+05:45",
"news_slug": "Brighton-beats-Liverpool"
"id": 4989,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनमा विनोद र पूर्णलक्ष्मी प्रथम",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_1047.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_1047.jpeg",
"category": [
"id": 6,
"created": "2023-02-25T05:35:16.095163+05:45",
"modified": "2023-02-25T05:43:41.832025+05:45",
"created_np": "2079-11-13T05:43:41.832036+05:45",
"modified_np": "2079-11-13T05:43:41.832254+05:45",
"name": "Other Sports",
"slug": "other-sports"
"season": null,
"content": "
पवित्र बौद्ध तीर्थस्थल लुम्बिनीमा शनिबार सम्पन्न प्रतियोगितामा त्रिभुवन आर्मी क्लबको वर्चश्व रह्यो। म्याराथनमा शीर्ष तीन स्थान आर्मीकै खेलाडीले प्राप्त गरे। विजेता विनोदले २ घन्टा १७ मिनेट ५५ सकेन्डमा दौड पूरा गरी पहिलो स्थान प्राप्त गरेका हुन्। दोस्रो हुने सुशील कुमार शाही २ घन्टा १८ मिनेट १६ सकेन्ड समय लगाएर दोस्रो तथा आर्मीकै नरेन्द्र सिह राउत २ घन्टा १९ मिनेट ५८ सकेन्ड समयसहित तेस्रो भए। यसैगरी चिनका वाङ चि (२.२१ः०५ सकेन्ड) चौथो, केन्याका जुलियस वाकोमे (२.२३.०० सकेन्ड) पाँचौँ, दल बहादुर कुुँवर (२.२४.०७ सकेन्ड) छैटौँ, इशाह नुन्गु (२.२५ः४२ सकेन्ड) सातौँ, कुलबहादुर बस्नेत (२ः२८.१७ सकेन्ड) आठौँ, हरि रिमाल (२.२९ः२० सकेन्ड) नवौँ र कर्णबहादुर रोका मगर (२ः३४.२० सकेन्ड) दशौँ स्थानमा रहे।
पुरुष म्याराथनमा विजेता विनोदले तीन लाख ५० हजार, दोस्रो हुने सुशीलले दुई लाख ५० हजार र तेस्रो हुने नरेन्द्रले एक लाख ५० हजार रुपियाँ पुरस्कार प्राप्त गरे । यसैगरी म्याराथनमा शीर्ष दस स्थानमा रहने धावकहरुलाई क्रमशः एक लाख, ८० हजार, ६० हजार, ४० हजार, २० हजार १० हजार र ५ हजार रुपियाँ प्रदान गरिएको थियो।
महिला हाफ म्याराथनमा पूर्णलक्ष्मीले दावेदार सन्तोषी श्रेष्ठलाई निराश बनाउँदै उपाधि जितिन्। पूर्णलक्ष्मीले एक घन्टा १७ मिनेट दस सकेन्ड समय लगाएर सबभन्दा चाँडै दौड पूरा गरिन्। पछिल्ला संस्करणकी विजेता सन्तोषीले (१ः१८.४० सकेन्ड)ले उपविजेतामा चित्त बुझाइन्। पछिल्लो संस्करणमा सन्तोषीसँग पछाडि परेपछि पूर्णलक्ष्मी दोस्रो स्थानमा थन्किएकी थिइन्।
आर्मीकै दुई धाविका निशा सार्की (१.१९ः१९ सकेन्ड) तेस्रो र सुनसरी रोकाया (१ः२१.४६ सकेन्ड) तेस्रो र चौथो भए । यसैगरी रुवान सिइङ (१.२२.३८ सकेन्ड) पाँचौँ, जुम्लाकी कल्पना बुढा (१ः२५ः०७ सकेन्ड) छैटौँ, राज्यलक्ष्मी रावल (१ः२८ः०२ सकेन्ड) सातौँ, सन्दीभा बुढा (१.२८ः३४ सकेन्ड) आठौँ, आश्मा विक (१.३१ः२० सकेन्ड) नवौँ र रसिला तामाङ (१.४२ः४० सकेन्ड) दशौँ स्थानमा रहे।
महिला हाफ म्याराथनमा विजेता पूर्णलक्ष्मीले एक लाख ५० हजार, उपवजेता सन्तोषीले एक लाख, तेस्रो हुने निशाले ८० हजार, चौथो हुने सुनसरीले ५० हजार र पाँचौँ स्थान प्राप्त गर्ने रुवानले ३० हजार रुपियाँ पुरस्कार प्राप्त गरे।
यसैगरी भेटरान्स ५ किमी दौडमा धर्म महर्जनले पहिलो स्थान हासिल गरे। सो दौडमा रामचन्द्र श्रेष्ठ दोस्रो र रेवतबहादुर दाहाल तेस्रो भए। पुरुष ५ किलोमिटर खुल्ला दौडमा नेपाल पुलिस क्लबका नागेश्वर अहिर पहिलो, आर्मीका रुपेश कार्की दोस्रो र भारतका प्रिन्स निसाद तेस्रो भए। ५ किलोमिटर दौड गल्र्समा दिपशिाख शाही, स्वस्तिका शाही र अन्तिमा बुढा शीर्ष तीन स्थानमा रहे। ५ किलोमटर ब्वाइजमा युवराज बुढाले पहिलो, रमेश बुढाले दोस्रो र अरविन्द कुमार यादवले तेस्रो स्थान हासिल गरे।
म्याराथनकै अवसरमा पारेर तीन किलोमिटरको वाकाथनको पनि आयोजना गरिएको थियो। पिस म्याराथन नेपाल ओलम्पिक कमिटीको आयोजना तथा चिनिया राजदूतावासको सहयोगमा भएको हो। विजेताहरुलाई नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, उपाध्यक्ष तथा लुम्बिनी पिस म्याराथनका संयोजक अशोक वज्राचार्यलगायतले नगद पुरस्कार, पदक तथा प्रमाणपत्र प्रदान गरे।
"created": "2026-03-21T15:01:46.689870+05:45",
"news_slug": "Lumbini-international-peace-marathon"
"id": 4988,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "होफनहाइनमाथि लाइपजिगको पाँच गोल",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_1025.webp",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_1025.webp",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
लिग तालिकामा लाइपजिग, स्टुटगार्ट र होफनहाइन तीनै टिम समान ५० अंकमा रहेका छन् । बायर्न म्युनिक ६७ र बोरुसिया डर्टमुन्ड ५८ अंकमा शीर्ष दुई स्थानमा छन् ।
लाइपजिगको जितमा ब्राजन ग्रुडा र क्रिस्टोफ बउमगार्टनरले दुई दुई गोल गरे । एक गोल भने बेन्जामिन हेनरिकको नाममा रह्यो ।
"created": "2026-03-21T07:38:20.428447+05:45",
"news_slug": "Hoffenhaiem-defeated-by-leipzing"
"id": 4987,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "सोसिडाडमाथि भिल्लारियलको सजिलो जित",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_1024.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_1024.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
उसको अर्को सिजन युरोपेली च्याम्पियन्स लिग खेल्ने सम्भावना लगभग तय गरेको छ । सोसिडाड भने ३८ अंकमा सातौं स्थानमा रह्यो । खेलको सुरुआती २३ मिनेटमै भिल्लारियलले तीन गोल गरेको हो ।
त्यसमा जेरार्ड मोरेनो, जर्जेस मिकाटड्जे र निकोलस पेपेले गोल गरे । सोसिडाडका लागि लुका सुकिकले एक गोल फर्काए ।
"created": "2026-03-21T07:29:40.555749+05:45",
"news_slug": "Villarreal-win-sociedad-lost"
"id": 4986,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "युनाइटेडसँग बर्नमाउथको बराबरी",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_1023.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_1023.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
बर्नमाउथ ४२ अंकमा १० औं स्थानमा रहेको छ र लिगमा उसको यो लगातार पाँचौं बराबरी हो । यसले अर्को सिजन बर्नमाउथको युरोपमा खेल्ने सम्भावना कमजोर बनाएको छ । युनाइटेड ५५ अंकमा तेस्रो स्थानमा छ ।
युनाइटेडले ब्रुनो फर्नान्डेजको गोलले अग्रता लिए लगतै रायन क्रिस्टीले बराबरी गोल फर्काएका थिए । जेम्स हिलको आत्मघाती गोलले युनाइटेड फेरि अगाडि रहे पनि क्रुपीले बराबरी गोल गरे ।
"created": "2026-03-21T07:25:00.955953+05:45",
"news_slug": "Manu-draw-Bournemouth"
"id": 4985,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "युरोपा लिगका अन्तिम आठ टिमको टुंगो",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_1019.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_1019.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
यस्तै इटाली र जर्मनीका एक एक टिमले अबको चरणको यात्रा निश्चित गरे । अन्तिम १६ को दोस्रो लेगको खेलपछि समग्रमा ब्रागले फेनेबाचेलाई ४–२, रियल बेटिसले प्यानाथिनाइकोसलाई ४–१, फ्रेबर्गले जेन्कलाई ५–२, सेल्टा भिगोले लियोनलाई ३–१ र पोर्टोले स्टुटगार्टलाई ४–१ र स्टन भिल्लले लिललाई ३–० ले हरायो ।
नटिंघम फरेस्टले टाइब्रेकरमा मिडत्जल्यान्डलाई ३–० पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनायो । फरेस्टले अन्तिम १६ को दोस्रो लेग २–१ ले जितपछि स्थिति समग्रमा २–२ को बराबरी भएको हो । यस्तै बोलोग्नाले पनि अतिरिक्त समयको खेलपछि रोमालाई समग्रमा ५–४ ले पराजित गरेको हो ।
"created": "2026-03-20T07:25:11.633114+05:45",
"news_slug": "Europa-league-last-eight"
"id": 4984,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "महिला लिगअनिश्चितकालका लागि स्थगित",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_0997.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_0997_Fnj3IN7.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
एन्फाले शुक्रबार एक सूचना जारी गर्दै प्राविधिक कारण देखाउँदै लिगका खेलहरू अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरिएको जानकारी दिएको हो। चैत ४ गतेदेखि सञ्चालन भइरहेको प्रतियोगितामा म्याच नम्बर ५ देखि अगाडिका खेलहरू रोकिने उल्लेख गरिएको छ।
एन्फाका प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधरद्वारा हस्ताक्षरित सूचनामा सहभागी क्लबहरू—एपीएफ क्लब, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, एनआरटी क्लब, बागमती युवा क्लब, आरएस पोखरा एन्ड विंग्स फुटबल, संकटा फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड र झापा एफसी—लाई जानकारी गराइएको छ।
लिग स्थगित भएसँगै प्रतियोगिताको आगामी तालिका अन्य सूचना आएपछि मात्रै सार्वजनिक हुने एन्फाले जनाएको छ।
लिग अन्तर्गत पहिलो दिनको खेलमा संकटा फुबटल क्लबले एनआरटीलाई ४-० ले हराएको थियो। दोस्रो खेलमा आर्मीले झापा एफसीलाई ५-० ले पराजित गरेको थियो। दोस्रो दिनको खेलमा बागमतीले आरएस पोखरालाई ५-४ ले पराजित गर्यो भने अर्को खेलमा पुलिसले चर्च ब्वाइज ५-० ले पराजित गर्यो।
"created": "2026-03-19T20:22:15.663723+05:45",
"news_slug": "Women-league-suspended"
"id": 4983,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "पुलिसको शानदार सुरुआत, चर्च ब्वाइजमाथि फराकिलो जित",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_1018.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_1018.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
ललितपुरस्थित च्यासल रंगशालामा बिहीबार सम्पन्न खेलमा पुलिसले चर्च ब्वाइज युनाइटेडलाई ५–० को फराकिलो अन्तरले पराजित गर्यो।
पुलिसको जितमा मिना देउवा र रेखा पौडेलले समान दुई–दुई गोल गरे भने कप्तान अमृता जौशीले एक गोल थपिन्। खेलको सुरुवातदेखि नै आक्रामक देखिएको पुलिसका लागि मिना देउवाले १२औं र १८औं मिनेटमा गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाइन्।
पहिलो हाफको अन्त्यतिर ४२औं मिनेटमा रेखा पौडेलले गोल थप्दा पुलिस ३–० ले अघि बढ्यो। त्यसको एक मिनेट नबित्दै कप्तान अमृता जौशीले गोल गर्दै पहिलो हाफमै पुलिसलाई ४–० को मजबुत अवस्थामा पुर्याइन्।
दोस्रो हाफमा चर्च ब्वाइजले खेल सुधार्ने प्रयास गरे पनि प्रभावकारी आक्रमण गर्न सकेन। ५१औं मिनेटमा रेखा पौडेलले व्यक्तिगत दोस्रो गोल गर्दै पुलिसको ५–० को जित सुनिश्चित गरिन्।
यस जितसँगै नेपाल पुलिस क्लबले प्रतियोगितामा तीन अंक जोड्दै सुरुआत गरेको छ।
"created": "2026-03-19T19:28:55.595777+05:45",
"news_slug": "Police-beats-church-boys"
"id": 4982,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "रोमाञ्चक खेलमा बागमतीको शानदार जित",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_1017.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_1017.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
ललितपुरस्थित च्यासल रंगशालामा बिहीबार सम्पन्न दिनको पहिलो खेलमा बागमतीले आरएस पोखरामाथि ५–४ को संघर्षपूर्ण जित निकाल्यो।
जितसँगै बागमतीले तीन अंक जोड्दै प्रतियोगितामा सुखद सुरुआत गरेको छ।
बागमतीको जितमा अस्मिता मगर र दीक्षा रानपालले समान दुई–दुई गोल गर्दा प्रजिता राईले एक गोल थपिन्। आरएस पोखराका लागि गीता श्रेष्ठले दुई गोल गरिन् भने तुलसी कुमारी वली र वर्षा कुँवरले समान एक–एक गोल योगदान दिए।
खेलको सातौं मिनेटमै गीता श्रेष्ठको गोलमार्फत आरएसले अग्रता लिएको थियो। तर, त्यसको दुई मिनेटपछि अस्मिता मगरले गोल फर्काउँदै बागमतीलाई खेलमा फर्काइन्।
दोस्रो हाफ झन् प्रतिस्पर्धात्मक बन्यो। ४८औं मिनेटमा तुलसी कुमारी वलीले गोल गर्दै आरएसलाई पुनः अग्रता दिलाइन्। तर, ५१औं मिनेटमा प्रजिता राईले बराबरी गोल गर्दै खेल २–२ को अवस्थामा ल्याइन्।
६०औं मिनेटमा दीक्षा रानपालले गोल गर्दै बागमतीलाई पहिलोपटक अग्रता दिलाइन् भने ६८औं मिनेटमा वर्षा कुँवरले गोल गर्दै खेल पुनः ३–३ को बराबरीमा पुगेको थियो।
त्यसपछि बागमतीले खेलमा पकड जमायो। ७०औं मिनेटमा अस्मिता मगर र ७८औं मिनेटमा दीक्षा रानपालले गोल गर्दै बागमतीलाई ५–३ को मजबुत अग्रता दिलाए।
८३औं मिनेटमा गीता श्रेष्ठले व्यक्तिगत दोस्रो गोल गर्दै अन्तर घटाए पनि बाँकी समयमा आरएस खेलमा फर्किन नसक्दा बागमतीले रोमाञ्चक जित हात पार्न सफल भयो।
"created": "2026-03-19T16:43:44.957161+05:45",
"news_slug": "Bagmati-win-women-national-eague"
"id": 4981,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "राष्ट्रिय लिगका खेल स्थगित",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_1016.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_1016.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
एन्फाले बिहीबार एक सूचना जारी गर्दै प्राविधिक कारणले लिगअन्तर्गतका म्याच नम्बर ९७ देखि १००–१३६ सम्मका खेलहरू अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरिएको जानकारी दिएको हो।
एन्फाका प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधरद्वारा हस्ताक्षरित सूचनामा लिग सञ्चालन सम्बन्धी व्यवस्थापनमा देखिएका प्राविधिक समस्याका कारण खेलहरू तत्कालका लागि रोकिएको उल्लेख गरिएको छ।
उक्त सूचना त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, एपीएफ क्लब, संकटा एफसी, मछिन्द्र क्लब, जावलाखेल युथ क्लब, सातदोबाटो युथ क्लब, लालीगुराँस एसोसिएसन क्लबलगायत सहभागी क्लबहरूलाई पठाइएको एन्फाले जनाएको छ।
अब स्थगित खेलहरूको नयाँ मिति र समय एन्फाले पछि सार्वजनिक गर्नेछ।
"created": "2026-03-19T16:20:50.339088+05:45",
"news_slug": "National-games-suspended"
"id": 4980,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "चित्लाङलाई पराजित गर्दै लालीगुराँस शीर्ष स्थानमा",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_1013.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_1013.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीबार सम्पन्न खेलमा लालीगुराँसले चित्लाङलाई १–० ले पराजित गर्यो। प्रतिस्पर्धात्मक खेलमा लालीगुराँसका लागि अब्दुल युसुफ हाउलेले निर्णायक गोल गरे। उनले दोस्रो हाफको ४९औँ मिनेटमा गरेको गोल नै खेलको नतिजा तय गर्न पर्याप्त बन्यो।
यस जितसँगै लालीगुराँसले १३ खेलबाट २७ अंक जोड्दै शीर्ष स्थान कब्जा गरेको छ। पराजित चित्लाङ भने १३ खेलबाट मात्र ८ अंकसहित १५औँ स्थानमा सीमित रहेको छ।
"created": "2026-03-19T13:07:37.864548+05:45",
"news_slug": "Laliguras-on-the-top"