HTTP 200 OK
Allow: GET, HEAD, OPTIONS
Content-Type: application/json
Vary: Accept
"count": 5165,
"next": "https://app.nepalsportz.com/news/?format=api&page=11",
"previous": "https://app.nepalsportz.com/news/?format=api&page=9",
"results": [
"id": 5039,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "दिल्लीको सजिलो जित",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_1238.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_1238.jpeg",
"category": [
"id": 3,
"created": "2023-02-08T17:13:09.647250+05:45",
"modified": "2023-02-08T17:13:09.647269+05:45",
"created_np": "2079-10-25T17:13:09.647282+05:45",
"modified_np": "2079-10-25T17:13:09.647504+05:45",
"name": "Cricket",
"slug": "Cricket-nepal"
"season": null,
"content": "
जितसम्म पुग्दा दिल्लीले १७.१ ओभर मात्रै खेलेको थियो । लखनउमा भएको खेलमा घरेलु टिमले पहिले ब्याटिङ गर्दै १८.४ ओभरमा अलआउट भएर १ सय ४१ रन बनाएको थियो । त्यसमा अब्दुल समदको ३६ रन नै सर्वाधिक ठूलो स्कोर रह्यो ।
दिल्लीका लागि भने समीर रिज्भीले नटआउट रहेर ४७ बलमा ७० रन बनाए । उनले पाँच चौका र चार छक्का प्रहार गरे ।
"created": "2026-04-02T06:27:20.497581+05:45",
"news_slug": "Dehli-easy-win-Ipl"
"id": 5038,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "सन्दीपको ७ विकेटमा बागमतीको शानदार जित",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_1234.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_1234.jpeg",
"category": [
"id": 3,
"created": "2023-02-08T17:13:09.647250+05:45",
"modified": "2023-02-08T17:13:09.647269+05:45",
"created_np": "2079-10-25T17:13:09.647282+05:45",
"modified_np": "2079-10-25T17:13:09.647504+05:45",
"name": "Cricket",
"slug": "Cricket-nepal"
"season": null,
"content": "
रामजानकी बहुउद्देश्यीय रंगशालामा बुधबार सम्पन्न खेलमा बागमतीले दिएको १८१ रनको लक्ष्य पछ्याएको कर्णाली २५.१ ओभरमै १२० रनमा समेटियो।
कर्णालीका लागि निश्चल रावलले सर्वाधिक ३१ रन बनाए भने दिनेश अधिकारीले २२ रन जोडे। अन्य ब्याटरले उल्लेखनीय योगदान दिन सकेनन्।
बागमतीका कप्तान सन्दीप लामिछानेले घातक बलिङ गर्दै एक्लै ७ विकेट लिए। उनले कर्णालीको मध्य र तल्लोक्रम ध्वस्त पार्दै खेल एकतर्फी बनाएका थिए।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बागमती ३८.४ ओभरमा १८० रनमा अलआउट भएको थियो। टोलीका लागि विवेक मगरले ५६ रन बनाउँदै अर्धशतक प्रहार गरे। उनले ८० बलमा २ चौका र ४ छक्का प्रहार गरे।
शीर्षक्रममा शिवम तिवारी १८, शुभ कंसाकार २०, पवन थापा २२ र इशान पाण्डे २७ ले राम्रो सुरुआत दिलाए पनि त्यसलाई ठूलो स्कोरमा परिणत गर्न सकेनन्। कप्तान सन्दीप लामिछाने २ रनमै रनआउट भएका थिए।
कर्णालीका दिवान पुनले ३ विकेट लिँदा प्रकाश जैसी, दिपेन्द्र रावत र निश्छल रावलले समान २–२ विकेट लिए। जितसँगै बागमतीले प्रतियोगितामा दोस्रो जित दर्ता गरेको छ।
"created": "2026-04-01T16:54:23.502987+05:45",
"news_slug": "Sandip-6-wicket"
"id": 5037,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "लुम्बिनीको रोमाञ्चक जित, एपीएफ ८ रनले पराजित",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_1232.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_1232.jpeg",
"category": [
"id": 3,
"created": "2023-02-08T17:13:09.647250+05:45",
"modified": "2023-02-08T17:13:09.647269+05:45",
"created_np": "2079-10-25T17:13:09.647282+05:45",
"modified_np": "2079-10-25T17:13:09.647504+05:45",
"name": "Cricket",
"slug": "Cricket-nepal"
"season": null,
"content": "
निर्धारित ५० ओभरको खेलमा दुवै टोलीले अलआउट समान १२४ रन बनाएपछि खेल सुपर ओभरमा पुगेको थियो। जसमा लुम्बिनीले उत्कृष्ट प्रदर्शन गर्दै बाजी मार्न सफल भयो।
एक ओभरमा लुम्बिनीले एक विकेट गुमाएर १५ रन बनायो। १६ रनको लक्ष्य पाएको एपीएफले एक विकेट गुमाएर ६ रन मात्रै बनाउन सक्यो।
त्यसअघि पहिले ब्याटिङ गरेको एपीएफ क्लब ३९.४ ओभरमा १२४ रनमा समेटिएको थियो। एपीएफका लागि अविषेक गौतमले सर्वाधिक २८ रन बनाए। यस्तै दिपक बोहराले २० र सन्दीप जोराले १७ रनको योगदान दिए।
लुम्बिनीका लागि अजय चौहानले उत्कृष्ट बलिङ गर्दै ४ विकेट लिए। सन्तोष यादवले ३ तथा निर्मल गुरुङले २ विकेट झारे।
जवाफमा १२५ रनको लक्ष्य पछ्याएको लुम्बिनी प्रदेश पनि ३४ ओभरमा १२४ रनमै अलआउट भयो। लुम्बिनीका कप्तान देव खनालले ४५ रन बनाउँदा आकाश त्रिपाठीले ३२ रनको योगदान दिए।
एपीएफका लागि रोहित पौडेल, भुवन कार्की र युवराज खत्रीले समान २–२ विकेट लिए भने अविषेक गौतमले पनि महत्वपूर्ण विकेट हात पारे।
जितसँग लुम्बिनीले एपीएफलाई पछि पार्दै पाँचौं स्थानमा उक्लिएको छ। समान खेलबाट समान ५ अंक भएपनि लुम्बिनी अघि परेको हो।
"created": "2026-04-01T16:32:37.388034+05:45",
"news_slug": "Lumbini-beats-APF-pm-cup"
"id": 5036,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "फाइनल प्रवेशकाे लागि नेपालले बंगलादेशकाे सामना गर्दै",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_1227.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_1227.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनलमा पुगेको नेपाल उत्कृष्ट लयमा देखिएको छ। समूह चरणमा नेपालले दुई खेलमा जित निकाल्दै एक खेल बराबरी खेलेको थियो।
यता बंगलादेश भने समूह ‘बी’ को उपविजेता बन्दै अन्तिम चारमा स्थान बनाउन सफल भएको हो।
"created": "2026-04-01T11:25:09.198600+05:45",
"news_slug": "Nepal-vs-Bangladesh-Saff-u20"
"id": 5035,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "इटाली फेरि विश्वकपबाट बाहिर",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_1225.webp",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_1225.webp",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
यससँगै इटाली विश्वकप २०२६ का लागि छनोट हुन रह्यो । इटाली विश्वकपमा छनोट हुन नसकेको यो लगातार तेस्रो पल्ट हो । जितपछि बोस्निया एन्ड हर्ज गोभिनाले अबको विश्वकपमा प्रवेश पाएको छ ।
यसअघिको खेल १–१ को बराबरीमा रहेको थियो । प्ले अफबाट विश्वकप पुग्ने अन्य टिममा टर्की, स्विडेन र चेक गणतन्त्र पनि रहे । टर्कीले कोसोभोलाई १–० ले पराजित गर्यो र त्यसमा केरेम अकटुरकोग्लुले निर्णायक गोल गरे ।
स्विडेनले भने पोल्यान्डमाथि ३–२ को जित दर्ता गर्यो । यस्तै चेक गणतन्त्रले डेनमार्कलाई ३–२ ले पराजित गर्न सफल रह्यो ।
"created": "2026-04-01T08:50:47.936482+05:45",
"news_slug": "Italy-of-out-of-world-cup"
"id": 5034,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "गुजरातमाथि पंजावको रोमाञ्चक जित",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_1192.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_1192.jpeg",
"category": [
"id": 3,
"created": "2023-02-08T17:13:09.647250+05:45",
"modified": "2023-02-08T17:13:09.647269+05:45",
"created_np": "2079-10-25T17:13:09.647282+05:45",
"modified_np": "2079-10-25T17:13:09.647504+05:45",
"name": "Cricket",
"slug": "Cricket-nepal"
"season": null,
"content": "
यस जितका जितमा नायक रहे कुपर कोनली । उनले ४४ बलमा नटआउट रहेर ७२ रन बनाए । उनले पाँच चौका र पाँच छक्का प्रहार गरे । त्यस अगाडि चण्डिगढमा गुजरातले पहिले ब्याटिङ गर्दै छ विकेटमा १ सय ६२ रन बनाएको थियो ।
यसमा कसैको पनि ठूलो योगदान रहेन् । कप्तान शुभमन गिलको ३९ र जब बटलरको ३८ रन नै सबैभन्दा उच्च योगदान रहे । पंजावका बलरमध्ये विजय कुमारले ३४ रनमा तीन विकेट लिए ।
"created": "2026-04-01T08:48:00.836458+05:45",
"news_slug": "Panjab-beats-Gujarat-ipl"
"id": 5033,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "नेपाल र लाओस बिच खेल हेर्नुहोस",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_1187.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_1187.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
नेपाल र लाओस बिच खेल हेर्नुहोस
"created": "2026-03-31T17:31:52.337256+05:45",
"news_slug": "Nepal-vs-Laos-match"
"id": 5032,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "नेपाल लाओससँग आज भिडन्त",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_1177.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_1177.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
यसअघि पहिलो लेगमा नेपाल लाओससँग पराजित भएको थियो। प्रतियोगिताको समूह ‘एफ’ मा रहेका दुवै टोली एएफसी एसिया कपको दौडबाट बाहिरिसकेका छन्। दुवै टोलीले समान ५ खेल खेल्दा ३–३ अंक जोडेका छन्।
हालसम्म नेपाल र लाओसबीच ६ खेल भएका छन्। जसमा नेपालले ४ खेल जित्दा लाओसले १ खेल जितेको छ भने १ खेल बराबरीमा सकिएको छ। एएफसी कप छनोट अन्तर्गत गत वर्ष भएको पछिल्लो भेटमा नेपाल २–१ ले पराजित भएको थियो।
"created": "2026-03-31T08:05:29.515255+05:45",
"news_slug": "Nepal-vs-Laos-afc-Asian-cup-qualifier"
"id": 5031,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "चेन्नाइमाथि राजस्थानको सजिलो जित",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_1166.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_1166.jpeg",
"category": [
"id": 3,
"created": "2023-02-08T17:13:09.647250+05:45",
"modified": "2023-02-08T17:13:09.647269+05:45",
"created_np": "2079-10-25T17:13:09.647282+05:45",
"modified_np": "2079-10-25T17:13:09.647504+05:45",
"name": "Cricket",
"slug": "Cricket-nepal"
"season": null,
"content": "
गुवाहटीमा भएको खेलमा पहिले ब्याटिङ गरेको चेन्नाइले १९.४ ओभर मात्र टिकेर १ सय २७ रन बनाएको थियो । त्यसमा जेमी ओभरटनले सर्वाधिक ४३ रन बनाए । उनलाई छाडेर अरु कसैले गतिलो योगदान दिन सकेनन् ।
जोफ्रा आर्चर, नन्ड्रे बर्गर र रविन्द्र जडेजाले दुई दुई विकेट लिए । जवाफमा राजस्थानले १२.१ ओभर मात्र खेलेर दुई गुमाउँदै १ सय २८ रन बनाएको थियो । त्यसमा ओपनर वैभव सूर्यवंशीले सर्वाधिक ५२ रन बनाए । यस्तै यशस्वी जयसवालले ३८ रन थपे ।
"created": "2026-03-31T05:41:20.179039+05:45",
"news_slug": "-ipl-Rajasthan-beats-Chennai-"
"id": 5030,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ",
"news_image_url": "https://app.nepalsportz.com/media/att.GhcI7L7HthSiZTRoKhuagW7MliIJlK4cSgOe7KS3MBc.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/att.GhcI7L7HthSiZTRoKhuagW7MliIJlK4cSgOe7KS3MBc.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
गत चैत १२ गते बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले चन्दलाई परिषद्को दोस्रो सदस्य–सचिवका रूपमा नियुक्त गरेको थियो।
सोही अवसरमा परिषद्का उपाध्यक्ष प्रमोद हमाल तथा सदस्यहरू पवनकुमार थापा, पंखबहादुर मल्ल, भीमाकुमारी भुसाल, गोर्खबहादुर शाही र किरण किशोर सापकोटाले पनि शपथ लिएका छन्।
गत २०८१ पुस ४ गतेदेखि रिक्त रहेको सदस्य–सचिव पदमा चन्द नियुक्त भएका हुन्।
यसअघि, सदस्य–सचिव छनोटका लागि गठित समितिले गत माघ ३ गते अन्तर्वार्ता लिएर तीन जनाको नाम सरकारसमक्ष सिफारिस गरेको थियो। सिफारिसमा परेका रविन्द्र चन्द, दीपक हमाल र प्रमोद हमालमध्ये मूल्यांकनमा चन्दले सर्वाधिक ६७.१७ अंक प्राप्त गरेका थिए। दीपक हमालले ६०.६३ र प्रमोद हमालले ५२.३७ अंक पाएका थिए।
सदस्य–सचिव पदका लागि सुरुमा २१ जनाले आवेदन दिएका थिए, जसमध्ये १० जनालाई अन्तर्वार्ताका लागि छनोट गरिएको थियो।
"created": "2026-03-30T20:07:28.342032+05:45",
"news_slug": "Karnali-sports-council"
"id": 5029,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरेना",
"news_image_url": "https://app.nepalsportz.com/media/att.WiSBnWXnF1BEO8nH4iA_wi5bZBZVvn149u4-XyDZVcU.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/att.WiSBnWXnF1BEO8nH4iA_wi5bZBZVvn149u4-XyDZVcU.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
एएफी एसिया कप छनोट अन्तर्गत मंगलबार हुने आफ्नो अन्तिम खेल अगाडिको पोस्ट म्यान कन्फिरेन्समा एरेनाले भने,‘ युवा र अनुभवी खेलाडीको सन्तुलनका साथ लाओस आएका छौं । मेरो लक्ष्य भनेको युवा खेलाडीलाई निर्खानु हो । त्यसैले ५ खेलाडीलाई पहिलो पटक राष्ट्रिय टोलीमा मौका दिएको छु । लाओस राम्रो टोली हो । तर, हामी भोलिको खेलका लागि तयार छौं । जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौं ।’
ऐरेनाले युवराज खड्का, पेम्बा दोर्जे लामा, रोमन भुजेल, मिलन राई र योगेश धिमाललाई पहिलो पटक टोलीमा स्थान दिएका छन् ।
यसैगरी, नेपालका कप्तान किरण चेम्जोङले पनि जित निकाल्नु नै प्रमुख उदेश्य हुने बताए । ‘मैदानमा उत्रिइसकेपछि जित निकाल्नु नै प्रमुख लक्ष्य हुनेछ । राम्रो तयारी भएको छ । हामी कोचको रणनितिअनुसार नै प्रर्दशन गर्ने छौं ।’
नेपाल र लाओसविरुद्धको स्थानिय समय अनुसार साँझ ७ बजे सुरु हुनेछ । प्रतियोगिताको समूह ‘एफ’ मा रहेका दुवै टोली एएफसी एसिया कपको दौडबाट बाहिरिसकेका छन् । दुवै टोलीले समान पाँच खेल खेल्दा तीन अंक जोडेका छन् ।
हालसम्म नेपाल र लाओसविरुद्ध ६ खेल भएका छन् । जसमा नेपालले चार र लाओसले १ खेल आफ्नो पक्षमा पार्दा एक खेल बराबरीमा सकिएको छ । एएफसी कप छनोट अन्तर्गत गत वर्ष भएको पछिल्लो भेटमा नेपाल २–१ ले पराजित भएको थियो ।
"created": "2026-03-30T13:41:14.469212+05:45",
"news_slug": "Nepal-will-play-for-win"
"id": 5028,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "कोलकातामाथि मुम्बईको प्रभावशाली जित",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_1160.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_1160.jpeg",
"category": [
"id": 3,
"created": "2023-02-08T17:13:09.647250+05:45",
"modified": "2023-02-08T17:13:09.647269+05:45",
"created_np": "2079-10-25T17:13:09.647282+05:45",
"modified_np": "2079-10-25T17:13:09.647504+05:45",
"name": "Cricket",
"slug": "Cricket-nepal"
"season": null,
"content": "
यो जितको आधार तयार पार्ने खेलाडी रहे ओपनर जोडी रायन रिकेल्टन र रोहित शर्मा । उनीहरूले पहिलो विकेटका लागि १ सय ४८ रनको साझेदारी गरे । त्यसमा रिकेल्टनले ४३ बलमा ८१ रन बनाए । उनले चार चौका छ आठ छक्का प्रहार गरे । रोहितले ३८ बलमा ७८ रन बनाए र त्यसमा छ चौका तथा छ छक्का सामेल थियो ।
त्यस अगाडि कोलकाताले चार विकेट गुमाएर २ सय २० रन बनाएको थियो । कप्तान अजिन्के रहानेले सबैभन्दा बढी ६७ रन बनाए । यस्तै अंगक्रिस रघुवंशीले ५१ रन बनाए । मुम्बईका लागि सार्दुल ठाकुरले ३९ रनमा तीन विकेट लिए ।
"created": "2026-03-30T06:58:37.203789+05:45",
"news_slug": "Mumbai-win-ipl"
"id": 5027,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "४४ टिम मात्र टिके टुडोर",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_1159.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_1159.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
यो रेलिगेसनबाट एक अंकको दूरी मात्र हो । उसको पछाडि वेस्ट ह्याम रहेको छ । क्रोएसियाली प्रशिक्षकलाई फेब्रवरीमा थोमस फ्रान्क वर्खास्तीमा परेपछि नियुक्त गरिएको हो । तर उनी आएयता पनि टिमको प्रदर्शनमा सुधार भएन् ।
टोटनहम आफ्नो पछिल्लो खेलमा रेलिगेसनबाट बच्न संघर्षरत अर्को क्लब नटिंघम फरेस्टसँग हारेपछि दबाब अझ बढेको हो । उसले पछिल्ला १३ खेलमा स्पष्ट जित निकाल्न सकेको छैन् र लगातार खराव खेलिरहेको छ ।
"created": "2026-03-29T21:18:49.875444+05:45",
"news_slug": "44-days-last-spurs-coach"
"id": 5026,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "कुशल मल्लाको विस्फोटक इनिङ्समा आर्मीले बागमतीलाई हरायो",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_1158.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_1158.jpeg",
"category": [
"id": 3,
"created": "2023-02-08T17:13:09.647250+05:45",
"modified": "2023-02-08T17:13:09.647269+05:45",
"created_np": "2079-10-25T17:13:09.647282+05:45",
"modified_np": "2079-10-25T17:13:09.647504+05:45",
"name": "Cricket",
"slug": "Cricket-nepal"
"season": null,
"content": "
माथिल्लो मुलपानी क्रिकेट मैदानमा बागमतीले दिएको २०९ रनको लक्ष्य पछ्याएको आर्मीले २७ ७ ओभरको ७ विकेट गुमाउँदै २१० रन बनाएको हो।
आर्मीका लागि कुशल मल्लाले अविजित ९० रनको शानदार इनिङ्स खेले। उनले ५८ बलमा ३ चौका र ८ छक्का प्रहार गर्दै टोलीलाई जिततर्फ पुर्याए। त्रितराज दासले ५४ रन जोड्दा नरेन साउदले २६ रनको योगदान दिए। अन्य ब्याटरले भने उल्लेखनीय प्रदर्शन गर्न सकेनन्।
बलिङतर्फ बागमतीका इशान पाण्डे र विवेक मगरले समान २–२ विकेट लिए। रिजन ढकाल, सन्दीप लामिछाने र सोनु देवकोटाले समान १–१ विकेट हात पारे।
त्यसअघि पहिले ब्याटिङ थालेको बागमतीले २८ ओभरमा ७ विकेट गुमाएर २०७ रन नबाएको थियो।
"created": "2026-03-29T18:04:29.125464+05:45",
"news_slug": "Kushan-Malla-stunning-batting-army-win"
"id": 5025,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "एपिएफमाथि गण्डकीको ऐतिहासिक जित",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_1157.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_1157.jpeg",
"category": [
"id": 3,
"created": "2023-02-08T17:13:09.647250+05:45",
"modified": "2023-02-08T17:13:09.647269+05:45",
"created_np": "2079-10-25T17:13:09.647282+05:45",
"modified_np": "2079-10-25T17:13:09.647504+05:45",
"name": "Cricket",
"slug": "Cricket-nepal"
"season": null,
"content": "
तल्लो मुलपानी क्रिकेट रंगशालामा आइतबार सम्पन्न खेलमा गण्डकी ४३ रनले विजयी भयो।
गण्डकीले दिएको १५१ रनको लक्ष्य पछ्याएको एपिएफ १८.३ ओभरमा सबै विकेट गुमाउँदै १०७ रनमै समेटियो। एपिएफका सुमित महर्जनले २२ रन बनाउँदा ओपनरद्वय लोकेश बम र आशिफ शेखले समान १४ रन जोडे। करन केसीले १७ रन बनाए पनि अन्य ब्याटरले उल्लेखनीय प्रदर्शन गर्न सकेनन्।
गण्डकीका अपराजित पौडेल र सिब्रिन श्रेष्ठले समान ३ विकेट लिए। सुवास भण्डारीले २ तथा कमल परियारले १ विकेट हात पारे।
यससँगै गण्डकीले जारी प्रतियोगितामा पहिलो जित दर्ता गर्नुका साथै एपिएफविरुद्ध इतिहासमै पहिलो पटक जित निकाल्न सफल भयो।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको गण्डकीले निर्धारित २१ ओभरमा ७ विकेट गुमाउँदै १५० रनको प्रतिस्पर्धात्मक योगफल तयार पारेको थियो।
"created": "2026-03-29T17:10:00.637125+05:45",
"news_slug": "Gandaki-beats-APF-pmcup"
"id": 5024,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "बेंगलोरको विजयी सुरुआत",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_1152.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_1152.jpeg",
"category": [
"id": 3,
"created": "2023-02-08T17:13:09.647250+05:45",
"modified": "2023-02-08T17:13:09.647269+05:45",
"created_np": "2079-10-25T17:13:09.647282+05:45",
"modified_np": "2079-10-25T17:13:09.647504+05:45",
"name": "Cricket",
"slug": "Cricket-nepal"
"season": null,
"content": "
पहिले ब्याटिङ गरेको हैदरावादले नौ विकेटमा २ सय १ रन बनाएको थियो । त्यो स्कोर पूर्णतः कप्तान इसान किसनको ८० रनमा टिकेको थियो । उनले ३८ बल मात्र सामना गरेर आठ चौका र पाँच छक्का प्रहार गरे । त्यस बाहेक अंकित वर्षमाले ४३ र हेनरिक क्लासेनले ३१ रन बनाए ।
बेंगलुरुका बलरमधये ज्याकब डफि र रोमारियो सेपार्डले तीन तीन विकेट लिए । जवाफमा बेंगलुरुले चार विकेटमा २ ुउ ३ रन बनाएको थियो । विराट कोहली ओपनरका रूपमा ६९ रन बनाएर नटआउट रहे । यस्तै देवदत्त पाडिकलले ६१ रनको योगदान गरे ।
"created": "2026-03-29T05:57:52.209161+05:45",
"news_slug": "Bangalore-win-first-match"
"id": 5023,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "प्रधानमन्त्री कप एनभीए लिग : बैशाख १० देखि, विजेताले १० लाख पाउने",
"news_image_url": "https://app.nepalsportz.com/media/att._sHi55uRJlV2E0u8XmUfh2v-5KPe8nNX72M__Rb5VAw.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/att._sHi55uRJlV2E0u8XmUfh2v-5KPe8nNX72M__Rb5VAw.jpeg",
"category": [
"id": 4,
"created": "2023-02-08T17:13:28.632012+05:45",
"modified": "2023-02-08T17:13:28.632034+05:45",
"created_np": "2079-10-25T17:13:28.632047+05:45",
"modified_np": "2079-10-25T17:13:28.632269+05:45",
"name": "Volleyball",
"slug": "volley-ball"
"season": null,
"content": "
१०औं संस्करणको प्रधानमन्त्री कप राष्ट्रिय महिला तथा पुरुष भलिबल लिग बैशाख १० गतेबाट सुरु हुने भएको छ।
शनिबार काठमाडौं पत्रकार सम्मेलनमार्फत एनभिएले प्रतियोगिताको बारेमा जानकारी गाएको हो।
प्रतियोगिता बैशाख १० देखि १९ गतेसम्म त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्डहलमा हुनेछ। यस्तै, विजेताले १० लाख पाउनेछ। उपविजेताले ५ लाख तथा तेस्रो हुनेले २ लाख ५० हजार पाउनेछ।
यस्तै, विधागतर्फ सर्वोत्कृष्ट खेलाडीले ६०/६० हजार पाउनेछ। अन्य खेलाडीले ३०/३० हजार तथा उपत्यका बाहिरको टिमलाई बस्न र खानको लागि प्रतिव्यक्ति १२ सय तथा उपत्यका भित्रका खेलाडीहरुले ३०० सय पाउनेछन्।
प्रतियोगिता सम्पन्नको लागि १ करोड १५ अनुमानि खर्च हुने संघले जनाएको छ। जसमा हरेक टिमले तीन बिदेशी खेलाडी राख्न पाउनेछ।
प्रतियोगिता तीन विभागीय ८ पुरुष तथा ६ महिला टोलीसहित कुल १४ टिमको सहभागीता रहेको छ।
"created": "2026-03-28T14:30:37.670532+05:45",
"news_slug": "Pm-cup-NVA-league"
"id": 5022,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_1149.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_1149.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
समूह ‘ए’ को विजेता बन्दै नेपाल अन्तिम चारमा पुगेको हो। शुक्रबार भएको खेलमा नेपालले घरेलु टोली माल्दिभ्ससँग १–१ को बराबरी खेलेपछि शीर्ष स्थान कायम गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो।
मालेस्थित राष्ट्रिय फुटबल रंगशालामा भएको खेलमा नेपालका लागि निशानराज लावत र माल्दिभ्सका कप्तान मोहम्मद इमरानले गोल गरे।
१५औँ मिनेटमा इमरानले गोल गर्दै माल्दिभ्सलाई अग्रता दिलाएका थिए। तर खेल सकिन ३ मिनेट बाँकी रहँदा निशानले नेपालका लागि बराबरी गोल फर्काए। सुवास बमको फ्रिकिक गोल क्षेत्रसम्म पुगेपछि त्यसलाई सदुपयोग गर्दै निशानले गोल गरेका थिए।
यस नतिजासँगै नेपालले ३ खेलबाट ७ अंक जोड्दै समूह विजेता बन्यो। माल्दिभ्सले भने समान ३ खेलबाट २ अंक जोड्यो। समूह चरणमा नेपालले यसअघि भुटान र श्रीलंकालाई पराजित गरेको थियो।
"created": "2026-03-28T06:59:30.425368+05:45",
"news_slug": "Nepal-semi-final-Saff-u-20"
"id": 5021,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "पीएम कप : कोशीविरुद्ध सुदूरपश्चिम ७ विकेटले विजयी",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_1148.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_1148.jpeg",
"category": [
"id": 3,
"created": "2023-02-08T17:13:09.647250+05:45",
"modified": "2023-02-08T17:13:09.647269+05:45",
"created_np": "2079-10-25T17:13:09.647282+05:45",
"modified_np": "2079-10-25T17:13:09.647504+05:45",
"name": "Cricket",
"slug": "Cricket-nepal"
"season": null,
"content": "
विरगञ्जकाे नारायणी क्रिकेट मैदानमा शुक्रबार समपन्न खेलमा सुदूरले काेशीलाई ७ विकेटले पराजित गरेकाे हाे। काेशीले दिएकाे १३१ रनको लक्ष्य सुदूरपश्चिमले १९.५ ओभरमा मात्र ३ विकेट गुमाएर पूरा गर्याे।
जितसँगै सुदूरले तीन खेलबाट ४ अंक जाेडेकाे छ। चार खेलबाट काेशीकाे एक अंक छ।
सुदूरपश्चिमका लागि खडक बोहोराले आक्रामक ब्याटिङ गर्दै ४५ बलमा ६६ रन बनाए। उनले ९ चौका र ३ छक्का प्रहार गर्दै खेलको दिशा नै परिवर्तन गरे। किरण थगुन्ना २५ रनमा अविजित रहँदा लोकेन्द्र चन्दले ६ रन जोड्दै टोलीलाई जितसम्म पुर्याए।
टिमको सुरुवात भने सामान्य रह्यो। अभिषेक पाल १४ रनमा आउट भए भने प्रकाश पाण्डे ४ रनमै पेभिलियन फर्किए। तर त्यसपछि खडक बोहोराले आक्रामक खेल्दै मध्यमक्रम सम्हाले।
बलिङतर्फ विपिन महतोले २ विकेट लिए भने ज्ञानन्द्र श्रेष्ठले १ विकेट हात पारे।
त्यसअघि पहिले ब्याटिङ गरेको कोशी प्रदेश ४३.४ ओभरमा १३० रनमै अलआउट भएको छ। कोशीका लागि सुमन श्रेष्ठले सबैभन्दा बढी २४ रन बनाए भने शिवाश बजगाईंले २५ रनको योगदान दिए। दीपेश कँडेलले २० रन जोड्दा अन्य ब्याटरले उल्लेखनीय प्रदर्शन गर्न सकेनन्। शाकिब हक (१५) र फिर्दोस अन्सारी (१८) ले सुरुवात राम्रो गरे पनि त्यसलाई ठूलो इनिङमा परिणत गर्न सकेनन्।
बलिङतर्फ सुदूरपश्चिमका हेमन्त धामीले उत्कृष्ट प्रदर्शन गर्दै ९ ओभरमा २६ रन खर्चेर ४ विकेट लिए। नारायण जोशी र सौर्य श्रेष्ठले समान १–१ विकेट लिए भने किरण थगुन्नाले २ विकेट हात पारे।
"created": "2026-03-27T17:07:02.132819+05:45",
"news_slug": "Sudurpaschim-beats-Koshi-pm-cup"
"id": 5020,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "लुम्बिनी प्रदेश ९९ रनमै समेटियो, विशाल पटेलको घातक बलिङ",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_1147.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_1147.jpeg",
"category": [
"id": 3,
"created": "2023-02-08T17:13:09.647250+05:45",
"modified": "2023-02-08T17:13:09.647269+05:45",
"created_np": "2079-10-25T17:13:09.647282+05:45",
"modified_np": "2079-10-25T17:13:09.647504+05:45",
"name": "Cricket",
"slug": "Cricket-nepal"
"season": null,
"content": "
लुम्बिनीको सुरुवात निकै खराब रह्यो। ओपनर रणजीत खड्का, आकाश त्रिपाठी र प्रज्ज्वल थापा शून्यमै आउट हुँदा टोली दबाबमा परेको थियो। कप्तान देव खनालले १२ रन बनाए पनि ठूलो इनिङ खेल्न सकेनन्।
मध्यक्रममा सुमित श्रेष्ठले ३० रनको संघर्षपूर्ण इनिङ खेले पनि अन्य ब्याटरले साथ दिन सकेनन्। सन्देश थापाले १६ रन जोड्दा बाँकी खेलाडी सस्तोमा समेटिए।
बलिङतर्फ विशाल पटेलले घातक प्रदर्शन गर्दै ९ ओभरमा २४ रन खर्चेर ५ विकेट लिए। प्रदीप पासवानले २ तथा रुपेश सिंह, मोहम्मद आदिल आलम र आशिक बैठाले समान १–१ विकेट लिए।
त्यसअघि रामजानकी मल्टिपल स्टेडियममा पहिले ब्याटिङ थालेको मधेसले १२४ रनमै अलआउट भएको थियो। खेलमा मधेश ३८.१ ओभरमै समेटिएको हो।
मधेशका लागि मयान यादवले सर्वाधिक ३१ रन बनाए भने मोहम्मद आदिल आलमले २३ रनको योगदान दिए। पवन सर्राफले १९ रन जोड्दा अन्य ब्याटरले ठूलो इनिङ खेल्न सकेनन्। कप्तान अनिल साह मात्र १ रनमा आउट भए।
बलिङतर्फ सन्देश थापाले उत्कृष्ट प्रदर्शन गर्दै ५.१ ओभरमा मात्र १३ रन खर्चेर ३ विकेट लिए। सन्तोष यादवले पनि ३ विकेट हात पार्दा अजय चौहानले २ विकेट लिए। निर्मल गुरुङले किफायती बलिङ गर्दै १ विकेट लिए।
"created": "2026-03-27T16:59:33.224646+05:45",
"news_slug": "Lumbini-99-runs-all-out"