{"count":5182,"next":"https://app.nepalsportz.com/news/?format=json&page=80","previous":"https://app.nepalsportz.com/news/?format=json&page=78","results":[{"id":3671,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"नेपाली यु–२० महिला रग्बी टोली घोषणा","news_image_url":"https://app.nepalsportz.com/media/att.84DyL9qQJy6pCje3pA_BnL-21HR8Ue7MAVFkksO6pLI.jpeg","news_image_file":"https://app.nepalsportz.com/media/att.84DyL9qQJy6pCje3pA_BnL-21HR8Ue7MAVFkksO6pLI.jpeg","category":[{"id":6,"created":"2023-02-25T05:35:16.095163+05:45","modified":"2023-02-25T05:43:41.832025+05:45","created_np":"2079-11-13T05:43:41.832036+05:45","modified_np":"2079-11-13T05:43:41.832254+05:45","name":"Other Sports","slug":"other-sports"}],"season":null,"content":"
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं। नेपाल रग्बी संघले एसिया रग्बी इमिरेट्स यु–२० सेभेन्स ट्रफीका लागि नेपाली यु–२० महिला रग्बी टोली घोषणा गरेको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">भारतमा आगामी साउन २४ देखि २७ गतेसम्म एसिया रग्बी इमिरेट्स यु–२० सेभेन्स ट्रफी २०२५ आयोजना हुँदै छ। यसै ट्रफीका लागि रग्बी संघले आइतबार १३ सदस्यीय नेपाली युवा टोली घोषण गरेको हो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">पछिल्लो संस्करण यस उमेर समूहको प्रतियोगिता नेपालमा नै आयोजना भएको थियो। यसपल्टमा भने भारतले आयोजना गर्न लागेको हो। नेपाली टोलीमा सम्झौता तुम्बापो, लक्की मगर, सनमिका मगर, रेखा खड्का, सुशीला सुनुवार, निशा घलान, रोश्ना पोखरेल, पूजा डंगोल, कविता बादी, आरुषी भट्टराई, सलिना माझी, समीक्षा गौतम र रमिरा शाही छिन्। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">सावित्री पुर्जाको प्रशिक्षणमा नेपाली यु–२० महिला रग्बी टोली छनोट भएको हो। नेपाली टोलीले हाल सर्लाहीको राधाकृष्ण खेल मैदानमा प्रशिक्षण गरिरहेको नेपाल रग्बी संघका महासचिव गोविन्द घिमिरेले जानकारी दिए। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">प्रतियोगिता हुने भारतको मौसमसँग मिल्नेगरी टोलीलाई पछिल्लो एक महिनादेखि सर्लाहीमा प्रशिक्षणमा राखिएको महासचिव घिमिरेले बताए। यो टोली प्रतियोगितामा सहभागी हुन आगामी साउन २२ गते भारत प्रस्थान गर्ने कार्यक्रम रहेको छ। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">प्रतियोगितामा एसियाका विभिन्न ११ राष्ट्रबाट समान ८÷८ आठ पुरुष÷ महिला यु–टोलीले प्रतिस्पर्धा गर्दैछन्। बिहारस्थित राजगीर रंगशालामा खेल खेलाइने रग्बी संघले जनाएको छ।
","created":"2025-08-03T20:30:17.637842+05:45","news_slug":"Nepal-u-20-rugby-squad"},{"id":3670,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"पूर्णिमाले संकटाबाट महिला लिग छनोट खेल्ने","news_image_url":"https://app.nepalsportz.com/media/att._f7k7IyXxQyMACSTTaqtSflVI0Lq1A-fYib3O3v4hUk.jpeg","news_image_file":"https://app.nepalsportz.com/media/att._f7k7IyXxQyMACSTTaqtSflVI0Lq1A-fYib3O3v4hUk.jpeg","category":[{"id":1,"created":"2023-02-03T13:17:51.271694+05:45","modified":"2023-02-03T13:17:51.271713+05:45","created_np":"2079-10-20T13:17:51.271727+05:45","modified_np":"2079-10-20T13:17:51.278345+05:45","name":"Football","slug":"football"}],"season":null,"content":"
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौँ। नेपाली राष्ट्रिय यू-२० फुटबल टोलीकी फरवार्ड पुर्णिमा राईले एन्फा महिला लिग छनोटका लागि संकटा फुटबल क्लबमा अनुबन्ध भएकी छिन्। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">क्लबले आइतबार सामाजिक सञ्जाल फेस्बुकमार्फत अनुबन्धन गरेको जानकारी दिएको हो। याेसँगै उनले एन्फा महिला लिग छनोट खेल्ने पक्का भएकाे छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">संकटाले पुर्णिमासँगै यू-२० टोलीको आधा दर्जन खेलाडी अनुबन्ध गरेको छ। आगामी २७ साउनदेखि सुरु हुने छनोटमा १४ टोलीको सहभागिता रहेको छ। संकटा छनोटको समूह 'बी' मा रहेकाे मा छ। छनोटबाट पाँच टिमले महिला लिगका लागि स्थान पक्का गर्नेछन्। 
","created":"2025-08-03T12:46:33.981790+05:45","news_slug":"Purnima-in-Sankata"},{"id":3669,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"रविन्द्रलाई एमएफएन टाइटल","news_image_url":"https://app.nepalsportz.com/media/IMG_2177.jpeg","news_image_file":"https://app.nepalsportz.com/media/IMG_2177.jpeg","category":[{"id":7,"created":"2023-02-25T05:44:03.143831+05:45","modified":"2023-02-25T05:44:03.143852+05:45","created_np":"2079-11-13T05:44:03.143865+05:45","modified_np":"2079-11-13T05:44:03.144117+05:45","name":"Martial Arts","slug":"martial-arts"}],"season":null,"content":"
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं। नेपाली एमएमए फाइटर रविन्द्र ढाँटले म्याट्रिक्स फाइट नाइट (एमएफएन) मा टाइटल होल्डर चोङ्गरेन्ग कोरेनलाई पराजित गरेका छन्। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">भारतको नोएडामा शनिबार सम्पन्न बान्टमवेट श्रेणीमा भएको उक्त भिडन्तमा ढाँटले तेस्रो राउन्डमै कोरेनलाई नकआउट गर्दै एमएफएन बेल्ट आफ्नो नाममा लेखाएका हुन्।
<span style=\"-webkit-text-size-adjust: 100%;\">यो ढाँटका लागि व्यावसायिक करिअरको नवौं जित हो। यससँगै रविन्द्र एमएफएन च्याम्पियन बन्ने पहिलो नेपाली फाइटर बनेका छन्।
<span style=\"-webkit-text-size-adjust: 100%;\">कोरेनले सुरुदेखि नै दबाब सिर्जना गर्ने प्रयास गरे पनि रविन्द्रले सम्हालिएर खेलेका थिए।
","created":"2025-08-03T10:19:54.994405+05:45","news_slug":"Rabindra-won-mfn17-title"},{"id":3668,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"ब्राजिललाई कोपा अमेरिकाको उपाधि","news_image_url":"https://app.nepalsportz.com/media/IMG_2181.jpeg","news_image_file":"https://app.nepalsportz.com/media/IMG_2181.jpeg","category":[{"id":1,"created":"2023-02-03T13:17:51.271694+05:45","modified":"2023-02-03T13:17:51.271713+05:45","created_np":"2079-10-20T13:17:51.271727+05:45","modified_np":"2079-10-20T13:17:51.278345+05:45","name":"Football","slug":"football"}],"season":null,"content":"
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं। ब्राजिलले महिलाको कोपा अमेरिका फाइनलमा कोलम्बियालाई पेनाल्टी सुटआउटमा ५–४ ले पराजित गर्दै कीर्तिमानी नवौं पटक उपाधि जितेको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">ब्राजिललाई च्यम्पियन बनाउन सफल ६ पटक विश्वकी सर्वोत्कृष्ट खेलाडी घोषित भइसकेकी मार्टाले बेन्चबाट मैदान प्रवेश गरेपछि दुई गोल गरिन्। उनले इन्जुरी समयको छैठौं मिनेटमा बराबरी गोल गरेर खेललाई ३–३ बनाइन् भने अतिरिक्त समयमा अर्को गोल गर्दै ब्राजिललाई अग्रता दिलाइन्।
<span style=\"-webkit-text-size-adjust: 100%;\">तर, ११५औं मिनेटमा कोलम्बियाकी लेइसी सान्टोसले बराबरी गोल गर्दै खेल ४–४ बनाइन् र फाइनललाई पेनाल्टी सुटआउटमा पुर्‍याइन्।
<span style=\"-webkit-text-size-adjust: 100%;\">पेनाल्टी सुटआउटमा ब्राजिलकी गोलकिपर लोरेना डा सिल्भाले दुई पेनाल्टी बचाउँदै आफ्नो टिमलाई लगातार पाँचौं तथा कुल नवौं कोपा अमेरिका महिला उपाधि दिलाइन्। यो पाँच फाइनलमा चौथो पटक ब्राजिलले कोलम्बियालाई हराएको हो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">त्यसअघि कोलम्बियाका लागि लिण्डा कैसिडोले २५औं मिनेटमा, मायरा रामिरेजले ८८औं मिनेटमा र सान्टोसले ११५औं मिनेटमा गोल गरिन्। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">ब्राजिलकी डिफेन्डर टार्सियानेको आत्मघाती गोलले पनि कोलम्बियालाई अग्रता दिलाएको थियो। कोलम्बियाले तीन पटक अग्रता लिएको यो खेल अन्ततः ब्राजिलको जितमा टुंगिएको हो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">ब्राजिलले अहिलेसम्म आयोजना भएका ९ मध्ये ८ पटक कोपा अमेरिका महिला उपाधि जितिसकेको छ र दक्षिण अमेरिकाको सबैभन्दा बलियो महिला टोली मानिन्छ। 
","created":"2025-08-03T09:05:47.630159+05:45","news_slug":"Brazil-women-win-cops-America"},{"id":3667,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"इंग्ल्यान्डलाई जित्न थप ३ सय २४ रन आवश्यक","news_image_url":"https://app.nepalsportz.com/media/IMG_2179.jpeg","news_image_file":"https://app.nepalsportz.com/media/IMG_2179.jpeg","category":[{"id":3,"created":"2023-02-08T17:13:09.647250+05:45","modified":"2023-02-08T17:13:09.647269+05:45","created_np":"2079-10-25T17:13:09.647282+05:45","modified_np":"2079-10-25T17:13:09.647504+05:45","name":"Cricket","slug":"Cricket-nepal"}],"season":null,"content":"
<span style=\"-webkit-text-size-adjust: 100%;\">इंग्ल्यान्ड र भारतबीच चलिहेको पाँचौं तथा अन्तिम टेस्ट साँच्चै रोमाञ्चक मोडमा पुगेको छ । टेस्टमा अझै दुई दिन बाँकी छ र इंग्यान्डलाई जित्न थप ३ सय २४ रन आवयश्यक छ । तेस्रो दिनको समाप्तीमा इंग्ल्यान्ड एक विकेट गुमाएर ५० रनको स्थितिमा छ ।
घरेलु टिमका ओपनर बेन डकेट ३४ रनमा नटआउट छन् । ज्याक क्रली १४ रन बनाएर आउट भए । भारत आफ्नो दोस्रो इनिङ्समा ३ सय ९६ रन बनाएर अलआउट भएपछि इंग्ल्यान्डले ३ सय ७४ रनको जित लक्ष्य पाएको थियो । इंग्ल्यान्डले यो टेस्ट जिते सिरिज ३–१ ले आफ्नो पक्षमा पार्नेछ ।
यो टेस्टमा स्पष्ट नतिजा त आउने भयो नै, यस्तोमा भारतले यो टेस्ट जिते, सिरिज २–२ को बराबरीमा टुंगिनेछ । भारतको दोस्रो इनिङ्समा ओपनर यशस्वी जैसवालले १ सय १८ रन बनाए । इंग्ल्यान्डका लागि भने जस टङ्गले पाँच विकेट लिए ।
","created":"2025-08-03T07:12:24.032959+05:45","news_slug":"India-needs-324"},{"id":3666,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"डुरान्ड कप : निराजनको गोलमा आर्मी हारबाट जोगियो","news_image_url":"https://app.nepalsportz.com/media/IMG_2176.jpeg","news_image_file":"https://app.nepalsportz.com/media/IMG_2176.jpeg","category":[{"id":1,"created":"2023-02-03T13:17:51.271694+05:45","modified":"2023-02-03T13:17:51.271713+05:45","created_np":"2079-10-20T13:17:51.271727+05:45","modified_np":"2079-10-20T13:17:51.278345+05:45","name":"Football","slug":"football"}],"season":null,"content":"
काठमाडौँ। निराजन धामीको गोलमा त्रिभुवन आर्मी फुटबल क्लब हारबाट जोगिएको छ। जेआरडी टाटा स्पोर्ट्स कम्प्लेक्समा खेलिएको १३४ औं डुरान्ड कप अन्तर्गत समूह सी को आफ्नो दोस्रो खेलामा आर्मी वन लदाख फुटबल क्लबसँग १-१ को बराबरीमा रोकिएको हो। 
<span class=\"s1\">यसै १३४ औं डुरान्ड कपबाट १ लद्दाख एफसीले डेब्युट गरेको थियो। डिफेन्डर सिजुले खेलको २३ औं मिनेटमा कर्नर किकमा आर्मीका किपर बिकेश कुथु बिट भएको बललाई हेड गर्दै गोल गरेको थियो। 
आर्मीका लागि निराजन धामीले खेलको ४१ औं मिनेटमा बराबरी गोल फर्काएका थिए। यसअघि पहिलो खेलमा आर्मी जमशेदपुरसँग ३-२ ले पराजित भएको थियो। अब मंगलबार भारतीय आर्मीको सामना गर्नेछ।
","created":"2025-08-02T18:57:56.178573+05:45","news_slug":"Army-draw-Durand-cup"},{"id":3665,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"टोटनहम छाड्दै सन ह्वेङ–मिन","news_image_url":"https://app.nepalsportz.com/media/IMG_2163.jpeg","news_image_file":"https://app.nepalsportz.com/media/IMG_2163.jpeg","category":[{"id":1,"created":"2023-02-03T13:17:51.271694+05:45","modified":"2023-02-03T13:17:51.271713+05:45","created_np":"2079-10-20T13:17:51.271727+05:45","modified_np":"2079-10-20T13:17:51.278345+05:45","name":"Football","slug":"football"}],"season":null,"content":"
<span style=\"-webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: UICTFontTextStyleBody; font-size: 17px;\">भोलि आइतबार दक्षिण कोरियामा टोटनहम र न्युकासल युनाइटेडबीच एउटा मैत्रीपूर्ण खेल हुँदैछ र सम्भवतः यो खेल हुनेछ, सन ह्वेङ–मिनको उत्तरी लन्डन क्लबका लागि अन्तिम खेल । उनले टोटनहमलाई भनिसकेका छन्, ‘म अब टोटनहम छाड्न चाहन्छुं ।’ <br style=\"-webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: UICTFontTextStyleBody; font-size: 17px;\"><br style=\"-webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: UICTFontTextStyleBody; font-size: 17px;\">
<div style=\"-webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: UICTFontTextStyleBody; font-size: 17px;\">ह्वेङ–मिनले टोटनहममा दस वर्ष जतिको समय बिताइसकेका छन् । सोलको विश्वकप स्टेडियममा हुने खेल हेर्न ६६ हजार दर्शकको उपस्थिति रहने अपेक्षा छ र हुन सक्छ, त्यहींबाट उनले क्लबबाट बिदाइ पनि लिने छन् । हुन के पनि सक्छ भने ह्वेङ–मिनको अबको गन्तब्य अमेरिका हुन सक्छ । 
एमएलएस क्लब लस एन्जलसले उनमा रूचि देखाइरहेको छ । यति बेला ह्वेङ–मिन नयाँ जीवन र त्यसै अनुसारको नयाँ चुनौती सामना गर्न चाहन्छन् । टोटनहमले पनि आफ्ना यी प्रिय खेलाडीको इच्छामा कुनै बाधा नपुर्‍याउने नीति लिएको देखिन्छ ।
टोटनहमका नयाँ प्रशिक्षक थोसम फ्रान्कले पनि यस्तै संकेत देखाएका छन् । सन् २०१५ मा ह्वेङ–मिन बायर लेभरकुजनबाट टोटनहम आएका थितए । यसक्रममा उनले ४ सय ५४ खेलमा १ सय ७३ गोल गरे । पछिल्लो सिजन टोटनहमले उनकै नेतृत्वमा युरोपा लिग जितेको थियो । 
","created":"2025-08-02T07:59:03.926639+05:45","news_slug":"Son-leaving-Tottenham-spurs"},{"id":3664,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"भारतको अग्रता ५२ रन","news_image_url":"https://app.nepalsportz.com/media/IMG_2162.jpeg","news_image_file":"https://app.nepalsportz.com/media/IMG_2162.jpeg","category":[{"id":3,"created":"2023-02-08T17:13:09.647250+05:45","modified":"2023-02-08T17:13:09.647269+05:45","created_np":"2079-10-25T17:13:09.647282+05:45","modified_np":"2079-10-25T17:13:09.647504+05:45","name":"Cricket","slug":"Cricket-nepal"}],"season":null,"content":"
<span style=\"-webkit-text-size-adjust: 100%;\">दुई दिनको खेल मात्र के भएको छ, तर दुई इनिङ्स मात्र सकिएको छैन्, तेस्रो पनि सुरु भइसकेको छ । त्यसको अर्थ हो, इंग्ल्यान्ड र भारतबीच लन्डनको ओभलमा चलिरहेको पाँचौं तथा अन्तिम टेस्टमा स्पष्ट नतिजा आउने निश्चित छ । अहिलेको लागि शुक्रबार दोस्रो दिन सकिंदा भारत ५२ रनले अगाडि छ ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">अब भारतले आजको तेस्रो दिनको खेलमा यो अग्रतालाई सक्दो ठूलो बनाउने प्रयास गर्नेछ । दिनको खेल समाप्त हुँदा भारतले दुई विकेटमा ७५ रन बनाएको छ र उसका ओपनर यशस्वी जयसवाल ५१ रन बनाएर खेलिरहेका छन् । यसक्रममा उनले दुई जीवनदान पनि पाइसके ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">त्यस अगाडि इंग्ल्यान्ड आफ्नो पहिलो इनिङ्समा २ सय ४७ रन बनाएर अलआउट भएको थियो । घरेलु टिमलाई ठूलो स्कोर बनाउनबाट रोक्नमा प्रसिद्ध कृष्ण र मोहमद सिराजले महत्त्वपूर्ण भूमिका खेले । उनीहरूले चार चार विकेट लिए । इंग्ल्यान्ड एक समय एक विकेट गुमाएर १ सय २९ रनमा थियो, त्यसपछि लगातार विकेट गुमाएको थियो ।
 <span style=\"-webkit-text-size-adjust: 100%;\">दोस्रो दिनको खेल पनि वर्षाले प्रभावित रह्यो । त्यसैले बाँकी तीन दिन के हुने हो, त्यो पनि धेरै अर्थमा मौसममा निर्भर हुनेछ । सम्भवतः टेस्टको सर्वाधिक महत्त्वको निर्णायक दिन आजै हुन सक्नेछ । पाँच टेस्टको सिरिजमा इंग्ल्यान्ड २–१ ले अगाडि छ ।
","created":"2025-08-02T07:40:34.325048+05:45","news_slug":"India-52-run-ahead"},{"id":3663,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"खालिद जमिल भारतीय फुटबल टोलीको मुख्य प्रशिक्षक","news_image_url":"https://app.nepalsportz.com/media/IMG_2158.webp","news_image_file":"https://app.nepalsportz.com/media/IMG_2158.webp","category":[{"id":1,"created":"2023-02-03T13:17:51.271694+05:45","modified":"2023-02-03T13:17:51.271713+05:45","created_np":"2079-10-20T13:17:51.271727+05:45","modified_np":"2079-10-20T13:17:51.278345+05:45","name":"Football","slug":"football"}],"season":null,"content":"
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं। खालिद जमिललाई अखिल भारतीय फुटबल महासंघ (एआईएफएफ) ले पुरुष राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा नियुक्ति गरेको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">उनले जमिलले म्यानोलो मार्क्वेजको स्थान लिएका हुन्। ‘एआईएफएफ कार्यकारिणी समितिले खालिद जमिललाई भारतीय पुरुष राष्ट्रिय टोलीको नयाँ मुख्य प्रशिक्षकको रूपमा नियुक्त गर्ने निर्णय गरेको छ,’ महासंघले सामाजिक सञ्जाल एक्समार्फत जानकारी गराएको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">जमिल १० वर्षपछि राष्ट्रिय टोलीको जिम्मेवारी सम्हाल्ने पहिलो भारतीय प्रशिक्षक बनेका छन्। उनका पूर्ववर्ती मार्क्वेज गत महिना कमजोर प्रदर्शनपछि टोलीबाट अलग भएका थिए।
<span style=\"-webkit-text-size-adjust: 100%;\">जमिलभन्दा अगाडि यो पद सम्हाल्ने अन्तिम भारतीय प्रशिक्षक साभियो मडेइरा थिए, जसले सन् २०११ देखि २०१२ सम्म जिम्मेवारी सम्हाले।
<span style=\"-webkit-text-size-adjust: 100%;\">जमिलको नाम एआईएफएफको प्राविधिक समितिले सर्टलिस्ट गरेको हो। यो समितिको अध्यक्षता भारतीय लिजेन्ड स्ट्राइकर आईएम विजयनले गरेका थिए।
","created":"2025-08-01T20:14:27.182532+05:45","news_slug":"Indian-head-coach-Khalid-Jamil-head-coach"},{"id":3662,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"एसियाली पारा तेक्वान्दो च्याम्पियनसिपमा पलेशाले जितिन् कांस्य","news_image_url":"https://app.nepalsportz.com/media/att.gOmGaNAyO98yPl74mpwahhRdUqJCkFZ67fIGqSu7Mzs.jpeg","news_image_file":"https://app.nepalsportz.com/media/att.gOmGaNAyO98yPl74mpwahhRdUqJCkFZ67fIGqSu7Mzs.jpeg","category":[{"id":7,"created":"2023-02-25T05:44:03.143831+05:45","modified":"2023-02-25T05:44:03.143852+05:45","created_np":"2079-11-13T05:44:03.143865+05:45","modified_np":"2079-11-13T05:44:03.144117+05:45","name":"Martial Arts","slug":"martial-arts"}],"season":null,"content":"
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं। पलेशा गोवर्धनले १०औं एसियाली पारा तेक्वान्दो च्याम्पियनसिप (जि ४) मा कांस्य पदक जितेकी छन्।
<span style=\"-webkit-text-size-adjust: 100%;\">मलेसियाको कुचिङमा शुक्रबार सम्पन्न प्रतियोगिताको सेमिफाइनलमा हार बेहोरेपछि उनले तेस्रो स्थानमा चित्त बुझाउँदै नेपालका लागि पदक सुनिश्चित गरिन्।
<span style=\"-webkit-text-size-adjust: 100%;\">गोवर्धनले क्वार्टरफाइनलमा उज्बेकिस्तानकी कामोला जुराबावामाथि पहिलो राउन्डमा १०–६ र दोस्रो राउन्डमा १३–० को जित निकाल्दै सेमिफाइनलमा प्रवेश गरेकी थिइन्।
<span style=\"-webkit-text-size-adjust: 100%;\">तर, सेमिफाइनलमा चीनकी ली युजिएसँग ०–४ र ०–१० को स्कोरमा पराजित भइन्।
<span style=\"-webkit-text-size-adjust: 100%;\">योसँगै पलेशाको अन्तर्राष्ट्रिय पदक संख्या पाँच पुगेको छ। उनले यसअघि युथ एसियन गेम्स र एसियाली पारा ओलम्पिक छनोट प्रतियोगितामा दुई स्वर्ण जितेकी थिइन् भने टोकियो पारा ओलम्पिक २०२४, एसियन गेम्स २०२२ र एसियन प्रतियोगिता २०१८ मा तीन कांस्य जितेकी छन्।
<span style=\"-webkit-text-size-adjust: 100%;\">अन्य नेपाली खेलाडीहरूले भने उल्लेख्य प्रदर्शन गर्न सकेनन्। भरतसिंह महताले काजाकिस्तानका गिब्रात्झान बाकबर्गविरुद्ध पहिलो राउन्डमा १२–० को सानदार जित निकाले पनि दोस्रो राउन्डमा ७–१० ले पराजित भए।
<span style=\"-webkit-text-size-adjust: 100%;\">अमिर ब्लोनले ताइवानका चेन चिएन च्याङसँग ६–८, ५–४, र ६–१० को प्रतिस्पर्धात्मक हार बेहोरे। कमला प्रसाई उज्बेकिस्तानकी इसोमिद्दिनोवासँग दुवै राउन्डमा ०–१२ र ०–१३ को हारका साथ प्रतियोगिताबाट बाहिरिइन्।
<span style=\"-webkit-text-size-adjust: 100%;\">रेनु तामाङले भने भारतकी लक्ष्मी राडारत्तीसँग पहिलो राउन्डमा १२–६ को जित निकालिन्। तर, बाँकी दुई राउन्ड १९–२३ र १२–२४ ले हारिन्।
","created":"2025-08-01T16:53:41.449900+05:45","news_slug":"Palesa-Asia-para-taekwondo"},{"id":3661,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"एनपीएलको पहिलो संस्करणबाट क्यानलाई २ करोड ४६ लाख ५० हजार नाफा","news_image_url":"https://app.nepalsportz.com/media/IMG_2144.jpeg","news_image_file":"https://app.nepalsportz.com/media/IMG_2144.jpeg","category":[{"id":3,"created":"2023-02-08T17:13:09.647250+05:45","modified":"2023-02-08T17:13:09.647269+05:45","created_np":"2079-10-25T17:13:09.647282+05:45","modified_np":"2079-10-25T17:13:09.647504+05:45","name":"Cricket","slug":"Cricket-nepal"}],"season":null,"content":"
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करणको आयव्यय विवरण सार्वजनिक गरेको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">बिहीबार मूलपानीमा बसेको क्यानको केन्द्रीय कार्यसमिति बैठकले एनपीएलको पहिलो संस्करणबाट नेट २ करोड ४६ लाख ५० हजार ७८९ रूपैयाँ नाफा भएको जानकारी दिइएको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">क्यानले एनपीएलबाट कुल आम्दानी २७ करोड ६९ लाख ६४ हजार ८१८ रूपैयाँ आम्दानी गरेको थियो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">जसमा कुल खर्च २० करोड १५ लाख ७३ हजार ५५९ रूपैयाँ रहेको प्रतियोगिताबाट क्यानले ७ करोड ५३ लाख ९१ हजार २५९ रूपैयाँ मुनाफा आर्जन गरेको छ। प्राप्त नाफामध्ये ८ वटा फ्रेन्चाइज टोलीहरूलाई ५० प्रतिशत राजस्व बाँडफाँड गरिएको क्यानले जनाएको छ। जसअनुसार टोलीहरूले कूल ४ करोड ३७ लाख ४० हजार ४७० रूपैयाँ प्राप्त गरेका छन्।
","created":"2025-08-01T09:15:54.804159+05:45","news_slug":"Npl-season-1-profit"},{"id":3660,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"साफ यु–१७ च्याम्पियनसिप : उद्घाटन नेपाल र श्रीलंका भिड्ने","news_image_url":"https://app.nepalsportz.com/media/IMG_2143.jpeg","news_image_file":"https://app.nepalsportz.com/media/IMG_2143.jpeg","category":[{"id":1,"created":"2023-02-03T13:17:51.271694+05:45","modified":"2023-02-03T13:17:51.271713+05:45","created_np":"2079-10-20T13:17:51.271727+05:45","modified_np":"2079-10-20T13:17:51.278345+05:45","name":"Football","slug":"football"}],"season":null,"content":"
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं। साफ यु–१७ च्याम्पियनसिपकाे उद्घाटन खेलमा नेपाल र श्रीलंका खेल्ने भएको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">दक्षिण एसियाली फुटबल महासंघ (साफ)ले बिहीबार सार्वजनिक गरेको खेल तालिकाअनुसार यी दुई टोली भिड्ने भएका हुन्।
<span style=\"-webkit-text-size-adjust: 100%;\">यी दुई टोली साबिक उपविजेता बंगलादेशसँगै समूह ‘ए’ मा छ। यी दुईबीचको खेल सेप्टेम्बर १५ मा हुनेछ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">नेपालले दोस्रो खेल सेप्टेम्बर १८ मा बंगलादेशसँग खेल्ने छ। हरेक समूहका विजेता र उपविजेता टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्। अर्को समूहमा साबिक विजेता भारतसँगै भुटान, माल्दिभ्स र पाकिस्तान छन्।
<span style=\"-webkit-text-size-adjust: 100%;\">नेपालले यो उमेरसमूहमा अहिलेसम्म उपाधि जित्न सकेको छैन। नेपाल सन् २०१३, २०१७, २०१९ र २०२२ मा उपविजेता बनेको थियो। 
","created":"2025-08-01T09:09:13.579137+05:45","news_slug":"Saff-u17-Nepal-Bhutan-opening-game"},{"id":3659,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"इसाक ‘एबसेन्ट विथआउट लिभ’ मा ?","news_image_url":"https://app.nepalsportz.com/media/IMG_2142.jpeg","news_image_file":"https://app.nepalsportz.com/media/IMG_2142.jpeg","category":[{"id":1,"created":"2023-02-03T13:17:51.271694+05:45","modified":"2023-02-03T13:17:51.271713+05:45","created_np":"2079-10-20T13:17:51.271727+05:45","modified_np":"2079-10-20T13:17:51.278345+05:45","name":"Football","slug":"football"}],"season":null,"content":"
<span style=\"-webkit-text-size-adjust: 100%;\">फुटबलमा खेलाडीको सम्भावित ‘ट्रान्सफर’ कहिलेकाहीं साह्रै नरमाइलो हुने गर्छ । न्युकासल युनाइटेडका एलेक्जान्डर इसाकको प्रसङ्गमा यस्तै भएको छ भन्दा हुन्छ । उनी अहिले स्पेन पुगेका छन् र आफ्नो पुरानो क्लब रियल सोसिडाडमा व्यक्तिगत रूपमा अभ्यास गरिरहेका छन् ।
 <span style=\"-webkit-text-size-adjust: 100%;\">न्युकासल आफै भने अहिले सुदूर पूर्वमा टिम तयारीको भ्रमणमा छ । प्रशिक्षक एडि हाउले इसाक चोटका कारण टिममा नरहेको बताएका छन् । तर उनले आफ्ना स्टार खेलाडी ‘एबसेन्ट विथआउट लिभ’ मा रहेकोलाई भने मान्न तयार भएनन् । इंग्लिस मिडियाले भने यस्तै अनुमान गरिरहेको छ, इसाक बिदा नलिएर छुट्टिमा छन् ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">इसाकले एक प्रकारले न्युकासलमाथि दबाब सिर्जना गरिहेका छन्, सम्भवतः लिभरपुल जान । इंग्लिस च्याम्पियन लिभरपुलले यी खेलाडी किन्न उत्सुकता देखाएको धेरै भइसकेको छ । तर अहिलेसम्म ठोस प्रक्रिया केही भएको छैन् । यस्तोमा प्रश्न हो, यदी इसाकलाई लिभरपुल मात्र होइन्, कसैले किनेनन भने के हुन्छ ?
<span style=\"-webkit-text-size-adjust: 100%;\">के उनी फेरि न्युकासलमै फर्केर खेल्न तयार हुन्छन् त ?
","created":"2025-08-01T08:59:37.593289+05:45","news_slug":"Isak-"},{"id":3658,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"वर्षाले प्रभावित खेलमा इंग्ल्यान्ड अलिकति बलियो","news_image_url":"https://app.nepalsportz.com/media/IMG_2141.jpeg","news_image_file":"https://app.nepalsportz.com/media/IMG_2141.jpeg","category":[{"id":3,"created":"2023-02-08T17:13:09.647250+05:45","modified":"2023-02-08T17:13:09.647269+05:45","created_np":"2079-10-25T17:13:09.647282+05:45","modified_np":"2079-10-25T17:13:09.647504+05:45","name":"Cricket","slug":"Cricket-nepal"}],"season":null,"content":"
<span style=\"-webkit-text-size-adjust: 100%;\">डर छ, कतै पूरा टेस्ट वर्षाले प्रभावित हुने त होइन ? पहिलो दिन त एक सेसनकै खेल हुन सकेन् । त्यसैले प्रश्न हो, आज दोस्रो दिन शुक्रबारको खेलमा हुने के होला ? इंग्ल्यान्ड र भारतबीच लन्डनको ओभलमा सुरु भएको अन्तिम तथा पाँचौं टेस्टको पहिलो दिन खेल वर्षाले प्रभावित रह्यो ।
दिनको खेल समाप्त हुँदा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको भारतले छ विकेट गुमाएर २ सय ४ रन बनाएको छ । त्यस अर्थमा इंग्ल्यान्ड अलिकति बलियो देखिएको छ । कम्तीमा घरेलु टिम आफ्नो प्रदर्शनलाई लिएर खुसी हुनु पर्छ । भारतको स्कोरमा करुण नायर ५२ रन बनाएर खेलिरहेका छन् ।
भारतको प्रदर्शन अब धेरै हदसम्म उनकै ब्याटिङमा टिक्नेछ । उनलाई वासिङटन सुन्दरले १९ रन बनाएर साथ दिइरहेका छन् । उनीहरूले ५१ रनको साझेदारी गरिसकेका छन् । इंग्लिस बलरमध्ये गस एटकिन्सन र जस टङ्गले दुई दुई विकेट हात पारेका छन् ।
","created":"2025-08-01T08:56:27.932907+05:45","news_slug":"England-ahead-than-India"},{"id":3657,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"नेपालले महिला टी–२० विश्वकपको ग्लोबल छनोट आयोजना गर्ने","news_image_url":"https://app.nepalsportz.com/media/IMG_2127.jpeg","news_image_file":"https://app.nepalsportz.com/media/IMG_2127.jpeg","category":[{"id":3,"created":"2023-02-08T17:13:09.647250+05:45","modified":"2023-02-08T17:13:09.647269+05:45","created_np":"2079-10-25T17:13:09.647282+05:45","modified_np":"2079-10-25T17:13:09.647504+05:45","name":"Cricket","slug":"Cricket-nepal"}],"season":null,"content":"
काठमाडौं। आइसीसी महिला टी–२० विश्वकपको ग्लोबल छनोट प्रतियोगिता नेपालले आयोजना गर्ने भएको छ।  
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौँस्थित माथिल्लो र तल्लो मुलपानी क्रिकेट मैदानमा सञ्चालन हुने छनाेटमा १० टोलीबीच प्रतिस्पर्धा हुनेछ। शीर्ष ४ टोलीले विश्वकपमा स्थान बनाउनेछ। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">विश्वकप सन् २०२६ को जुन १२ देखि जुलाई ५ सम्म इङ्ल्यान्ड र वेल्समा हुनेछ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">छनोट प्रतियोगितामा बंगलादेश र आयरल्यान्डले सन् २०२४ को महिला टी–२० विश्वकपमा सहभागिता जनाएका आधारमा स्वतः स्थान पाएका छन्। एसिया क्षेत्रबाट थाइल्यान्ड र नेपालले आफ्नो स्थान सुरक्षित गरेका छन् भने अमेरिकी क्षेत्रबाट संयुक्त राज्य अमेरिकाले छनोटमा स्थान बनाएको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">अहिले बाँकी रहेका ५ स्थानका लागि अफ्रिका र युरोपबाट दुई–दुई टोली तथा ईस्ट एसिया–प्यासिफिक क्षेत्रबाट एक टोली छनोट हुनेछन्, जसका लागि क्षेत्रीय छनोट प्रतियोगिताहरू सम्पन्न हुन बाँकी छन्।
<span style=\"-webkit-text-size-adjust: 100%;\">नेपालमा हुने छनोट प्रतियोगितामा १० टोलीलाई दुई समूहमा विभाजन गरिनेछ। समूह चरणपछि उत्कृष्ट ६ टोलीले सुपर सिक्स चरण खेल्नेछन् र अन्तिममा फाइनल खेलमार्फत शीर्ष ४ टोली छनोट गरिनेछन्। प्रतियोगिताको पूर्ण तालिका चाँडै सार्वजनिक गरिने अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)ले जनाएको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">यता, महिला टी–२० विश्वकप २०२६ को कार्यक्रम भने पहिले नै सार्वजनिक भइसकेको छ। सो प्रतियोगिता २४ दिनसम्म ७ मैदानहरूमा खेलिनेछ, जसमा ओल्ड ट्राफोर्ड, हेडिङ्ले, ह्याम्पशायर बाउल र ब्रिस्टल काउन्टी ग्राउन्डजस्ता स्टेडियम समावेश छन्। फाइनल खेल विश्वप्रसिद्ध लर्ड्स क्रिकेट मैदानमा हुनेछ।
","created":"2025-07-31T21:00:58.943184+05:45","news_slug":"Womens-t20-qualifier-host-Nepal"},{"id":3656,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"मैत्रीपूर्ण खेलमा अल नासर विजयी","news_image_url":"https://app.nepalsportz.com/media/IMG_2089.jpeg","news_image_file":"https://app.nepalsportz.com/media/IMG_2089.jpeg","category":[{"id":1,"created":"2023-02-03T13:17:51.271694+05:45","modified":"2023-02-03T13:17:51.271713+05:45","created_np":"2079-10-20T13:17:51.271727+05:45","modified_np":"2079-10-20T13:17:51.278345+05:45","name":"Football","slug":"football"}],"season":null,"content":"
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं। साउदी प्रो लिग क्लब अल नसारले प्रि-सिजन मैत्रीपूर्ण खेलमा विजयी हासिल गरेकाे छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">अस्ट्रियाको उन्टर्सबर्ग एरिनामा बुधबार राति भएकाे खेलमा नासरले फ्रान्सको टोलोजलाई २-१ ले पराजित गरेकाे हाे।
<span style=\"-webkit-text-size-adjust: 100%;\">अल नासरलाई जित दिलाउन कप्तान क्रिस्टियानो रोनाल्डो र मोहम्मद मारनले गोल गरे। टोलोजका लागि यान गबोहोले गोल गरे।
<span style=\"-webkit-text-size-adjust: 100%;\">खेलको २५औं मिनेटमा गबोहोको गोलमार्फत टोलोजले अग्रता लिएको थियो तर, आठ मिनेटपछि नै रोनाल्डोले अल नासरलाई बराबरीमा ल्याए।
<span style=\"-webkit-text-size-adjust: 100%;\">मारनले ७६औं मिनेटमा गोल गर्दै अल नासरलाई २-१ को रोमाञ्चक जित दिलाए।
","created":"2025-07-31T09:41:04.791130+05:45","news_slug":"Al-nassr-win-infriendly"},{"id":3655,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"लिग्स कप : मियामीको विजयी सुरुआत","news_image_url":"https://app.nepalsportz.com/media/IMG_2088.jpeg","news_image_file":"https://app.nepalsportz.com/media/IMG_2088.jpeg","category":[{"id":1,"created":"2023-02-03T13:17:51.271694+05:45","modified":"2023-02-03T13:17:51.271713+05:45","created_np":"2079-10-20T13:17:51.271727+05:45","modified_np":"2079-10-20T13:17:51.278345+05:45","name":"Football","slug":"football"}],"season":null,"content":"
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं। अमेरिकाको इन्टर मियामीले लिग्स कपमा खेलमा विजयी सुरुआत गरेको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">चेस स्टेडियममा बिहीबार सम्पन्न खेलमा मियामीले मेक्सिकन क्लब एटलस एफसीविरुद्ध २(१ को रोमाञ्चक जित दर्ता गरेको हो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">घरेलु टोली मियामीलाई जित दिलाउन टेलास्को सेगोभिया र मार्सेलो विगान्ड्टले गोल गरे। यता, पाहुना टोली एटलसका लागि रिभाल्डो लोजानोले गोल फर्काए।
<span style=\"-webkit-text-size-adjust: 100%;\">खेलको ५७औं मिनेटमा सेगोभियाको गोमबाट मियामीले अग्रता लिएको थियो। उनले कप्तान लियोनल मेस्सीको पासलाई पोस्टको दिशा दिए ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">लोजानोले ८०औं मिनेटमा एटलसलाई बराबरीमा ल्याए। इन्जुरी समयमा विगान्ड्टले गोल गर्दै मियामीलाई २(१ को रोमाञ्चक जित दिलाए। यस पटक पनि मेस्सीले गोलको अवसर सिर्जना गरेका थिए।
<span style=\"-webkit-text-size-adjust: 100%;\">अब आइतबार मियामीले क्लब नेकाक्सा तथा एटलसले ओर्लान्डो सिटीको सामना गनेछन्। 
","created":"2025-07-31T09:34:57.918945+05:45","news_slug":"Miami-wins"},{"id":3654,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"खुसी र गर्वले लिभरपुल छाडेका डियाज","news_image_url":"https://app.nepalsportz.com/media/IMG_2085.webp","news_image_file":"https://app.nepalsportz.com/media/IMG_2085.webp","category":[{"id":1,"created":"2023-02-03T13:17:51.271694+05:45","modified":"2023-02-03T13:17:51.271713+05:45","created_np":"2079-10-20T13:17:51.271727+05:45","modified_np":"2079-10-20T13:17:51.278345+05:45","name":"Football","slug":"football"}],"season":null,"content":"
<span style=\"-webkit-text-size-adjust: 100%;\">फुटबलमा कहिलेकाहीं केही खेलाडीको ‘ट्रान्सफर’ सुखद नै हुने गर्छ । त्यसो त कुनै पनि क्लबले एउटा खेलाडी अर्को क्लबसँग गुमाउनुमा खुसी त कहाँ हुन्छ र ? लुइस डिजायको लिभरपुलबाट बायर्न म्युनिकको स्थानान्तरण भने खुसी र गर्वले भरिएको नै रह्यो ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">हालै यी कोलम्बियाली खेलाडी छ करोड ५५ लाख पाउन्डको मूल्यमा इंग्लिस च्याम्पियनबाट जर्मन च्याम्पियनतिर लागे । यस लगतै लिभरपुल प्रशिक्षक आर्ने स्लटको पहिलो प्रतिक्रिया थियो, ‘हामीले डिजायलाई मिस गर्नेछौं ।’ जति समय यी खेलाडी लिभरपुलमा रहे, समर्थकमाझ लोकप्रिय रहे ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">उनले पनि भनेका छन्, ‘म लिभरपुलमा ठूलो सपना बोकेर आएको थिएँ । छोड्दा म धेरै उपलब्धीको खुसी साँचेर जाँदैछुं । लिभरपुल साँच्चै एउटा विशेष क्लब हो, यो मेरो मुटुमा जहिले पनि रहनेछ ।’ सन् २०२२ मा उनी पोर्टोबाट लिभरपुल आएका थिए ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">लिभरपुल छँदा उनले चार ठूला प्रतियोगिता जिते, त्यसमध्ये सबैभन्दा ठूलो त पछिल्लो इंग्लिस प्रिमियर लिग नै रहनेछ । उनले एनफिल्ड क्लबका लागि १ सय ४८ खेलमा ४१ गोल गरे । क्लब छाड्न अगाडि कार दुर्घटनामा डिएगो जोटालाई गुमाएको क्षणलाई पनि उनले असाध्यै दुःख मानेका छन् ।
","created":"2025-07-31T06:59:20.361261+05:45","news_slug":"Luis-dias"},{"id":3653,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"पाँचौ टेस्टमा भिड्दै थाकेका खेलाडी","news_image_url":"https://app.nepalsportz.com/media/IMG_2084.jpeg","news_image_file":"https://app.nepalsportz.com/media/IMG_2084.jpeg","category":[{"id":3,"created":"2023-02-08T17:13:09.647250+05:45","modified":"2023-02-08T17:13:09.647269+05:45","created_np":"2079-10-25T17:13:09.647282+05:45","modified_np":"2079-10-25T17:13:09.647504+05:45","name":"Cricket","slug":"Cricket-nepal"}],"season":null,"content":"
इंग्यान्ड र भारत आज बिहीबारदेखि पाँचौं, अन्तिम तथा निर्णायक टेस्टमा भिड्दैछन् । यो टेस्टको विशेषता भन्नु नै दुवै टिम शारीरिक र मानसिक दुवै रूपमा असाध्यै थाकेका छन् । तर यही टेस्टले नै सिरिजको पनि निर्णय गर्नेछ । सिरिजमा इंग्ल्यान्ड २–१ ले अगाडि छ ।
 <span style=\"-webkit-text-size-adjust: 100%;\">भारतसामु यो टेस्ट जितेर सिरिज बराबरी गर्ने अवसर पनि छ । ओल्ड ट्रायफोर्डमा भएको चोथो टेस्ट बराबरीमा टुंग्याएपछि भारत एक प्रकारले उत्साहित पनि छ । यो उत्साहमा एउटा समस्या पनि छ, आफ्ना मुख्य बलर जसप्रित बुमराहलाई खेलाउने कि नखेलाउने भन्ने अन्यौलता ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">तर भारतीय प्रशिक्षक गौत्तम गम्भीरले आफ्ना सबै खेलाडी फिट छन् भनेर दाबी गरेका छन् । लन्डनको ओभलमा हुने यो टेस्टमा इंग्लिस कप्तान बेन स्टोक्सले त नखेल्ने निश्चित भइसकेको छ । सात साताभित्र पाँच टेस्ट खेलिन्छ भने स्वभाविक छ, खेलाडी थाक्ने नै हुन्छन् ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">यति भन्दा भन्दै पनि यो खेल आफैमा रोमाञ्चक हुने सजिलै अनुमान गर्न सकिन्छ । जसरी इंग्ल्यान्डले आक्रामक भएर खेल्ने गरेको छ, यसले टेस्टमा स्पष्ट नतिजा आउने लगभग निश्चित जस्तै हुन्छ । त्यसमाथि भारतले पनि जितका लागि जोखिम उठाउने नै छ ।
","created":"2025-07-31T06:39:13.352427+05:45","news_slug":"India-vs-England-5-test"},{"id":3652,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"चोटका कारण स्टोक्सले नखेल्ने","news_image_url":"https://app.nepalsportz.com/media/IMG_2069.jpeg","news_image_file":"https://app.nepalsportz.com/media/IMG_2069.jpeg","category":[{"id":3,"created":"2023-02-08T17:13:09.647250+05:45","modified":"2023-02-08T17:13:09.647269+05:45","created_np":"2079-10-25T17:13:09.647282+05:45","modified_np":"2079-10-25T17:13:09.647504+05:45","name":"Cricket","slug":"Cricket-nepal"}],"season":null,"content":"
इंग्लिस कप्तान बेन स्टोक्सले भारतविरुद्धको पाँचौं तथा अन्तिम टेस्ट नखेल्ने भएका छन् । काँधको चोटका कारण स्टोक्स टिमबाट बाहिरिएका हुन् । अब उनको स्थानमा ओली पोपले कप्तानी गर्नेछन् ।
सिरिजको निर्णायक सावित हुन सक्ने टेस्ट भोलि बिहीबारदेखि लन्डनको ओभलमा सुरु हुँदैछ । म्यानचेस्टरको ओल्ड ट्रायफोर्डमा भएको चौथो टेस्टमै पनि स्टोक्सले अन्त्यतिर बलिङ गरेका थिएनन् ।
इंग्ल्यान्डका लागि स्टोक्सको अनुपस्थिति ठूलो धक्का मानिएको छ । यो सिरिजमा उनले इंग्ल्यान्डका लागि ब्याटिङ र बलिङ दुवैमा महत्त्वपूर्ण योगदान गरेका थिए ।
कुल पाँच टेस्टको सिरिजमा इंग्ल्यान्ड २–१ ले अगाडि छ ।
","created":"2025-07-30T16:59:56.046224+05:45","news_slug":"Injuries-Ben-stoke-not-playing"}]}