{"count":5179,"next":"https://app.nepalsportz.com/news/?format=json&page=61","previous":"https://app.nepalsportz.com/news/?format=json&page=59","results":[{"id":4052,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"नवीन न्यौपाने महिला टिमको मुख्य प्रशिक्षक","news_image_url":"https://app.nepalsportz.com/media/IMG_4308.jpeg","news_image_file":"https://app.nepalsportz.com/media/IMG_4308.jpeg","category":[{"id":1,"created":"2023-02-03T13:17:51.271694+05:45","modified":"2023-02-03T13:17:51.271713+05:45","created_np":"2079-10-20T13:17:51.271727+05:45","modified_np":"2079-10-20T13:17:51.278345+05:45","name":"Football","slug":"football"}],"season":null,"content":"
अखिल नेपाल फुटबल संघ एन्फाले बिहीबार न्यौपानेलाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको हो।
उनको कार्यकाल सन् २०२६ मा हुने साफ महिला च्याम्पियनसिपसम्म रहनेछ। न्यौपानेले बिहीबार एन्फा कम्प्लेक्समा आयोजित कार्यक्रममा एन्फाका महासचिव किरण राईबाट नियुक्ति पत्र प्राप्त गरेका हुन्।
यस्तै, भगवती खत्री र राजकुमार केसीलाई टोलीको सहायक प्रशिक्षकको जिम्मेवारी दिइएको छ। त्यस्तै बिन्द्रा देवान (टोली व्यवस्थापक), शिला गिरी (फिजियोथेरापिस्ट) र बिकास गुरुङ (किट व्यवस्थापक) भने यथावत् भूमिकामा रहने एन्फाले जनाएको छ।
","created":"2025-09-25T14:53:49.361945+05:45","news_slug":"Nabin-Neupane-"},{"id":4051,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"नेपाल र मस्को क्षेत्रिय चेस महासंघ बीच छ बुँदे सम्झौतामा हस्ताक्षर","news_image_url":"https://app.nepalsportz.com/media/IMG_4299.jpeg","news_image_file":"https://app.nepalsportz.com/media/IMG_4299.jpeg","category":[{"id":6,"created":"2023-02-25T05:35:16.095163+05:45","modified":"2023-02-25T05:43:41.832025+05:45","created_np":"2079-11-13T05:43:41.832036+05:45","modified_np":"2079-11-13T05:43:41.832254+05:45","name":"Other Sports","slug":"other-sports"}],"season":null,"content":"
रसियाका राजनीतिज्ञ एवं सिनेटर सेर्गेइ अलेक्जान्द्रोभिच कार्जाकिन र अध्यक्ष हेराकाजी महर्जनले हस्ताक्षर पश्चात सम्झौता पत्र अदलाबदलि गरेका छन्।
उक्त सम्झौता अनुसार दुबै महासंघले चेसलाई आपसी मित्रता र समझदारीको माध्यमका रूपमा उपयोग गर्दै विभिन्न क्षेत्रहरूमा सहकार्य गर्ने भएका छन्।
सम्झौतामा दुबै पक्षबीच चेस लोकप्रियता बढाउन अनुभव साटासाट गर्दै खेलाडी टोलीहरूको दुई देशीय आपसी भ्रमण गरिने व्यवस्था गरिएको छ।
यस्तैगरी नेपाल र रसियामा खेलाडीहरूको तालिम सञ्चालन गरिने तथा अनलाइन मार्फत समेत प्रशिक्षण हुने उल्लेख छ।
त्यस्तै नयाँ खेलाडी तयार गर्न प्रशिक्षकहरूको सीप अभिवृद्धि, अतिरिक्त शिक्षा र तालिमको व्यवस्था समेत गरिनेछ।
नेपाल र रुसमा दुई राष्ट्रका खेलाडी बीच द्विपक्षीय प्रतियोगिता आयोजना गर्ने तथा समयानुकूल अनलाइन मार्फत पनि यस्ता प्रतियोगिता सञ्चालन गरिनेछ।
साथै, चेस सम्बन्धी विषयगत गोष्ठी, सम्मेलन र विभिन्न कार्यक्रमहरूको समेत आयोजना गर्ने सहमति भएको छ।
सम्झौता अनुरुप खेलाडी एवं खेल प्रतिनिधिहरूको सहभागिता र कार्यक्रमका वित्तीय शर्तहरू दुबै पक्षबीच अग्रिम सहमति गरेर तय गरिनेछ।
सम्झौतापत्रमा उल्लेख भए अनुसार यस सम्झौतालाई अन्तर्राष्ट्रिय सन्धिका रुपमा मानिने छैन र यसले अन्तर्राष्ट्रिय कानुन अनुसार कुनै कानुनी दायित्व सिर्जना गर्दैन। नितान्त द्विदेशीय चेस खेल प्रवर्द्धनका बिषयमा केन्द्रित रहनेछ।
सम्झौता हस्ताक्षर भएदेखि लागू हुनेछ भने कुनै पनि पक्षले सम्झौता अन्त्य गर्न चाहेको खण्डमा ६ महिना अघि नै अर्को पक्षलाई लिखित सूचना दिनुपर्ने व्यवस्था गरिएको छ।
रुस गणराज्य काल्मिकियाका राष्ट्रपति एवं काल्मिक क्षेत्रीय चेस फेडरेसनका अध्यक्ष समेत रहेका किर्सान निकोस्लाभिच इल्युमजिनोभको अग्रसरतामा ६ बुँदे सम्झौता भएको महासंघका अध्यक्ष हेराकाजी महर्जनले जानकारी दिएका छन्।
महर्जनका अनुसार बुद्ध धर्मका अनुयायी किर्सानले नेपाल भ्रमणका क्रममा परिकल्पना गरेको बौद्ध राष्ट्र बिचको चेस खेल काल्मिकियामा सम्पन्न गरेको छ।
उनले विश्वशान्ति दुत गौतम बुद्धको नाममा दोस्रो प्रतियोगिता पुनः रुसमा हुने र तेस्रो संस्करण नेपालमा आयोजना गर्ने समझदारी बनेको जानकारी गराएका छन्।
किर्सानको प्रतिनिधिका रुपमा हस्ताक्षर गरेका सर्गेइ कार्जाकिन जम्मा १२ वर्ष ७ महिनाको उमेरमा विश्वको सबैभन्दा कान्छो चेस ग्रायण्ड मास्टरका रुपमा रेकर्ड राख्न सफल खेलाडी हुन्।
रुस क्रिमिया संघका पार्षद सिनेटर सर्जेइ कार्जाकिनले नेपाली युवा खेलाडीको खेल स्तर सोचे भन्दा उच्च रहेको हुदा थप प्रशिक्षणको अवसर प्रदान गर्न यस सम्झौताले महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गरेका छन्।
सम्झौता भए पश्चात महासंघका प्रवक्ता राजु ताम्राकारले विगतमा पनि पहिलो जेनेरेसनका खेलाडीहरुलाई रसियन जिएम अलेक्जेन्डर फोमिनि, बंगलादेशका जिएम निहाज मुर्सेद, भारतका गोविन्द बल्लब (जिबि) जोशीवाट प्रशिक्षण प्रदान गरिएको बताए।
हालै नेपाली चेस ओलम्पियाड टिमलाई काजकिस्तानी जिएम मुर्ताज काजगल्यएभ तथा आइएम बख्तियार अस्कारोभले ‌नेपाल मै चेस प्रशिक्षणको प्रबन्धक गरेको ताम्राकारले जानकारी गराएका छन्।
विश्व बुद्धिचाल महासंघ (फिडे)का निवर्तमान अध्यक्ष किर्सानको सहयोगमा सन् २०१५ देखि २०२१ सम्म ६ वर्ष नेपाली चेस खेलाडीहरुलाई अध्ययन गर्न छात्रवृत्ति प्राप्त गरेको थियो।
तत्कालीन बुद्धिचाल संघको पहलमा रसिया पिपुल्स फ्रेन्डशिप युनिभर्सिटीको छात्रवृत्ति अवसर सदुपयोग गर्नेमा वर्तमान उच्च २२५३ रेटेड एफएम बिबेक थिङ, वर्तमान नेपाल च्याम्पियन एफएम रुपेश जैसवाल र सौरभ प्रधान हुन्।
प्रवक्ता ताम्राकारका अनुसार रसियामा भएको दुई देशीय सम्झौताले पुनः छात्रवृत्ति प्राप्त हुने भएको छ। साथै महासंघले नेपाली खेलाडीहरुको खेल स्तर बृद्धि गर्न विभिन्न कोणबाट पहल जारी राखेको बताएका छन्।
","created":"2025-09-25T10:55:14.601825+05:45","news_slug":"Nepal-Moscow-chess"},{"id":4050,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"मेस्सी र स्वरेजको गोलमा इन्टर मियामी विजयी","news_image_url":"https://app.nepalsportz.com/media/IMG_4298.webp","news_image_file":"https://app.nepalsportz.com/media/IMG_4298.webp","category":[{"id":1,"created":"2023-02-03T13:17:51.271694+05:45","modified":"2023-02-03T13:17:51.271713+05:45","created_np":"2079-10-20T13:17:51.271727+05:45","modified_np":"2079-10-20T13:17:51.278345+05:45","name":"Football","slug":"football"}],"season":null,"content":"
विहिबार बिहान सम्पन्न खेलमा मियामीले न्यूयोर्क सिटीलाई ४-० गोल अन्तरले पराजित गरेको हो।
मियामीको जितमा लियोनेल मेस्सीले २ गोल गरेका थिए भने भने बाल्टासार रोड्रीगेज र लुइस स्वरेजले एक एक गोल गरे।
जितसँगै मियामी लिगको इस्टर्न कन्फेरेन्समा २९ खेलमा ५५ अंक रहेको इन्टर मिलान लिगमा तेस्रो स्थानमा उक्लिएको छ। त्यस्तै न्यूयोर्क सिटीको ३१ खेलमा ५३ अंक रहेको छ र लिगमा पाँचौं स्थानमा रहेको छ।
","created":"2025-09-25T10:38:21.155597+05:45","news_slug":"Messi-suarez-scores-for-Miami"},{"id":4049,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"बंगलादेशलाई हराउँदै भारत फाइनलमा","news_image_url":"https://app.nepalsportz.com/media/IMG_4277.jpeg","news_image_file":"https://app.nepalsportz.com/media/IMG_4277.jpeg","category":[{"id":3,"created":"2023-02-08T17:13:09.647250+05:45","modified":"2023-02-08T17:13:09.647269+05:45","created_np":"2079-10-25T17:13:09.647282+05:45","modified_np":"2079-10-25T17:13:09.647504+05:45","name":"Cricket","slug":"Cricket-nepal"}],"season":null,"content":"
दुबई अन्तर्राष्ट्रिय रंगशालामा बुधबार राति सम्पन्न खेलमा भारतले दिएको १६९ रनको लक्ष्य पछाएको बंगलादेशले १९.३ ओभरमा अलआउट हुँदै १२७ रन मात्र बनायो र खेलमा हार बेहोरेको थियो।
बंगलादेशका लागि सैफ हसनले सर्वाधिक ६९ रन बनाए। भारतका लागि कुलदीप यादवले तीन विकेट लिए भने जसप्रीत बुमराह र वरुण चक्रवर्तीले दुई विकेट लिए। अक्षर पटेल र तिलक वर्माले एक-एक हात पाए।
भारत अपराजित रहँदै एसिया कपको फाइनलमा प्रवेश गरेको हाे। भारतको अब सुपर फोरको एउटा खेल बाँकी छ, सेप्टेम्बर २६ मा श्रीलंकासँग खेल्ने तालिका छ। श्रीलंकाको सुपर फोरका दुवै खेल हारेर फाइनलको सम्भावना सकिएको छ।
भारत सुपर फोर अंक तालिकामा चार अंक र १.३५७ को नेट रनरेटका साथ शीर्ष स्थानमा छ। पाकिस्तान र बंगलादेश क्रमशः दोस्रो र तेस्रो स्थानमा छन्। बिहीबार दुई टोलीबीचको खेल सेमिफाइनल सरह भएको छ। यस खेलको विजेताले सेप्टेम्बर २८ मा फाइनलमा भारतसँग खेल्नेछ।
","created":"2025-09-25T07:56:41.937445+05:45","news_slug":"India-beats-Bangladesh-enters-final"},{"id":4048,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"साफ यू-१७ च्याम्पियनसिप : फाइनल प्रवेशको लागि नेपाल र भारत भिड्दै","news_image_url":"https://app.nepalsportz.com/media/IMG_4242.jpeg","news_image_file":"https://app.nepalsportz.com/media/IMG_4242_KzknK3f.jpeg","category":[{"id":1,"created":"2023-02-03T13:17:51.271694+05:45","modified":"2023-02-03T13:17:51.271713+05:45","created_np":"2079-10-20T13:17:51.271727+05:45","modified_np":"2079-10-20T13:17:51.278345+05:45","name":"Football","slug":"football"}],"season":null,"content":"
श्रीलंकाकाे कोलोम्बोस्थित कोलोम्बो रेसकोर्स स्टेडियममा हुने यो खेल नेपाली समयअनुसार राति ७:४५ बजेदेखि सुरु हुनेछ।
नेपाल समूह 'ए' काे उपविजेता तथा भारत समूह 'बी' काे विजेता बन्दै सेमिफाइलमा पुगेका हुन्। नेपालले समुह चरणमा खेलेका २ खेलमा एक खेलमा श्रीलंकालाई २-० ले पराजित गरेको थियो भने अर्को खेलमा बंगलादेशसँग ४-० ले हार बेहोरेको थियो।
त्यस्तै भारत भने समुह 'बी' मा अपराजित रहँदै सेमिफाइनलमा पुगेको हो। भारतले पहिलो खेलमा माल्दिभ्सलाई ६-० ले पराजित गरेको थियो भने भुटानलाई १-० ले र पाकिस्तानलाई ३-२ गोल अन्तरले पराजित गरेको थियो।
त्यस्तै आजै पहिलो सेमिफाइनलमा बंगलादेश र पाकिस्तान खेल्दैछन्। यो खेल नेपाली समयअनुसार दिउँसो ३ १५ बजेदेखि हुनेछ। प्रतियोगिताको फाइनल खेल शनिबार हुने छ।
","created":"2025-09-25T07:41:16.580300+05:45","news_slug":"Nepal-India-playing-"},{"id":4047,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"निसमाथि रोमा विजयी","news_image_url":"https://app.nepalsportz.com/media/IMG_4275.webp","news_image_file":"https://app.nepalsportz.com/media/IMG_4275_HkZxJRo.webp","category":[{"id":1,"created":"2023-02-03T13:17:51.271694+05:45","modified":"2023-02-03T13:17:51.271713+05:45","created_np":"2079-10-20T13:17:51.271727+05:45","modified_np":"2079-10-20T13:17:51.278345+05:45","name":"Football","slug":"football"}],"season":null,"content":"
रोमाका लागि इभान डिका र जियानलुका मानचिनीले गोल गरे । निसका लागि घरेलु मैदानमा टेरेम मोफिले पेनाल्टीबाट ७७ औं मिनेटमा एक गोल फर्काए ।
अन्य प्रमुख खेलमा रियल बेटिस र नटिङघम फरेस्टले २–२ को बराबरी खेले भने डायनामो जागरेभले फेनाबाचेलाई ३–१, फ्रेबर्गले बासेललाई २–१ तथा ब्रागले फायनउडलाई १–० ले हरायो ।
","created":"2025-09-25T07:05:43.904145+05:45","news_slug":"Roman-defeats-nice"},{"id":4045,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"एटलेटिकोलाई जितको राहत","news_image_url":"https://app.nepalsportz.com/media/IMG_4274.jpeg","news_image_file":"https://app.nepalsportz.com/media/IMG_4274.jpeg","category":[{"id":1,"created":"2023-02-03T13:17:51.271694+05:45","modified":"2023-02-03T13:17:51.271713+05:45","created_np":"2079-10-20T13:17:51.271727+05:45","modified_np":"2079-10-20T13:17:51.278345+05:45","name":"Football","slug":"football"}],"season":null,"content":"
यो जितको नायक जुलियन अल्भारेज रहे र उनले आफ्नो ह्याट्रिक पूरा गरे । भाल्कानोविरुद्ध पनि एक गोलले पछाडि रहेको स्थितिबाट एटलेटिको विजयी रहेको हो ।
अल्भारेजले १५, ८० र ८८ औं मिनेटमा गोल गरे । लिगका छ खेलमध्ये एटलेटिकोयो यो दोस्रा जित मात्रै हो र नौ अंक भएको छ । यो नतिजापछि एटलेटिको नवौं स्थानमा उक्लेको छ ।
अर्को खेलमा रियल सोसिडाडले रियल मार्लोकालाई १–० ले पराजित गर्‍यो र त्यसमा मिकेल ओयारजाबलले दोस्रो हाफको सुरुमै एक मात्र गोल गरे ।
","created":"2025-09-25T06:58:39.230119+05:45","news_slug":"Athletico-win"},{"id":4044,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"आर्सनल र सिटीको जित","news_image_url":"https://app.nepalsportz.com/media/IMG_4273.jpeg","news_image_file":"https://app.nepalsportz.com/media/IMG_4273.jpeg","category":[{"id":1,"created":"2023-02-03T13:17:51.271694+05:45","modified":"2023-02-03T13:17:51.271713+05:45","created_np":"2079-10-20T13:17:51.271727+05:45","modified_np":"2079-10-20T13:17:51.278345+05:45","name":"Football","slug":"football"}],"season":null,"content":"
बुधबारको खेलमा कुनै अप्रत्यासित नतिजा पनि निस्केन् र मैदानमा उत्रेका चारै प्रिमियर लिग क्लब विजयी रहे । आर्सनलको जितमा इबेरची इजले ८ र लियोन्ड्रो ट्रोसार्डले ८६ औं मिनेटमा एक एक गोल गरे ।
सिटीका लागि भने फिल फोडेनले १८ र साभिओले ८४ औं मिनेटमा गोल गरे । यस्तै अन्य खेलमा न्युकासल युनाइटेडले ब्राडफोर्ड सिटीलाई टोटनहमले डोन्कास्टर्स रोभर्सलाई समान ३–० ले पराजित गरेको छ ।
","created":"2025-09-25T06:49:37.243796+05:45","news_slug":"Arsenal-city-win-league-cup"},{"id":4043,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"श्रीलंकामाथि पाकिस्तानको जित","news_image_url":"https://app.nepalsportz.com/media/att.fwW4LAXglSOqNzbpdWChm8XNzv9sC8qEbrA2qOAwrPk.jpeg","news_image_file":"https://app.nepalsportz.com/media/att.fwW4LAXglSOqNzbpdWChm8XNzv9sC8qEbrA2qOAwrPk.jpeg","category":[{"id":3,"created":"2023-02-08T17:13:09.647250+05:45","modified":"2023-02-08T17:13:09.647269+05:45","created_np":"2079-10-25T17:13:09.647282+05:45","modified_np":"2079-10-25T17:13:09.647504+05:45","name":"Cricket","slug":"Cricket-nepal"}],"season":null,"content":"
श्रीलंकाले दिएको १३४ रनको लक्ष्य पछाएको पाकिस्तानले १८ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य पुरा गर्याे। पाकिस्तानको जितमा मोहमद नवाजले ३८ रन, हुसैन हरिसले ३२ र साहिबजादा फरहानले २४ रन बनाए।
श्रीलंकाका लागि वानिन्दु हसरंगा र महीश तिक्क्षनाले २-२ विकेट लिए।
यसअघि टस हारेर पहिला ब्याटिङ गरेको श्रीलंकाले २० ओभरमा ८ विकेट गुमाउँदै १३३ रन बनाएको थियो। श्रीलंकाका लागि कमिन्दु मेन्डिसले ५० रन बनाएका थिए भने चरिथ असलंकाले २० रन बनाएका थिए।
त्यसैगरी पाकिस्तानका बलर शाहिन शाह अफ्रिदीले ३ विकेट र हरिस राउफ र हुसैन तलातले २-२ विकेट लिए।
जितसँगै पाकिस्तानको सुपर फोरमा २ खेलमा २ अंक भएको छ भने श्रीलंकाले सुपर फोरमा लगातार दोस्रो हार बेहोरेको छ। श्रीलंकाको फाइनलमा पुग्ने सम्भावना सकिएको छ।
","created":"2025-09-24T09:19:37.390920+05:45","news_slug":"Srilanka-lost-Pakistan-won"},{"id":4042,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"लिभरपुलका लागि इसाकको डेब्यु गोल","news_image_url":"https://app.nepalsportz.com/media/IMG_4266.webp","news_image_file":"https://app.nepalsportz.com/media/IMG_4266.webp","category":[{"id":1,"created":"2023-02-03T13:17:51.271694+05:45","modified":"2023-02-03T13:17:51.271713+05:45","created_np":"2079-10-20T13:17:51.271727+05:45","modified_np":"2079-10-20T13:17:51.278345+05:45","name":"Football","slug":"football"}],"season":null,"content":"
यो जितपछि लिभरपुल प्रतियोगिताको तेस्रो चरण पनि पुगेको छ । इसाकले आफ्नो २६ औं जन्मदिन मनाएको एक दिनपछि गोलको खाता खोलेका हुन् ।
साउथह्याम्पटनका लागि सि चार्ल्सले ७६ औं मिनेटमा गोल फर्काएपछि खेल रोमाञ्चक बनेको थियो । तर फेरि एकपल्ट खेल सकिन पाँच मिनेट अगाडि लिभरपुलले निर्णायक गोल आत्मसात् गर्न सफल रह्यो ।
त्यसमा ह्युगो एकिटिकेले निर्णायक गोल गरे । तर त्यस लगतै उनी रातो कार्ड खाएर मैदान छाड्न बाध्य रहे । गोल भएपछि खुसीयालीमा उनले जर्सि फुकालेका थिए । तर त्यो महँगो सावित भयो ।
अन्य प्रमुख खेलमा चेल्सीले लिन्कन सिटीलाई २–१, उल्भ्सले एभरटनलाई २–०, ब्राइटनले ब्रान्सलीलाई ६–० र कार्डिफ सिटीले बर्नलीलाई २–१ ले हरायो ।
","created":"2025-09-24T06:04:20.672629+05:45","news_slug":"Liverpool-win-isak-debut-goal"},{"id":4041,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"रियलको जितमा एमबापेको दुई गोल","news_image_url":"https://app.nepalsportz.com/media/IMG_4265.jpeg","news_image_file":"https://app.nepalsportz.com/media/IMG_4265.jpeg","category":[{"id":1,"created":"2023-02-03T13:17:51.271694+05:45","modified":"2023-02-03T13:17:51.271713+05:45","created_np":"2079-10-20T13:17:51.271727+05:45","modified_np":"2079-10-20T13:17:51.278345+05:45","name":"Football","slug":"football"}],"season":null,"content":"
रियलका लागि भिनिसियस जुनियर र फ्रान्को मास्टानटुनोले पनि एक एक गोल गरे । गेटाफेको तर्फबाट इटा इयोङले एक गोल फर्काए । हारपछि गेटाफे नौ अंकमा आठौं स्थानमा कायम रह्यो ।
अर्को खेलमा भिल्लारियलले सेभियालाई २–१ ले हराएर १३ अंकसहित छैटौं स्थानमा उक्लेको छ । त्यसमा मानोर सोलोमनले ८६ औं मिनेटमा निर्णायक गोल गरे । टानी ओलुवासेयीले भिल्लारियलले पहिलो गोल गरे । त्यसपछि ज्रिबिएल सोले एक गोल फर्काए ।
","created":"2025-09-24T05:58:54.462748+05:45","news_slug":"Real-madrid-mabappe"},{"id":4040,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"महिला फुटबल टोलीले भारतसँग मैत्रीपूर्ण खेल खेल्ने","news_image_url":"https://app.nepalsportz.com/media/IMG_4256.jpeg","news_image_file":"https://app.nepalsportz.com/media/IMG_4256.jpeg","category":[{"id":1,"created":"2023-02-03T13:17:51.271694+05:45","modified":"2023-02-03T13:17:51.271713+05:45","created_np":"2079-10-20T13:17:51.271727+05:45","modified_np":"2079-10-20T13:17:51.278345+05:45","name":"Football","slug":"football"}],"season":null,"content":"
अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबार  २०८२ को बाँकी क्यालेन्डर सार्वजनिक गर्दै उक्त जानकारी दिएको हो।
मैत्रीपूर्ण खेल कार्तिक ९ गते सिकिम्ममा हुनेछ। यसअघि नेपालले २०२४ मा भएको साफ महिला च्याम्पियनसिपमा भारलाई पेनाल्टीमा हराउँदै फाइनलमा पुगेको थियो।
","created":"2025-09-23T19:09:58.016329+05:45","news_slug":"Women-Nepal-India-friendly"},{"id":4039,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"मार्सेसँग पीएसजीको सिजनको पहिलो हार","news_image_url":"https://app.nepalsportz.com/media/IMG_4249.jpeg","news_image_file":"https://app.nepalsportz.com/media/IMG_4249.jpeg","category":[{"id":1,"created":"2023-02-03T13:17:51.271694+05:45","modified":"2023-02-03T13:17:51.271713+05:45","created_np":"2079-10-20T13:17:51.271727+05:45","modified_np":"2079-10-20T13:17:51.278345+05:45","name":"Football","slug":"football"}],"season":null,"content":"
","created":"2025-09-23T09:50:41.866050+05:45","news_slug":"PSG-lost-with-Marseille"},{"id":4038,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"नेपोलीको लगातार चौथो जित","news_image_url":"https://app.nepalsportz.com/media/IMG_4248.jpeg","news_image_file":"https://app.nepalsportz.com/media/IMG_4248.jpeg","category":[{"id":1,"created":"2023-02-03T13:17:51.271694+05:45","modified":"2023-02-03T13:17:51.271713+05:45","created_np":"2079-10-20T13:17:51.271727+05:45","modified_np":"2079-10-20T13:17:51.278345+05:45","name":"Football","slug":"football"}],"season":null,"content":"
यससँगै नेपोलीको चार खेलबाट १२ अंक भएको छ र लिग तालिकाको शीर्ष स्थानमा छ । यो दोस्रो स्थानमा रहेको युभेन्ट्समाथि दुई अंकको दूरी हो ।
नेपोलीका लागि बिली गिलमोरले ३९, लियानार्डो स्पिनजोलाले ७३ र लोरेन्जो लुकाले ८२ औं मिनेटमा गोल गरे । पिसाका तर्फबाट एबाला एनजोलाले ६० र लोरेनले ९० औं मिनेटमा गोल फर्काए । पिसाको चार खेलबाट एक अंक मात्र छ र १९ औं स्थानमा छ ।
","created":"2025-09-23T08:25:32.016090+05:45","news_slug":"Napoli-win-four-match-in-row"},{"id":4037,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"क्रिकेट टिमको नयाँ जर्सी सार्वजनिक","news_image_url":"https://app.nepalsportz.com/media/IMG_4245.jpeg","news_image_file":"https://app.nepalsportz.com/media/IMG_4245.jpeg","category":[{"id":3,"created":"2023-02-08T17:13:09.647250+05:45","modified":"2023-02-08T17:13:09.647269+05:45","created_np":"2079-10-25T17:13:09.647282+05:45","modified_np":"2079-10-25T17:13:09.647504+05:45","name":"Cricket","slug":"Cricket-nepal"}],"season":null,"content":"
नेपाल क्रिकेट संघ (क्यान) ले साेमबार नयाँ जर्सी सार्वजनिक गरेको हो। नेपाली क्रिकेट टिमकाे नयाँ जर्सीलाई नासा सेक्यूरिटीजले स्पोन्सर गरेको छ।
नयाँ जर्सीमा निलो र रातो रंगको मिश्रण रहेको छ भने जर्सीको तल्लो भागमा सगरमाथाको चित्र राखिएको छ जसले जर्सीलाई अर्थपूर्ण र उत्कृष्ट बनाएको छ। जर्सीमा नयाँ स्पोन्सर नासा सेक्युरिटीजको लोगो अंकित गरिएको छ।
गत साउन २५ गते क्यान र नासाबीच जर्सी स्पोन्सरको सम्झौता भएको थियो  नासा सेक्युरिटिजले जर्सी स्पोन्सर गरे बापत बार्षिक २ करोड ३६ लाख भुक्तानी गर्ने गरि सम्झौता भएको छ।
","created":"2025-09-23T07:47:10.340505+05:45","news_slug":"Cricket-team-new-jersey"},{"id":4036,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"अन्ततः डेम्बेलेले जिते बेलन डे’अर","news_image_url":"https://app.nepalsportz.com/media/IMG_4246.jpeg","news_image_file":"https://app.nepalsportz.com/media/IMG_4246.jpeg","category":[{"id":1,"created":"2023-02-03T13:17:51.271694+05:45","modified":"2023-02-03T13:17:51.271713+05:45","created_np":"2079-10-20T13:17:51.271727+05:45","modified_np":"2079-10-20T13:17:51.278345+05:45","name":"Football","slug":"football"}],"season":null,"content":"
उनको गतिलो योगदानकै कारण पेरिस सेन्ट जर्मेन (पीएसजी) ले गत सिजन युरोपेली च्याम्पियन्स लिग जितेको थियो । पीएसजीले युरोपेली क्लब फुटबलको सबैभन्दा ठूलो उपाधि जितेको पनि यो पहिलो पटक नै हो । यस्तै पीएसजीले फ्रान्सेली लिग र कप दुवै उपाधि पनि जितेको थियो ।
च्याम्पियन्स लिगको फाइनलमा भने पीएसजीले इन्टर मिलानलाई ५–० ले हराएको थियो । पीएसजी प्रशिक्षक लुइस एनरिकेले डेम्बेलेलाई अनुशासनको कारवाही गरेपछि सम्हालिएका २८ वर्षीय डेम्बेलेले पछि नम्बर ९ खेलाडीको भूमिका बलियोसँग निभाएका थिए ।
महिलातर्फको अवार्ड लगातर तेस्रो वर्ष आइटाना बोनमटीले जितेकी छिन् । स्पेन तथा बार्सिलोनाकी मिडफिल्डर बोनमटी यो अवार्ड लगातार तीन पल्ट जित्ने पहिलो खेलाडी पनि भएकी छिन् । वुमेन्स युरो २०२५ मा स्पेन उप–विजेता हुँदा बोनमटी उत्कृष्ट खेलाडी घोषित भएकी थिइन् ।
","created":"2025-09-23T06:55:59.216930+05:45","news_slug":"Dembele-won-ballon-o-do"},{"id":4035,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"नेपाली चेस खेलाडी पुरुषोत्तमले ग्रान्ड मास्टरलाई हराउदै नेपाली टिम छैठौं बने","news_image_url":"https://app.nepalsportz.com/media/IMG_4244.jpeg","news_image_file":"https://app.nepalsportz.com/media/IMG_4244.jpeg","category":[{"id":6,"created":"2023-02-25T05:35:16.095163+05:45","modified":"2023-02-25T05:43:41.832025+05:45","created_np":"2079-11-13T05:43:41.832036+05:45","modified_np":"2079-11-13T05:43:41.832254+05:45","name":"Other Sports","slug":"other-sports"}],"season":null,"content":"
रूसको बुद्धिस्ट गणराज्य रिपब्लिक अफ क्याल्मिकिया, एलिस्तामा सम्पन्न ११ चरणको ब्लिट्ज खेलमा नेपालका पुरुषोत्तम सिलवालले ६.५ अङ्क जोडेर उच्चस्तरीय खेल प्रदर्शन गर्न सफल भएका छन्।
नेपालका उदयमान २२२४ रेटेड सिएम पुरुषोत्तम सिलवालले नवौं चरणको खेलमा सेतो गोटीबाट खेल्दै रूसका २६१३ रेटेड ग्रान्ड मास्टर साइडाइपोभ झम्सारनलाई २८औं चालमा नाइट एचफो चाल्दै माथ गरेका हुन्।
युवा खेलाडी सिलवालले ५ मिनेट ३ सेकेन्ड इनन्क्रिमेन्टको छरिटो खेलमा फिलिपिन्सका इन्टरनेसनल मास्टर नाभा रोडेरिक सँग बराबरी खेल खेलेका छन्। यसअघि भएको र्‍यापिड खेलमा पनि सिलवालले इन्टरनेसनल मास्टर तथा वोमन ग्राण्डमास्टरलाई पराजित गरेका थिए।
अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी नेपाली टोलीका अन्य खेलाडीहरू शैलेन्द्र न्यौपानेले ५ अङ्क र महिला खेलाडी सिन्दिरा जोशीले ५ अङ्क बनाएका छन्।
यससँगै ब्लिट्ज विधामा नेपाली टोलीले समग्र १६.५ अङ्क जोडेर छैठौं स्थानमा रहँदै प्रतियोगिताको अन्त्य गरेका छन्। टोलीले र्‍यापिड स्पर्धामा पनि छैठौं स्थान ओगटेका थिए।
सेप्टेम्बर १८ देखि सुरु भएको अन्तर्राष्ट्रिय चेस प्रतियोगिता अन्तर्गत ब्लिज विधातर्फ आयोजक काल्मिकियाले २३ अङ्क जोडेर प्रथम बनेका छन्। रुसकै बुरियाटिया का टिमले २२.५ अङ्क जोडेर दोस्रो स्थानमा रहे भने फिलिपिन्सका टिमले २१.५ अङ्क बनाएर तेस्रो स्थानमा रहन सफल भएका छन्।
नेपाल बुद्धिचाल महासंघको पहलमा अन्तर्राष्ट्रिय आमन्त्रित विश्वका प्रमुख बौद्ध राष्ट्रहरूबीच भएको बुद्धिचाल प्रतिस्पर्धा नेपाली खेलाडीहरूको निम्ति आफूभन्दा उच्च रेटेड ग्रान्डमास्टर, वोमन ग्रान्डमास्टर, इन्टरनेसनल मास्टर, फिडेमास्टर, क्यान्डिडेट मास्टरहरूसँग प्रतिस्पर्धा गर्दै राम्रो अनुभव प्राप्त गर्ने महत्त्वपूर्ण अवसर बनेको छ।
","created":"2025-09-22T20:33:43.234284+05:45","news_slug":"Chess-kheladi"},{"id":4034,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"फाइनल प्रवेशको लागि नेपालले भारतसँग खेल्ने","news_image_url":"https://app.nepalsportz.com/media/IMG_4242.jpeg","news_image_file":"https://app.nepalsportz.com/media/IMG_4242.jpeg","category":[{"id":1,"created":"2023-02-03T13:17:51.271694+05:45","modified":"2023-02-03T13:17:51.271713+05:45","created_np":"2079-10-20T13:17:51.271727+05:45","modified_np":"2079-10-20T13:17:51.278345+05:45","name":"Football","slug":"football"}],"season":null,"content":"
समूह 'ए' को उपविजेता बनेको नेपालले फाइनल प्रवेशका लागि समूह 'बी' को विजेता भारतसँग प्रतिस्पर्धा गर्नेछ।
कोलम्बो रेसकोर्समा सोमबार सम्पन्न समूह ‘बी’ को अन्तिम खेलमा भारतले पाकिस्तानलाई हराएको थियो।
उक्त खेलमा भारत ३–२ ले विजयी बन्यो। योसँगै अपराजित रहेको भारत ९ अंकसहित आफ्नो समूहको विजेता बनेको हो। नेपाल र भारत बिहीबार अन्तिम चारमा भिड्नेछन्। सोही दिन बंगलादेश र पाकिस्तानले एकअर्कासँग खेल्नेछन्।
","created":"2025-09-22T19:00:56.415325+05:45","news_slug":"Nepal-India-play-in-semifinal-Saff-u17"},{"id":4033,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"पाकिस्तानमाथि भारतको सहज जित","news_image_url":"https://app.nepalsportz.com/media/att.i6zO_SV4_4g677R-JPa1QS4UrnK1Dr21CIqRbZwwakA.jpeg","news_image_file":"https://app.nepalsportz.com/media/att.i6zO_SV4_4g677R-JPa1QS4UrnK1Dr21CIqRbZwwakA.jpeg","category":[{"id":1,"created":"2023-02-03T13:17:51.271694+05:45","modified":"2023-02-03T13:17:51.271713+05:45","created_np":"2079-10-20T13:17:51.271727+05:45","modified_np":"2079-10-20T13:17:51.278345+05:45","name":"Football","slug":"football"}],"season":null,"content":"
आइतबार राति सम्पन्न खेलमा भारतले पाकिस्तानलाई ६ विकेटले पराजित गरेको हो।
पाकिस्तानले दिएको १७२ रनको लक्ष्य दिएको पछाएको भारतले १८.५ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पुरा गर्याे।
भारतको जितमा अभिषेक शर्माले सर्वाधिक ७४ रन बनाए। शुभमन गिलले ४७, तिलक बर्माले ३० र सन्जु सामसनले १३ रन बनाए। पाकिस्तानका बलर हरिस राउफले २ विकेट लिए भने अब्रार आयुब र फाहीम अशरफले एक एक विकेट लिए।
यसअघि टस हारेर पहिला ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ५ विकेट गुमाउँदै १७१ रन बनाएको थियो। पाकिस्तानका लागि शाहीबजादा फरहानले ५८ तथा सैम आयुब र मोहमद नवाजले २१-२१ रन बनाएका थिए।
जितसँगै भारतको सुपर फोरमा २ अंक भएको छ। सुपर फोरमा मंगलबार पाकिस्तान र श्रीलंका खेल्ने तालिका रहेको छ।
","created":"2025-09-22T09:03:53.964909+05:45","news_slug":"India-beats-Pakistan-Asian-cup"},{"id":4032,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"आर्सनल र सिटीको बराबरीमा दुवैलाई घाटा","news_image_url":"https://app.nepalsportz.com/media/IMG_4235.jpeg","news_image_file":"https://app.nepalsportz.com/media/IMG_4235_Z3xrVTH.jpeg","category":[{"id":1,"created":"2023-02-03T13:17:51.271694+05:45","modified":"2023-02-03T13:17:51.271713+05:45","created_np":"2079-10-20T13:17:51.271727+05:45","modified_np":"2079-10-20T13:17:51.278345+05:45","name":"Football","slug":"football"}],"season":null,"content":"
यो यस्तो नतिजा रहेको छ, जसले उपाधि होडमा आर्सनल र सिटी दुवैलाई घाटा पुर्‍याएको छ । यसको फाइदा भने शीर्ष स्थानमा रहेको डिफेन्डिङ च्याम्पियन लिभरपुलका लागि हुनेछ । आर्सनल शीर्ष स्थानसँग पाँच अंकको दूरीमा दोस्रोमा छ ।
सिटी अझ आठ अंकको दूरीमा नवौं स्थानमा रहेको छ । लिभरपुलले अहिलेसम्मका सबै पाँच खेल जितेर १५ अंकमा शीर्ष स्थानमा छ । टोटनहम र बर्नमाउथ पनि दस दस अंकमा शीर्ष चारभित्र छन् ।
","created":"2025-09-22T07:25:13.538753+05:45","news_slug":"City-Arsenal-draw"}]}