{"count":5176,"next":"https://app.nepalsportz.com/news/?format=json&page=46","previous":"https://app.nepalsportz.com/news/?format=json&page=44","results":[{"id":4349,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"कर्णालीको पहिलो जित, मार्क वार्टको शतक","news_image_url":"https://app.nepalsportz.com/media/IMG_6792.jpeg","news_image_file":"https://app.nepalsportz.com/media/IMG_6792.jpeg","category":[{"id":3,"created":"2023-02-08T17:13:09.647250+05:45","modified":"2023-02-08T17:13:09.647269+05:45","created_np":"2079-10-25T17:13:09.647282+05:45","modified_np":"2079-10-25T17:13:09.647504+05:45","name":"Cricket","slug":"Cricket-nepal"}],"season":null,"content":"
त्रिवि क्रिकेट रंगशालामा लुम्बिनी लायन्सले दिएको १५७ रनको लक्ष्य पछ्याएको कर्णालीले १२.२ ओभरमा एक विकेट गुमाएर १६१ रन बनाउँदै पूरा गर्यो।
कर्णालीको जितमा मार्क वार्टले शानदार शतक प्रहार गरे। उनले ४४ बलमा ६ चौका र १२ छक्का प्रहार गर्दै ११४ रनमा अविजित रहे। जारी प्रतियोगितामा यो पहिलो शतक हो। यस्तै उनले सबै भन्दा कम बलमा शतक प्रहार गर्ने पहिलो खेलाडीसमेत बने।
यस्तै, विलियम बोसस्टोले २९ रन बनाए। प्रियांक पन्चालले १२ रन बनाएर आउट भए।
यता, लुम्बिनीका लागि शेर मल्लले एक विकेट लिए। लुम्बिनीको यो पहिलो हार हो।
","created":"2025-11-22T14:19:26.691058+05:45","news_slug":"Karnali-first-win-Npl-"},{"id":4348,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"कर्णालीले पायो १५७ रनको लक्ष्य","news_image_url":"https://app.nepalsportz.com/media/IMG_6791.jpeg","news_image_file":"https://app.nepalsportz.com/media/IMG_6791.jpeg","category":[{"id":3,"created":"2023-02-08T17:13:09.647250+05:45","modified":"2023-02-08T17:13:09.647269+05:45","created_np":"2079-10-25T17:13:09.647282+05:45","modified_np":"2079-10-25T17:13:09.647504+05:45","name":"Cricket","slug":"Cricket-nepal"}],"season":null,"content":"
कीर्तिपुरको त्रिवि क्रिकेट रंगशालामा टस हारेर ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १५६ रन बनायो।
लुम्बिनीका कप्तान रोहितकुमार पौडेलले ४९ रन बनाए। उनले चार चाैका र एक छक्का प्रहार गरे। रुबेन ट्रम्पेलम्यानले अविजित २९ र जेजे स्मिथले २३ रन बनाए।
कर्णालीका नन्दन यादवले २, कप्तान सोमपाल कामी, गुल्शन झा, र्माक वाट, बिपिन शर्मा, युवराज खत्रीले समान १ विकेट लिए।
लुम्बिनीले यसअघि आफ्नो पहिलो खेलमा चितवन राइनाेजलाई ४ विकेटले पराजित गरेकाे थियाे भने कर्णाली चितवनसँग पराजित भएको थियो।
","created":"2025-11-22T14:00:03.517935+05:45","news_slug":"Karnali-157-"},{"id":4347,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"एनपिएलमा आज दुई रोमाञ्चक भिडन्त","news_image_url":"https://app.nepalsportz.com/media/B833C36A-AA7F-4E7C-8521-2EE6A6F1777A.jpeg","news_image_file":"https://app.nepalsportz.com/media/B833C36A-AA7F-4E7C-8521-2EE6A6F1777A.jpeg","category":[{"id":3,"created":"2023-02-08T17:13:09.647250+05:45","modified":"2023-02-08T17:13:09.647269+05:45","created_np":"2079-10-25T17:13:09.647282+05:45","modified_np":"2079-10-25T17:13:09.647504+05:45","name":"Cricket","slug":"Cricket-nepal"}],"season":null,"content":"
पहिलो खेल कर्णाली याक्स र लुम्बिनी लायन्स बीच बिहान ११:१५ बजे त्रिवि रंगशालामा हुनेछ।
पहिलो खेलमा जित निकालिसकेको लुम्बिनी आज पनि उत्कृष्ट लय कायम राख्न चाहन्छ। कप्तान रोहित कुमार पौडेलकाे नेतृत्वमा रहेको लुम्बिनीमा राष्ट्रिय टोलीका सन्दीप जोरा र विवेक यादव रहेका छन् भने विदेशीतर्फ थोमस ड्राका, डार्सी सर्ट, गुलबदीन नाइब, जेजे स्मिथ र रुबेन ट्रम्पलम्यान जस्ता स्टार खेलाडीले टोलीलाई मजबुत बनाएका छन्।
त्यसैबेला पहिलो खेलमा हार व्यहोरेको कर्णाली याक्स आज पुनरागमनका उद्देश्यले मैदान उत्रँदैछ। कप्तान सोमपाल कामी नेतृत्वमा रहेको कर्णालीमा गुलशन झा, नन्दन यादव, पवन सराफ जस्ता राष्ट्रिय खेलाडी छन्। विदेशीतर्फ जयकिशन कोलसावाला, म्याक्स ओ’डाउड, प्रियांक पञ्चाल, मार्क वाट र नाजिबउल्लाह जद्रान समावेश छन्।
दोस्रो खेल आज दिउँसो ३:३० बजे सुरु हुनेछ जहाँ काठमाडौँ गोर्खाज र विराटनगर किंग्स आमनेसामने छन्।
जारी एनपीएलमा दुई खेलबाट एक जित हात पारेको काठमाडौँ गोर्खाज आज अंक तालिकामा अघि बढ्ने लक्ष्यमा छ। कप्तान करण केसीसहित टोलीमा भीम सार्की, शाहब अलाम, रशिद खान, मोहमद आदील आलम जस्ता राष्ट्रिय खेलाडी छन्। विदेशी अनुहारमा मार्वे इरासमस, जोन एन्ड्र्यु सिम्पसन र मिलिन्द कुमार छन्।
पहिलो खेलमै उत्कृष्ट प्रदर्शन गर्दै जित निकालिसकेको विराटनगर किंग्स आज पनि मजबुत प्रतिद्वन्द्वीका रूपमा देखिँदैछ। कप्तान सन्दीप लामिछानेको नेतृत्वमा रहेको टोलीमा लोकेश बम र प्रतिश जिसी जस्ता घरेलु खेलाडी छन् भने विदेशी शक्ति निकै बलियो छ। जर्ज मुन्सी, मार्टिन गप्टिल, शुभम रंजने, मर्चेन्ट डी लंगे, फाफ डु प्लेसिस र साम्युएल डाली–हीजलेट।
","created":"2025-11-22T08:33:24.594776+05:45","news_slug":"Npl-two-matches-today-22-Nov"},{"id":4346,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"डुरोको निर्णायक गोलमा भ्यालेन्सिया विजयी","news_image_url":"https://app.nepalsportz.com/media/IMG_6753.jpeg","news_image_file":"https://app.nepalsportz.com/media/IMG_6753.jpeg","category":[{"id":1,"created":"2023-02-03T13:17:51.271694+05:45","modified":"2023-02-03T13:17:51.271713+05:45","created_np":"2079-10-20T13:17:51.271727+05:45","modified_np":"2079-10-20T13:17:51.278345+05:45","name":"Football","slug":"football"}],"season":null,"content":"
मेस्टाला रंगशालामा भएको खेलमा डुरोले ७९ औं मिनेटमा गोल गरे । खराव प्रदर्शनबाट गुज्रिरहेको भ्यालेन्सियाका लागि यो जित ठूलो राहतपूर्ण रहेको छ ।
भ्यालेन्सियाको १३ खेलबाट १३ अंक भएको छ र १५ औं स्थानमा छ । लेभान्टे भने नौ अंकमा १९ औं स्थानमा रहेको छ ।
","created":"2025-11-22T07:16:38.799220+05:45","news_slug":"Dukera-goal-Valencia-win"},{"id":4345,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"पीएसजीलाई उछिनेर मार्से शीर्षमा","news_image_url":"https://app.nepalsportz.com/media/IMG_6752.jpeg","news_image_file":"https://app.nepalsportz.com/media/IMG_6752.jpeg","category":[{"id":1,"created":"2023-02-03T13:17:51.271694+05:45","modified":"2023-02-03T13:17:51.271713+05:45","created_np":"2079-10-20T13:17:51.271727+05:45","modified_np":"2079-10-20T13:17:51.278345+05:45","name":"Football","slug":"football"}],"season":null,"content":"
","created":"2025-11-22T06:54:05.552177+05:45","news_slug":"PSG-Marseille-on-too"},{"id":4344,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"पोखरालाई हराउँदै सुदूरपश्चिम शीर्ष स्थानमा","news_image_url":"https://app.nepalsportz.com/media/IMG_6751.jpeg","news_image_file":"https://app.nepalsportz.com/media/IMG_6751.jpeg","category":[{"id":3,"created":"2023-02-08T17:13:09.647250+05:45","modified":"2023-02-08T17:13:09.647269+05:45","created_np":"2079-10-25T17:13:09.647282+05:45","modified_np":"2079-10-25T17:13:09.647504+05:45","name":"Cricket","slug":"Cricket-nepal"}],"season":null,"content":"
टियु अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम कीर्तिपुरमा भएको खेलमा सुदूरपश्चिमले दोस्रो खेलमा अपराजित यात्रा कायम राख्ने क्रममा पोखरा एभेन्जर्सलाई १८ रनले पराजित गरेको हो । सुदूरपश्चिमले दिएको १ सय ९४ रनको लक्ष्य पछ्याएको पोखराले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ७५ रन मात्र बनाउँन सक्यो ।
पोखराका लागि कप्तान कुशल भुर्तेलले ३२ बलमा ४ चौका र ४ छक्काको सहयोगमा ५३ रनको अर्धशतकीय इनिङ खेले । कुशलले अघिल्लो खेलमा समेत अर्धशतक बनाएका थिए । जिम्मी निशमले २५ बलमा २ चौका र ५ छक्काको सहयोगमा ४७ रन जोडे ।
डान ड्वाउथवेट १६ बलमा १ चौका र ५ छक्काको सहयोगमा ३७ रनमा आउट हुनुको अलावा पोखराका अन्य ब्याटरले दोहोरो अंकमा समेत रन बनाउँन सकेनन् । किरण ठगुन्ना ९, दिनेश खरेल र सुमित बर्मा समान ६ तथा एडम रोसिङ्टन १ रनमा आउट भए । सुदूरपश्चिमका लागि हर्मित सिंहले २ तथा हेमन्त धामी, स्कट कुगेलेन, अभिनाश बोहोरा, कप्तान दिपेन्द्र तथा नरेन साउदले समान १ विकेट लिए ।
त्यसअघि पोखराले टस जितेर बलिङ रोजेपछि सुदूरपश्चिमले पहिले ब्याटिङ गरेको थियो । सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ९३ रनको योगफल तयार गरेको थियो ।
सुदूरपश्चिमका लागि ओपनर ब्राउनले ३५ बलमा ६ चौका र ५ छक्काको सहयोगमा ६८ रनमा आउट भए । पहिलो खेलमा रनको खाता नखोल्दै आउट भएका ब्राउनले २९ बलमा आफ्नो अर्धशतक पूरा गरे । सुदूरपश्चिमका अर्का विदेशी खेलाडी अस्ट्रेलियाका विस्फोटक ब्याटर क्रिस लिन १३ बलमा ४ चौका र २ छक्काको सहयोगमा ३१ रन बनाउँदै आउट भए ।
अघिल्लो खेलमा शुन्य रनमा नै आउट भएका ओपनर विनोद भण्डारी ४२ बलमा ६ चौकाको सहयोगमा ४३ रन जोड्दै आउट भए । सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरी १० बलमा १ चौका र १ छक्काको सहयोगमा १५ रनमा आउट भए ।
अघिल्लो खेलमा सुदूरपश्चिमका लागि विष्फोटक ब्याटिङ गरेका हर्मित सिंह ६ बलमा ४ रनमा आउट भए । स्कट कुगेलेन ८ रनमा आउट हुँदा इशान पाण्डे ६ रनमा नट आउट रहे । सुरुवात राम्रो गरेको सुदूरपश्चिमले पछिल्लो क्रममा भने राम्रो गर्न सकेन । उसले पछिल्लो ५ ओभरमा मात्र ३३ रन बनाउँन सफल भयो ।
पोखराका लागि जिम्मी निशमले ३ तथा डान डाउथवेट र आकाश चन्दले समान २ विकेट लिए । लगातार दुई खेल जितेको सुदूरपश्चिम ४ अंकका साथ शीर्ष स्थानमा उक्लिएको छ । सुदूरपश्चिमले पहिलो खेलमा काठमाण्डु गोर्खाजलाई हराएको थियो । लगातार २ खेलमा पराजित पोखरा अंक बिहिन रहँदै तालिकाको पुछारमा छ । पहिलो खेलमा पोखरा विराटनगर किंग्ससँग पराजित भएको थियो ।
मंसिर २७ सम्म चल्ने दोस्रो संस्करणको लिगमा ८ टोलीको सहभागीता रहेको छ ।
","created":"2025-11-21T20:05:23.384882+05:45","news_slug":"Sudurpaschimm-beats-Pokhara"},{"id":4343,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"पोखरालाई १९४ रनको लक्ष्य","news_image_url":"https://app.nepalsportz.com/media/IMG_6750.jpeg","news_image_file":"https://app.nepalsportz.com/media/IMG_6750.jpeg","category":[{"id":3,"created":"2023-02-08T17:13:09.647250+05:45","modified":"2023-02-08T17:13:09.647269+05:45","created_np":"2079-10-25T17:13:09.647282+05:45","modified_np":"2079-10-25T17:13:09.647504+05:45","name":"Cricket","slug":"Cricket-nepal"}],"season":null,"content":"
त्रिवि क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १९३ रन बनायो।
सुदूरपश्चिमका लागि जोस ब्राउन ३५ बलमा ६८ रन बनाए। ब्राउनले ६ चौका र ५ छक्का प्रहार गर्दै आउट भए। उनलाई जिमी निसमले किरण ठगुन्नाको हातबाट क्याच गराए।
यस्तै, क्रिस लिनले १३ बलमा ३१ रन बनाए। उनले पाँच चौका प्रहार गरे। उनलाई अभिषेक तिवारीले क्याच आउट गराए। सुदुरका कप्तान दिपेन्द्र सिंह एैरीले १० बलमा १५ रन बनाएर आउट भए। उनलाई कुशल भुर्तेलले क्याच आउट गरे।
बिनोद भण्डारी ४३ रनमा अउट भए। उनले ४२ बलमा ६ चौका प्रहार गरे। सुदूरले १४ रन अतिरिक्तबाट पायो।
पोखराको लागि जिमी निशमले तीन, डान डाउथवेटले र आकाश चन्दले समानले दुई विकेट हात परे।
१० ओभरमै सुदूरले ९९ रन बनाएको थियो। सुदूरले पहिलो विकेट १०८ रनमा गुमाएको थियो।
यसअघि पहिलो खेलमा बिराटनगर किंङ्गसँग पोखरा पराजित भएको थियो। काठमान्डू गोर्खाजलाई हराएको सुदूरपश्चिम रोयल्स लगातार दोस्रो जित निकाल्ने दाउँमा छ।
","created":"2025-11-21T18:00:35.739552+05:45","news_slug":"Pokhara-got-198-target"},{"id":4342,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"पोखराले टस जित्यो","news_image_url":"https://app.nepalsportz.com/media/IMG_6749.jpeg","news_image_file":"https://app.nepalsportz.com/media/IMG_6749.jpeg","category":[{"id":3,"created":"2023-02-08T17:13:09.647250+05:45","modified":"2023-02-08T17:13:09.647269+05:45","created_np":"2079-10-25T17:13:09.647282+05:45","modified_np":"2079-10-25T17:13:09.647504+05:45","name":"Cricket","slug":"Cricket-nepal"}],"season":null,"content":"
त्रिवि क्रिकेट रंगशालामा पोखराका कप्तान कुशल भुर्तेलले टस जितेर पहिले फिल्डिङ रोजेका छन्।
यसअघि पहिलो खेलमा बिराटनगर किंङ्गसँग पराजित भएको पोखरा पहिलो जितको खोजिमा छ। यसअघि काठमान्डूलाई हराएको सुदूरपश्चिम रोयल्स लगातार दोस्रो जित निकाल्ने दाउँमा छ।
","created":"2025-11-21T15:45:32.593182+05:45","news_slug":"Pokhara-choose-to-field"},{"id":4341,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"ए’ डिभिजन क्लब र खेलाडी संघलाई एन्फाले बैठकमा बोलायो","news_image_url":"https://app.nepalsportz.com/media/IMG_6748.jpeg","news_image_file":"https://app.nepalsportz.com/media/IMG_6748.jpeg","category":[{"id":1,"created":"2023-02-03T13:17:51.271694+05:45","modified":"2023-02-03T13:17:51.271713+05:45","created_np":"2079-10-20T13:17:51.271727+05:45","modified_np":"2079-10-20T13:17:51.278345+05:45","name":"Football","slug":"football"}],"season":null,"content":"
एन्फाका महासचिव किरण राईले शुक्रबार १४ क्लबका प्रतिनिधि र नेपाल खेलाडी संघलाई पत्र पठाएका हुन्। बैठक मंसिर ७ गते आइतबार बिहान ११:३० बजे सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुनेछ।
एन्फाले आगामी गतिविधि, राष्ट्रिय लिगको आयोजना, लिग व्यवस्थापन, तयारी तथा अन्य योजनसम्बन्धी महत्वपूर्ण अजेन्डा राख्ने भएकाले क्लब अध्यक्ष/महासचिवलाई अनिवार्य रूपमा बैठकमा सहभागी हुन अनुरोध गरेको छ।
","created":"2025-11-21T15:08:30.121464+05:45","news_slug":"ANFA-a-division-league-club-meeting"},{"id":4340,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"पोखरा र सुदूरपश्चिम भिड्दै","news_image_url":"https://app.nepalsportz.com/media/93CFDABE-F9F0-4562-BA87-C66473CCA0DA.jpeg","news_image_file":"https://app.nepalsportz.com/media/93CFDABE-F9F0-4562-BA87-C66473CCA0DA.jpeg","category":[{"id":3,"created":"2023-02-08T17:13:09.647250+05:45","modified":"2023-02-08T17:13:09.647269+05:45","created_np":"2079-10-25T17:13:09.647282+05:45","modified_np":"2079-10-25T17:13:09.647504+05:45","name":"Cricket","slug":"Cricket-nepal"}],"season":null,"content":"
जारी एनपिएलमा आफ्नो पहिलो खेलमा पोखरा आफ्नो पहिलो खेलमा विराटनगर किंग्ससँग पराजित भएको थियो भने सुदूरपश्चिम रोयल्सले काठमाडौँ गोर्खाजलाई पराजित गरेको थियो।
कुशल भुर्तेलको कप्तानीमा रहेको पोखरा तथा दिपेन्द्रसिंह ऐरी कप्तान रहेको सुदूरपश्चिमले यस सिजनको एनपीएल खेलिरहेको छ।
","created":"2025-11-21T08:34:31.102689+05:45","news_slug":"Pokhara-susurpaschhim-playing-Nepal-premier-league"},{"id":4339,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"पहिलो खेलमै लुम्बिनीको जित","news_image_url":"https://app.nepalsportz.com/media/IMG_6738.jpeg","news_image_file":"https://app.nepalsportz.com/media/IMG_6738.jpeg","category":[{"id":3,"created":"2023-02-08T17:13:09.647250+05:45","modified":"2023-02-08T17:13:09.647269+05:45","created_np":"2079-10-25T17:13:09.647282+05:45","modified_np":"2079-10-25T17:13:09.647504+05:45","name":"Cricket","slug":"Cricket-nepal"}],"season":null,"content":"
त्रिवि क्रिकेट रंगशालामा चितवन राइनोजले दिएको १४३ रनको लक्ष्य लुम्बिनीले १८.३ ओभरमा ४ गुमाएर पूरा गर्यो।
यो जितसँगै गत संस्करण खराब प्रदर्शन गरेको लुम्बिनी नयाँ सिजन जितबाट प्रतियोगिताको सुरुआत गरेको छ। पहिलो खेलमा कर्णाली याक्सलाई हराएको चितवनले दोस्रो खेलमा हार ब्यहोरेको छ।
लुम्बिनीको जितमा कप्तान रोहितकुमार पौडेलले ३९ रन बनाए। उनले ४४ बलमा एक चौका प्रहार गरे।
यस्तै, ओपनर सन्दीप जोरा २८, दिलिप नाथ १० डी’आरची सर्टले ११ रन बनाउँदा गुलाबदिन नाबीले ४४ रनको योग्दान गरे।
यता, लुम्बिनीका लागि रिजन ढकालले दुई र सोहिल तनबिरले एक विकेट लिए।
त्यसअघि त्रिवि क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १४२ रन बनाएको थियो।
चितवनका लागि रबि बोपराले ५५ बलमा ५६ रन बनाए। उनले ४ चौका र २ छक्का प्रहार गरे।
यस्तै, कप्तान कुशल मल्ल २१, सैफ जैब १५, देव खनाल १४, ओपनर दिपक बोहरा १० तथा अर्जुन साउदले रन बनाए।
यता, लुम्बिनीका लागि रुबेन ट्रम्पलम्याले सर्वाधिक ३ विकेट लिए। अभिषेक गौतम र गुला दिनले समान दुई विकेट हात पारे।
","created":"2025-11-20T19:38:51.989510+05:45","news_slug":"Lumbini-first-game-win"},{"id":4338,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"लुम्बिनीलाई चितवनको १४३ रनको लक्ष्य","news_image_url":"https://app.nepalsportz.com/media/IMG_6737.jpeg","news_image_file":"https://app.nepalsportz.com/media/IMG_6737.jpeg","category":[{"id":3,"created":"2023-02-08T17:13:09.647250+05:45","modified":"2023-02-08T17:13:09.647269+05:45","created_np":"2079-10-25T17:13:09.647282+05:45","modified_np":"2079-10-25T17:13:09.647504+05:45","name":"Cricket","slug":"Cricket-nepal"}],"season":null,"content":"
त्रिवि क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १४२ रन बनायो।
चितवनका लागि रबि बोपराले ५५ बलमा ५६ रन बनाए। उनले ४ चौका र २ छक्का प्रहार गरे।
यस्तै, कप्तान कुशल मल्ल २१, सैफ जैब १५, देव खनाल १४, ओपनर दिपक बोहरा १० तथा अर्जुन साउदले रन बनाए।
यता, लुम्बिनीका लागि रुबेन ट्रम्पलम्याले सर्वाधिक ३ विकेट लिए। अभिषेक गौतम र गुला दिनले समान दुई विकेट हात पारे।
","created":"2025-11-20T17:34:28.186898+05:45","news_slug":"Lumbini-got-143-from-chitwan"},{"id":4337,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"लुम्बिनीको इतिहास बिर्सिने प्रयास","news_image_url":"https://app.nepalsportz.com/media/IMG_6731.jpeg","news_image_file":"https://app.nepalsportz.com/media/IMG_6731.jpeg","category":[{"id":3,"created":"2023-02-08T17:13:09.647250+05:45","modified":"2023-02-08T17:13:09.647269+05:45","created_np":"2079-10-25T17:13:09.647282+05:45","modified_np":"2079-10-25T17:13:09.647504+05:45","name":"Cricket","slug":"Cricket-nepal"}],"season":null,"content":"
तर प्रतियोगिता सुरु हुन अगाडि यो टिममाथि ठूलो आश भने थियो र यसको कारण थियो, यस टिमका कप्तान रोहित पौडेल । लुम्बिनीको अहिलेसम्मको एक मात्र जित भने चितवन राइनोजविरुद्ध रहेको छ । यही टिम आज बिहीबार सिजन टुको आफ्नो पहिलो खेलमा उत्रिदै छ । उसको पहिलो खेल रहेको छ, संयोगले चितनवविरुद्ध नै । यस्तोमा लुम्बिनीले कम्तीमा यो खेल जित्ने विश्वास राख्न सक्छ ।
तर उसको पूरा ध्यान भने प्रतियोगितामा गत वर्षको तुलनामा राम्रो प्रदर्शन नै रहनेछ । अझ टिमले पुरानो इतिहास आफूले बिर्सने र अरुलाई बिर्साउने प्रयास गर्नेछ, यो नै उसको प्रमुख लक्ष्य हुनेछ । गत सिजन लुम्बिनीको खराव प्रदर्शनको एउटा ठूलै कारण थियो, बलिङमा कमजोरी । त्यो पनि धेरै आश गरेका विदेशी खेलाडीबाट । त्यसैले त यसपल्ट लुम्बिनीले एउटा खास क्षेत्रमा धेरै सुधारको प्रयास गरेको छ भने त्यो बलिङ नै रहेको छ ।
यसैक्रममा उसले गत वर्ष खराव खेल्ने केही खेलाडीलाई रिलिज पनि गरेको छ, रिटेन गर्न चाहेन् । गत सिजन टिमको खराव प्रदर्शनका बावजुत रोहित ब्याटबाट भने चम्के । उनीबाट यसपल्ट पनि यस्तै अपेक्षा हुन् । अनि उपकप्तान सन्दीप जोराबाट पनि उत्तिकै ठूलो अपेक्षा हुनेछ । टिममा शेर मल्ल आएका छन्, त्यसको अर्थ बलिङ क्षेत्र बलियो हुन सक्नेछ । अनि टिममा जति पनि विदेशी खेलाडी छन्, तिनको प्रदर्शन कस्तो हुनेछ, त्यसले पनि लुम्बिनीको यात्रालाई धेरै हदसम्म निर्धारण गर्नेछ ।
","created":"2025-11-20T08:25:02.465303+05:45","news_slug":"Lumbini-wants-to-forget-history"},{"id":4336,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"चितवन र लुम्बिनी भिड्दै","news_image_url":"https://app.nepalsportz.com/media/IMG_6730.jpeg","news_image_file":"https://app.nepalsportz.com/media/IMG_6730.jpeg","category":[{"id":3,"created":"2023-02-08T17:13:09.647250+05:45","modified":"2023-02-08T17:13:09.647269+05:45","created_np":"2079-10-25T17:13:09.647282+05:45","modified_np":"2079-10-25T17:13:09.647504+05:45","name":"Cricket","slug":"Cricket-nepal"}],"season":null,"content":"
त्रिवि क्रिकेट रंगशालामा सुरु हुने खेलमा चितवन राइनोज र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुनेछ।
चितवनले आफ्नो पहिलो खेलमा कर्णाली याक्समाथि जित दर्ता गर्दै शानदार सुरुआत गरेको थियो। यता, लुम्बिनी लायन्सको भने आज पहिलो खेल हो।
चितवन कुशल मल्लको कप्तानीमा मैदान उत्रिँदा लुम्बिनीको कप्तानी राष्ट्रिय टिमका कप्तानसमेत रहेका रोहित पौडेलले गर्ने छन्।
","created":"2025-11-20T06:14:48.221740+05:45","news_slug":"Nepal-decline-in-fifa-ranking"},{"id":4334,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"सुदूरपश्चिमको रोमाञ्चक जित","news_image_url":"https://app.nepalsportz.com/media/IMG_6714.jpeg","news_image_file":"https://app.nepalsportz.com/media/IMG_6714.jpeg","category":[{"id":3,"created":"2023-02-08T17:13:09.647250+05:45","modified":"2023-02-08T17:13:09.647269+05:45","created_np":"2079-10-25T17:13:09.647282+05:45","modified_np":"2079-10-25T17:13:09.647504+05:45","name":"Cricket","slug":"Cricket-nepal"}],"season":null,"content":"
बुधबार त्रिवि क्रिकेट रंगशालामा सुदूरले दिएको १४८ रनको लक्ष्य पछ्याएको काठमान्डुले १६.४ ओभरमा सबै विकेट गुमाए ११८ रन मात्रै बनाउन सक्यो।
काठमान्डुका लागि ओपनर आकाश त्रिपाटीले ३४ रन बनाए। उनले ३० बलमा एक छक्का र दुई चौका प्रहार गरे। भिम सार्की १२, जोन सिम्पसन २४, मिलिन्द कुमार ११ र रासिद खानले ६ रन बनाए।
सन्तोष यादव एक रनमा आउट भए। उनलाई सुदूरका कप्तान दिपेन्द्रले रन आउट गराए।
सुदूरपश्चिमका लागि हेमन्त धामी, स्कट कुगेलेइजन र हर्मित सिंहले समान दुई विकेट लिए। इशान पाण्डे, नरेन साउद र अभिनाष बोराले पनि एक विकट लिए।
त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरले निर्धारित २० ओभरमा सबै गुमाएर १४७ रन बनाएको थियो।
सुदूरका लागि हर्मित सिंहले अर्धशतकिय पारी खेले। उनले २० बलमा २ चौका र ६ छक्का प्रहार गर्दै ५३ रनमा आउट भए। कप्तान दिपेन्द्रले ३९ रन बनाए।
आरिफ शेखले २५, इशान पाण्डे ११ तथा दुवै ओपनर बिनोद भण्डारी र जोस ब्रोन शून्य रनमा आउट भएका थिए। नरेन साउदले ६ रन र स्कट कुगेलेइजनले एक रनमा आउट भए।
काठमान्डुका लागि कप्तान करण केसीले चार, रासिद खान, मिलिन्द कुमार र सन्नी पट्टेलले समान दुई विकेट लिए।
","created":"2025-11-19T20:13:10.200003+05:45","news_slug":"Sudurpaschhim-beats-kathmandu"},{"id":4333,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"‘कोसी १०० फर अल्ट्रा ट्रेल कसियोस्को बाई युटिएमबी’मा नेपाली खेलाडी दावा तामाङले सहभागि जनाउने","news_image_url":"https://app.nepalsportz.com/media/efa1fb26-d03c-43ef-b623-e2eaddcd7776.jpeg","news_image_file":"https://app.nepalsportz.com/media/efa1fb26-d03c-43ef-b623-e2eaddcd7776.jpeg","category":[{"id":6,"created":"2023-02-25T05:35:16.095163+05:45","modified":"2023-02-25T05:43:41.832025+05:45","created_np":"2079-11-13T05:43:41.832036+05:45","modified_np":"2079-11-13T05:43:41.832254+05:45","name":"Other Sports","slug":"other-sports"}],"season":null,"content":"
बुधबार नेपाल एडभेन्चर रनिङ महासंघ (एनएआरए)ले पत्रकार सम्मेलनमार्फत कालिका गाउँपालिका १ रसुवा निवासी अल्ट्रा एवं ट्रेल रनर तामाङले अस्ट्रेलियामा प्रतिस्पर्धा गर्ने जानकारी गराएको हो।
कालिका गाउँपालिका १ का वडा अध्यक्षसमेत रहेका तामाङ विगत एक वर्ष देखि अल्ट्रा एवं ट्रेल रनरमा संलग्न छन्। पूर्व कराते खेलाडी एवं प्रशिक्षक तामाङले एक वर्षयता ट्रेल रनका विभिन्न प्रतियोगिताहरुमा भाग लिँदै आएका छन्। तामाङले गत अप्रिलमा भएको विश्व एक्सिट्रम फिसटेल १०० अल्ट्रामा रजत पदक जितेका थिए।
अस्ट्रेलिया भ्रमणका लागि धावक तामाङलाई ‘एक्सटेप नेपाल’ले प्रायोजन तथा राष्ट्रिय खेलकुद परिषद (राखेप) र एनएआरएले स्विकृति एवं सहजीकरण गरेको छ।
","created":"2025-11-19T15:27:11.271687+05:45","news_slug":"Kosci-100-for-altra-"},{"id":4332,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"काठमाडौँ र सुदूरपश्चिम भिड्दै","news_image_url":"https://app.nepalsportz.com/media/IMG_6706.jpeg","news_image_file":"https://app.nepalsportz.com/media/IMG_6706.jpeg","category":[{"id":3,"created":"2023-02-08T17:13:09.647250+05:45","modified":"2023-02-08T17:13:09.647269+05:45","created_np":"2079-10-25T17:13:09.647282+05:45","modified_np":"2079-10-25T17:13:09.647504+05:45","name":"Cricket","slug":"Cricket-nepal"}],"season":null,"content":"
काठमाडौँ गोर्खाजले आफ्नो पहिलो खेल जितेर प्रतियोगितामा विजयी सुरुवात गरेको छ भने सुदूरपश्चिम रोयल्सले प्रतियोगितामा पहिलो खेल खेल्दैछ।
काठमाडौँ करण केसीको कप्तानीमा भीम सार्की, शाहब अलाम, रशिद खान, मोहमद आदील आलम जस्ता राष्ट्रिय खेलाडी र मार्वे गेरार्ड इरासमस, जोन एन्ड्रयु सिम्पसन, मिलिन्द कुमार जस्ता विदेशी खेलाडीसहित यो सिजन खेल्दैछ।
दिपेन्द्रसिंह ऐरी कप्तान रहेको सुदूरपश्चिम अभिनाश बोहरा, आरिफ शेख, विनोद भण्डारी सहितका राष्ट्रिय खेलाडी र जोश ब्राउन, स्कट कुगेइलिन, क्रिस लिन र हर्मीत सिंह जस्ता विदेशी खेलाडीसहित छ। सुदूर साविक उपविजेता हो।
","created":"2025-11-19T10:08:49.388865+05:45","news_slug":"Kathmandu-vs-sudurpaschhim-match-day"},{"id":4331,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"सुदूरपश्चिमलाई फाइनल हारको पीडा","news_image_url":"https://app.nepalsportz.com/media/IMG_6701.jpeg","news_image_file":"https://app.nepalsportz.com/media/IMG_6701.jpeg","category":[{"id":3,"created":"2023-02-08T17:13:09.647250+05:45","modified":"2023-02-08T17:13:09.647269+05:45","created_np":"2079-10-25T17:13:09.647282+05:45","modified_np":"2079-10-25T17:13:09.647504+05:45","name":"Cricket","slug":"Cricket-nepal"}],"season":null,"content":"
प्ले अफमा पनि जनकपुर बोल्ट्सलाई सुरुमै हरायो । तर यही टिमविरुद्ध फाइनलमा भने पराजित रह्यो । त्यसैले सुदूरपश्चिम टिममा अझै पनि त्यो हारको पीडा छ । तर यति भन्दा भन्दै टिम त्यो हारको पीडा बिर्सेर यसपल्ट नयाँ सुरुआत लिने पक्षमा पनि हुनेछ । खासमा हुनु पर्ने पनि यही हो । कम्तीमा अपेक्षा गर्न सकिन्छ, यसपल्ट सिजन टुमा पनि यो टिम अन्तिम चारमा रहनेछ, होइन् भने त्यसको अर्थ असफल नै मानिनेछ ।
फेरि एकपल्ट सुदूरपश्चिमका प्रमुख खेलाडी हुनेछन्, दीपेन्द्रसिंह ऐरी प्रतियोगिताकै उत्कृष्ट खेलाडी घोषित भएका थिए । यसपल्ट पनि टिम धेरै अर्थमा उनीमाथि नै निर्भर हुनेछ । यतिले मात्र पुग्ने छैन्, उनलाई विनोद भण्डारी, अविनाश बोहरा, आरिफ सेख र इशान पाण्डेको पनि बलियो साथ चाहिनेछ । हुन पनि पोहोरको टिमको उत्कृष्ट प्रदर्शन एउटो सिंगो टिमले सम्भव भएको थियो ।
सैफ जैबले टिम छाडेपछि भने सुदूरपश्चिममा एक खाले दबाब भने रहनेछ । त्यसको पूर्तिका लागि उसले क्रिस लिनलाई ल्याएको छ । टिमको एउटा अर्को महत्त्वपूर्ण पक्ष रहनेछ, प्रशिक्षक जगत टमाटा । उनी नेपाली घरेलु क्रिकेटका सबैभन्दा अनुभवी प्रशिक्षक हुन्, उनले जति नेपाली क्रिकेट कसले पो बुझेको छ होला र ? पक्कै पनि सुदूरपश्चिम टिमको प्रदर्शन हेर्न लायक रहने विश्वास गर्न सकिन्छ ।
","created":"2025-11-19T07:51:02.360948+05:45","news_slug":"Sudurpaschhim-final-defeat-worries"},{"id":4330,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"विश्वकपमा युरोपका थप पाँच टिम","news_image_url":"https://app.nepalsportz.com/media/IMG_6699.jpeg","news_image_file":"https://app.nepalsportz.com/media/IMG_6699.jpeg","category":[{"id":1,"created":"2023-02-03T13:17:51.271694+05:45","modified":"2023-02-03T13:17:51.271713+05:45","created_np":"2079-10-20T13:17:51.271727+05:45","modified_np":"2079-10-20T13:17:51.278345+05:45","name":"Football","slug":"football"}],"season":null,"content":"
स्पेनले टर्कीलाई २–२ को बराबरीमा रोक्यो र त्यो नतिजा समूह ‘सी’ जित्न पर्याप्त रह्यो । स्कटल्यान्ड भने सन् १९९८ यता पहिलो पटक विश्वकपमा पुगेको हो । त्यसका लागि उसले समूह ‘सी’ मा भएको खेलमा डेनमार्कमाथि ४–२ को जित निकाल्यो ।
बेल्जियमले भने लेचेस्टाइनलाई एकपक्षीय खेलमा ७–० ले पराजित गर्‍यो र समूह ‘जे’ मा शीर्ष स्थान हात पार्न सफल रह्यो । समूह ‘बी’ मा अहिलेसम्म अपराजित स्विट्जरल्यान्डले कोसोभोसँग १–१ को बराबरी खेल्यो र यो नतिजाले उसलाई समूह विजेता बनायो ।
यस्तै अस्ट्रियाले समूह ‘एच’ जित्नका लागि बोस्निया एन्ड हर्जगोभिनालाई १–१ को बराबरी खेलेको हो । अस्ट्रिया पनि सन् १९९८ यता पहिलो पटक विश्वकपमा छनोट भएको हो ।
","created":"2025-11-19T07:39:12.826715+05:45","news_slug":"World-cup-5-team-added"}]}