{"count":5176,"next":"https://app.nepalsportz.com/news/?format=json&page=43","previous":"https://app.nepalsportz.com/news/?format=json&page=41","results":[{"id":4409,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"रियल बार्सिलोनाको पछाडि","news_image_url":"https://app.nepalsportz.com/media/IMG_7359.png","news_image_file":"https://app.nepalsportz.com/media/IMG_7359.png","category":[{"id":1,"created":"2023-02-03T13:17:51.271694+05:45","modified":"2023-02-03T13:17:51.271713+05:45","created_np":"2079-10-20T13:17:51.271727+05:45","modified_np":"2079-10-20T13:17:51.278345+05:45","name":"Football","slug":"football"}],"season":null,"content":"
जिरोनाले आफ्नो घरेलु मैदानमा एजेडिन आनाहीको गोलले पहिलो हाफको अन्त्यतिर अग्रता लिएको थियो । यो बराबरीपछि रियलको १४ खेलबाट ३३ अंक भएको छ र दोस्रो स्थानमा छ । बार्सिलोनाले उत्तिकै खेल खेलेर ३४ अंकमा शीर्षमा रहेको छ ।
शीर्ष चारमा  भिल्लारियलको ३२ र एटलेटिको म्याड्रिडको ३१ अंक छ । भिल्लारियलले अर्को खेलमा रियल सोसिडाडलाई ३–२ ले पराजित गर्‍यो । यस्तै रियल बेटिसले सेभियालाई २–० र इस्पनयोलले सेल्टा भिगोलाई १–० ले हरायो ।
","created":"2025-12-01T08:06:29.560575+05:45","news_slug":"Real-Madrid-draw-girano"},{"id":4408,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"चेल्सी र आर्सनलको बराबरी","news_image_url":"https://app.nepalsportz.com/media/IMG_7358.jpeg","news_image_file":"https://app.nepalsportz.com/media/IMG_7358.jpeg","category":[{"id":1,"created":"2023-02-03T13:17:51.271694+05:45","modified":"2023-02-03T13:17:51.271713+05:45","created_np":"2079-10-20T13:17:51.271727+05:45","modified_np":"2079-10-20T13:17:51.278345+05:45","name":"Football","slug":"football"}],"season":null,"content":"
त्यसपछि म्यानचेस्टर सिटीको २५ र चेल्सीको २४ अंक छ । चेल्सीले मोइस काइसेडोलाई रातो कार्डमा पहिलो हाफमा गुमाएको थियो । दोस्रो हाफमा ट्रेभोह चालोबहले गोल गर्दै चेल्सीलाई अग्रता दिलाए ।
त्यसपछि मिखेल मेरिनोले आर्सनलका लागि बराबरी गोल फर्काए । भिल्लाले अर्को खेलमा उल्भ्सलाई १–० ले हरायो र २४ अंकमै चौथो स्थानमा रह्यो ।
अन्य खेलमा लिभरपुलले वेस्ट ह्यामलाई २–०, ब्राइटनले नटिंघम फरेस्टलाई २–० र म्यानचेस्टर युनाइटेडले क्रिस्टल प्यालेसलाई २–१ ले हरायो ।
","created":"2025-12-01T08:01:08.465906+05:45","news_slug":"Chelsea-arsenal-draw"},{"id":4407,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"कर्णालीमाथि काठमान्डूको जित","news_image_url":"https://app.nepalsportz.com/media/IMG_7353.jpeg","news_image_file":"https://app.nepalsportz.com/media/IMG_7353.jpeg","category":[{"id":3,"created":"2023-02-08T17:13:09.647250+05:45","modified":"2023-02-08T17:13:09.647269+05:45","created_np":"2079-10-25T17:13:09.647282+05:45","modified_np":"2079-10-25T17:13:09.647504+05:45","name":"Cricket","slug":"Cricket-nepal"}],"season":null,"content":"
जितसँगै ६ खेलबाट चौथो जित निकालेको काठमान्डूले ८ अंक जोडेको छ। यता, पाँच खेलमा ४ हार ब्यहोरेको कर्णालीको प्लेअफको सम्भावना सकिएको छ।
कर्णालीले दिएको १५० रनको लक्ष्य काठमान्डूले १८ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो।
काठमान्डूको जितमा गेरहार्ड इरास्मसले ३३ बलमा ४४ रन बनाउँदा जोन सिम्पसनले २१ बलमा ४ चौका र २ छक्काको सहयोगमा ४१ रन बनाएर आउट भए।
यस्तै, ओपनर बेन चार्ल्सवर्थले २१ बलमा दुई चौका र तीन छक्काको सहयोगमा ३४ रन बनाए। मिलिन्द्र कुमार १५, तथा ओपनर आकाश त्रिपाठीले ८ रन बनाए।
यता, कर्णालीको लागि नन्दन यादले सर्वाधिक ३ र पवन शराफले एक विकेट हात पारे।
त्यसअघि त्रिवि क्रिकेट रंगशालामा टस जितेर पहिले ब्याटिङ थालेको कर्णालीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १४९ रन बनाएको थियो।
कर्णालीको लागि अल राउन्डर गुलसन झाले सर्वाधिक ४९ रन बनाए। उनले २२ बलमा ६ चौका र ३ छक्का प्रहार गरे।
यस्तै, पवन शराफले २९ बलमा दुई चौका र छक्काको सहयोगमा ३५, ओपनर मार्क वार्डले २७ बलमा एक चौका र दुई छक्को सहयोगमा ३० रन बनाउँदा दिपक डुम्रेले १० रन बनाए।
काठमान्डूका लागि रासिद खानले दुई विकेट लिए। सन्तोष यादव, मिलिन्द कुमार र कप्तान करण केसीले समान एक विकेट लिए।
जारी प्रतियोगितामा पाँच खेलमा दुई जित हात पारेको छ भने कर्णालीले चार खेलमा एक खेल मात्रै जितेको छ। कर्णालीले पछिल्लो दुई खेलमा हार ब्यहोर्दा काठमान्डूले दुवै खेलमा जित हासिल गरेको थियो।
","created":"2025-11-30T19:21:16.226345+05:45","news_slug":"Kathmandu-beats-Karnali-Npl-2"},{"id":4406,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"पीएसजीलाई मोनाकोको धक्का","news_image_url":"https://app.nepalsportz.com/media/IMG_7314.jpeg","news_image_file":"https://app.nepalsportz.com/media/IMG_7314.jpeg","category":[{"id":1,"created":"2023-02-03T13:17:51.271694+05:45","modified":"2023-02-03T13:17:51.271713+05:45","created_np":"2079-10-20T13:17:51.271727+05:45","modified_np":"2079-10-20T13:17:51.278345+05:45","name":"Football","slug":"football"}],"season":null,"content":"
मोनाकोका लागि एक मात्र गोल ताकुमी मिनामिनोले ६८ औं मिनेटमा गरे । हारका बावजुत पीएसजी ३० अंकमा अझै शीर्ष स्थानमा छ । तर उसको अग्रता एक अंकमा छोटिएको छ ।
मार्से २९ अंकमा दोस्रो स्थानमा छ । मार्सेले टुलोजसँग २–२ को बराबरी खेलेपछि पीएसजीलाई उछिन्ने अवसर गुमाएको हो । अझ एक खेल कम खेलेको लेन्स २८ अंकमा तेस्रोमा छ ।
मोनाको आफै २३ अंकमा छैटौं स्थानमा छ । रेनेसले भने अर्को खेलमा मेट्जलाई १–० ले हरायो भने पेरिस एफसी र अजुरेले १–१ को बराबरी खेले ।
","created":"2025-11-30T07:43:20.528041+05:45","news_slug":"PSG-stopped-by-Monaco"},{"id":4405,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"बायर्नको अग्रताले छोयो आठ अंक","news_image_url":"https://app.nepalsportz.com/media/IMG_7313.webp","news_image_file":"https://app.nepalsportz.com/media/IMG_7313.webp","category":[{"id":1,"created":"2023-02-03T13:17:51.271694+05:45","modified":"2023-02-03T13:17:51.271713+05:45","created_np":"2079-10-20T13:17:51.271727+05:45","modified_np":"2079-10-20T13:17:51.278345+05:45","name":"Football","slug":"football"}],"season":null,"content":"
पउलीले सुरुमै अप्रत्यासित अग्रता लिएयता बायर्नले तीन गोल फर्काएको हो । त्यो राफेल गुरेरो, लुइस डियाज र निकोलस ज्याक्सनको नाममा रह्यो ।
बायर्नको १२ खेलबाट ३४ अंक भएको छ । दोस्रोमा रहेको आरबी लाइपजिग भने समान १२ खेलबाट २६ अंकमा छ । लाइपजिग भने अर्को खेलमा बोरुसिया मोन्चेनग्लाडबाखको हातबाट गोलरहित बराबरीमा रोकियो ।
तेस्रो स्थानमा रहेको बोरुसिया डर्टमुन्डले भने बायर लेभरकुनजलाई २–१ ले हरायो । डर्टमुन्डको १२ खेलबाट २५ अंक छ ।
","created":"2025-11-30T07:33:45.847706+05:45","news_slug":"Bayern-8-points-ahead"},{"id":4404,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"कर्णाली र काठमाडौँ भिड्दै","news_image_url":"https://app.nepalsportz.com/media/IMG_7312.jpeg","news_image_file":"https://app.nepalsportz.com/media/IMG_7312.jpeg","category":[{"id":3,"created":"2023-02-08T17:13:09.647250+05:45","modified":"2023-02-08T17:13:09.647269+05:45","created_np":"2079-10-25T17:13:09.647282+05:45","modified_np":"2079-10-25T17:13:09.647504+05:45","name":"Cricket","slug":"Cricket-nepal"}],"season":null,"content":"
कर्णालीले ४ खेलमा केवल एक खेल जितेको छ भने ३ खेलमा हार बेहोरेको छ। त्यस्तै काठमाडौँ गोर्खाजले ५ खेलमा ३ खेल जितेको छ भने २ खेलमा हार बेहोरेको छ।
","created":"2025-11-30T07:27:23.603443+05:45","news_slug":"Karnali-vs-Kathmandu-today"},{"id":4403,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"मिलानको जितमा लिओको निर्णायक गोल","news_image_url":"https://app.nepalsportz.com/media/IMG_7311.webp","news_image_file":"https://app.nepalsportz.com/media/IMG_7311.webp","category":[{"id":1,"created":"2023-02-03T13:17:51.271694+05:45","modified":"2023-02-03T13:17:51.271713+05:45","created_np":"2079-10-20T13:17:51.271727+05:45","modified_np":"2079-10-20T13:17:51.278345+05:45","name":"Football","slug":"football"}],"season":null,"content":"
यो जितपछि मिलानको १३ खेलबाट २८ अंक भएको छ र शीर्ष स्थानमा उक्लेको छ । तर उनको यो अग्रता एकै दिनका लागि मात्र हुन सक्नेछ ।
उसको पछाडि एएस रोमाको २७, नेपोलीको २५ र इन्टर मिलानको २४ अंक छ । उनीहरूसामु मिलानमाथि चुनौती थप्ने अवसर हुनेछ ।
शनिबार युभेन्ट्सले कागलिरीलाई २–१ ले हराएयो र१३ खेलबाट २३ अंकसहित सातौं स्थानमा रह्यो । अन्य खेलमा युडिनेजीले पार्मालाई २–० र जेनोआले हेलास भेरोनालाई २–१ ले पराजित गर्न सफल रह्यो ।
","created":"2025-11-30T07:24:15.705233+05:45","news_slug":"Milan-win-leoco"},{"id":4402,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"रियललाई उछिनेर बार्सिलोना अगाडि","news_image_url":"https://app.nepalsportz.com/media/IMG_7310.webp","news_image_file":"https://app.nepalsportz.com/media/IMG_7310.webp","category":[{"id":1,"created":"2023-02-03T13:17:51.271694+05:45","modified":"2023-02-03T13:17:51.271713+05:45","created_np":"2079-10-20T13:17:51.271727+05:45","modified_np":"2079-10-20T13:17:51.278345+05:45","name":"Football","slug":"football"}],"season":null,"content":"
त्यसमा लामिन यामलले बार्सिलोनाका लागि पहिलो गोल गरेपछि डानी ओल्मोले दुई गोल थपेका हुन् । त्यस अगाडि एटलेटिकोले रियल ओभिडोलाई २–० ले पराजित गरेको थियो र त्यसमा दुवै गोल एलेक्जान्डर सरलोथले गरे ।
बार्सिलोना ३४ अंक भएको छ भने एटलेटिकोको ३१ अंक छ र तेस्रो स्थानमा छ । रियल भने एक खेल कम खेलेर ३२ अंकमा दोस्रोमा छ र उसको सामु आइतबार फेरि शीर्षमा उक्लिने अवसर हुनेछ ।
अन्य खेलमा एथलेटिको बिलबाओले लेभान्टेलाई २–० ले पन्छायो भने रियल मार्लोका र ओसासुनाले भने २–२ को रोमाञ्चक बराबरी खेले ।
","created":"2025-11-30T07:14:09.246559+05:45","news_slug":"Barcelona-left-behind-realmadrid"},{"id":4401,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"लिड्समाथि सिटीको संघर्षपूर्ण जित","news_image_url":"https://app.nepalsportz.com/media/IMG_7309.jpeg","news_image_file":"https://app.nepalsportz.com/media/IMG_7309.jpeg","category":[{"id":1,"created":"2023-02-03T13:17:51.271694+05:45","modified":"2023-02-03T13:17:51.271713+05:45","created_np":"2079-10-20T13:17:51.271727+05:45","modified_np":"2079-10-20T13:17:51.278345+05:45","name":"Football","slug":"football"}],"season":null,"content":"
फोडनले नै इतिहाडमा भएको खेलमा गोलको खाता खोलेका थिए । यो जितपछि सिटी १३ खेलबाट २५ अंक भएको छ । सिटी दोस्रो स्थानमा छ र यो पहिलो स्थानमा रहेको आर्सनलसँग चार अंकको अन्तर हो ।
यो सिजन सरप्राइज टिम रहेको सन्डरल्यान्डले भने उत्कृष्ट पुर्नआगमन रच्दै बर्नमाउथलाई ३–२ ले नै हरायो र २२ अंकमा चौथो स्थानमा उक्लिन सफल रह्यो । घरमा भएको खेलमा सन्डरल्यान्ड सुरुमै दुई गोलले पछाडि रहेको थियो ।
यस्तै अन्य खेलमा फुलहमले टोटनहमलाई २–१, न्युकासल युनाइटेडले एभरटनलाई ४–१ र ब्रेन्टफोर्डले बर्नलीलाई ३–१ ले हरायो ।
","created":"2025-11-30T07:02:10.751167+05:45","news_slug":"Leeds-defeated-by-city"},{"id":4400,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"जनकपुरलाई हराउँदै सुदूरपश्चिम प्लेअफमा","news_image_url":"https://app.nepalsportz.com/media/IMG_7305.jpeg","news_image_file":"https://app.nepalsportz.com/media/IMG_7305.jpeg","category":[{"id":3,"created":"2023-02-08T17:13:09.647250+05:45","modified":"2023-02-08T17:13:09.647269+05:45","created_np":"2079-10-25T17:13:09.647282+05:45","modified_np":"2079-10-25T17:13:09.647504+05:45","name":"Cricket","slug":"Cricket-nepal"}],"season":null,"content":"
लगातार पाँचौं जितसँगै सुदूर प्लेअफमा पुग्ने पहिलो टिम बनेको छ। यता, चारै खेलमा पराजित जनकपुरको प्लेअफ पुग्ने सम्भावना समाप्त भएको छ।
त्रिवि क्रिकेट रंगशालामा जनकपुरले दिएको १४६ रनको लक्ष्य पछ्याएको सुदूरले १७.४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो। खेलमा ६ विकेटले विजयी भयो।
सुुदूरको जितमा इशान पाण्डेले सर्वाधिक ५६ रनको अर्धशतकिय पारी खेले। उनले ३५ बलमा ८ चौका र एक छक्का प्रहार गरे। ओपनर बिनोद भण्डारी ४२ रन बनाउँदा कप्तान दिपेन्द्र सिंह ऐरीले १० र हर्मित सिंह २५ रनमा अविजित रहे।
जनकपुरका लागि सन्जयकृष्ण मुर्थिले दुई, ललित राजवंशीले एक विकेट लिए।
कुनै समय पहिलो बलमा विकेट गुमाएको सुदूरका लागि बिनोद र इशानले तेस्रो विकेटका लागि ९२ रनको साझेदारी गरे।
त्यसअघि टस जितेर पहिलो ब्याटिङ थालेको जनकपुरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४५ रन बनाएको।
जनकपुरका लागि सन्जय कृष्णमुर्थिले ३८ बलमा ५०, जान निकोल लफ्टी इटन ३३ बलमा ३९, आदित्य महता १३ बलमा १५ र कप्तान वार्नि पार्नेलले १४ रन बनाए।
यता, सुदूरका लागि अभिनाष बोहरा सर्वाधिक ४ विकेट लिँदा स्कट कुइगेलिनले तीन तथा कप्तान दिपेन्द्र सिंह ऐरीले एक विकेट लिए।
","created":"2025-11-29T19:07:15.687882+05:45","news_slug":"Sudurpaschhim-in-play-off"},{"id":4399,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"सुदूरपश्चिमलाई १४६ रनको लक्ष्य","news_image_url":"https://app.nepalsportz.com/media/IMG_7304.jpeg","news_image_file":"https://app.nepalsportz.com/media/IMG_7304.jpeg","category":[{"id":3,"created":"2023-02-08T17:13:09.647250+05:45","modified":"2023-02-08T17:13:09.647269+05:45","created_np":"2079-10-25T17:13:09.647282+05:45","modified_np":"2079-10-25T17:13:09.647504+05:45","name":"Cricket","slug":"Cricket-nepal"}],"season":null,"content":"
त्रिवि क्रिकेट रंगशालामा टस जितेर पहिलो ब्याटिङ थालेको जनकपुरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४५ रन बनायो।
जनकपुरका लागि सन्जय कृष्णमुर्थिले ३८ बलमा ५०, जान निकोल लफ्टी इटन ३३ बलमा ३९, आदित्य महता १३ बलमा १५ र कप्तान वार्नि पार्नेलले १४ रन बनाए।
यता, सुदूरका लागि अभिनाष बोहरा सर्वाधिक ४ विकेट लिँदा स्कट कुइगेलिनले तीन तथा कप्तान दिपेन्द्र सिंह ऐरीले एक विकेट लिए।
","created":"2025-11-29T17:34:30.201071+05:45","news_slug":"Sudderpaschhim-got-146"},{"id":4398,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"रोमाञ्चक खेलमा लुम्बिनीले पोखरालाई हरायो","news_image_url":"https://app.nepalsportz.com/media/IMG_7302.jpeg","news_image_file":"https://app.nepalsportz.com/media/IMG_7302.jpeg","category":[{"id":3,"created":"2023-02-08T17:13:09.647250+05:45","modified":"2023-02-08T17:13:09.647269+05:45","created_np":"2079-10-25T17:13:09.647282+05:45","modified_np":"2079-10-25T17:13:09.647504+05:45","name":"Cricket","slug":"Cricket-nepal"}],"season":null,"content":"
पोखराले दिएको १५१ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १९.४ ओभरमा ७ विकेट गुमाएर लक्ष्य पूरा गर्यो।
लुम्बिनीको जितमा कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ४० रन बनाए। उनले ३६ बलमा तीन चौका र दुई छक्का प्रहार गरे।
निरुशन डिकवेल्ला २२ बलमा दुई चौका र दुई छक्काको सहयोगमा ३७ रन बनाए। गुलबदिन नइबले ११ बलमा १७, दिलिप नाथ १०, सन्दीप जोराले २२ बलमा २५ रन बनाए।
पोखराको लागि विपिन खत्री, सागर ढकाल, म्याटेलरले समान दुई विकेट लिए। जिम्मी निशमले एक विकेट लिए।
त्यसअघि त्रिवि क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङ थालेको पोखराले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १५० रन बनाएको थियो।
पोखराको लागि एडम रोसिङटनले शानदार पारी खेले उनले ६३ बलमा ७ चौका र ५ छक्काको सहयोगमा ८१ रन बनाए। यस्तै, अलराउन्डर जिम्मी निशमले ३२ बलमा ३ चौका र ३ छक्काको सहयोगमा ५१ रन बनाए।
लुम्बिनीका लागि तिलक भण्डारी र शेर मल्लले दुई विकेट लिए।
","created":"2025-11-29T15:09:54.461143+05:45","news_slug":"Lumbini-lions-beats-pokhara"},{"id":4397,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"नेपालको युवा टोली एसिया कपमा","news_image_url":"https://app.nepalsportz.com/media/IMG_7301.jpeg","news_image_file":"https://app.nepalsportz.com/media/IMG_7301.jpeg","category":[{"id":3,"created":"2023-02-08T17:13:09.647250+05:45","modified":"2023-02-08T17:13:09.647269+05:45","created_np":"2079-10-25T17:13:09.647282+05:45","modified_np":"2079-10-25T17:13:09.647504+05:45","name":"Cricket","slug":"Cricket-nepal"}],"season":null,"content":"
मलेसियाले दिएको ५२ रनको सामान्य लक्ष्य नेपालले ७.५ ओभरमा एक विकेट गुमाएर पूरा गर्यो। नेपालका लागि भन्स क्षेत्री २७ बलमा सर्वाधिक २३ रन  बनाए।
यस्तै, निश्चल खत्रीले १८ बलमा १५ रन बनाउँदा ओपनर निरजकुमार यादवले ४ रन बनाएर आउट भए।
त्यसअघि यूएईको अजमनमा टस हारेर पहिले ब्याटिङ गरेको मलेसियाले १७‍।२ ओभरमा सबै विकेट गुमाएर ५२ रन बनाएको थियो। मलेसियाको लागि हम्जाह पङ्गगीले २० बलमा सर्वाधिक १३ रन बनाए। यस्तै, मोहमद फतुलले ११ रन बनाउनु बाहेक अन्य ब्याटरले रन बनाउन सकेनन्।
मलेसियालाई कम स्कोरमा रोक्न नेपालका लागि नितिश कुमार पटेलले सर्वाधिक चार, चन्दन रामले तीन, कप्तान अशोक धामी, अपराजित पौडेल र रोसन विश्वकर्माले समान एक विकेट लिए।
नेपालले अब उपाधिको लागि ओमान र यूएईबीच जारी दोस्रो सेमिफाइनलको विजेतासँग सोमबार खेल्नेछ।
","created":"2025-11-29T15:05:57.683385+05:45","news_slug":"Nepal-youth-team-in-Asia-cup"},{"id":4396,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"एडम र जिमीको अर्धशतकमा लुम्बिनीलाई १५१ रनको लक्ष्य","news_image_url":"https://app.nepalsportz.com/media/IMG_7295.jpeg","news_image_file":"https://app.nepalsportz.com/media/IMG_7295.jpeg","category":[{"id":3,"created":"2023-02-08T17:13:09.647250+05:45","modified":"2023-02-08T17:13:09.647269+05:45","created_np":"2079-10-25T17:13:09.647282+05:45","modified_np":"2079-10-25T17:13:09.647504+05:45","name":"Cricket","slug":"Cricket-nepal"}],"season":null,"content":"
त्रिवि क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङ थालेको पोखराले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १५० रन बनायो।
पोखराको लागि एडम रोसिङटनले शानदार पारी खेले उनले ६३ बलमा ७ चौका र ५ छक्काको सहयोगमा ८१ रन बनाए। यस्तै, अलराउन्डर जिम्मी निशमले ३२ बलमा ३ चौका र ३ छक्काको सहयोगमा ५१ रन बनाए।
लुम्बिनीका लागि तिलक भण्डारी र शेर मल्लले दुई विकेट लिए।
","created":"2025-11-29T12:59:38.373333+05:45","news_slug":"Lumbini-got151-target"},{"id":4395,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"एसीसी यु–१९ प्रिमियर कप मलेसिया ५१ रनमै अलआउट","news_image_url":"https://app.nepalsportz.com/media/IMG_7294.jpeg","news_image_file":"https://app.nepalsportz.com/media/IMG_7294.jpeg","category":[{"id":3,"created":"2023-02-08T17:13:09.647250+05:45","modified":"2023-02-08T17:13:09.647269+05:45","created_np":"2079-10-25T17:13:09.647282+05:45","modified_np":"2079-10-25T17:13:09.647504+05:45","name":"Cricket","slug":"Cricket-nepal"}],"season":null,"content":"
यूएईको अजमनमा जारी खेलमा नेपालले जितका लागि सामान्य लक्ष्य पाएको हो। टस हारेर पहिले ब्याटिङ गरेको मलेसियाले १७‍।२ ओभरमा सबै विकेट गुमाएर ५२ रन मात्रै बनाउन सक्यो। मलेसियाको लागि हम्जाह पङ्गगीले २० बलमा सर्वाधिक १३ रन बनाए। यस्तै, मोहमद फतुलले ११ रन बनाउनु बाहेक अन्य ब्याटरले रन बनाउन सकेनन्।
मलेसियालाई कम स्कोरमा रोक्न नेपालका लागि नितिश कुमार पटेलले सर्वाधिक चार, चन्दन रामले तीन, कप्तान अशोक धामी, अपराजित पौडेल र रोसन विश्वकर्माले समान एक विकेट लिए।
","created":"2025-11-29T12:31:09.713757+05:45","news_slug":"Malaysi-51-runs-all-out"},{"id":4394,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"पोखराविरुद्ध लुम्बिनीले टस जित्यो","news_image_url":"https://app.nepalsportz.com/media/IMG_7293.jpeg","news_image_file":"https://app.nepalsportz.com/media/IMG_7293_eT6Nu9b.jpeg","category":[{"id":3,"created":"2023-02-08T17:13:09.647250+05:45","modified":"2023-02-08T17:13:09.647269+05:45","created_np":"2079-10-25T17:13:09.647282+05:45","modified_np":"2079-10-25T17:13:09.647504+05:45","name":"Cricket","slug":"Cricket-nepal"}],"season":null,"content":"
त्रिवि क्रिकेट रंगशालामा लुम्बिनीका कप्तना रोहितकुमार पौडेलले टस जितेर पहिले फिल्डिङ रोजेका हुन्। पोखराले टस हारेर पहिले ब्याटिङको निम्तो पाएको छ।
","created":"2025-11-29T11:20:27.769457+05:45","news_slug":"Lumbini-won-toss-pokhara-loss"},{"id":4393,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"पोखराविरुद्ध लुम्बिनीले टस जित्यो","news_image_url":"https://app.nepalsportz.com/media/IMG_7293.jpeg","news_image_file":"https://app.nepalsportz.com/media/IMG_7293.jpeg","category":[{"id":3,"created":"2023-02-08T17:13:09.647250+05:45","modified":"2023-02-08T17:13:09.647269+05:45","created_np":"2079-10-25T17:13:09.647282+05:45","modified_np":"2079-10-25T17:13:09.647504+05:45","name":"Cricket","slug":"Cricket-nepal"}],"season":null,"content":"
त्रिवि क्रिकेट रंगशालामा लुम्बिनीका कप्तना रोहितकुमार पौडेलले टस जितेर पहिले फिल्डिङ रोजेका हुन्। पोखराले टस हारेर पहिले ब्याटिङको निम्तो पाएको छ।
","created":"2025-11-29T11:20:03.087232+05:45","news_slug":"Lumbini-won-toss"},{"id":4392,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"एसीसी यू–१९ प्रिमियर कप सेमिफाइनलमा आज नेपाल र मलेसिया आमनेसामने","news_image_url":"https://app.nepalsportz.com/media/IMG_7291.jpeg","news_image_file":"https://app.nepalsportz.com/media/IMG_7291.jpeg","category":[{"id":3,"created":"2023-02-08T17:13:09.647250+05:45","modified":"2023-02-08T17:13:09.647269+05:45","created_np":"2079-10-25T17:13:09.647282+05:45","modified_np":"2079-10-25T17:13:09.647504+05:45","name":"Cricket","slug":"Cricket-nepal"}],"season":null,"content":"
नेपाल समूह ‘ए’ र मलेसिया समूह ‘डी’ को विजेता बनेका हुन्। समूह चरणमा उत्कृष्ट प्रदर्शन गर्दै नेपालले लगातार दुई जित दर्ता गर्दै अन्तिम चारमा स्थान सुरक्षित गर्‍यो। नेपालले पहिलो खेलमा साउदी अरेबियालाई आठ विकेटले र दोस्रो खेलमा हङकङलाई ११९ रनको फराकिलो अन्तरले पराजित गरेको थियो।
यता अर्को सेमिफाइनलमा युएई र ओमान आमनेसामने हुनेछन्। कुल १४ राष्ट्र सहभागी यस प्रतियोगिताबाट शीर्ष तीन टोली एसीसी पुरुष यू–१९ एशिया कपका लागि छनोट हुनेछन्।
नेपाली टिम
अशोक धामी (कप्तान), निरज यादव (विकेटकिपर), निश्चल क्षेत्री, आशिष लोहार, सुशील रावल, किब्रिन श्रेष्ठ, दारश सोनार, दयानन्द मण्डल, दिलसाद अली, नितेश पटेल, चन्दन राम, रोशन विक, अपराजित पौडेल, भान्स क्षेत्री
","created":"2025-11-29T09:09:04.296451+05:45","news_slug":"Nepal-vs-Malaysia"},{"id":4391,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"एनपिएलमा आज पनि दुई रोचक खेल हुँदै","news_image_url":"https://app.nepalsportz.com/media/IMG_7290.jpeg","news_image_file":"https://app.nepalsportz.com/media/IMG_7290.jpeg","category":[{"id":3,"created":"2023-02-08T17:13:09.647250+05:45","modified":"2023-02-08T17:13:09.647269+05:45","created_np":"2079-10-25T17:13:09.647282+05:45","modified_np":"2079-10-25T17:13:09.647504+05:45","name":"Cricket","slug":"Cricket-nepal"}],"season":null,"content":"
आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र लुम्बिनी लायन्स आमनेसामने हुँदैछन्। खेल बिहान ११:१५ बजेबाट सुरु हुनेछ। जारी लिगमा पोखराले तीन खेलमा एक जित र दुई हार व्यहोरेको छ भने लुम्बिनीले चार खेलमा एक जित र तीन हारसहित संघर्ष गरिरहेको छ।
आजकै दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स भिड्नेछन्। यो खेल दिउँसो ३:३० बजेबाट सुरु हुनेछ। उत्कृष्ट लयमा रहेको सुदूरपश्चिम अपराजित रहँदै लगातार चार खेल जितेर शीर्ष स्थानमा छ। त्यसैगरी, साविक विजेता जनकपुर भने लगातार तीन हारपछि आज पहिलो जितको खोजीमा हुनेछ।
","created":"2025-11-29T09:04:03.617879+05:45","news_slug":"Two-game-today-Lumbini-Pokhara-Sudurpaschim-Janakpur"},{"id":4390,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"कोमोको छैटौंमा छलाङ","news_image_url":"https://app.nepalsportz.com/media/IMG_7284.webp","news_image_file":"https://app.nepalsportz.com/media/IMG_7284.webp","category":[{"id":1,"created":"2023-02-03T13:17:51.271694+05:45","modified":"2023-02-03T13:17:51.271713+05:45","created_np":"2079-10-20T13:17:51.271727+05:45","modified_np":"2079-10-20T13:17:51.278345+05:45","name":"Football","slug":"football"}],"season":null,"content":"
खेलका दुई गोल प्रत्येक दुवै हाफमा भएका हुन् । अनासाटासोसिस डोभिकासले १४ औं मिनेटमा गोलको खाता खोले । त्यसपछि ५६ औं मिनेटमा अल्बर्टो मोरेनाले दोस्रो गोल थपे ।
यो जितपछि कोमोको १३ खेलबाट २४ अंक भएको छ । यो शीर्षमा रहेको एएस रोमासँग तीन अंकको दूरी मात्रै हो । मिड टेबलमा रहेको ससुलोको १७ अंक रहेको छ र नवौं स्थानमा छ ।
","created":"2025-11-29T08:27:55.990916+05:45","news_slug":"Como-in-sixth-position"}]}