{"count":5170,"next":"https://app.nepalsportz.com/news/?format=json&page=31","previous":"https://app.nepalsportz.com/news/?format=json&page=29","results":[{"id":4643,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"नेपोलीले रोक्यो इन्टरलाई बराबरीमा","news_image_url":"https://app.nepalsportz.com/media/IMG_8846.webp","news_image_file":"https://app.nepalsportz.com/media/IMG_8846.webp","category":[{"id":1,"created":"2023-02-03T13:17:51.271694+05:45","modified":"2023-02-03T13:17:51.271713+05:45","created_np":"2079-10-20T13:17:51.271727+05:45","modified_np":"2079-10-20T13:17:51.278345+05:45","name":"Football","slug":"football"}],"season":null,"content":"
इन्टरका लागि फेडरिको डिमार्को र हाकान चाहालोलुले गोल गरे । नेपोलीका लागि भने दुवै गोल टोमिनीले गरे । यो नतिजापछि इन्टर ४३ अंकमा शीर्ष स्थानमा र नेपोली ३९ अंकमा तेस्रो स्थानमा छ ।
उनीहरूबीच एसी मिलान ४० अंकमा दोस्रो स्थानमा छ । एएस रोमा पनि ३९ अंकमा चौथो स्थानमा रहेको छ ।
","created":"2026-01-12T07:54:18.760103+05:45","news_slug":"Napoli-draw-inter"},{"id":4642,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"सुपरकपको उपाधि बार्सिलोनालाई","news_image_url":"https://app.nepalsportz.com/media/IMG_8845.jpeg","news_image_file":"https://app.nepalsportz.com/media/IMG_8845.jpeg","category":[{"id":1,"created":"2023-02-03T13:17:51.271694+05:45","modified":"2023-02-03T13:17:51.271713+05:45","created_np":"2079-10-20T13:17:51.271727+05:45","modified_np":"2079-10-20T13:17:51.278345+05:45","name":"Football","slug":"football"}],"season":null,"content":"
अर्का एक गोल भने रोबर्ट लेवनडोस्कीको नाममा रह्यो । दस खेलाडीमा सीमित बार्सिलोनाविरुद्ध रियलका तर्फबाट भिनिसियस जुनियर र गोन्जालो गार्सियाले गोल गरे ।
बार्सिलोनाले सुपरकपको उपाधि जितेको यो कीर्तिमान १६ औं पल्ट हो । केयलिन एमबापेमाथि गरेको फलका लागि फ्रेन्क डे जोङ रातो कार्डमा मैदान छाड्न बाध्य रहे । अब बार्सिलोनाको ध्यान स्पेनी ला लिगाको उपाधि जित्नेमा रहनेछ ।
","created":"2026-01-12T07:11:25.239332+05:45","news_slug":"Super-cup-Barcelona-win"},{"id":4641,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"सन्दीप आबद्ध राजशाही दोस्रो स्थानमा उक्लियो","news_image_url":"https://app.nepalsportz.com/media/IMG_8841.jpeg","news_image_file":"https://app.nepalsportz.com/media/IMG_8841.jpeg","category":[{"id":3,"created":"2023-02-08T17:13:09.647250+05:45","modified":"2023-02-08T17:13:09.647269+05:45","created_np":"2079-10-25T17:13:09.647282+05:45","modified_np":"2079-10-25T17:13:09.647504+05:45","name":"Cricket","slug":"Cricket-nepal"}],"season":null,"content":"
काठमाडौं। नेपाली क्रिकेटर सन्दीप लामिछाने आबद्ध राजशाही वारियर्स बङ्गलादेश प्रिमियर लिग ९बीपीएल० को दोस्रो स्थानमा उक्लिएको छ। आइतबार पाँचौँ जित हात पार्दै राजशाही अंक तालिकाको दोस्रो स्थानमा पुगेको हो।
सिल्हेट अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा सम्पन्न खेलमा राजशाहीले रंगपुर राइडर्सलाई ७ विकेटले पराजित गर्‍यो। रंगपुरले दिएको १७९ रनको लक्ष्य राजशाहीले १९.१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्‍यो।
राजशाहीको जितमा मुहम्मद वसीमले अविजित ८७ रनको उत्कृष्ट इनिङ्स खेले। उनले ५९ बलमा ७ चौका र ४ छक्का प्रहार गरे। कप्तान नजमुल होसैन शान्तोले ७६ रनको योगदान दिए।
यसअघि पहिले ब्याटिङ गरेको रंगपुरका लागि तोहिद हृदॉयले ५६ बलमा अविजित ९७ रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन्। बलिङतर्फ राजशाहीका सन्दीप लामिछानेले १ विकेट लिए।
","created":"2026-01-11T16:44:00.546181+05:45","news_slug":"Sandeep-Bpl-rajashahi-climb-second"},{"id":4640,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"तेस्रोमा भिल्ला रियल अझ बलियो","news_image_url":"https://app.nepalsportz.com/media/IMG_8839.webp","news_image_file":"https://app.nepalsportz.com/media/IMG_8839.webp","category":[{"id":1,"created":"2023-02-03T13:17:51.271694+05:45","modified":"2023-02-03T13:17:51.271713+05:45","created_np":"2079-10-20T13:17:51.271727+05:45","modified_np":"2079-10-20T13:17:51.278345+05:45","name":"Football","slug":"football"}],"season":null,"content":"
त्यस जितपछि भिल्लारियलको १८ खेलबाट ४१ अंक भएको छ र यो एक खेल बढी खेलेर चौथोमा एटलेटिको म्याड्रिडमाथि तीन अंकको अग्रता हो । रियल म्याड्रिड भने १९ खेलबाट ४५ अंकमा दोस्रोमा छ ।
यस्तै बार्सिलोना १९ खेलबाट ४९ अंकमा शीर्ष स्थानमा रहेको छ । शनिबारका अन्य खेलमा जिरोनाले ओसासुनालाई १–० ले हरायो भने रियल ओभिएडो र रियल बेटिसले १–१ को बराबरी खेले ।
","created":"2026-01-11T07:41:27.163704+05:45","news_slug":"Villa-real-third"},{"id":4639,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"इजिप्ट र नाइजेरिया पुगे सेमिफाइनलमा","news_image_url":"https://app.nepalsportz.com/media/IMG_8837.png","news_image_file":"https://app.nepalsportz.com/media/IMG_8837.png","category":[{"id":1,"created":"2023-02-03T13:17:51.271694+05:45","modified":"2023-02-03T13:17:51.271713+05:45","created_np":"2079-10-20T13:17:51.271727+05:45","modified_np":"2079-10-20T13:17:51.278345+05:45","name":"Football","slug":"football"}],"season":null,"content":"
अब अन्तिम चारको खेलमा सेनेगेलले इजिप्ट र नाइजेरिया र आयोजक मोरक्कोको सामना गर्नेछ । क्वाटरफाइनलमा इजिप्टले डिफेन्डिङ च्याम्पियन आइाभरीकोस्टलाई ३–२ ले पराजित गरेको हो ।
त्यसमा लिभपुरपुलका मोहमद सलाहको गोल निर्णायक सावित भयो । अर्को क्वाटरफाइनलमा नाइजेरियाले अल्जेरियालाई २–० ले हरायो र त्यसमा भिक्टर ओसिमहेन लयमा रहे ।
हारपछि आइभरीकोस्ट उपाधिको रक्षा गर्न असफल रह्यो । सन् २०१० यता कुनै पनि टिमले डिफेन्डिङ च्याम्पियन भएर उपाधि दोहराएर जित्न सकेको छैन् ।
","created":"2026-01-11T07:18:27.711190+05:45","news_slug":"Egypt-Nigeria-in-semifinal-AFCON"},{"id":4638,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"पुलिसलाई हराउँदै न्यु डायमन्ड च्याम्पियन","news_image_url":"https://app.nepalsportz.com/media/d3fc9152-8d20-4e5e-a73c-8ca6fd18e4ef.jpeg","news_image_file":"https://app.nepalsportz.com/media/d3fc9152-8d20-4e5e-a73c-8ca6fd18e4ef.jpeg","category":[{"id":4,"created":"2023-02-08T17:13:28.632012+05:45","modified":"2023-02-08T17:13:28.632034+05:45","created_np":"2079-10-25T17:13:28.632047+05:45","modified_np":"2079-10-25T17:13:28.632269+05:45","name":"Volleyball","slug":"volley-ball"}],"season":null,"content":"
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्ड हलमा शनिबार सम्पन्न फाइनलमा न्यु डायन्डले पुलिसलाई ३–१ को सेटमा पराजित गरेको हो।
पहिलो र दोस्रो सेटमा न्यु डायन्डले २५–२२ र २५–१८ ले जितेको थियो। तेस्रो सेट भने १५–२५ ले गुमायो। उक्त सेट पुलिसले आफ्नो नाममा पारेसँगै खेल चौंथो सेटसम्म धकेलिएको थियो।
तर, न्यु डायन्डले पुनरागमन गर्दै २७–२५ ले जितेसँगै उपाधि हात पार्‍यो।
उपाधिसँगै न्यु डायमन्डले ५ लाख पायो भने उपविजेता पुलिसले २ लाख ५० हजार पायो। तेस्रो एपीएफले १ लाख २५ हजार पाउँदा चौथो भएको आर्मीले ६५ हजार पायो।
","created":"2026-01-10T19:39:51.694537+05:45","news_slug":"-New-diamond-champions"},{"id":4637,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"गेटाफेमाथि सोसिडाडको संघर्षपूर्ण जित","news_image_url":"https://app.nepalsportz.com/media/IMG_8818.jpeg","news_image_file":"https://app.nepalsportz.com/media/IMG_8818.jpeg","category":[{"id":1,"created":"2023-02-03T13:17:51.271694+05:45","modified":"2023-02-03T13:17:51.271713+05:45","created_np":"2079-10-20T13:17:51.271727+05:45","modified_np":"2079-10-20T13:17:51.278345+05:45","name":"Football","slug":"football"}],"season":null,"content":"
","created":"2026-01-10T07:37:36.345920+05:45","news_slug":"Gatafe-lost-sociedad"},{"id":4636,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"फ्रायन्कफर्टसँग डर्टमुन्डको बराबरी","news_image_url":"https://app.nepalsportz.com/media/IMG_8816.jpeg","news_image_file":"https://app.nepalsportz.com/media/IMG_8816.jpeg","category":[{"id":1,"created":"2023-02-03T13:17:51.271694+05:45","modified":"2023-02-03T13:17:51.271713+05:45","created_np":"2079-10-20T13:17:51.271727+05:45","modified_np":"2079-10-20T13:17:51.278345+05:45","name":"Football","slug":"football"}],"season":null,"content":"
बायर्न म्युनिक ४१ अंकमा शीर्ष स्थानमा छ । फ्रायन्कफर्ट भने २६ अंकमा सातौं स्थानमा रहेको छ ।
","created":"2026-01-10T07:31:48.315685+05:45","news_slug":"Frankfurt-dortmund-draw"},{"id":4635,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"मोरक्को र सेनेगल अन्तिम चारमा","news_image_url":"https://app.nepalsportz.com/media/IMG_8814.jpeg","news_image_file":"https://app.nepalsportz.com/media/IMG_8814.jpeg","category":[{"id":1,"created":"2023-02-03T13:17:51.271694+05:45","modified":"2023-02-03T13:17:51.271713+05:45","created_np":"2079-10-20T13:17:51.271727+05:45","modified_np":"2079-10-20T13:17:51.278345+05:45","name":"Football","slug":"football"}],"season":null,"content":"
अब मोरक्कोसामु सन् १९७६ यता पहिलो पटक अफ्रिकी कप अफ नेसन्स जित्ने अवसर हुनेछ । यसअघि सेनेगलले मालीलाई १–० ले हराएको थियो र त्यसमा इलिमन एनडियेले निर्णायक गोल गरे ।
प्रतियोगितामा शनिबार अल्जेरिया र नाइजेरिया तथा इजिप्ट र आइभरीकोस्ट क्वाटरफाइनलमा भिड्ने छन् । यसपछि प्रतियोगिताको सेमिफाइनल समीकरण तयार हुनेछ ।
","created":"2026-01-10T07:25:33.198640+05:45","news_slug":"Senegal-Morocco-semifinal-afcon"},{"id":4634,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"हिमालयन च्यालेन्जर्स क्लासिकल चेस प्रतियोगिता हुने","news_image_url":"https://app.nepalsportz.com/media/att.S25eC6ieIO87NcMAhO4c1g_kajH5nqOQly6nv2vAmKo.jpeg","news_image_file":"https://app.nepalsportz.com/media/att.S25eC6ieIO87NcMAhO4c1g_kajH5nqOQly6nv2vAmKo.jpeg","category":[{"id":6,"created":"2023-02-25T05:35:16.095163+05:45","modified":"2023-02-25T05:43:41.832025+05:45","created_np":"2079-11-13T05:43:41.832036+05:45","modified_np":"2079-11-13T05:43:41.832254+05:45","name":"Other Sports","slug":"other-sports"}],"season":null,"content":"
काठमाडौं जिल्ला चेस संघसँगको सहकार्यमा आयोजित प्रतियोगिताबारे एकेडेमीकी संस्थापक मोनालिशा खम्बू भन्छिन्, ‘नेपालमा २५ मिनेटसम्म खेल्ने र्यापिड र ब्लिजका प्रतियोगिता अत्याधिक हुने गरेको छ । तर, खेलाडी उत्पादन र स्तर मापनका लागि महत्वपूर्ण मानिएको क्लासिकल चेसको प्रतियोगिता विरलै आयोजना गरिन्छ । त्यसैले हामी वास्ताविक चेसको रुपममा लिइने क्लासिकल प्रतियोगिता आयोजना गर्दै युवा खेलाडीको स्तरोन्नति गर्न चाहन्छौं ।’
हिमालयन च्यालेन्जर्स काठमाडौं महानगरपालिका ११ स्थित थापाथलीमा रहेको एकेडेमीको आफ्नै चेस हलमा सञ्चालन गरिनेछ । नौ दिन सञ्चालन हुने प्रतियोगितामा स्वीस प्रणालीको आधारमा प्रत्येक दिन एक चरण गरी कुल नौ चरणको खेल हुनेछ । प्रत्येक खेलाडीले ९० मिनेट र ३० मिनेटको इन्क्रिमेन्ट समय पाउनेछन् । खेलाडीलाई प्रत्येक जितमा १ हजार र बराबरीमा ४ सय रुपिया पुरस्कार दिइनेछ ।
हिमालयन चेस एकेडेमीले एसईई कप, हिमालयन १०० फर गिनिज वल्र्ड रेकर्ड्स, हिमालयन तीज चेस टोर्नी, प्यट्रिओटिक पन च्याम्पियनसिप, हिमालयन डुओ, हिमालयन ब्लिज कप, देशकै पहिलो फ्रिस्टाइल चेस प्रतियोगिता हिमालयन फ्रिस्टाइल च्याम्पियनसिप, हिमालयन १०० एक्स टु, हिमालयन क्वीन्स ग्याम्बिट र एचसीए युथ कप गरी दस प्रतियोगिता सफलतापूर्वक आयोजना गरिसकेको छ । त्यसैले उसको ११ औं प्रतियोगिता हुनेछ हिमालयन च्यालेन्जर्स क्लासिकल चेस ।
चेसलाई प्रवद्र्धन र विकास गर्ने उद्देष्यले २०८० साल चैत १ गते उद्घाटन गरिएको स्थापित हिमालयन चेस एकेडेमीले फ्रेसर, बिगिनर्स, एड्भान्स बिगिनर्स, इन्टरमिडियट, एड्भान्स र इलिट प्रोग्राम गरी ६ वटा कोर्समा करिब २ सयलाई थापाथलीस्थित आफ्नै चेस हल र भक्तपुर शाखामा प्रशिक्षण दिइसकेको छ । भच्र्युअल रुपमा अनलाइन कक्षा नियमित भइरहेको छ । स्कुल र समुदायमा कार्याशाला तथा प्रशिक्षण सञ्चालन गर्दै आएको छ । उसले कमनवेल्थ च्याम्पियन भारतीय इन्टरनेसनल मास्टर (आईएम) अतनु लहिरी ल्याएर काठमाडौंमा विशेष प्रशिक्षण पनि दिएको थियो ।
तस्बिरमा हिमालयन चेस एकेडेमीकी संस्थापक मोनालिशा खम्बू, फिडे मास्टर रिजेन्द्र राजभण्डारी र काठमाडौं जिल्ला चेस संघका अध्यक्ष केशव श्रेष्ठ ।
","created":"2026-01-09T20:06:32.581208+05:45","news_slug":"Himalayan-challenge-chess"},{"id":4633,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"एनकेएल प्लेयर ट्रायल्स आइतबारदेखि हुने","news_image_url":"https://app.nepalsportz.com/media/att.N1ScJQEiqJn52vEw6OoblrzEcGXBNzPJ2Exl0zpwXDE.jpeg","news_image_file":"https://app.nepalsportz.com/media/att.N1ScJQEiqJn52vEw6OoblrzEcGXBNzPJ2Exl0zpwXDE.jpeg","category":[{"id":6,"created":"2023-02-25T05:35:16.095163+05:45","modified":"2023-02-25T05:43:41.832025+05:45","created_np":"2079-11-13T05:43:41.832036+05:45","modified_np":"2079-11-13T05:43:41.832254+05:45","name":"Other Sports","slug":"other-sports"}],"season":null,"content":"
एनकेएल आयोजक एस्ट्रोनिक्स म्यानेजमेन्टको प्राविधिक टोलीले दोस्रो सिजनको लागि दर्ता भएका ५ सय १२ जना खेलाडीबाट छनोट गरेका १ सय ८० जना खेलाडी दुई दिने प्लेयर ट्रायल्समा सहभागि हुनेछन् । प्लेयर ट्रायल्समा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई एनकेएल ड्राफ्टमा छनोट गरिनेछ । र, ड्राफ्टमार्फत् ६ टिमले एनकेएल दोस्रो सिजनमा प्रतिस्पर्धा गर्ने टिम तयार पार्नेछन् ।
एनकेएलले नेपाल कबड्डी संघ (एन्का) को सहकार्यमा तयार पारेको प्राविधिक टोलीले प्लेयर ट्रायल्सबाट ड्राफ्टका लागि खेलाडी छनोट एस्ट्रोनिक्स म्यानेजमेन्टका प्रमुख अमितकुमार बेगानीले बताएका छन् । उनी भन्छन्, ‘प्लेयर ट्रायल्सबाट छनोट हुने उत्कृष्ट खेलाडीले ड्राफ्टमा अवसर पाउनेछन् । र, ड्राफ्टमा उपलब्ध खेलाडीहरू लिएर टिम तयार हुनेछन् । त्यसैले दोस्रो सिजनमा खेलाडीसँगै टिमको प्रदर्शन उत्कृष्ट र व्यावसायिक हुने अपेक्षा गरेका छौं ।’
बेगानी ग्रुपको एस्ट्रोनिक्स म्यानेजमेन्टले नेपाल कबड्डी संघको स्वीकृतिमा केबी साम एनकेएलको पहिलो संस्करण गत वर्ष सफलतापूर्वक आयोजना गरेको थियो । उसले संघसँग १० वर्षे सम्झौता गरी फ्रेन्चाइज टिमको अवधारणामा एनकेएल सञ्चालन गरेको हो । अहिले दोस्रो सिजनको तयारीलाई तीब्रता दिइएको छ । एनकेएल सिजन २ को तयारीमा एस्ट्रोनिक्स म्यानेजमेन्टले कबड्डीलाई ग्रासरुटबाटै विकास गर्ने प्रयासमा एनकेएल नेक्स्टजेन इन्टर स्कुल कबड्डी च्याम्पियनसिप पनि आयोजना गर्दैछ ।
फ्रेन्चाइज टिमको आधारमा पहिलो सिजन ६ सहरका ६ टिम विराटनगर ब्यान्डिट्स, जनकपुर नाइट्स, काठमाडौं माभरिक्स, पोखरा लेकर्स, हिमालयन रेइडर्स (बुटवल) र धनगढी वाइल्डक्याट्सले प्रतिस्पर्धा गरेका थिए ।
राष्ट्रिय खेलकुद परिषदको त्रिपुरेश्वरस्थित कभर्डहलमा आयोजित रोमान्चक फाइनलमा काठमाडौं माभरिक्सलाई ४३–४१ ले पराजित गर्दै जनकपुर नाइट्स एनकेएल च्याम्पियन भएको थियो । पहिलो सिजनका दुई कप्तान काठमाडौंका घनश्याम रोका मगर र हिमालयन रेइडर्सका गणेश पार्कीले भारतको प्रो कबड्डी लिग (पीकेएल) सिजन १२ खेलेका थिए । एनकेएल सिजन २ को ड्राफ्ट र प्रतियोगिताको मिति चाँडै घोषणा गरिनेछ ।
","created":"2026-01-09T19:54:42.784495+05:45","news_slug":"Nkl-players-trail-"},{"id":4632,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"मिलानलाई जेनोआको धक्का","news_image_url":"https://app.nepalsportz.com/media/IMG_8810.webp","news_image_file":"https://app.nepalsportz.com/media/IMG_8810.webp","category":[{"id":1,"created":"2023-02-03T13:17:51.271694+05:45","modified":"2023-02-03T13:17:51.271713+05:45","created_np":"2079-10-20T13:17:51.271727+05:45","modified_np":"2079-10-20T13:17:51.278345+05:45","name":"Football","slug":"football"}],"season":null,"content":"
सानसिरोमा भएको खेलमा बोलोग्नाले लोरेन्जो कालोम्बोको गोलले अग्रता लिएको थियो र मिलान हारतर्फ अग्रसर देखिएको थियो । राफेल लिओले मिलानका लागि दोस्रो हाफको इन्ज्युरी समयको दोस्रो मिनेटमा बराबरी गोल फर्काए ।
यो नतिजापछि मिलान ३९ अंकमा दोस्रो स्थानमै रह्यो । इन्टर मिलान ४२ अंकममा पहिलो स्थानमा छ । यस्तै शीर्ष चारमा नेपोलीको ३८ र युभेन्ट्सको ३६ अंक छ ।
","created":"2026-01-09T07:54:36.992477+05:45","news_slug":"Milan-draw-with-genao"},{"id":4631,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"सुपरकपको फाइनल अल क्लासिको हुने","news_image_url":"https://app.nepalsportz.com/media/IMG_8809.webp","news_image_file":"https://app.nepalsportz.com/media/IMG_8809.webp","category":[{"id":1,"created":"2023-02-03T13:17:51.271694+05:45","modified":"2023-02-03T13:17:51.271713+05:45","created_np":"2079-10-20T13:17:51.271727+05:45","modified_np":"2079-10-20T13:17:51.278345+05:45","name":"Football","slug":"football"}],"season":null,"content":"
साउदी अरेबियाको जेद्दामा भएको दोस्रो सेमिफाइनलमा रियलका लागि फेड भाल्भेरडोले दोस्रो र रोड्रिगोले ५५ औं मिनेटमा गोल गरे । एटलेटिकोको तर्फाट एलेक्जान्डर सोरलोथले ५८ औं मिनेटमा एक गोल फर्काए ।
सबै प्रतियोगितामा गरेर रियलको यो लगातार पाँचौं जित हो र अब फाइनल आइतबार हुनेछ । सन् २०२५ को अन्त्यतिर वर्खास्तीको संघारमा पुगेका रियल प्रशिक्षका ज्याभी एलोन्सो अब भने केही बलियो स्थितिमा पुगेका छन् ।
","created":"2026-01-09T07:45:46.057791+05:45","news_slug":"Super-cup-final-Barcelona-Real-Madrid"},{"id":4630,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"आर्सनल र लिभरपुलबीचको बराबरी","news_image_url":"https://app.nepalsportz.com/media/IMG_8808.jpeg","news_image_file":"https://app.nepalsportz.com/media/IMG_8808.jpeg","category":[{"id":1,"created":"2023-02-03T13:17:51.271694+05:45","modified":"2023-02-03T13:17:51.271713+05:45","created_np":"2079-10-20T13:17:51.271727+05:45","modified_np":"2079-10-20T13:17:51.278345+05:45","name":"Football","slug":"football"}],"season":null,"content":"
इमिरेट्समा भएको यो खेल बराबरीमा टुंगेपछि आर्सनलले लिग तालिकाको शीर्षमा आठ अंकको अग्रता लिने अवसर गुमाएको छ । तर अहिलेकै छ अंकको अग्रताको स्थितिमा पनि आर्सनलले उपाधि भने जित्न सक्नेछ ।
आर्सनलको २१ खेलबाट ४९ अंक भएको छ र यो दोस्रोमा रहेको म्यानचेस्टर सिटीमाछि छ अंकको अग्रता हो । लिभरपुल भने ३५ अंकमा चौथो स्थानमा छ ।
","created":"2026-01-09T07:10:49.514003+05:45","news_slug":"Arnesal-Liverpool-draw"},{"id":4629,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८१  एरिका र दिपेन्द्र वर्ष खेलाडी, प्लेसालाई ट्रेलब्लेजर अफ दि इयर सम्मान","news_image_url":"https://app.nepalsportz.com/media/0C4199FB-A342-495E-AD09-29AEDAD4C28C.jpeg","news_image_file":"https://app.nepalsportz.com/media/0C4199FB-A342-495E-AD09-29AEDAD4C28C.jpeg","category":[{"id":1,"created":"2023-02-03T13:17:51.271694+05:45","modified":"2023-02-03T13:17:51.271713+05:45","created_np":"2079-10-20T13:17:51.271727+05:45","modified_np":"2079-10-20T13:17:51.278345+05:45","name":"Football","slug":"football"},{"id":2,"created":"2023-02-08T15:13:22.894539+05:45","modified":"2023-02-08T15:13:22.894561+05:45","created_np":"2079-10-25T15:13:22.894575+05:45","modified_np":"2079-10-25T15:13:22.894799+05:45","name":"Top Headlines","slug":"top-headlines"},{"id":3,"created":"2023-02-08T17:13:09.647250+05:45","modified":"2023-02-08T17:13:09.647269+05:45","created_np":"2079-10-25T17:13:09.647282+05:45","modified_np":"2079-10-25T17:13:09.647504+05:45","name":"Cricket","slug":"Cricket-nepal"},{"id":4,"created":"2023-02-08T17:13:28.632012+05:45","modified":"2023-02-08T17:13:28.632034+05:45","created_np":"2079-10-25T17:13:28.632047+05:45","modified_np":"2079-10-25T17:13:28.632269+05:45","name":"Volleyball","slug":"volley-ball"}],"season":null,"content":"
नेपाल खेलकुद पत्रकार मञ्च(एनएसजेएफ) ले बुधबार पोखराको राष्ट्रिय सभा हलमा आयोजना गरेको स्पोर्ट्स अवार्डको २२ औँ संस्करण कार्यक्रममा पोखरा महानगरपलिकाका मेयर धनराज आचार्यले पलेसालाई अवार्ड प्रदान गरे । स्पोर्ट्स अवार्ड पहिलो पटक मोसफलमा आयोजना भएको हो ।
पेरिस पारा ओलम्पिकमा काश्य पदक जितेर इतिहास बनाएपछि पलेसालाई नेपाली खेलकुदकी पथप्रदर्शकको सम्मान दिइएको हो । पलेसा ओलम्पिक पदक जित्ने नेपालकी पहिलो खेलाडी हुन् । गत वर्ष पलेसा एनएसजेएफ पारा एथ्लेट अवार्डबाट सम्मानित भएकी थिइन् ।
करातेकी एरिका गुरुङ र क्रिकेटर दिपेन्द्रसंह ऐरी एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८१ को वर्ष खेलाडी घोषित भए । यस अवार्डका लागि क्रिकेटकै कुशल भुर्तेल, उसुका विजय सिन्जाली, खोखोका जनक चन्द, टेबलटेनिसका श्यान्टु श्रेष्ठ पनि मनोनयनमा परेका थिए । गोल्छा समूहका निर्देशक अभिमन्यु गोल्छाले ऐरीलाई अवार्ड प्रदान गरे ।
गत वर्ष दिपेन्द्रले एसिसी प्रिमियर कप २०२४ मा कतारविरुद्ध एकै ओभरमा छ छक्का प्रहार गर्दै इतिहास बनाएका थिए । यस्तो कीर्तिमान बनाउने टी २० अन्तर्राष्ट्रियकै तेस्रो खेलाडी हुन् । वर्ष २०८१ मा ३७० रन जोड्नुका साथै २० विकेट लिन सफल भए । अमेरिकामा सम्पन्न टी २० विश्वकपमा ६ विकेट लिँदै उनी नेपालका लागि सर्वाधिक विकेट लिने बलर थिए । नेपाल प्रिमियर लिग एनपीएलको पहिलो संस्करणमा सर्वोकृष्ट खेलाडी बन्दै कार जित्न सफल भएका थिए । प्रधानमन्त्री कपमा नेपाल पुलिस क्लबलाई च्याम्पियन बनाउने क्रममा ४ अर्धशतक सहित ३०८ रन र ७ विकेट लिएका थिए ।
गत वर्ष चार अन्तर्राष्ट्रिय स्वर्ण पदक जित्ने एरिकाले लगातार दोस्रो पटक वर्षक सर्वश्रेष्ठ महिला खेलाडीको अवार्ड जित्न खोखोकी मानमती धामी, कराँतेकी एलिसा रास्कोटी मगर, भलिबलकी सलिना श्रेष्ठ र फुटबलकी रेखा पौडेललाई पछाडि पारिन् । एरिकाले २०८० को पनि वर्ष महिला खेलाडी घोषित भएकी थिइन । कास्कीकी प्रमुख जिल्ला अधिकारी रुद्रदेवी शर्मा र पोखरा महानगरपालिकाकी उपमेयर मन्जुदेवी गुरुङले एरिकालाई अवार्ड प्रदान गरे ।
गत वर्ष एरिकाले भुटानमा सम्पन्न आठौं दक्षिण एसियाली करातेमा दोहोरो स्वर्ण तथा अस्ट्रेलियन ओपन २०२४ र सिंगापुरमा सम्पन्न १६ औं एसिया प्यासिफिक कराते च्याम्पियनसिपमा स्वर्ण पदक जितेकी थिइन् । यसगरी एीरकाले चीनमा भएको २०औंँ सिनियर कराते च्याम्पियनसिप र दुबईमा भएको विश्व कराते वन युथ लिगमा रजत पदक जित्न गौरव पनि हािसल गरिन् ।
पारा तेक्वान्दोका कविराज नेगी लामाले वर्षका उत्कृष्ट प्रशिक्षक अवार्ड हासिल गरे । बागमती प्रदेश खेलकुद परिषद्का सदस्यसचिव दिपक लामा र नेपाल पर्यटन बोर्डका अफिसएटिङ निर्देशक सुनील शर्माले प्रशिक्षक नेगीलाई अवार्डले सम्मानित गरे । नेगीले दीपक महर्जन (बक्सिङ), लक्ष्मी नारायण वैद्य (खो खो), महेश रिजाल (क्रिकेट) र पछल्ल्लो वर्षका विजेता कुशल श्रेष्ठ (कराँते)लाई निराश बनाए । पलेसाले पेरिस पारा ओलम्पिकमा ऐतिहासिक पदक जित्दा नेगी प्रशिक्षकको भूमिकामा थिए ।
युवा वर्ष खेलाडी अवार्ड महिला क्रिकेटर पुजा महतो घोषित भइन् । अनिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष पंकजविक्रम नेम्वाङ र केल्मी नेपालका निर्देशक उत्तम न्यौपानेले पुजालाई अवार्ड प्रदान गरे । पूजा उत्कृष्ट भएको यस विधामा अजय बिक (एथ्लेटिक्स), अञ्जली महर्जन (कराते), स्वस्तिका तिरुवा (बक्सिङ) र समीर तामाङ (फुटबल) पनि मनोनयनमा थिए ।
गत वर्ष पुजा  नेपाली यु १९ महिला टोलीलाई इतिहासमा पहिलो पटक महिला विश्वकपमा छनोट गराउने टालीकी कप्तान थिइन् । सो छनोटमा पूजाले २७२ बनाई सर्वाधिक रनकर्ता बन्नुका साथ १० विकेट लिन सफल भइन् । उनले कुवेत विरुद्ध अविजित १३० रनको शतकिय पालि खेलेकी थिइन् । सोही वर्ष पूजा एसिसी महिला यु–१९ एसिया कप २०२४ मा पाकिस्तानलाई ६ विकेटले पराजित गर्दै इतिहास रच्ने कप्तान पनि बनेकी थिइन् ।
एनएसजेएफ पारा एथ्लिट अवार्डबाट प्रभा आङदम्बे सम्मानित भइन् । प्रभा पारा एथलेटिक्स खोलडी हुन् । नेपाली खेलकुद क्षेत्रमा प्रवेश गरेको एक वर्ष पनि पूरा नभएकी प्रभाले नयाँ दिल्लीमा भएको विश्व पारा एथलेटक्समा ऐतिहासिक रजत पदक जित्न सफल भएकी थिइन् । टी ४७ क्याटेगोरीमा प्रभाले लङजम्पमा ३.९६ मिटर उचाई नाघेर ऐतिहासिक रजत पदक जितेकी हुन् । जुन पारा एथलेटिक्समा नेपालले जितेको अहिलेसम्मको ठूलो पदक हो ।
एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको सबैभन्दा प्रतिष्ठित र सम्मानित विधा लाइभ टाइफ एचिभमेन्ट अवार्डबाट एथलेटिक्सका खड्गबहादुर रानाभाट सम्मानित भए । पोखरालाई आफ्नो कर्मथलो बनाउँदै आएका उनी नेपाली खेलकुदको पहिलो पुस्ताका खेलाडी र प्रशिक्षक हुन् । आप्mनो जीवनको आठौँ दशकतर्फ अग्रसर रानाभाट कर्तिमान धावक जितबहादुर केसीका समकालीन हुन् । खेलाडी जीवनपछि उनी प्रशिक्षणमा उत्तिकै ब्यस्त रहे । नामी विदेशी विश्वविद्यालयबाट प्रशिक्षणको अवसर पाएका उनी सिक्ने सिकाउने क्रममा ७७ जिल्ला पुगेका छन्, । राष्ट्रिय अन्तर्राष्ट्रिय खेलाडीको संगठन बनाउन समेत महत्वपूर्ण भूमिका खेलेका उनले पोखरा म्याराथनलाई स्थापित मात्र गरेनन्, सफलतापूर्वक अगाडि बढाएका छन् । सन् १९८७ मा भारतको कोलकातामा भएको तेस्रो दक्षिण एसियाली खेलकुदमा बैकुण्ठ मानन्धरको म्याराथनमा किर्तिमान बनाउँदा रानाभाट नेपाली टिमका प्रशिक्षक थिए  । नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष निरञ्जन अधिकारी र महासचिव अन्जन खड्काले रानाभाटलाई अवार्ड प्रदान गरे ।
स्पेसल अवार्डबाट तेक्वान्दोकर्मी तुलसी कुमार गुरुङ सम्मानित भए । पोखरेली गुरुङले गतवर्ष दक्षिण कोरियाको कुक्किवोनबाट नवौँ डान ब्ल्याक बेल्ट प्राप्त गरेका थिए । तेक्वान्दोमा यस्तो उपल्लो डानको मान पाउने उनी पहिलो नेपाली हुन् । गुरुङ झन्डै ३ दशकको तेक्वान्दो यात्रामा नेपाली खेलकुद विकासमा जोडिएका छन् । सन् २०१३ मा उनी हङकङ राष्ट्रिय तेक्वान्दो टिमका मुख्य प्रशिक्षक नियुक्त भएका थिए । नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ र यती एयरलाइन्सका प्रमुख बिजनेस अफिसर युवराजकुमार विस्टले रानाभाटलाई अवार्ड प्रदान गरे।
भारतका नयाँ दिल्लीमा भएको पहिलो खोखो विश्वकपमा उपविजेता बनेर ऐतिहासिक रजतक पदक दिलाउने खोखो पुरुष र महिला टिमलाईटिम अफ दि इयरको अवार्ड प्रदान गरियो । टिम गेम’ मा नेपाल विश्वकप खेलेर उपविजेता बनेको खो खो पहिलो खेल हो ।
यसैगरी बङगलादेशका खेल पत्रकार राना हसनले एसियन स्पोर्ट् जर्नलिस्ट अवार्ड प्राप्त गरे । युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले हसनलाई अवार्ड प्रदान गरे ।
वर्ष खेलाडी पुरुष÷महिला, पिपल्स च्वाइस, प्रशिक्षक र युवा गरी पाँच विधाका विजेतालाई बजाज पल्सर मोटरसाइकल प्राप्त गरे । अन्य विधाका विजेतालाई जनही एक लाख रुपियाँ प्रदान गरिएको थियो ।
२२ औँ संस्करण पोखरा महानगरपालिका प्रवर्धकको भूमिकामा रहेको छ । यसैगरी अवार्डको मुख्य प्रायोजकमा गोल्छा ग्रुपको निरन्तरता कायमै रह्यो । यसैगरी पावर्ड बाईमा यती एयरलाइन्सको साथ थपिएको थिया । स्पोट्स अवार्डको भोटिङ पार्टनरमा खल्ती र पोसाक पार्टनरमा केल्मी नेपाल रहेका थिए ।
","created":"2026-01-08T09:59:04.618814+05:45","news_slug":"Airee-erica-palesha"},{"id":4628,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"सिटी र भिल्लालाई बराबरीमा घाटा","news_image_url":"https://app.nepalsportz.com/media/IMG_8803.webp","news_image_file":"https://app.nepalsportz.com/media/IMG_8803.webp","category":[{"id":1,"created":"2023-02-03T13:17:51.271694+05:45","modified":"2023-02-03T13:17:51.271713+05:45","created_np":"2079-10-20T13:17:51.271727+05:45","modified_np":"2079-10-20T13:17:51.278345+05:45","name":"Football","slug":"football"}],"season":null,"content":"
","created":"2026-01-08T08:05:34.563408+05:45","news_slug":"City-Aston-villa-draw"},{"id":4627,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"बार्सिलोना सजिलै स्पेनिस सुपरकप फाइनलमा","news_image_url":"https://app.nepalsportz.com/media/IMG_8802.jpeg","news_image_file":"https://app.nepalsportz.com/media/IMG_8802.jpeg","category":[{"id":1,"created":"2023-02-03T13:17:51.271694+05:45","modified":"2023-02-03T13:17:51.271713+05:45","created_np":"2079-10-20T13:17:51.271727+05:45","modified_np":"2079-10-20T13:17:51.278345+05:45","name":"Football","slug":"football"}],"season":null,"content":"
त्यसमा राफिन्हाले दुई गोल गरे भने फेरान टोरेस, फेरमिन लोपेज र रोनी बारडघाजीले एक एक गोल गरे । अब उसले फाइनलमा रियल म्याड्रिड अथवा एटलेटिको म्याड्रिडमध्ये एकको सामना गर्नेछ ।
यो जितपछि बार्सिलोनाको यो सबै प्रकारको प्रतियोगितामा गरेर लगातार नवौं जित पुगेको छ । गत वर्ष बार्सिलोनाले ला लिगा र कोपा डेल रे उपाधि अगाडि स्पेनिस सुपरकप पनि जितेको थियो ।
","created":"2026-01-08T07:56:53.854387+05:45","news_slug":"Barcelona-in-supercup-final"},{"id":4626,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"अफ्रिकी कप अफ नेसन्समा क्वाटरफाइनल समीकरण पूरा","news_image_url":"https://app.nepalsportz.com/media/IMG_8565.jpeg","news_image_file":"https://app.nepalsportz.com/media/IMG_8565.jpeg","category":[{"id":1,"created":"2023-02-03T13:17:51.271694+05:45","modified":"2023-02-03T13:17:51.271713+05:45","created_np":"2079-10-20T13:17:51.271727+05:45","modified_np":"2079-10-20T13:17:51.278345+05:45","name":"Football","slug":"football"}],"season":null,"content":"
","created":"2026-01-07T07:14:53.684753+05:45","news_slug":"African-cup"},{"id":4625,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"वेस्ट ह्यामाथि फरेस्टको पुर्नआगमन जित","news_image_url":"https://app.nepalsportz.com/media/IMG_8564.jpeg","news_image_file":"https://app.nepalsportz.com/media/IMG_8564.jpeg","category":[{"id":1,"created":"2023-02-03T13:17:51.271694+05:45","modified":"2023-02-03T13:17:51.271713+05:45","created_np":"2079-10-20T13:17:51.271727+05:45","modified_np":"2079-10-20T13:17:51.278345+05:45","name":"Football","slug":"football"}],"season":null,"content":"
यो रेलिगेसन क्षेत्रबाट सात अंक अगाडि हो । आफ्ना पछिल्ला पाँच खेलमा फरेस्टको यो पहिलो जित हो । वेस्ट ह्याम भने आफ्ना पछिल्ला दस खेलमा कुनै पनि जित निकाल्न असफल रहेको छ ।
वेस्ट ह्यामले लन्डन स्टेडियममा मुरिलोको आत्मघाती गोलमा अग्रता लिएको थियो । त्यसपछि निकोलस डोमिग्वेजले फरेस्टका लागि बराबरी गोल गरे । खेलको ८९ औं मिनेटमा मोर्गन गिब्स ह्वाइटले पेनाल्टीबाट निर्णायक गोल गरे ।
","created":"2026-01-07T07:10:00.588425+05:45","news_slug":"Forest-win-west-ham"},{"id":4624,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको तयारी पूरा","news_image_url":"https://app.nepalsportz.com/media/att.eDoRwvw8ZQO_68LeVjIBbHJgou4v6X_fltN_wBJwhPM.jpeg","news_image_file":"https://app.nepalsportz.com/media/att.eDoRwvw8ZQO_68LeVjIBbHJgou4v6X_fltN_wBJwhPM.jpeg","category":[{"id":6,"created":"2023-02-25T05:35:16.095163+05:45","modified":"2023-02-25T05:43:41.832025+05:45","created_np":"2079-11-13T05:43:41.832036+05:45","modified_np":"2079-11-13T05:43:41.832254+05:45","name":"Other Sports","slug":"other-sports"}],"season":null,"content":"
मञ्चका अध्यक्ष निरञ्जन अधिकारीले कार्यक्रमलाई लिएर आफू धेरै उत्साहित रहेको बताएका छन् । उनले भनेका छन्, ‘कार्यक्रमलाई लिएर चाहिने सबै तयारी पूरा भएको छ । अब हामी अवार्ड कार्यक्रमकै ब्यग्र प्रतीक्षामा छौं । हामीलाई सुरुमा मोफसलमा अवार्ड कार्यक्रमको आयोजना गर्दा धेरै चुनौती सामना गर्नु पर्ने लागेको थियो । तर पोखरामा आएपछि हामीले चुनौती भन्दा पनि बढी अवसर देखेका छौं । मलाई लाग्छ, अब पोखरा राष्ट्रिय र अन्तर्राष्ट्रिय अवार्ड कार्यक्रमको पनि गन्तब्य बन्ने छ ।’
त्यस्तै मञ्चको पोखरा समन्वय शाखाका अध्यक्ष एमबी आस्था मगरले अवार्ड कार्यक्रमको आयोजनाले पोखरेली खेल इतिहासमा नयाँ अध्याय थपिएको बताएका छन् । उनले भनेका छन्, ‘पोखरा सहर स्पोर्टस हबको रूपमा स्थापित हुँदै आएको छ । अब स्पोर्टस अवार्डको सफल आयोजनाले पोखराको खेल क्षेत्र अझ विस्तृत र फराकिलो भएको छ ।’ अवार्डमा पोखरा महानगरपालिका प्रवर्धक रहेको छ ।
अवार्डको मुख्य प्रायोजकमा गोल्छा ग्रुपको निरन्तरता कायमै छ यस्तै पावर्ड बाईमा यती एयरलाइन्सको साथ थपिएको छ । स्पोट्स अवार्डको भोटिङ पार्टनरमा खल्ती र पोसाक पार्टनरमा केल्मी नेपाल रहेका छन् । अवार्डमा यसपल्ट पनि १० विधामा अवार्ड प्रदान गरिनेछ । त्यसमा वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, युवा वर्ष खेलाडी, वर्ष प्रशिक्षक, पिपल्स च्वाइस अवार्ड, पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड, टिम अफ द इयर र एसियन स्पोट्र्स जर्नालिस्ट अवार्ड रहेका छन् ।
पिपल्स च्वाइस अवार्डको मनोनयनमा रहेका खेलाडीमा उसुका विजय सिन्जाली, टेबल टेनिसकी इभाना थापा, भलिबलका हिमाल सुनारी, क्रिकेटकी पूजा महतो र फुटबलकी रेखा पौडेल रहेका छन् । यसपल्टको कार्यक्रम पोखराको सभागृहमा आयोजना हुनेछ ।
","created":"2026-01-06T20:48:11.732996+05:45","news_slug":"Nsjf-pulsar-award-pokhara"}]}