{"count":5170,"next":"https://app.nepalsportz.com/news/?format=json&page=29","previous":"https://app.nepalsportz.com/news/?format=json&page=27","results":[{"id":4683,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"बायर्न उपाधितर्फ अग्रसर","news_image_url":"https://app.nepalsportz.com/media/IMG_8995.jpeg","news_image_file":"https://app.nepalsportz.com/media/IMG_8995.jpeg","category":[{"id":1,"created":"2023-02-03T13:17:51.271694+05:45","modified":"2023-02-03T13:17:51.271713+05:45","created_np":"2079-10-20T13:17:51.271727+05:45","modified_np":"2079-10-20T13:17:51.278345+05:45","name":"Football","slug":"football"}],"season":null,"content":"
तेस्रो स्थानमा रहेको लाइपजिगले रोमुलो कारडोसाको गोलले पहिलो हाफमा अग्रता लिएको थियो । त्यसपछि बायर्नले दोस्रो हाफमा पाँच गोल गरेको हो । यी गोल सर्गे जियानब्रे, ह्यारी केन, जोनाथन ताह, एलेक्जान्डर पाभलोभिच र मिचेल ओलिसले गरे ।
","created":"2026-01-18T08:06:15.653054+05:45","news_slug":"Bayern-close-to-champions"},{"id":4682,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"इन्टरको साँघुरो जित","news_image_url":"https://app.nepalsportz.com/media/IMG_8994.webp","news_image_file":"https://app.nepalsportz.com/media/IMG_8994.webp","category":[{"id":1,"created":"2023-02-03T13:17:51.271694+05:45","modified":"2023-02-03T13:17:51.271713+05:45","created_np":"2079-10-20T13:17:51.271727+05:45","modified_np":"2079-10-20T13:17:51.278345+05:45","name":"Football","slug":"football"}],"season":null,"content":"
डिफेन्डिङ च्याम्पियन नेपोलीले पनि ससुलोलाई १–० ले हरायो र उपाधि होडमा कायम रह्यो । त्यसमा स्टानिस लोबोक्टाले एक मात्र गोल गरे । नेपोली ४३ अंकमा तेस्रो स्थानमा छ ।
चौथोमा रहेको युभेन्ट्स भने अर्को खेलमा कागलिरीसँग १–० पराजित भयो र ३९ अंकमै सीमित रह्यो । यो हार युभेन्ट्सका लागि धक्काका रूपमा रहेको छ ।
","created":"2026-01-18T07:58:57.830547+05:45","news_slug":"Inter-win-udinese-lost"},{"id":4681,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"भिल्लारियललाई बेटिसको धक्का","news_image_url":"https://app.nepalsportz.com/media/IMG_8992.jpeg","news_image_file":"https://app.nepalsportz.com/media/IMG_8992.jpeg","category":[{"id":1,"created":"2023-02-03T13:17:51.271694+05:45","modified":"2023-02-03T13:17:51.271713+05:45","created_np":"2079-10-20T13:17:51.271727+05:45","modified_np":"2079-10-20T13:17:51.278345+05:45","name":"Football","slug":"football"}],"season":null,"content":"
बेटिसका लागि एइटोर रुबल र पाब्लो फोर्नाल्सले दोस्रो हाफमा एक एक गोल गरे । जितले बेटिसको अर्को सिजन युरोपमा खेल्ने सम्भावना अझ बलियो भएको छ । बेटिस ३२ अंकमा छैटौं स्थानमा छ ।
शनिबारका अन्य खेलमा रियल म्याड्रिडले लेभान्टेलाई २–० ले हरायो । यस्तै रियल मार्लोकाले एथलेटिको बिलबाओ तथा ओसासुनाले रियल ओभिएडोलाई समान ३–२ को स्कोरले हरायो ।
","created":"2026-01-18T07:51:01.822499+05:45","news_slug":"Villa-real-vs-real-betis"},{"id":4680,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"आर्सनल सात अंकले अगाडि","news_image_url":"https://app.nepalsportz.com/media/IMG_8991.jpeg","news_image_file":"https://app.nepalsportz.com/media/IMG_8991.jpeg","category":[{"id":1,"created":"2023-02-03T13:17:51.271694+05:45","modified":"2023-02-03T13:17:51.271713+05:45","created_np":"2079-10-20T13:17:51.271727+05:45","modified_np":"2079-10-20T13:17:51.278345+05:45","name":"Football","slug":"football"}],"season":null,"content":"
यसअघिको खेलमा दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटी म्यानचेस्टर युनाइेटडको हातबाट २–० ले पराजित रहेको थियो । यस्तै लिभरपुल पनि बर्नलीको हातबाट १–१ को बराबरीमा चित्त बुझाउन बाध्य रह्यो ।
अब आर्सनलको २२ खेलपछि ५० अंक भएको छ । सिटी ४३ अंकमा दोस्रो तथा लिभरपुल ३६ अंकमा चौथोमा छ । एस्टन भिल्ला भने ४३ अंकमा तेस्रो स्थानमा छ र उसको सामु दोस्रोमा उक्लने अवसर छ ।
शनिबारका अन्य खेलमा चेल्सीले ब्रेन्टफोर्डलाई २–०, लिड्स युनाइटेडले फुलहमलाई १–०, सन्डरल्यान्डले क्रिस्टल प्यालेसलाई २–१ र वेस्ट ह्यामले टोटनहमलाई २–१ ले हरायो ।
","created":"2026-01-18T07:41:17.539592+05:45","news_slug":"Arsenal-7-points-ahead"},{"id":4679,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"मनाङको पोस्टमा आर्मीको ५ गोल","news_image_url":"https://app.nepalsportz.com/media/IMG_8987.jpeg","news_image_file":"https://app.nepalsportz.com/media/IMG_8987.jpeg","category":[{"id":1,"created":"2023-02-03T13:17:51.271694+05:45","modified":"2023-02-03T13:17:51.271713+05:45","created_np":"2079-10-20T13:17:51.271727+05:45","modified_np":"2079-10-20T13:17:51.278345+05:45","name":"Football","slug":"football"}],"season":null,"content":"
शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा मनाङ विभागीय टोली त्रिभुवन आर्मी क्लबसँग ५–० ले पराजित भएको हो।
आर्मीको जितमा निराजन धामीले दुई, नवीन लामा, नवयुग श्रेष्ठ र जिलेस्पीजंग कार्कीले गोल गरे।
आर्मीले पहिलो हाफमै दुई गोल गोल गर्दै अग्रता बनाएको थियो।
जितसँगै बालगोपाल महर्जनको प्रशिक्षणमा रहेको आर्मीले पहिलो खेलमै तीन अंक जोडेको छ।
","created":"2026-01-17T17:28:21.306959+05:45","news_slug":"Manang-defeated-by-army"},{"id":4678,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"चित्लाङको विजयी सुरुआत","news_image_url":"https://app.nepalsportz.com/media/IMG_8985.jpeg","news_image_file":"https://app.nepalsportz.com/media/IMG_8985.jpeg","category":[{"id":1,"created":"2023-02-03T13:17:51.271694+05:45","modified":"2023-02-03T13:17:51.271713+05:45","created_np":"2079-10-20T13:17:51.271727+05:45","modified_np":"2079-10-20T13:17:51.278345+05:45","name":"Football","slug":"football"}],"season":null,"content":"
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शनिबार सम्पन्न खेलमा चित्लाङले बाराको नव जन जागृति क्लबलाई २–१ ले पराजित गरेको हो।
चित्लाङको जितमा म्याथ्यू बाबातुन्डे र सोलोमन अदेइन्काले गोल गरे। यता, नव जन जागृतिका लागि उदित नारायण चौधरीले गोल गरे।
जितसँगै जित्लाङले पहिलो खेलबाट ३ अंक जोडेको छ।
","created":"2026-01-17T15:13:27.971121+05:45","news_slug":"Chitlang-fc-won"},{"id":4677,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"विश्वकप तयारीका लागि श्रीलंका र भारत प्रस्थान गर्ने नेपाली टोलीको बिदाइ","news_image_url":"https://app.nepalsportz.com/media/IMG_8962.jpeg","news_image_file":"https://app.nepalsportz.com/media/IMG_8962.jpeg","category":[{"id":3,"created":"2023-02-08T17:13:09.647250+05:45","modified":"2023-02-08T17:13:09.647269+05:45","created_np":"2079-10-25T17:13:09.647282+05:45","modified_np":"2079-10-25T17:13:09.647504+05:45","name":"Cricket","slug":"Cricket-nepal"}],"season":null,"content":"
नेपाल क्रिकेट संघ ९क्यान० ले शनिबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै टोलीको बिदाइ गरेको हो। कार्यक्रममा क्यानका पदाधिकारी, प्रशिक्षक टोली, खेलाडीको उपस्थिति रहेको थियो।
बिदाइ कार्यक्रममा क्यान अध्यक्ष चतुरबहादुर चन्दले विश्वकपजस्तो ठूलो प्रतियोगिताअघि श्रीलंका र भारतमा हुने अभ्यास खेल तथा प्रशिक्षणले टोलीलाई प्रतिस्पर्धात्मक रूपमा थप मजबुत बनाउने विश्वास व्यक्त गरे। उनले खेलाडीहरूलाई अनुशासन, आत्मविश्वास र राष्ट्रको गौरवलाई प्राथमिकतामा राखेर प्रदर्शन गर्न आग्रह गरे।
मुख्य प्रशिक्षकले श्रीलंका र भारतका स्थानीय तथा अभ्यास टोलीविरुद्ध हुने खेलले खेलाडीहरूको फर्म, संयोजन र रणनीतिमा सुधार ल्याउने बताए। उनका अनुसार बलिङ, ब्याटिङ र फिल्डिङ तीनै पक्षमा टोलीले उच्च स्तरको तयारी गर्नेछ।
कप्तानले टोलीको तर्फबाट बोल्दै विश्वकपअघि राम्रो तयारीको अवसर पाएकोमा खुशी व्यक्त गरे। उनले अभ्यास यात्रालाई पूर्ण रूपमा सदुपयोग गर्दै देशको नाम उज्यालो बनाउने प्रतिबद्धता जनाए।
टोलीले पहिलो चरणमा श्रीलंकामा करिब एक साता स्थानीय टोलीहरूसँग अभ्यास तथा अभ्यास खेल खेल्नेछ। त्यसपछि टोली भारत प्रस्थान गर्नेछ, जहाँ विश्वकपको लिग चरणका खेल हुने सहर नजिकै थप अभ्यास खेलहरू खेल्ने कार्यक्रम रहेको छ।
यस अभ्यास भ्रमणले खेलाडीहरूलाई अन्तर्राष्ट्रिय स्तरको कन्डिसन, पिच र प्रतिस्पर्धासँग अभ्यस्त गराउने विश्वास गरिएको छ। नेपाली टोली विश्वकपमा प्रभावशाली प्रदर्शन गर्ने लक्ष्यसहित उच्च मनोबलका साथ प्रस्थान गरेको छ।
","created":"2026-01-17T15:08:04.763872+05:45","news_slug":"Nepal-cricket-team-farewell"},{"id":4676,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"लिललाई हराएर पीएसजी शीर्षमा","news_image_url":"https://app.nepalsportz.com/media/IMG_8950.webp","news_image_file":"https://app.nepalsportz.com/media/IMG_8950.webp","category":[{"id":1,"created":"2023-02-03T13:17:51.271694+05:45","modified":"2023-02-03T13:17:51.271713+05:45","created_np":"2079-10-20T13:17:51.271727+05:45","modified_np":"2079-10-20T13:17:51.278345+05:45","name":"Football","slug":"football"}],"season":null,"content":"
वर्षाले प्रभावित खेलमा डेम्बेलेले १३ र ६४ औं मिनेटमा गोल गरे । ब्राडली बारकोलालले दोस्रो हाफको इन्ज्युरी समयको तेस्रो मिनेटमा अर्को गोल थपे । यो जितपछि पीएसजीको १८ खेलबाट ४२ अंक भएको छ ।
यो दोस्रो स्थानमा रहेका लेन्समाथि दुई अंकको अग्रता हो । लेन्सले एक खेल कम खेलेको छ र आइतबार एक्जुरेको सामना गर्दै जित निकाले फेरि शीर्ष स्थानमा उक्लनेछ ।
","created":"2026-01-17T08:49:03.727164+05:45","news_slug":"PSG-on-top-league-1"},{"id":4675,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"एलिकको गोलमा मच्छिन्द्रको जित","news_image_url":"https://app.nepalsportz.com/media/IMG_8949.jpeg","news_image_file":"https://app.nepalsportz.com/media/IMG_8949.jpeg","category":[{"id":1,"created":"2023-02-03T13:17:51.271694+05:45","modified":"2023-02-03T13:17:51.271713+05:45","created_np":"2079-10-20T13:17:51.271727+05:45","modified_np":"2079-10-20T13:17:51.278345+05:45","name":"Football","slug":"football"}],"season":null,"content":"
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार सम्पन्न खेलमा मच्छिन्द्रले न्युरोड टिम (एनआरटी)लाई १-० ले पराजित गरेको हो। यो संघर्षपूर्ण जितसहित मच्छिन्द्रले तीन अंक जोडेको छ।
दुवै टोलीले पहिलो हाफमा केही मौका सिर्जना गरेका थिए। तर, गोलमा परिणत भने गर्न सकेन।
खेलको ६३औं मिनेटमा मच्छिन्द्रले सुरुआती अग्रता लियो। करिब ३५ भन्दा बढी यार्डबाट एलिकले सिधै प्रहार गरेको बलले जाली चुम्यो। त्यसपछि कुनै गोल नहुँदा मच्छिन्द्रले तीन अंक हात पार्यो।
","created":"2026-01-17T07:26:33.095679+05:45","news_slug":"Alik-goal-Machhindra-win"},{"id":4674,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"साफ फुटसल: सरोज चम्किँदा नेपालको पुनरागमन जित","news_image_url":"https://app.nepalsportz.com/media/IMG_8947.jpeg","news_image_file":"https://app.nepalsportz.com/media/IMG_8947.jpeg","category":[{"id":1,"created":"2023-02-03T13:17:51.271694+05:45","modified":"2023-02-03T13:17:51.271713+05:45","created_np":"2079-10-20T13:17:51.271727+05:45","modified_np":"2079-10-20T13:17:51.278345+05:45","name":"Football","slug":"football"}],"season":null,"content":"
थाइल्यान्डको बैंककस्थित नन्थाबुरी स्टेडियममा शुक्रबार सम्पन्न खेलमा नेपालले श्रीलंकालाई २–१ गोलले पराजित गरेको हो।
सरोजले १५ र २१औं मिनेटमा गोल गर्दै नेपाललाई जित दिलाए। त्यसअघि खेलको १०औं मिनेटमा श्रीलंकाका लागि मोहमद कुर्सितले गोल गर्दै सुरुआती अग्रता दिलाएका थिए।
जितसँगै नेपालले पहिलो खेलबाटै ३ अंक जोड्न सफल भयो।
","created":"2026-01-16T14:56:54.239955+05:45","news_slug":"Nepal-won-Saff-futsal"},{"id":4673,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"सान्टेन्डररलाई हराएर बार्सिलोना क्वाटरफाइदलमा","news_image_url":"https://app.nepalsportz.com/media/IMG_8941.webp","news_image_file":"https://app.nepalsportz.com/media/IMG_8941.webp","category":[{"id":1,"created":"2023-02-03T13:17:51.271694+05:45","modified":"2023-02-03T13:17:51.271713+05:45","created_np":"2079-10-20T13:17:51.271727+05:45","modified_np":"2079-10-20T13:17:51.278345+05:45","name":"Football","slug":"football"}],"season":null,"content":"
लयमा रहेको बार्सिलोनाको यो सबै प्रतियोगिताका खेलमा गरेर लगातार ११ औं जित हो । स्पेनी दोस्रो डिभिजनको शीर्षमा रहेको सान्टेन्डरले कडा चुनौती पेस गरेपछि बार्सिलोनाको जित सहज भने रहेन् ।
टोरेसले ६६ औं मिनेटमा बार्सिलोनाका लागि गोलको खाता खोलेपछि यामलले दोस्रो हाफको इन्ज्युरी समयको पाँचौं मिनेटमा दोस्रो गोल थपे ।
","created":"2026-01-16T07:02:38.763638+05:45","news_slug":"Racing-club-lost-Barcelona"},{"id":4672,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"कोमोलाई हराएर मिलान उपाधि होडमा कायम","news_image_url":"https://app.nepalsportz.com/media/IMG_8940.jpeg","news_image_file":"https://app.nepalsportz.com/media/IMG_8940.jpeg","category":[{"id":1,"created":"2023-02-03T13:17:51.271694+05:45","modified":"2023-02-03T13:17:51.271713+05:45","created_np":"2079-10-20T13:17:51.271727+05:45","modified_np":"2079-10-20T13:17:51.278345+05:45","name":"Football","slug":"football"}],"season":null,"content":"
मिलानका लागि एडरिन राबोटले दुई गोल गरे र उनी नै खेलका नायक रहे । हाइ फ्लाइङ कोमाले मार्क ओलिभरको गोलले १० औं मिनेटमा अग्रता लिए पनि त्यसलाई कायम राख्न सकेन् ।
पहिलो हाफको इन्ज्युरी समयको पहिलो मिनेटमा क्रिस्टोफर एन्कुन्कुले मिलानका लागि बराबरी गोल फर्काए ।त्यसपछि राबोटले ५५ र ८८ औं मिनेटमा दुई शान्दार गोल गरेका हुन् । कोमो भने ३४ अंकमा छैटौं स्थानमा रहेको छ ।
","created":"2026-01-16T06:49:06.236524+05:45","news_slug":"Comp-defeated-by-Milan-hope-forAtitle"},{"id":4671,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"लालिगुराँसको विजयी सुरुआत","news_image_url":"https://app.nepalsportz.com/media/IMG_8938.jpeg","news_image_file":"https://app.nepalsportz.com/media/IMG_8938.jpeg","category":[{"id":1,"created":"2023-02-03T13:17:51.271694+05:45","modified":"2023-02-03T13:17:51.271713+05:45","created_np":"2079-10-20T13:17:51.271727+05:45","modified_np":"2079-10-20T13:17:51.278345+05:45","name":"Football","slug":"football"}],"season":null,"content":"
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीबार सम्पन्न खेलमा पोखराको‍ लालिगुराँसले ‘ए’ डिभिजन लिग क्लब जावालाखेल युथलाई १–० ले पराजित गरेको हो।
लालिगुराँसको जितमा राजले गरेको गोल नै निर्णायक रह्यो। जितसँगै लालिगुराँसले ३ अंक प्राप्त गरेको छ। खेलको सुरुआती दोस्रो मिनेटमै लछु थापाले हानेको फ्रिकिकलाई राजले गोलमा परिणत गर्दै लालीगुराँसलाई अग्रता दिलाए। यही गोल खेलको निर्णायक गोल बन्यो।
","created":"2026-01-15T20:28:09.060247+05:45","news_slug":"Laliguras-win"},{"id":4670,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"नेपाली महिला टिमको फराकिलो जित","news_image_url":"https://app.nepalsportz.com/media/IMG_8937.jpeg","news_image_file":"https://app.nepalsportz.com/media/IMG_8937.jpeg","category":[{"id":1,"created":"2023-02-03T13:17:51.271694+05:45","modified":"2023-02-03T13:17:51.271713+05:45","created_np":"2079-10-20T13:17:51.271727+05:45","modified_np":"2079-10-20T13:17:51.278345+05:45","name":"Football","slug":"football"}],"season":null,"content":"
थाइल्यान्डको बैंककस्थित नन्थाबुरी स्टेडियममा बुधबार सम्पन्न खेलमा नेपालले माल्दिभ्सलाई ५–० ले हराएको हो। जहाँ नेपाली महिला फुटसल टिमले हात पारेको यो पहिलो जित हो।
नेपालको जितमा जेनिफर रानाले दुई गोल गर्दा बिमला बिक र मनिषा थापा मागरले समान एक गोल गरिन्। यस्तै, अर्को गोल भने नेपालले उपाहर पायो। मल्दिभ्सकी फत्तिमाज साइनाले आत्माघाती गोल गरिन्।
प्रतियोगिताको पहिलो खेलमा नेपाल श्रीलंकासँग २–२ गोलको बराबरी खेलेको थियो। माल्दिभ्सको भने यो लगातार दोस्रो हार हो।
यसअघि भारतसँग ११–१ ले पराजित भएको थियो। जितसँगै नेपालले दुई खेलबाट ४ अंक पुर्‍याएको छ।
","created":"2026-01-15T20:16:48.132971+05:45","news_slug":"Nepali-team-win"},{"id":4669,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"अस्ट्रेलियाका इयान हार्भे नेपाली टोलीका बलिङ कन्सल्टेन्ट","news_image_url":"https://app.nepalsportz.com/media/IMG_8936.jpeg","news_image_file":"https://app.nepalsportz.com/media/IMG_8936.jpeg","category":[{"id":3,"created":"2023-02-08T17:13:09.647250+05:45","modified":"2023-02-08T17:13:09.647269+05:45","created_np":"2079-10-25T17:13:09.647282+05:45","modified_np":"2079-10-25T17:13:09.647504+05:45","name":"Cricket","slug":"Cricket-nepal"}],"season":null,"content":"
क्यानले आगामी आईसीसी टी–२० विश्वकप तथा अन्य महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगितालाई लक्षित गर्दै अनुभवी प्रशिक्षक हार्भेलाई टोलीमा समेटेको हो।
टी–२० विश्वकप आगामी ७ फेब्रुअरीदेखि भारत र श्रीलंकामा सुरु हुँदैछ। प्रतियोगितामा २० टोली सहभागी हुनेछन् भने भारत र श्रीलंकाका ८ विभिन्न मैदानमा २९ दिनसम्म खेल सञ्चालन हुनेछ।
नेपाल प्रतियोगिताको समूह ‘सी’ मा परेको छ। नेपाल रहेको समूहमा समान दुईपटकको च्याम्पियन इङ्ल्यान्ड र वेस्ट इन्डिजसँगै इटाली र बंगलादेश रहेका छन्।
","created":"2026-01-15T19:49:26.671729+05:45","news_slug":"Ian-Harvey-Nepal-bowling-consultant"},{"id":4668,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"क्रिकेट र स्वच्छतामा जोड: पारस खड्कासँगै ‘क्रिकेट फर वास’ कार्यक्रम सुरु","news_image_url":"https://app.nepalsportz.com/media/att.KY87c22UM7o4iWN36MSEAfZ5KUVOufvRCy2eFG_mytk.jpeg","news_image_file":"https://app.nepalsportz.com/media/att.KY87c22UM7o4iWN36MSEAfZ5KUVOufvRCy2eFG_mytk.jpeg","category":[{"id":1,"created":"2023-02-03T13:17:51.271694+05:45","modified":"2023-02-03T13:17:51.271713+05:45","created_np":"2079-10-20T13:17:51.271727+05:45","modified_np":"2079-10-20T13:17:51.278345+05:45","name":"Football","slug":"football"}],"season":null,"content":"
मधेश प्रदेश खेलकुद परिषद्, जनकपुरधामको कभर्ड हलमा सम्पन्न कार्यक्रममा खेलकुद तथा समाज कल्याण मन्त्रालयका मन्त्री बसन्त कुमार कुशवाहा र नेपाल क्रिकेट संघ (क्यान) का सचिव तथा नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का र मधेश प्रदेश क्रिकेट संघका अध्यक्ष सुनिल महासेठ संयुक्त रूपमा कार्यक्रम उद्घाटन गरेका हुन्।
वेल्थङ्गरहिल्फे (Welthungerhilfe) र सबल नेपालको साझेदारीमा सञ्चालित ‘तराई–मधेश क्षेत्रमा खानेपानी, सरसफाइ तथा स्वच्छता प्रणाली सुदृढीकरण परियोजना’ अन्तर्गत महिनाव्यापी स्वास्थ्य, सामुदायिक तथा व्यक्तिगत सरसफाइ सचेतना प्रवर्द्धनका लागि क्रिकेट खेलको माध्यमबाट किशोरीहरूको सहभागिता र सामाजिक सक्रियता बढाउने उद्देश्यले तयार गरिएको Cricket + WASH खेल मार्गदर्शन पुस्तिका समेत सोही कार्यक्रममा लोकार्पण गरिएको थियो।
कार्यक्रममा बोल्दै क्यान सचिव पारस खड्काले कोभिड–१९ महामारीको समयमा स्वास्थ्य र सरसफाइप्रति हामी जति सचेत थियौँ, अहिले त्यसलाई क्रिकेटको माध्यमबाट अझ प्रभावकारी रूपमा जोडिएको उल्लेख गरे। यस पहलले विशेषगरी महिला क्रिकेट र नयाँ खेलाडीहरूलाई मार्गदर्शन गर्ने अवसर प्रदान गरेको भन्दै उनले कार्यक्रम सफलताको शुभकामना व्यक्त गरे।
मधेश प्रदेशका खेलकुद तथा समाज कल्याण मन्त्री बसन्त कुमार कुशवाहाले खानेपानी, सरसफाइ र स्वच्छता अभियानमा क्रिकेट खेलमार्फत युवाको सहभागिता प्रवर्द्धन गर्नु सन्देशमूलक र प्रभावकारी रहेको बताए। साथै आगामी दिनमा नेपाल क्रिकेट संघ मातहत प्रदेश तथा जिल्ला संघहरूसँग समन्वय गरी यस्ता कार्यक्रमहरू आयोजना गरिने जानकारी दिए।
प्रदेशस्तरीय उद्घाटनसँगै सिरहा जिल्लाको कर्जन्हा नगरपालिकास्थित फूलकुमारी महतो माध्यमिक विद्यालय, बन्दीपुरमा पनि कार्यक्रम औपचारिक रूपमा सञ्चालन गरिएको थियो। सो अवसरमा मार्गदर्शन पुस्तिकाको आधारमा किशोरीहरूसँग प्रदर्शनी अभ्यास खेल खेल्दै कार्यक्रमको उद्घाटन गरिएको थियो।
कार्यक्रममा सबल नेपालले मधेश प्रदेश क्रिकेट संघसँग ५ लाख रुपैयाँ बराबरको सम्झौता समेत गरेको छ। सम्झौतापत्रमा सबल नेपालका कार्यकारी निर्देशक दीपक कुमार झा र मधेश प्रदेश क्रिकेट संघका अध्यक्ष सुनील महासेठले हस्ताक्षर गरेका थिए। सम्झौताअनुसार क्रिकेट फर वास कार्यक्रम प्रवर्द्धन गरिने उल्लेख छ।
कर्जन्हा नगरपालिकाका मेयर भोला प्रसाद पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्यान सदस्य एवं एनपीएल गभर्निङ काउन्सिल सदस्य सुदीप शर्मा, क्यान सदस्य तथा मधेश प्रदेश क्रिकेट संघका सचिव आयुष श्रेष्ठ, मधेश प्रदेश क्रिकेट संघका अध्यक्ष सुनिल महासेठ, धनुषा क्रिकेट संघका अध्यक्ष शोभाकान्त पाण्डे, पर्सा जिल्ला क्रिकेट संघका अध्यक्ष मनिष सिंह, क्यानको राष्ट्रिय क्रिकेट टिमका छनोटकर्ता सदस्य मुर्तुजा हवारी लगायतको उपस्थिति रहेको थियो।
क्रिकेटको माध्यमबाट मधेशका किशोरीहरूले सामाजिक सचेतनामा योगदान पुर्‍याउने विश्वास व्यक्त गर्दै प्रमुख अतिथि पारस खड्काले यस अभियानले भविष्यमा राष्ट्रिय क्रिकेट टोलीका लागि सक्षम खेलाडी उत्पादन गर्ने सम्भावना बढाउने बताए।
कार्यक्रममा मधेश प्रदेश क्रिकेट संघका अध्यक्ष सुनील महतोले यस कार्यक्रमले विशेषगरी महिला क्रिकेट प्रवर्द्धनका लागि प्रदेशस्तरीय गतिविधिहरू समेटिएको उल्लेख गर्दै मधेश प्रदेशमा महिला क्रिकेट खेलाडी उत्पादनमा थप टेवा पुग्ने विश्वास व्यक्त गरे।
क्रिकेटलाई सरसफाइसँग जोडेर यसको विकासका लागि गरिएको यस पहलका लागि सबै सहयोगीप्रति धन्यवाद व्यक्त गर्दै क्यान सचिव पारस खड्काले कार्यक्रममा सहभागी किशोरीहरू भविष्यमा नेपाली राष्ट्रिय टोलीसम्म पुग्न सक्ने आत्मविश्वास बढेको बताए।
स्थानीय स्तरमै उपस्थिति जनाई युवा खेलाडीहरूलाई उत्साह प्रदान गरेकोप्रति सहभागी किशोरी तथा खेलाडीहरूले खुसी र उत्साह व्यक्त गरेका सबल नेपालका कार्यकारी निर्देशक दीपक कुमार झाले बताए।
","created":"2026-01-15T15:55:23.876812+05:45","news_slug":"Cricket-paras-khadka"},{"id":4667,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"सातदोबाटो र संकटा बराबरीमा रोकिए","news_image_url":"https://app.nepalsportz.com/media/IMG_8913.jpeg","news_image_file":"https://app.nepalsportz.com/media/IMG_8913.jpeg","category":[{"id":1,"created":"2023-02-03T13:17:51.271694+05:45","modified":"2023-02-03T13:17:51.271713+05:45","created_np":"2079-10-20T13:17:51.271727+05:45","modified_np":"2079-10-20T13:17:51.278345+05:45","name":"Football","slug":"football"}],"season":null,"content":"
सातदोबाटोस्थित एन्फा कम्लेक्समा बुधबारबाट सुरुभएको सो प्रतियोगिताको दोस्रो दिनको पहिलो खेलमा संकटा र सातदोबाटोले गोलरहित बराबरी खेलेका हुन्।
यो नतिजासँगै दुवै टोलीले पहिलो खेलबाट एक एक अंक जोडेका छन्। खेलमा दुवै टोलीले केहि राम्रो अवसर पाए पनि गोलमा परिणत भने गर्न सकेनन्।
अन्ततः दुवै टोलीले गोलरहित बराबरीमा खेल समाप्त गर्दै प्रतियोगिताको सुरुआत गरे।
","created":"2026-01-15T13:51:09.984184+05:45","news_slug":"Satdobato-Sankata-draw"},{"id":4666,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"रियल अल्बासेटसँग स्तब्ध","news_image_url":"https://app.nepalsportz.com/media/IMG_8908.webp","news_image_file":"https://app.nepalsportz.com/media/IMG_8908.webp","category":[{"id":1,"created":"2023-02-03T13:17:51.271694+05:45","modified":"2023-02-03T13:17:51.271713+05:45","created_np":"2079-10-20T13:17:51.271727+05:45","modified_np":"2079-10-20T13:17:51.278345+05:45","name":"Football","slug":"football"}],"season":null,"content":"
दोस्रो डिभिजनको लिगमा रेलिगेसनबाट बच्न संघर्षरत अल्बासेटका लागि खेलको अन्त्यतिर जेफ्टे बेटानाकोरले दुई गोल गरे । त्यसमध्ये निर्णायक गोल दोस्रो हाफको इन्ज्युरी समयको चौथो मिनेटमा सम्भव भएको हो ।
यही खेलबाट नव नियुक्त प्रशिक्षक अल्भारो एरबेलोआले डेब्यु गरे, तर उनका लागि यो सुखद सावित भएन् । यसअघि रियलले आफ्ना प्रशिक्षक जाभी एलोन्सोसँग छुटिएको घोषणा गरेको थियो ।
","created":"2026-01-15T07:52:11.783780+05:45","news_slug":"Real-Madrid-lost-with-albacete"},{"id":4665,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"बायर्नको अग्रता दोहोरो अंकमा","news_image_url":"https://app.nepalsportz.com/media/IMG_8906.jpeg","news_image_file":"https://app.nepalsportz.com/media/IMG_8906.jpeg","category":[{"id":1,"created":"2023-02-03T13:17:51.271694+05:45","modified":"2023-02-03T13:17:51.271713+05:45","created_np":"2079-10-20T13:17:51.271727+05:45","modified_np":"2079-10-20T13:17:51.278345+05:45","name":"Football","slug":"football"}],"season":null,"content":"
कोलोनले लिन्टन मानिआको गोलले अग्रता लिएयता बायर्न पुर्नआगमन रच्न सफल रह्यो र यसका लागि सेर्गे ग्यानब्रे, किम मिन जाए तथा लेनार्ट कार्लले गोल गरे ।
लिगले मध्य भाग छुंदा दोस्रोमा रहेको बोर्सिया डर्टमुन्डमाथिको ११ अंकको अग्रता जर्मन बुंडेसलिगा इतिहासमै सबैभन्दा ठूलो अन्तर हो । उसको १७ खेलबाट ४७ अंक भएको छ ।
","created":"2026-01-15T07:28:18.769713+05:45","news_slug":"Bayern-ahead-with-double-digit"},{"id":4664,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"आर्सनलको हातबाट चेल्सी पराजित","news_image_url":"https://app.nepalsportz.com/media/IMG_8905.jpeg","news_image_file":"https://app.nepalsportz.com/media/IMG_8905.jpeg","category":[{"id":1,"created":"2023-02-03T13:17:51.271694+05:45","modified":"2023-02-03T13:17:51.271713+05:45","created_np":"2079-10-20T13:17:51.271727+05:45","modified_np":"2079-10-20T13:17:51.278345+05:45","name":"Football","slug":"football"}],"season":null,"content":"
स्टायनफोर्ड ब्रिजमा भएको खेलमा आर्सनलका लागि बेन ह्वाइट, भिक्टर ग्योकेरेस र मार्टिन जुबिमेन्डीले गोल गरेका हुन् । चेल्सीका दुवै गोल भने एलेजान्ड्रो गारान्चोको गर्न सफल रहे ।
आर्सनल सबै खाले प्रतियोगिताका पछिल्ला १० खेलमा अपराजित रहेर लयमा रहेको छ । अब इमिरेट्समा दोस्रो लेगको सेमिफाइनल हुनेछ । अर्को सेमिफाइनल पहिलो लेगमा यसअघि म्यानचेस्टर सिटीले न्युकासल युनाइटेडलाई हराएको थियो ।
","created":"2026-01-15T07:22:49.902639+05:45","news_slug":"Arsenal-beats-chelsea"}]}