{"count":5169,"next":"https://app.nepalsportz.com/news/?format=json&page=23","previous":"https://app.nepalsportz.com/news/?format=json&page=21","results":[{"id":4802,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"नेपालसामु इंग्ल्यान्डको १ सय ८५ रनको लक्ष्य","news_image_url":"https://app.nepalsportz.com/media/IMG_0182.jpeg","news_image_file":"https://app.nepalsportz.com/media/IMG_0182.jpeg","category":[{"id":3,"created":"2023-02-08T17:13:09.647250+05:45","modified":"2023-02-08T17:13:09.647269+05:45","created_np":"2079-10-25T17:13:09.647282+05:45","modified_np":"2079-10-25T17:13:09.647504+05:45","name":"Cricket","slug":"Cricket-nepal"}],"season":null,"content":"
दुई पल्टको च्याम्पियन इंग्ल्यान्डका लागि ज्याकोब बेथल र कप्तान ह्यारी ब्रुक्सले अर्धशतक बनाए । बेथलले ३५ बलमा ५५ रन बनाए र त्यसमा चार चौका तथा चार छक्का सामेल थियो । यस्तै ब्रुक्सले ३२ बलमा ५३ रन जोडे । उनले चार चौका र तीन छक्का प्रहार गरे ।
नेपाली बलरमध्ये नन्दन यादव र दीपेन्द्रसिंह ऐरले दुई दुई विकेट लिए । यस्तै डेब्यु गरिरहेका शेर मल्लले एक विकेट लिए र यो उनको पहिलो बलमै प्राप्त भएको थियो । सन्दीप लामिछानेले पनि एक विकेट लिए ।
","created":"2026-02-08T17:02:36.267795+05:45","news_slug":"England-gave-185-target"},{"id":4801,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"इंग्ल्यान्ड टस जितेर ब्याटिङ गर्दै","news_image_url":"https://app.nepalsportz.com/media/IMG_0181.jpeg","news_image_file":"https://app.nepalsportz.com/media/IMG_0181_DhkGWJ7.jpeg","category":[{"id":3,"created":"2023-02-08T17:13:09.647250+05:45","modified":"2023-02-08T17:13:09.647269+05:45","created_np":"2079-10-25T17:13:09.647282+05:45","modified_np":"2079-10-25T17:13:09.647504+05:45","name":"Cricket","slug":"Cricket-nepal"}],"season":null,"content":"
रोहित पौडेलनको नेतृत्वमा रहेको टिममा कुशल भुर्तेल, आसिफ सेख, दीपेन्द्रसिंह ऐरी, आरिफ सेख, लोकेश बम, गुल्सन झा, करण केसी, शेर मल्ल, नन्दन यादव र सन्दीप लामिछानेट रहेका छन् । शेरले नेपाली टिमबाट डेब्यु पनि गरिरहेका छन् ।
इंग्लिस टिममा भने कप्तान ह्यारी ब्रुक्ससँगै फिल साल्ट, जस बटलर, ज्याकेब बेथल, टम वान्टन, साम करन, विल ज्याक्स, लियान डसन, जोफ्रा आर्चर, एदिल रहिद र लुक उड रहेका छन् ।
","created":"2026-02-08T15:03:30.222961+05:45","news_slug":"England-batting-icc"},{"id":4800,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"इंग्ल्यान्ड टस जितेर ब्याटिङ गर्दै","news_image_url":"https://app.nepalsportz.com/media/IMG_0181.jpeg","news_image_file":"https://app.nepalsportz.com/media/IMG_0181.jpeg","category":[{"id":3,"created":"2023-02-08T17:13:09.647250+05:45","modified":"2023-02-08T17:13:09.647269+05:45","created_np":"2079-10-25T17:13:09.647282+05:45","modified_np":"2079-10-25T17:13:09.647504+05:45","name":"Cricket","slug":"Cricket-nepal"}],"season":null,"content":"
रोहित पौडेलनको नेतृत्वमा रहेको टिममा कुशल भुर्तेल, आसिफ सेख, दीपेन्द्रसिंह ऐरी, आरिफ सेख, लोकेश बम, गुल्सन झा, करण केसी, शेर मल्ल, नन्दन यादव र सन्दीप लामिछानेट रहेका छन् । शेरले नेपाली टिमबाट डेब्यु पनि गरिरहेका छन् ।
इंग्लिस टिममा भने कप्तान ह्यारी ब्रुक्ससँगै फिल साल्ट, जस बटलर, ज्याकेब बेथल, टम वान्टन, साम करन, विल ज्याक्स, लियान डसन, जोफ्रा आर्चर, एदिल रहिद र लुक उड रहेका छन् ।
","created":"2026-02-08T15:03:17.915310+05:45","news_slug":"England-batting"},{"id":4799,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"टी–२० विश्कप : नेपालले पहिलो खेलमा इङ्ल्यान्डको सामना गर्दै","news_image_url":"https://app.nepalsportz.com/media/IMG_0180.jpeg","news_image_file":"https://app.nepalsportz.com/media/IMG_0180.jpeg","category":[{"id":3,"created":"2023-02-08T17:13:09.647250+05:45","modified":"2023-02-08T17:13:09.647269+05:45","created_np":"2079-10-25T17:13:09.647282+05:45","modified_np":"2079-10-25T17:13:09.647504+05:45","name":"Cricket","slug":"Cricket-nepal"}],"season":null,"content":"
मुम्बईको वानखेडे स्टेडियममा हुने समुह 'सी' अन्तर्गतको यो खेल नेपाली समयअनुसार दिउसो ३:१५ बजेदेखि शुरु हुँदैछ।
नेपालले इङल्यान्डविरुद्ध कुनै पनि फर्म्याटमा खेल्न लागेको यो पहिलो पटक हो।
विश्वकप अन्तरगत आज बिहान ११:१५ बजेदेखि समुह 'डी' को अफगानिस्तान र न्यूजील्याण्डबीच खेल हुँदैछ भने आजै राति ७:१५ बजेदेखि समुह 'बी' अन्तर्गतको श्रीलंका र आयरल्यान्डबीच खेल हुने तालिका रहेको छ।
","created":"2026-02-08T11:05:17.424657+05:45","news_slug":"Nepal-England-playing-world-cup"},{"id":4798,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"शीर्षमा बार्सिलोना मजबुत","news_image_url":"https://app.nepalsportz.com/media/IMG_0179.jpeg","news_image_file":"https://app.nepalsportz.com/media/IMG_0179.jpeg","category":[{"id":1,"created":"2023-02-03T13:17:51.271694+05:45","modified":"2023-02-03T13:17:51.271713+05:45","created_np":"2079-10-20T13:17:51.271727+05:45","modified_np":"2079-10-20T13:17:51.278345+05:45","name":"Football","slug":"football"}],"season":null,"content":"
बार्सिलोना यो जितपछि शीर्ष स्थानमा चार अंकको अग्रता लिन सफल रह्यो र उसको ५८ अंक भएको छ । रियल म्याड्रिडको ५४ अंक छ र दोस्रो स्थानमा छ । रियल मात्र बार्सिलोनालाई उपाधि होडमा चुनौती दिने टिम बनेको छ ।
","created":"2026-02-08T08:27:07.612780+05:45","news_slug":"Barcelona-leaders"},{"id":4797,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"आर्सनल उपाधितर्फ अगाडि बढ्दै","news_image_url":"https://app.nepalsportz.com/media/IMG_0178.jpeg","news_image_file":"https://app.nepalsportz.com/media/IMG_0178.jpeg","category":[{"id":1,"created":"2023-02-03T13:17:51.271694+05:45","modified":"2023-02-03T13:17:51.271713+05:45","created_np":"2079-10-20T13:17:51.271727+05:45","modified_np":"2079-10-20T13:17:51.278345+05:45","name":"Football","slug":"football"}],"season":null,"content":"
त्यसमा भिक्टर ग्वेक्वेरेसले दुई र मार्टिन जुडिबेन्डीले एक गोल गरे । यो जितपछि आर्सनलको ५६ अंक भएको छ । दोस्रोमा रहेको म्यानचेस्टर सिटी ४७ अंकमा रहेको छ । एस्टन भिल्ला ४७ अंकमै तेस्रो स्थानमा छ । भिल्लाले भने बर्नमाउथसँग १–१ को बराबरी खेलेको छ ।
यस्तै चेल्सीले उल्भ्सलाई ३–१ ले हरायो । अन्य खेलमा एभरटनले फुलहमलाई २–१, वेस्ट ह्यामले बर्नलीलाई २–०, म्यानचेस्टर युनाइटेडले टोटनहमलाई २–० र ब्रेन्टफोर्डले न्युकासल युनाइटेडलाई ३–२ ले हरायो ।
","created":"2026-02-08T07:23:07.366221+05:45","news_slug":"Arsenal-near-EPL-champions"},{"id":4796,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"विश्वकपमा भारतको विजयी सुरुआत","news_image_url":"https://app.nepalsportz.com/media/IMG_0176.jpeg","news_image_file":"https://app.nepalsportz.com/media/IMG_0176.jpeg","category":[{"id":3,"created":"2023-02-08T17:13:09.647250+05:45","modified":"2023-02-08T17:13:09.647269+05:45","created_np":"2079-10-25T17:13:09.647282+05:45","modified_np":"2079-10-25T17:13:09.647504+05:45","name":"Cricket","slug":"Cricket-nepal"}],"season":null,"content":"
१६२ रनको लक्ष्य पछ्याएको अमेरिकाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३२ रन मात्र बनाउन सक्यो। यस जितसँगै भारतले समूह चरणमा महत्वपूर्ण दुई अंक जोडेको छ।
खेलको सुरुआतमै अमेरिकाले लगातार विकेट गुमाउँदै दबाब खेप्यो। एन्ड्रिज गाउस (६), साईतेजा मुक्कामल्ला (२) र कप्तान मोनाङ्क पटेल खाता नखोली आउट भएपछि अमेरिकी ब्याटिङ धराशायी बन्न पुग्यो।
माथिल्लो क्रम असफल भए पनि मिलिन्द कुमार ले ३४ रनको उपयोगी इनिङ्स खेले। साथै सञ्जय कृष्णमूर्ति र शुभम रञ्जाने ले आक्रामक ब्याटिङ गर्दै टोलीलाई प्रतिस्पर्धामा फर्काउने प्रयास गरे। कृष्णमूर्तिले ३७ रन बनाए भने रञ्जानेले मात्र २२ बलमा ३७ रन जोड्दै रनगति बढाएका थिए। तर अन्य ब्याट्सम्यानबाट साथ नपाउँदा अमेरिका लक्ष्य नजिक पुग्न सकेन।
बलिङतर्फ भारतका मोहम्मद सिराज ले उत्कृष्ट प्रदर्शन गर्दै ३ विकेट लिए। अरशदीप सिंह र अक्षर पटेल ले समान २–२ विकेट हात पारे भने वरुण चक्रवर्ती ले १ विकेट लिए।
यसअघि वानखेडे मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ९ विकेट गुमाउँदै १६२ रनको मध्यम लक्ष्य खडा गरेको थियो। भारतीय कप्तान सूर्यकुमार यादव ले शानदार ब्याटिङ गर्दै ४९ बलमा ८४ रन जोडे। उनले १० चौका र ४ छक्का प्रहार गर्दै इनिङ्स सम्हाले।
तिलक बर्मा २५ रनमा आउट हुँदा इशान किसन ले २० रनको योगदान दिए। अक्षर पटेल ले १४ रन जोड्दै भारतको स्कोर १६० पार गराए।
अमेरिकाका लागि बलिङमा शाडली भान स्काल्कवाइक सर्वाधिक सफल रहे। उनले ४ ओभरमा २५ रन खर्चेर ४ विकेट लिँदै भारतीय ब्याटिङ लाइनअपलाई दबाबमा राखे। हर्मित सिंह ले २ विकेट लिए भने अली खान ले १ विकेट हात पारे।
","created":"2026-02-08T06:11:34.211352+05:45","news_slug":"India-beats-usa"},{"id":4795,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"टोटेनह्याममाथि युनाइटेडको जित","news_image_url":"https://app.nepalsportz.com/media/IMG_0175.jpeg","news_image_file":"https://app.nepalsportz.com/media/IMG_0175.jpeg","category":[{"id":1,"created":"2023-02-03T13:17:51.271694+05:45","modified":"2023-02-03T13:17:51.271713+05:45","created_np":"2079-10-20T13:17:51.271727+05:45","modified_np":"2079-10-20T13:17:51.278345+05:45","name":"Football","slug":"football"}],"season":null,"content":"
खेलको ३८औँ मिनेटमा ब्रायन म्बेउमोले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाए। कर्नरबाट आएको बललाई कोब्बी माइनूले पास गरेपछि म्बेउमोले नजिकबाट गोल गरे। २९औँ मिनेटमै टोटेनह्यामका क्रिस्टियन रोमेरोले रातो कार्ड पाएपछि पाहुना टोली दबाबमा परेको थियो।
दोस्रो हाफमा युनाइटेडले निरन्तर आक्रमण जारी राख्दै खेल नियन्त्रणमा राख्यो। त्यसको फलस्वरूप ८१औँ मिनेटमा ब्रुनो फर्नान्डेसले डियोगो डालोटको क्रसमा गोल गर्दै जित सुनिश्चित गरे।
हारका बाबजुद टोटेनह्यामका गोलरक्षक गुग्लिएल्मो भिकारियोले उत्कृष्ट प्रदर्शन गर्दै थुप्रै प्रहार बचाए। यस जितसँगै युनाइटेड २५ खेलबाट ४४ अंक जोड्दै तालिकाको चौथो स्थानमा उक्लिएको छ। युनाइटेडले पछिल्ला चार खेलमा लगातार जित निकाल्दै उत्कृष्ट लय कायम राखेको छ।
","created":"2026-02-07T21:11:38.374618+05:45","news_slug":"Tottenham-lost-United-win"},{"id":4794,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"टी-२० विश्वकप : रोमाञ्चक खेलमा पाकिस्तान विजयी","news_image_url":"https://app.nepalsportz.com/media/IMG_0174.jpeg","news_image_file":"https://app.nepalsportz.com/media/IMG_0174.jpeg","category":[{"id":3,"created":"2023-02-08T17:13:09.647250+05:45","modified":"2023-02-08T17:13:09.647269+05:45","created_np":"2079-10-25T17:13:09.647282+05:45","modified_np":"2079-10-25T17:13:09.647504+05:45","name":"Cricket","slug":"Cricket-nepal"}],"season":null,"content":"
श्रीलंकाको कोलम्बोस्थित सिन्हलिज स्पोर्ट्स क्लब मैदानमा नेदरल्यान्ड्सले दिएको १४८ रनको लक्ष्य पछ्याएको पाकिस्तानले १९.३ ओभरमा ७ विकेट गुमाएर पूरा गर्‍यो।
कुनै समय नेदरल्यान्ड्स जित नजिक पुगेको थियो। तर, अन्त्यमा फहिम अशरफको विस्फोटक ब्याटिङले पाकिस्तानलाई जित दिलायो। उनले ११ बलमा तीन छक्का र दुई चौका प्रहार गर्दै अविजित २९ रन जोडे।
साहिवजादा फरहानले ४७, साइम अयुवले २४, बाबर आजमले १५ तथा सलमान अघाले १२ रन बनाए।
यता, बलिङतर्फ नेदरल्यान्ड्सका आर्यान दत्त र पल भान मिकेरनले दुई–दुई विकेट लिए भने रोइलफ भान डर मेर्वे, लोगान भान बीक र काइल क्लेइनले एक–एक विकेट लिए।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले १९.५ ओभरमा १४७ रन बनाउँदै अलआउट भयो।
नेदरल्यान्ड्सका कप्तान स्कट इडवार्ड्सले ३७, बास डी लिडेले ३०, माइकल लेभिटले २४, कोलिन एकरम्यानले २० तथा आर्यान दत्तले १३ रन बनाए। अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन्।
पाकिस्तानका सलमान मिर्जाले तीन विकेट लिए भने साइम अयुव, मोहम्मद नवाज र अबरार अहमदले दुई–दुई विकेट हात पारे। साहिन शाह अफ्रिदीले एक विकेट लिए।
","created":"2026-02-07T18:25:46.970852+05:45","news_slug":"Pakistan-beats-Netherlands"},{"id":4793,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"बंगलादेशलाई हराउँदै भारत च्याम्पियन","news_image_url":"https://app.nepalsportz.com/media/IMG_0173.jpeg","news_image_file":"https://app.nepalsportz.com/media/IMG_0173.jpeg","category":[{"id":1,"created":"2023-02-03T13:17:51.271694+05:45","modified":"2023-02-03T13:17:51.271713+05:45","created_np":"2079-10-20T13:17:51.271727+05:45","modified_np":"2079-10-20T13:17:51.278345+05:45","name":"Football","slug":"football"}],"season":null,"content":"
पोखरा रंगशालामा शनिबार सम्पन्न फाइनलमा उत्कृष्ट प्रदर्शन गरेको भारतले उमेर समूहमा तेस्रोपल्ट उपाधि हात पारेको हो। भारतको जितमा जुलन नोङमाइथेम, एलिजाबेथ लाक्रा, पर्ल फर्नान्डेज र अन्विता रघुरमनले समान एक–एक गोल गरिन्।
पहिलो हाफमा एक गोलको अग्रता बनाएको भारतले दोस्रो हाफमा थप तीन गोल गर्दै उपाधि सुनिश्चित गर्‍यो। समूह चरणमा बंगलादेशसँग २–० ले पराजित भएको भारतले फाइनलमा आएर त्यस हारको बदला लिएको हो।
समूह चरणका तीनै खेल जित्दै बंगलादेश समूह विजेता बनेको थियो भने भारत उपविजेता हुँदै फाइनल पुगेको थियो। माघ १७ गतेबाट सुरु भएको प्रतियोगितामा आयोजक नेपालसहित भारत, बंगलादेश र भुटानको सहभागिता रहेको थियो।
नेपाल एक जित र दुई हारसहित तेस्रो स्थानमा रहँदा सबै खेलमा पराजय ब्यहोरेको भुटान पुछारमा रह्यो।
","created":"2026-02-07T18:18:02.043293+05:45","news_slug":"India-champions-Saff"},{"id":4792,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"पुलिस पराजित","news_image_url":"https://app.nepalsportz.com/media/IMG_0170.jpeg","news_image_file":"https://app.nepalsportz.com/media/IMG_0170.jpeg","category":[{"id":4,"created":"2023-02-08T17:13:28.632012+05:45","modified":"2023-02-08T17:13:28.632034+05:45","created_np":"2079-10-25T17:13:28.632047+05:45","modified_np":"2079-10-25T17:13:28.632269+05:45","name":"Volleyball","slug":"volley-ball"}],"season":null,"content":"
माल्दिभ्सको मालेमा शुक्रबार सम्पन्न खेलमा पुलिस इरानी क्लब फौलादसँग ३–० को सोझो सेटमा हार बेहोर्न बाध्य भयो।
पहिलो सेटमा पुलिस २५–१४ र दोस्रो सेटमा २५–१५ ले पराजित भयो। प्रतिस्पर्धात्मक बनेको तेस्रो सेटमा भने पुलिसले केही सुधारिएको प्रदर्शन गरे पनि २५–१८ ले हार्दै जारी प्रतियोगितामा पहिलो हार व्यहोरेको हो।
यो जितसँगै फौलादले प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गरेको छ।
","created":"2026-02-07T10:12:03.991231+05:45","news_slug":"Volleyball-Police-lost-cava"},{"id":4791,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"आजदेखि ट्वान्टी ट्वान्टी विश्वकप","news_image_url":"https://app.nepalsportz.com/media/IMG_0169.webp","news_image_file":"https://app.nepalsportz.com/media/IMG_0169.webp","category":[{"id":3,"created":"2023-02-08T17:13:09.647250+05:45","modified":"2023-02-08T17:13:09.647269+05:45","created_np":"2079-10-25T17:13:09.647282+05:45","modified_np":"2079-10-25T17:13:09.647504+05:45","name":"Cricket","slug":"Cricket-nepal"}],"season":null,"content":"
दक्षिण एसियाली भू राजनीतिको चपेटामा परेको यस विश्वकपमा कुल २० टिमको सहभागिता रहेको छ र तिनलाई चार समूहमा विभाजन गरिएको छ । लिग चरणको खेलको समाप्तीमा प्रत्येक समूहको शीर्ष दुई स्थानमा रहने टिमले सुपर एटको यात्रा तय गर्नेछ । शनिबार पहिलो दिनको खेलमा कोलम्बोमा नेदरल्यान्ड्स र पाकिस्तान, कोलकातामा स्कटल्यान्ड र वेस्ट इन्डिज तथा मुम्बईमा भारत र अमेरिका भिड्ने छन् ।
नेपाल प्रतियोगिताको समूह सी मा रहेको छ । त्यसमा दुई दुई पल्टका विश्वकप च्याम्पियन इंग्ल्यान्ड र वेस्ट इन्डिज रहेका छन् । यस्तै यस समूहमा स्टकल्यान्ड र स्कटल्यान्ड पनि रहेका छन् । शनिबार नेपालले मुम्बईको वानखडेमा हुने पहिलो खेलमा इंग्ल्यान्डको सामना गर्नेछ । खेलको पूर्व सन्ध्यामा नेपाली टिमका कप्तान रोहित पौडेलले आफ्नो टिमले अर्को चरण प्रवेशकै लागि खेल्ने बताएका छन् ।
","created":"2026-02-07T08:42:33.390253+05:45","news_slug":"T20-world-cup-starts-from-today"},{"id":4790,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"लिड्स रेलिगेसन क्षेत्रबाट नौ अंक अगाडि","news_image_url":"https://app.nepalsportz.com/media/IMG_0168.webp","news_image_file":"https://app.nepalsportz.com/media/IMG_0168.webp","category":[{"id":1,"created":"2023-02-03T13:17:51.271694+05:45","modified":"2023-02-03T13:17:51.271713+05:45","created_np":"2079-10-20T13:17:51.271727+05:45","modified_np":"2079-10-20T13:17:51.278345+05:45","name":"Football","slug":"football"}],"season":null,"content":"
यो जितले लिड्सको २९ अंक भएको छ र यो रेलिगेसन क्षेत्रबाट नौ अंकले अगाडि हो । हारले फरेस्ट २६ अंकमा १७ औं स्थानमा रह्यो र उसमाथि रेलिगेसनको दबाब बढेको छ ।
एलान रोडमा लिड्सका लागि जेयडन बोग्ले, नोहा ओखफर र डोमिनिक क्लेभर्ट लेविनले एक एक गोल गरे । लोरेन्जो लुकाले फरेस्टले फरेस्टका लागि एक गोल फर्काए ।
","created":"2026-02-07T08:29:56.402313+05:45","news_slug":"Leeds-won-"},{"id":4789,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"राष्ट्रिय बहिरा फुटबल प्रतियोगिता दशरथ रंगशालामा","news_image_url":"https://app.nepalsportz.com/media/att.y7R9oh486GspcLAxACZ0PcUAJ29FA75TpWVuZVgizM8.jpeg","news_image_file":"https://app.nepalsportz.com/media/att.y7R9oh486GspcLAxACZ0PcUAJ29FA75TpWVuZVgizM8.jpeg","category":[{"id":1,"created":"2023-02-03T13:17:51.271694+05:45","modified":"2023-02-03T13:17:51.271713+05:45","created_np":"2079-10-20T13:17:51.271727+05:45","modified_np":"2079-10-20T13:17:51.278345+05:45","name":"Football","slug":"football"}],"season":null,"content":"
आज नेपाल पारा ओलम्पिकको कार्यालय दशरथ रंगशाला, त्रिपुरेश्वर काठमाण्डौमा पत्रकार सम्मेलन मार्फत प्रतियोगिताका बारेमा जानकारी गराईएको हो । सुन्दरढोका साथीसेवाले आपंगता खेलकुद प्रवद्र्धन गर्ने उद्देश्यले संचालन गर्दै आएको विकास शिल्ड अन्तरगत यस पटक राष्ट्रियस्तरमै बहिरा फुटबल प्रतियोगिता आयोजना गरिएको संस्थाकी कार्यकारी निर्देशक बिजेता लुईटेल अधिकारीले बताउनुभयो । “सुन्दरढोका साथी सेवाका संस्थापक स्व. श्री विकास अधिकारीको अपांगता खेलकुद प्रतिको अत्याधिक चाहना अनुरुप विकास शिल्डको स्थापना भएको हो ।” उहाँले भन्नुभयो “विकास शिल्ड अन्तरगत नै उक्त फुटबल प्रतियोगिता हुन लागेको हो, प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको छ । हामी निकै उत्साहित छौँ ।”
राष्ट्रिय बहिरा ११–ए साईड फुटबल प्रतियोगिता २०८२ हेर्न आउने दर्शकहरुका लागि भने टिकट नलाग्ने र प्रवेश निशुल्क रहेको आयोजकले जनाएको छ । बहिरा अपांगता भएका व्यक्तिहरुको मनोबल र आत्मविस्वास बढाईदिन प्रतियोगिता हेर्न आउन आयोजकले सबैलाई आह्वान पनि गरेको छ ।
सुन्दरढोका साथीसेवाले विकास शिल्ड मार्फत स्थापना काल देखी नै अपांगता खेलकुद सम्बन्धी प्रतियोगिताहरु सञ्चालन, खेल तथा खेलाडीको क्षमता विकासका लागि राष्ट्रिय तथा अन्तरराष्ट्रिय प्रशिक्षणहरु, खेलाडीलाई खेल समग्रीहरु प्रदान गरी अन्तराष्ट्रियस्तरमा मौका दिने जस्ता कार्यहरु गर्दै आएको पत्रकार सम्मेलन मार्फत जानकारी गराईएको छ ।
","created":"2026-02-06T19:59:24.980938+05:45","news_slug":"Nepal-deaf-football-in-Dasharath-stadium"},{"id":4788,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"भगवतीविरुद्ध मच्छिन्द्रको जित","news_image_url":"https://app.nepalsportz.com/media/IMG_0130.jpeg","news_image_file":"https://app.nepalsportz.com/media/IMG_0130.jpeg","category":[{"id":1,"created":"2023-02-03T13:17:51.271694+05:45","modified":"2023-02-03T13:17:51.271713+05:45","created_np":"2079-10-20T13:17:51.271727+05:45","modified_np":"2079-10-20T13:17:51.278345+05:45","name":"Football","slug":"football"}],"season":null,"content":"
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार सम्पन्न खेलमा मच्छिन्द्रले २–० गोल अन्तरले हराएको हो। लिगमा भागवतीको यो चौथो हार हो। मच्छिन्द्रको भने पाँचौं जित हो।
जितसँगै शीर्ष स्थानमा रहेको मच्छिन्द्रले ६ खेल खेल्दै १६ अंक पुर्‍याएको छ। समान खेलबाट भगवतीको ४ अंक छ। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो।
खेलको ५३औं मिनेटमा जोनाथनको फ्री किकमा प्रदीप बुढाथोकीले गोल गर्दै मच्छिन्द्रलाई सुरुआती अग्रता दिलाए। ५७औं मिनेटमा दिवाकर चौधरीको पासमा फ्रैंकले गोल गर्दै मच्छिन्द्रलाई जित दिलाए।
","created":"2026-02-06T18:26:18.855228+05:45","news_slug":"Machhindra-fc-beats-Shree-bhagwati"},{"id":4787,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"बेन्जेमाको ह्याट्रिकमा अल हिलालको फराकिलो जित","news_image_url":"https://app.nepalsportz.com/media/IMG_0055.webp","news_image_file":"https://app.nepalsportz.com/media/IMG_0055.webp","category":[{"id":1,"created":"2023-02-03T13:17:51.271694+05:45","modified":"2023-02-03T13:17:51.271713+05:45","created_np":"2079-10-20T13:17:51.271727+05:45","modified_np":"2079-10-20T13:17:51.278345+05:45","name":"Football","slug":"football"}],"season":null,"content":"
साउदी प्रो लिग अन्तर्गत बिहिबार राति सम्पन्न खेलमा हिलाल ६–० ले विजयी भयो।
अल हिलालका लागि बेन्जेमाले खेलको ३१औं, ६०औं र ६४औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे। त्यसपछि ७०औं मिनेटमा माल्कमले गोल गर्दै अग्रता थपे।
सलिम अल–दवसारीले ७४औं र इन्जुरी समयमा ९३औं मिनेटमा गोल गर्दै टोलीको फराकिलो जित पक्का गरे।
यो जितसँगै अल हिलालले २० खेलबाट लिगमा ५० अंक जोड्दै शीर्ष स्थान थप मजबुत बनाएको छ। पछिल्लो चार खेलमा हिलालको यो पहिलो जित हो।
","created":"2026-02-06T09:55:20.676606+05:45","news_slug":"Benjima-hattrick-alhilal-win"},{"id":4786,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"काभा वुमन्स लिग: दोस्रो जितको खोजीमा पुलिस","news_image_url":"https://app.nepalsportz.com/media/IMG_0054.jpeg","news_image_file":"https://app.nepalsportz.com/media/IMG_0054.jpeg","category":[{"id":4,"created":"2023-02-08T17:13:28.632012+05:45","modified":"2023-02-08T17:13:28.632034+05:45","created_np":"2079-10-25T17:13:28.632047+05:45","modified_np":"2079-10-25T17:13:28.632269+05:45","name":"Volleyball","slug":"volley-ball"}],"season":null,"content":"
पहिलो खेलमा जित निकाल्दै उत्साहमा रहेको पुलिस क्लब आज दोस्रो लगातार जितको खोजीमा मैदान उत्रनेछ। उता इरानी क्लब फौलाद पनि आफ्नो दोस्रो जित हात पार्ने लक्ष्यसहित खेलमा उत्रँदैछ।
यसअघि बिहिबारको खेलमा पुलिसले उज्वेकिस्तानको हुमोलाई ३-१ को सेटमा पराजित गर्दै समूह बी मा विजयी सुरुआत गरेको थियो।
","created":"2026-02-06T09:39:35.859323+05:45","news_slug":"Cava-women-npc-second-game"},{"id":4785,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"नेपाल पुलिसको विजयी सुरुआत","news_image_url":"https://app.nepalsportz.com/media/IMG_0050.jpeg","news_image_file":"https://app.nepalsportz.com/media/IMG_0050.jpeg","category":[{"id":4,"created":"2023-02-08T17:13:28.632012+05:45","modified":"2023-02-08T17:13:28.632034+05:45","created_np":"2079-10-25T17:13:28.632047+05:45","modified_np":"2079-10-25T17:13:28.632269+05:45","name":"Volleyball","slug":"volley-ball"}],"season":null,"content":"
नेपाल पुलिसले प्रतिस्पर्धात्मक बनेको पहिलो सेट ३०–२८ ले जित्दै राम्रो सुरुआत गर्‍यो। दोस्रो सेटमा भने पुलिस २१–२५ ले पछि पर्‍यो। त्यसपछि तेस्रो सेट २५–२१ र चौथो सेट २५–२३ ले आफ्नो पक्षमा पार्दै पुलिसले खेल आफ्नो नाममा लेखायो।
यो जितसँगै पुलिसले पहिलो खेलमै ३ अंक जोड्न सफल भएको छ। हुमोले जारी प्रतियोगितामा लगातार दोस्रो हार ब्यहोरेको छ।
","created":"2026-02-05T19:26:46.237086+05:45","news_slug":"Nepal-police-club-cava"},{"id":4784,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"आसिफ चम्किँदा नेपाललाई क्यानडामाथि ६ विकेटको प्रभावशाली जित","news_image_url":"https://app.nepalsportz.com/media/IMG_0048.jpeg","news_image_file":"https://app.nepalsportz.com/media/IMG_0048.jpeg","category":[{"id":3,"created":"2023-02-08T17:13:09.647250+05:45","modified":"2023-02-08T17:13:09.647269+05:45","created_np":"2079-10-25T17:13:09.647282+05:45","modified_np":"2079-10-25T17:13:09.647504+05:45","name":"Cricket","slug":"Cricket-nepal"}],"season":null,"content":"
नेपालको जितमा आसिफ शेखले मुख्य भूमिका खेले। उनले मात्र २९ बलमा ५८ रनको आक्रामक पारी खेल्दै नेपाललाई जिततर्फ डोर्‍याए। आसिफले सन्दीप जोरासँग मिलेर तेस्रो विकेटका लागि ८४ रनको महत्वपूर्ण साझेदारी गरे। जोराले धैर्यतापूर्वक ब्याटिङ गर्दै ३० बलमा ४ चौका र १ छक्का सहित ४४ रन बनाए। आसिफ रिटायर्ड आउट भएका थिए।
यस्तै गुल्सन झाले ३१ रनको योगदान दिए भने अर्का ओपनर कुशल भुर्तेल १२ रनमा आउट भए।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको क्यानडाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६१ रन बनाएको थियो। क्यानडाका नवनीत धालिवालले सर्वाधिक ४१ रन जोडे। श्रेयस मोव्वा ३८ रनमा अविजित रहँदा कंवरपाल तथगुरले २५ र जसकरण सिंहले २१ रन बनाए। निकोलस किर्टन भने १० रनमै आउट भए।
नेपालका बलरमध्ये सन्दीप लामिछाने र कुशल भुर्तेलले समान २–२ विकेट लिए। सोमपाल कामी र नन्दन यादवले १–१ विकेट हात पारे।
यो जितसँगै अभ्यास खेलमा नेपालको लगातार दोस्रो जित भएको छ। यसअघि नेपालले यूएईलाई ७ विकेटले पराजित गर्दै प्रतियोगिताको सुरुआत गरेको थियो।
","created":"2026-02-05T17:02:10.203350+05:45","news_slug":"Asif-sheikh-Nepal-win"},{"id":4783,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"क्यानडाले नेपाललाई दियो १६२ रनको लक्ष्य","news_image_url":"https://app.nepalsportz.com/media/IMG_0047.jpeg","news_image_file":"https://app.nepalsportz.com/media/IMG_0047.jpeg","category":[{"id":3,"created":"2023-02-08T17:13:09.647250+05:45","modified":"2023-02-08T17:13:09.647269+05:45","created_np":"2079-10-25T17:13:09.647282+05:45","modified_np":"2079-10-25T17:13:09.647504+05:45","name":"Cricket","slug":"Cricket-nepal"}],"season":null,"content":"
क्यानडाका नवनीत धालिवालले सर्वाधिक ४१ रनको योगदान दिए। यस्तै कंवरपाल तथगुरले २५, जसकरण सिंहले २१ रन बनाए भने निकोलस किर्टन १० रनमा आउट भए। श्रेयस मोव्वा भने ३८ रनमा अविजित रहे।
नेपालका लागि सन्दिप लामिछाने र कुशल भुर्तेलले समान २–२ विकेट लिए। सोमपाल कामी र नन्दन यादवले समान १–१ विकेट हात पारे।
यसअघि पहिलो खेलमा नेपालले यूएईलाई ७ विकेटले पराजित गर्दै प्रतियोगिताको सुरुआत जितसँगै गरेको थियो। क्यानडाविरुद्ध पनि नेपाल जित निकाल्ने लक्ष्यसहित मैदानमा उत्रिएको छ।
","created":"2026-02-05T15:08:03.216817+05:45","news_slug":"Canada-gave-target-of-162"}]}