{"count":5184,"next":"https://app.nepalsportz.com/news/?format=json&page=109","previous":"https://app.nepalsportz.com/news/?format=json&page=107","results":[{"id":3088,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"इन्टर मिलान सुपर कोपाको फाइनलमा","news_image_url":"https://cdn.nepalsportz.com/media/IMG_0439.jpeg","news_image_file":"https://app.nepalsportz.com/media/IMG_0439.jpeg","category":[{"id":1,"created":"2023-02-03T13:17:51.271694+05:45","modified":"2023-02-03T13:17:51.271713+05:45","created_np":"2079-10-20T13:17:51.271727+05:45","modified_np":"2079-10-20T13:17:51.278345+05:45","name":"Football","slug":"football"}],"season":null,"content":"
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । इन्टर मिलान इटालियन सुपर कोपाको फाइनलमा पुगेको छ।
बिहिवार राति भएको खेलमा एटलान्टामाथि २–० को जित हात हासिल गर्दै मिलान सुपर कोपाको फाइनलमा प्रवेश गरेको हो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">मिलानको जितमा डेन्जेल डम्फ्रिजले दुवै गोल गरे।
<span style=\"-webkit-text-size-adjust: 100%;\">पहिलो हाफ गोल रहित बराबरी सकिएको खेलको ४९औं मिनेटमा डम्फ्रिजले गोल मार्फत इन्टर मिलानलाई सुरूआती अग्रता.दिलाए। त्यसपछि ६१औं मिनेटमा डम्फ्रिजले अर्को गोल गर्दै इन्टर मिलानको जित पक्का गरे। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">अब इन्टर मिलानले मंगलबार हुने फाइनलमा युभेन्टस र एसी मिलानबीचको दोस्रो सेमिफाइनलको विजेतासँग प्रतिस्पर्धा गर्ने छ। दोस्रो सेमिफाइनल खेल आज राति हुनेछ। 
","created":"2025-01-03T11:53:58.483678+05:45","news_slug":"Inter-Milan-super-copa-"},{"id":3087,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"एनएनआईपीए स्पोर्ट्स अवार्डको तयारी पूरा","news_image_url":"https://cdn.nepalsportz.com/media/IMG_0438.jpeg","news_image_file":"https://app.nepalsportz.com/media/IMG_0438.jpeg","category":[{"id":6,"created":"2023-02-25T05:35:16.095163+05:45","modified":"2023-02-25T05:43:41.832025+05:45","created_np":"2079-11-13T05:43:41.832036+05:45","modified_np":"2079-11-13T05:43:41.832254+05:45","name":"Other Sports","slug":"other-sports"}],"season":null,"content":"
<span style=\"-webkit-text-size-adjust: 100%;\">नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) को आयोजनामा हुने एनएनआईपीए स्पोर्ट्स अवार्डको तयारी पूरा भएको छ। १९ औं संस्करण अवार्ड वितरण कार्यक्रम शनिबार काठमाडौंको ताकेश्वर नगरपालिकास्थित मनमैजु मन्दिर हातामा हुने खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले जानकारी गराए।
<span style=\"-webkit-text-size-adjust: 100%;\">विभिन्न विधामा ३६ जनालाई अवार्ड प्रदान गरिने छ। चीनको हाङझावमा भएको १९ औं एसियाली खेलकुदमा नेपालले सहभागिता जनाएको २९ खेलबाट त्यत्तिनै संख्यामै खेलाडीलाई पुरस्कृत गरिने छ। सम्बन्धित खेल संघको सिफारिसमा सम्मानित हुने खेलाडीले जनही १० हजार नगद पुरस्कार प्राप्त गर्ने छन्।
<span style=\"-webkit-text-size-adjust: 100%;\">यिनै २९ खेलाडीबाट समान १÷१ पुरुष÷महिला खेलाडीलाई सर्वोत्कृष्ट खेलाडीको अवार्डसहित समान १–१ लाख नगदबाट सम्मान गरिने छ। समान १–१ पुरुष÷महिला खेलाडीलाई प्रतिभाशाली खेलाडी सम्मानसहित जनही ५० हजार नगद प्रदान गरिने छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">पाका खेल व्यक्तित्वलाई गजराज आदर्श खेल व्यक्तित्व र एनएनआईपीए खेल पत्रकारिता पुरस्कार स्वरुप १–१ जनालाई जनही ३५ हजार नगदबाट सम्मान गरिने छ। एक वर्ष उत्कृष्ट पारा खेलाडी सम्मानवापत १५ हजार नगद पुरस्कार प्रदान गरिने छ। अवार्डका लागि तार्केश्वर नगरपालिका र खेलाडी संघबीच सम्झौता भइसकेको छ।
","created":"2025-01-02T19:55:26.596582+05:45","news_slug":"Nnip-sports-award"},{"id":3086,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"बागमतीमाथि आर्मीको सहज जित","news_image_url":"https://cdn.nepalsportz.com/media/IMG_0396.jpeg","news_image_file":"https://app.nepalsportz.com/media/IMG_0396.jpeg","category":[{"id":1,"created":"2023-02-03T13:17:51.271694+05:45","modified":"2023-02-03T13:17:51.271713+05:45","created_np":"2079-10-20T13:17:51.271727+05:45","modified_np":"2079-10-20T13:17:51.278345+05:45","name":"Football","slug":"football"}],"season":null,"content":"
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबले एन्फा राष्ट्रिय महिला लिगको दोस्रो चरणमा विजयी सुरुआत गरेको छ। 
सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा बिहिबार भएको खेलमा आर्मीले बागमती युवा क्लबलाई २–० ले पराजित गरेको हो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">आर्मीलाई जित दिलाउन दुवै गोल विंगर विमला चौधरीले गरिन्। उनले पहिलो र दोस्रो हाफमा समान एक गोल गरेकी थिइन्।
<span style=\"-webkit-text-size-adjust: 100%;\">विमलाले खेलको २५औं मिनेटमा विमला विकको पासलाई पोस्टको दिशा दिएकी थिइन्। ७१औं मिनेटमा विमलाले व्यक्तिगत तथा टोलीका लागि दोस्रो गोल गरिन्।
","created":"2025-01-02T17:52:30.910128+05:45","news_slug":"Army-win-over-bagmati"},{"id":3085,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"महिला लिग : आर्मी र बागमती भिड्दै","news_image_url":"https://cdn.nepalsportz.com/media/IMG_0359.jpeg","news_image_file":"https://app.nepalsportz.com/media/IMG_0359.jpeg","category":[{"id":1,"created":"2023-02-03T13:17:51.271694+05:45","modified":"2023-02-03T13:17:51.271713+05:45","created_np":"2079-10-20T13:17:51.271727+05:45","modified_np":"2079-10-20T13:17:51.278345+05:45","name":"Football","slug":"football"}],"season":null,"content":"
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । एन्फा महिला लिगको अन्तिम चरणका खेलहरु बिहीबारबाट सुरु हुँदैछ।
बिहीबार हुने पहिलो खेलमा त्रिभुवन आर्मी क्लब र बागमती युथ क्लबबीच खेल हुनेछ। खेल एन्फा कम्प्लेक्समा दिँउसो ३ बजे सुरु हुनेछ।
एन्फाको आयोजनामा हुने अन्तिम चरणको लिगमा ५ टोलीलले प्रतिस्पर्धा गर्नेछन्। गत भदौमा भएको दोस्रो चरणको लिगमा सहभागी दश टोलीबाट शीर्ष ५ टोली अन्तिम चरणका लागि छनोट भएका थिए। 
माघ १६ गतेसम्म चल्ने अन्तिम चरणको लिगमा विभागिय टोलीहरु नेपाल पुलिस, नेपाल एपिएफ क्लब र त्रिभुवन आर्मी क्लब, वालिङ नगरपालिका र बागमती युथ क्लबले सहभागीता जनाउँदै छन्।
","created":"2025-01-02T12:03:11.430627+05:45","news_slug":"Army-vs-Bagmati-today"},{"id":3084,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"नेपाल महिला टोलीले  फोर नेसन्स कप खेल्ने","news_image_url":"https://cdn.nepalsportz.com/media/IMG_0357.jpeg","news_image_file":"https://app.nepalsportz.com/media/IMG_0357.jpeg","category":[{"id":1,"created":"2023-02-03T13:17:51.271694+05:45","modified":"2023-02-03T13:17:51.271713+05:45","created_np":"2079-10-20T13:17:51.271727+05:45","modified_np":"2079-10-20T13:17:51.278345+05:45","name":"Football","slug":"football"}],"season":null,"content":"
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमले घरेलु मैदानमा फोर नेसन्स कप खेल्ने भएको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार प्रतियोगिता फागुन ५ देखि १४ गतेसम्म त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ।
यी खेल फ्रेबुअरीको फिफा अन्तर्राष्ट्रिय खेल विन्डोमा खेलाउन लागिएको एन्फाले जनाएको छ। प्रतियोगितामा नेपालसहित किर्गिस्तान, लेबनान र म्यानमार सहभागी हुनेछन् । 
<span style=\"-webkit-text-size-adjust: 100%;\">नेपालले फोर नेसन्स कपलाई एएफसी महिला एसियन कप २०२६ को छनोटको तयारीका रूपमा लिएको छ। 
","created":"2025-01-02T11:06:51.456778+05:45","news_slug":"Nepal-women-team"},{"id":3083,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"सन्दीपको कप्तानीमा बागमतीको टोली घोषणा","news_image_url":"https://cdn.nepalsportz.com/media/9584BF69-21B1-4D0B-8CEE-5716B146FBD4.jpeg","news_image_file":"https://app.nepalsportz.com/media/9584BF69-21B1-4D0B-8CEE-5716B146FBD4.jpeg","category":[{"id":3,"created":"2023-02-08T17:13:09.647250+05:45","modified":"2023-02-08T17:13:09.647269+05:45","created_np":"2079-10-25T17:13:09.647282+05:45","modified_np":"2079-10-25T17:13:09.647504+05:45","name":"Cricket","slug":"Cricket-nepal"}],"season":null,"content":"
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । जय ट्रफी मेन्स एलिट कपका लागि बागमती प्रदेशको टोली घोषणा भएको छ ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">बागमती प्रदेश क्रिकेट संघले बिहीबार सन्दीप लामिछानेको कप्तानीमा १५ सदस्यीय अन्तिम टोलीको घोषणा गरिएको हो । बागमती प्रदेशले गत साता प्रारम्भिक टोलीमा १८ खेलाडीलाई डाकेको थियो ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">टोली घोषणा गरेसँगै बागमती प्रदेशको टोलीमा सन्दीप लामिछाने (कप्तान), सूर्य तामाङ, रिजन ढकाल, प्रतिश जिसी, उत्तम थापा मगर, आशुतोष घिरैया, रित गौतम, इशान पाण्डे, विपिन आचार्य, शुभ कसांकार, रोहन विके, सुर्यांशु कोइराला, नन्दन यादव, प्रतिक श्रेष्ठ, तिलकराज भण्डारी रहेका छन् ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा जय ट्रफी पुस २१ देखि २९ गते सम्म मधेश प्रदेशको जनकपुर र वीरगन्जमा हुनेछ । जय ट्रफीमा २०२४ को सुरुवातमा भएको प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगिताको शीर्ष चार टोली(नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, बागमती प्रदेश तथा मधेश प्रदेश) को सहभागिता रहने छ ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">सिङ्गल राउण्ड रोबिन लिगका आधारमा संचालन हुने प्रतियोगिताको शीर्ष २ टोलीबीचमा फाइनल हुनेछ । जनकपुर र वीरगंजमा हुने प्रतियोगितामा बागमती प्रदेशको लिगका सबै खेल जनकपुरमा हुनेछ । बागमतीले उद्घाटनकै दिन मधेश प्रदेशको सामना गर्नेछ।
","created":"2025-01-02T11:02:12.719258+05:45","news_slug":"Sandeep-Captain-Bagmati-squad-announced"},{"id":3082,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"चेल्सी स्तब्ध","news_image_url":"https://cdn.nepalsportz.com/media/IMG_0347.jpeg","news_image_file":"https://app.nepalsportz.com/media/IMG_0347.jpeg","category":[{"id":1,"created":"2023-02-03T13:17:51.271694+05:45","modified":"2023-02-03T13:17:51.271713+05:45","created_np":"2079-10-20T13:17:51.271727+05:45","modified_np":"2079-10-20T13:17:51.278345+05:45","name":"Football","slug":"football"}],"season":null,"content":"
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौँ । लण्डन क्ल्ब चेल्सी आइपीस्वीच टाउनसँग स्तब्ध भएको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">प्रिमियर लिग अन्तर्गत सोमबार राति भएको खेलमा टाउनले चेल्सीलाई २–० ले पराजित गरेको हो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">टाउनको जितमा लियाम डेलाप र ओमारी हटचिनसनले एक एक गोल गरे।
<span style=\"-webkit-text-size-adjust: 100%;\">जितसँगै १९ खेलबाट १५ जोडेको आइपीस्वीच टाउन १८औं स्थानमा उक्लिएको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">पराजित चेल्सीको भने यस सिजनमा यो चौथो हार हो। १९ खेलबाट ३५ अंक रहेको चेल्सी तेस्रो स्थानमा छ।
","created":"2024-12-31T08:22:42.173939+05:45","news_slug":"Chelsea-lost-with-ipwich-"},{"id":3081,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"युनाइटेड घरेलु मैदानमै पराजित","news_image_url":"https://cdn.nepalsportz.com/media/IMG_0346.jpeg","news_image_file":"https://app.nepalsportz.com/media/IMG_0346.jpeg","category":[{"id":1,"created":"2023-02-03T13:17:51.271694+05:45","modified":"2023-02-03T13:17:51.271713+05:45","created_np":"2079-10-20T13:17:51.271727+05:45","modified_np":"2079-10-20T13:17:51.278345+05:45","name":"Football","slug":"football"}],"season":null,"content":"
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौँ । इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले अर्को हार बेहोरेको छ 
<span style=\"-webkit-text-size-adjust: 100%;\">सोमबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेड न्यूक्यासल युनाइटेडसँग २-० ले पराजित भएको हो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">पाहुना टोली न्यूक्यासलको जितमा अलेजण्डर इसक र जोएलिंटनले एक एक गोल गरे।
जितसँगै न्यूक्यसल युनाइटेड १९ खेलबाट ३२ अंकसहित लिगको पाँचौं स्थानमा उक्लिएको छ।
यता, युनाइटेडको भने यस सिजनमा यो नवौं हार हो। समान १९ खेलबाट २२ अंक रहेको युनाइटेड १४औँ स्थानमा झरेको छ।
","created":"2024-12-31T07:35:34.705737+05:45","news_slug":"United-lost"},{"id":3080,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"दीपेन्द्र ओमोडाको ब्रान्ड एम्बेस्डर","news_image_url":"https://cdn.nepalsportz.com/media/IMG_0345.jpeg","news_image_file":"https://app.nepalsportz.com/media/IMG_0345.jpeg","category":[{"id":3,"created":"2023-02-08T17:13:09.647250+05:45","modified":"2023-02-08T17:13:09.647269+05:45","created_np":"2079-10-25T17:13:09.647282+05:45","modified_np":"2079-10-25T17:13:09.647504+05:45","name":"Cricket","slug":"Cricket-nepal"}],"season":null,"content":"
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । अलराउन्डर दिपेन्द्र सिंह ऐरीलाई  ओमोडाको ब्रान्ड एम्बेस्डरका रूपमा अनुबन्ध गरेको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">सोमबार एक कार्यक्रमबीच दिपेन्द्र सिंह ऐरीले ब्रान्ड एम्बेस्डरका रुपमा सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्। साथै ऐरीलाई ओमोडा ई फाइभ हस्तान्तरण समेत गरिएको छ। ऐरी हालै सम्पन्न भएको नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोएल्सका कप्तान हुन्।
<span style=\"-webkit-text-size-adjust: 100%;\">एनपीएल २०२४ को ‘ओमोडा इलेक्ट्रिफाइङ प्लेयर अफ द टुर्नामेन्ट’ बनेका उनलाई ओमोडा–इफाइभ प्रदान गरिएको थियो। शारडा ग्रुप एसपीजी अटोमोबाइल्स प्रालि (ओमोडा एन्ड जेइकोका लागि नेपालमा आधिकारिक वितरक)को अभिभावक कम्पनी हो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">उक्त कार पाएवापत लाग्ने सम्पूर्ण कर (करिब १५ लाख रुपैयाँ) पनि कम्पनीले बेहोर्ने जनाइएको छ। ९९ किलोवाट मोटर रहेको उक्त गाडीमा ६१ किलोवाट आवरको ब्याट्री रहेको छ । कम्पनीका अनुसार यसले ४३० किलोमिटरको रेन्ज दिन्छ।
","created":"2024-12-30T20:21:54.688292+05:45","news_slug":"Dopendra-omoda-brand-ambassador"},{"id":3079,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"स्युचाटार क्रिकेट लिग : स्टुडियो सेभेन क्वार्टरफाइनलमा, मिक्समान्डुको लगातार दोश्रो जित","news_image_url":"https://cdn.nepalsportz.com/media/IMG_0344.jpeg","news_image_file":"https://app.nepalsportz.com/media/IMG_0344.jpeg","category":[{"id":3,"created":"2023-02-08T17:13:09.647250+05:45","modified":"2023-02-08T17:13:09.647269+05:45","created_np":"2079-10-25T17:13:09.647282+05:45","modified_np":"2079-10-25T17:13:09.647504+05:45","name":"Cricket","slug":"Cricket-nepal"}],"season":null,"content":"
<span style=\"-webkit-text-size-adjust: 100%;\">तारकेशवर युवा क्लबद्वारा आयोजित स्युचाटार क्रिकेट लिग इन्डोर टि-टेन प्रतियोगिताको तेश्रो दिनको खेलहरु सम्पन्न भएका छन्। आज सम्पन्न सातवटा खेलहरुमा थानकोट वारियर्स, स्मार्ट ए केयर मिडिया, ग्रेट हिमालयन क्रिकेट एकेडेमी, नेक्सस क्रिकेट एकेडेमी र मिक्समान्डु विजयी विजयी भएका छन्।
<span style=\"-webkit-text-size-adjust: 100%;\">आजको पहिलो खेलमा समुह 'डी' अन्तर्गत थानकोट वारियर्सले सानो स्वर्ग नेपाललाई तीन विकेटले पराजित गर्यो। ६४ रनको लक्ष्य पाएको थानकोट वारियर्सले ८.३ ओभरमा चार विकेट गुमाएर लक्ष्य पूरा गर्यो। प्लेयर अफ द म्याच घोषित थानकोट वारियर्सका सुरेश पुनले अवजित २९ रन बनाए।
<span style=\"-webkit-text-size-adjust: 100%;\">आजको दोस्रो खेलमा समुह 'बि' अन्तर्गत स्टुडियो सेभेनले स्मार्ट ए केयर मिडियालाई छ विकेटले पराजित गर्यो। ४६ रनको लक्ष्य पछाएको स्टुडियो सेभेनले ६. १ ओरमा एक विकेट गुमाएर लक्ष्य पूरा गर्यो । प्लेयर अफ द म्याच घोषित स्टुडियो सेवनका सन्देश कार्कीले १० रन बनाउनुको साथै तीन विकेट पनि लिए। समुह 'बि' बाट किंग्स क्रिकेट सबै ४ खेलमा जित समुह विजेताको रुपमा तथा स्टुडियो सेभेन ४ खेलमा ३ जित र १ हार पछि समुह उपविजेताको रुपमा क्वार्टरफाइनल प्रवेश गरेको छ।   
<span style=\"-webkit-text-size-adjust: 100%;\">आजको तेस्रो खेलमा समुह 'डी' अन्तर्गत ग्रेट हिमालय क्रिकेट एकेडेमीले लगातार चौंथो जित दर्ता गर्नेक्रममा पञ्चायन युथ क्लबलाई १२ रनले पराजित गर्यो। ४३ रनको लक्ष्य पछ्याउने क्रममा पञ्चायनले ३० रनमा सबै विकेट गुमायो। प्लेयर अफ द म्याच घोषित ग्रेट हिमालयका सन्दीप पराजुलीले चार विकेट लिए। जितसंगै समुह 'डी' को विजेताको रुपमा ग्रेट हिमालय क्रिकेट एकेडेमी क्वार्टरफाइनल प्रवेश गरेको छ। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">आजको चौथो खेलमा समुह 'बि' अन्तर्गत नेक्सस क्रिकेट एकेडेमीले स्मार्ट ए केयर मिडियालाई सात विकेटले पराजित गर्यो। २६ रनको लक्ष्य पाएको नेक्ससले २ दशमलव २ ओभरमा विकेट नगुमाई लक्ष्य पूरा गर्यो। प्लेयर अफ द म्याच घोषित नेक्ससका राजेश रावतले चार विकेट लिए।
<span style=\"-webkit-text-size-adjust: 100%;\">आजको पाँचौं खेलमा समुह 'डी' अन्तर्गत मिक्समाण्डुले पञ्चायन युथ क्लबलाई ३० रनले पराजित गर्यो। ८८ रनको लक्ष्य पछ्याउने क्रममा पञ्चायन ५७ रनमै समेटिन पुग्यो। प्लेयर अफ द म्याच घोषित मेक्समाण्डुका सोनु देवकोटाले तीन विकेट लिए। 
आजको छैटौं खेलमा समुह 'बि' अन्तर्गत नेक्सस क्रिकेट एकेडेमीले टिम रेन्सुलाई पाँच विकेटले पराजित गर्यो। टिम रेन्सुले दिएको ५३ रनको लक्ष्य नेक्ससले ७ दशमलव २ ओभरमा दुई विकेट गुमाएर पूरा गर्यो। प्लेयर अफ द म्याच घोषित मेक्ससका आर्यन बिकले तीन विकेट लिए।
<span style=\"-webkit-text-size-adjust: 100%;\">आजको सातौं खेलमा समुह 'डी' अन्तर्गत मिक्समाण्डुले सानो स्वर्ग नेपाललाई ७९ रनले पराजित गर्यो। १०५ रनको लक्ष्य पाएको सानो स्वर्गले २५ रनमा सम्पूर्ण विकेट गुमायो। प्लेयर अफ द म्याच घोषित मिक्समान्डुका अनुप श्रेष्ठले ४० रन बनाए। विशाल जितपछि ३ खेलमा २ जित र १ हार बेहोरेको मिक्समान्डुले क्वार्टरफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">चौंथो दिनको खेलपछि हालसम्म समुह 'बि' बाट किंग्स क्रिकेट र स्टुडियो सेभेन, समुह 'सी' बाट टिम बिडीएस तथा समुह 'डी' ग्रेट हिमालय क्रिकेट एकेडेमीले क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेका छन्।  
<span style=\"-webkit-text-size-adjust: 100%;\">प्रतियोगिता अन्तर्गत पाँचौ दिन मंगलबार पनि लिग चरणका ७ वटा खेलहरु हुनेछन्। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">लिग कम नकआउट आधारमा हुने प्रतियोगिताको विजेताले १ लाख र उपविजेताले ५० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । प्लेयर अफ सिरिजलाई १० हजार तथा उत्कृष्ट बलर र ब्याट्सम्यानलाई जनही ५ हजार नगदबाट पुरस्कृत गरिने छ ।
","created":"2024-12-30T17:03:33.144117+05:45","news_slug":"Studio-seven-quarter-final"},{"id":3078,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"ग्वार्डिओलाको ५००औं खेलमा सिटी विजयी","news_image_url":"https://cdn.nepalsportz.com/media/IMG_0343.jpeg","news_image_file":"https://app.nepalsportz.com/media/IMG_0343.jpeg","category":[{"id":1,"created":"2023-02-03T13:17:51.271694+05:45","modified":"2023-02-03T13:17:51.271713+05:45","created_np":"2079-10-20T13:17:51.271727+05:45","modified_np":"2079-10-20T13:17:51.278345+05:45","name":"Football","slug":"football"}],"season":null,"content":"
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । म्यानचेष्टर सिटीले आफ्ना प्रशिक्षक पेप ग्वार्डिओलाको विशेष ५००औं खेलमा विजयी हासिल गरेको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">लगातार खराब प्रदर्शनबाट गुज्रिरहेको सिटीले आइतबार राति भएको खेलमा लेष्टर सिटीलाई २–० ले पराजित गरेको हो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">सिटीको जितमा ब्राजेलियन स्टार साभिन्हो र नर्वेजियन एर्लिङ हाल्यान्डले समान एक गोल गरे।
<span style=\"-webkit-text-size-adjust: 100%;\">पाँच लिग खेलपछि सिटीले पहिलो जित निकालेको छ। सिटीभन्दा शीर्ष स्थानको लिभरपुलले १४ अंकको अग्रता बनाएको छ। १८ खेलबाट लिभरपुलले ४५ तथा १९ खेलबाट सिटीको ३१ अंक छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">आइतबार रातिको जितपछि सिटी पाँचौ स्थानमा उक्लिएको छ।
","created":"2024-12-30T11:49:57.835941+05:45","news_slug":"Pep-city-win"},{"id":3077,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"लिभरपुलको सहज जित","news_image_url":"https://cdn.nepalsportz.com/media/IMG_0342.jpeg","news_image_file":"https://app.nepalsportz.com/media/IMG_0342.jpeg","category":[{"id":1,"created":"2023-02-03T13:17:51.271694+05:45","modified":"2023-02-03T13:17:51.271713+05:45","created_np":"2079-10-20T13:17:51.271727+05:45","modified_np":"2079-10-20T13:17:51.278345+05:45","name":"Football","slug":"football"}],"season":null,"content":"
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । इङ्लिस प्रिमियर लिगमा शीर्ष स्थानको लिभरपुलले सहज जित हासिल गरेको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">आइतबार राति अवे मैदानमा भएको खेलमा लिभरपुलले वेष्टहम युनाइटेडविरुद्ध ५–० को सानदार जित निकालेको हो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">लिभरपुलको जितमा लुइस डिआज, कोडी गाक्पो मोहम्मद सलाह, ट्रेन्ट एलेन्जान्डर अर्नोल्ड र डिअगो जोटाले गोल गरे।
<span style=\"-webkit-text-size-adjust: 100%;\">जितसँगै १८ खेलबाट ४५ अंक जोडेको लिभरपुल शीर्षमा छ। दोस्रो स्थानमा रहेको नटिघंम फोरेष्टको ३७ अंक जोडेको छ। यता, पराजित वेष्टहमको १९ खेलबाट २३ अंकसहित १३ औं स्थानमा छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">गएराति नै भएको खेलमा साविक विजेता म्यानचेष्टर सिटीले लेष्टर सिटीलाई २–० ले हराएको छ। 
","created":"2024-12-30T11:45:23.227419+05:45","news_slug":"Liverpool-win-west-ham-lost"},{"id":3076,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"जावलाखेल र चर्च ब्वाइज विजयी","news_image_url":"https://cdn.nepalsportz.com/media/IMG_0316.jpeg","news_image_file":"https://app.nepalsportz.com/media/IMG_0316.jpeg","category":[{"id":1,"created":"2023-02-03T13:17:51.271694+05:45","modified":"2023-02-03T13:17:51.271713+05:45","created_np":"2079-10-20T13:17:51.271727+05:45","modified_np":"2079-10-20T13:17:51.278345+05:45","name":"Football","slug":"football"}],"season":null,"content":"
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । जावलाखेल युथ क्ल्ब र चर्च ब्वाइज युनाइटेडले ललित स्मृति एन्फा यु–१८ युथ लिग अन्तर्गत आफ्नो अन्तिम खेलमा विजयी हासिल गरेका छन्। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) कम्प्लेक्समा आइतबार भएको दिनको दोस्रो खेलमा मनाङ मर्स्याङदी क्बलमाथि १–० को जित जित हासिल गरेदै चर्च ब्वाइजले यस सिजन अन्त्य गरेको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">चर्चको जितमा सन्दीप ठाडामगरले गरेको एक मात्रै गोल निर्णयक बन्यो। उनले खेलको ७०औं मिनेटमा गोल गरेका थिए।
<span style=\"-webkit-text-size-adjust: 100%;\">इन्जुरी समयमा गोलकिपर उदयजंग पाण्डेले रातो कार्ड बेहोर्दै मैदान छाडेपछि मनाङ १० खेलाडीमा समेटियो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">जितसँगै २२ खेलमा २५ अंक जोडेको चर्च ब्वाइजले आठौं स्थानमा रहेर लिगको अन्त्य गरेको छ। पराजित मनाङ समान खेलबाट २५ अंकका साथ नवौं स्थानमा रह्यो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">आइतबारै सम्पन्न खेलमा जावलाखेल युथ क्लबले सातदोबाटो युथ क्लबविरुद्ध २–० को जित निकाल्यो ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">जावलाखेलको जितमा दुवै गोल विवस दर्लामीले गरे। उनले खेलको २१औं र ६७औं मिनेटमा गोल गरे। त्यसपछि थप गोल निस्कन नसक्दा जावलाखेलले सहज जित निकाल्यो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">जितसँगै २२ खेलमा ३० अंक जोडेको जावलाखेलले सातौं स्थानमा रहेर लिगको अन्त्य गरेको छ। पराजित सातदोबाटो समान खेलबाट ११ अंकका साथ पुछारमा रह्यो।
","created":"2024-12-29T21:04:24.296625+05:45","news_slug":"Jawolakhel-church-winner"},{"id":3075,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"स्युचाटार क्रिकेट लिग : किंग्स, ग्रेट हिमालय र टिम बिडिएस क्वार्टरफाइनलमा","news_image_url":"https://cdn.nepalsportz.com/media/IMG_0315.jpeg","news_image_file":"https://app.nepalsportz.com/media/IMG_0315.jpeg","category":[{"id":3,"created":"2023-02-08T17:13:09.647250+05:45","modified":"2023-02-08T17:13:09.647269+05:45","created_np":"2079-10-25T17:13:09.647282+05:45","modified_np":"2079-10-25T17:13:09.647504+05:45","name":"Cricket","slug":"Cricket-nepal"}],"season":null,"content":"<p style=\"-webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: UICTFontTextStyleBody; font-size: 17px;\">तारकेशवर युवा क्लबद्वारा आयोजित स्युचाटार क्रिकेट लिग इन्डोर टि-टेन प्रतियोगिताको तेश्रो दिनको खेलहरु सम्पन्न भएका छन्। आज सम्पन्न तेश्रो दिनको खेलहरुमा बिएमडिमएस, स्टुडियो सेभेन, किंग्स क्रिकेट एकेडेमी, बिडिएस, ग्रेट हिमालय क्रिकेट एकेडेमी र कालिका वारियर्स विजयी भएका छन्। 
<p style=\"-webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: UICTFontTextStyleBody; font-size: 17px;\">आजको पहिलो खेलमा समुह 'सी' अन्तर्गत बिएमडिएसले स्याङ्जालाई ३२ रनले पराजित गर्यो। ९० रनको लक्ष्य पाएको स्याङ्जाले ५७ रनमै सबै विकेट गुमायो। प्लेयर अफ द म्याच घोषित बिएमडिएसका निरज भट्टले तीन विकेट लिनुको साथै १५ रन पनि बनाए
<p style=\"-webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: UICTFontTextStyleBody; font-size: 17px;\">आजको दोस्रो खेलमा समुह 'बि' अन्तर्गत स्टुडियो सेभेनले नेक्सस क्रिकेट एकेडेमीलाई १४ रनले पराजित गर्यो। ७० रनको लक्ष्य पाएको नेक्ससले ५५ रनमा सम्पूर्ण विकेट गुमायो। प्लेयर अफ द म्याच घोषित सन्देश क्षेत्रीले तीन विकेट लिए।
<p style=\"-webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: UICTFontTextStyleBody; font-size: 17px;\">आजको तेस्रो खेलमा समुह 'बि' अन्तर्गत किङ्स क्रिकेट एकेडेमीले लगातार चौंथो जित दर्ता गर्ने क्रममा स्मार्ट ए केयरलाई ४१ रनले पराजित गर्यो। ८६ रनको लक्ष्य पछ्याउने क्रममा स्मार्ट ए केयरले ४४ रनमा सम्पूर्ण विकेट गुमायो। प्लेयर अफ द म्याच घोषित भएका आश्रय बस्नेतले २७ रन बनाए। किंग्स समुह विजेताको रुपमा क्वार्टरफाइनल प्रवेश गरेको छ।
<p style=\"-webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: UICTFontTextStyleBody; font-size: 17px;\">आजको चौथो खेलमा समुह 'सी' अन्तर्गत बिडिएसले बिएमडिएसलाई १२ रनले पराजित गर्यो। ७९ रनको लक्ष्य पछाएको बिएमडिएसले ६६ रनमा सम्पूर्ण विकेट गुमायो। प्लेयर अफ द म्याच घोषित बिडिएस का बसन्त खत्रीले २३ रन बनाउनुको साथै एक विकेट पनि लिए।
<p style=\"-webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: UICTFontTextStyleBody; font-size: 17px;\">आजको पाँचौं खेलमा समुह 'डी' अन्तर्गत लगातार तेश्रो जित दर्ता गर्ने क्रममा ग्रेट हिमालय क्रिकेट एकेडेमीले मिक्समाण्डुलाई १८ रनले पराजित गर्यो। ८० रनको लक्ष्य पछ्याउने क्रममा मिक्समाण्डुले ६१ रन मात्र बनाउन सक्यो। खेलको प्लेयर अफ द म्याच घोषित क्रिस कार्कीले दुई विकेट लिनुको साथै सात रन पनि बनाए। जित पछि ग्रेट हिमालय क्वार्टरफाइनल पुग्ने पक्का भएको छ।
<p style=\"-webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: UICTFontTextStyleBody; font-size: 17px;\">आजको छैठौँ खेलमा टिम बिडिएसले लगातार तेश्रो जित दर्ता गर्ने क्रममा हिमालयन क्रिकेट एकेडेमीलाई ७० रनले पराजित गर्यो। १०४ रनको लक्ष्य पछाएको हिमालयन क्रिकेट एकेडेमीले ३३ रनमा सबै विकेट गुमायो । प्लेयर अफ द म्याच घोषित टिम बिडिएसका जतिन थापाले ५३ रन बनाए। जित पहि बिडिएस क्वार्टरफाइनल पुगेको छ। 
<p style=\"-webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: UICTFontTextStyleBody; font-size: 17px;\">आजको सातौं खेलमा कालिका वरियर्सले स्याङ्जा एभेन्जर्सलाई ४६ रनले पराजित गर्यो। कालिकाले दिएको ८१ रनको लक्ष्य पछ्याउने क्रममा स्याङ्जाले ३४ रनमा सम्पूर्ण विकेट गुमायो। प्लेयर अफ द म्याच घोषित लकी कडायतले ३४ रन बनाए।
<p style=\"-webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: UICTFontTextStyleBody; font-size: 17px;\">प्रतियोगिता अन्तर्गत सोमबार चौंथो दिन लिग चरणका ७ वटा खेल हुनेछन्। प्रतियोगिता ७ दिन सम्म चल्नेछ। 
","created":"2024-12-29T18:41:03.631656+05:45","news_slug":"Syuchatar-cricket-league"},{"id":3074,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"राष्ट्रिय क्लब चेसको सेमिफाइनल समिकरण पूरा","news_image_url":"https://cdn.nepalsportz.com/media/IMG_0293.jpeg","news_image_file":"https://app.nepalsportz.com/media/IMG_0293.jpeg","category":[{"id":6,"created":"2023-02-25T05:35:16.095163+05:45","modified":"2023-02-25T05:43:41.832025+05:45","created_np":"2079-11-13T05:43:41.832036+05:45","modified_np":"2079-11-13T05:43:41.832254+05:45","name":"Other Sports","slug":"other-sports"}],"season":null,"content":"
<span style=\"-webkit-text-size-adjust: 100%;\"> नेपाल बुद्धिचाल महासंघको क्यालेण्डरी राष्ट्रिय क्लब टिम च्याम्पियनसिप चेस प्रतियोगिता आज चौथो दिन ७ चरणको अन्तिम लिग खेल सम्पन्न भएका छन्। यस सँगै प्रतिस्पर्धा मार्फत ४ उत्कृष्ट टोली सेमिफाइनल समिकरण प्रवेश गरेका छन्। 
           ललितपुर स्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा सञ्चालित लिग चरणको अन्तिम खेल पश्चात् ललितपुर महानगरपालिकाको टिम १४ अंक, थापाथली चेस क्लब १०, दोलखा चेस होम १० अंक र ललितपुर स्पोर्ट्स क्लब ९ अंक जोडेर सेमिफाइनल प्रवेशका लागि छनौट भए । 
               जम्माजम्मि उच्च अंक जोड्ने ४ टिमले सेमिफाइनल समिकरणमा प्रवेश पाउने मध्ये महालक्ष्मी नगरपालिका खेल टिमले ९ अंक र दोलखा चेस होमले ८ अंक बोकेर प्रतिस्पर्धामा उत्रेका थिए। यस बाहेक ललितपुर स्पोर्ट्स क्लब, दोलखा जिल्ला संघ, कोशी प्रदेश संघ, काठमाडौं चेस क्लब र कास्की जिल्ला संघले समान ७ अंकमा रहदै सम्भावना जगाएका थिए।
            स्वीस लिग तालिकाले ७ औं लिग चरणमा ललितपुर महानगरपालिका र महालक्ष्मी नगरपालिका, दोलखा चेस होम र थापाथली चेस पार्क, दोलखा जिल्ला संघ र काठमाडौं चेस क्लब, कास्की जिल्ला संघ र ललितपुर स्पोर्ट्स क्लब, सुदूरपश्चिम प्रदेश र कोशी प्रदेश विच प्रतिस्पर्धा चलेको थियो। 
        नेपाल बुद्धिचाल महासंघ र ललितपुर स्पोर्ट्स क्लबको संयुक्त आयोजनामा सञ्चालन भइरहेको ७ औं राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिप प्रतियोगिताका विजेताले नगद २ लाख पुरस्कार , ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । 
       यस्तै उपविजेता टोलीले नगद १ लाख २० हजार, मेडल, प्रमाणपत्र, तृतीय हुने टोलीले नगद ६० हजार र चौथो स्थानमा आउने टोलीले नगद ४० हजार प्राप्त गर्नेछन्। 
         प्रतिस्पर्धामा व्यक्तिगत विधा तर्फ उत्कृष्ट अंक प्राप्त गर्दै क्रमशः रुपेश जैसवाल, सुशील चौधरी, कृष्ण थापा, हेम भण्डारी र अभिक शाहले जनही नगद १० - १० हजार हात पारेका छन्। 
        भोलि सेमिफाइनल खेल ललितपुर महानगर र ललितपुर स्पोर्ट्स क्लब विच तथा थापाथली चेस पार्क र दोलखा चेस होम बिच सेमिफाइनल भिडन्त हुने भएको छ।
","created":"2024-12-29T05:27:24.340534+05:45","news_slug":"National-cclub-chess-semifinal"},{"id":3073,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"रेलिगेसनको टाउनमाथि आर्सनलको कठि जित","news_image_url":"https://cdn.nepalsportz.com/media/IMG_0248.jpeg","news_image_file":"https://app.nepalsportz.com/media/IMG_0248.jpeg","category":[{"id":1,"created":"2023-02-03T13:17:51.271694+05:45","modified":"2023-02-03T13:17:51.271713+05:45","created_np":"2079-10-20T13:17:51.271727+05:45","modified_np":"2079-10-20T13:17:51.278345+05:45","name":"Football","slug":"football"}],"season":null,"content":"
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौँ । इंङ्लिस प्रिमियर लिग अन्तर्गत १८औँ साताको खेलमा आर्सनलले आइपीस्वीच टाउनलाई पराजित गरेको छ। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">आर्सनलको घरेलु मैदान एमिरेट्स स्टेडियम शुक्रबार राति भएको खेलमा आर्सनलले टाउनलाई १–० ले पराजित गरेको हो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">आर्सनलको जितमा काइ हार्भेटले गोल गरे। उनले खेलको २३औं मिनेटमा गरेको गोल नै खेलको निर्णायक बन्यो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">जितसँगै आर्सनल लिगको दोस्रो स्थानमा उक्लिएको छ। आर्सनलले १८ खेलबाट ३६ अंक जोडेको छ। पराजित टाउनको १८ खेलबाट १२ अंक रहेको छ र लिगमा १९औं स्थानमा छ ।
","created":"2024-12-28T10:33:34.489505+05:45","news_slug":"Arsenal-win-relegation-town"},{"id":3072,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"भिनिसियस उत्कृष्ट खेलाडी","news_image_url":"https://cdn.nepalsportz.com/media/IMG_0247.jpeg","news_image_file":"https://app.nepalsportz.com/media/IMG_0247.jpeg","category":[{"id":1,"created":"2023-02-03T13:17:51.271694+05:45","modified":"2023-02-03T13:17:51.271713+05:45","created_np":"2079-10-20T13:17:51.271727+05:45","modified_np":"2079-10-20T13:17:51.278345+05:45","name":"Football","slug":"football"}],"season":null,"content":"
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौँ । ग्लोबल सकर अवार्डको घोषणा भएको छ। दुबईमा शुक्रबार राति आयोजना गरिएको कार्यक्रममा विश्व फुटबलमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडी र प्रशिक्षकलाई ग्लोबल सकर अवार्डले सम्मानित गरिएको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">हरेक बर्ष दिइने सो अवार्ड यस बर्ष २०२४ को उपाधि रियल मड्रिडका ब्राजिलियन भिनिसियस जुनियरले उत्कृष्ट पुरुष खेलाडीको अवार्ड जिते। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">त्यस्तै बार्सिलोनाकी एताना बोनमातीले उत्कृष्ट महिलातर्फको अवार्ड जितेकी छन्। त्यस्तै भिनिसियस जुनियरले उत्कृष्ट फरवार्डको अवार्ड समेत जितेका छन्।
<span style=\"-webkit-text-size-adjust: 100%;\">रियल मड्रिडका जुडे बेलिङघमले उत्कृष्ट मिडफिल्डरको अवार्ड जिते भने उनले बेस्ट गोलस्कोरर (म्याराडोना अवार्ड( समेत जितेका छन्। त्यस्तै रियलका प्रशिक्षक कार्लो एन्सेलोटीले बेस्ट कोचको अवार्ड जिते भने रियलले बेस्ट पुरुष क्लबको अवार्ड जितेको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">त्यस्तै बार्सिलोनाका लामिन यमलले उत्कष्ट इमर्जिंग खेलाडीको अवार्ड जिते भने बार्सिलोनाले उत्कृष्ट महिला क्लबको अवार्ड जितेको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">त्यसैगरी क्रिस्टियानो रोनाल्डोलाई उत्कृष्ट मिडल इस्ट खेलाडीको अवार्ड दिइएको छ भने अल हिलालका प्रशिक्षक जर्ज जिससले मिडल इस्टको उत्कृष्ट प्रशिक्षकको अवार्ड जितेका छन्।
<span style=\"-webkit-text-size-adjust: 100%;\">अवार्ड कार्यक्रममा नेइमारलाई प्लेयर क्यारियर अवार्ड दिइएको थियो भने थिबाउट कोर्टोइस, रियो फर्डीनान्डलाई पनि प्लेयर क्यारियर अवार्ड दिइएको थियो।
","created":"2024-12-28T10:26:05.192609+05:45","news_slug":"Vinicius-jr-best-player"},{"id":3071,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"स्युचाटार क्रिकेट लिग सुरु : किंग्स क्रिकेट एकेडेमीको दोहोरो जित","news_image_url":"https://cdn.nepalsportz.com/media/E72031CF-D451-446E-AAB3-B68FC2080D80.jpeg","news_image_file":"https://app.nepalsportz.com/media/E72031CF-D451-446E-AAB3-B68FC2080D80.jpeg","category":[{"id":3,"created":"2023-02-08T17:13:09.647250+05:45","modified":"2023-02-08T17:13:09.647269+05:45","created_np":"2079-10-25T17:13:09.647282+05:45","modified_np":"2079-10-25T17:13:09.647504+05:45","name":"Cricket","slug":"Cricket-nepal"}],"season":null,"content":"<p style=\"-webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: UICTFontTextStyleBody; font-size: 17px;\">तारकेशवर युवा क्लबद्वारा आयोजित स्युचाटार क्रिकेट लिग इन्डोर टि-टेन प्रतियोगिता सुरु भएको छ। लिग अन्तर्गत पहिलो दिन सम्पन्न ६ वटा खेलहरुमा किंग्स क्रिकेट एकेडेमी, हसनटार युथ क्लब, स्टुडियो सेभेन र चक्रवर्ती ल कलेज र नवज्योति युवा परिवार विजयी भएका छन्। 
<p style=\"-webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: UICTFontTextStyleBody; font-size: 17px;\">काठमाडौँको स्युचाटार स्थित तारकेश्वर युवा क्लबको इन्डोर खेल मैदान सुरु भएको प्रतियोगिताको उद्घाटन नेपाल सरकारका पूर्व अर्थ मन्त्रि प्रकाश शरण महत र तारकेश्वर युवा क्लबका अध्यक्ष सन्तोष बुढाथोकीले ब्याटिंग र बलिंग गर्दै उद्घाटन गर्नु भएको थियो। 
<p style=\"-webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: UICTFontTextStyleBody; font-size: 17px;\">आज सम्पन्न पहिलो खेलमा समुह 'ए' अन्तर्गत हसनटार युथ क्लबले चक्रवर्ती कलेजलाई १ विकेटले पराजित गर्यो। ७२ रनको लक्ष्य पाएको हसनटारले ८. १ ओभरमा ६ विकेट गुमाएर लक्ष्य भेटायो। जितमा प्लेयर अफ द म्याच घोषित हसनटारका श्रीकृष्ण उपाध्यायले अविजित २६ रन बनाउनुको साथै १ विकेट लिए।
<p style=\"-webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: UICTFontTextStyleBody; font-size: 17px;\">आजको दोश्रो खेलमा समुह 'बि' अन्तर्गत स्टुडियो सेभेनले टिम रेन्सुलाई १६ रनले पराजित गर्यो। ४७ रनको लक्ष्य पछ्याएको टिम रेन्सुले ७. २ ओभरमा ३० रनमा सबै विकेट गुमायो। प्लेयर अफ द म्याच घोषित स्टुडियो सेभेनका बिनम क्षेत्रीले ४ विकेट लिए।
<p style=\"-webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: UICTFontTextStyleBody; font-size: 17px;\">आजको तेश्रो खेलमा समुह 'ए' अन्तर्गत नवज्योति युवा परिवारले तारकेश्वर युथ क्लबलाई ५३ रनले पराजित गर्यो। ९२ रनको लक्ष्य  पछ्याएको तारकेश्वरले ३८ रनमा सबै विकेट गुमायो। प्लेयर अफ द म्याच घोषित नवज्योतिका सिचम खनालले अविज्ती ४५ रन बनाए।
<p style=\"-webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: UICTFontTextStyleBody; font-size: 17px;\">आजको चौंथो खेलमा समुह 'बि' अन्तर्गत किंग्स क्रिकेट एकेडेमीले नेक्सस क्रिकेट एकेडेमीलाई २ विकेटले पराजित गर्यो। ५१ रनको लक्ष्य पछ्याएको किंग्सले ९.३ ओभरमा ५ विकेट गुमाएर लक्ष्य पुरा गर्यो। प्लेयर अफ द म्याच घोषित किंग्सका आश्रय अधिकारीले १ विकेट लिनुको साथै अविजित २२ रन बनाए।
<p style=\"-webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: UICTFontTextStyleBody; font-size: 17px;\">आजको पाँचौ खेलमा समुह 'ए' अन्तर्गत चक्रवर्ती ल कलेजले तारकेश्वर युथ क्लबलाई ७ विकेटले पराजित गर्यो। तारकेश्वरले दिएको ३० रनको लक्ष्य चक्रवर्तीले ३ ओभरमा विकेट नगुमाई भेटायो। प्लेयर अफ द म्याच घोषित चक्रवर्तीका इमामुल हकले १४ र बनाउनुको साथै १ विकेट पनि लिए।
<p style=\"-webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: UICTFontTextStyleBody; font-size: 17px;\">आजको छैठौं तथा अन्तिम खेलमा समुह 'बि' अन्तर्गत दोश्रो जित दर्ता गर्ने क्रममा किंग्स क्रिकेट एकेडेमीले स्टुडियो सेभेनलाई ३ विकेटले पराजित गर्यो। स्टुडियो सेभेनले दिएको ४६ रनको लक्ष्य किंग्सले ८. ३ ओभरमा भेटायो। प्लेयर अफ द म्याच घोषित किंग्सका प्रसिद्ध श्रेष्ठले ३ विकेट लिए। 
<p style=\"-webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: UICTFontTextStyleBody; font-size: 17px;\">प्रतियोगिता अन्तर्गत दोश्रो दिन शनिवार ८ वटा खेल हुनेछन्। विहान <span dir=\"ltr\">८ बजे हसनटार युथ र नवज्योति युथ क्लब, विहान <span dir=\"ltr\">९ बजे थानकोट वारियर्स र ग्रेट हिमालयन क्रिकेट एकेडेमी, विहान <span dir=\"ltr\">१० बजे सानो स्वर्ग र पन्चायन युथ क्लब, विहान <span dir=\"ltr\">११ बजे टिम बिडीएस र कालिका वारियर्स, मध्यान्ह <span dir=\"ltr\">१२ बजे ग्रेट हिमालयन र सानो स्वर्ग, दिउँसो <span dir=\"ltr\">१ बजेनवज्योति युथ क्लब र सीईसी, दिउँसो <span dir=\"ltr\">२ बजे टिम रन्सु र किंग क्रिकेट एकेडेमी तथा दिउँसो <span dir=\"ltr\">३ बजे नेक्सस क्रिकेट एकेडेमी र स्मार्ट एक्युर बीच प्रतिस्पर्धा हुनेछ।  
","created":"2024-12-27T22:13:16.301074+05:45","news_slug":"Syuchatar-Cricket-League-Day-1"},{"id":3070,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"ललितपुर महानगरपालिका टिमको एकल चेस अग्रता","news_image_url":"https://cdn.nepalsportz.com/media/9DB7A118-E95A-41F4-9683-8358E15BFD3D.jpeg","news_image_file":"https://app.nepalsportz.com/media/9DB7A118-E95A-41F4-9683-8358E15BFD3D.jpeg","category":[{"id":6,"created":"2023-02-25T05:35:16.095163+05:45","modified":"2023-02-25T05:43:41.832025+05:45","created_np":"2079-11-13T05:43:41.832036+05:45","modified_np":"2079-11-13T05:43:41.832254+05:45","name":"Other Sports","slug":"other-sports"}],"season":null,"content":"
<span style=\"-webkit-text-size-adjust: 100%;\">१२ पौष , ललितपुर ।<span style=\"-webkit-text-size-adjust: 100%;\">                           ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा सञ्चालन भइरहेको ७ औं तुल्सीलाल स्मृति क्लब टिम च्याम्पियनसिपको तेस्रो दिन चौथो चरणका खेल सम्पन्न भएका छन्। 
             तुल्सीलाल स्मृति प्रतिष्ठानमा सम्पन्न प्रतिस्पर्धात्मक खेलमा ललितपुर महानगरपालिकाको टिम ८ अंक बनाउदै एकल अग्रता हासिल गरेका छन्। महानगरपालिकाका टिमले चौथो चरणमा दुई पटकका च्याम्पियन थापाथली चेस पार्क माथि ३ - ० को स्कोर अन्तरले जित निकाल्न सफल बने। 
            स्पर्धामा पहिलो वोर्ड रोमाञ्चक रहन पुगे । दुई एफएम विच छरिटो खेल २३ चाल सम्म थ्योरिकल रुपमा अगाडि बढेका थिए। एफएम रुपेश जैसवालले २४ औं चालमा नोभल्टि ल्याउदै अन्यौल श्रृजना गर्न पुगे। अनन्तोगत्व एफएम रिजेन्द्रले ब्लन्डर गरे पछि नमीठो हार व्यहोर्नु पर्यो। 
             चौथो वोर्डमा उत्कृष्ट खेल पस्किरहेका युवा अभिक शाहले आफ्नो लय कायम गर्दै वोमन नेशनल च्याम्पियन सिन्दिरा जोशी विरुद्ध एण्डिङ खेलमा पाउन अप लिन पुगे। अभिकले त्यहि पाउनलाई क्विन प्रमोट गर्दै सिन्दुरको किङ्गलाई एक्लो बनाइ हार स्वीकार्न बाध्य बनाएका थिए। 
              यस्तै दोश्रो वोर्डमा महानगरपालिकाका उदीयमान खेलाडी पुरुषोत्तम सिलवालले थापाथलीका खेलाडी सुशील चौधरी सँग स्लाइडलि अप रहँदै प्रस्तावित बराबरी स्वीकारेका छन्। 
             तेस्रो वोर्डमा भने अन क्लियर पोजिशन देखिन्थ्यो। खेल जितहार परिणाम जस्को पक्षमा निस्के पनि ललितपुर महानगरको टिम आवश्यक अंक बटुलिसकेको हुदा एफएम क्षितिज भण्डारी र आशिष् फूँयालले बराबरीमा टुङ्याउन राजि बनेका हुन्। 
             सर्वाधिक पुरस्कार राशी प्रदान गरिने क्लब टिम प्रतियोगितामा थापाथली चेस पार्क हारका बाबजुद ६ अंक बोकेर दोश्रो स्थानमा स्थिर रहेका छन्। चेस पार्कको ११.५ टाइब्रेकर रहेको छ। समान ६ अंक बोकेर गत संस्करणको विजेता दोलखा चेस होम तेश्रो स्थानमा रहन सफल भएका छन्। 
               दोलखाका खेलाडी नेपाल च्याम्पियन राजन सुवेदीले पहिलो वोर्डमा भक्तपुरका विपक्षी खेलाडी अनुपस्थित रहँदा अर्को खेलाडी सँग प्रतिस्पर्धा गर्न मानेनन्।  टेक्निकल टिमले उनलाई अंक प्रदान गरे। तेस्रो वोर्डमा भक्तपुर कै राजेश कक्षपतिले विवाद बारे अन्तर्राष्ट्रिय रेफ्रि संग जानकारी लिन मोबाइल चलाउदा उनले पनि खेल गुमाउन बाध्य बने। दोस्रो वोर्डका प्रकाशचन्द्र नेपालले विनय थापा माथि मुस्किल जित निकाल्दै टिमलाई महत्त्वपूर्ण अंक दिलाएका छन्। पुुजा भण्डारी भने सयन कोजुसित हारेकि छिन्। 
           ७ चरणको लिग खेलमा प्रतिस्पर्धा गरि उच्च अंक बनाउने ४ टोलि नकआउट समिकरणमा प्रवेश गर्ने सम्भावना कायम राखेका दोलखा जिल्ला बुद्धिचाल संघ, कोशी प्रदेश बुद्धिचाल संघ, काठमाडौं चेस क्लब, आयोजक ललितपुर स्पोर्ट्स क्लब, ललितपुर महालक्ष्मी नगरपालिका, कास्की जिल्ला बुद्धिचाल संघले समान ५ अंक जोडेका छन्।
          प्रतियोगिताको पाँचौ चरणको खेल चलिरहेको छ भने भोलि लिग चरणको सबै खेल सम्पन्न हुने जानकारी एफए सोराज ताम्राकारले दिएका छन्। ताम्राकारका अनुसार आजको खेल युवा व्यवसायी रञ्जन ठकुरी घोषालले आरम्भ गरेको थियो । उनले स्पोर्ट्स क्लबलाई ५० थान चेस वोर्ड उपहार प्रदान गरेको थियो।
","created":"2024-12-27T21:46:28.161029+05:45","news_slug":"Lalitpur-leads"},{"id":3069,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"यु–१६ युथ लिग : चर्च ब्वाइज र मछिन्द्रको विजयी सुरुआत","news_image_url":"https://cdn.nepalsportz.com/media/IMG_0242.jpeg","news_image_file":"https://app.nepalsportz.com/media/IMG_0242.jpeg","category":[{"id":1,"created":"2023-02-03T13:17:51.271694+05:45","modified":"2023-02-03T13:17:51.271713+05:45","created_np":"2079-10-20T13:17:51.271727+05:45","modified_np":"2079-10-20T13:17:51.278345+05:45","name":"Football","slug":"football"}],"season":null,"content":"
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । एन्फा यु–१६ युथ लिगमा चर्च ब्वाइज युनाइटेड र मछिन्द्र फुटबल क्लबले विजयी हासिल गरेको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा शुक्रबार भएको उद्घाटन खेलमा संकटा क्लबविरुद्ध २–१ को पुनरागमन जित दर्ता चर्च ब्वाइजले विजयी सुरुआत गरेको हो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">चर्च ब्वाइजको जितमा सोनिल मगर र सुगम रानाले गोल गरे। संकटाका लागि पेम्बा तामाङले गरेको गोल सान्त्वना बन्यो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">खेलको १५औं मिनेटमा पेम्बाको पेनाल्टी गोलमार्फत संकटाले अग्रता लिएको थियो। ३०औं मिनेटमा सोनिलले फ्रिकिकमार्फत चर्च ब्वाइजका लागि बराबरी गोल फर्काए ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">निर्धारित समय सकिन पाँच मिनेट बाँकी रहँदा सुगमले गोल गर्दै चर्च ब्वाइजलाई २–१ को रोमाञ्चक पुनरागमन जित दिलाए।
<span style=\"-webkit-text-size-adjust: 100%;\">यस्तै दोस्रो खेलमा मछिन्द्र फुटबल क्लबले हिमालयन शेर्पा क्लबमाथि ६–० गोलको सहज जित हासिल गरेको छ।
","created":"2024-12-27T21:39:18.837467+05:45","news_slug":"Church-boys-Machhindra-win"}]}