{"count":5184,"next":"https://app.nepalsportz.com/news/?format=json&page=101","previous":"https://app.nepalsportz.com/news/?format=json&page=99","results":[{"id":3253,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"झापा र ब्वाइज युनियनले अंक बाँडे","news_image_url":"https://s3-np1.datahub.com.np/nepalsports/media/IMG_6581.jpeg","news_image_file":"https://app.nepalsportz.com/media/IMG_6581.jpeg","category":[{"id":1,"created":"2023-02-03T13:17:51.271694+05:45","modified":"2023-02-03T13:17:51.271713+05:45","created_np":"2079-10-20T13:17:51.271727+05:45","modified_np":"2079-10-20T13:17:51.278345+05:45","name":"Football","slug":"football"}],"season":null,"content":"
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं। ब्वाइज युनियन क्लब झापा फुटबल क्लबले सहिद स्मारक ‘बी’ डिभिजन बराबरी खेलेका छन्।
<span style=\"-webkit-text-size-adjust: 100%;\">सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ ९एन्फा० कम्प्लेक्समा शुक्रबार सम्पन्न खेलमा ब्वाइज युनियनले झापा फुटबल क्लबलाई १–१ को बराबरीमा रोकेको हो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">झापाका निकेश श्रेष्ठले गोल गरे। युनियनका लागि सञ्जीव लामाले गोल गर्दै एक अंक दिलाए।
<span style=\"-webkit-text-size-adjust: 100%;\">निकेशले झापालाई सुरुआती अग्रता दिलाएका थिए। तर, पहिलो हाफको इन्जुरी समयमा सञ्जीवले गोल गर्दै ब्वाइज युनियनलाई हारबाट जोगाए।
","created":"2025-03-28T21:28:22.373504+05:45","news_slug":"Jhapa-boys-union"},{"id":3252,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"मेयर कप भलिबलको उपाधि निलकण्ठ र ललितपुरलाई","news_image_url":"https://s3-np1.datahub.com.np/nepalsports/media/att.YFGQCrGSB1qJSrMrZcGpB28yvNHMVuEQPreMDK3cCG8.jpeg","news_image_file":"https://app.nepalsportz.com/media/att.YFGQCrGSB1qJSrMrZcGpB28yvNHMVuEQPreMDK3cCG8.jpeg","category":[{"id":4,"created":"2023-02-08T17:13:28.632012+05:45","modified":"2023-02-08T17:13:28.632034+05:45","created_np":"2079-10-25T17:13:28.632047+05:45","modified_np":"2079-10-25T17:13:28.632269+05:45","name":"Volleyball","slug":"volley-ball"}],"season":null,"content":"
<span style=\"-webkit-text-size-adjust: 100%;\">जावलाखेल । निलकण्ठ नगरपालिका धादिङ र आयोजक ललितपुर महानगरपालिकाले बागमती प्रदेशस्तरीय अन्तरपालिका मेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेका छन्।
<span style=\"-webkit-text-size-adjust: 100%;\">जावलाखेल भलिबल प्रशिक्षण केन्द्र कभर्डहल जावलाखेलमा बिहिवार सम्पन्न महिलातर्फ निलकण्ठले महालक्ष्मी नगरपालिकालाई हराउँदै च्याम्पियन बनेको हो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">निलकण्ठले २५-१५ २५-२३ तथा २७-२५ ले हराउँदै उपाधि जितेको हो। उपाधिसँगै निलकण्ठले दुई लाख पायो भने उपविजेता महालक्ष्मीले एक लाखमा चित्त बुझायो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">पुरुषतर्फ आयोजना ललितपुरले महांकाल गाउँपालिकालाई ३-० को सोझो सेटमा हराउँदै उपाधिमा कब्जा जमायो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">ललितपुरले पहिलो सेट, २५-१७, दोस्रो सेट, २५-२० र तेस्रो सेटमा २५-१७ ले आफ्नो पक्षमा पार्यो।
यस्तै, पुरुषतर्फ मन्थली नगरपालिका तथा महिलातर्फ आयोजक ललितपुरले तेस्रो स्थान हासिल गर्यो। मन्थलीले मेलुङ गाउँपालिकालाई २५-१५, २५-१६ र  २५-२२ काे स्काेरमा हराउँदै तेस्राे भयाे भने महिलातर्फ ललितपुरले बिगु गाउँपालिकालाई हराउँदै तेस्राे भयाे।
<span style=\"-webkit-text-size-adjust: 100%;\">प्रतियोगिताको विजेताले दुवैतर्फले दुई लाख, उपविजेता एक लाख, तेस्रो हुनेले ५० हजारमा प्राप्त गरे।
<span style=\"-webkit-text-size-adjust: 100%;\">गत चैत १० गतेबाट सुरु भएको यस प्रतियोगितामा महिलातर्फ ८ टिमको सहभागिता रहेकाे थियाे भने पुरुषतर्फ १४ टिमको सहभागि थिए।
","created":"2025-03-28T11:52:34.972184+05:45","news_slug":"Mayor-cup-volleyball-Lalitpur"},{"id":3251,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"एसियन कप : नेपाल समूह 'एफ' मा","news_image_url":"https://s3-np1.datahub.com.np/nepalsports/media/IMG_6527.jpeg","news_image_file":"https://app.nepalsportz.com/media/IMG_6527.jpeg","category":[{"id":1,"created":"2023-02-03T13:17:51.271694+05:45","modified":"2023-02-03T13:17:51.271713+05:45","created_np":"2079-10-20T13:17:51.271727+05:45","modified_np":"2079-10-20T13:17:51.278345+05:45","name":"Football","slug":"football"}],"season":null,"content":"
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । नेपाल एएफसी महिला एसियन कप २०२६ छनोटको समूह ‘एफ’ मा परेको छ। छनोट खेलहरु २३ जुनदेखि सुरु हुनेछ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">एसियाली फुटबल महासंघ (एएफसी) ले बिहीबार सार्वजनिक गरेको ‘ड्र’ अनुसार समूह ‘एफ’ मा नेपालसँगै उज्वेकिस्तान, लाओस र श्रीलंका छन्।
यो समूहका खेल उज्वेकिस्तानमा हुनेछ।
यसैगरी समूह ‘ए’ मा इरान, जोर्डन, लेबनान, सिंगापुर र भुटान तथा समूह ‘बी’ मा थाइल्यान्ड, भारत, मंगोलिया, टिमोर लिस्टे र इराक छन्।
<span style=\"-webkit-text-size-adjust: 100%;\">यता समूह ‘सी’ मा बहराइन, म्यानमार, बंगलादेश, तुर्केमिनेस्तान तथा समूह ‘डी’ मा चाइनिज ताइपेइ, इन्डोनेसिया, किर्गिस्तान र पाकितान परेका छन्।
<span style=\"-webkit-text-size-adjust: 100%;\">समूह ‘इ’ मा भियतनाम, गुआम, युएई र माल्दिभ्स रहँदा समूह ‘जी’ मा फिलिपिन्स, हङकङ, कम्बोडिया, साउदी अरेबिया छन्। यस्तै समूह ‘ए’ मा मलेसिया, प्यालेस्टाइन, उत्तर कोरिया र ताजकिस्तान छन्।
","created":"2025-03-28T11:34:59.471521+05:45","news_slug":"Nepal-group-F-Asian-cup-women-"},{"id":3250,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"मेयर कप भलिबल : उपाधिका लागि महालक्ष्मी र निलकण्ठ तथा महांकाल र ललितपुर भिड्ने","news_image_url":"https://s3-np1.datahub.com.np/nepalsports/media/att.AXBfskJimPP4ylGi7BzBM8xP-Cpy0fVXLEf6mB9BMuQ.jpeg","news_image_file":"https://app.nepalsportz.com/media/att.AXBfskJimPP4ylGi7BzBM8xP-Cpy0fVXLEf6mB9BMuQ.jpeg","category":[{"id":4,"created":"2023-02-08T17:13:28.632012+05:45","modified":"2023-02-08T17:13:28.632034+05:45","created_np":"2079-10-25T17:13:28.632047+05:45","modified_np":"2079-10-25T17:13:28.632269+05:45","name":"Volleyball","slug":"volley-ball"}],"season":null,"content":"
<span style=\"-webkit-text-size-adjust: 100%;\">जावलाखेल । ललितपुर महानगरपालिकाको १०६औं वार्षिकोत्सब अवसरमा आयोजित अन्तरपालिका मेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिताको फाइनल समीकरण पूरा भएको छ। बुधबार सेमिफाइनलका खेल सम्पन्न भएसँगै उपाधिका लागि भिड्ने टोलीको टुंगो लागेको हो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">जावलाखेल भलिबल प्रशिक्षण केन्द्र कभर्डहल जावलाखेलमा जारी प्रतियोगितामा महिलातर्फ निलकण्ठ नगरपालिकाले आयोजक ललितपुर महानगरपालिका तथा महालक्ष्मी नगरपालिकाले बिगु गाउँपालिकालाई हराउँदै उपाधि नजिक पुगेका हुन्।
<span style=\"-webkit-text-size-adjust: 100%;\">निलकण्ठले ललितपुरलाई २५–२० २५–२१ र ३३–३१ काे सेटमा पराजित गर्याे। अर्काे सेमिफाइनलमा महालक्ष्मीले बिगुलाई २५–२०, २५–१९ र २५–११ काे सेटमा हरायाे।
<span style=\"-webkit-text-size-adjust: 100%;\">उपाधिका लागि अब महालक्ष्मी र निलकण्ठ भोलि बिहान १० बजे खेल्ने छन् भने सेमिफाइनलमा पराजित ललितपुर र बिगुले तेस्रो स्थानमाका लागि बिहान ८ बजे प्रतिस्पर्धा गर्नेछन्।
<span style=\"-webkit-text-size-adjust: 100%;\">यता, पुरुषतर्फ उपाधिका लागि आयोजक ललितपुरले महांकालको सामना गर्नेछ। फाइनल खेल दिउँसाे २ बजे हुनेछ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">ललितपुरले मन्थली ए लाई २५–१६, २५–२१, २०–२५ तथा २५–१९ ले हराउँदै उपाधि नजिक पुगेको हो। अर्को सेमिफाइनलमा मेलुङ गाउँपालिकालाई ३–० को सोझो सेटमा हराउँदै महांकाल उपाधि नजिक पुग्यो। पहिलो सेट २५–१५, दाेस्राे सेट २५–९ र तेस्राे सेट २५–१९ ले आफ्नाे पक्ष्यमा पार्याे।
<span style=\"-webkit-text-size-adjust: 100%;\">सेमिफाइनलमा पराजित मन्थली ए र मेलुङले तेस्रो स्थानको लागि बिहवार दिउँसो १२:१५ बजे प्रतिस्पर्धा गर्नेछ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">प्रतियोगिताको विजेताले दुवैतर्फ दुई लाख पाउनेछन्। उपविजेता एक लाख, तेस्रो हुनेले ५० हजार पाउनेछन्। जारी प्रतियोगितामा महिलातर्फ ८ टिमको सहभागिता रहेकाे थियाे भने पुरुषतर्फ १४ टिमको सहभागि थिए।
<span style=\"-webkit-text-size-adjust: 100%;\">प्रतियोगितामा बिधागततर्फ सर्वोत्कृष्ट खेलाडीले १० हजार, वेस्ट स्पाईकर, वेस्ट ब्लकर, वेस्ट लिबेरो र वेस्ट प्रशिक्षकले समान ५ हजार पाउनेछन्।
","created":"2025-03-26T19:58:41.793523+05:45","news_slug":"Mayor-cup-volleyball-"},{"id":3249,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"ब्राजिलको पोस्टमा अर्जेन्टिनाको चार गोल","news_image_url":"https://s3-np1.datahub.com.np/nepalsports/media/IMG_6516.jpeg","news_image_file":"https://app.nepalsportz.com/media/IMG_6516.jpeg","category":[{"id":1,"created":"2023-02-03T13:17:51.271694+05:45","modified":"2023-02-03T13:17:51.271713+05:45","created_np":"2079-10-20T13:17:51.271727+05:45","modified_np":"2079-10-20T13:17:51.278345+05:45","name":"Football","slug":"football"}],"season":null,"content":"
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं। अर्जेन्टिनाले ब्राजिलमाथि गोलको बर्षा गरेको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">फिफा विश्वकप २०२६ मा छनोट भइसकेको अर्जेन्टिना मोनुमेन्टल डे नुनेज स्टेडियममा बुधबार बिहान सम्पन्न खेलमा ब्राजिललाई ४–१ ले पराजित गरेको हो। अर्जेन्टिनाले यो सन् १९५९ पछि ब्राजिलमाथि निकालेको सबैभन्दा ठूलो जित हो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">यसअघि भएको ‘अवे’ मा पनि अर्जेन्टिनाले ब्राजिललाई १–० ले हराएको थियो। यसपल्ट अर्जेन्टिनालाई घरेलु मैदानमा सानदार जित दिलाउन जुलियन अल्भारेज, एन्जो फर्नान्डेज, एलेक्सिस म्याक एलिस्टर र जियुलियानो सिमोनले समान एक गोल गरे। ब्राजिलका म्याथ्युज कुन्हाले गरेको गोल सान्त्वना मात्रै रह्यो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">खेलको चौथो मिनेटमै ब्राजिलको डिफेन्सको ठूलो गल्तीको फाइदा अर्जेन्टिनाले उठायो। थियागो आल्माडालाई मिलाइदिएको बललाई अल्भारेजले दुई डिफेन्डरलाई बिट गर्दै गोल गरे। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">त्यसको आठ मिनेटपछि नै नाहुएल मोलीनाको उत्कृष्ट पासलाई एन्जोले तीन यार्डको दूरीबाट गोलमा परिणत गरे। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">टोटनह्याका डिफेन्डर क्रिस्टियन रोमेरोको ठूलो गल्तीका कारण कुन्हाले २६औं मिनेटमा गोल गर्दै ब्राजिललाई २–१ मा ल्याइपुर्‍याएका थिए। तर, त्यसपछि ब्राजिल खेलमा फर्किन सकेन र थप दुई गोल खान पुग्यो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">कर्नरबाट आएको बललाई एन्जोले चिप गर्दै एलिस्टरलाई पास दिएका थिए। उनले उक्त बललाई ३७औं मिनेटमा सहजै जाली चुमाउँदै अग्रता पुनस् दुईमा पुर्‍याए।
<span style=\"-webkit-text-size-adjust: 100%;\">७१औं मिनेटमा निकोलस टाग्लियाफिकोले सिक्स यार्ड बक्सको माथिल्लो भागतिरबाट दिएको कटब्याक सिमोनले गोल गर्दै अर्जेन्टिनालाई ४–१ को सानदार जित दिलाए।
<span style=\"-webkit-text-size-adjust: 100%;\">यो नतिजासँगै शीर्ष स्थानमा रहेको अर्जेन्टिनाले १४ खेलबाट ३१ अंक पुर्‍याएको छ। अर्जेन्टिया यो खेल अगाबै विश्वकपमा छनोट भइसकेको थियो। समान खेलबाट २१ अंक रहेको ब्राजिल भने चौथो स्थानमा झरेको छ।
","created":"2025-03-26T08:46:45.637621+05:45","news_slug":"Brazil-lost-Argentina-win"},{"id":3248,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"तिलोत्तमा गोल्डकपको सेमिफाइनलमा मच्छिन्द्र","news_image_url":"https://s3-np1.datahub.com.np/nepalsports/media/DSC_0069.jpeg","news_image_file":"https://app.nepalsportz.com/media/DSC_0069.jpeg","category":[{"id":1,"created":"2023-02-03T13:17:51.271694+05:45","modified":"2023-02-03T13:17:51.271713+05:45","created_np":"2079-10-20T13:17:51.271727+05:45","modified_np":"2079-10-20T13:17:51.278345+05:45","name":"Football","slug":"football"}],"season":null,"content":"
<span style=\"-webkit-text-size-adjust: 100%;\">बुटवल । मच्छिन्द्र फुटबल क्लब २३औं तिलोत्तमा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">देविनगरस्थित एन्फा टेक्निकल खेलमैदानमा मंगलबार सम्पन्न अन्तिम क्वार्टरफाइनलमा मच्छिन्द्रले एडोर्न गडवाल स्पोर्टिङ क्लब, देहरादुनमाथि १–० को संघर्षपूर्ण जित निकाल्दै अन्तिम चारको यात्रा तय गरेको हो ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">बराबरीतर्फ उन्मुख खेलमाराजीव लोप्चनले निर्णायक गोल गरेका हुन् । उनले ८८औं मिनेटमा गरेको गोल नै खेलमा निर्णायक बनेको थियो । फ्रिककमार्फत आएको बललाई विवेक राईले बक्सबाहिरबाट भलिको प्रयास गरेका थिए । तर, राम्रोसँग कनेक्ट नहुँदा राजीवलाई गोल गर्ने अवसर जुरेको हो । जसलाई उनले बिनागल्ती पहिलो बारतर्फ गोल गरे ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">खेलको ‘म्यान अफ द म्याच’ पनि राजीव नै घोषित भए । उनले ११ हजार १११ रुपैयाँ प्राप्त गरे । योसँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । पहिलो सेमिफाइनलमा विभागीय टोली एपिएफ र संकटा क्लब भिड्ने भएका छन् । यी दुईबीचको खेल बुधबार अपरान्ह्र ४ बजे हुनेछ । 
<span style=\"-webkit-text-size-adjust: 100%;\">एपिएफले आयोजक करेन्ट रुपन्देही–११ लाई १–० र संकटाले जर्जियन फुटबल क्लब कालिम्पोङ भारतलाई ४–० ले हराउँदै सेमिफाइनलमा स्थान बनाएका हुन् । 
दोस्रो सेमिफाइनलमा चर्च ब्वाइज युनाइटेडले मच्छिन्द्रलाई चुनौती प्रस्तुत गर्ने भएको छ । यी दुईबीचको खेल भने बिहीबार हुने तय छ । दोस्रो क्वार्टरफाइनलमा चर्च ब्वाइजले टाइब्रेकरमा विभागीय टोली नेपाल पुलिस क्लबलाई ४–३ ले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको थियो ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">बुटवल उपमहानगरपालिकाको संरक्षक तथा यशोदा फुड्स प्रालि र त्रिमुर्ति इण्डस्ट्रिज प्रालिको मुख्य प्रायोजक, प्रदेश खेलकुद परिषद् लुम्बिनी मुख्य सहयोगी संस्था रहेको प्रतियोगिताको २३औं संस्करणको विजेताले नगद १२ लाख १२ हजार २२२ रुपैयाँ प्राप्त गर्नेछन् ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">उपविजेता टिमले ६ लाख, ६६ हजार, ६६६ रुपैयाँ तथा विधागत उत्कृष्ट खेलाडीहरुलाई गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, प्रशिक्षकलाई नगद ३१ हजार र कप तथा सर्वोत्कृष्ट खेलाडीलाई स्कुटर वा मोटरसाइकल उपहार तथा प्रत्येक दिनको ‘म्यान अफ दी म्याच’ लाई नगद ११ हजार १११ रुपैयाँबाट पुरस्कृत गरिने छ 
","created":"2025-03-26T06:47:23.160337+05:45","news_slug":"Machhindra-into-semifinal-tilotama-gold-cup"},{"id":3247,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"नेपाल मलेसियासँग पराजित","news_image_url":"https://s3-np1.datahub.com.np/nepalsports/media/IMG_6514.jpeg","news_image_file":"https://app.nepalsportz.com/media/IMG_6514.jpeg","category":[{"id":1,"created":"2023-02-03T13:17:51.271694+05:45","modified":"2023-02-03T13:17:51.271713+05:45","created_np":"2079-10-20T13:17:51.271727+05:45","modified_np":"2079-10-20T13:17:51.278345+05:45","name":"Football","slug":"football"}],"season":null,"content":"
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । एएफसी एसियन कप २०२७ तेस्रो चरणको छनोटको पहिलो खेलमा नेपाल मलेसियासँ पराजित भएको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">सुल्तान इब्राहिम स्टेडियममा मंगलबार सम्पन्न समूह एफ को पहिलो खेलमा नेपाल घरेलु टोली मलेसियासँग २–० ले पराजित भएको हो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">यो नतिजासँगै मलेसियाले तीन अंक जोडेको छ। खेलको २९औं मिनेटमै मलेसियाले सुरुआती अग्रता लिएको थियो।
","created":"2025-03-25T22:21:35.239792+05:45","news_slug":"Nepal-lost-with-malaysia"},{"id":3246,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"मेयर कप भलिबल : सेमिफाइनल समिकरण पूरा","news_image_url":"https://s3-np1.datahub.com.np/nepalsports/media/att.9A2axGN7JKZ8I1WNsel3oRRTFDCVRmBdCD1VaAZEj8M.jpeg","news_image_file":"https://app.nepalsportz.com/media/att.9A2axGN7JKZ8I1WNsel3oRRTFDCVRmBdCD1VaAZEj8M.jpeg","category":[{"id":4,"created":"2023-02-08T17:13:28.632012+05:45","modified":"2023-02-08T17:13:28.632034+05:45","created_np":"2079-10-25T17:13:28.632047+05:45","modified_np":"2079-10-25T17:13:28.632269+05:45","name":"Volleyball","slug":"volley-ball"}],"season":null,"content":"
<span style=\"-webkit-text-size-adjust: 100%;\">जावलाखेल । ललितपुर महानगरपालिकाको १०६औं वार्षिकोत्सब अवसरमा आयोजित अन्तरपालिका मेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनल पूरा भएको छ। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">जावलाखेल भलिबल प्रशिक्षण केन्द्र कभर्डहल जावलाखेलमा जारी प्रतियोगितामा मंगलबार महिलातर्फ दुई क्वाटरफाइनल तथा पुरुषतर्फ चार खेल सम्पन्न भएको हो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">महिलातर्फ महालक्ष्मी नगरपालिकाले दुप्चेस्वर गाउँपालिकालाई २–१ को स्कोरमा हरायो। पहिलो सेट १८–२५ ले गुमाएको महालक्ष्मीले त्यसपछि दुई सेट २५–२२ र १५–९ ले हराउँदै सेमिफाइनलमा प्रवेश गर्यो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">यस्तै अर्को खेलमा आयोजक ललितपुर महानगरपालिकाले बिगु गाउँपालिकालाई २५–१४, २२–२५ र १५–१२ को स्कोरले हरायो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">महिलातर्फ सेमिफाइनलमा अब महालक्ष्मीले बिगु गाउँपालिका तथा ललितपुर महानगरले निलकण्ठ नगरपालिकाको सामना गर्नेछ। पहिलो सेमिफाइनल बिहान ८ बजे र दोस्रो सेमिफाइनल १० बजेबाट सुरु हुनेछ। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">यस्तै पुरुषतर्फ सेमिफाइनलमा मेलुङ गाउँपालिकाले महाङकाल गाउँपालिकासँग खेल्नेछ भने अर्को सेमिफाइनलमा आयोजक ललितपुर महानगरले मन्थली नगरपालीका ए रामेछापको सामना गर्नेछ। पहिलो सेमिफाइनल दिउँसो १ बजे र दोस्रो सेमिफाइनल २:३० बजे हुनेछ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">यसअघि ललितपुरले मन्थली बी लाई २५–१९, २१–२५, २५–१३ र २५–१५ को स्कोरमा हराउँदै सेमिफाइनलमा प्रवेश गरेको हो। अर्को खेलमा मन्थली बी ले दुप्चेश्वर गाउँपालिकालाई २५–१८, १८–२५, २५–१९, २५–२७ तथा १५–१३ को स्कोरले पराजित गर्यो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">मेलुङले बागमती गाउँपालिका ललितपुरलाई २५–२२, २५–२१ र २९–२७ को स्कोरमा हराउँदै ३–० को सोझो सेटमा पराजित गर्यो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">अन्तिम क्वाटरफाइनलमा महांकालले खाँडादेवी गाउँपालिका रामेछापलाई ३–० को सेटमा हरयो। पहिलो सेट, २५–२२, दोस्रो सेट २५–२० तथा अन्तिम सेट २५–११ को स्कोरमा हराउँदै सेमिफाइनल यात्रा तय गरेको हो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">जारी बागमती प्रदेश भित्रका २२ वटा पालिका सहभागिता रहेकाे छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">प्रतियोगिताको विजेताले दुवैतर्फ दुई लाख पाउनेछन्। उपविजेता एक लाख, तेस्रो हुनेले ५० हजार पाउनेछन्। प्रतियोगितामा महिलातर्फ ८ टिमको सहभागिता रहनेछ भने पुरुषतर्फ १४ टिमको सहभागि हुनेछ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">प्रतियोगितामा बिधागततर्फ सर्वोत्कृष्ट खेलाडीले १० हजार, वेस्ट स्पाईकर, वेस्ट ब्लकर, वेस्ट लिबेरो र वेस्ट प्रशिक्षकले समान ५ हजार पाउनेछन्।प्रतियोगिताको खेलहरु लिगकम नकआउटको आधारमा सञ्चालन हुनेछ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">नयाँ प्रतिभाशाली खेलाडीहरुले प्रतिभा देखाउन पाउने र बागमती प्रदेश पालिकाहरुबीच सुमधुर सम्बन्ध विकास गर्ने सुनौलो अवसर भएकाले सो प्रतियोगिता आयोजना गरेको आयोजकले जनाएको छ।
","created":"2025-03-25T20:31:16.075730+05:45","news_slug":"Mayor-cup-volleyball-semifinal"},{"id":3245,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"पोखराको जर्सी सार्वजनिक","news_image_url":"https://s3-np1.datahub.com.np/nepalsports/media/IMG_6477.jpeg","news_image_file":"https://app.nepalsportz.com/media/IMG_6477.jpeg","category":[{"id":1,"created":"2023-02-03T13:17:51.271694+05:45","modified":"2023-02-03T13:17:51.271713+05:45","created_np":"2079-10-20T13:17:51.271727+05:45","modified_np":"2079-10-20T13:17:51.278345+05:45","name":"Football","slug":"football"}],"season":null,"content":"
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) को फ्रेन्चाइज टोलीले पोखरा थण्डर्सले तेस्रो संस्करणका लागि जर्सी सार्वजनिक गरेको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">पोखराले मंगलबार एक कार्यक्रम आयोजना गर्दै क्लबको जर्सी सार्वजनिक गरेको हो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">पोखराले निलो, पहेँलो र प्याजी रङ गरि तीन वटा जर्सी सार्वजनिक भएको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">पोखराका मार्की प्लेयर समीर तामाङ, फरवार्ड नवयुग श्रेष्ठ, क्लबका ब्राण्ड एम्बासडर गायक छेवाङ तामाङ, कीट पार्टनर जी स्पोर्टस प्रमुख अध्यक्ष सुन्दर थापा लगायतले क्लबको जर्सी सार्वजनिक गरे।
","created":"2025-03-25T18:46:51.258759+05:45","news_slug":"Pokhara-Jersy-reveal"},{"id":3244,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"काठमाडौंको जर्सी सार्वजनिक","news_image_url":"https://s3-np1.datahub.com.np/nepalsports/media/89CF2094-D1EC-4DB9-8F51-A441F89E3A1A.jpeg","news_image_file":"https://app.nepalsportz.com/media/89CF2094-D1EC-4DB9-8F51-A441F89E3A1A.jpeg","category":[{"id":1,"created":"2023-02-03T13:17:51.271694+05:45","modified":"2023-02-03T13:17:51.271713+05:45","created_np":"2079-10-20T13:17:51.271727+05:45","modified_np":"2079-10-20T13:17:51.278345+05:45","name":"Football","slug":"football"}],"season":null,"content":"
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । तेस्रो संस्करणकाे नेपाल सुपर लिग (एनएसएल) का लागि काठमाडौं रेजर्सले आफ्नो जर्सी सार्वजनिक गरेको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौंले सोमबार सेतो र रातो रंगको दुई वटा जर्सी सार्वजनिक गरेको हो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">एनएसएलको तेस्रो संस्करण आगामी शनिबारबाट सुरु हुँदैछ। काठमाडौंले उद्घाटन खेलमै साबिक विजेता ललितपुर सिटी एफसीको सामना गर्नेछ। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">यस्तै, ललितपुरले पनि यसअघि नै आफ्नो जर्सी सार्वजनिक गरि सकेको छ।
","created":"2025-03-25T15:34:05.083883+05:45","news_slug":"-jersey-Kathmandu-Rayzrs-jersey-reveal"},{"id":3242,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"मलेसियालाई नेपालको चुनौती","news_image_url":"https://s3-np1.datahub.com.np/nepalsports/media/IMG_6276.jpeg","news_image_file":"https://app.nepalsportz.com/media/IMG_6276.jpeg","category":[{"id":1,"created":"2023-02-03T13:17:51.271694+05:45","modified":"2023-02-03T13:17:51.271713+05:45","created_np":"2079-10-20T13:17:51.271727+05:45","modified_np":"2079-10-20T13:17:51.278345+05:45","name":"Football","slug":"football"}],"season":null,"content":"
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं। एएफसी एसियन कप २०२७ छनोटमा मंगलबार घरेलु टोली मलेसियासामु  नेपालले चुनौती प्रस्तुत गर्दैछ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">जोहोरस्थित सुल्तान इब्राहिम स्टेडियममा हुने समूह एफ अन्तर्गतको यो खेल नेपाली समयअनुसार राति ७स्४५ बजे हुनेछ। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">विगत सात भेटमा नेपालले मलेसियालाई पराजित गर्न सकेको छैन। मलेसियाले ६ खेल जित्दा एक खेल बराबरीमा सकिएको छ। नेपाल र मलेसियाबीचको अन्तिम भेट २०१९ मा मैत्रीपूर्ण खेलमा भएको थियो, जहाँ नेपाल २–० ले पराजित भएको थियो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">नेपाल हाल फिफा वरीयतामा १७५औं स्थानमा छ भने मलेसिया १३२औं स्थानमा छ। 
","created":"2025-03-25T08:54:53.659089+05:45","news_slug":"Nepal-Malaysia-afc-cup-championship"},{"id":3241,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"अन्तरपालिका भलिबल : पहिलो दिन ६ खेल सम्पन्न","news_image_url":"https://s3-np1.datahub.com.np/nepalsports/media/att.jGqUEUQ_4fDoCVQxGYRyYvDzk-83g3huFelxGhgcBys.jpeg","news_image_file":"https://app.nepalsportz.com/media/att.jGqUEUQ_4fDoCVQxGYRyYvDzk-83g3huFelxGhgcBys.jpeg","category":[{"id":4,"created":"2023-02-08T17:13:28.632012+05:45","modified":"2023-02-08T17:13:28.632034+05:45","created_np":"2079-10-25T17:13:28.632047+05:45","modified_np":"2079-10-25T17:13:28.632269+05:45","name":"Volleyball","slug":"volley-ball"}],"season":null,"content":"
<span style=\"-webkit-text-size-adjust: 100%;\">जावलाखेल । ललितपुर महानगरपालिकाको १०६औं वार्षिकोत्सब अवसरमा आयोजित मेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिताको पहिलो दिन ६ खेल भएको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">जावलाखेल भलिबल प्रशिक्षण केन्द्र कभर्डहल जावलाखेलमा आगामी चैत १५ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको पहिलो दिन आइतबार महिलातर्फ दुई र पुरुषतर्फ तीन खेल सम्पन्न भएको हो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">महिलातर्फको पहिलो खेलमा महालक्ष्मी नगरपालिका ललितपुरले निलकण्ठ नगरपालिका धादिङलाई २–१ को सेटमा हरायो। पहिलो सेट २५–१३ ले जितेको निलकण्ठले दोस्रो सेट २७–२५ ले गुमाएपछि खेल तेस्रो सेटमा पुगेको थियो। जसमा महालक्ष्मी १५–१२ को स्कोरमा विजयी भयो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">महिलातर्फको दोस्रो खेलमा ललितपुर महानगरपालिकाले हेलम्बु गाउँपालिका सिन्धुपाल्चोकलाई २५–१३, २५–९ को स्कोरमा हराउँदै विजयी सुरुआत गर्यो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">यस्तै, पुरुषतर्फ महांकाल गाउँपालिका ललितपुरले पंञ्चकन्या गाउँपालिका नुवाकोटलाई २५–२०, २५–२० को स्कोरमा हरायो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">दोस्रो खेलमा ललितपुर महानगरपालिकाले मेलुंग गाउँपालिका दोलखालाई २५–१८, २५–१९ को स्कोरमा पराजित गर्यो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">तेस्रो खेलमा खाडाँदेवी गाउँपालिका रामेछापले पनौती नगरपालिका काभ्रेलाई २५–१४, २९–२७ ले पराजित गर्दै विजयी सुरुआत गर्यो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">चौथो तथा दिनको अन्तिम खेलमा गल्छी नगरपालिका धादिङ मन्थली नगरपालिका रामेछापसँग १६–२५, १०–२५ ले पराजित भयो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">बागमती प्रदेश भित्रका २२ वटा पालिका सहभागिता रहेको यस प्रतियोगितामा समूह चरणका खेलहरु वेस्ट अफ थ्रीमा खेलाईएको छ भने क्वारफाइनलदेखि वेस्ट अफ फाइब हुनेछ। 
","created":"2025-03-24T09:36:18.723552+05:45","news_slug":"Volleyball-inter-palika"},{"id":3240,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"जेलेस्पीको निर्णायक गोलमा नेपालले सिंगापुरलाई हरायो","news_image_url":"https://s3-np1.datahub.com.np/nepalsports/media/IMG_6260.jpeg","news_image_file":"https://app.nepalsportz.com/media/IMG_6260.jpeg","category":[{"id":1,"created":"2023-02-03T13:17:51.271694+05:45","modified":"2023-02-03T13:17:51.271713+05:45","created_np":"2079-10-20T13:17:51.271727+05:45","modified_np":"2079-10-20T13:17:51.278345+05:45","name":"Football","slug":"football"}],"season":null,"content":"
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं। जेलेस्पीजंघ कार्कीको निर्णायक गोलसँगै नेपालले सिंगापुरमाथि विजयी हासिल गरेको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">सिंगापुर नेसनल स्टेडियममा शुक्रबार सम्पन्न अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपालले १–० को जित निकालेको हो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">नेपालको जितमा जेलेस्पीले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो। उनले १२औं मिनेटमा मनीष डाँगीको क्रसमा गोल गरेका हुन्।
<span style=\"-webkit-text-size-adjust: 100%;\">सिंगापुरविरुद्ध नेपालले गरेको यो नै पहिलो गोल हो। नेपाल र सिंगापुर सन् १९८९ पछि आमुन्नेसामुन्ने भएका हुन्।
<span style=\"-webkit-text-size-adjust: 100%;\">५ जुन १९८९ मा भएको पछिल्लो भेटमा सिंगापुरले नेपाललाई ७–० ले पराजित गरेको थियो। त्यसअघि भएको दुई भेट (१९८२ र १९८९) मा पनि नेपाल क्रमशः २–० र ३–० ले पराजित हुन पुगेको थियो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">नेपाल एएफसी एसियन कप छनोट २०२७ खेल्न प्रस्थान गर्नेछ। मार्च २५ मा नेपालले घरेलु टोली मलेसियासँग प्रतिस्पर्धा गर्नेछ।
","created":"2025-03-21T20:29:11.205132+05:45","news_slug":"Nepal-won-against-Singapore"},{"id":3239,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"मेयर कप भलिबलको तयारी पूरा, २२ टिम सहभागी","news_image_url":"https://s3-np1.datahub.com.np/nepalsports/media/att.b5Kd6T-KmVzSllIBOT8CvOjARf7KymHTaN4PcR2P4DM.jpeg","news_image_file":"https://app.nepalsportz.com/media/att.b5Kd6T-KmVzSllIBOT8CvOjARf7KymHTaN4PcR2P4DM.jpeg","category":[{"id":4,"created":"2023-02-08T17:13:28.632012+05:45","modified":"2023-02-08T17:13:28.632034+05:45","created_np":"2079-10-25T17:13:28.632047+05:45","modified_np":"2079-10-25T17:13:28.632269+05:45","name":"Volleyball","slug":"volley-ball"}],"season":null,"content":"
<span style=\"-webkit-text-size-adjust: 100%;\">जावलाखेल । ललितपुर महानगरपालिकाको १०६औं वार्षिकोत्सब अवसरमा आयोजना हुन लागेको मेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिता २०८१ को तयारी पूरा भएको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">जावलाखेल भलिबल प्रशिक्षण केन्द्र कभर्डहलमा आयोजना हुने प्रतियोगिता चैत १० देखि १५ गतेसम्म सञ्चालन हुनेछ। शुक्रबार आयोजकले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तयारी पूरा भइको जानकारी गराएको हो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">यस्तै, प्रतियोगिताको विजेताले दुवैतर्फ दुई लाख पाउनेछन्। उपविजेता एक लाख, तेस्रो हुनेले ५० हजार पाउनेछन्।
<span style=\"-webkit-text-size-adjust: 100%;\">प्रतियोगितामा महिलातर्फ ८ टिमको सहभागिता रहनेछ भने पुरुषतर्फ १४ टिमको सहभागि हुनेछ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">प्रतियोगिताको खेलहरु लिगकम नकआउटको आधारमा सञ्चालन हुनेछ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">प्रतियोगितामा सहभागी महिला टिम
१. ललितपुर महानगरपालिका (ललितपुर)
२. काठमाडौं महानगरपालिका (काठमाडौं)
३. हेलम्बु गाउँपालिका (सिन्धुपाल्चोक)
४. बिबु गाउँपालिका (दोलखा)
५. महालक्ष्मी नगरपालिका (ललितपुर)
६. निलकण्ठ नगरपालिका (धादिङ)
७. चन्द्रागिरी नगरपालिका (काठमाडौं)
८. दुप्चेस्वर गाउँपालिका (नुवाकोट)
पुरुषतर्फ
१. ललितपुर महानगरपालिका (ललितपुर)
२. काठमाडौं महानगरपालिका (काठमाडौं)
३. बागमती गाउँपालिका (ललितपुर)
४. महांकाल गाउँपालिका (ललितपुर)
५. रामेछाप नगरपालिका (रामेछाप)
६. खाडाँदेवी गाउँपालिका (रामेछाप)
७. मेलुंग गाउँपालिका (दोलखा)
८. मन्थली नगरपालिका (रामेछाप)
९. महांकाल ४ सि.एल.सी (ललितपुर)
१०. दुप्चेश्वर गाउँपालिका (नुवाकोट)
११. पनौती नगरपालिका (काभ्रे)
१२. गल्छी नगरपालिका (धादिङ)
१३. पंञ्चकन्या गाउँपालिका (नुवाकोट)
१४. मेलम्ची नगरपालिका (सिन्धुपाल्चोक)
","created":"2025-03-21T17:02:33.667098+05:45","news_slug":"Mayor-cup-volleyball"},{"id":3238,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"नेपालमा काभाका दुई प्रतियोगिता आयोजना हुने","news_image_url":"https://s3-np1.datahub.com.np/nepalsports/media/IMG_6256.jpeg","news_image_file":"https://app.nepalsportz.com/media/IMG_6256.jpeg","category":[{"id":4,"created":"2023-02-08T17:13:28.632012+05:45","modified":"2023-02-08T17:13:28.632034+05:45","created_np":"2079-10-25T17:13:28.632047+05:45","modified_np":"2079-10-25T17:13:28.632269+05:45","name":"Volleyball","slug":"volley-ball"}],"season":null,"content":"
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं। नेपालले यस वर्ष सेन्ट्रल एसिया भलिबल एसोसिएसन (काभा) का दुई प्रतियोगिता आयोजना गर्ने भएको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">काभाले बिहीबार सार्वजनिक गरेको २०२५ को क्यालेन्डरअनुसार नेपालले काभा वुमेन्स नेसन्स लिग र काभा वुमेन्स च्याम्पियन्स लिग आयोजना गर्ने भएको हो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">काभाका अनुसार नेसन्स लिग ११ देखि १७ अक्टोबरसम्म हुनेछ। च्याम्पियन लिग भने १ देखि ७ डिसेम्बरसम्म आयोजना हुनेछ। यी दुवै लिग काठमाडौंमा हुने तय छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">नेपालले गत वर्ष काभा वुमन्स नेसन्स भलिबल लिग र काभा पुरुष भलिबल क्लब च्याम्पियनसिप आयोजना गरेको थियो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा भएको नेसन्स लिगको फाइनलमा भारतसँग ३–२ को सेटमा पराजित हुँदै नेपाल उपविजेतामा सीमित भएको थियो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">पुरुष क्लब च्याम्पियनसिपको फाइनलमा भारतको क्यालिकट हिरोजले हेल्प नेपाल स्पोर्ट्स क्लबलाई ३–१ ले पराजित गर्दै उपाधि जितेको थियो।
","created":"2025-03-21T14:25:33.486211+05:45","news_slug":"Cava-volleyball2event"},{"id":3237,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"किर्तिपुरमा क्रिकेट रंगशाला समयमै सम्पन्न गर्न उपप्रधानमन्त्री सिंहको चासो","news_image_url":"https://s3-np1.datahub.com.np/nepalsports/media/att.c2irp2ymvqiDnNSeKG35r2-9v0uMUZ1w0q4kgd1pVNk.jpeg","news_image_file":"https://app.nepalsportz.com/media/att.c2irp2ymvqiDnNSeKG35r2-9v0uMUZ1w0q4kgd1pVNk.jpeg","category":[{"id":3,"created":"2023-02-08T17:13:09.647250+05:45","modified":"2023-02-08T17:13:09.647269+05:45","created_np":"2079-10-25T17:13:09.647282+05:45","modified_np":"2079-10-25T17:13:09.647504+05:45","name":"Cricket","slug":"Cricket-nepal"}],"season":null,"content":"
<span style=\"-webkit-text-size-adjust: 100%;\">फ्लड लाइट र १० हजार क्षमताको प्यारापिट बनाउने काम वैशाख २४ भित्रै निर्माण गरी सफलतापूर्वक सम्पन्न गरेका आयोजना पनि नेपालमा छन् भन्ने सन्देश दिनेछौं 
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं : उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले आज किर्तिपुरस्थित क्रिकेट मैदानमा पुगेर निर्माण कार्य निरिक्षण गर्नुभएको छ । 
वैशाखको २४ गतेभित्रै कीर्तिपुर मैदानमा १० हजार क्षमताको प्यारापिट निर्माण सम्पन्न गर्ने लक्ष्यअनुसार काम सक्ने विश्वास पनि सो क्रममा उहाँले व्यक्त गर्नुभयो । 
<span style=\"-webkit-text-size-adjust: 100%;\">शहरी विकास मन्त्रालयअन्तर्गतको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयबाट  कीर्तिपुर क्रिकेट मैदानमा अन्तराष्ट्रिय मापदण्ड अनुरूप प्यारापिट निर्माण कार्य र फ्लडलाईट जडान कार्यको २०८१ फागुनमा सम्झौता  भई २०८२ बैशाख २४ गतेभित्र कार्य सम्पन्न गर्ने गरी निर्माण कार्य अघि बढिरहेको छ । 
प्यारापिट निर्माणको काम अवलोकन गर्न बिहीबार कीर्तिपुरस्थित क्रिकेट मैदान पुगेका उपप्रधानमन्त्री सिंहले काम छिटो सक्न ८ घन्टाको दरले तीनै सिफ्टमा काम भइरहेको बताउनुभयो ।  निर्माण कार्य समयमै सम्पन्न गर्न उपप्रधानमन्त्री सिंहले निर्माण कार्यमा चासो राखिरहनुभएको छ ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">‘क्रिकेट मैदानमा प्यारापिट निर्माणलगायत काममा प्रधानमन्त्रीको पनि चासो छ, समयमै काम सक्नका लागि ८ घन्टाका दरले तीन सिफ्टमा काम पनि भइरहेको छ,’ उपप्रधानमन्त्री सिंहले भन्न्ुभयो । फ्लड लाइट र १० हजार क्षमताको प्यारापिट बनाउने काम वैशाख २४ भित्रै निर्माण गरी उद्घाटन गरेर सफलतापूर्वक सम्पन्न गरेका आयोजना पनि नेपालमा छन् भन्ने सन्देश दिनुपर्ने उहाँको भनाई छ ।
","created":"2025-03-20T20:40:36.115396+05:45","news_slug":"Kirtipur-stadium-"},{"id":3236,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"दशौं राष्ट्रिय खेलकुदको लोगो र मस्कट सार्वजनिक","news_image_url":"https://s3-np1.datahub.com.np/nepalsports/media/att.tNHTLBCuyynfy24Mkqxrkrm_IIO03asiLHkYF1miRng.jpeg","news_image_file":"https://app.nepalsportz.com/media/att.tNHTLBCuyynfy24Mkqxrkrm_IIO03asiLHkYF1miRng.jpeg","category":[{"id":6,"created":"2023-02-25T05:35:16.095163+05:45","modified":"2023-02-25T05:43:41.832025+05:45","created_np":"2079-11-13T05:43:41.832036+05:45","modified_np":"2079-11-13T05:43:41.832254+05:45","name":"Other Sports","slug":"other-sports"}],"season":null,"content":"
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । कर्णाली प्रदेशमा आगामी वर्ष जेठमा हुने दशाैं राष्ट्रिय खेलकुदको लोगो र मस्कट सार्वजनिक भएको छ । मंगलबार एक कार्यक्रमका बीच लोगो र मस्कट सार्वजनिक गरिएको हो ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">युवा तथा खेलकुद मन्त्री तेजुलाल चाैधरीले रिमोट थिचेर लोगो र मस्कट सार्वजनिक गरेका हुन् । मन्त्री चाैधरीसँगै राखेप उपाध्यक्ष ध्रुव आचार्यले भाैतिक रुपमा लोगो र मस्कट अनावरण गरे । लोगो र मस्कट दुवै विकास तमकुजुले बनाएका हुन् ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">मस्कटमा रेड पाण्डा (हाब्रे) राखिएको छ भने लोगोमा ७ रङ, चन्द्र र सुर्य अंकित छ ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">दशाैं राष्ट्रिय खेलकुदका लागि खेलाडी दर्ता अनलाइनबाट हुने भएको छ । खेलाडी दर्ता पोर्टल पनि कार्यक्रममार्फत लञ्च गरिएको छ जहाँ खेलाडी र प्रशिक्षकले आफ्नो नाम दर्ता गर्ने सक्नेछन् ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">सँगै दशाैं राष्ट्रिय खेलकुदको डेडिकेटेड अनलाइन पोर्टल पनि सार्वजनिक गरिएको छ ।
","created":"2025-03-18T23:24:46.536108+05:45","news_slug":"10-national-games"},{"id":3235,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"श्रेष्ठ यू–१९ टिमको प्रशिक्षक","news_image_url":"https://s3-np1.datahub.com.np/nepalsports/media/IMG_6241.jpeg","news_image_file":"https://app.nepalsportz.com/media/IMG_6241.jpeg","category":[{"id":1,"created":"2023-02-03T13:17:51.271694+05:45","modified":"2023-02-03T13:17:51.271713+05:45","created_np":"2079-10-20T13:17:51.271727+05:45","modified_np":"2079-10-20T13:17:51.278345+05:45","name":"Football","slug":"football"}],"season":null,"content":"
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । उर्जन श्रेष्ठलाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली यु १९ पुरुष टोलीको मुख्य प्रशिक्षक नियुक्त गरेको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">अर्को महिना भारतमा आयोजना हुने साफ यु-१९ च्याम्पियनसिपका लागि एन्फाले श्रेष्ठलाई युवा टोलीको जिम्मेवारी दिएको हो‌।
<span style=\"-webkit-text-size-adjust: 100%;\">एन्फा महासचिव किरण राईले प्रशिक्षक श्रेष्ठलाई आइतबार नियुक्त पत्र प्रदान गरे। यसअघि पनि उनले नेपालमा भएको साफ यु-२० च्याम्पियन्सिपमा युवा टोली सम्हालेका थिए। नेपाल त्यसको फाइनलमा बंगलादेशसँग ४-१ ले पराजित भएको थियो । यो पटक प्रतियोगिता यु-१९ फरम्याटमा‌ हुँदैछ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">यसपटक च्याम्पियनसिप वैशाख २६ देखि जेठ ४ सम्म भारतको अरुणाचल प्रदेशमा हुनेछ।
","created":"2025-03-18T23:20:14.246497+05:45","news_slug":"U-19-coach-urjan-Shrestha"},{"id":3234,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"नेपाल आईपुगे ललितपुरका डिफेन्डर देकिते","news_image_url":"https://s3-np1.datahub.com.np/nepalsports/media/att.vOvYeZRpnGpYeYrc1EHahVq4sTpgBDFEFLAxNaRiGis.jpeg","news_image_file":"https://app.nepalsportz.com/media/att.vOvYeZRpnGpYeYrc1EHahVq4sTpgBDFEFLAxNaRiGis.jpeg","category":[{"id":1,"created":"2023-02-03T13:17:51.271694+05:45","modified":"2023-02-03T13:17:51.271713+05:45","created_np":"2079-10-20T13:17:51.271727+05:45","modified_np":"2079-10-20T13:17:51.278345+05:45","name":"Football","slug":"football"}],"season":null,"content":"
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । सेनेगलका पापे अब्दुलाह देकिते नेपाल आईपुगेका छन्। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">ललितपुर सिटी एफसीबाट नेपाल सुपर लिग खेल्नका लागि उनि सोमबार नेपाल आईपुगेका हुन्।
<span style=\"-webkit-text-size-adjust: 100%;\">३२ वर्षिय देकितेले आफ्नो फुटबल करियर विभिन्न अन्तर्राष्ट्रिय  क्लबहरूमा बिताएका छन्। उनले अफ्रिका, एसिया, र अन्य महादेशका विभिन्न लिगहरूमा खेलेका छन्। उन्ले भियतनामको टप डिभीजन लिग भि.१ लिगसमेत खेलेका छन्। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">साविक विजेता ललितपुरमा सामेल हुन पाउँदा उनले आफु निकै उत्साहित भएको बताएका छन्। ललितपुरले चैत्र १६ गते उद्घाटन खेलमा काठमाडौं रेजर्सविरुद्ध खेल्नेछ।
","created":"2025-03-18T10:29:56.325000+05:45","news_slug":"Lalitpur-defender-nepal-arrival"},{"id":3233,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"ह्विलचियर बास्केटबलको सेमिफाइनल समीकरण पूरा","news_image_url":"https://s3-np1.datahub.com.np/nepalsports/media/att.ZOY9jWOVqZKzZFHQx1ALL_hXpgNROEHFEjXZ0ndyybI.jpeg","news_image_file":"https://app.nepalsportz.com/media/att.ZOY9jWOVqZKzZFHQx1ALL_hXpgNROEHFEjXZ0ndyybI.jpeg","category":[{"id":5,"created":"2023-02-08T17:13:44.783701+05:45","modified":"2023-02-08T17:13:44.783720+05:45","created_np":"2079-10-25T17:13:44.783733+05:45","modified_np":"2079-10-25T17:13:44.783977+05:45","name":"Basketball","slug":"Basket-ball"}],"season":null,"content":"
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । नेपाल स्पाइनल कर्ड इन्जरी खेलकुद संघ (एनएससिआइए) को आयोजनामा जारी उपत्यका क्लबस्तरीय ह्विलचियर बास्केटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सोमबारबाट सुरु भएको प्रतियोगितामा पहिलो दिन समूह चरणका सम्पूर्ण खेल सम्पन्न भएसँगै सेमिफाइनल प्रवेश गर्ने महिला तथा पुरुष दुवैतर्फबाट अन्तिम चारमा पुग्ने टोलीको टुंगो लागेको हो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">पुरुषतर्फ समूह ‘ए’ बाट आर्मी समूह विजेता र एपिएफ उपविजेता हुँदै अन्तिम चारमा प्रवेश गरेका छन्। आर्मीले तीन खेलमा तीन जित हासिल गर्दा आर्मीसँग एपिएफ पराजित हुँदै उपविजेता बन्यो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">अर्को समूहबाट आयोजक एनएससिआइए समूह विजेता र बिआइए उपविजेता हुँदै सेमिफाइनलमा पुगेको छ। अब सेमिफाइनलमा आर्मीले बिआइए र एपिएफले एनएसिसआइएसँग खेल्नेछ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">महिलातर्फ समूह ‘ए’ बाट राष्ट्रिय आदिवासी अपांग महिला संघ नेपाल (निडवान) र आयोजक टोली एनएससिआइए सेमिफाइनलमा प्रवेश गरेका छन्। अर्को समूहबाट डब्ल्युएसए विजेता तथा जावलाखेल ह्विलचियर स्पोर्ट्स क्लब (जिडब्युएससी) उपविजेता हुँदै सेमिफाइनल यात्रा तय गरे।
<span style=\"-webkit-text-size-adjust: 100%;\">प्रतियोगिताका टेक्निकल हेड तथा कमिस्नर प्रेमसुन्दर होनाका अनुसार सेमिफाइनलमा अब डब्ल्युएसएले एनएससिआइए र निडवानले जिडब्युएससीसँग प्रतिस्पर्धा गर्नेछन्।
<span style=\"-webkit-text-size-adjust: 100%;\">प्रतियोगिताको उद्घाटन बागमती प्रदेशसभासदस्य लक्ष्मी घिमिरेले गरेकी दिइन्। एनएससिआइए अध्यक्ष देवी आचार्यले सभाअध्यक्ष ग्रहण गरिन्। यस्तै, अन्य विशेष अतिथि उपस्थित थिए।
","created":"2025-03-17T20:32:52.606874+05:45","news_slug":"Wheel-chair-basketball-semifinal"}]}